जुन कुरा राजनीतिक स्थिरता नै होइन

जुन कुरा राजनीतिक स्थिरता नै होइन त्यसलाई राजनीतिक स्थिरता भनियो भने त्यसलाई के भन्ने?

राजनीतिक स्थिरता भन्दा पहिला कुरा लोकतंत्र को आउँछ, लोकतान्त्रिक प्रक्रिया को आउँछ। संघीयता नै नभएको कुरा लाई संघीयता भनियो भनेर भन्यो भने बाहुन-मधेसी को कुरा गर्यो भनलान --- तर राजनीतिक स्थायित्व को कुरा मा त्यसो भनिँदैन कि?

प्रत्यक्ष निर्वाचित प्रधान मंत्री/राष्ट्रपति को पक्ष मा एमाले र माओवादी ले त वोट नै मागेको। र गगन थापा ले काँग्रेस भित्र पर्याप्त वोट बटुल्न सक्छ। भने पछि लोकतंत्र को अंक गणित मा प्रत्यक्ष निर्वाचित प्रधान मंत्री/राष्ट्रपति को मुद्दा सँग दुई तिहाइ बढ़ी मत हुँदा हुँदै देश यदि प्रत्यक्ष निर्वाचित प्रधान मंत्री/राष्ट्रपति मा जाँदैन भने त्यो देश मा लोकतंत्र नभएको प्रमाण होइन?

स्थायित्व को मात्र कुरा होइन। प्रत्यक्ष निर्वाचित को पनि कुरा छ। जनतालाई सीधा राष्ट्राध्यक्ष चुन्ने अधिकार दिने। जनताले सांसद चुन्ने अनि त्यो सांसदले राष्ट्राध्यक्ष चुन्ने अप्रत्यक्ष भो। त्यसरी चुनिएको राष्ट्राध्यक्ष जनता प्रति कम responsive हुन्छ।

तर स्थायित्व को पनि कुरा छ।

थ्रेसहोल्ड हुनु राम्रो हो। ३% पनि राम्रै हो। तर १% बढ़ी राम्रो जस्तो मलाई लाग्छ।

तर अहिले को मस्यौदा मा प्रधान मंत्री का विरुद्ध दुई वर्ष अविश्वासको प्रस्ताव ल्याउन नपाइने भन्ने छ। भने पछि प्रधान मन्त्रीलाई ढालन पार्टी फोड्नु पर्ने हुन्छ। सत्ता मा रहेको पार्टी फुटेमा फेरि प्रधान मंत्री ले नया विश्वासको मत लिनुपर्ने हुन्छ। साना पार्टी उसै साना छन। ठुला पार्टी पनि अब फुट्ने भए। हुन त एमाले फुटेको राम्रै हो।

दुई वर्ष पुरा भएछ भने पनि अधिकांश प्र म हरुको कार्यकाल दुई वर्ष मा सिमित रहने भो। एक वर्ष प्र म रहने देशमा कार्यकाल बढेर दुई वर्ष हुने भो। त्यो स्थायित्व हो?


Comments