Tuesday, August 18, 2015

थ्रेसहोल्ड १% नै किन हुनुपर्छ?

थ्रेसहोल्ड ५% राख्ने हो भने देश दुई पार्टी सिस्टम मा जाने डर हुन्छ। त्यो पनि राम्रो हुँदैन। खोजेको राजनीतिक स्थिरता पाइन्छ stasis ----- देशको राजनीति मा नया नया आईडिया पस्न गार्हो भएर जान्छ।

थ्रेसहोल्ड १% नै किन हुनुपर्छ? १% परफेक्ट हुन्छ। थ्रेसहोल्ड हुँदै नहुनु राम्रो होइन। देशमा राजनीति होइन च्याउ खेती हुन्छ। तर थ्रेसहोल्ड बढ़ी भयो भने देशको राजनीति मा stasis आउँछ।

एउटा scenario हेरौं। कर्णाली प्रदेश मा मात्र केन्द्रित एउटा पार्टी खुल्यो। त्यो पार्टी को अध्यक्ष कर्णाली को मुख्य मंत्री बन्यो। १० वर्ष राज गर्यो। कर्णाली को कायापलट गर्दियो। देश को १% मत पाएको आधारमा। बाँकी १५ जना मुख्य मंत्री हरु सबै भन्दा leaps and bounds राम्रो। कैयौं गुणा राम्रो।

अनि १० वर्ष पछि देश मा प्रत्यक्ष निर्वाचित प्रधान मंत्री हुने भएको सिस्टम भएको ले त्यो व्यक्ति प्रधान मंत्री पद का लागि लड्यो। जित्न सक्छ। काम गरेर देखाएको छ। उसले कर्णाली मा गरेको काम सबै लाई थाहा छ। देश को प्रधान मंत्री भएर जे जे गर्छु भन्छ त्यों बड़ो आकर्षक छ। अनि अहिले सम्म देश मा १% मत ल्याइरहेको पार्टी को अध्यक्ष ले प्रत्यक्ष निर्वाचित प्रधान मंत्री को चुनाव मा देशमा ५५% मत ल्याएर देश को प्रधान मंत्री बन्न सक्छ। किन सक्दैन?

त्यो संभावना लाई थ्रेसहोल्ड ले घाँटी निमोठ्ने काम गर्नु हुँदैन।

कर्णाली ले पैसा पाउने कुरा
सही संविधान ले आर्थिक क्रांति गर्ने हो
प्रत्यक्ष निर्वाचित प्रधान मंत्री र १०% आर्थिक वृद्धि दर
संघीयता मा बजेट बाडफाड़: ३३-३३-३४: केन्द्र प्रदेश स्थानीय
१ देश, १६ प्रदेश, २०-३० विशेष क्षेत्र, १००० गाउँ/नगर = १२५ जातजाति



No comments: