Sunday, July 12, 2015

माइकल जैकसन पार्टी एकीकरण



  1. महन्थ ठाकुर -- सर्वमान्य नेता र भावी राष्ट्रपति 
  2. उपेन्द्र यादव -- अध्यक्ष 
  3. राजेन्द्र महतो -- सह-अध्यक्ष 
  4. अशोक राई --- वरिष्ठ नेता 
  5. महेंद्र राय यादव --- उपाध्यक्ष 
  6. हृदयेश त्रिपाठी --- उपाध्यक्ष र संसदीय दलको नेता 
  7. ५ जना अरु ---- पोलिटब्युरो सदस्य ---- संभवतः अरु (एकीकृत गर्नु पर्ने) दलका अध्यक्ष हरु 
  8. थप २० जना -- केन्द्रीय समिति सदस्य 
  9. बाँकी केन्द्रीय समिति आकांक्षी लाई काठमाण्डु जिल्ला समिति को साधारण सदस्य 
  10. नाम: नेपाली जनता पार्टी चुनाव चिन्ह: चक्र झंडा: सेतो, हरियो, पहेँलो
अब त पार्टी एकीकरण कसो न होला! यो भन्दा राम्रो पद विभाजन गर्न सक्छ कसैले?  

यति गरे हो होइन भने यिनी हरुले काम गर्छन, फाइदा हुन्छ ग्राउंड मा काँग्रेस लाई।

आजदेखि सुरु भयो मधेशवादीहरुको आन्दोलन

भारत र चीनको पैसाले एमालेभित्र भाँडभैलो
मदन भण्डारी फाउन्डेसनमा यसअघि भारतीय दूतावासबाट ५० करोड रुपैयाँसम्मको प्रोजेक्ट परेको एमाले नेताहरु बताउँछन् । पछिल्लोपटक मधेसमा खानेपानी, शिक्षा, स्वास्थ्य आदिमा खर्च गर्न भनेर चीनबाट ठूलो रकम आएको सूत्रहरुको दाबी छ । स्रोतका अनुसार दुई महिनाअघि एमाले नेता प्रदीप नेपालसहितको पूर्वसञ्चारमन्त्रीहरुको टोली चीन भ्रमणमा गएको थियो । सो भ्रमणमा संलग्न केही सदस्यले मधेसमा चीनले सहायता नगरेको गुनासो गरेका थिए । त्यसको प्रतिवादमा चिनियाँ अधिकारीहरुले मदन भण्डारी फाउन्डेसन र सुजाता कोइराला नेतृत्वको जीपी फाउन्डेसनमार्फत् आफूहरुले मसेसमा लगानी गरेको खुलासा गरेका थिए । तर, चीनले मदन भण्डारी फाउन्डेनलाई कति पैसा दिएको छ भन्ने चाहिँ चिनियाँ अधिकारीहरुले नखुलाएको स्रोत बताउँछ । चीन या भारतले विकास निर्माणका लागि एमालेबाट पेश गरिएको प्रोजेक्टका आधारमा पैसा दिएको बताइन्छ । तर, त्यो पैसाको हिसाब पार्टीमा नराखी मदन भण्डारी फाउन्डेनकै नाममा गुटका लागिमात्रै खर्च गरिएको भन्दै एमालेको केन्द्रीय तहसम्म कुरा उठिरहेको स्रोत बताउँछ । ...... अहिले फेरि मदन भण्डारीजस्तो नेतालाई एनजीओको मागीखाने भाँडो बनाइएको र ओलीले यसैबाट गुट चलाएको माधव नेपाल पक्षले आरोप दोहोर्‍याउन थालेको छ ।

No comments: