Pages

Monday, July 20, 2015

मधेस, क्रान्ति र आन्दोलन

अहिलेको मस्यौदा नै देशको अर्को संविधान हो भने मधेसमा क्रान्ति हुन्छ, देश टुट्छ। विरोध गर्ने आन्दोलन त शुरू भैसक्यो। २०४६ मा गणेशमानले गरेको लेवल को आन्दोलन त भइराखेको छ। तर क्रान्ति को बेला अझै आइसकेको छैन। लोकतन्त्रमा भनिन्छ, युद्ध पहिलो होइन अन्तिम अस्त्र हो। त्यसैले पहिला अरु सम्पुर्ण अस्त्र को प्रयोग गर्नुपर्छ। अहिले त कुरुक्षेत्र संविधान सभा नै हो। व्हिप जारी नहुने संविधान सभामा, एमाले का जनजाति जागिरहेको बेला, अमरेशको नेतृत्वमा ६० जना मधेसका काँग्रेसी जागिरहेको बेला, मधेसी-जनजातिका मुद्दा छोडेर हिड्ने माओवादी सँग नैतिक आधार न भएको बेला, अहिले सड़क मा आन्दोलन र संविधान सभामा अंक गणित को आन्दोलन गर्ने बेला हो। संविधान सभा छोड्ने होइन, संविधान सभामा डटेर लड्ने बेला हो।

मधेसी क्रान्ति ३ हुनु भनेको देश टुट्नु हो। पाकिस्तान-बंग्लादेश हुनु हो। तर त्यो अन्तिम अस्त्र हो। संविधान सभा, सर्वोच्च अदालत र शीतल निवास ले खेल्नुपर्ने रोल खेल्न दिनैपर्छ। किनभने मधेसी क्रान्ति ३ भएछ भने पनि त्यो लोकतन्त्र विरुद्ध को आन्दोलन हुने छैन। त्यसैले लोकतान्त्रिक प्रक्रिया को अहिले भरपुर प्रयोग हुनुपर्छ।

संविधान सभा को अंक गणित को लडाइ सही तरिका ले खेल्ने हो भने ठुला तीन पार्टी तोड़फोड़ गर्न सकिन्छ। उनी हरु लाई हाफ साइज मा पुर्याइदिन सकिन्छ। अहिले त्यसको संभावना खोज्ने बेला हो।

कनीकुथी दुई तिहाई पुर्याए छन भने पनि, आफ्नै पार्टी का मधेसी जनजाति लाई छलेर, धम्क्याएर वोट बटुले छन भने पनि, संविधान जारी गर्ने संविधान सभाले होइन, त्यहाँ बाट पास सम्म गर्लान। जारी गर्ने औपचारिक रुपमा त शीतल निवास ले हो। अंतरिम संविधान सँग बाझ्ने प्रतिक्रांतिकारी संविधान जारी गर्ने अधिकार राष्ट्रपति लाई छैन। त्यो कुराको हेक्का राख्नु सर्वोच्च को पनि काम हो।

दाहालको भारत भ्रमण कूटनीतिक मर्यादा विपरीत : परराष्ट्रमन्त्री
दाहालको भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयलाई कुनै जानकारी नभएको मन्त्री पाण्डेको भनाइ थियो । ..... उनले साउन महिनाभित्र नयाँ संविधान जारी हुने विश्वास पनि व्यक्त गरे । .... “अग्रगामी परिवर्तन तथा १६ बुँदे सहमति भाँड्न खोज्ने र देशलाई बन्धक बनाएर अनिर्णयको बन्दी बनाउन खोज्नेहरुले संविधानको मस्यौदा जलाउँदैमा संविधान निर्माणको कार्य रोकिँदैन,” मन्त्री पाण्डेले भने – “अब प्रक्रियाबाटै एक महिनामा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान आउँछ ।”
सङ्क्रमणकालको अन्त्य हुँदैछ : अध्यक्ष ओली
सुझाव सङ्कलनमा अवरोध पु¥याउने पक्राउ
उनले नयाँ संविधान जारी हुनुअगावै आफूहरुले सीमाङ्कनको मुद्दा टुङ्ग्याउन चाहेको भए पनि तत्काल दलीय सहमति सम्भव नदेखिएका कारण थाती राख्नुपरेको पनि जिकिर गरे । ...... आज रेडक्रस सभाहलमा झापा–७ का सभासद् तथा एमाले अध्यक्ष ओली बोलिरहँदा लिम्बुवानका कार्यकर्ताले हल बाहिर चर्को नाराबाजी र माइक तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन ती दुई प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सङ्घीय लिम्बुवान पार्टी नेपालका सन्तोष तुम्बापो र ध्रुव लावती रहेका छन् ।
साउनभित्रै संविधानसभाबाट नयाँ संविधान जारी हुने: डा भट्टराई



यसकारण मस्यौदामा हाम्रो विरोध: उपेन्द्र यादव
नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३८ (१) मा “वर्गीय, जातीय, भाषिक, लैङ्गिक, सांस्कृतिक, धार्मिक र क्षेत्रीय भेदभावको अन्त्य गर्न राज्यको केन्द्रीकृत र एकात्मक ढा“चाको अन्त्य गरी राज्यको समावेशी, लोकतान्त्रिक संघीय शासन प्रणालीसहितको अग्रगामी पुनर्संरचना गरिनेछ”, भनिएको छ । ....... त्यसैगरी धारा १३८ (१क) मा ‘मधेशी जनतालगायत आदिवासी जनजाति र पिछडिएका तथा अन्य क्षेत्रको जनताको स्वायत्त प्रदेशको चाहनालाई स्वीकार गरी नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हुनेछ’ उल्लेख गरिएको छ । नेपालको सार्वभौमसत्ता, एकता र अखण्डतालाई अक्षुण्ण राख्दै स्वायत्त प्रदेशहरुको सीमा, संख्या, नाम र संरचनाका अतिरिक्त केन्द्र र प्रदेशका सूचीको पूर्णविवरण, साधन–स्रोत र अधिकारको बा“डफा“ट संविधानसभाबाट निर्धारित गरिने छ”, भनि लेखिएको छ । ....... तर, उक्त मस्यौदाको धारा ६० (३) मा लेखिएको छ,“प्रदेशको सीमाङकनसम्बन्धी सुझाव दिन नेपाल सरकारले एक संघीय आयोग गठन गर्नेछ । यस्तो आयोगको कार्यकाल ६ महिनाको हुनेछ ” तर, नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८२ मा “संविधानसभाले पारित गरेको संविधान प्रारम्भ भएको दिनदेखि संविधानसभाको काम समाप्त हुनेछ, भनी उल्लेख गरिएको छ ।” यसरी उक्त मस्यौदाले जातीय÷ राष्ट्रिय पहिचान, प्रादेशिक स्वायत्तता तथा स्वशासनयुक्त संघीय प्रणालीलाई समाप्त गर्न षड्यन्त्रमूलक ढंगले अन्तरिम संविधानको उल्लंघन गरी यसको मर्म र भावना विपरीत रहेको छ । सार्वभौमसत्तासम्पन्न जनताद्वारा निर्वाचित संविधानसभाको क्षेत्राधिकारमाथि नै हस्तक्षेप गरी संविधानसभाको औचित्यमाथि नै प्रश्न चिन्ह् खडा गरेको छ । संविधानसभा नियमावली २०७० लाई निलम्बन गरी ‘फाष्ट ट्रयाक’ बाट संविधान निर्माण गर्ने बहानामा सार्वभौमसत्तासम्पन्न जनता र सार्वभौम संविधानसभा सदस्यहरुको अधिकारलाई समेत हनन् गरिएको असंवैधानिक, गैर–लोकतान्त्रिक एवं स्वेच्छाचारी प्रक्रिया र कार्यलाई हामी स्वीकार गर्न सक्दैनांै । यसका अतिरिक्त उच्चस्तरीय राज्य पुनर्संरचना आयोगको प्रतिवेदन, विगतको संविधानसभाको राज्य पुनर्संरचना तथा राज्यशक्तिको बा“डफा“ट समितिको सहमति, ऐतिहासिक मधेश जनविद्रोहको बेला २०६४/०५/१३ गते मधेसी जनअधिकार फोरम, नेपाल र नेपाल सरकारबीच भएको २२ बू“दे तथा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा (मधेशी जनअधिकार फोरम, नेपाल, सद्भावना पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टी) बीच २०६४ साल फाल्गुण १६ गते सम्पन्न भएको ८ बू“दे सम्झौताका साथै विभिन्न आन्दोलनका समयमा आदिवासी जनजाति लगायत नेपाल सरकारस“ग भएका सम्झौता, सहमति र समझदारीको समेत उल्लंघन गर्ने कार्य गरेको छ । उक्त मस्यौदा समानुपातिक समावेशीकरण, समावेशी लोकतन्त्र, स्वशासन र स्वायत्तता, पहिचानसहितको संघीयता र लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको समेत विपरीत रहेको छ ।

यसले मधेशी, आदिवासी जनजाति, थारु, शिल्पी समुदाय (दलित), पिछडावर्ग, महिला, मुस्लिम, अल्पसंख्यक तथा सीमान्तकृत आदि समुदायहरुमाथि शताब्दियांैदेखि कायम रहेको भेदभाव, असमानता, विभेद, शोषण तथा उत्पीडनको अन्त्य गरी उनीहरुको पहिचानको मान्यता एवं समान अधिकार, अवसरमा समानता र सामाजिक न्यायको प्राप्तिलाई नै निषेध गर्ने कार्य गरेको छ ।

...... चार दल (नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी, मजफो–लो) का केही नेताहरुको सहमतिले जातीय÷राष्ट्रिय पहिचान, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र, संवैधानिक सर्वोच्चता तथा विधिको शासनसहितको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण गर्नुको सट्टा पहिचानविहीन र संघीयताविहीन संविधान निर्माण गर्नका लागि नै सरकारले गठन गर्ने भनिएको संघीय आयोगको प्रस्ताव ल्याइएको छ । ......... लैङ्गिक असमानता र विभेदः महिलालाई पुरुष सरह अंश र बंशको अधिकारबाट बञ्चित पारी लैङ्गिक असमानता र विभेदपूर्ण मस्यौदा ल्याइएको छ । बंशजको नागरिकता प्राप्त गर्न बाबु वा आमा नेपाली नागरिक राख्नुको सट्टा आमा र बाबु नागरिक राखिएको छ । यसबाट नेपालमा जन्म हुनेहरुलाई बंशजको नागरिकता प्राप्त गर्ने अधिकारबाट बञ्चित गरिएको छ । नागरिकता प्राप्त गर्नबाट नेपाली आमाको सन्तानहरुलाई समेत रोक लगाउन सक्ने अवस्थाको सिर्जना गरिएको छ । ........ नागरिकतासम्वन्धी विभेदकारी व्यवस्थाः बंशजको आधारमा नागरिकता प्राप्ति सम्बन्धी व्यवस्था मस्यौदाको धारा १२ (क) मा “कुनै व्यक्ति जन्म ह“ुदाको बखत निजको आमा र बाबु नेपाली नागरिक रहेछ भने त्यस्तो व्यक्ति”, धारा १३ (१) अनुसार नेपाली नागरिकसँग विवाह गर्ने विदेशी पुरुषले १५ वर्ष स्थायी बसोवास गरि विदेशी नागरिकता त्याग गरेमा नेपालको अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्नेछ भने १३ (२) अनुसार “नेपाली नागरिकसँग विदेशी महिलाले विवाह गरी नागरिकता लिन चाहेमा विदेशी नागरिकता परित्याग गर्ने कार्यबाही चलाएपछि नेपालको अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्नेछ”, भनिएको छ । त्यसैगरि धारा १३ (३) मा “ विदेशी नागरिकसँग विवाह भएको नेपाली नागरिकबाट नेपालमा जन्म भई नेपालमा नै स्थायी बसोबास गरेको र विदेशी मुलुकको नागरिकता प्राप्त नगरेको स्वयं घोषणा गर्ने व्यक्तिले कानूनबमोजिम नेपाली अङ्गीकृत नागरिकता प्राप्त गर्ने छ”, भनि उल्लेख गरिएको छ । ....... नागरिकतासम्बन्धी उपरोक्त प्रावधानहरुले नेपाली नागरिकका सन्तान नेपालमै जन्मिएर पनि अङ्गीकृत नागरिकता पाउने र तिनका सन्तान अङ्गीकृत नै रहने विभेदकारी नीति रहेको छ । नेपालमा जन्म हुनेहरुलाई बंशजको नागरिकता प्राप्त गर्ने अधिकारबाट वञ्चित गरिएको छ । महिला र पुरुषबीच लैङ्गिक समानताका अधिकारलाई समाप्त पारी पुरुष र महिलाबीच विभेद गरिएको छ ।

नागरिकतासम्बन्धी व्यवस्था निरंकुश राजतन्त्रात्मक शासन प्रणाली र निर्दलीय व्यवस्थामाभन्दा पनि जटिल र कठोर बनाइएको छ

। यसबाट मधेशी समुदाय लगायत लाखौँ नेपाली नागरिकहरु नागरिकताविहीन र राष्ट्रियताविहीनको अवस्थामा बा“च्न बिवश हुनेछन् । आमा वा बाबु नेपाली नागरिक रहेछ भने तिनको सन्तानले बंशजको आधारमा नागरिकता पाउनु पर्दछ । त्यसैगरि जन्मसिद्ध वा अङ्गीकृत नागरिकता प्राप्त गरेका नेपाली नागरिकका सन्तानले बंशजका आधारमा नागरिकता पाउनु पर्दछ । यसका साथै वैवाहिक अंङ्गीकृत नागरिकताको प्रावधानलाई समेत निरन्तरता दिइनु पर्दछ । .......... नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १२५ मा संवैधानिक निकायका पदाधिकारीहरुको नियुक्तिको लागि जन्म वा बंशजको नाताले नागरिक भएको र अंङ्गीकृत नागरिकका हकमा नागरिकता प्राप्त गरेको कम्तिमा १० वर्ष व्यतित भएको हुनुपर्ने प्रावधान थियो । त्यसैगरि नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५५ (२) मा “यस संविधानबमोजिम नियुक्त हुने संवैधानिक पदहरुमा बंशज वा जन्मका नाताले नेपालको नागरिक भएको व्यक्ति वा अङ्गीकृत नागरिकता प्राप्त गरी कम्तिमा १० वर्ष नेपालमा बसोबास गरेको व्यक्ति मात्र नियुक्तिको लागि योग्य मानिने छ’’ भनिएको छ । तर, नया“ बन्ने संविधानको मस्यौदाको धारा २८२ (१) अनुसार “राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशसभाका सभामुख र सुरक्षा निकायका प्रमुखको पदमा निर्वाचित, मनोनित वा नियुक्ति हुन बंशजको आधारमा नेपाली नागरिकता प्राप्त गरेको हुनु पर्नेछ’ । (२) उपधारा (१) मा उल्लेखित पद बाहेक अन्य संवैधानिक निकायको पदमा यस संविधानबमोजिम नियुक्तिको लागि योग्य हुन अङ्गीकृत नेपाली नागरिकता प्राप्त गरेको कम्तिमा १० वर्ष, जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेको, धारा १३ को उपधारा (२) बमोजिमको अङ्गीकृत नेपाली नागरिकता प्राप्त गरेको वा नागरिकता त्याग गरी पुनः बंशजको आधारमा नेपाली नागरिकता प्राप्त गरेको नागरिकले कम्तिमा ५ वर्ष नेपालमा बसोबास गरेको हुनु पर्ने छ” भनी गरिएको व्यवस्थाले

नेपालमा राणा शासन, निरङ्कुश राजतन्त्र, निर्दलीय पञ्चायतमा समेत नभएको नागरिक–नागरिकबीचको यस्तो विभेद मस्यौदाको यो प्रावधानले खडा गरेको

छ । नेपाली नागरिकप्रति राज्यको यस्तो द्वैध नीति “सबै नागरिक कानूनको दृष्टिमा समान हुनेछन्” भन्ने विधिशास्त्रको मान्यता विपरीत हुनुका साथै विभेदकारी पनि भएकाले उक्त प्रावधानलाई सुधार गरिनु पर्दछ । ..... नश्लवादी चिन्तन र विभेद ः मस्यौदाको धारा १९ मा “नेपाली मूलको व्यक्तिलाई कानूनबमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैर–आवाशीय नेपाली नागरिकता प्रदान गर्न सकिनेछ” भन्ने प्रावधानले नेपाली नागरिकलाई नेपालीमूल र गैर–नेपालीमूलको रुपमा छुट्याई मधेशीमूलका व्यक्तिहरुलाई गैर–नेपालीमूलका रुपमा परिभाषित गर्न शासक जाति र वर्गको नश्लवादी चिन्तन एंव विभेदकारी नीति रहेको छ । यस्तो चिन्तनले राष्ट्रियता र राष्ट्रिय एकतामा खललपारी मुलुकलाई दुर्घटनामा पार्ने छ । त्यसैले नेपालीमूलको सट्टा नेपाली नागरिक राख्नु पर्दछ । ....... विभेदकारी भाषिक नीतिः मस्यौदाको धारा ७ मा “देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ” भनि लेखिएको छ । उक्त प्रावधानले निरङ्कुश पञ्चायतकालीन नारा “एउटै भाषा, एउटै भेष” कै नीतिको अनुसरण गरी अन्य भाषाहरुप्रति भाषिक विभेदको नीति कायम नै राखेको छ । नेपाल जस्तो बहुभाषिक मुलुकमा समान भाषिक अधिकारलाई प्रत्याभूति गराउन भाषाहरुलाई अनुसूचीमा सूचीकृत गरी सरकारी कामकाजको भाषाको लागि बहुभाषिक नीति अवलम्बन गरिनु पर्दछ । ......... सर्वोच्च अदालतको आदेशको अपहेलना ः

सम्मानित सर्वोच्च अदालतले २०७१ साल फागुन २५ गते नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५४ बमोजिम मधेशी आयोग गठन गर्न जारी गरेको परमादेश र मिति २०७२ साल आषाढ ४ गते मा ४ दलीय १६ बूँदे सहमतिप्रति संविधानको धारा १३८ र ८२ को व्यवस्था विपरीत कुनै कार्य नहोस् भनी दिएको अन्तरिम आदेशको समेत ठाडो उल्लंघन गर्ने कार्य गरेको छ

। ........ विभेदकारी प्रस्तावना ः “राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक–पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र विद्रोह, त्याग र वलिदान” लाई समावेश गरिएको भएता पनि ऐतिहासिक मधेश जनविद्रोह, आदिवासी जनजाति लगायतका आन्दोलनहरुलाई सम्बोधन नगरी प्रस्तावनामा नै जातीय विभेदकारी नीतिलाई अवलम्बन गरिएको छ । ........ संविधान संशोधन ः मस्यौदाको धारा २६९ (१) मा “नेपालको स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, जनतामा निहीत सार्वभौमसत्ताको प्रतिकूल हुने गरी यो संविधान संशोधन गर्न सकिने छैन” भनि उल्लेख गरिएको छ । जनताले लामो संघर्ष र बलिदानवाट प्राप्त गरेको ऐतिहासिक एवं महत्वपूर्ण उपलब्धिहरु संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशीकरण, लोकतन्त्र आदिलाई समावेश नगरी त्यसलाई धरापमा पार्ने षड्यन्त्र गरेको छ । ....... सामाजिक न्यायको हक र गैर–समावेशी चरित्र ः नेपालको अन्तरिम संविधान, २०६३को धारा २१ “आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछि परेका महिला, दलित, आदिवासी जनजाति, मधेशी समुदाय, उत्पीडितवर्ग, गरिब किसान र मजदूरलाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा राज्यको संरचनामा सहभागी हुने हक हुनेछ” भनि लेखिएको छ तर, नया“ संविधानको मस्यौदाको धारा ४७ मा “समावेशी सिद्धान्तको आधारमा राज्यको संरचना तथा सार्वजनिक सेवामा सहभागिताको हक हुने छ” भनि लेखिएको छ । यसरी उक्त मस्यौदाले विगतमा प्राप्त समानुपातिक समावेशीकरणको हक, अधिकारलाई समेत खोसी समावेशी लोकतन्त्रको मूलमर्म र भावनालाई नै समाप्त पार्ने कार्य गरी यथास्थितिवादी, परिवर्तन विरोधी र प्रतिगमनकारी चरित्रलाई नै आत्मसात् गरेको छ । ....... संसदीय व्यवस्थापिका र निर्वाचन प्रणाली ः मस्यौदाको धारा ८८ (क) ले

प्रतिनिधिसभाको लागि हुने प्रत्यक्ष निर्वाचन प्रणालीमा न्यून प्रतिनिधित्व ह“ुदै आएको महिला, शिल्पी समुदाय (दलित) लगायतका समुदायहरुको बीचमा मात्र प्रतिस्पर्धा हुने गरी “आरक्षित क्षेत्र वा कोटा” नछुट्याई असमावेशी र विभेदकारी बनाएको छ

। मस्यौदाको धारा ८८ (२) मा अपाङ्गता भएका व्यक्तिलाई प्रतिनिधित्व गराउने व्यवस्था नगरिएको हु“दा सोको व्यवस्था पनि गरिनु पर्दछ । त्यसैगरि, संघीय, प्रादेशिक र स्थानीय तहको व्यवस्थापिका, कार्यपालिका, संवैधानिक निकाय र अन्य सार्वजनिक क्षेत्रमा शिल्पी समुदाय (दलित) को सबै क्षेत्रमा पर्ने गरी समानुपातिक समावेशीकरण अर्थात् प्रतिनिधित्व वा सहभागिताको व्यवस्था सुनिश्चित गरिनु पर्दछ । त्यसैगरि, उक्त मस्यौदाको धारा ९० (२क) ले प्रत्येक प्रदेशवाट समानरुपले ५ जनाको दरले निर्वाचित हुने व्यवस्थाले समान जनसंख्याको आधारमा प्रतिनिधित्व हुन पाउने अधिकारलाई अपहरण गरी मात्र भौगोलिक आधारमा प्रतिनिधित्व गराउने कार्य गैर–लोकतान्त्रिक रहेको छ । त्यसैगरि, अन्तरिम संविधानमा प्रत्यक्षबाट ४२ प्रतिशत र समानुपातिक तर्फबाट ५८ प्रतिशत रहेकोमा हाल समानुपातिक तर्फको सीट संख्या घटाई ४० प्रतिशत मात्र गरी मधेशी, आदिवासी जनजाति, शिल्पी समुदाय (दलित), महिला आदिको प्रतिनिधित्वलाई कम गरिएको छ । मस्यौदाको धारा ९० (ख) मा “नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित कम्तिमा २ जना महिला सहित ५ जना” हुने प्रावधान राखिएको छ । यसरी जनताद्वारा निर्वाचित भई प्रतिनिधित्व गर्ने पदमा सरकारले मनोनित गर्ने कुराको कुनै औचित्य नै छैन । जनताको प्रतिनिधित्व गर्न सरकारले मनोनित गरेको व्यक्ति हुनु गैर–लोकतान्त्रिक प्रावधान हो । ........... एकल जातीय र एकात्मक न्याय प्रणाली ः मस्यौदाको धारा १३०, १३२ (५) र १३३ ले न्यायपालिकालाई संघीय सर्वोच्च अदालतको सट्टा सर्वोच्च अदालत, प्रादेशिक उच्चअदालतको सट्टा उच्चअदालत र स्थानीय अदालतको सट्टा जिल्ला अदालतको व्यवस्था गरिएको छ । न्यायाधीशहरुको नियुक्ति प्रक्रियामा न्यायपालिकाको संरचनालाई एकात्मक तथा केन्द्रीकृत न्यायप्रणालीसँगै असमावेशी हुने गरी एकल जातीय प्रभुत्वलाई नै निरन्तरता दिने कार्य गरेको छ ।

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक भइसकेको ह“ुदा न्यायप्रणालीको ढाँचा पनि संघीय नै हुनु पर्दछ

। ............. विगतको संविधानसभामा न्यायप्रणालीसम्बन्धी समितिको प्रतिवेदन

२०६६ मा संक्रमणकालीन व्यवस्थामा सहमति भएको अनुसार यो संविधान प्रारम्भ हु“दा बखत कायम रहेका सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा न्यायाधीशहरु यो संविधान प्रारम्भ भएपछि ३ महिनाभित्र पुनःनियुक्त भएकोमा बाहेक आफ्नो पदमा बहाल रहने छैन । त्यसैगरि, पुनरावेदन अदालत र जिल्ला अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशहरु राज्य÷प्रदेश तहका संयन्त्रहरु गठन भएको मितिले ३ महिनाभित्र पुनःनियुक्त भएमा बाहेक आफ्नो पदमा बहाल रहने छैनन्

। तर, नया“ संविधानको मस्यौदाले न्यायाधीशहरुको पुनःनियुक्तिको सम्बन्धमा सहमति भइसकेको प्रस्तावलाई समेत समावेश गरिएको छैन । यो संविधान प्रारम्भ भएपछि न्यायाधीशहरुको पुनःनियुक्ति हुने व्यवस्था राखिनु पर्दछ । ............ पहिचानको संकट ः मस्यौदाको धारा ८८ (२) मा “खस आर्य” को मात्र पहिचानलाई सूचीकृत एवं परिभाषित गरी अन्य जात–जाति, भाषा भाषी एवं सांस्कृतिक समुदायहरु खासगरी मधेशी, आदिवासी जनजाति, शिल्पी समुदाय (दलित), मुस्लिम, अल्पसंख्यक समुदाय आदिको जातीय÷राष्ट्रिय पहिचानलाई परिभाषित नगरी उनीहरुको पहिचानलाई नै संकटमा पार्ने कार्य गरी विभेद गरिएको छ । मस्यौदामा उल्लेख गरिएका खस आर्यको परिभाषा पनि गलत तथा विवादास्पद रहेको छ । ........ संघीयताको खोलभित्र एकात्मकताको प्रयोग ः संघीय प्रणालीमा केन्द्रका सरोकारका विषयहरु केन्द्रीय सरकारका मातहत जस्तै मुद्रा, अन्तर्राष्ट्रिय सम्बन्ध, रक्षा र सेना केन्द्रीय सञ्चार आदि प्रादेशिक सरोकारका विषयहरु प्रदेशका मातहत रहन्छन् र अवशिष्ट अधिकारहरु प्रदेशकै मातहत रहन्छन् । यस अवस्थामा मात्र प्रादेशिक स्वयत्ततासहितको संघीय लोकतान्त्रिक प्रणाली हुन्छ । तर,

मस्यौदाको धारा ६१, ६२, ६३ र ६४ ले प्रदेशलाई शक्ति र साधन–स्रोतको आधारमा अत्यन्त कमजोर र केन्द्रलाई अत्यन्त शक्तिशाली बनाएर संघीयताको खोलभित्र पुरानै एकात्मक, एकल जातीय आधिपत्यलाई निरन्तर कायम राख्ने प्रयास गरिएको छ । जोकि संघीय लोकतान्त्रिक प्रणालीको सिद्धान्त विपरीत रहेका छन् ।

............ मस्यौदाको धारा २१७ मा “स्थानीय तहको कार्यकारिणी सम्बन्धी अन्य व्यवस्था यस संविधानको अधीनमा रही संघीय संसद्ले बनाएको कानून बमोजिम हुने छ” भनिएको छ । त्यसैगरि, धारा २१८ मा जिल्ला सभाको व्यवस्था गरिएको छ । यी दुवै प्रावधानले प्रदेशहरुको स्वायत्तता र क्षेत्राधिकारमाथि केन्द्रको हस्तक्षेपकारी भूमिका रहने छ । प्रदेश अधिकारविहीन भई कमजोर हुनेछ । नेपाल जस्तो सानो मुलुकमा जिल्ला सभाको कुनै औचित्य नै छैन । तसर्थ, मस्यौदाको धारा २१७ लाई हटाई सोको क्षेत्राधिकार प्रदेशसभालाई नै दिई धारा २१८ लाई हटाउनु पर्दछ । ............ सुरक्षा निकायको असमावेशी तथा विभेदकारी संरचनाः मस्यौदाको धारा २६२ र २६३ ले नेपाली सेना, नेपाल प्रहरी, अद्र्धसैनिक बल र गुप्तचर संगठनको संरचनामा मधेशी, आदिवासी जनजाति, शिल्पी समुदाय (दलित), महिला, थारु, मुस्लिम, पिछडावर्ग तथा पिछडिएका क्षेत्रका नागरिकको प्रवेशलाई समानुपातिक समावेशीकरणका आधारमा नगरी यसलाई परम्परागत रुपमा असमावेशी र एकल जातीय स्वरुपको संरचनालाई नै निरन्तरता दिइएको छ । यसलाई लोकतान्त्रिकरण र समानुपातिक समावेशीकरण गरी राष्ट्रिय स्वरुप प्रदान गरिनु पर्दछ । ............. प्रेस स्वतन्त्रतामाथि अंकुश ः लोकतन्त्रको मूलआधार र मापदण्ड भनेको नागरिक स्वतन्त्रताको हक र पूर्णप्रेस स्वतन्त्रता नै हो । पूर्णप्रेस स्वतन्त्रता बिना लोकतान्त्रिक प्रणाली सफल हुन सक्दैन । तर, उक्त मस्यौदाको धारा २४ को प्रावधानले अप्रत्यक्ष रुपमा पूर्णप्रेस स्वतन्त्रतामाथि अनेक बहानामा अंकुश लगाउने र नियन्त्रण गर्न सक्ने व्यवस्थाले पूर्णप्रेस स्वतन्त्रतामाथि राज्यलाई हस्तक्षेप गर्न सक्ने आधार प्रदान गरिएको छ । मस्यौदाको यस्तो प्रवधानले पूर्णपे्रस स्वतन्त्रताको अधिकारलाई कटौती गर्ने प्रयास गरेको छ । ......... अधिकारविहीन संवैधानिक अदालतः संवैधानिक अदालतलाई संविधानको व्याख्या तथा संवैधानिक मामिला, संवैधानिक निकायहरु बीचको मुद्दा, कुनै कानूनको संवैधानिकताको प्रश्न निहीत मुद्दा, संविधानमा भएको कुनै संशोधन संविधान अनुकूल भए नभएको मुद्दा, मानव अधिकार हनन् सम्बन्धी मुद्दा, राजनीतिक प्रकृतिका मुद्दाहरु, केन्द्र र प्रदेश, प्रदेश र प्रदेशबीच, प्रदेश र स्थानीय निकायबीच विवादित मुद्दा, राजनीतिक दलसँग सम्बन्धित मुद्दा आदि मामिलाहरु छिनोफानो गर्नका लागी नै संवैधानिक अदालतको व्यवस्था गरिएको हुन्छ । संवैधानिक अदालत भनेको अभिलेख अदालत पनि हो । तर, मस्यौदाको धारा १४१ (२, ३ र ५) को व्यवस्थाले संवैधानिक अदालतलाई अत्यन्त कमजोर, अधिकारविहीन र अल्पकालीन संवैधानिक अदालतको रुपमा गठन गरेको छ । .......... अन्तर्राष्ट्रिय महासन्धि, अभिसन्धि र प्रतिज्ञापत्र सम्बन्धमा ः नेपालले अन्तर्राष्ट्रिय मानव अधिकारका विभिन्न महासन्धि, अभिसन्धि र प्रतिज्ञापत्रहरुमा अनुमोदन÷सम्मिलन गरिसके तापनि संविधानको अन्तरवस्तुमा ती महासन्धि, अभिसन्धि र प्रतिज्ञापत्रहरुलाई कार्यान्वयन गर्ने गरी संविधानको मस्यौदामा व्यवस्था गरिएको छैन । यसका विपरीत प्रावधानहरुरु नै राखिएका छन् । संवैधानिक व्यवस्था नरहेको अवस्थामा नेपाल पक्ष भई अनुमोदन गरेका मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिहरु, अभिसन्धिहरु र प्रतिज्ञापत्रहरु कार्यान्वयन हुन सक्दैन । तसर्थ, नेपाल पक्ष भएका महासन्धि, अभिसन्धि र प्रतिज्ञापत्रहरुलाई कार्यान्वयन गर्न संविधानमा नै स्पष्ट व्यवस्था गरिनु पर्दछ । .........

संविधानकोे प्रारम्भिक मस्यौदा प्रतिवेदन २०७२ ले अन्तरिम संविधानले व्यवस्था गरेका महत्वपूर्ण अधिकारहरुको कटौती गरेको छ । यसले केन्द्रीकृत र नियन्त्रित अर्थात् नाम मात्रको संघीयता प्रस्ताव गरेको छ । समावेशी लोकतन्त्रलाई कुण्ठित गरिएको छ । संघीयता र पहिचानलाई धरापमा पारेको छ । अन्तरिम संविधानमा प्रदेशहरु स्वायत्त र अधिकारसम्पन्न हुने व्यवस्था गरिएको थियो तर, नया“ संविधानको मस्यौदामा प्रदेशहरुलाई अधिकारविहीन बनाएको छ । नया“ मस्यौदामा आदिवासी जनजाति र स्थानीय समुदायलाई भूमि र प्राकृतिक सम्पदामाथिको अग्राधिकार नहुने व्यवस्था प्रस्ताव गरिएको छ । निर्वाचित निकायहरुमा समानुपातिक समावेशितालाई असम्भव बनाएको छ । मधेशी, शिल्पी समुदाय (दलित), मुस्लिम, आदिवासी जनजाति र अल्पसंख्यक समुदायका प्रतिनिधित्वलाई अनिश्चित तथा पहिलाभन्दा पनि न्यून पारिएको छ । राज्य पुनर्संरचना आयोग र राज्य शक्तिको बाँडफाँट समितिले शिल्पी समुदाय (दलित) लाई जनसख्याको अनुपातको आधारमा प्रतिनिधित्वसहित थप सीटमै आरक्षण गर्ने व्यवस्था गरेको थियो । तर, मस्यौदामा यो व्यवस्था हटाइएको छ । राज्य पुनर्संरचना गर्दा पहिचानका ५ आधारहरु र सामथ्र्यका ४ आधारहरुको आधारमा अधिकारसम्पन्न स्वायत्त प्रदेशहरुको संरचना गरिनु पर्दछ । राज्य पुनर्संरचना गर्दा उच्चस्तरीय राज्य पुनर्संरचना आयोगको प्रतिवेदनको अनुसार गरिनु पर्दछ । शताब्दियांैदेखि कायम रहेको जातीय, वर्गीय एवं लैङ्गिक तथा क्षेत्रीय विभेद, असमानता, शोषण, उत्पीडनको अन्त्य नहुने, समानुपातिक समावेशी तथा पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान प्राप्त नहुने, बहिष्करणमा पारिएका वा परेका आदिवासी जनजाति, मधेशी, महिला, शिल्पी समुदाय (दलित), मुस्लिम, थारु, सीमान्तकृत, अपसंख्यक समुदाय, अपाङ्गता भएका व्यक्ति, लोपोन्मुख जात–जाति, किसान र श्रमजीविवर्गप्रति गरिँदै आएको भेदभाव, असमानता एवं उत्पीडनलाई कायमै राखी मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने अधूरो एवं अपूर्ण रहेको प्रतिगमनकारी मस्यौदालाई कदापि स्वीकार नगरी यसलाई जोडदार रुपमा विरोध गरौं । विभेद विरुद्धको यो संघर्षलाई जारी राखौं ।


Sunday, July 19, 2015

In The News (14)

सिरहामा प्रचण्डलाई कालो झण्डा देखाउने तयारी सुझाव संकलन बहिस्कार गरिने
‘राजेन्द्र, महन्थ र महेन्द्र जी, तपाईहरुबाट मधेसी समुदायले के पाए ?’
सीमाङ्कन र नामाङ्कनको जुन कुरा छ । त्यो पहिला नै हुनुपर्छ भन्नेमा मैले पनि संशोधन हालेको छु । यसमा सवैको सहमति छ । तर कसरी सीमाङ्कन र नामाङकन गर्ने भन्नेमा सहमति जुट्न सकेको छैन । हामीले के बुझ्नुपर्छ भने जनताले अहिले खोक्रो आश्वासन भन्दा पनि विकास निर्माण र रोजगारी चाहेका छन । जसले यी विषय संबोधन गर्छ, जनताले उसैलाई भोट हाल्छन । संविधान सभाको चुनावमा पनि त्यही देखियो । ..... जनतामा सेन्टिमेन्ट चाहिँ छ । नागरिकताको विभेद, विकासमा विभेद छ । स्वास्थ्य सेवा अझै पाउन सकेका छैनन । मधेसी जनताको त्यही सेन्टिमेन्टमा ठालु शासकहरुले खेलिरहेका छन । तर अहिलेको बजेटले त्यो सेन्टिमेन्टलाई सम्बोधन गर्ने प्रयास गरेको छ । मधेसी जनताले सेन्टिमेन्ट होइन, विकास चाहेका छन ।
मोदीले सीमाङ्कन र नामाङ्कन पहिल्यै टुङ्गो लगाउन भनेपछि प्रचण्ड निराश
काठमाडौंमा भाषण ठोक्दैमा मधेशमा हुँदैन आन्दोलन
कांग्रेस, एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकले साउन २० गतेभित्र संघीयताबिनाको संविधान जारी गर्ने उद्घोष गरिसकेका छन् । त्यही लक्ष्यअनुरुप ती पार्टीका नेता तथा सभासद् सुरक्षा संयन्त्रका साथै आफ्ना दलबलका साथ मधेशका गाउँगाउँ पस्न थालिसकेका छन्, संविधानको पहिलो मस्यौदामाथि जनताको सुझाव संकलन गर्ने भनेर । तर मधेशी जनताको भावनाविपरीतको संविधान निर्माणको विरोधमा आन्दोलन घोषणा गरेका मधेशी पार्टीका अध्यक्ष तथा ठूला नेताहरु काठमाडौं छाड्न तयार छैनन् । ..... उनीहरुले कार्ल मार्क्सदेखि तमिल टाइगरसम्मका प्रसंग झिके । तर पहिचान र अधिकारबिनाको संविधान निर्माणलाई कसरी रोक्ने भन्ने सन्दर्भमा कुनै ठोस योजना राख्न सकेनन् । काठमाडौं छाडेर आन्दोलनमा सहभागी हुन सबै मधेशी मधेश जाऔं समेत भन्न सकेनन् । ..... यस्तो लाग्दै थियो, पार्टी अध्यक्षहरु घोषित आन्दोलनलाई तार्किक निष्कर्षमा पुर्‍याउने विषयमा आफै स्पष्ट छैनन् । यस्तो लाग्दै थियो, या त उनीहरु आन्दोलन\सान्दोलनबाट थाकिसके या मधेशी राजनीतिबाटै अघाइसके । ..... त्यसैले नै होला, उनीहरु एक\दुई दिनमा नभई अधिकार प्राप्तिको लडाइँ लामो चल्ने गैरजिम्मेवार अभिव्यक्ति दिँदैथिए । ..... विजय गच्छदारहरु संविधान बनाउन भनेर ठूला दलतिर लागेपछि

भन्नलाई त संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा चार दल छन् । तर ती दलबीच पनि कुनै तालमेल र सामञ्जस्य देखिन्न । नेताहरुबीच “मनमिलान” पटक्कै छैन । तँभन्दा म के कम भन्ने अहंकारी मानसिकताबाट चारै जना अध्यक्ष ग्रसित छन् ।

मोर्चाभित्रको बेमेल बुझ्न मोर्चाका दलहरुले प्रारम्भिक मस्यौदामाथिको जनमत संकलनमा सहभागी नहुन आमजनतालाई आह्वान गर्दै हालै निकालेको छुट्टाछुट्टै अपिलबारे थाहा पाए काफी हुन्छ । ......... मधेशी मोर्चाका नेताहरुको बेमेल र आलस्यको असर गत असार २९ गते काठमाडौंमा गरेको विरोध र्‍यालीमा समेत परेको थियो । चार पार्टीको भनिएको र्‍यालीमा ५ सय जना पनि सहभागी थिएनन् । नयाँ बानेश्वरमा भएको विरोधसभामा कसले सम्बोधन गर्ने विषयमा देखिएको अलमल र तानातानले पनि मोर्चाभित्रको नैराश्य र गडबड सजिलै देख्न सकिन्थ्यो । ...... ठूला चार पार्टीले १६ बुँदे सहमति गरेपछि काठमाडौंको मधेशी वृत्तमा चहलपहल बढेको छ । फलतः काठमाडौंका होटल, रेष्टुरेन्ट र सभाकक्षमा दिनहुँजसो संविधान निर्माण र मधेशका मुद्दासँग जोडिएका कार्यक्रम र सेमिनार हुने गरेका छन् । तर कार्यक्रमका विषयवस्तु, सहभागी, अतिथि र वक्ताहरुमा कुनै फरक र नयाँपन पाइन्न । ....... जुन कार्यक्रममा जानुस्, उही विषयवस्तु, उनै वक्ता र उही निष्कर्ष– बन्न लागेको संविधानले मधेशको चाहना र भावना सम्बोधन गर्न सक्दैन । पाँच हप्तादेखि काठमाडौंमा एउटै नाटक मञ्चन हुँदैछ । एउटै विषयवस्तु, एकैखालका पात्र र एउटै निष्कर्ष अथवा अन्त्य । यो कहिलेसम्म चल्ने हो ? ...... काठमाडौंमा मधेशका केही नेता, युवा नेता, बुद्धिजीवी, पत्रकार, वकिल, प्राध्यापक, एनजीओकर्मी, नागरिक अगुवा, इन्जिनियर, डाक्टर, लेखकको एउटा जमात छ, ५०\६० जनाको । जुन कार्यक्रममा जानुस् उनीहरुकै अनुहार दोहोरिन्छ । उनीहरुकै भाषण सुन्न पाइन्छ । उनीहरु “सौखिया” वक्ताजस्तो लाग्दछन् । उनीहरु दिनहुँ छलफल र गोष्ठीको खोजीमा हुन्छन् जहाँ गएर ठूल्ठूला भाषण ठोक्न पाइयोस् र आफ्नो बौद्धिक विलास गर्न सकियोस् । .... कार्यक्रममा भाषण ठोक्ने अम्मल लागेका ती कथित विद्वान नेता, बुद्धिजीवी, एनजीओकर्मी, मानवअधिकारवादी, वकिल, लेखक, पत्रकार, इन्जिनियर, डाक्टर, नागरिक अगुवाहरुले एउटै कुरा दोहोर्‍याइरहेका छन्– यो संविधानले मधेशको हित गर्दैन । त्यसैले आन्दोलनको विकल्प छैन ।




नेपाल टुक्राएर अर्को नयाँ देश बनाइदिने अमरेश सिंहको चेतावनी
कांंग्रेसका नेता एवम् सभासद् अमरेशकुमार सिंहले चार दलले अहिले ल्याएकै मस्यौदाले संविधान बने देश टुक्रिने चेतावनी दिएका छन् । ...... ‘यही मस्यौदाका आधारमा संविधान बन्यो भने निश्चितरुपमा देश टुक्रिन्छ’, उनले भने, ‘नेपालबाट छुटटै नयाँ राष्ट्रको जन्म हुन्छ ।’ ...... मधेशका नेताले भने देश टुक्रेको हेर्न नचाहेको उनको जिकिर थियो । ‘यस्तो कदापि चाहेका छैनौ’, उनले थपे, ‘राज्यसत्तामा रहेका शासक वर्गले नै मुलुकलाई विखण्डनको खाडलमा धकेलिरहेका छन् ।’ ...... उनले अब मधेशका नेताहरुले काठमाडौं र मधेशबीचको सम्बन्ध तोड्ने बेला आइसकेको बताए । ‘शासकहरुले सधै मधेशीलाइ विखण्डनवादीको आरोप लगाउछन्’, उनले भने, ‘यस्तै रवैया रहिरहने हो भने मधेशमा १० सिके राउत जन्मिछन् ।’ ...... भुटानबाट नेपालीभाषी लखेटिएजस्तै मधेसबाट मधेसीहरु लखेटिने खतरा बढेको दाबी गरे । ‘जसरी भुटानबाट सबै नेपाली भाषी लखेटिनु प¥यो, त्यसैगरी मधेसीहरु पनि मधेस छाडेर भाग्नुपर्ने दिन आउदैछ’, उनले भने, ‘त्यसैले अहिलेको मस्यौदाको विरोधमा सबै मधेसी सडकमा आउनु जरुरी छ ।’ ...... ‘मधेसविरोधी १६ बुँदे सहमतिको आधारमा ल्याइएको मस्यौदा पनि मधेसी, संघीयता, समावेशीता र अन्तरिम संविधान विरोधी छ’, उनले भने, ‘अहिलेको मस्यौदा चार दलका नेतालाई राजा बनाउने नियतले ल्याइएको छ ।’ ...... ‘चार दलका चार नेताले सार्वभौम संविधानसभालाई रबर स्टाम्प बनाए’, उनले भने, ‘यदि चार नेताले मात्रै संविधान बनाउने हो भने अर्बौको खर्च गरेर दुई पटक संविधानसभाको चुनाव किन गरियो त ?’
‘अहिलेकै मस्यौदाको संविधानले देश टुक्रन्छ’
सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले मस्यौदाले नेपाल भारतबीचको सदियौँदेखिको रोटीबेटीको सम्बन्धमा पर्खाल लगाउने काम गरेको बताए । ..... चार नेताले आफुलाई राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुख बनाउने योजनाअनुसार हतार हतारमा मधेसविरोधी संविधान जारी गर्ने षडयन्त्र गरिरहेको उनको आरोप थियो । ....... मस्यौदामाथि संकलन गर्न लागिएको नागरिकको रायसुझाव नौटंकी मात्र भएको उनको भनाइ थियो । ‘जनताको राय सुझाव बोरामा पोको पारेर यिनीहरुले मिल्काउँछन्’, उनले भने, ‘चार जना नेताको स्वार्थपुर्तिका लागि तीन करोड नेपाली जनताको भविष्यसँग खेलबाड गर्न पाइँदैन ।’


Jay Prakash Gupta
उपेन्द्र यादवको तत्कालिन फोरम नेपाल, तमलोपा, बिजय जीको फोरम लोकतान्त्रिक र राजेन्द्र जीको सदभावनाका बीच मधेसमा कतिवटा र कस्तो सीमांकनको प्रदेश बन्ने वारेमा कहिलेपनि सहमति भएन । ....... उपेन्द्र यादव, तमलोपा र राजेन्द्र जीका बीच मधेसमा कतिवटा र कस्तो सीमांकनको प्रदेश बन्ने वारेमा कुनै सहमति भएको वा एक धारणा बनेको कसैलार्इ थाहा छैन । यस वारे संवैधानिक संवाद समितिमा पनि यी तीनवटैले भिन्नाभिन्नै र भिन्नभिन्न प्रकृतिका सुझाव दिए ।

अहिलेपनि यिनीहरू यति मात्र भनिरहेका छन् कि सीमांकन बिनाको प्रदेश मान्दैनौ । ठिक छ, तर कस्तो सीमांकन बिनाको प्रदेश मान्दैनौ–यो कुरो खै त? यो स्पष्टता किन आउदैन?

Helicopter

संघीयता मा प्रहरी मुख्य रुपले प्रदेश को हुन्छ

संघीयता मा प्रहरी मुख्य रुपले प्रदेश को हुन्छ, मुख्य मंत्री को कमाण्ड मा हुन्छ।

गृह युद्द सकियो। माओवादी को सेना छैन। सशस्त्र प्रहरी अब dissolve गर्ने। सशस्त्र प्रहरी छ, यसको कहीं न कहीं सदुपयोग त गर्नु पर्यो भन्दै देशमा नया गृह युद्ध थाल्ने वचन व्यवहार नगर्ने।



नेपाल प्रहरीले भन्यो– सशस्त्रको ‘प्रहरी’ शब्द हटाइदेउ
नेपाल प्रहरीद्वारा संविधानको मस्यौदामा सुझाव
केन्द्र र प्रादेशिक प्रहरीलाई नअलग्याउन प्रहरीको मस्यौदामा सझुाब
नेपाल प्रहरीले अर्धसैन्य बल सशस्त्र प्रहरी बलको ‘प्रहरी’ शब्द हटाउन आग्रह गरेको हो । नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालसहितका ८ प्रहरी अत्तिरिक्त महानिरीक्षकहरुले शनिबार संवैधानिक, राजनैतिक संवाद तथा सहमति समितीका सभापति बाबुराम भट्टराईलाई भेटेर लिखित रुपमा नै सशस्त्रको ‘प्रहरी’ शब्द हटाउन सुझाब दिएका हुन् । ...... केहि समयअघि सरकारले नियमावली संशोधन गरी सशस्त्र प्रहरी बललाई ब्यक्ति पक्राउको अधिकार दिएपछि गृह मातहतका यी दुई संगठनबिचको सम्बन्ध चिसिएको छ । अर्धसैनिक बलको स्वरुपमा रहेको सशस्त्रलाई ‘प्रहरी’ नाम राख्दा बिबाद सिर्जना भएको भन्दै नेपाल प्रहरीले शब्द नै हटाउन प्रस्ताब गरेको हो । प्रहरीको महाराजगञ्ज स्थित प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख अतिरिक्त महानिरीक्षक राजेन्द्रसिंह भण्डारीसहितको समुहले मातहतका अधिकृतहरूसित छलफल गरेर सुझाब तयार पारेको थियो । नेपाल प्रहरीले सशस्त्र प्रहरी बलको नाम हटाउनेलगायत अरु बिषयमा दिएको सुझाब गोप्य राख्न खोजेको थियो । सशस्त्र प्रहरीले अर्को चाल चल्ने भन्दै उक्त सुझाबका बिषयमा गोप्यता राख्ने प्रयास गरेको हो । तर समितिका सभापति भट्टराईको आधिकारीक फेसबुक पेजमा आईजिपी र एआईजिपीहरुलाई भेटेको तस्विर सार्वजानिक भएको थियो । त्यसको लगभग एक घण्टापछि नै उक्त तस्बिर हटाइएको छ । ...... सानेपा स्थित भट्टराई निवासमा अर्याल सहित अत्तिरिक्त महानिरीक्षकहरुले भेटेर संविधानमा केन्द्र र प्रदेश प्रहरीको समन्वय रहने गरी संरचना निर्माण गर्नसमेत सुझाब दिएका हुन् । प्रारम्भिक मस्यौदाको धारा २६३ मा नेपाल प्रहरी, अर्धसैनिक बल र गुप्तचर संगठनसम्बन्धी ब्यवस्था राखिएको छ । ...... नयाँ संविधानको प्रारम्भिक मस्यौदामा नेपाल प्रहरीसहित अर्धसैनिक बल सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) को अलग्गै संगठन रहने ब्यवस्था गरिएको छ । त्यसमा प्रत्येक प्रदेशमा छुट्टै प्रहरी संगठन रहने ब्यवस्था गरिएको छ । उनीहरुको परिचालनलगायतको अन्य कानुनी ब्यवस्था संघिय कानुन बमोजिम हुने उल्लेख छ । ..... कतिपय गम्भीर प्रकृतीका अपराध अनुसन्धान र अन्तर्राष्ट्रिय अपराधको नियन्त्रणमा केन्द्रीय र प्रदेश प्रहरी बिच समन्वय आवश्यक हुने सुझाब नेपाल प्रहरीले दिएको छ । ‘माथीबाट निर्देशन मात्र होइन, तल्लो तहमा भएका अपराधीक घटनाको अनुसन्धानका लागि समेत केन्द्रिय प्रहरीको मदत चाहिन्छ’ मुख्यालयका एक प्रहरी अधिकृतले भने ‘प्राविधिकलगायतका सहयोग प्रादेशिक प्रहरीले केन्द्रबाट नै लिनु पर्छ ।’ ..... केन्द्रमा अपराध अनुसन्धान गर्ने केन्द्रिय अनुसन्धान ब्युरो, अन्तर्राष्ट्रिय आतंकवाद सम्बन्धी अनुसन्धान गर्ने बिशेष ब्युरो, अन्तर्राष्ट्रिय प्रहरीसंग सम्न्वय गर्ने इन्टरपोल र केन्द्रिय विधि बिज्ञान प्रयोगशााला केन्द्रमा नै रहेका कारण केन्द्र र प्रादेशिक प्रहरी बिच अन्तरसम्बन्ध आवश्यक रहेको उल्लेख गरेको छ । उसले प्रहरी निरीक्षक भन्दा माथिल्लो दर्जाको भर्ना, सरुवा र बढुवा जस्ता गतिविधीमा समेत केन्द्रिय प्रहरीको भुमिका महत्वपुर्ण हुने सुझाएको छ । .... तर नेपाली सेनाको भने एउटा मात्र संगठन रहने ब्यवस्था गरिएको छ । मस्यौदाको धारा २६२ मा सेनामा महिला, दलित, आदिवासी, जनजाती, खसआर्य, मधेसी, थारु, मुस्लिम, पिछडा बर्गका नागरिकको प्रवेस सुनिश्चित गरिने उल्लेख छ । सेनालाई केन्द्रिय सरकारले बिकास निर्माण, र बिपद् ब्यवस्थापन लगायतका काममा परिचालन गर्नसक्ने ब्यवस्था मस्यौदामा गरिएको छ । बिपद ब्यवस्थापनमा बाहेक नेपाली सेना राष्ट्रिय सुरक्षा परिषदको सिफारिस बमोजिम परिचालन हुने उल्लेख छ । तर केन्द्रीय सरकारबाट निर्णय भएको एक महिना भित्र प्रादेशिक संसदको बिशेष सुरक्षा समितिमा प्रस्तुत गरेर अनुमोदन गर्नुपर्ने ब्यवस्था गरिएको छ ।
भत्किएका प्रहरी संरचना निर्माण गर्न १५० बर्ष लाग्छ : महानिरीक्षक
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अहिलेकै गतिमा पुन:निर्माण गर्दा भत्किएका प्रहरीका भवनहरु निर्माण गर्न १५० बर्ष लाग्ने बताएका छन् । माओवादी द्वन्द्वका बेला ध्वस्त भएका सात सय प्रहरी भवनहरु मध्ये दुई सय मात्र बनाउन सकिएको भन्दै अर्यालले यस्तो अनुमान गरेका हुन् । ..... द्वन्द्वमा ध्वस्त भएका संरचना पुर्ननिर्माण नहुँदै बैशाख १२ गतेको भूकम्पले मुलुकभरका १ सय ९४ भवन भत्किएको जानकारी दिए ।

मधेसी किल्ला र मधेसका २२ जिल्ला र अमरेश



मैले २०४६ साल देखि नै सोध्दै आएको प्रश्न --- यदि मधेसका बलमा काँग्रेस देशको सबैभन्दा ठुलो पार्टी बन्छ, मधेसको बलमा देशमाथि शासन गर्छ भने फेरि मधेसी ले आफ्नो हक़ हित आधारभूत अधिकार का लागि लड्नु किन परेको? जसको सत्तामा पहुँच हुँदैन उसले पो लड्ने हो। जसको सरकार नै आफ्नो छ उसले किन लड्नु परेको? जरूर दालमें कुछ काला है।

दाल में काला भनेको काँग्रेस पार्टी भित्र आतंरिक लोकतंत्र नहुनु, दालमें काला भनेको काँग्रेस को घोषित सिद्धांत लोकतन्त्र भए पनि समाजवाद भए पनि अघोषित र बढ़ी प्रभावकारी सिद्धांत बाहुनवाद, पहाड़ीवाद हुनु। काँग्रेस महासमिति लाई पार्टी सभापति ले उल्लंघन गर्नु। जुन कि पार्टी विधानले गर्न दिँदैन, तर उसले गरिदिएको छ। शेर बहादुर देउबा लाई कैलाली कंचनपुर लानु नै छ भने आफ्नो पार्टी को महासमिति र महाधिवेशन मा हो त्यो प्रस्ताव लाने। त्यहाँ पहिला पास गराउने।

मधेस को नोट र वोट ले चलेको पार्टी काँग्रेस। नेपालको शांति प्रक्रियामा गिरिजा को भन्दा ठुलो रोल अमरेश को छ। गिरिजा नेपाल को शांति प्रक्रिया को संवैधानिक आलंकारिक ऑक्सीजन मास्क राजा, अमरेश त्यस प्रक्रिया को कार्यकारी। मधेसी क्रांति को सॉफ्ट लैंडिंग मा पनि निर्णायक रोल खेलेको। नेपाल लाई गरीब देश बनाएको Indophobia ले अमरेश त्यस रोग बाट ग्रस्त छैन। त्यस कारण उसको खाँचो मधेसी लाई मात्र होइन पहाड़ी लाई पनि छ।

२००५ मा सात पार्टी र माओवादी एक ठाउँ मा न आएसम्म राजा फाल्न सकिँदैन भन्ने बल्ब दिमाग मा पिलिक पिलिक गरेको अंतिम व्यक्ति गिरिजा। अनि त्यो गिरिजा शांति प्रक्रिया को शाहज्यादा भयो?

गिरिजा एसएलसी बैक लागेको मान्छे, अमरेश पीएचडी मान्छे। पीएचडी गरेको मान्छे अमेरिका बेलायत मा त राजनीति मा पुगेको हुँदैन भने नेपाल जस्तो हेटी देशमा अमरेश राजनीति मा हुनु मधेस का लागि मात्र होइन देश का लागि नै पॉजिटिव कुरा हो। अधिकार मानव को हुन्छ, कुनै जाति को हुँदैन। मधेसी को अधिकार का लागि लड़ने ले पहाड़ी को अधिकार का लागि पनि लड्छ। मधेसी को अधिकार खोस्न चाहनेले पहाड़ी को अधिकार पनि खोस्छ।

अमरेश को उमेर नपुगेको हो कि? शिक्षादीक्षा नपुगेको हो कि? जनाधार नपुगेको हो कि? नेपालमा आधा जनसंख्या ३५ वर्ष मुनि को छ। अमरेश बुढो हो। दिल नौजवान होला तर मान्छे उमेर ले त ओरालो लागिसक्यो। पढेलेखेको मान्छे। मधेसी मात्र होइन मधेसका पहाड़ी सांसद हरु पनि कमाण्ड गर्ने मान्छे। २०४६ को आन्दोलन मा सबैभन्दा पहिला र सबैभन्दा बढ़ी शहीद भएकै जनकपुर बाट। नेपालमा लोकतंत्र कोइराला परिवार को होइन मधेसी समुदाय को उपहार हो।
अमरेश पार्टी अध्यक्ष का लागि अहिले न लड़े कहिले लड्ने? जित्छ त। नोट छ, वोट छ, जनाधार छ, उमेर छ, बौद्धिक मान्छे पनि हो, जनाधार भएको मान्छे पनि हो। मधेसी को अधिकार को कुरामा No Compromise attitude छ।

दिल्ली लाई गाली गर्ने होइन दिल्ली सँग घनीभूत सहकार्य गर्ने नेता चाहिएको छ नेपाल लाई। मोदी ले दिन्छ बिलियन डॉलर, सुशील ले त्यहाँ पनि जातपात मान्छ, त्यो पैसा छोएको पनि छैन। अनि हुन्छ त देशमा विकास?



