विष्णु व्यक्ति को प्रश्न



यो विष्णु व्यक्ति को प्रश्न को जवाफ मधेसी नेता हरुले दिनु जरुरी छ। र यो मैले cynical भएर भनेको होइन। एउटा यो हो कि? (Draft Constitution Amendments By Dipendra Jha)

संविधानको मस्यौदामा मनोज गजुरेलको सुझाव
कुन मन्त्री बन्न कस्तो योग्यता ?
कृषि तथा वनमन्त्री
वनविज्ञानमा मास्टर्स तथा एग्रो इन्जिनियरिङमा पिएचडी गरेको, हलो जोत्ने अनुभव भएको, ट्रयाक्टर चलाउने लाइसेन्सप्राप्त, काठ व्यापारमा असंलग्न, धानमिलवाला आफन्त नभएको, स्वदेशी उत्पादनमात्र प्रयोग गर्ने, मोही पार्न जान्ने, घिउ बनाउने ज्ञान भएको, दिउँसै नमात्ने, महिला नसमात्नेजस्ता योग्यता भएको मानिसमात्र कृषि तथा वनमन्त्री हुन पाउनेछ । संयक व्यवहारसम्बन्धी नैतिक शिक्षाको कक्षा अनिवार्य लिएको हुनुपर्नेछ ।
सांसद्को योग्यता
कम्तीमा एसएलसी उत्तीर्ण गरेकाले पहिलो प्राथमिकत पाउनेछन् तर, पढाइमा पास अनि जीवनमा फेल भएकाले सभासद् हुन पाउनेछैनन् । घरकी नछोडेको, अर्की नजोडेको, चोरीको बात नलागेको, ऋण तिरेको, बाँकी नखाएको, डिभी नभरेको, पीआर नलिएको, पासपोर्ट नबेचेको, पत्नी कुटपिटको केस नभएको, पति चिथोरेको मुद्दा नचलेको, बाहिरभन्दा घरकाको, आफूभन्दा अर्काको काम गर्ने मानिस संसद्को सदस्य हुन पाउनेछ । माथिका योग्यताहरू सही छन् भन्ने कम्तीमा ५ हजार जनाको हस्ताक्षर निर्वाचन अधिकृतलाई प्रमाणस्वरूप पेश गरेपछि मात्र नोमिनेसन गर्न पाइने छ ।
नागरिकता हरण
सार्वजानिक स्थलमा होहल्ला गरे, गुण्डागर्दीमा संलग्न भए, झूटो बोले, अनैतिक कार्य गरे जो–कसैको पनि नागरिकता निलम्बन हुनेछ । निलम्बितको मोबाइल खोसी ६ महिनादेखि ५ वर्षसम्म दुर्गमको सुधारकेन्द्रमा पठाइनेछ । सुध्रिएकाको नागरिकता पुनर्वहाली गरिनेछ भने नसुध्रनेको हकमा अरबको गर्मीमा काममा पठाइनेछ र तलब सोझै नेपालको राष्ट्रिय कोषमा जम्मा हुने व्यवस्था गरिनेछ । हत्या, बलात्कार, अपहरण, भ्रष्टाचार, राष्ट्रघात एवं शत्रुसँग साँठगाँठ प्रमाणित भए नागरिकता र पासपोर्ट खोसी देश निकाला गरिनेछ र अर्को देशमा पनि पस्न पाउनेछैनन् ।
कसरी चलेको होला एमाओवादी अध्यक्ष प्रचण्डको गुजारा ?
आठ वर्षको हुँदासम्म जन्मगाउँमै निकै गरिबीमा मेरा दिन बिते । यतिन्जेलसम्म म स्कुल भर्ना भएको थिइनँ । कहिलेकाहीँ मामाहरूले मलाई स्कुल लैजानुहुन्थ्यो । हिँड्न, दौडन सक्ने भएपछि मैले घरमै काम गरेँ । बाख्रा चराउन जान्थेँ । जंगलमा गएर साना–साना बिटा दाउराका झिँजा ल्याउँथे । पछिल्लो सात र आठ वर्ष मैले खासगरी भैँसी चराएँ । फेरि पनि यो बीचमा मामाहरूले मलाई अक्षर चिनाउनुभयो । मेरो बुवा भारतको आसाम गुहाटीमा चौकिदारको नोकरी गर्नुहुन्थ्यो । बुवा घरमा कहिलेकाहीँ, अति नै छोटो समयका लागि घरमा आउनुहुन्थ्यो । सानोमा बुवालाई मैले राम्रोसँग चिनेको पनि थिइनँ । एक–दुई दिन सँगै रह्यो फेरि छुटेर वर्ष दिनपछि भेट्दा बिर्सी पनि हाल्थेँ । ........ बुवाको कमाइले कास्कीमा हाम्रो गुजारा चल्ने स्थिति भएन । त्यसैले बसाइँ सरेर हामी चितवन झर्यौँ । बसाइँ सर्दा म आठ वर्षको थिएँ । चितवनमा गएर पनि तुरुन्तै स्कुल भर्ना भएर पढ्ने वातावरण बनेन । बाआमाले त्यतिबेला भनेको मलाई राम्रोसँग याद छ, कास्कीबाट २०१९ सालमा चितवन सर्दा हाम्रो कुल सम्पत्ति जम्मा बाह्र सय रुपैयाँ थियो । मात्र बाह्र सय रुपैयाँ लिएर हाम्रो परिवार नौ दिन हिँडेर चितवन पुगेको थियो । हामीले भैँसीलाई लिएर गएका थियौँ । आठ वर्षको छँदा म नौ दिनसम्म हिँडेको हुँ । चितवन गएर सुरुमा एकजना काकाको घरमा बस्यौँ । एक–डेढ महिना काकाकै घरमा बस्यौँ । त्यतिबेला चितवनमा एक हजार रुपैयाँमा एक बिघा जग्गा पाइन्थ्यो । हामीसँग बाह्र सय रुपैयाँ थियो । एक बिघा जग्गा किन्न सकिने थियो । नारायण दाहाल हुनुहुन्थ्यो, मेरो ठूल्बुवाको छोरा । ठुल्बुवाले एक हजार ऋण दिएर हामीले चितवनको शिवनगरमा दुई बिघा जग्गा किन्यौँ । ...... त्यहाँ गएर पनि म दुई वर्षसम्म भैँसी चराउने नै भएँ । स्कुल भर्ना हुन पाइनँ । १० वर्षको उमेरमा मात्रै म एकैचोटि तीन कक्षामा भर्ना भएँ । मैले अक्षर घरमै सिकेको थिएँ । सानैदेखि अलिकति आफ्नो दिमाग रहेछ भन्ठान्छु म अहिले । किनभने, दश वर्षको उमेरमा घरमै अक्षर चिनेको थिएँ । नेपाली फररर पाठ गर्न सक्थेँ । ........ त्यतिबेला जेठमा अर्धवार्षिक परीक्षा हुन्थ्यो । तर, म फेल भएँ । किनभने, म भर्खर फागुनमा भर्ना भएको थिएँ, जेठमा जाँच भइहाल्यो । परीक्षा दिने भन्ने त मलाई केही मेसै आएन । प्रश्न पनि राम्रोसँग बुझिनँ । एक दिन त मैले उत्तरपुस्तिका शिक्षकलाई नबुझाएर घर लगेँछु । ....... मेरो बा त्यहीँ हुनुहुन्थ्यो । शिक्षकले मेरो नाम लिएर ‘फेल’ भनेँ । बा फिस्स हाँस्नुभयो । त्यसपछि मेरो टाउको दुख्न थाल्यो, रुँदैरुँदै घर फर्कें । घरमा आएर म त फेल भएँ भनेर आमालाई सुनाएँ । ....... फेल भएपछि ममा ईख जाग्यो । राम्रोसँग