Pages

Wednesday, September 09, 2015

पुर्व पश्चिम राजमार्ग पर हजार गाछी

पुर्व पश्चिम राजमार्ग पर हजार गाछी गिरा कर काठमाण्डु का १००% नाकाबंदी करो। शोसक सत्ताधारियों का कान खोल्ने का और कोइ तरिका है क्या?

जलेश्वरमा प्रहरीको गोलीबाट ३ आन्दोलनकारीको मृत्यु



भारदहमा प्रहरीको गोली लागी १ को मृत्यु, दिउँसो २ बजेदेखि कर्फ्यु
प्रहरी र प्रदर्शनकारीबीच झडप जारी
रुख ढालेर सडक अवरोध, झुम्कामा रोकिए ५ सय गाडी
यसैगरी कार्यालयले कोशी व्यारेजदेखि बलान खोलासम्म राजमार्गको पाँच सय मिटर दायाँबायाँ निषेधित क्षेत्र तोकिएको छ ।

मधेसी मोर्चा सम्बद्ध प्रदर्शनकारीहरु राजमार्ग केन्द्रित भएपछि मंगलबार राति प्रहरी स्कर्टिङमा समेत सवारीसाधन सञ्चालन हुन सकेन ।

...... सप्तरी अन्तर्गत पूर्व–पश्चिम राजमार्ग खण्डको विभिन्न स्थानमा रुख ढालेर अवरोध गरेपछि प्रहरी स्कर्टिङमा पनि सवारीसाधन सञ्चालन हुन नसकको हो । ..... २६ दिनदेखि बजार पसल बन्द गराए पनि मागबारे सुनवाई नभएको भन्दै सप्तरीमा प्रदर्शनकारीहरुले आन्दोलनलाई राजमार्ग केन्द्रित बनएका छन् । भारदहमा एक दर्जन रुखहरु ढालेर राजमार्ग अवरुद्ध बनाइएका छन् । मोटो मोटो रुखहरु बाटोमा ढालेपछि राति बाटो सुचारु गर्न सम्भव नभएको हो । .... यस्तै भारदह, कञ्चनपुर, कदमाहा तथा रुपनीमा

राजमार्गमै पाल टाँगेर प्रदर्शनकारी बसेका छन् । उनीहरुले प्रदर्शनस्थलमै खाना पकाउने, खाने व्यवस्था मिलाएका छन् ।

...... पूर्वबाट प्रहरी स्कर्टिङमा आएका ५ सय भन्दा बढी मालबाहक ट्रक तथा यात्रुबाहक बसलाई सुनसरीको झुम्कामै रोकिएको छ । यस्तै पश्चिमबाट प्रहरीले ल्याएको सवारीसाधन सिरहाको मिर्चैयामा रोकिएको छ । 'सवारीसाधन जसरी पनि सञ्चालनमा ल्याउनु भन्ने माथिको आदेशको छ' ....... यता मानव अधिकारका विभिन्न पक्षलाई ध्यानमा राखि जारि

आन्दोललाई काठमाडौं बस्नेहरुले अनदेखा गरेकाले राजधानीमा सबैखाले आपूर्ती ठप्प गर्नेगरि आन्दोलन थालिएको

फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्र साहले बताए । जसरीपनि राजमार्ग सुचारु हुन नदिने योजना रहेको उनले बताए । ..... 'प्रशासनले जसरी पनि गाडी सञ्चालनमा ल्याउने र प्रदर्शनकारीहरु जसरी पनि सञ्चालन गर्न नदिने भनि अडानबीच बुधबार सप्तरीमा ठूलो झडप हुने सम्भावना छ'


विराटनगरमा फेरि झडप, सभासद सहित २० घाइते
नेपाली कांग्रेसका थारु/मधेसी सभासदले संविधानसभामा 'फ्लोर क्रस' गर्ने
नेपाली कांग्रेसका थारु/मधेसी सभासदले संविधान सभामा 'फ्लोर क्रस' गर्ने भएका छन् । संविधानसभा भवनमा बुधबार मध्यान्ह बसेको थारु/मधेसी सभासदको बैठकले यस्तो निर्णय गरेको हो । ..... कांग्रेसका ५४ जना थारु/मधेसी सभासद मध्ये २२ जना उक्त निर्णयमा सहमत भइसकेका छन् । बाँकी सभासदलाई पनि मनाउने काम भइरहेको नेपाली कांग्रेसका सभासद सुरेन्द्र चौधरीले जानकारी दिए । ....

यसैबीच थारु/मधेसी सभासदको बैठक बसिरहेको बेला पार्टी सभासद सुशील कोइरालाले फोन गरेर बैठक नबस्न निर्देशन दिएको स्रोतले बताएको छ ।



तीन दलको बैठक संविधानसभामा बस्दै
संयुक्त राष्ट्रसंघलाई ‘हस्तक्षेप’ गर्न फोरमको आग्रह
फोरमका सह अध्यक्ष राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेको पत्रमा सरकारसमक्ष पुराना सहमति कार्यान्वयन गर्न, मारिएकालाई सहिद घोषणा गर्न माग गरिएको भन्दै तर सत्तारुढ पार्टीहरुले यी मागको सुनुवाई नगरी देशलाई गृहयुद्धतर्फ धकेल्न खोजेको दावी गरिएको छ ।
जनकपुरमा सरकारी कर्मचारीपनि सडकमा
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालेको अगुवाईमा बुधवार २५औ दिनपनि जनकपुर बाजार बन्द छ । लामो बन्दीले कारण यहाँको जनजीवन अस्तव्यस्त बनेको छ । ..... मधेस अधिकार आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै बुधवार पेशाकर्मीहरुको संयुक्त संजालले शान्तिपूर्ण जुलुस प्रदर्शन गरेको थियो । रामानन्द चौकबाट सुरु भएको जुलुस नगर परिक्रमा गरी जनकचौकमा कोणसभामा परिणत भएको थियो । जुलुसमा सरकारी कार्यालयका कर्मचारीहरुको सहभागिता उल्लेख्य थियो । .....

चौक चौकमा टायर बालिएको थियो



श्रीपेच बिनाका राजाहरुले जारी गरेको संविधान मान्दैनौ: थारु नेता लेखी
थारु आन्दोलनका अगुवा राजकुमार लेखीले श्रीपेच बिनाका राजा बनेका प्रधानमन्त्री सुशील कोइराला, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओली ..... आदिवासी जनजाति महासंघका केन्द्रीय सदस्य समेत रहेका लेखीले बुधबार रौतहटको चन्द्रनिगाहपुरमा थारु कल्याणकारीणी सभाले आयोजना गरेको पत्रकार सम्मेलनमा भने, ‘आन्दोलन रोक्न सेना परिचालन गर्ने बाहनामा देश अब सैनिकीकरण हुँदैछ ।’ ......

थारु, आदिवासी, जनजाति, मधेसी, दलितलगायत ७० प्रतिशत जनतालाई किनारा लगाएर र संविधानसभालाई आफ्नै पेवा जस्तै ठानेर जारी गरेको संविधान १ घन्टा पनि नटिक्ने उनले दाबी गरे ।

...... लेखीले कोइराला, ओली र दाहालले संविधानसभालाई आफ्नो निर्णय लादेर आदिवासी, जनजाति, मधेसी, थारु, दलितसहितलाई अधिकारबाट बञ्चित गराएको बताए । ..... सम्मेलनमा निकै नै अक्रोसित बनेका लेखीले टिकापुर घट्ना कांग्रेसका शेरबहादुर देउवा र एमालेका भीम रावलको इशारामा भएको आरोप लगाए । .... ‘आन्दोलन रहर नभई बाध्यता हो ।’ ..... चिया र बिस्कुट खान र कोइरालको मुख हेर्न किन वालुवाटर जानु ?


संविधान, आन्दोलन र सहमति
नेताहरू चाहे ती अहिले सिंहदरबारमा रहेका हुन् वा सडकमा, सबैको ध्येय सरकार र सत्ता भएकोले नै देश अहिले समस्याको भुमरीमा नराम्रोसँग फँसेको हो । ..... लोकतान्त्रिक बहुमतले राजतन्त्रात्मक व्यवस्थामा जस्तो राजाको हुकुममा मर्दलाई जनाना र जनानालाई मर्द बनाउन सक्दैन । बहुमत लोकतन्त्रको शक्ति पक्कै हो । तर त्यसले अल्पमत र विधिका संरचनात्मक व्यवस्थाहरूलाई वाद गरेर एकोहोरो ढंगले समाजलाई डोर्‍याउन सक्दैन । ..... लोकतान्त्रिक मान्यतामा बाँधिएको भनिने नेपाली कांग्रेस र साम्यवादी आचारमा ढालिएको दाबी गर्ने एमाले परस्पर विरोधी र प्रतिस्पर्धी पार्टी हुन् । संविधानसभाको पहिलो निर्वाचनमा सबभन्दा ठूलो पार्टीका रूपमा देखिएको एकीकृत माओवादी पार्टीलाई किनारामा राख्ने स्वार्थका आधारमा मात्र ती एउटै गठबन्धनमा जोडिएका हुन् । ..... लोभ–लालच, घृणा–अहंकार, प्रतिशोध र अस्वस्थ आन्तरिक प्रतिस्पर्धाका कारण आफ्नो सम्पूर्ण साख गुमाएको एकीकृत माओवादी पार्टी ......

चातुर्यलाई नै शक्तिको आधार मान्ने पार्टीका उपाध्यक्ष

को आँखा सत्ताबाट हटेको छैन । उनी अझै सत्तामाथि छड्के आँखा लगाएर च्याँखे दाउ थाप्दैछन् । पार्टीको त अंगभंग नै भइसकेको छ । ....

नेताहरू आफैं बसेको रुखको हाँगा काट्ने कालिदासजस्ता देखिएका छन् ।

....... त्यसरी बहुमतको कदर गर्दा देशमाथि उनीहरूको सार्वभौम अधिकार अविच्छिन्न रहन्छ कि रहँदैन ? .... तीन दल बीचको सम्झौताले संविधानको रूप लिएपछि तीन दल बाहिर रहेका नागरिकको सुरक्षा कसले गर्छ ? .... संविधानले सम्पूर्ण नागरिकबाट पाउनुपर्ने अपनत्वको भाव कहाँबाट आउँछ ? यस्तो खण्डित दस्तावेजले जनताका आकांक्षाहरूको पोषण कसरी गर्न सक्छ ? ....

प्रत्यक्ष चुनाव पद्धतिमा समानुपातिक चुनावको पुच्छर गाँसिदिने बित्तिकै समाज समावेशी हुँदैन ।

...... नेपालका दलका नेताहरूमा सत्ता स्वार्थबाहेक अन्य कुनै स्वार्थ देखिएको छैन ... पद्धति निर्माणमा चासो पनि देखिँदैन ... सबैलाई मिलाएर हिँडाउने स्वभाव त कसैमा पनि देखिएन । कांग्रेसदेखि माओवादीसम्मका नेताहरूलाई जनताले भारततिर झुकेको भनेर चिन्ने गरेका छन् । ......

सबैभन्दा खटकिने विषय, संविधान निर्माणमा नेताहरूले भारतीय संविधानसभाले कसरी सबैलाई स्वीकार्य संविधान बनाएको थियो भन्ने अध्ययन नै गरेका छैनन् ।

...... त्यतिबेला भारतका पहिला प्रधानमन्त्री जवाहरलाल नेहरूको नेतृत्वमा अन्तरिम सरकार निर्माणको तयारी भैरहेको थियो । महात्मा गान्धी डा. भीमराव अम्बेडकरलाई सरकारमा सामेल गर्न चाहन्थे । नेहरू त्यसका विरुद्ध थिए । एक त अम्बेडकर कंग्रेसका सदस्य थिएनन्, दोस्रो उनी गान्धी र कंग्रेसका कटु आलोचक थिए । उनी गान्धीलाई भारतीय राजनीतिका सबभन्दा बेइमान राजनीतिज्ञ भन्थे । ........ उनको आग्रहपछि अम्बेडकर अन्तरिम सरकारका कानुनमन्त्री बने र भारतीय संविधानसभाका अध्यक्ष भए । भारतको संविधान उनैको देन मानिन्छ । ...... भारतीय समाज हाम्रो समाजभन्दा भाषा, संस्कृति र आकारमा कैयौं गुणा ठूलो र सोचेभन्दा बढी नै जटिल समाज हो । त्यस्तो समाजमा समेत एकताको सूत्र भेटिन सक्छ भन्ने हामीकहाँ नभेटिने त कुरै आउँदैन । तर

हाम्रा राजनीतिक नेताहरूले लोकतन्त्रलाई पनि एकाधिकारवादी राजतन्त्रको आँखाले नै हेरे ।