मधेसी किल्ला र मधेसका २२ जिल्ला

किन सुझाव संकलनमा गएनन् अमरेश?
भन्छन्, ‘कम्युनिष्ट मोडलको मस्यौदा’

उनले मधेसका २२ जिल्ला पुग्ने योजना सुनाए

। ..... कार्यक्रम स्थल नजिकै चिया खाएर उनले १ घण्टा विताए । ‘अहिलेको मस्यौदा प्रजातान्त्रिक छैन,’ उनले भने, ‘मस्यौदा पुरै कम्युनिष्ट मोडलको छ । प्रजातन्त्रका लागि लड्दै आएको कांग्रेसले यस्तो संविधान स्वीकार्नु हुंदैन् ।’ सोही कारणले उनले मस्यौदाको विरोधमा रहेको वताए । ..... कांग्रेसको जनाधार मधेस भएकाले त्यसलाई कमजोर पार्ने संबिधानले पार्टीलाई घाटा पुग्ने उनको तर्क छ । प्रस्तावित मस्यौदा शक्ति सन्तुलनको अबधारणा खल्बल्याउने किसीमले तयार पारिएको उनले वताए । ‘प्रेस स्वतन्त्रतालाई कमजोर बनाइएको छ,’ उनले भने, ‘संबैधानिक अंगलाई संसदिय समिति अन्तर्गत राख्ने जस्ता प्रावधान छन् । यस्तो प्रावधान कम्युनिष्ट मोडलमा मात्र हुन्छ । प्रजातन्त्रमा शक्ति सन्तुलनका सबै अंगलाई पूर्ण स्वतन्त्रता दिइएको हुन्छ ।’ प्रस्तावनामा ‘सशस्त्र संघर्ष’ जस्ता शब्द राखिएकोमा उनले आपत्ति जनाए । ....... संवैधानिक राजनीतिक संवाद सहमति समिति सदस्यसमेत रहेका सभासद सिंह अहिले मधेस दौडाहामा छन् । अहिले मस्यौदा सहमति समितिमा फरक मत राखेर दौडाहामा निस्केका हुन् । .......

मधेसीको हकअधिकार गौण गरिएको भन्दै विरोधमा वीरगंजदेखि सप्तरीसम्म दौडाहा गर्ने योजना सुनाए ।

...... ‘संविधानमा नागरिकबीच असमानता ल्याउन खोजिदैँछ,’ उनले भने,‘ समावेशी र आरक्षणको व्यवस्था हटाइएको छ, नियतवश संघीयता नदिने षड्यन्त्र अन्तर्गत संघीयता बिनाको संविधान ल्याइदैँछ ।’ विभेद गरेर संविधान ल्याएमा काठमाडौं र मधेसको सम्बन्ध टुटने उनले बताए । ‘अहिले नै जागरुक हुनु जरुरी छ, नभए आफू पनि तपाईंहरु झैं बाध्य भएर हकअधिकार बिना बस्नुपर्छ । मस्यौदा च्यात्नुु र जलाउनु भन्दा आन्दोलन गरेर अधिकार लिनु बुद्धिमानी हो,’ उनले भने, ‘मधेसको सभासद भएकाले कर्तब्य पुरा गर्न संविधानमा भएका विभेदबारे जागर फैलाउन आएको छु ।’

गाउँ स्तरमा एक दलीय सरकार?

काँग्रेस को अहिले को वड़ा अध्यक्ष वाला प्रस्तावमा जाने हो भने गाउँ स्तरमा एक दलीय सरकार हरु बन्ने भए। देशमा एक दलीय व्यवस्था लाद्ने भित्री इच्छा भएको माओवादी भनेको त काँग्रेसी पो रै छ।

वडा अध्यक्ष अप्रत्यक्ष चुनिने?



तीन प्रतिशतको थ्रेसहोल्ड राख्न निर्वाचन आयोगको सुझाव
निर्वाचन आयोगले कुनै पनि दलले केन्द्रीय तथा प्रान्तीय सभामा आफ्नो प्रतिनिधित्व सुनिश्चित गर्न कम्तीमा तीन प्रतिशत मत ल्याउनुपर्ने थ्रेसहोल्ड संविधानमा राख्न संविधानसभालाई सुझाव दिएको छ । ........ प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ आफ्नो प्रतिनिधित्व सुनिश्चित गर्न सम्बन्धित राजनीतिक दलले तत्काल अगाडि सम्पन्न निर्वाचनमा खसेको कुल सदर मतको न्यूनतम तीन प्रतिशत मत प्राप्त गरेको हुनुपर्ने गरी न्यूनतम सीमान्त विन्दु कायम हुनुपर्ने सुझाव दिएको हो । ...... आयोगले संविधानको प्रारम्भिक मस्यौदामा निर्वाचन आयोग गठन गर्दा समावेशी र व्यावसायिक दक्षताको आधारमा पदाधिकारी रहने गरीे व्यवस्था हुनुपर्ने, प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तमा नियुक्त हुन कम्तीमा ४५ वर्ष उमेर पूरा भएको हुनुपर्नेमा जोड दिएको छ । ..... नेपाल सरकारसँग परामर्श गरी स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सक्ने अधिकार निर्वाचन आयोगलाई हुने व्यवस्था हुनुपर्ने बताएको छ । ...... आयोगले राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसद् र प्रदेशसभाको निर्वाचन हुने मिति संविधानमा नै उल्लेख गर्नुपर्ने वा नेपाल सरकारसँगको परामर्शमा निर्वाचन आयोगले मिति तोक्न सक्ने व्यवस्था हुनुपर्ने, पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक उम्मेदवारले एकैपटक एकभन्दा बढी स्थानमा उम्मेदवार दिन नपाउने गरी व्यवस्था गर्नुपर्ने,

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले उम्मेदवार चयन गर्दा महिला, जनजाति, दलित, मधेसी तथा सीमान्तकृत समूहको प्रतिनिधित्व हुनुपर्ने

आवश्यकता औंल्याएको छ । ..... स्थानीय निकायमा रहने वडाध्यक्षको निर्वाचन पहिलो हुने निवार्चित हुने निर्वाचन प्रणालीबाट हुनुपर्ने
नेपाल प्रहरीले भन्यो– सशस्त्रको ‘प्रहरी’ शब्द हटाइदेउ
नेपाल प्रहरीद्वारा संविधानको मस्यौदामा सुझाव
केन्द्र र प्रादेशिक प्रहरीलाई नअलग्याउन प्रहरीको मस्यौदामा सझुाब

देशको नाम महाभारत राखौं

नेपाल भन्ने शब्द एउटा जात खस को भाषा नेपाली सँग ठ्याक्क मिल्ने छ, यसले मधेसी र जनजाति र दलित लाई समेट्दैन। एउटा न्यूट्रल किसिमको भौगोलिक नाम राखौं।

देशको नाम सगरमाथा राखौं

देशको नाम महाभारत राखौं। चुरिया को उत्तर मा रहेको देशको मध्य भागको महाभारत पर्वत श्रृंखला।

फाइदा हरु:

  • भौगोलिक नाम। 
  • देश को मध्य भाग मा रहेको पर्वत, मधेसी र पहाड़ी बीचको मध्य दुरीमा रहेको। 
  • चुरिया नाम राख्दा मधेसी लाई मिल्ने नाम भएछ भनेर समस्या हुने। 
  • वरिपरि रहेको भयावह देश भारत को भन्दा पनि सुन्दा विराट नाम महाभारत, देशमा व्याप्त inferiority complex लाई केही हदसम्म थेग पुग्ने। 
  • पछि जनमत संग्रह का आधारमा इंडियन यूनियन को सदस्यता लिने बेलामा सजिलो हुने, मार्ग प्रशस्त हुने। 
  • देशको नाम महाभारत राखे पछि झण्डा पनि कदाफी को जस्तो एक नास ले हरियो रँगको राखिदिए भो। Blue peace को समय गयो, अब green peace. 

कमल

मोदी लाई भेट्दा प्रचण्ड ले "Hello, I am Pushpa Kamal" भनेको भन्ने समाचार आएको छ।  प्रचण्ड hairstyle ले माओवादी तर नामले त मोदीवादी रैछन्। हुन पनि प्रचण्ड का पिता ले भारत मा जागीर खाएको। त्यहाँ बस्दा बीजेपी को प्रभाव परेको हुन सक्छ।



‘मस्यौदै छैन, के सुझाव दिने ?’
‘विज्ञहरूले झन्डै ८ वर्ष लगाएर बनाएको मस्यौदा हो,’ राजनीतिशास्त्रका प्राध्यापक रामकुमार यादवले भने, ‘जनताले चाहिँ दुई दिन पनि पढ्न पाएनन् । संविधान भनेको कानुनको पनि कानुन हो । यो जनताले चाहेजस्तो हुनुपर्छ । तर, हतारिँदा नाटक जस्तोजस्तो लागेको छ ।’ ..... ‘हेलिकप्टर र अन्य खर्चमा हतारिनुभन्दा केही दिन कुरेर जनताको दैलोदैलोमा मस्यौदा लानुपथ्र्यो,’ उनले भने, ‘त्यही पैसाले त्यो सम्भव हुन्थ्यो । हडबड गर्दा जनताको भावना नसमेटिएर राज्यको लगानी सार्थक नहोला भन्ने चिन्ता छ ।’ ...... सीमांकन र नामांकनबिनाको संघीयतालाई यहाँको मधेसी समुदायले मुख्य आपत्तिका रूपमा लिएको छ । त्यसलाई उनीहरूले हतारिनुको परिणाम ठानिरहेका छन् । अधिकांशले मधेसका माग पूरा गर्नबाट भाग्न उपयोग गरिरहेको घुमाउरो बाटोका रूपमा व्याख्या गर्दै आएका छन् । सत्तारूढ दलमै आबद्ध कतिपय पनि त्यसै भन्छन् । ..... ‘बरु नामांकन पछि गरे हुन्छ,’ कांग्रेस भ्रातृ संगठन नेपाल शिक्षक संघका धनुषा जिल्ला अध्यक्ष मेघनाथ यादवले भने, ‘सीमांकन संविधानसभाले नै गर्नुपर्छ । सीमांकनबिनाको संघीयता आकार–प्रकारबिनाको सन्तानजस्तै हुन्छ ।’ ..... जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवशंकर शाह ‘हीरा’ ले हालै प्रधानमन्त्री सुशील कोइरालाको भ्रमणमा यही कुरालाई ध्यानाकर्षण गर्दै ज्ञापनपत्र बुझाएको बताए । ‘सीमांकनबिनाको संघीयता कुनै हालतमा मान्दैनौं भनेका छौं,’ उनले भने, ‘त्यसमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्थ्यो ।’
मस्यौदालाई संविधानको अन्तिम रुप दिए दुर्घटना हुन्छ: संविधानविद्
संवैधानिक समिति (अघिल्लो संविधानसभा)का पूर्व सभापति नीलाम्बर आचार्यले संविधानको प्रस्तावनामा नै पुनर्लेखन गर्नुपर्ने र अन्य धारामा पनि थुप्रै सुधार गर्नुपर्ने देखिएकाले यसैलाई नै संविधानको अन्तिम स्वरुप दिन नहुने बताए । ..... प्रशासकीय अदालतका अध्यक्षसमेत रहेका संविधानविद् काशीराज दाहालले संविधान सङ्क्षिप्त, सरल र बोधगम्य हुनुपर्नेमा सरकारको नीति तथा कार्यक्रमजस्तै मस्यौदा संविधान पनि भद्दा भएको टिप्पणी गरे । ..... नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता शम्भु थापाले मुलुक सङ्घीयतातर्फ गइसकेको अवस्थामा न्यायपालिकाको सङ्घीयता के हुने उल्लेख नभएको र न्यायपालिका आफैँ पनि परम्परागत आधारबाट माथि उठ्न नसकेको उल्लेख गरे । .... छलफलमा संविधानविद्ले संविधानको मस्यौदामा प्रयोग भएको भाषा, प्रस्तावना, प्रारम्भिक परिभाषा, नागरिकता, मौलिक अधिकार, संवैधानिक राष्ट्रपति, सङ्घीयता, संवैधानिक अधिकार, महिला तथा बालअधिकार, संवैधानिक आयोग, न्यायपालिका, राजनीतिक दललगायत भागमा संशोधनका लागि सुझावहरु प्रस्तुत गरेका थिए ।
‘ओलीले चाहेमा सीमांकनसहितको संविधान’
संघीयताबारे अझै द्विविधा राखिरहेको पक्षले सीमांकन गर्न ढिलाइ गरिरहेको छ ।’ ..... यदि एमाले अध्यक्ष केपी ओली र ‘ती नेताहरू’ तयार भए एमाओवादी र केही मधेसवादी दललाई सीमांकनबारे मनाउन खासै गाह्रो नभएको मन्त्री आचार्यको संकेत थियो । ...... अध्यक्ष पुष्पकमल दाहालले पछिल्ला दिनमा पटक–पटक दोहोर्‍याइरहेकै भनाइ भ्रातृ संगठन अखिल क्रान्तिकारीको एक कार्यक्रममा पनि दोहोर्‍याए, ‘संघीयता र पहिचान भन्दाभन्दै पार्टीको साइज घटेर ११ प्रदेशबाट हामी सीमांकनबिनाका आठ प्रदेशमा झरिसक्यौं । अझै ढिला गर्ने हो भने यो उपलब्धि पनि गुम्छ ।’ ..... यी सबै गतिविधिबीच सीमांकन हुन नसक्नुको पछाडि ओली किन कारक भइरहेका छन् त ? ..... किनकि, अहिल्यै सीमांकन टुंग्याउन थाल्दा आफ्नो सत्तारोहण ढिलाइ हँुदै अन्तत: प्रधानमन्त्री नहुनसमेत सक्ने ओलीको आँकलन छ । संविधान जारी भइसकेपछि सीमांकन टुंग्याउन आफ्नो सत्तारोहणलाई कार्डका रूपमा उनले अघि सार्न सक्ने एमालेकै नेतृत्व वृत्त बताउँछ । एमाले नेता माधवकुमार नेपालले कान्तिपुरसँग कुरा गर्दै सीमांकनको छलफल विवादमा परिणत भए संविधान निर्माण अझ पछि धकेलिन सक्ने खतरा औंल्याए । ‘म पनि सीमांकन टुंग्याएरै संविधान जारी गरौं भन्ने पक्षमा छु, त्यसो गर्दा सर्वोच्च अदालतको फैसलाको सम्मान र जनताको आकांक्षा पनि सम्बोधन हुन सक्छ,’ नेपालले भने, ‘तर पछिल्ला दिनमा भइरहेका सीमांकनका जोड हेर्दाचाहिँ संविधान बनाउनेभन्दा नबनाउनेतिर लक्षित छन् कि भन्ने अनुभूति हुन थालेको छ ।’ .......

सीमांकन छलफल अघि बढे असन्तुष्ट मधेसी दलको स्वर कमजोर हुन सक्ने नेतृत्वको बुझाइ देखिन्छ

। ....... ‘एमालेले सीमांकनबारे संघीय आयोगलाई पहिले काम गर्न दिऊँ भन्ने कोणबाट प्रस्ताव अघि सारिरहेको छ । सीमांकनबिना संविधान आए आफूलाई सहज हुने एमालेका नेताहरूले महसुस गर्नुभएजस्तो लाग्यो ।’ ........ सीमांकनका लागि पछिल्ला दिनमा कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले एमाओवादी, फोरम लोकतान्त्रिक र रामसपाजस्ता दलहरूसँग अनौपचारिक भेटघाट अघि बढाए पनि अझै ढिलाइ भए आफ्नो पक्षमा थप दबाब सिर्जना गर्न सकिने बुझाइमा उनी रहेको निकटस्थले जनाए ।

विशेषगरी एमाओवादी निरन्तर ओरालो लागिरहेको, मधेसी दलहरू छिन्नभिन्न भएको अवस्थालाई उपयोग गर्दै झन् बढी दबाब सिर्जना गर्ने, आफ्नो अनुकूल प्रदेशहरू बनाउने ओलीलगायत कांग्रेस नेता देउवा, कृष्णप्रसाद सिटौला, भीम रावललगायत नेताहरूको साझा रणनीति छ

। यी तिनै नेताहरू हुन्, जो संघीयताको पछिल्लो विवादमा रहेका पूर्वका तीन र पश्चिमका दुई जिल्ला रहेका विकास क्षेत्रबाट प्रतिनिधित्व गर्छन् । रोचक कुरा, पश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरलाई अखण्ड सुदूरपश्चिमबाट टुक्रयाउन नहुनेमा यी नेताहरूलाई सबभन्दा दह्रो साथ छ, एमाओवादी पोलिटब्युरो सदस्य लेखराज भट्टको । उनी आफ्नो दलभित्र निरन्तर यही मागका कारण चर्चा र विवादमा छन् । ......

‘अहिल्यै सीमांकन टुंग्याउन किन सजिलो छ भने,’ मन्त्री आचार्य भन्छन्, सीमांकनका कारण हामीसँग निरन्तर दूरी राखिरहेका एमाओवादी र मधेसको ठूलो दल पनि अहिले हामीसँगै छन् । यो उपयुक्त मौका हो ।’

'कार्यकारी अधिकार एउटै व्यक्तिमा केन्द्रित गर्दा दुर्घटना हुन्छ'

Saturday, July 18, 2015

संविधान सभा सदस्य लाई व्हिप लागु हुँदैन

संविधान सभा भनेको अरु बेलाको जस्तो संसद होइन, संविधान सभा सदस्य लाई व्हिप लागु हुँदैन। संसद मा जस्तो पार्टी को व्हिप लागु हुँदैन। संविधान सभा का हनुमान हरु जाग्नु पर्यो। संविधान सभा सदस्य ले आफ्नो विवेक ले देखेको कुरा बोल्ने हो र आफ्नो विवेक अनुसार वोट खसाल्ने हो। आफुलाई मत दिएका जनता प्रति जवाफदेहिता देखाउने हो न कि आफ्नो पार्टी को हाई कमाण्ड प्रति। पार्टी अध्यक्ष संविधान सभा को मर्यादा विरुद्ध जान पाउँदैन। संविधान सभा सदस्य लाई व्हिप लागु हुँदैन भन्ने यथार्थ लाई छल्न कुनै पनि पार्टी अध्यक्ष ले चोर ढोका खोज्दै हिँड्ने अधिकार छैन। अनौपचारिक व्हिप को पनि संभावना छैन। संविधान सभा सदस्य लाई कसैले डर त्रास लोभ लालच देखाउने कुरा आउँदैन। तर्क वितर्क हुन्छ, विचार आदान प्रदान हुन्छ, छलफल हुन्छ, सरसल्लाह हुन्छ। तर संविधान सभा सदस्य लाई कसैले डराउने धम्क्याउने भन्ने हुँदैन। विशेष गरी दलित मधेसी जनजाति महिला संविधान सभा सदस्य हरुले आ-आफ्नो समुह र समुदाय को हित को ख्याल राख्नुपर्ने बखत हो यो। संसद होइन कि प्रत्येक पाँच वर्ष मा आइहाल्छ भन्ने हुने। यो संविधान सभा ले संविधान पास गरे पछि सकियो। अर्को संविधान सभा आउँदैन। त्यस पछि आउने भनेको संसद मात्र हो र त्यहाँ व्हिप लागु हुने हुन्छ। अहिले पास भए पछि संविधान को कुनै कुरा फेर्न दुई तिहाई चाहिने हुन्छ जुन कि बटुल्न गार्हो हुन्छ। त्यसैले अहिले कसै को लहै लहै मा लागेर आ-आफ्नो समुह र समुदाय को र देशको हित विरुद्ध मत दिने काम गर्ने होइन। अहिलेसम्म राज्य संरचना बाट टाढा राखिएका समुह र समुदाय लाई न्याय दिलाउने बेला यही हो। पंचायत कालमा धनुषा जिल्ला मा हेम बहादुर मल्ल ले निरक्षर मुसहर हरु लाई कैलकुलेटर देखाएर "तिमी हरुले मलाई वोट दिएनौ भने तिमी हरुको नाम यसमा आउँछ" भनेर तरसाए जस्तो अहिले ठुला ठुला पार्टी अध्यक्ष हरुले आफ्नै पार्टी का मधेसी जनजाति सभासद हरु लाई छलछाम गर्ने तरकीब हरु सोंचि रहेको उराठलाग्दो अवस्था छ। होशियार। सावधान। जागते रहो!



प्रचण्ड–मोदी भेट : सकेसम्म सहमतिमा संविधान बनाउन सुझाव
४० मिनेट लामो भेटमा प्रचण्डले नेपालमा भएको भूकम्पको त्रासदीको बेलामा सबभन्दा पहिला भारतले उद्दार र राहतको पहल गरेकोमा धन्यवाद र आभार व्यक्त गरेका थिए । साथै दाता सम्मलेनमा भारतद्वारा भएको सहयोगको घोषणामा पनि प्रचण्डले धन्यवाद दिएका थिए । ..... विहिवार नै प्रचण्डले त्यस्तै राष्ट्रपति प्रणव मुखर्जीसँग पनि भेटवार्ता गरेका थिए । राष्ट्रपति मुखर्जीले संविधान निर्माणमा कसैलाई पनि आफ्नो कुरा राख्न पाइएन भन्ने अवसर नदिन सुझाव दिएका थिए ।
माओवादी विद्रोहको लज्जास्पद खुलासा
माओवादी नेताहरू पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराईलाई भारतीय संस्थापनसँग सम्पर्क गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका एसडी मुनि त्यसबेला जवाहरलाल नेहरू विश्वविद्यालयका प्राध्यापक थिए । ..... भारतीय संस्थापनसँगको माओवादी सम्बन्धको यो खुलासाले उसले १० वर्षे ‘जनयुद्ध’ र राष्ट्रियताको आन्दोलनलाई नेपाली इतिहासको सबभन्दा भद्दा मजाक प्रमाणित गरिदिएको छ । ..... दक्षिण कोरियाका लागि नेपालका पूर्व राजदूत कमल कोइराला भारतीय संस्थापन र माओवादी नेतृत्वबीचको साँठगाँठबाट नेपालको १० वर्ष कसरी खेर गयो भन्ने प्रष्ट भएको बताउँछन् । विदेशी जासूसी संस्थासँग त्यो हदको सम्बन्ध रहेका दुई जना देशका प्रधानमन्त्री भइसके । यसले नेपालको अवस्था कति दयनीय छ भन्ने देखाउँछ । .... सशस्त्र विद्रोहका बेला आफू धेरैजसो भारतमै बसेको कुरा माओवादी नेता प्रचण्डले पछि स्वीकारेका छन् । ..... “केही महीनामै पत्रको जवाफ यस रूपमा आयो कि माओवादीहरूमाथि भारतमा हुँदैआएको गुप्तचरहरूको निगरानी र आवतजावतमा बन्देज खुकुलो पारियो र आईबीको एउटा टोलीले माओवादीका प्रतिनिधिहरूसँग छलफल गरयो । ...... ज्ञानेन्द्रले १९ माघको शाही घोषणामार्फत एकलौटी सत्ता कब्जा गरेपछि ‘धोका’ महसूस गरेका दाहाल पुनः भारतसँग लम्पसार पर्न तयार भए । त्यसपछि दिल्ली पठाइएका बाबुरामले २०६१ चैततिर भारतीय संस्थापन र नेपाली नेताहरूलाई भेटे, जुन १२ बुँदे सहमतिको प्रारम्भकाल बन्यो । ....... श्रीलंकाका तामिल विद्रोहीहरूलाई भारतमा सशस्त्र तालिम दिएको कुरा सन् १९८४ मा इन्डिया टुडे का संवाददाता शेखर गुप्ताले सार्वजनिक गर्दा भारतीय लोकसभामा हंगामा मच्चिएको थियो । त्यसबेलाका मन्त्री केके तिवारी जवाफहीन भएर पत्रकार गुप्तालाई देशद्रोहीको आरोप लगाउने अवस्थामा पुगेका थिए । ...... राजस्थानको ब्राह्मण परिवारमा जन्मिएका एसडी (सुखदेउ) मुनि दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयु) मा लामो समय राजनीतिशास्त्रका प्राध्यापक रहे । बाबुरामले २०४० को दशकको मध्यमा त्यही विश्वविद्यालयबाट क्षेत्रीय विकासमा पीएचडी गरे । पीएचडीमा बाबुरामको गाइड प्रोफेसर आटिया हबिब किड्वाई थिइन् । ......... बाबुरामले भारतका अरू कसैसँग भेट्नुअघि वा पछि मुनिसँग भेट्ने गरेको बताइन्छ । यसको मतलब उनी आफूले भेट्ने व्यक्तिबारे जानकारी लिन र भेटपछि उसले भनेको कुराको विश्लेषण गर्न मुनिलाई प्रयोग गर्थे । बाबुराम–प्रचण्डको भारतीय एजेन्सी र सत्ताका अङ्गहरूसँगका सहजकर्ता मुनि नै थिए ।
आयोगको सिफारिसमा सङ्घीयताको नामाङ्कन र सीमाङ्कन हुनुपर्छ:अध्यक्ष ओली

आजादी के बाद के ४० साल

भारत की गुलामी मुग़ल बादशाहों ने शुरू नहीं की। उससे पहले हिन्दु समाज को जातपात का आविष्कार कर के तोडा गया। ब्रिटिश क्या खाक डिवाइड एंड रूल करेंगे, उनके आने के ४-५ सौ साल पहले ही हिन्दु समाज आतंरिक रूप से टुट गयी थी। खुद हिन्दु लोगों ने तोड़ा। अभी भी टुटा हुवा है।

आजादी के बाद के  ४० साल के दौरान जनसंख्या वृद्धि दर भी २-३% और आर्थिक वृद्धि दर भी २-३% ---- तो देश जहिं का तहिं रह गया। सत्यजित रे के फिल्मों में जो गाओं दिखता है अभी भी वही गाओं दिखता है।

ये बात संजय गांधी को अखड़ गयी। तो उन्होंने सोंचा, आर्थिक वृद्धि दर तो खुद बेलायत, अमरिका ४% करते हैं। हम २-३% कर लेते हैं वही काफी है, तो देश का प्रगति हो तो आखिर हो कैसे? चीन में One Child Policy था, तो उन्होंने ने सोंचा, हम किसी से कम नहीं, और ला डाली Zero Child Policy. जबरजस्ती लोगों का नसबंदी करबाने लगे। उसी के लिए देश में इमरजेंसी भी लागु कर दिया, जिस बात का गुस्सा लालु को अभी तक है।



Baburam Bhattarai Could Save The Day

एक दिन पनि ढिला नगरी संविधान : भट्टराई
‘मस्यौदा समितिको कार्य अनधिकृत’
भट्टराईले पहिलो संविधानसभा र संवाद समितिमा भएका पूर्व सहमति विपरित मस्यौदामा आएका विषय समेत सच्याउनुपर्ने बताएका छन् । ...... सत्तारुढ कांग्रेस–एमालले विगतमा अघि सारेको सात प्रदेशको नक्सा सहितको प्रस्ताव र एमाओवादी नेतृत्वको प्रतिपक्षी मोर्चाले प्रस्ताव गरेको दश प्रदेशको सीमा सहितको नक्सालाई एकै ठाउँमा राख्दा केही घन्टामानै आठ प्रदेशको सीमा निर्धारण हुन सक्ने उनले बताए । .......

‘मस्यौदा भएका कमजोरी सच्याउने सच्याउने ठाउँ संवाद समिति हो । ‘संवाद समितिलाई प्राप्त हुने अन्तिम अवसरको सदुपयोग गर्नु पर्छ,’ उनले भने– ‘मस्यौदा समितिले अनधिकृत र असावधानीवस उल्ट्याएका पूर्व सहमतिका विषयलाई पहिलेकै ठाउँमा ल्याउनुको विकल्प छैन ।’

अंतरिम संविधान, पहिलो संविधान सभा, र संवाद समिति मा भएका पुर्व सहमति मान्दिन भन्नु म भकुण्डो हात ले नै खेल्छु भन्ने लिंडेढिपी गर्नु हो।  र त्यो लिंडेढिपी मस्यौदा समिति ले गरेको छ। त्यसलाई बाबुराम भट्टराई ले आफ्नो संवाद समिति मा सच्याउनु पर्छ। देश लाई विस्फोटक परिस्थिति बाट बचाउनु पर्छ। असंतुष्ट पक्ष हरुको नया माग केही पनि त छैन। भइसकेका सहमति मान भन्ने मात्र छ।

प्रदेश को आत्म निर्णय को अधिकार के हो त्यसले राष्ट्रिय एकता कसरी सबल बनाउँछ?



संविधान सभामा अंक गणित
मोदी को सहमति माथि को जोड़ कायम
लोकतंत्र र संघीयता: Atom र Molecule
मध्य पहाड़ी राजमार्ग का लागि चाहिने रु. ४० अर्ब
Poverty In The Terai
संविधान मस्यौदा सच्याउने मेरो प्रयास
संघीयता को झगड़ा मा संख्या गौण विषय हो
नेपालको संविधान र ज्यामिति
प्रत्यक्ष निर्वाचित वडा अध्यक्ष छैन मस्यौदा मा
प्रत्यक्ष निर्वाचित प्रधान मंत्री, अप्रत्यक्ष निर्वाचित राष्ट्रपति
खस हरुको पहिचान को शब्द ले सारा देश को नाम
प्रचण्ड का लागि सबैभन्दा सम्मानजनक बाटो

राजनीतिक पार्टी ले पार्टी चलाउन सरकार बाट पैसा पाउने
आरजु राणा देउवा र संविधान मस्यौदा र महिला अधिकार
काँग्रेसले वोट माग्दा यसरी मागेको
मधेस का जनता द्वारा पहाड़ का जनता लाई एक बिलियन डॉलर
एक तिहाई महिला लाई आरक्षित निर्वाचन क्षेत्र
कमिला र मौरी: उज्जवल थापा र म
भोक लाग्यो भन्दैमा Fertilizer खाने?
मधेसी किल्ला
जुन कुरा राजनीतिक स्थिरता नै होइन
विष्णु व्यक्ति को प्रश्न
यी चार पार्टी एकीकरण गर्ने हो
गगन थापा को प्रत्यक्ष निर्वाचित प्रधान मंत्री/राष्ट्रपति को पक्षको अडान
प्रचण्ड को कटुवाल प्रकरण
एमाले को अन्तिम प्रधान मंत्री झलनाथ खनाल
काठमाण्डु का मलाई सबै भन्दा मनपर्ने दुई कुरा: मम र मह
जनजाति प्रधान सेनापति
नेपाली काँग्रेस मा राणा शासन
प्राधिकरण र भ्यागुतावाद
देश तीन पार्टी सिस्टम मा गए राम्रो हुन्थ्यो

लोकतंत्र, संघीयता र आर्थिक क्रान्ति

संविधान सभामा अंक गणित

१६ बुँदे उर्दुमा पढ्दा ९०% हो, वास्तवमा त्यों ०.०९% हो

191 जनजाति
110 मधेसी
80 माओवादी

संविधान सभामा व्हिप लाग्ने भन्ने हुँदैन। र त्यस संविधान सभामा यस किसिमको अंक गणित छ भने, सीमांकन र नामांकन राम्रै गर्न सक्नुपर्ने हो।



माग सम्बोधन नभए संविधानमा हस्ताक्षर गर्दिनः सभासद् भोटे
संविधानको प्रारम्भिक मस्यौदासहित जिल्ला दौडाहमा लागेका सभासद्हरु सुझाव संकलनसँगै आफ्नो अधिकार स्थापित गर्नका लागि दबावपूर्ण कार्यलाई पनि अगाडि बढाइरहेका छन् । ...... आदिवासी जनजाति महासंघ संघीय परिषद्का महासचिव तथा एमाले सभासद् पेम्बा भोटेले भने आफूहरुले नाममा नभएर अधिकारमा संघर्ष गरिरहेको बताएका छन् । भोटेले अधिकार सुनिश्चित हुने हो भने मगरात स्वायत्त प्रदेश समेत छोडिने बताए । ....... महासचिव भोटेले आदिवासी जनजातिले उठाएका मुद्दा राज्यले गलत पनि भन्न नसकेको र सम्बोधन पनि गर्न नसकेकोप्रति आक्रोश पोखे । उनले आदिवासी जनजाति सभासद्ले संविधान सभामा राखेको ५३ बदे फरक मतको विषयमा सके जति वकालत गर्न र त्यसमै केन्द्रीत भएर संविधानको मस्यौदामा सुझाव दिन आग्रह गरे । उनले जिल्लाबाट लिखित र मौखिक हस्ताक्षर सहित आफ्ना मागहरु बुझाउन आग्रह गरे । ........

भोटेले संविधानसभामा नेकपा एमालेको तर्फबाट प्रतिनिधित्व गरे पनि आफूलाई एमालेको आदिवासी जनजाति नीति पटक्कै मन नपरेको बताए । ‘म एमाले कार्यकर्ता हुँ, तर मलाई एमालेको आदिवासी जनजाति नीति मन परेको छैन,’ उनले भने । अबको संविधानमा आदिवासी जनजातिको माग सम्बोधन नभए त्यो संविधान पारित गर्ने पक्षमा आफूले सही नै नगर्ने समेत उद्घोष गरे । ....... संविधान सभाका १ सय ९१ आदिवासी जनजाति सभासद् भए पनि दलको चेपुवामा परेको स्वीकार गरे । सभासद्हरु आफूले खाईपाई आएको सुविधा र पद खोसिने डरले जातीय मुद्दामा एक हुन नसकेको उनले ठोकुवा गरे ।

...... ‘देखाउनकै लागि नाम मात्रको मगरात स्वायत्त प्रदेश छोडौं’ भोटले भने ‘नाममा मगरात तर हालीमुहाली अरुकै हुने हो भने त्यस्तो स्वायत्त प्रदेश आदिवासी जनजातिलाई चाहिएको छैन ।’
बीपीको बौद्धिकतामाथिका विभ्रम
प्रधानमन्त्री हुँदा उनले अल्वेएर कामुको उपन्यास पढेको देखेर महेन्द्र राजाले पनि,उपन्यासको मर्म नबुझ्ने भए पनि, त्यही किनेर पढेका थिए भनेर उनले ‘आत्मवृत्तान्त’मा नै भनेकाछन् । ..... कांग्रेसभित्रको अहिले जीवितमध्ये बीपीको बौद्घिक पाटोमा सबैभन्दा सशक्त बोल्न सक्ने त प्रदीप गिरिबाहेक अर्कोे छैन नै । ...... कांग्रेसकै अर्का दार्शनिक नेता कृष्णप्रसाद भट्टराईले जीवनका प्रश्नका बारे धेरै चिन्ता गर्नुपर्दैनथ्यो । एकपटक फेरि गीता पढे पुगिहाल्थ्यो । बीपीले गीता पनि पक्कै पढ्थे तर कृष्णले चुप लाग, कर्म गर, भनेकै कारण उनी चुप भएर बस्न सक्दैनथे । उनको अराजकताको एउटा स्रोत यो पनि थियो । यसको उदाहरणका लागि बीपीको ‘मोदिआइन‘ हेरे भइहाल्यो ।
‘नामांकन र सीमांकनबिनाको संविधान अपुरो’
कुनै दललाई सत्तामा जान आतुर हुँदैमा संविधान जारी गर्न नहुने
उफ् ! प्रचण्ड पत्नी सीताको झोलाले झमेला
संविधान जारी गर्नु अघि एमालेको यस्तो सर्त
आफ्नो दलले ल्याउने प्रस्तावमा दलहरु सहमत हुने ग्यारेण्टी भएमात्र सीमांकनको विषयमा छलफल गर्नु उपयुक्त हुने उनको भनाई थियो । ...... नेपाली काँग्रेसका कतिपय सभासद्हरुले प्रारम्भिक मस्यौदामा धर्मनिरपेक्षता शब्द राखिएकोमा आपत्ति जनाइरहेका बेला एमाले अध्यक्ष ओलीले पनि धर्मनिरपेक्षता शब्द उपयुक्त नभएको बताए । उनले अन्तरिम संविधानमा परिस्थितिवश धर्मनिरपेक्षता शब्द लेखिएको भन्दै
पारसमाथि अत्याचार
रञ्जित कर्णलाई मोसो दलेपछि के हुँदैछ नेविसंघ र काँग्रेसमा?
यो घटनापछि नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले नेविसंघका केही पूर्वअध्यक्षसँग परामर्श गरे । त्यसक्रममा कोइरालाले मोसो दलिनु गलत भए पनि पार्टीकै बदनामी बढाएको भन्दै कर्णलाई आफ्नै कार्यकर्ताविरुद्धको उजुरी फिर्ता लिन निर्देशन दिने तयारी गर्दैछन् । त्यस्तै, घटनाको विषयमा पार्टी तहमै छानबिन समिति गठन गरी आवश्यक परे नेविसंघ भंग गर्नेसम्मको तयारीमा शीर्ष नेता रहेको बताइन्छ ।
संविधान पार्टीको दस्तावेजजस्तो आउँदैछ : सुजाता
पार्टीको दस्तावेजजस्तो संविधान आउन लागेको बताएकी छिन्। उनले संविधानमा केही पनि मिलेको नदेखिएकाले यो लागू हुनै कठीन रहेको बताइन् ....... संविधानको प्रस्तावना कहिल्यै परिवर्तन नहुने हुनुपर्नेमा परिवर्तनीय बनाइएको भन्दै कोइरालाले आक्रोश पोखेकी छिन्। उनले प्रस्तावना परिवर्तनीय सबै कुरा परिवर्तन भइराख्ने भएकाले जनआन्दोलनको म्याण्डेटअनुसारको संविधान नहुने बताइन्। 'प्रस्तावना परवर्तनीय बनाउँदा गणतन्त्र, धर्मनिरपेक्षता, लोकतन्त्र पनि परिवर्तन गर्ने हो भने के अर्थ भयो? जनआन्दोलनको म्यान्डेट के?,' उनले भनिन्, 'जनतालाई ठग्न खोजेको? यो नालायकीपन हैन?' ........ 'गणतन्त्र, लोकतन्त्र, संघीयता र बहुदलीय व्यवस्था भनेको जनताको आवाज हो, जनआन्दोलनको भावना हो,' कोइरालाले भनिन्, 'यी कहिल्यै परिवर्तन हुनुहुँदैन संविधानमा।' उनले विज्ञहरूको सरसल्लाह बिनै राजनीतिक पार्टीले जथाभावी तरिकाले संविधान ल्याउन लागेको बताइन्। ...... 'यसमा नागरिकता, एनआरएन, भाषा केही पनि मिलेको छैन।' संविधानमा थ्रेस होल्डको व्यवस्था कडाइसाथ लागू हुनुपर्ने उनले बताइन्।
माधव नेपाललाई जिल्लाबासीले देखाए कालो झण्डा
संविधानको मस्यौदा लिएर जनताको सुझाव संकलन गर्न गृहजिल्ला रौतहट आएका एमाले नेता माधवकुमार नेपालले मधेसकेन्द्रित दलको चर्को विरोध खेप्नु परेको छ । ...... पूर्व प्रधानमन्त्री तथा रौतहट क्षेत्र नम्बर १ का सभासद नेपाललाई शुक्रवार साँझ मधेसकेन्द्रित दलहरुले कालो झण्डा देखाएका छन् । जनताको सुझाव संकलन गर्न एमाले नेता नेपाल, सभासद लालबाबु यादव र रौतहट क्षेत्र नम्बर ६ का सभासद रामकुमार भट्टराई सहितको टोली गौर आएको छ । ..... जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा सहभागी हुन टोली प्रवेश गर्दा सदभावना पार्टी, तमलोपा, संघीय समाजवादी फोरम नेपाल, मधेसी जनअधिकार फोरम नेपाल, नेपाल सदभावना पार्टी लगायतका मधेसकेन्द्रित दलहरुले मूल ढोकामै नारावाजी गरेका थिए । सो क्रममा एमाले कार्यकर्ता र प्रदर्शनकारीबीच केहीबेर जिल्ला प्रशासन कार्यालय अगाडि तनाव भएको थियो । .... सुझाव संकलनको कार्यक्रम रौतहटमा कसरी संचालन गर्ने भनेर प्रशासन कार्यालयमा बैठक चलिरहँदा बाहिर भने विरोध जारी थियो । बैठक सकेर बाहिर निस्कँदै गर्दा प्रदर्शनकारीले एमाले नेता नेपालसहित सभासदहरुको टोलीलाई कालो झण्डा देखाएका थिए । ...... जिल्ला प्रशासनमा बसेको बैठकबाट आफूहरुले संविधानका विषयमा राय सुझाव संकलनका लागि तालिका बनाएको सभासद रामकुमार भट्टराईले बताए । कालो झण्डा देखाएर वा नाराबाजी गरेर विरोध गर्नुको कुनै औचित्य नरहेको बताउँदै उनले भने, ‘संविधानमा तपाईंका कुनै मुद्दा समेटिएको छैन भने लिखितरुपमा पनि पठाउन सक्नुहुन्छ । तर विरोध गरेर संविधान नै नबनोस् भन्ने षडयन्त्रकारीलाई बल पुग्छ । मधेसका कुन मुद्दा कहाँ मिलेको छैन बसेर कुरा राखौं ।’ ..... बैठक स्थलबाट बाहिरिए पछि नेता नेपालले समर्थकहरुकासाथ आफ्नो निजी निवाससम्म पैदल यात्रा गरेका थिए । .... विहीवार संविधान सभा राय-सुझाव संकलन उपसमितिले गौर नगरपालिकाको सभाकक्षामा आयोजना गरेको पहिलो मस्यौदा माथी सुझाव संकलन सम्बन्धी छलफल कार्यक्रम मधेसकेन्द्रित दलहरुले बिथोलेका थिए ।


