Saturday, August 22, 2015

हृदयेश त्रिपाठी: "ज्ञानेन्द शाहका बेला भएको १९ दिने जनआन्दोलन पनि त आन्दोलनकारीको हातमा थिएन"



मलगंवामा मधेसी दलको र्‍याली, कर्मचारीमाथि हातपात
बन्दका बेला भन्सार काटेको भन्दै दुई कर्मचारीलाई मधेसी मोर्चाका कार्यकर्ताले शनिवार हातपात गरेका छन् । ..... मोर्चाले अपरान्ह ४ बजे निकालेको मोटरसाइकल र्‍याली भंसार अघिल्तीर पुगेपछि बन्दका बेला भारतवाट आएको सामानको भन्सार काटेको भन्दै कार्यालय सहयोगी बिजुली यादव र टाइपिष्ट नयाव सुव्बा कितनारायण मण्डलमाथी हातपात भएको हो । .... बन्द भएकै कारण सड्ने बस्तु वाहेकको भंसार असुली रोकिएको छ ।


बन्द अवज्ञा गरेको भन्दै सप्तरीमा यसरी जलाइयो ट्रक
शहीद घोषणा र क्षतिपूर्ति नदिएसम्म मृतकको अन्त्येष्टी नगरिने
तरकारी लिएर पूर्वबाट काठमाडौंतर्फ जाँदै गरेको को१ख ३३८९ नम्बरको ट्रकलाई बन्दकर्ताहरुले सप्तरीको भारदह–कोसी ब्यारेज सडक खण्डमा आगजनी गरेको हो । आगजनीबाट उक्त ट्रक पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । ..... यसैबीच बस पल्टिएको ठाउँमा पुगेका प्रहरीको टोलीले नजिकै रहेको खटर साह, मटर साह, हिरालाल साह, कामानन्द साहसहितका घरमा पसेर प्रहरीले महिलासमेतलाई निर्घात कुटपिट गरेको पीडितहरुले बताएका छन् । .... बन्दको क्रममा प्रहरीले स्कर्टिङ गरेर सवारीसाधन चलाउन थालेपछि आन्दोलनकारीले सवारीसाधन तोडफोड र आगजनी गरेका हुन् । .... मोर्चाको अनिश्चितकालिन बन्दको आठौं दिन आज पनि सप्तरीको जनजीवन कष्टकर बनेको छ । बन्दले गर्दा सदरमुकाम राजविराज, हनुमाननगर, भारदह, कञ्चनपुर, रुपनी, कल्याणपुर, कदमाहासहितका स्थानहरुमा बाक्लो उपस्थितीमा बन्दकर्ताले प्रदर्शन गरिरहेको छ भने उक्त स्थानहरुका बजार–व्यवसाय ठप्प छ । ...... मृतकलाई शहीद घोषणा तथा क्षतिपूर्ति उपलब्ध नगराएसम्म राउतको शव नबुझ्ने अडानमा मधेसी मोर्चा सप्तरी छन् । तर, सरकार र स्थानीय प्रशासन मधेसी मोर्चाको मागप्रति तदारुकता नदेखाएकै कारण बन्द लामो हुनपुगेको स्थानीय बुद्धिजिवीको भनाइ छ । ..... मृतक राउतको शव हालसम्म धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै छ भने प्रहरीको गोली लागि घाइते भएका आधा दर्जनको उपचारमासमेत समस्या भएको छ । .... प्रहरीको २४ घण्टा ड्युटी रहेन चेक पोष्ट भन्दा ३० मिटर पर केही व्यक्तिले अघिल्तिर मोटरसाइकल तेस्याई जिप रोकेका थिए । ढुंगा हानेर सिसा फुटाएपछि जिप भित्र रहेका चालक सहित तीनजनालाई बाहिर निकालेर आगो लगाइएको हो । ..... जेनेरेटरमा हालेर बचेको १ सय ५० लिटर डिजेल जिपमा बाँकी थियो । सोही डिजल छर्केर आगो लगएको प्रहरीले जनाएको छ । झण्डै आधा घण्टा लगाएर आगजनी भएपनि प्रहरीले थाहा नपाएकाले जिप जलेर पूर्ण रुपमा ध्वस्त भएको छ ।
हुलाकी सडक निर्माणमा १० वर्ष खेर
अब काम बढ्ने आयोजना प्रमुखको दावी
यसवर्ष २ अर्ब रुपैयाँ विनियोजन
दक्षिणी तराई हुँदै मेची-महाकाली जोड्ने