पढ्ने अटोठ गरेँ । त्यसपछि मंसिरमा वार्षिक परीक्षा भयो, पास भएँ राम्रै नम्बर ल्याएर । पढ्ने मेसो पाएँ । चार कक्षाको अर्धवार्षिक परीक्षामा तेस्रो भएँ । पाँचमा जाँदा दोस्रो भएँ । त्यसपछि म पाँचबाट सात कक्षामा भर्ना भएँ । १, २, ६, कक्षा मैले पढिनँ । दशमा गएपछि प्रथम भएँ । ....... दशसम्म पढ्दा मैले बिहान–बेलुका भैँसी हेर्थें, घाँस काट्थेँ, दाउरा चिर्थें । खेतमा काम गर्थें । एउटा गरिब किसानको छोराले जे गर्नुपर्छ, त्यो सब मैले गरेको छु । अहिले सुन्दा मानिसहरूलाई अनौठो पनि लाग्न सक्छ, मैले सानोमा साह्रै दुःख–मेहनत गरेँ । घरको काम गरेरै मैले एसएलसी पास गरेको हुँ । ......... म आउँदा अमृत साइन्सलगायत धेरै कलेजमा भर्ना म्याद सकिएको थियो । साथीहरूले पाटन कलेजमा पढ्ने सल्लाह दिए । पढाइका क्रममा पैसाको समस्या निकै हुन्थ्यो । चामल, दाल, तेल घरैबाट ल्याउँथेँ । ........ मेरो विवाह सानैमा भएको हो, १० कक्षामा पढ्दापढ्दै । मलाई पढाउन श्रीमतीबाट ठूलो सहयोग भएको छ । उनले कहिले गहना बेच्ने, कहिले माइतबाट केही रुपैयाँ ल्याउने गर्थिन् । श्रीमतीबाट त्यतिको सहयोग नभएको भए मैले आइस्सीबीचैमा रोकेर हिँड्नुपर्ने पनि हुन सक्थ्यो । आर्थिक रुपले नितान्त अभावमा पढेको हुँ मैले । योबीचमा धेरथोर पैसाका लागि कहिलेकाहीँ ट्युसन पढाएँ । ....... आइएस्सी पास गरेपछि चितवन रामपुरबाट बिएस्सी गरेँ । त्यसपछि म पढाउने जागिर खोज्दै गोर्खाको आरुघाटमा पुगेँ । त्यतिबेला २२ वर्षको थिएँ । त्यहाँ मैले साढे दुई वर्ष पढाएँ । एक वर्ष पढाएपछि जिल्लाको उत्कृष्ट शिक्षक भनेर पुरस्कार पनि पाएँ ।

जुन स्कुलमा मैले पढाउँथे, म जानुभन्दा अघिको वर्ष त्यो स्कुल एसएलसीमा निल परेको रहेछ । म गएको वर्ष आठजना फस्र्ट डिभिजनमा पास भए । त्यसपछि त म गोर्खाभरि पपुलर भइहालेँ ।

........ त्यहाँ साँझ–बिहान मैले प्रौढ शिक्षा पनि पढाउँथेँ । स्कुलको तलब र यताउता गर्दा मेरो तलब झन्डै हेडमास्टरकै जति थियो । त्यस्तै, महिनाको आठ सय जति हुन्थ्यो होला । खानबस्न सय रुपैयाँजतिले पुग्थ्यो । बचेको पैसा सबै लगेर बालाई दिन्थेँ । मैले पढाउँदापढाउँदै अर्को एक बिघा जमिन थप्यौँ । त्यसपछि मेरो परिवार गरिब किसान परिवारबाट निम्नमध्यम वर्गतिर उकालो लाग्यो । ........ कम्युनिस्ट आन्दोलनमा लाग्दा र पछि जनयुद्धमा होमिँदा भएका सम्पत्ति पनि घट्दै गयो । अहिले एक कट्ठा घडेरी छ भरतपुरमा । त्यसबाहेक हाम्रो परिवारको व्यक्तिगत सम्पत्तिको रुपमा कहीँ केही पनि छैन । दुनियाँले कहीँ खोजे पनि हाम्रो नाममा कुनै चल–अचल सम्पत्ति भेटाउन सक्दैनन् । ...... अहिले पनि हामीलाई पार्टीले जसरी बन्दोबस्त गरेको छ, त्यसरी नै गुजारा