Sunday, July 12, 2015

खस हरुको पहिचान को शब्द ले सारा देश को नाम

नेपाली भाषा खस हरुको भाषा हो। नेपाल शब्द त्यो नेपाली भाषा सँग मिल्दोजुल्दो छ। जब खस हरुले "नेपाली मुल" भन्छन त्यो विश्व भरि छरिएका खस हरु बारे भनेको हो। अर्थात खस भन्नु र नेपाली भन्नु एउटै हो जातीयता को हिसाबले। हामी नेपाली भनेर संसार भरिका खसले भन्ने गर्छन।

नेपाली भाषा जनजातिहरुको भाषा होइन यद्यपि नेपाली भाषा पहाड़ मा लिंक भाषा भएको छ। तर जनजाति को आफ्नै पहिचान छ। २०० वर्ष अगाडि को नेपाली भाषा र अहिलेको नेपाली भाषा मा धेरै को फरक छ। राज्य (state) ले काखा गरेर अरबों खरबों को लगानी गरे पछि जुन सुकै भाषा पनि विकसित भाषा बन्न सक्छ भन्ने कुराको उदहारण हो नेपाली भाषा।

मधेसी समुदाय बिभिन्न उप समुह हरु भएको समुदाय हो। खस समुदाय मा पनि चार पाँच स्पष्ट फरक पहिचान संस्कृति रीती रिवाज बिहेबारी भएका समुदाय हरु छन। जनजाति मा पनि त्यही हो। दलित मा पनि पहाड़ी दलित र मधेसी दलित मा धेरै फरक छ।

नेपाल भन्ने शब्द खस हरुको शब्द ले सारा देश लाई नाम दिन सक्छ भने, मधेसी जनजाति सबै रहेको देश को नाम खस हरुलाई पाइक पर्ने शब्द ले दिन सक्छ भने, त्यो कुरा मधेसी र जनजाति लाई समस्या छैन भने, त्यस पछि को जुन लेवल छ संघीय प्रदेश हरुको लेवल ---- तिनका नाम मा खस, मधेसी, जनजाति लाई मिल्ने नाम प्रयोग गर्न नहुने अडान हेपुवा अडान हो।

लोकतंत्र एक व्यक्ति एक मत नै हो, अर्को परिभाषा छैन। त्यसैले प्रतिनिधि सभा मा पनि र राज्य सभामा पनि प्रत्येक प्रदेश को जनसंख्या समानुपातिक प्रतिनिधित्व मा सहमति गर्दै आठ राजयको सीमांकन को सवाल मा र नामांकन को सवालमा यो नक्शा push गर्नु पर्ने जस्तो लाग्छ। तर बाहुन संग गफ हुने पछि हो। पहिला मधेसी जनजाति ले आफु एकीकृत पार्टी निर्माण गरेर यस नामांकन सीमांकन मा आफु आउनु पर्यो। अहिले त तिमीहरुले नामांकन सीमांकन चाहेको नक्शा के भनेर सोध्दा मधेसी जनजाति सँग एउटा उत्तर नै छैन। त्यो त बाहुन बाट शक्ति खोस्ने मनस्थिति भएन, बाहुनलाई आफ्नो शक्ति दिने, बाहुनको मा गएर लम्पसार पर्ने मनस्थिति भयो। पहिला आफ्नो होमवर्क गर्ने हो।

अलिकति give and take त हुन्छ। ठीक छ तिमी बाहुन हरु को संख्या आठ सँग लव पर्यो तर ती आठको नामांकन र सीमांकन यस किसिमको नै हुनुपर्छ भनेर भन्न सक्नुपर्यो नत्र भने जनतालाई छले जस्तो मात्र हुन्छ। विरोध का लागि विरोध गरे जस्तो हुन्छ। आफ्नो कैंप मा पहिला स्पष्टता ल्याउने।


खस हरुको पहिचान को शब्द ले सारा देश लाई नाम दिन मिल्छ भने त्यस पछि अर्को लेवल प्रदेश हरु को नाम मधेसी र जनजाति को पहिचान झल्किने नै हुनुपर्छ। होइन भने देशको नाम फेरौं, कुनै neutral नाम राखौं।

No comments: