Showing posts with label nepali congress convention. Show all posts
Showing posts with label nepali congress convention. Show all posts

Sunday, July 19, 2015

मधेसी किल्ला र मधेसका २२ जिल्ला र अमरेश



मैले २०४६ साल देखि नै सोध्दै आएको प्रश्न --- यदि मधेसका बलमा काँग्रेस देशको सबैभन्दा ठुलो पार्टी बन्छ, मधेसको बलमा देशमाथि शासन गर्छ भने फेरि मधेसी ले आफ्नो हक़ हित आधारभूत अधिकार का लागि लड्नु किन परेको? जसको सत्तामा पहुँच हुँदैन उसले पो लड्ने हो। जसको सरकार नै आफ्नो छ उसले किन लड्नु परेको? जरूर दालमें कुछ काला है।

दाल में काला भनेको काँग्रेस पार्टी भित्र आतंरिक लोकतंत्र नहुनु, दालमें काला भनेको काँग्रेस को घोषित सिद्धांत लोकतन्त्र भए पनि समाजवाद भए पनि अघोषित र बढ़ी प्रभावकारी सिद्धांत बाहुनवाद, पहाड़ीवाद हुनु। काँग्रेस महासमिति लाई पार्टी सभापति ले उल्लंघन गर्नु। जुन कि पार्टी विधानले गर्न दिँदैन, तर उसले गरिदिएको छ। शेर बहादुर देउबा लाई कैलाली कंचनपुर लानु नै छ भने आफ्नो पार्टी को महासमिति र महाधिवेशन मा हो त्यो प्रस्ताव लाने। त्यहाँ पहिला पास गराउने।

मधेस को नोट र वोट ले चलेको पार्टी काँग्रेस। नेपालको शांति प्रक्रियामा गिरिजा को भन्दा ठुलो रोल अमरेश को छ। गिरिजा नेपाल को शांति प्रक्रिया को संवैधानिक आलंकारिक ऑक्सीजन मास्क राजा, अमरेश त्यस प्रक्रिया को कार्यकारी। मधेसी क्रांति को सॉफ्ट लैंडिंग मा पनि निर्णायक रोल खेलेको। नेपाल लाई गरीब देश बनाएको Indophobia ले अमरेश त्यस रोग बाट ग्रस्त छैन। त्यस कारण उसको खाँचो मधेसी लाई मात्र होइन पहाड़ी लाई पनि छ।

२००५ मा सात पार्टी र माओवादी एक ठाउँ मा न आएसम्म राजा फाल्न सकिँदैन भन्ने बल्ब दिमाग मा पिलिक पिलिक गरेको अंतिम व्यक्ति गिरिजा। अनि त्यो गिरिजा शांति प्रक्रिया को शाहज्यादा भयो?

गिरिजा एसएलसी बैक लागेको मान्छे, अमरेश पीएचडी मान्छे। पीएचडी गरेको मान्छे अमेरिका बेलायत मा त राजनीति मा पुगेको हुँदैन भने नेपाल जस्तो हेटी देशमा अमरेश राजनीति मा हुनु मधेस का लागि मात्र होइन देश का लागि नै पॉजिटिव कुरा हो। अधिकार मानव को हुन्छ, कुनै जाति को हुँदैन। मधेसी को अधिकार का लागि लड़ने ले पहाड़ी को अधिकार का लागि पनि लड्छ। मधेसी को अधिकार खोस्न चाहनेले पहाड़ी को अधिकार पनि खोस्छ।

अमरेश को उमेर नपुगेको हो कि? शिक्षादीक्षा नपुगेको हो कि? जनाधार नपुगेको हो कि? नेपालमा आधा जनसंख्या ३५ वर्ष मुनि को छ। अमरेश बुढो हो। दिल नौजवान होला तर मान्छे उमेर ले त ओरालो लागिसक्यो। पढेलेखेको मान्छे। मधेसी मात्र होइन मधेसका पहाड़ी सांसद हरु पनि कमाण्ड गर्ने मान्छे। २०४६ को आन्दोलन मा सबैभन्दा पहिला र सबैभन्दा बढ़ी शहीद भएकै जनकपुर बाट। नेपालमा लोकतंत्र कोइराला परिवार को होइन मधेसी समुदाय को उपहार हो।
अमरेश पार्टी अध्यक्ष का लागि अहिले न लड़े कहिले लड्ने? जित्छ त। नोट छ, वोट छ, जनाधार छ, उमेर छ, बौद्धिक मान्छे पनि हो, जनाधार भएको मान्छे पनि हो। मधेसी को अधिकार को कुरामा No Compromise attitude छ।

दिल्ली लाई गाली गर्ने होइन दिल्ली सँग घनीभूत सहकार्य गर्ने नेता चाहिएको छ नेपाल लाई। मोदी ले दिन्छ बिलियन डॉलर, सुशील ले त्यहाँ पनि जातपात मान्छ, त्यो पैसा छोएको पनि छैन। अनि हुन्छ त देशमा विकास?



मधेसी किल्ला र मधेसका २२ जिल्ला

किन सुझाव संकलनमा गएनन् अमरेश?
भन्छन्, ‘कम्युनिष्ट मोडलको मस्यौदा’

उनले मधेसका २२ जिल्ला पुग्ने योजना सुनाए

। ..... कार्यक्रम स्थल नजिकै चिया खाएर उनले १ घण्टा विताए । ‘अहिलेको मस्यौदा प्रजातान्त्रिक छैन,’ उनले भने, ‘मस्यौदा पुरै कम्युनिष्ट मोडलको छ । प्रजातन्त्रका लागि लड्दै आएको कांग्रेसले यस्तो संविधान स्वीकार्नु हुंदैन् ।’ सोही कारणले उनले मस्यौदाको विरोधमा रहेको वताए । ..... कांग्रेसको जनाधार मधेस भएकाले त्यसलाई कमजोर पार्ने संबिधानले पार्टीलाई घाटा पुग्ने उनको तर्क छ । प्रस्तावित मस्यौदा शक्ति सन्तुलनको अबधारणा खल्बल्याउने किसीमले तयार पारिएको उनले वताए । ‘प्रेस स्वतन्त्रतालाई कमजोर बनाइएको छ,’ उनले भने, ‘संबैधानिक अंगलाई संसदिय समिति अन्तर्गत राख्ने जस्ता प्रावधान छन् । यस्तो प्रावधान कम्युनिष्ट मोडलमा मात्र हुन्छ । प्रजातन्त्रमा शक्ति सन्तुलनका सबै अंगलाई पूर्ण स्वतन्त्रता दिइएको हुन्छ ।’ प्रस्तावनामा ‘सशस्त्र संघर्ष’ जस्ता शब्द राखिएकोमा उनले आपत्ति जनाए । ....... संवैधानिक राजनीतिक संवाद सहमति समिति सदस्यसमेत रहेका सभासद सिंह अहिले मधेस दौडाहामा छन् । अहिले मस्यौदा सहमति समितिमा फरक मत राखेर दौडाहामा निस्केका हुन् । .......

मधेसीको हकअधिकार गौण गरिएको भन्दै विरोधमा वीरगंजदेखि सप्तरीसम्म दौडाहा गर्ने योजना सुनाए ।

...... ‘संविधानमा नागरिकबीच असमानता ल्याउन खोजिदैँछ,’ उनले भने,‘ समावेशी र आरक्षणको व्यवस्था हटाइएको छ, नियतवश संघीयता नदिने षड्यन्त्र अन्तर्गत संघीयता बिनाको संविधान ल्याइदैँछ ।’ विभेद गरेर संविधान ल्याएमा काठमाडौं र मधेसको सम्बन्ध टुटने उनले बताए । ‘अहिले नै जागरुक हुनु जरुरी छ, नभए आफू पनि तपाईंहरु झैं बाध्य भएर हकअधिकार बिना बस्नुपर्छ । मस्यौदा च्यात्नुु र जलाउनु भन्दा आन्दोलन गरेर अधिकार लिनु बुद्धिमानी हो,’ उनले भने, ‘मधेसको सभासद भएकाले कर्तब्य पुरा गर्न संविधानमा भएका विभेदबारे जागर फैलाउन आएको छु ।’