रौतहटमा संविधान सुझाव संकलनमा मधेसवादी दलको अवरोध सिडियोकै अगाडि च्यातियो मस्यौदा, प्रहरी मुकदर्शक
कार्यक्रम शुरु हुनासाथ सदभावना पार्टीका केन्द्रीय सदस्य योगेन्द्र यादवले आयोजकको हातबाट माइक खोस्दै आफूहरुलाई संविधानको पहिलो मस्यौदाप्रति गम्भीर आपत्ती रहेको बताएका थिए । संविधानको पहिलो मस्यौदामै मधेसप्रति उपेक्षा गरिएको र विभिन्न बुँदाहरुमा गम्भीर त्रुटी रहेको भन्दै यादवले कुरा उठाए पछि अन्य मधेसवादी दलका नेता कार्यकर्ताले सभाकक्ष भित्रै प्रारम्भीक मस्यौदा च्यात्दै नारावाजी गरेका थिए । ...... संविधानको प्रारम्भीक मस्यौदामा नागरिकता, नामांकन तथा सिमांकनका विषयमा आफूहरुको असन्तुष्टि रहेको तराई मधेस लोकतान्त्रिक पार्टीका नेता अनिल सिंहले बताए । मस्यौदामा मधेस जनआन्दोलनले ल्याएको संघीयता माओवादीको नाम दिएर प्रकाशन गरिएको असन्तुष्ट मधेसवादी दलका नेताहरुको भनाइ छ ।
नागरिकता विवाद : पितृसत्ताको प्रेत र राष्ट्रवादको पाखण्ड
हजारौं वर्ष पहिले राज्यसंहिताको रुपमा कोरिएको मनुस्मृति आज हिन्दु परम्पराको अभिन्न अंग र हजारौं विभेदको मूल जरोको रुपमा हिन्दु संस्कृतिमा अध्यावधि कायम छ । राजा पृथ्वी नारायण शाहले परिकल्पना गरेको असली हिन्दुस्तानको सपना साकार पार्न राज्यको तर्फबाट जारी गरिएका आदेश र प्रचलनमा ल्याइएका कानुनहरुको तहत नै आज हिन्दु धर्म बहुसंख्यक नेपालीको धर्म बन्न पुगेको छ । हजारौं हजार वर्ष पहिले आदिम युगबाट कविलाई युगमा प्रवेश पछि सम्पत्तीको उत्पत्तीसँगै उत्तराधिकार पितृवंशबाट चलाउन बनेको नियम आजसम्म हाम्रो परम्परा र संस्कारमा पितृसत्ताको रुपमा निश्रित छ । त्यसैले आज बन्ने संविधान र कानुन, आजको हाम्रो संस्कृति, परम्परा र प्रचलनको प्रतिलिपी होइन आजका समस्याहरुलाई सम्बोधन गर्ने भविष्यमा हामीले देख्न चाहेको समाजको चित्र हुनु पर्दछ, तब मात्रै त्यो अग्रगामी र टिकाउ दस्तावेज हुन सक्दछ । ....... हाम्रो देशको मूल कानुन बनाउन गठित संविधानसभामा भने यस्ता व्याख्याहरुको कुनै अर्थ छैन किनभने त्यहाँ पुरानै सामन्ती मूल्यमान्यताहरुलाई संस्थागत गर्ने तिक्डम जो चलिरहेको छ । र यसको साक्षी बन्न पुगेको छ सहमती जुटेको भनेर घोषित गरिएको नागरिकताको प्रावधान । ....... नागरिक ऐन २०६४ र अन्तरिम संविधानमा नागरिकताको प्रश्नमा ‘आमा वा बाबु’ प्रावधानकै पूर्ण प्रयोग गर्नबाट वैवाहिक अंगिकृतको विभेद्कारी दफाका कारण वञ्चित राज्यविहिन नागरिक र अन्यायमा परेका आमाहरुको चित्कार र याचना बढ्दै गइरहेका बेला सो अडानबाट पनि अझै पछाडी हट्दै गरिएको भनिएको सो सहमतिले नेपाली राजनीतिज्ञहरुको विवेकहीनतालाई उदाङ्गो बनाइदिएको छ । यी प्रावधानहरुले जन्माउने व्यवहारिक कठिनाइहरुको एकैछिन चर्चा गरौँ । आमा र बाबु दुबैको सन्तानमाथि साझा र समान दायित्व एवं स्वामित्व जनाउन भनेर राखिएको आमा र बाबुको प्रावधानले औपचारिक समानता देखिन आए पनि विवाहकै परम्परागत अवधारणामा परिवर्तन आउँदै गरेको नेपाली समाजमा यस्तो प्रावधानले आमा, बुबा र सन्तानलाई समेत अनेक कष्ट दिने निश्चित प्रायः छ । पुरुषवाद हावी रहेको नेपाली समाजमा यसले आमा र सन्तानका निम्ति झनै धेरै व्यवहारिक कठिनाइहरु जन्माउनेछ । प्राकृतिक श्रम विभाजनकै आधारमा बालबच्चा प्रायशः आमाको लालनपालनमा हुने गर्दछन् । यस्तो अवस्थामा बाबुले अनेक कारणवश सन्तान स्विकार गर्न नचाहेमा, बाबु वेपत्ता भएमा, पारपाचुके वा बहुविवाह, हेला होचोका कारण अलग भएका महिलाका सन्तानलाई बाबुले अंशबाट बाहेक गर्ने मनशायले अपनाउन नचाहेमा, बलात्कार वा यौनशोषणका कारण गर्भधान भइ जन्मेका सन्तानको हकमा आमा र बाबु दुवैलाई उपस्थिति गराउन सक्ने प्रश्नै भएन । बाबु नेपाली नै भए पनि र बाबुको पहिचान हुँदाहुँदै पनि बाबुसँग जोडिएको नकारात्मक स्मृतिका कारण आमाबाट मात्र नागरिकता लिन चाहने जो कोहीले त्यो सुविधा त नपाउने नै भयो, नागरिकताकै निम्ति बाबुको शरण पर्न जानुपर्ने अपमानजनक स्थिति पनि पैदा हुने भयो । बाबुको पहिचान हुन नसकेको खण्ड आमाको नामबाट मात्र नागरिकताको व्यवस्थाले पनि आमाको नामबाट मात्र किन नागरिकता चाहिएको हो, कर्मचारीतन्त्रको अगाडी निजात्मक र अप्रिय अनुभवहरुको फेहरिस्त सुनाउँदै हिँड्नु पर्ने र उल्टै सदाचारको अर्ति सुन्नुपर्ने विडम्बनापूर्ण स्थिति पैदा हुँदा सम्बन्धित सन्तानहरुमा पार्ने नकारात्मक मनोवैज्ञानिक प्रभावको संविधानका निर्माताहरुले अलिकति पनि ख्याल गरेको देखिएन । सरकारका राष्ट्रसेवकहरुबाट नागरिकताको प्रश्नमा आवेदकसँग गरिने कटु सवाल जवाफ र आमाको नामबाट नागरिकता लिनबाट निरुत्साहित पार्ने प्रवृत्तिको झन् बयान गरी साध्यै छैन । यदि नेपालका राजनीतिज्ञहरुमा महिला र उनका सन्तानले झेल्नुपर्ने यी व्यवहारिक कठिनाइ प्रति थोरै मात्र संवेदनशीलता हुँदो हो त ‘आमा वा बाबु’ प्रावधानमार्फत यो समस्याको क्षणभरमै हल हुन्थ्यो । सँगसँगै परिवारको सदस्यता रोज्ने हक अर्थात् वंश आमाबाट चलाउने कि बाबुबाट भन्ने छनौटको हकको रुपमा ‘आमा वा बाबु’ प्रावधानलाई परिभाषित गर्न सके वंश छनौट व्यक्तिको अधिकार बन्न पुग्ने थियो जुन पितृसत्तात्मक परिवारबाट आधुनिक परिवार तिर छलाङको संवैधानिक अभिव्यक्ति बन्दो हो । ........ नेपाली पुरुषसँग विवाहित विदेशी महिलाले विदेशी नागरिकता परित्यागको प्रक्रिया चाल्ने वित्तिकै अंगीकृत नेपाली नागरिकता प्राप्त गर्ने तर नेपाली महिलासँग विवाहित विदेशी पुरुषले चाहिँ अंगीकृत नेपाली नागरिक हुन विदेशी नागरिकता परित्यागसँगै लगातार १५ वर्ष नेपालमा स्थायी बसोबास गरेको हुनुपर्ने प्रावधान झन् विभेदकारी र पितृसत्तात्मक छ । यस प्रावधानले ‘बुहारी भित्र्याउने छोरा र अर्काको घर जाने छोरी’ कै पितृसत्तात्मक मान्यतालाई प्रतिबिम्बन गर्छ र नेपाली पुरुषका सन्तान र नेपाली महिलाका सन्तानप्रति राज्यको तर्फबाट विभेदकारी व्यवहारलाई प्रश्रय दिन्छ । विदेशी विवाह गर्ने पुरुषको सन्तान र विदेशी विवाह गर्ने महिलाको सन्तान दुबैलाई बाबु र आमा दुबै नेपाली भए वंशजको आधारमा नागरिकता दिने र बाबु वा आमामध्ये एक विदेशी नागरिक नै भइरहे अंगीकृत नागरिकता दिने प्रावधान राखेर समान व्यवहार गर्न खोजेकोजस्तो देखिए पनि अन्तर्यमा भने नेपाली महिलाको विदेशी श्रीमानले नेपाली नागरिक हुन झेल्नुपर्ने झञ्झटिलो प्रक्रियाले यो औपचारिक समानताको खिल्ली उडाउँछ । साथै विदेशी श्रीमानसँग अलग भएर नेपालमै बसोबास गरिरहेका वा नेपाली नागरिकता लिन नपाउँदै श्रीमान् बितेका नेपाली महिलाका सन्तान वा उद्धार गरिएका विदेशमा बेचिएका चेलीहरुका सन्तानलगायतका अनगिन्ती समस्याहरुको मारमा परेका विदेशी पुरुष र नेपाली महिलाका सन्तानहरु ठाडै राज्यविहिन हुने अवस्था सिर्जना हुन्छ । कसको कोखबाट जन्मिने भन्ने रोजाइको सुविधा नपाएका अवोध बालबालिकामाथी राज्यविहिनता भन्दा ठूलो मानवीय हिंसा के हुन सक्छ ? अझ हाम्रो जस्तो राज्य जहाँ पाइलै पिच्छे नागरिकताको आवश्यकता पर्छ, उच्च शिक्षा लिन होस् वा सवारी चालक अनुमति पत्र बनाउन होस्, मतदाता बन्न होस् वा बैंक खाता खोल्न होस् अनि विभिन्न अवसरहरुको निम्ति विदेश जान नै किन नहोस्, यहाँ नागरिकताविहिन हुनु भनेको कुनै मजाक होइन, मानवअधिकारको ठाडो उल्लंघन हो । ....... वैवाहिक अंगीकृतको हकमा विदेशी महिला र विदेशी पुरुषलाई ५ वर्ष जतिको समान शर्त राख्ने प्रस्ताव मधेशवादी दलहरुले ठाडै अस्वीकार गरेको हुनाले नै त्यहाँ विभेद देखिन आएको हो भन्ने अभिव्यक्ति आइरहेका छन् जसलाई मधेशवादी नेताहरुले ‘कहाँ बुहारीले पाइरहेको अधिकार पनि खोस्ने ?’ भन्ने जस्ता तर्कहरु गरेर पुष्टि पनि गरिरहेका छन् । दक्षिणी सीमा वारीपारीको रोटीबेटीको सम्बन्ध आफ्नो ठाउँमा छँदैछ, तैपनी नेपालबाट भारत विवाह भएर जाने महिलाले भारतको नागरिक हुन ७ वर्ष कुर्नु पर्ने प्रावधान त फेरी छँदैछ । त्यसैले मधेसी नेताहरुको तर्कमा पनि धेरै दम छैन भन्ने नै देखिन्छ । उसो भए नेपाली महिलाले विवाह गर्ने विदेशी पुरुषलाई पनि सो प्रावधान खारेज गरौँ न त भन्ने प्रस्तावमा फेरी यस्ता विदेशी पुरुष र तिनका सन्तान अथवा ‘ज्वाईं र भाञ्जाभाञ्जी’ को मधेसमा लाग्ने ओइरोले सिंगो नेपालकै राष्ट्रियता पुरिने तर्कहरु अगाडी सारिन्छन् । त्यसैले नेपाली चेलीहरुसँग विवाह गरेर आउने पुरुष र तिनका सन्तानको संदिग्धन राष्ट्रियता जाँच्न र वफादारिताको परिक्षा लिन र यसरी नेपालको राष्ट्रियताको सुरक्षा गर्न नागरिकता सम्बन्धि यस्तो बकमफुसे प्रावधान तयार परिएको छ । त्यसैले होला, पुरुषको शुक्रकीटमार्फत मात्र राष्ट्रियताको वंशाणुगत विशेषता सन्तानमा सर्छ र महिलाको राष्ट्रियता नै हुँदैन भन्ने पुरुषवादी चिन्तनकै उपज यस्तो राष्ट्रवाद भएको भन्दै

नेपाली महिलाहरु आजकल ‘शुक्रकीटिय राष्ट्रवाद’ को निन्दा र भत्र्सना गरिरहेका छन्

तथ्यकै कसीमा राष्ट्रियताको प्रश्नलाई जाँच्ने हो भने पनि अहिलेको समयमा नेपालमा आप्रवासनको स्थिति हेर्दा नेपाल भित्रिने भन्दा नेपालबाट बाहिरिनेको संख्या नै अत्याधिक छ, यो प्रवृत्ती मधेसमा झनै बढ्ता छ

। बिहेवारीको माध्यमबाट आपराधिक गतिविधि संचालन गर्न वा राष्ट्रिय सुरक्षामा खलल पुर्याउन विदेशी पुरुषले नेपाली महिलाहरुलाई प्रयोग गर्न सक्छन् भन्ने नै हो भने पनि त्यसको समाधान सीमा वारपार हुने बिहेवारीको बलियो अभिलेखिकरण र हरेक नागरिकको सम्पूर्ण विवरण खुल्ने पब्लिक डेटाबेसहरु मार्फत् यस्ता संदिग्ध्न गतिविधिमाथि निगरानी र नियन्त्रण राख्नु बढी बुद्धिमानी हुन्छ । फेरी नागरिकताका असजिला प्रावधानका कारण राज्यविहिन हुनेको संख्या मधेसमा भन्दा बढी पहाडमा देखिएको स्थिति छ । त्यसैले, राज्यले नागरिकको अधिकार कटौती गरेर आफ्नो असक्षमताको भरपाई गर्न सक्दैनँ । फेरी आफू अनुकुल नीतिनिर्माण गराउन हरेक राजनीतिक दलमा दलालहरु जन्माउने हैसियत पुँजी र पैसाले राख्छ भन्ने बिर्सिएर नव उदारवादी बजार नीति अंगाल्दै विदेशी पुँजी भित्र्याउने प्रतिस्पर्धा गरिरहेका राजनीतिक दलहरुले एकाध व्यक्ति वा मधेसी समुदायको राष्ट्रियतामाथी प्रश्न उठाउनुको कुनै तुक देखिँदैन । वास्तवमा यो त्रास केवल पहाडे उच्च जातीय आर्यखस पुरुष राजनीतिज्ञहरुमा देखिएको महेन्द्रीय मण्डले राष्ट्रवादको धंधगी मात्र हो । बिडम्बना के भने यो धंधगीबाट नेपालका महिला नेतृहरु पनि उति नै ग्रस्त छन् । ...... जन्मको आधारमा नागरिकता अस्वीकार गरिसकेपछि नागरिकता दिन भने नेपाल मै जन्मेको हुनुपर्ने अर्को बाध्यकारी प्रावधान राख्नु कति तर्कसंगत छ भन्ने प्रश्न पनि उठेको छ । त्यस्तै, आजको युगमा एकल बाबु वा एकल आमाले धर्मसन्तानको चाहना राखेमा वा डोनरमार्फत् सन्तान जन्माउन चाहेमा वा समलिंगी दम्पत्तीले सन्तानको इच्छा राखेमा नयाँ संविधानले यी सन्तानको नागरिक हुने अधिकार कसरी सुनिश्चित गर्न सक्ला भन्ने प्रश्नको उत्तर दिन सक्ने अवस्था नै छैन । जाहेर छ, हामी आधुनिक भनिएको संविधानलाई मध्ययुगीन व्यवस्थाहरुले सुसज्जित गरिरहेका छौं । फलतः नयाँ संविधान लेख्नुको औचित्य माथि नै गम्भीर सैद्धान्तिक—राजनीतिक प्रश्नहरु खडा भएका छन्, आखिर हामी कस्तो व्यवस्थाको लागि संविधान लेखिरहेका छौं, सामन्ती वा पुँजीवादी ? आशा गरौं डेढ करोड नेपाली महिलाहरुको आपत्तीलाई वरण गर्दै नेपालको सर्वभौमसत्तासम्पन्न संविधान सभामा चुनिएर गएका संविधान निर्माताहरुले दलीय सहमति भैसकेको भनिएका नागरिकताका विवादित प्रावधानहरुको पुर्नविचार गर्नेछन् र डेढ करोड नेपाली महिला र हजारौंको संख्यामा राज्यविहिन जीवन बिताइरहेका अनागरिकहरुलाई न्याय दिलाउने छन् ।
'संघीयता, गणतन्त्र र धर्म निरपेक्षता उल्टिन सक्दैन'
जनताबाट आएका सुझावलाई मस्यौदामा परिमार्जन गर्ने जिम्मा पाएको संवाद समितिका सभापति डा. बाबुराम भट्टराईले आन्दोलनका उपलब्धिविरोधी सुझावको अर्थ नभएको बताएका छन्। ..... धर्म निरपेक्षताको सट्टा धार्मिक स्वतन्त्रता पनि हुन नसक्ने भट्टराईले बताए। ...... 'धर्म निरपेक्षता राख्नुको उद्देश्य नै राज्यको धर्म हुँदैन भन्ने हो। त्यसैले धर्म निरपेक्ष शब्द उल्टिन सक्दैन।' ..... अघिल्लो संविधानसभा र संवाद समितिले सहमति गरेका विषयलाई समेत मस्यौदा समितिले तोडमोड गरेको उल्लेख गर्दै भट्टराईले भने, ‘नागरिकता, मौलिक हक, समानुपातिक समावेशीलगायतका विषयमा विगतमा भएका सहमतिमा अडिनुपर्छ। ...... पार्टी अध्यक्ष पुष्पकमल दाहाल संविधानकै वातावरण बनाउन भारत भ्रमणमा गएको हुनसक्ने भट्टराईले बताए। 'नेताहरू विधि र प्रक्रिया पूरा गरेरै विदेश जानुभएको होला। उहाँहरूको भ्रमण संविधानकै वातावरण बनाउन सहयोग गर्नलाई नै होला,' भट्टराईले भने।
एक दिन पनि ढिला नगरी संविधान : भट्टराई
‘मस्यौदा समितिको कार्य अनधिकृत’
भट्टराईले पहिलो संविधानसभा र संवाद समितिमा भएका पूर्व सहमति विपरित मस्यौदामा आएका विषय समेत सच्याउनुपर्ने बताएका छन् । ...... सत्तारुढ कांग्रेस–एमालले विगतमा अघि सारेको सात प्रदेशको नक्सा सहितको प्रस्ताव र एमाओवादी नेतृत्वको प्रतिपक्षी मोर्चाले प्रस्ताव गरेको दश प्रदेशको सीमा सहितको नक्सालाई एकै ठाउँमा राख्दा केही घन्टामानै आठ प्रदेशको सीमा निर्धारण हुन सक्ने उनले बताए । .......

‘मस्यौदा भएका कमजोरी सच्याउने सच्याउने ठाउँ संवाद समिति हो । ‘संवाद समितिलाई प्राप्त हुने अन्तिम अवसरको सदुपयोग गर्नु पर्छ,’ उनले भने– ‘मस्यौदा समितिले अनधिकृत र असावधानीवस उल्ट्याएका पूर्व सहमतिका विषयलाई पहिलेकै ठाउँमा ल्याउनुको विकल्प छैन ।’

Friday, July 17, 2015

न्यायपालिका, संघीयता र संविधान

न्यायपालिका बारे अरु पक्ष भन्दा मैले अलि कम बुझेकोले त्यस बारे अलि कम बोलेको छु। तर त्यहाँ पनि केही कुरा देखि राख्या छु।

संघीय देशमा प्रदेश को सर्वोच्च अदालत हुन्छ। अधिकांश मुद्दा त्यहीँ सम्म गएर टुंगिने हुन्छ। अरु कुरामा संघीय बनाउने तर न्यायपालिका एकात्मक राख्ने -- त्यों सोंच उराठलाग्दो छ। गिरिजाले बेबी किंग भने जस्तो। बेबी किंग भनेको गणतंत्र थियो?

(संघीय देशमा प्रदेश को आफ्नै लोकसेवा आयोग पनि हुन्छ।)

दोस्रो कुरा efficiency को छ। न्यायपालिका भनेको पनि infrastructure नै हो। बाटोघाटो जस्तो हो। बिजली जस्तो हो। खानेपानी जस्तो हो। एउटा जिल्ला एउटा अदालत को अहिलेको र भविष्य का लागि गरिएको परिकल्पना राष्ट्रिय पंचायत मा एक जिल्ला एक सांसद जस्तो। प्रत्येक निर्वाचन क्षेत्रमा एउटा अदालत गर्नु पर्यो। किनभने justice delayed is justice denied.

Fast track court हरु चाहियो। Law and order बलियो हुनुपर्यो।

नेपाल त प्रत्येक वर्ष नया प्रधान मंत्री मात्र होइन प्रत्येक वर्ष नया प्रधान न्यायधीश चाहिने देश पनि रहेछ। यस्तो किन होला? केन्द्रमा सर्वोच्च को प्रधान न्यायधीश त लामो समयसम्म रहने हुन्छ। स्वेच्छिक अवकाश या मृत्यु। बलियो लोकतंत्र का लागि separation of powers बड़ो जरुरी छ।

सबैभन्दा उराठलाग्दो त अदालत ले निर्णय गर्ने अनि सरकारले नै नमान्दिने! पाकेटमार हरुले पनि त्यसरी "हामी मान्दैनौं" भन्न थाले भने के हुन्छ देशमा law and order को स्थिति?


नेपाल समाजवाद उन्मुख देश होइन, हुन सक्दैन

संविधान मस्यौदा मा पुस्तकालय खोल्ने कुरा लेखिएको छ। पार्टी मेनिफेस्टो मा लेख्नुपर्ने कुरा। संविधान मा लेख्ने कुरा होइन त्यो।

संविधान मा रोजगारी को गारंटी गरिएको छ। भने पछि बेरोजगार ले सरकार लाई अदालत लान पाउने भो। त्यो पनि पार्टी मेनिफेस्टो मा हुनुपर्ने कुरा। बेरोजगारी भत्ता राम्रो कुरा हो। तर त्यो संविधान होइन कानुन मा ल्याउने हो।

कुनै अर्थतंत्र मा १००% मान्छे ले काम पाउने हुनै सक्दैन। त्यो हुनुपर्ने कुरा होइन। राम्रो समयमा पनि ५% बेरोजगार हुनुपर्छ। होइन भने त्यो चलायमान र क्रियाशील अर्थतंत्र होइन।

नेपाल समाजवाद उन्मुख देश होइन, हुन सक्दैन। संविधान मस्यौदा मा हो भनिएको छ। त्यस मानेमा नेपाल लाई पूँजीवादी देश पनि भन्न पाइयेन। देश वाद निरपेक्ष हुन्छ। नेपाल लाई हिन्दु देश पनि भन्न पाइयेन, समाजवादी, पूँजीवादी देश पनि भन्न पाइयेन।

बिभिन्न आर्थिक नीति हरु लाई संविधान मस्यौदा मा घुसाउने प्रयास गरिएको छ। त्यसले ठुलो समस्या खड़ा गर्छ। त्यो त कुनै पार्टी ले आफ्नो मेनिफेस्टो मा राखेर जनता कोमा गएर ५ वर्ष का लागि मैंडेट माग्ने कुरा हो। निति त्यति नै राम्रो छ भने ५ वर्ष पछि फेरि renew गर्ने। त्यसलाई फेर्न २/३ होइन ५०% मतले पुग्ने हुनुपर्छ।

संविधान अति लामो भयो। छोटो मीठो हुनुपर्ने। लामो लेख्दिम अनि जनताले पढ्दैनन् भन्ने सोंच देखियो। जनता लाई गुमराह पार्ने?




मोदी को सहमति माथि को जोड़ कायम

‘असन्तुष्टलाई पनि समेट्न मोदीको सुझाव’
यो संविधान सकेसम्म सबैको सहमतिबाट बन्नु उचित हुन्छ भन्ने कुरा मैले पहिले पनि भनेको थिएँ र अहिले पनि संविधान बनाउने प्रकृयामा देश भित्र फेरि कोही पक्ष असन्तुष्ट हुने, विरोध हुने स्थिति रह्यो भने त्यसले पछि नराम्रो गर्ला। त्यसकारण अहिले नै सकेसम्म सबैलाई सहमत गराएर लानु राम्रो हुन्छ भन्नेमा उहाँको अलि बढी जोड थियो। र मैले के भनें भने यो परिमार्जन हुने ठाउँ छ र यो मस्यौदा जनताबाट कमेन्ट, आलोचना, सुझावहरु आइसकेपछि त्यसलाई परिमार्जन गर्छौँ। अधिकतम सहमति जुटाउने नै हाम्रो कोसिस छ भन्ने कुरा मैले राखें।
सुरेन्द्र पाण्डे, गौरी ढकाल र उपेन्द्र यादवसंग

Why SD Muni Is Perplexed By Nepal

Indians understand Indophobia. The country could not have become independent if it had not understood Inodophobia. Indians understand Indophobia in Pakistan. Or Britain, where they apparently get called "Paki." Indians understand.

But Indians don't understand Indophobia in Nepal. It is because they refuse to face the fact that it is what it is, and it exists. They have a hard time believing that Indophobia might exist in a country like Nepal that is so small and so poor and 200% dependent on India for everything. They have a hard time because Nepal is largely a Hindu country like India is. There's shared culture, religion, people watch Hindi movies in Nepal. Indians think, we are the same people. How can you hate yourself?

Indians are in denial. It is Indophobia, and it exists. Actually it is at the center of the worldview of those who hold power in Kathmandu. It is no small matter, no small detail. You can not cure a disease that you do not first correctly diagnose.

Not just SD Muni, but Modi himself is perplexed. How can he mean so well, and give so much, and go so unappreciated? He does not understand.

Racism does not have logic, racism is not supposed to have logic. Indophobia is racism. And it exists in Nepal, it is directed against Indians. It is the top worldview of those who hold power in Kathmandu. Indophobia is no footnote in Kathmandu.

And, yes, it is partially self hate. Nepalis are a sorry lot across the world. The cure to that is a stronger South Asian identity. The cure is India getting veto power at the UN, the cure is Hindi becoming the UN's sixth language. But the official hatred of Hindi in Nepal is total. You might have heard of gay people who are homophobic. It is a phase of self hatred they go through. Some day hopefully they get past it and learn to accept themselves.

Indophobia in Nepal might be self hate. But it exists, it's real. And Madhesis bear the full brunt of it. It is not theoretical to the Madhesis of Nepal.



यदि Indophobia नेपालको गरीबी को नम्बर एक कारक तत्त्व हो भने

यदि Indophobia नेपालको गरीबी को नम्बर एक कारक तत्त्व हो भने, जुन की अवश्य हो, त्यो Indophobia नभएको, त्यो रोग नलागेको मधेसी समुदाय का नेता हरुलाई देश चलाउने निर्णय पहाड़का जनताले गर्नु पर्छ। अनि मात्र देश समृद्धि तर्फ उन्मुख हुन्छ। मधेसी जनजाति को एउटै एकीकृत राजनीतिक पार्टी यस कारण नै चाहिएको हो। पहाडका जनजाति जो गरीबी को मार मा बढ़ी परेका छन, पुस्तों पुस्ता देखि, र अहिले सम्म त्यो मार बाट उम्किन सकेका छैनन् ---- त्यो पहाड़को जनजाति समुदाय मधेसी समुदाय सँग गोलबंद हुनु बड़ो जरुरी भइसकेको छ। त्यो मधेसी जनजाति एकताले नेपालमा समृद्धि को ढोका खोल्छ। त्यस बाट बाहुन हरु लाई पनि फाइदा हुनेछ।


SD Muni On Indophobia In Nepal

Illogical भारत विरोध भनेको नेपालका नेताहरूको आफ्नो असक्षमता, भ्रष्टाचार, ethnic prejudice र अज्ञान, अकर्मण्यता छोप्ने अस्त्र मात्र हो। भारत विरोध भनेको नेपाली जनता लाई गुमराह पार्ने अचुक अस्त्र। It always works. र त्यो अस्त्र काम गरिरहेसम्म नेपाल अझै दुई चार पुस्ता हेटी भएर बस्छ। नेपालमा गरीबीको प्रमुख कारण नै Indophobia हो। नंबर एक कारक तत्व। भारत विरोध नेपालको राष्ट्रियता होइन। Indophobia को विरोध र समाप्ति वास्तवमा नेपालको राष्ट्रियता हो किनभने त्यसले नेपालमा समृद्धि को ढोका खोल्नेछ।

भारत देश होइन महादेश हो



लिपुलेकमा नेपाललाई किन सोध्ने?
भाजपाले विकासलाई सुरक्षाभन्दा बढ्ता महत्त्व दिएको छ । ..... तपाईं यो भन्दै हुनुहुन्छ कि, लिपुलेक पासको विषयमा भारतले चीनसँग सम्झौता गर्न नेपालको इजाजत माग्नुपर्ने थियो ? नेपालले पाकिस्तान, चीनसँग सम्बन्ध राख्ने वेलामा भारतसँग सोध्नु जरुरी छ ? निश्चय पनि छैन । ....... लिपुलेकको जे प्रश्न हो, यो त्रिदेशीय बिन्दुको छेउमा छ । जुन हिस्सा भारत र चीनसँग छ, त्यसमा दुवै मुलुकले सहमति गरे । यसमा नेपाललाई केही असर नै पर्दैन, किन नेपाललाई सोध्नुपर्ने ? ...... विवादित ठाउँ त कालापानी हो, लिपुलेक कसरी हो ? लिपुलेक त चीनमा छ । .... लिपुलेकमा कहाँ जमिन लेनदेनको सम्झौता भएको छ ? कसैलाई जमिन दिएको छैन । त्यो सम्झौता त सिर्फ यात्रीहरूको आवतजावतका लागि भएको हो । कैलाश मानसरोवर जाने यात्रीहरूलाई जानका लागि बाटो खुलाइएको मात्रै हो । त्यहाँ कसैले एक इन्च जमिन लेनदेन गरेको छैन, जस्ताको तस्तै छ । यो दाबी चीनसँग पनि गर्नुपर्‍यो नि नेपालले ? चीनसँग किन सोध्नुहुन्न यही कुरा तपाईंहरू ? तपाईं दाबी त जहाँको पनि गर्न सक्नुहुन्छ नि । हाम्रो कास्मिरमा दाबी छ । चीनले पाकिस्तानसँग सम्झौता गरेर जमिन लियो । यो विश्वासको सवाल होइन । तपाईंहरूको विरोध मात्रै हो ।

नेपाल अहिले विरोध गर्ने मुडमा छ । हरेक चिजमा आरोपित गर्नुहुन्छ । भूकम्पमा मद्दत गर्‍यौँ, त्यसको पनि विरोध गर्नुहुन्छ । पहिला त विरोध थियो कि मनमोहन सिंह आउनुहुन्न, कुरै गर्नुहुन्न । मोदीले सल्लाह सुझाब गर्न सुरु गर्नुभयो, त्यसमा पनि नेपालले विरोध गर्न थालेको छ ।

यो समस्या हिन्दुस्तानका तर्फबाट छैन, नेपालको तर्फबाट छ । यो सबै कुरा मिडियामा चलिरहेको छ । नेपालले भारत सरकारसँग कुरा गरेर टुंग्याए भइहाल्यो नि । ...... जमिन बाँडफाँड भएको हो र ? यात्रीहरूको ओहोरदोहोर लिपुलेक पासबाट हुँदा नेपाललाई के नोक्सान हुन्छ ? अर्को कुरा बेनिफिट बाँडफाँडको जुन प्रश्न छ, त्यो त परियोजनाहरूमा हुन्छ । । जस्तो, जलविद्युत् परियोजना बनाउनुस्, पूर्वाधार बनाउनुस्, यसमा त बेनिफिट सेयरिङ भइरहेको छ । ........ लिपुलेक सम्झौताबाट हिन्दुस्तान र चीनलाई के लाभ भइरहेको छ ? यात्री त पहिलेदेखि नै गइरहेका छन् । नयाँ मामला होइन । मलाई लाग्छ, लिपुलेक तपाईंहरूको भावनाको प्रश्न हो । कालापानीको मसला आजदेखि चलिरहेको हो र ? त्रिदेशीय विषयको कुरा त पुरानै समयदेखि चलिरहेको हो । तपाईंहरू ज्यादा संवेदनशील हुनुहुन्छ, कुरा यही हो । .......

भूकम्पपछि सहयोग गर्न भारत गयो । तपाईंहरूले भन्नुभयो, मिति गुज्रेको परौठा भारतले पठायो । परौठाको डेट त भारतमा पनि हुँदैन । तपाईंहरू केवल भारतका लागि बढी सेन्सिटिभ हुनुहुन्छ । दोस्रो देशका लागि हुनुहुन्न । चीनका लागि त तपाईंहरू संवेदनशील हुनुहुन्न । तपाईंहरूलाई के गर्दा खुसी पार्न सकिन्छ, भारतले बुझ्न सकेन । त्यत्रो सहयोग गर्दा पनि नेपाल खुसी छैन । सायद मोदीजी पनि सोचिरहनुभएको होला कि नेपाललाई कसरी खुसी पार्ने ? दुई अर्ब डलरको सहयोग दिँदा पनि नेपालबाट कसैले राम्रो भन्दैन ।

...... तपाईंहरूको कोही मानिस बदमासी गरेर भारत आउँछ भने भारत सरकारलाई भन्नुस् कि फलानो मानिसलाई पक्राउ गरिदिनुस् । हाम्रा मान्छे गल्ती गरेर नेपाल जान्छ भने हामी तपाईंहरूलाई बताउँछौँ । यसका लागि भारत सुपुर्दगी सन्धि गर्न चाहन्छ, नेपालले चाहेकै छैन । सन्धि भयो भने एक हदसम्म हाम्रो सुरक्षा चासो सम्बोधन हुन्छ । यो नयाँ कुरा पनि होइन ।

खुला सिमाना चाहिँदैन भन्नुहुन्छ भने १९५० को सन्धि बदल्नुस् । १९५० को सन्धिअन्तर्गत नेपाल–भारत खुला सिमाना छ । कसरी बदल्ने, भारतलाई भन्नुस् । सिमाना बन्द गर्न तपाईंहरू चाहनुहुन्न, विशेष सम्बन्ध बदल्न तपाईंहरू चाहनुहुन्न । भारतमा लाखौँ नेपालीहरू छन् । विशेष सम्बन्ध नरहनेबित्तिकै उनीहरू त फिर्ता जान्छन् नै ।

....... खुला सिमाना चाहन्नुहुन्न भने बन्द गर्नुस्, चाहनुहुन्छ भने हाम्रा चासो सम्बोधन गर्नुस्, हामी तपाईंहरूको चासो सम्बोधन गर्छौं । ...... नेपालका कतिपय मानिस भनिरहेका छन् सीमा बन्द गरौँ । यदि तपाईंहरू खुला सिमाना चाहनुहुन्न भने बन्द गरिदिनुस् न । दुई छिमेकीको बीचमा झगडा हुन्छ र एउटाले पर्खाल लगाउन चाहन्छ भने लगाइदिए हुन्छ । ....... प्रचण्ड र बाबुरामलाई पनि हामीले भन्यौँ किनभने सन्धि पुनरावलोकन वा खारेजी गर्न उनीहरूले नै सबैभन्दा बढी जोड दिइरहेका थिए । हामीले मनमोहन अधिकारीजीलाई पनि यही कुरा भन्यौँ । ...... नेपाललाई कुन–कुन क्षेत्रमा यो सन्धि सुविधाजनक लाग्दैन, त्यो बताओस् । कहाँ–कहाँ सुविधा छ, त्यो बताओस् । हामी पनि त्यहीअनुसार आफ्ना प्रस्ताव राखौँला । दुवैको सुविधाजनक अवस्थामा सन्धि पुनरावलोकन गरौँ ।

खारेज गर्न चाहनुहुन्छ भने सन्धिको अन्तिम धाराअनुसार चिठी लेख्नुस् ।

पुनरावलोकन गर्न चाहनुहुन्छ भने वार्तामा बस्नुस् । अरू उपाय केही छैन । .......

भारतीय एउटा तप्काले त भारतमा नेपालीहरूलाई भारतका नागरिकसरह व्यवहार भएको तर नेपालमा भारतीयहरूलाई त्यस्तो नभएकाले सन्धि असमान छ भन्ने तर्क गरेको छ ।

....... हामी भनिरहेका छौँ, नेपालले हतियार खरिद गर्नुछ त गर्नुस् । यदि हाम्रो भूभागबाट तपाईंले हतियार लैजानुहुन्छ भने हामीलाई सूचना दिनुपर्छ । किनभने तपाईंकहाँ आएको हतियार हाम्रो पृथकतावादी समूह, हतियारधारी समूहले दुरुपयोग नगरोस् । ....... नेपालमा सुरक्षाकर्मीले प्रयोग गर्ने जति पनि हतियार भारतले लगभग नि:शुल्क दिएको छ । अथवा अत्यन्तै थोरै मूल्यमा दिएको छ । ...... नेपाल र भारतका आर्मी चिफ एकअर्काका मानार्थ चिफ यही कारण न छन् । तपाईं यसलाई बन्द गर्न चाहनुहुन्छ भने बन्द गर्नुस् । ....... भारत र चीनबीच अहिले करिब सय अर्ब डलरबराबर दुईपक्षीय व्यापार भइरहेको छ । योभन्दा पनि बढ्छ । हामी सिक्किम, बर्मा, बन्दरगाहबाट चीनमा जान सक्छौँ, उनीहरू पनि त्यहाँबाट आउन सक्छन् । नेपाललाई व्यापार गर्नुछ भने चीनसँग कुरा गर्नुस् । सडक यातायात बनाउनुस् । अघि बढ्नुस् । तपाईं यति राम्रो बाटो बनाउनुस् कि मानिसहरू सिक्किमबाट हैन, नेपालबाट चीन जान सकून् । तर, डा. बाबुरामजीले भनेजस्तो नेपालले जुन पुल बनाउन चाहन्छ, त्यसमा चीनको रुचि छैन । नेपाल र चीनबीचको यातायात तिब्बत हुँदै जाने हो । तर, चीनले तिब्बतमा नाका खोल्न चाहन्छ भन्ने सोच्नुभएको छ ? तिब्बतलाई चीनले खोल्न चाहँदैन भने सामान्य रूपले चीनमा आवतजावत सम्भव छैन । सामान्य रूपमा आवतजावत हुन सक्दैन भने कसरी व्यापार हुन सक्छ ? त्यसमा कसलाई कहाँ फाइदा हुन्छ ? पुरानो जमाना थियो, जतिवेला नेपालले तिब्बत वा हिन्दुस्तानमा सामान किनेर एक–अर्कालाई बेच्ने गथ्र्यो । त्यो वेला विकल्प पनि थिएन । अहिले त्यो जमाना छैन । तर, तपाईंहरू चाहनुहुन्छ भने बाटो बनाउनुस्, व्यापार गर्नुस्, हाम्रो भन्नु केही छैन । जहाँसम्म भारतको प्रश्न छ, हामी चीनसँग सोझै व्यापार गरिरहेका छौँ भने तेस्रो देश (नेपाल)सँग किन भर गर्ने ? यसको के जरुरी छ ? ........... तपाईंको चीनसँग सीमा खुला छैन । चीनमा त खुला रूपमा तपाईंहरूको सामान जान सम्भव छैन । तर, हामीसँग तपाईंको सिमाना खुला छ । चीनबाट तस्करी गरेर आएका सामान भारतीय बजारमा त जान सम्भव छ । जब सिमाना खुला गर्नु नै छैन भने चीनले कसरी भट्टराईजीको अवधारणालाई मान्नेवाला छ ? जहाँसम्म हाम्रो प्रश्न छ, यो अवधारणा भारतका लागि कुनै पनि हिसाबले फाइदाजनक छैन । त्यसकारण हामीले किन मान्ने ? भारत र चीनबीच झगडा भएको अवस्थामा गतिशील पुलको काम आउने हो नेपालमार्फत् । झगडा नै छैन भने किन यो बाटो अपनाउने ? .........

तपाईंहरू दुवै देशसँग सम्बन्ध मजबुत पार्नुस् । त्यो नेपालले चाहँदैन । बाबुरामजीले भारतसँग गरेको बिप्पा सम्झौतामा उनकै पार्टीले विरोध गर्‍यो । हामी भन्दाभन्दै थाकिसक्यौँ । जलविद्युत्को विकास गर्नुस्, लगानी ल्याउनुस्, बेच्नुस् । चीनबाट लगानी लिनुस्, भारतमा बेच्नुस् । फाइदा छ नि नेपाललाई । तपाईंहरू हिन्दुस्तानको अर्थतन्त्रसँग जोड्नुस् । मोदीजीले लगानी गर्छु भन्नुभएको छ, लगानी लिनुस्, पूर्वाधार बनाउनुस्, सडक रेल बनाउनुस् । चीनसँग पनि यही गर्नुस् । भारत र चीनलाई सन्तुलित बनाउने नेपाली मानसिकताले काम गर्दैन । कतिपय मामलामा चीनले यसलाई सहज मान्नेछैन, कतिपय मामलामा भारतले मान्नेछैन ।

.........

नेपालमा चीनको प्रभाव बढेको हुन सक्छ । यसमा हाम्रो खास चासो छैन ।

..... तपाईंहरू चिनियाँ प्रभाव बढाउन चाहनुहुन्छ भने बढाउनुस् । अर्को कुरा,

तपाईंहरूकहाँ चिनियाँ प्रभाव के बढेको छ र, हिन्दुस्तानमा पो चीनको उपस्थिति बढेको छ, प्रभाव बढेको छ । व्यापार ज्यादै छ, ज्यादा आवतजावत छ । सैन्य अभ्यास भइरहेको छ । ब्रिक्सको सदस्य छौँ । हाम्रो चीनसँग जति सम्बन्ध छ, त्यो स्तरमा नेपालको चीनसँग के सम्बन्ध छ ?

नेपाल र भारतको सांस्कृतिक सम्बन्ध यति गहिरो छ कि कसैको प्रभावले त्यसलाई केही फरक पर्दैन । तपाईं जति दोस्ती गर्नुहुन्छ, गर्नुस् ।
प्रदेशको संरचना अनिवार्य: सिटौला
'प्रेस स्वतन्त्रतामा कुनै सम्झौता हुँदैन'
नेपाली काँग्रेसका महामन्त्री एवम् संविधानसभा मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले प्रदेशको संरचनाबिनाको संविधान जारी गर्न सम्भव नभएको बताएका छन् । ..... सिटौलाले नयाँ बन्ने संविधानअनुसार राष्ट्रपति, उपराष्ट्रपति तथा राष्ट्रियसभाको निर्वाचन गर्न पनि प्रदेशको संरचना अनिवार्य हुने जानकारी गराए। ..... मस्यौदामा रहेका प्रेस स्वतन्त्रातासम्बन्धी त्रुटि सच्चाउन लिखित सुझाव दिनका लागि सञ्चारकर्मीलाई आग्रह गरे । ...... मस्यौदामा रहेका त्रुटिमा अन्तिम विधेयक तयार भई छलफल हुन्जेल सच्चाउन सकिने बताए । .... मस्यौदा समितिका सदस्य गगनकुमार थापा ........ नेपाल पत्रकार महासङ्घ पूर्वसभापति डा सुरेश आचार्यले नयाँ बन्ने संविधानको मस्यौदामा दलहरुले प्रतिबन्धात्मक वाक्य थपेर प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजेको आरोप लगाए । महासङ्घका पूर्वसभापति तारानाथ दाहालले प्रेस स्वतन्त्रतामा कन्जुस्याइँ गर्नु भनेको प्रजातन्त्रमाथिकै अङ्कुश हुने बताए । ..... कार्यक्रममा महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झा, युनियनका अध्यक्ष बद्री सिग्देल, पूर्वअध्यक्ष मुरारीकुमार शर्मा, युनियनका उपाध्यक्ष ईश्वरी ओझा, महासचिव अजयबाबु शिवाकोटी र कोषाध्यक्ष सरोज अधिकारी तथा ब्रोडकास्टिङ एसोसिएसन अफ नेपालका अध्यक्ष गोपाल झाले पूर्णप्रेस स्वतन्त्रताबिनाको संविधान लोकतान्त्रिक हुन नसक्ने धारणा राखे ।
रावलजीलाई पत्र
आजसम्म बाबुले आफ्नो सन्तानलाई सजिलै नागरिकता दिनसक्नेमा अब सन्तान जन्मँदा ‘आमा र बाबु’ नेपालको नागरिक हुनुपर्ने । विदेशीसँग बिहे गर्दा पुरुषले आफ्नो सन्तानलाई सजिलै नागरिकता दिनसक्नेमा अब नागरिकता लिने समयमा ‘बाबु र आमा’ दुवै नेपाली हुनुपर्ने । तर घुमाउरो पाराले धारा १३ (२) को प्रावधानले छोराको श्रीमती तत्कालै नेपाली हुनसक्ने र ‘र’ले पनि विदेशीसँग विवाह गर्ने छोराको हकमा असर नपार्ने । अनि थप चुनौती विदेशीसँग बिहे भएकोमा अब सन्तान नेपालमै जन्मेको हुनुपर्ने । अनि आमालाई वंशजको नागरिकता दिने अधिकार त्यस अवस्थामा मात्र छ, जहाँ बाबुको पहिचान खुल्दैन । ....... नेपाली छोराले विदेशीसँग विवाह गर्दा तत्कालै नेपालको नागरिकता प्राप्ति हुने, तर छोरीको दम्पतीले १५ वर्ष स्थायी बसोबास गर्नुपर्ने । विदेशीसँग विवाह गर्दा विदेशी दम्पतीले नेपालको नागरिकता लिन नचाहेमा अङ्गीकृत नागरिकता प्रदान गर्न सकिने, त्यो पनि सन्तान नेपालमै जन्मेमा । जन्मको आधारमा नेपालमा नागरिकता नदिने तर विदेशीसँग विवाह हुँदा अङ्गीकृत नागरिकताको लागि पनि सन्तानको जन्म नेपालमै हुनुपर्ने । अनि फेरि अङ्गीकृत र वंशजबीच विभेद गर्ने । .....

आप्रवासन कहाँ हुन्छ ? अवसर भएको देशमा वा अवसर नभएको देशमा ? आपराधिक काम गर्न नागरिकता नै लिनुपर्छ ?

..... भारतीयलाई नेपाल आउन, बस्न र नेपालीलाई भारत जान र बस्न सन् १९५० को सन्धिले नै अधिकार दिएको छैन र ? यस अर्थमा न सिमाना, न सन्धि, न सम्बन्ध केहीले पनि नेपालमा आउने भारतीय नागरिकलाई रोकेको छैन । राष्ट्रियता र स्वाधीनता त्यसबेला खतरामा पर्छ, जब विभेदको राजनीति गर्छांै, निश्चित वर्ग र समूहलाई बहिष्करण गर्छौं । हामीलाई डर छ, कतै अहिले पनि महिला–मधेसी र महिला–महिलाबीच विभाजनको राजनीति त गरिरहनुभएको छैन ? ..... आजसम्म बाबुले मात्र वा पतिले मात्र पहिचान दिनसक्ने कानुनी व्यवस्थामा आमा वा छोरीको कुरा गर्नासाथ राष्ट्रियता र राष्ट्रिय सुरक्षाको प्रश्न उठ्ने ?

राष्ट्रलाई स्वाधीन बनाउने तर महिलालाई पराधीन बनाउने ? हाम्रो स्वाधीनता, एकता कति कमजोर, मानवअधिकारको सुरक्षा गर्दा पनि ढलिहाल्ने ।

...... तपाईले भुटानमा आमा र बाबु नागरिक भएमा मात्र त्यहाँको नागरिकता पाउँछ भनी उदाहरण दिनुभयो । तर संसारको ११९ लोकतान्त्रिक संविधानले आमा वा बाबुमध्ये एक नागरिक भए उक्त देशको वंशजको नागरिकता प्राप्त गर्छ । भुटान अपवाद हो । तपाईको लेखले सामान्य नियमलाई अंगीकार नगरेर अपवादलाई मूल बनाएको छ । अनि राजनीतिक प्रणाली पनि त्यही सरहको हुनुपर्ने हो कि ? ....... विदेशीसँग विवाह गर्दा सन्तान नेपालमै जन्मेको हुनुपर्ने । त्यस्तो देश जहाँ अध्ययन वा काममा नेपाली गएका छन्, त्यहाँ पनि जन्मको आधारले नागरिकता नदिने भएमा त्यस्तो नेपालीको सन्तानले कहाँबाट नागरिकता लिने ? ..... यहाँहरूको विचार पढ्दा हामीलाई त राणाकालीन कानुन पो याद आयो, जहाँ तथाकथित उच्च जातलाई एउटा कानुन थियो र तथाकथित तल्लो जातलाई अर्को । ....... समानता र मानवअधिकार चाहिंँ हाम्रो संविधानको आत्मा हो भनेर मान्ने हो भने के आमाको नाममा नागरिकता नपाउँदा मानवअधिकार र समानताको हकको उल्लंघन भएन र ? .......... संविधानसभाको चुनावमा जाँदा होस् वा कतिपय पार्टीको निर्णय प्रक्रियामा एमालेले आमाको नामबाट नागरिकता दिनुपर्ने निर्णय गरेको होइन र ? विद्या भण्डारी र कमला पन्तद्वारा अन्तरिम संसदबाट पारित संकल्प प्रस्तावमा समेत आमाको नामबाट नागरिकता दिने निर्णय भएको होइन र ? अहिले तपाई प्रश्न गर्दै हुनुहुन्छ– के दलहरू आमाको नामबाट नागरिकता दिन तयार छन् त ? अन्तरिम संविधान स्वयंले पनि आमा वा बाबुको नामबाट वंशजको नागरिकता लिन पाइने भनेर स्वीकार गरेको छ । ........ अंगीकृत नागरिकता अधिकार होइन, यो त राज्यले स्वविवेकमा कसैलाई प्रदान गर्नसक्ने दस्तावेजमात्र हो । .....

अचम्म ! विवाह गर्ने दिनमै कहाँ बस्ने, कहाँको नागरिकता लिने निक्र्योल गर्नुपर्ने ?

..... सम्बन्ध र जीवनको क्रममा जहाँ स्वाभिमानसाथ आर्थिक अवसरका साथ बाँच्न सकिन्छ, त्यही देशमा गएर दम्पती बस्छन्, नागरिकता लिन्छन् । फेरि पति वा पत्नीको जुन नागरिकता छ, त्यही लिनुपर्छ भन्ने पनि छैन, लिन चाहे भने कुनै कानुनले पेल्नु पनि हुँदैन । ...... अमेरिकामा जन्मेको नेपाली मूलको अमेरिकी नागरिक त्यहाँको राष्ट्राध्यक्ष हुनसक्छ ।
बाझिएका प्रावधान सहमतिमा संशोधन गरिनेछ : कांग्रेस
पौडेलले संचारमाध्यमका हक कुन्ठित हुने खालका प्रावधान संशोधन गरिने बताए ।...... कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले प्रदेशको सिमाकंन सहितको संविधान जारी गर्ने प्रयासमा छलफल भइरहेको बताए । ‘जनताबाट संविधानको सुझाव आउने समयको सदुपयोग गरी शीर्ष नेताले नामाङन र सीमाङनसहितको टुंगो लगाउन सक्नुपर्छ’ उनले भने । ....

संविधानको मस्यौदा तयार पार्न सात वर्ष र जनताका सुझाव सङलन गर्न १५ दिन पनि नदिनु लोकतान्त्रिक मूल्य हुन नसक्ने बताए ।

मस्यौदामा गर्नैपर्ने संशोधन
वीपी कोइराला, सुवर्णशमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, महेन्द्रनारायण निधिजस्ता नेताहरूले आफ्नो सम्पूर्ण जीवन बहुलवाद स्थापित गर्ने लडाइँमै खर्च गर्नुभयो । .......... कुनै पनि प्रलोभनमा पारेर धर्म परिवर्तन गराउन पाइने छैन भन्ने वाक्यांश राखिनुपर्छ । गाई हाम्रो राष्ट्रिय जनावर हो भनेर लेखिनुपर्छ । त्यसो भएको खण्डमा अहिले सडकमा उठेका धर्मसम्बन्धी प्राय: सबै मुद्दाको सम्बोधन हुन्छ । ...... मुलुक कुनै पनि व्यक्ति राज्यविहीन हुनुहुँदैन भन्ने मान्यता र विचारमा अडिग छ । तर यस मान्यतालाई आत्मसात गर्ने बहानामा नागरिकतासम्बन्धी विषयमा संविधान लचिलो बन्न मिल्दैन । नागरिकता मुलुकप्रतिको अविभाज्य निष्ठा, गर्व र विश्वास पनि हो । हामीले अन्य मुलुकसँग तुलना गरेर नागरिकता वितरण प्रणाली अपनाउनु सरासर गलत हुनेछ । नेपालको परिवेश, परिस्थिति, छिमेकीको सुरक्षा चासो र नेपाली माटोलाई हेरेर नागरिकता वितरण प्रणाली अपनाउनुपर्छ । ....... नागरिकता सम्बन्धी व्यवस्थामा नेपाली महिलालाई अपमानित गरिएको अनुभूति भएको छ । नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषले अंगीकृत नागरिकता लिनचाहे १५ वर्ष कुर्नुपर्ने तर नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले नेपालको नागरिकता लिनचाहे तत्कालै पाउने व्यवस्था अत्यन्तै असमान छ । यस सम्बन्धी व्यवस्था फेरेर दुवैको हकमा अंगीकृत नागरिकताका लागि दुई वर्ष कायम गरिनुपर्छ र अंगीकृत नागरिकता प्राप्त गरेको सात वर्षसम्म राज्यको कुनै पनि निकायमा प्रतिनिधित्व गर्न नपाउने व्यवस्था गरिनुपर्छ । ...... आमा वा बाबुको नामबाट नागरिकता दिने प्रावधान राख्नुपर्छ । र अंगीकृत नागरिकता लिएका बाबु—आमाबाट जन्मेका सन्तानलाई स्वत: वंशजको आधारमा नागरिकता दिइनुपर्छ । ...... संविधान निर्माणमा उधारो सम्झौता मान्न कोही तयार हुँदैन । प्रदेशको नामांकन र सीमांकन यही संविधानसभाबाटै निक्र्योल गर्नुपर्छ । ..... यसले सर्वोच्च अदालतको अन्तरिम आदेशलाई पनि सम्बोधन गर्छ । ...... राष्ट्रपतिजस्तो गरिमामय पदको निर्वाचनका सम्बन्धमा दुई उम्मेदवारबीच मत बराबर भएमा गोलाप्रथाद्वारा निर्वाचन गरिने प्रावधान हास्यास्पद र लज्जास्पद पनि छ । मुलुकको यसभन्दा ठूलो बेइज्जती अरु के हुनसक्छ ? यो प्रावधान हटाई पुन: निर्वाचनको व्यवस्था गरिनुपर्छ । ....... विगतको संविधानसभा निर्वाचनमा समानूपातिकमा ३ सय ३५ सिट हुँदा ५ समूहमा विभाजन गरिएको थियो । अहिले समानुपातिकको १ सय १० सिट हुँदा १० समूहमा विभाजन गरिएको छ । तर यो सम्भव देखिँदैन । महिला, मधेसी, दलित, जनजाति र मुस्लिमलाई उल्लेख गरिँंदा उपयुक्त हुने देखिन्छ । .......

कम्तीमा पाँच प्रतिशतको ‘थ्रेसहोल्ड’ राख्नुपर्छ ।

हामीले दुइटा संविधानसभा निर्वाचनमा समानुपातिक प्रणालीका धेरै विकृति र विसंगति देख्यौं । यसलाई रोकेर समानुपातिक प्रणालीलाई मर्यादित र वैज्ञानिक बनाउन जरुरी छ । यसका लागि समानुपातिक उम्मेदवार बन्दसूचीका आधारमा राखिने व्यवस्था कायम गर्नुपर्छ । ...... जिल्लासभालाई अधिकार नदिने हो भने हाल कायम भएका गाउँपालिकाहरूलाई घटाएर एक हजारमात्र बनाइनुपर्छ । ...... स्थानीय तहमा रहेको शक्तिशाली तल्लो निकाय भनेको गाउँपालिका र नगरपालिकाको वडा हो । यसले स्थानीय तहमा निकै महत्त्व राख्छ । ....... वडाध्यक्ष जनताबाट प्रत्यक्ष निर्वाचित हुने प्रावधान राखिनुपर्छ । ....... मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले प्रधानसेनापतिको नियुक्ति र पदमुक्त गर्ने प्रावधान राख्नुपर्छ । ......

केवल औपचारिकतामा राय र सुझाव संकलन कार्य सीमित रहनु हुँदैन ।