चलेको छ । मेरो व्यक्तिगत सम्पत्ति केही छैन । ....... भर्खरै १० कक्षामा पुग्दा मैले ‘चीन सचित्र’ भन्ने पत्रिकामा माओत्सेतुङको ठूलो तस्बिर देख्न पाएको थिएँ । माओ गरिब र उत्पीडित जनताको मुक्तिका लागि लडेको सुन्न पाएको थिएँ । ....... पाटन क्याम्पस पढ्दादेखि म वामपन्थी विद्यार्थी आन्दोलनमा सहभागी हुन थालेँ । यसरी नै ममा गरिब नेपालीको पक्षमा लड्नुपर्छ, लाग्नुपर्छ भन्ने विचार–भावना विकसित हुन थाल्यो । ०२८ सालमा पुष्पलाल समूहको कम्युनिस्ट पार्टीको सदस्यता लिएँ । सुरुमा त मलाई गरिबलाई मुक्ति दिलाउने कम्युनिस्ट पार्टीमा लागेको भन्ने मात्रै थाहा थियो । त्यतिबेला नै थुप्रै कम्युनिस्ट पार्टी खुलिसकेको मैले पछि थाहा पाएँ । ...... त्यसपछि रामपुर क्याम्पस पढ्न थालेदेखि नै विद्यार्थी आन्दोलनमा सक्रियतापूर्वक लागेँ । संगठन बनाएँ । ...... बिएस्सी गरेर आरुघाट पढाउन जाँदासम्म क्रान्ति, परिवर्तन, जनताको सेवा, जनताप्रति समर्पित हुने भन्ने आदर्शद्वारा म ओतप्रोत भइसकेको थिएँ । दिउँसो त विद्यार्थीलाई तनमनले पढाउँथे । पढाउनमै मेरो ध्यान हुन्थ्यो । राम्रो पढाउने शिक्षकको रुपमा म स्थापित पनि भएँ । तर, बिहान र बेलुका किसानहरूसँग, अन्य साथीहरूसँग छलफल हुन्थ्यो । चर्पी बनाउने, प्रौढ शिक्षा पढाउने अभियान पनि थाल्यौँ । मैले त्यहाँ पार्टी संगठन, किसान संगठन बनाउन सुरु गरेँ । शुक्रबार स्कुल बिदा भइसकेपछि कहिलेकाहीँ वरपरसम्म संगठन बनाउन जान्थेँ । रातभर मिटिङ गरेर भोलिपल्ट समयमै स्कुल पढाउन पुग्थेँ । ....... आरुघाट छाडेपछि म पूर्णकालीन पार्टी सदस्य भएँ । यसपछि नेपालका मजदुर, किसान, महिला, दलित, जनजाति सबै उत्पीडितहरूको पक्षमा लड्ने, क्रान्ति नै गर्ने मेरो विचार बिस्तारै परिपक्व हुँदै गयो । म संगठन बनाउन सक्रिय भएर लागेँ । अहिले ६० वर्ष काट्दा पनि राजनीतिमा सक्रिय नै छु भने २४–२५ वर्षको उमेरमा त बेग्लै जोश–जाँगर थियो । रातभरजसो पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुन्थेँ । एक–दुई घन्टा सुत्थेँ । दिनभर साइकल चलाएर अर्को गाउँमा जाने, रातभर छलफल गर्ने गर्थें । यस्तो लगातार तीन दिन तीन रातसम्म पनि गरेको छु । ...... त्यसैले छिटै नै पार्टी केन्द्रमा आइहालेँ । ०३६ सालको आन्दोलनमा पार्टीको पूर्णकालीन सदस्य भइसकेको थिएँ । ०४१ सालमा केन्द्रीय समितिको सदस्य भएँ । यतिन्जेलसम्म लडाइँ नलडीकन गरिब, उत्पीडित जनताले अधिकार पाउँदैनन्, अभाव–गरिबीबाट मुक्ति पाउँदैनन्, जनताको गुजारा सहज हुँदैन भन्ने लागिसकेको थियो । लडेरै सामन्ती व्यवस्था भत्काएर मात्रै जनतालाई मुक्ति दिन सकिन्छ भन्ने मेरो दिमागमा गहिरोसँग परिसकेको थियो । योबीचमा माक्र्सवाद, दर्शनसम्बन्धी गम्भीर अध्ययन गरेँ । सतही ढंगले होइन, गहिराईमै पुगेर बुझ्नतिर लागेँ । ....... त्यतिबेला मोहन वैद्य नेकपा मशालको महामन्त्री हुनुहुन्थ्यो । म पोलिटब्युरो सदस्य थिएँ । हामी गम्भीर अध्ययनमा जुट्थ्यौँ । नेपालको इतिहासको अध्ययन पनि गरेँ । ...... त्यसपछि सशस्त्र संघर्षको अध्ययन गर्नतिर मेरो ध्यान गयो । ०४२ देखि ०४६ सम्मका मेरा लेख, किताब हेर्नुभयो भने सशस्त्र संघर्ष र माक्र्सवाद सम्बन्धमै केन्द्रित छन् । ........ पृथ्वीनारायण शाहले नेपाल निर्माण गर्दा कसरी युद्ध गरे ? उनको फौजी नीति र कार्यनीति कस्तो थियो ? माक्र्सवादी फौजी नीति र कार्यनीति के थियो ? वर्तमान अवस्थामा नेपालमा कस्तो फौजी नीति अख्तियार गर्नुुपर्छ ? आदिबारे गम्भीर अध्ययन गरेँ । ....... ०४६ सालको आन्दोलनसम्म आइपुग्दा ममा सशस्त्र संघर्षको धारणा बनिसकेको थियो । अब देशमा यसरी लडाइँ लड्न सकिन्छ भन्नेमा विश्वस्त भइसकेको थिएँ । ....... ०४६ को आन्दोलनअघि नै हामी सशस्त्र संघर्षको तयारीमा लागिसकेका थियौँ । तालिम लिने, हतियार, विस्फोटक पदार्थ जम्मा गर्ने काम सुरु गरिसकेका थियौँ । विस्फोट पदार्थसम्बन्धी तालिम म आफैँले दिन्थेँ । पेस्तोलहरूको तालिम आफैँले दिन्थेँ । बन्दुक, थ्री नट थ्री राइफलहरू जम्मा गर्नतिर आफैँ लागेँ । ...... रातभर हिँडेर मनाङ जान्थ्यौँ । निगालाको घारीभित्र गएर बन्दुक हेर्ने, किन्ने गर्यौँ । त्यतिबेला हाम्रो आधार इलाका गोरखा थियो । मनाङबाट गोरखासम्म हतियार ल्याउन सजिलो थिएन । यसरी नै जनयुद्ध सुरु गरियो ....... हामीले जे सपना देखेका थियौँ, अहिले त्योअनुसारको स्थिति बनेको बिल्कुल छैन । शान्तिप्रक्रियामा आएर म आफैँ प्रधानमन्त्री पनि भएँ । तर, जनताको स्थितिमा कुनै तात्त्विक फरक परेको छैन । जनताको दैनिकी उही गरिबी, उही अभाव, उही अपमानमै चलेको देखिन्छ । ....... हामीले युद्धका बेला गाउँघरमा महिला, दलित, जनजाति, मधेसी, मजदुर, किसानहरूमा अलिकति स्वाभिमान, अलिकति आत्मसम्मान जन्माएका थियौँ । त्यो पनि अहिले अलिकति धुमिल–धुमिल भएको छ । ....... संविधान बनेर आर्थिक समृद्धितिर जाँदा पनि उही मुठीभरका जनता धनी हुने स्थिति बन्यो भने बुझ्नुपर्छ कि पक्कै पनि जनतालाई विद्रोह गर्ने अधिकार जहिले पनि हुन्छ । समान अवसर पाउने, समृद्धिको अनुभूत गर्न पाउने वातावरण नबन्दासम्म त जनता आन्दोलित भई नै राख्छन् । यस अर्थमा गर्व गर्छु कि देशलाई गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक बनाउन मैले नेतृत्व गरेँ । मेरै नेतृत्वमा दशवर्षे जनयुद्ध, मेरै नेतृत्वमा शान्ति सम्झौता, मेरै नेतृत्वमा गणतन्त्र नेपालको पहिलो सरकार, अहिले मेरै नेतृत्वमा संविधानसभाबाट संविधान बन्ने स्थिति बनेको छ ।
मोदी आगामी वर्ष पाकिस्तान जाने
मधेशी मोर्चाको आन्दोलन घोषणा २९ गते काठमाडौंमा विरोध जुलुस
साउन ५, ६, ७ र ८ गते क्रमश: विराटनगर, जनकपुर, वीरगञ्ज र भैरहवामा विरोधसभा गर्ने
साना मधेसी दलको सक्रियता बढ्यो
भिन्नै मधेसी मोर्चा गठनका लागि फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारले पहल थालेसँगै अरु मधेसी दलहरूले भेटघाटको शृंखला तीव्र बनाएका छन् । आइतबार बिहान गच्छदारसँग सानेपास्थित निवासमा भेटेका नेपाल सद्भावना पार्टी अध्यक्ष अनिलकुमार झाले मंगलबार समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव, मधेसी मोर्चा संयोजक रहेका सद्भावना अध्यक्ष राजेन्द्र महतो र तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठीलाई भेटेका हुन् । मधेसी मोर्चाभित्र कारबाही, निष्कासनको लहर चल्दै गर्दा झाले दुवै पक्षका नेताहरूसँग दोहोरो कुराकानी थालेका हुन् । बुधबार नयाँदिल्ली जान लागेका झाको यो दौडाहालाई मोर्चाका नेताहरूले अर्थपूर्ण रूपमा हेरेका छन् । ...... गच्छदारले नयाँ मोर्चाको प्रस्ताव गरेको सन्दर्भमा साना मधेसी दलहरूले दुवै कित्तामा आफ्नो भूमिका बढाउन कोसिस गरिरहेका छन् । ..... सूत्रका अनुसार रामसपा अध्यक्ष भण्डारी, फोरम गणतान्त्रिक अध्यक्ष राजकिशोर यादवले समेत आ–आफ्नै प्रयासमा ठूला मधेसी दलहरूसँग कुराकानी थालेका छन् । मोर्चामा उपेन्द्र यादव, राजेन्द्र महतो र तमलोपा अध्यक्ष महन्थ ठाकुर सोह्रबुँदेको विरुद्धमा छन् । उनीहरू असन्तुष्ट पक्षको प्रतिनिधित्व गर्छन् भने अर्को ठूलो दल फोरम लोकतान्त्रिक, रामसपालगायत दलहरू सहमतिबाट संविधान जारी गराई राष्ट्रिय सरकार निर्माण गर्नुपर्ने पक्षमा छन् । ...... संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका आठमध्ये पाँच दलका नेताको हस्ताक्षरसहित आफूलाई निष्कासन गरेको विज्ञप्ति सार्वजनिक भएपछि गच्छदार आक्रोशित छन् । बिहीबार साँझ फोरम गणतान्त्रिक अध्यक्ष राजकिशोर यादव र रामसपा अध्यक्ष शरत्सिंह भण्डारीसँग गोप्य बैठक राखेर नयाँ मोर्चा निर्माण गर्नुपर्ने प्रस्ताव राखेका उनले भेटलाई निरन्तरता दिँदै आइतबार बिहान फेरि बैठक राखे । ....... मोर्चाभित्र दुई धार देखिएपछि साना मधेसी दलले त्यसको फाइदा उठाउन खोजेका छन् । मंगलबार तीन ठूला मधेसी दलका नेतासँग झाको भेटघाटलाई सद्भावना पार्टीका एक नेताले त्यसैको निरन्तरताका रुपमा अथ्र्याए । बुधबार नयाँदिल्ली जान लागेका सद्भावना अध्यक्ष झाले आफ्नो भ्रमण व्यक्तिगत र राजनीतिक दुवै हुने बताए पनि थप खुलाएनन् । गत फागुनमा सरिता गिरी पक्षसँग पार्टी एकता गरेपछि झाको सक्रियता बढेको छ ।

Comments