हुलाकी राजमार्ग १० वर्षमा ८० किलोमिटरमात्र निर्माण भएको छ ।

१४ सय ४० किमिमध्ये धनगढी-टिकापुर खण्डको करिब ७७ प्रतिशत काम सम्पन्न भएको हो । बाँकी पाँच खण्डको प्रगति शून्य अर्थात् निर्माण कार्य अघि बढेको छैन । .... जग्गा अधिग्रहण, मुआब्जा वितरण र रुख कटानसम्बन्धी समस्या समाधान नगरिदिएपछि राजमार्गमा काम ठप्प छ । ...... राष्ट्रिय निकुन्जले वातावरणीय प्रभाव अध्ययन स्वीकृति नदिंदा राजमार्ग निर्माण ढिलाई भएको उनले बताए । .... गिट्टी, बालुवा, ढुंगा जस्ता निर्माण सामग्री स्थानीय निकाय र बनमन्त्रालयको नियन्त्रणमा हुँदा निकै कठिनाई भएको उनको भनाई छ । नापी र मालपोत कार्यालयबाट सहयोग नहुँदा आयोजना अन्यौलमा परेको उनले बताए । 'आयोजनासँग लगत कट्टा गर्न अमिन र अन्य जनशक्ति छैन' उनले भने, 'अन्य कार्यालयले पनि सहयोग गर्दैनन्, अनि कसरी हुन्छ विकास ?' ...... निर्माणाधीन हुलाकी सडकको बारा-पर्सा, महोत्तरी-सर्लाही र धनुषा-धनुषा महोत्तरी खण्डमा काम गरेको भारतीय कम्पनी विश्व विभिएसआसर जेभीले डेढ वर्ष अघि नै काम छोडेको थियो । 'भारतको अनुदानमा निर्माण भएकाले ठेकेदार पनि उतैबाट आएका थिए, छोडेर गए' प्रमुख मिश्रले भने' विडिङ गर्दा कममा गरे काम गर्न सकिन भनी छोडेर गए ।' ......

नेपाली ठेकेदारले काम गर्ने भएकाले अब सडक निर्माणले गति लिने आयोजनाका अधिकारीले दिए ।

जनताले मधेशलाई अलग राष्ट्र बनाउन चाहन्छ भने संविधानसभा छोड्न तयार छौं : अनिल झा
नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष अनिल झाले संघीयताको सवालमा संविधानसभा छोड्न नसकिने तर, जनताले मधेशलाई अलग राष्ट्र बनाउन चाहन्छ भने संविधानसभा छोड्न तयार रहेको बताएका छन् ।


असभ्य शासकका कारण बन्द गर्नु परेको छ – हृदयेश त्रिपाठी (उपाध्यक्ष,तराई–मधेश लोकतान्त्रिक पार्टी)
सभ्य शासक भयो भने एक जनाले लालटेन लिएर हिँडे पनि पुग्छ । एक जना मात्रै अनशन गरे पनि सभ्य शासकले त्यसलाई मान्छ । सभ्य देशहरूमा एक जनाको अनशनको आन्दोलनले पनि ठूल–ठूला परिवर्तन भएका छन् । जस्तै आयरल्याण्डमा बोबी सेन्डस्ले गरेको अनशनले संसारमै हलचल मच्चिएको थियो । र, आइरिस राजनीतिलाई परिवर्तन भयो । ..... बन्दका क्रममा भेला हुन नदिने, माइकिङ गर्न नदिनेलगायत निरंकुशता शासकले देखाउँदै आएका छन् । त्यो शासकको चरित्रमा निर्भर गर्छ । त्यसकारण असभ्य जंगली शासक भएकाले हामी कठोर बन्दका सहारा लिएका हौं । ......... ज्ञानेन्द शाहका बेला भएको १९ दिने जनआन्दोलन पनि त आन्दोलनकारीको हातमा थिएन । त्यो आन्दोलन १९ औं दिनमा टुंगोमा पुगेको थियो । हामीलाई पहिला थाहा थिएन कि यो आन्दोलन कत्ति दिनसम्म चल्छ । त्यो आन्दोलन महिनौं दिनसम्म पनि जानसक्छ भनेर हामीले सोचेका थियौं । तर, १९ औं दिनमा ज्ञानेन्द्रले स्थतिलाई बुझेर वा जनदबाबलाई बुझेर परिवर्तनलाई आत्मसात गरे । र, आन्दोलन फिर्ता भयो । त्यस्तै,

अहिले मधेशमा भइरहेको आन्दोलन कहिलेसम्म चल्छ भन्ने कुरा सत्ताधारीमा निर्भर छ ।

....... शासकले मधेशी र थारूले गरेको आन्दोलनलाई बेवास्ता गरिरहेका छन् । काठमाडौंकेन्द्रित मिडियाको पनि हामीहरूको आन्दोलनमाथि ध्यान पुगेको छैन । .....

मधेश भूगोल हो र, त्यो भूगोलमा रहेका सबैसँग भेदभाव भएको छ । त्यहाँ रहेका मधेशी, थारूका साथै पहाडी समुदायसँग पनि भेदभाव भएको छ । ३४ वर्षदेखि तराई–मधेशमा जाने विकास बजेट जम्मा १५ प्रतिशत हो । त्यो विकासले त्यहाँको मधेशी, थारू, पहाडी सबै पीडित छन् ।

...... सुशील कोइराला, केपी ओली र प्रचण्ड आतंकित भएका छन् । मधेशी, थारू, आदिवासी, जनजाति, मुस्लिम, दलितलगायत सबै उत्पीडित मिले भनेर उनीहरूलाई चिन्ता लागिरहेको छ । अहिलेको हाम्रो आन्दोलन मधेशी, थारूलगायत तराईमा बस्ने सबैको हो । त्यसैले कोही कसैको अघि वा पछिको कुरा छैन । हामी संयुक्त रूपमा अघि बढिरहेका छौं । ..... केही दिनदेखि झापा, मोरङ र सुनसरी बन्द भएको मिडियाले देखेको छैन ?

झापा, मोरङ र सुनसरी पनि बन्द छ ।

....... अहिले हजारौं जनता सडकमा छन्, संघर्ष गरिरहेका छन् । तर, ती घटना समाचार बन्दैनन् भने हामीलाई केही भन्नु छैन । ..... २०६२÷६३ को जनआन्दोलनका उपलब्धि पनि त संस्थागत भइसकेका छैनन् नि । मधेशमा मात्र होइन सुर्खेत, जाजरकोट, जुम्लालगायतका जिल्लामा पनि त आन्दोलन भइरहेको छ । ..... मधेशकेन्द्रित दलका सभासद्हरू संविधानसभाबाट पनि लडिरहेका छन् । यसको औचित्य समाप्त भएपछि उहाँहरू राजीनामा दिनुहुन्छ । राजीनामा दिनुपर्छ भन्ने माग जनताको छैन । सभासद् बनाउन जसको भूमिका छैन, उनीहरूले राजीनामा दिन भनिरहेका छन् । एनजीओ र आईएनजीओबालाहरूले सभासद्को राजीनामा मागेका हुन् ।

जबसम्म संविधानसभा र यसका समितिहरूमा संघर्षको अलिकति पनि ठाउँ रहन्छ । तबसम्म त्यहाँबाट संघर्ष गर्नुपर्छ । जुन दिन संविधानसभामा बसेर संघर्ष गर्नुको औचित्य समाप्त हुन्छ, त्यो दिन सभासद्हरूले राजीनामा दिन्छन् ।

......... जति प्रदेश बनाइए पनि दरिद्रतालाई विभाजन गर्दा सबै दरिद्र नै हुन्छन् नि । जब हाम्रो देश नै गरिब र दरिद्र छ भने कुनै प्रदेशलाई कसरी समृद्ध भन्न मिल्छ । .......

भूकम्पपीडितलाई १५ हजार दिन सक्ने क्षमतासमेत नराख्ने राज्यले केको फुर्ति देखाएको हो । दुई नम्बर प्रदेश गरिब भयो भनेर चिन्ता गर्नुपर्दैन । भारत छोड्ने बेलामा भारतीयप्रति अंग्रेजहरूले चिन्ता व्यक्त गरे जस्तो हो ।

...... ८३ हजार मेगावाट उर्जा शक्ति भन्ने गरिन्छ । तर, हामीसँग त त्यहि ८ सय मेगावाट त हो नि । चन्द्रशमशेरबाट थालिएको विद्युत् आयोजना अहिले २०७२ सालसम्म आइपुग्दा कत्ति बढ्यो ? ..... पहिलो कुरा, अहिलेसम्म कायम रहेको खस–आर्यको सत्तालाई कायम राख्ने र तिनको प्रभूत्वलाई कायम राख्नका लागि ६ प्रदेशको सीमाङ्कन गर्न खोजिएको छ । दोश्रो कुरा, बेइमान अमिनले जमिनको कित्ताकाट गरेका हुन् । र, तेश्रो कुरा, नेता विशेषको स्वार्थमा प्रदेश बनाइएका छन् । जहासम्म भारतसँग प्रदेशहरूको सीमा जोडिएको कुरा छ । सीमाङ्कन हेर्दा प्रष्ट थाहा हुन्छ कि मधेशमाथि विश्वास गरिएको छैन । जबकी भारतमाथि विश्वास गरिएको छ । यो सीमाङ्कनले शासकहरू कत्ति राष्ट्रवादी छन् भन्ने कुराको पोल खोलिदिएको छ । अहिलेसम्म कायम रहेको खसको प्रभूत्वलाई स्थायित्व प्रदान गर्न कथित ६ प्रदेशहरू बनाइएका छन् ।

No comments: