Showing posts with label whip. Show all posts
Showing posts with label whip. Show all posts

Saturday, July 18, 2015

संविधान सभा सदस्य लाई व्हिप लागु हुँदैन

संविधान सभा भनेको अरु बेलाको जस्तो संसद होइन, संविधान सभा सदस्य लाई व्हिप लागु हुँदैन। संसद मा जस्तो पार्टी को व्हिप लागु हुँदैन। संविधान सभा का हनुमान हरु जाग्नु पर्यो। संविधान सभा सदस्य ले आफ्नो विवेक ले देखेको कुरा बोल्ने हो र आफ्नो विवेक अनुसार वोट खसाल्ने हो। आफुलाई मत दिएका जनता प्रति जवाफदेहिता देखाउने हो न कि आफ्नो पार्टी को हाई कमाण्ड प्रति। पार्टी अध्यक्ष संविधान सभा को मर्यादा विरुद्ध जान पाउँदैन। संविधान सभा सदस्य लाई व्हिप लागु हुँदैन भन्ने यथार्थ लाई छल्न कुनै पनि पार्टी अध्यक्ष ले चोर ढोका खोज्दै हिँड्ने अधिकार छैन। अनौपचारिक व्हिप को पनि संभावना छैन। संविधान सभा सदस्य लाई कसैले डर त्रास लोभ लालच देखाउने कुरा आउँदैन। तर्क वितर्क हुन्छ, विचार आदान प्रदान हुन्छ, छलफल हुन्छ, सरसल्लाह हुन्छ। तर संविधान सभा सदस्य लाई कसैले डराउने धम्क्याउने भन्ने हुँदैन। विशेष गरी दलित मधेसी जनजाति महिला संविधान सभा सदस्य हरुले आ-आफ्नो समुह र समुदाय को हित को ख्याल राख्नुपर्ने बखत हो यो। संसद होइन कि प्रत्येक पाँच वर्ष मा आइहाल्छ भन्ने हुने। यो संविधान सभा ले संविधान पास गरे पछि सकियो। अर्को संविधान सभा आउँदैन। त्यस पछि आउने भनेको संसद मात्र हो र त्यहाँ व्हिप लागु हुने हुन्छ। अहिले पास भए पछि संविधान को कुनै कुरा फेर्न दुई तिहाई चाहिने हुन्छ जुन कि बटुल्न गार्हो हुन्छ। त्यसैले अहिले कसै को लहै लहै मा लागेर आ-आफ्नो समुह र समुदाय को र देशको हित विरुद्ध मत दिने काम गर्ने होइन। अहिलेसम्म राज्य संरचना बाट टाढा राखिएका समुह र समुदाय लाई न्याय दिलाउने बेला यही हो। पंचायत कालमा धनुषा जिल्ला मा हेम बहादुर मल्ल ले निरक्षर मुसहर हरु लाई कैलकुलेटर देखाएर "तिमी हरुले मलाई वोट दिएनौ भने तिमी हरुको नाम यसमा आउँछ" भनेर तरसाए जस्तो अहिले ठुला ठुला पार्टी अध्यक्ष हरुले आफ्नै पार्टी का मधेसी जनजाति सभासद हरु लाई छलछाम गर्ने तरकीब हरु सोंचि रहेको उराठलाग्दो अवस्था छ। होशियार। सावधान। जागते रहो!



प्रचण्ड–मोदी भेट : सकेसम्म सहमतिमा संविधान बनाउन सुझाव
४० मिनेट लामो भेटमा प्रचण्डले नेपालमा भएको भूकम्पको त्रासदीको बेलामा सबभन्दा पहिला भारतले उद्दार र राहतको पहल गरेकोमा धन्यवाद र आभार व्यक्त गरेका थिए । साथै दाता सम्मलेनमा भारतद्वारा भएको सहयोगको घोषणामा पनि प्रचण्डले धन्यवाद दिएका थिए । ..... विहिवार नै प्रचण्डले त्यस्तै राष्ट्रपति प्रणव मुखर्जीसँग पनि भेटवार्ता गरेका थिए । राष्ट्रपति मुखर्जीले संविधान निर्माणमा कसैलाई पनि आफ्नो कुरा राख्न पाइएन भन्ने अवसर नदिन सुझाव दिएका थिए ।
माओवादी विद्रोहको लज्जास्पद खुलासा
माओवादी नेताहरू पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराईलाई भारतीय संस्थापनसँग सम्पर्क गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका एसडी मुनि त्यसबेला जवाहरलाल नेहरू विश्वविद्यालयका प्राध्यापक थिए । ..... भारतीय संस्थापनसँगको माओवादी सम्बन्धको यो खुलासाले उसले १० वर्षे ‘जनयुद्ध’ र राष्ट्रियताको आन्दोलनलाई नेपाली इतिहासको सबभन्दा भद्दा मजाक प्रमाणित गरिदिएको छ । ..... दक्षिण कोरियाका लागि नेपालका पूर्व राजदूत कमल कोइराला भारतीय संस्थापन र माओवादी नेतृत्वबीचको साँठगाँठबाट नेपालको १० वर्ष कसरी खेर गयो भन्ने प्रष्ट भएको बताउँछन् । विदेशी जासूसी संस्थासँग त्यो हदको सम्बन्ध रहेका दुई जना देशका प्रधानमन्त्री भइसके । यसले नेपालको अवस्था कति दयनीय छ भन्ने देखाउँछ । .... सशस्त्र विद्रोहका बेला आफू धेरैजसो भारतमै बसेको कुरा माओवादी नेता प्रचण्डले पछि स्वीकारेका छन् । ..... “केही महीनामै पत्रको जवाफ यस रूपमा आयो कि माओवादीहरूमाथि भारतमा हुँदैआएको गुप्तचरहरूको निगरानी र आवतजावतमा बन्देज खुकुलो पारियो र आईबीको एउटा टोलीले माओवादीका प्रतिनिधिहरूसँग छलफल गरयो । ...... ज्ञानेन्द्रले १९ माघको शाही घोषणामार्फत एकलौटी सत्ता कब्जा गरेपछि ‘धोका’ महसूस गरेका दाहाल पुनः भारतसँग लम्पसार पर्न तयार भए । त्यसपछि दिल्ली पठाइएका बाबुरामले २०६१ चैततिर भारतीय संस्थापन र नेपाली नेताहरूलाई भेटे, जुन १२ बुँदे सहमतिको प्रारम्भकाल बन्यो । ....... श्रीलंकाका तामिल विद्रोहीहरूलाई भारतमा सशस्त्र तालिम दिएको कुरा सन् १९८४ मा इन्डिया टुडे का संवाददाता शेखर गुप्ताले सार्वजनिक गर्दा भारतीय लोकसभामा हंगामा मच्चिएको थियो । त्यसबेलाका मन्त्री केके तिवारी जवाफहीन भएर पत्रकार गुप्तालाई देशद्रोहीको आरोप लगाउने अवस्थामा पुगेका थिए । ...... राजस्थानको ब्राह्मण परिवारमा जन्मिएका एसडी (सुखदेउ) मुनि दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयु) मा लामो समय राजनीतिशास्त्रका प्राध्यापक रहे । बाबुरामले २०४० को दशकको मध्यमा त्यही विश्वविद्यालयबाट क्षेत्रीय विकासमा पीएचडी गरे । पीएचडीमा बाबुरामको गाइड प्रोफेसर आटिया हबिब किड्वाई थिइन् । ......... बाबुरामले भारतका अरू कसैसँग भेट्नुअघि वा पछि मुनिसँग भेट्ने गरेको बताइन्छ । यसको मतलब उनी आफूले भेट्ने व्यक्तिबारे जानकारी लिन र भेटपछि उसले भनेको कुराको विश्लेषण गर्न मुनिलाई प्रयोग गर्थे । बाबुराम–प्रचण्डको भारतीय एजेन्सी र सत्ताका अङ्गहरूसँगका सहजकर्ता मुनि नै थिए ।
आयोगको सिफारिसमा सङ्घीयताको नामाङ्कन र सीमाङ्कन हुनुपर्छ:अध्यक्ष ओली