....... नेपाली राजनीतिको आजको परिवेशलाई हेर्दा गान्धीसँग जोडिएको होस् वा माक्र्ससँग, आदर्शवादको चुरो कतै भेटिँदैन । लडेर, लडाएर, झगडा गरेर, षडयन्त्र गरेर– जसरी भए पनि सत्ताको शीर्षस्थानमा पुग्नु नै राजनीतिक नेतृत्वको एकमात्र अम्मल भएको छ । ..... नेताहरू चाहे ती अहिले सिंहदरबारमा रहेका हुन् वा सडकमा, सबैको ध्येय सरकार र सत्ता .... संघीय राज्यको सीमांकनसँगै देशभर सुरु भएका दुर्घटनाका सिलसिलाहरू अहिलेसम्म जारी रहेका छन् । मानिसको ज्यानको कुनै मूल्य छैन । देश बन्द छ । ...... आन्दोलनमा सक्रिय जनताका विरुद्ध राज्य प्रतिशोधको शैलीमा उत्रिएको छ । तैपनि संविधानसभाका सदस्य र नेताहरू संविधान बनेपछि सबै कुरा शान्त हुने र देश यथास्थितिमा फर्किने हल्ला गर्न व्यस्त छन् । त्यो कुन यथास्थिति हो ? .... यता राजनीति प्रक्रियामा अलमलिएको छ, उता भुइँचालोपछिको पुनर्निर्माण ओझेलमा परेको छ । भुइँचालो पीडित जनता असहाय भावमा यस पटकको दसैं खुला आकाशमुनि मनाउने तयारीमा लागेका छन् । ........ राहत वितरणको तीन महिना बितेको छैन, राहतमा भएका भ्रष्टाचारका दुर्गन्धहरू फैलिन थालिसकेका छन् । भ्रष्ट र स्वार्थीहरूको घेरामा परेको सरकार अकर्मण्य सावित भैसकेको छ । माथेमा आयोगको सिफारिसदेखि डा.गोविन्द केसीको अनशनसम्म सरकार कतै पनि भरपर्दो सावित हुनसकेको छैन ।
दाहालको सुत्र– अहिले सहमति, पछि कार्यान्वयन
सुशीललाई भने– कम्तिमा गच्छदार हामीसँग हुनुपर्छ
आन्दोलनकारीसँग तत्काल वार्ता गर्ने र उनीहरुलाई एउटा सहमतिमा ल्याएर संविधान जारी गर्ने बेला अर्को आन्दोलन नहुने वातावरण बनाउने
धोखाधडीको अन्तिम किस्ता
२०३६ सालको विद्यार्थी आन्दोलनको राप र तापमा परेर हतारमा जनमत संग्रहको घोषणा गर्न पुगेका तत्कालीन राजा वीरेन्द्रलाई दरबारिया शक्तिलाई धोका दिएको बात लगाइएको हल्ला ब्यापक फैलिएको थियो । ...... जनमतमा पञ्चायतलाई जिताएर दरबारको राजनीतिक बर्चस्व पुन: कायम गरी बिग्रेको ‘कोर्स करेक्सन’ गर्न आफूलाई मन नपर्दा—नपर्दै पनि सूर्यबहादुर थापालाई उनले अघि सारे । राज्यको भरमग्दुर दुरुपयोग तथा राष्ट्रिय लुटमार्फत पञ्चायतलाई जिताए पनि थापालाई त्यस उपलब्धिको जश दिइएन । ...... घोर अपमान गर्दै अविश्वासमार्फत हटाइएका थापाले ‘भूमिगत गिरोहले आफूलाई हटाएको’ भन्नेसम्मको ‘स्टेटमेन्ट’ जारी गरेर जेल चलान हुनबाट आफूलाई बचाए । बहुदलको पुन:स्थापनापछि कांग्रेसमा संगठनात्मक पकड भएका गिरिजाप्रसाद कोइरालाले तत्कालीन अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराउन भूमिका निर्वाह गरेको कुरा कांग्रेस इतिहासमा दर्ज भएकै कुरा हो । ...... सर्वोच्च नेता गणेशमान सिंह पार्टीबाट अलग हुनुको मूल कारण खानदानी बर्चस्व कायमको झगडा रहेको कुरा कतै लुकेन । कांग्रेस राजनीतिमा गिरिजाप्रसाद कोइरालालाई समेत माथ दिनेहरू निस्किए । तर यी सिद्धान्तहीन व्यक्तिगत धोखाधडीका कुरा थिए । ...... तर

खुंखार पूर्व–कांग्रेसी, नव–सम्भ्रान्त तथा पद र प्रतिष्ठाका लागि जुनसुकै बेला परिवर्तन हुन सिपालु भनेर चिनिएका गच्छदार राजनीतिक धोखाधडीका मामिलामा आफैं कीर्तिमानी ठानिन्छन् ।

...... जीवनको उत्तरार्धमा रहेका गिरिजाप्रसाद कोइराला (जसले गच्छदारको राजनीतिक क्यारिएर बनाउन ठूलो भूमिका खेलेका थिए) लाई माथ दिँदै पहिलो मधेस आन्दोलनको बेलामा उपेन्द्र यादवको मधेसी जनअधिकार फोरममा उनी हामफालेका थिए । ...... फोरम गठनको वर्षदिन नपुग्दै प्रचण्ड हटाउ गठबन्धन अभियानमा लागेर यादवलाई तीनचित खुवाउँदै उनले आफ्नै नेतृत्वमा फोरम–लोकतान्त्रिक खडा गरे । दोस्रो संविधानसभापछि मधेसी मोर्चाको संयोजकको भूमिकामा थिए । ......

एमाओवादी–मधेसी सम्मिलित ३० दलीय मोर्चाबाट प्रचण्ड र गच्छदार रातारात अलग्गिएर कांग्रेस एमालेको सरकारी क्याम्पमा जोडिन पुगे ।

...... सबै हिसाबले कुलिन वर्गको नेतृत्वमा रहेका तीन राष्ट्रिय पार्टीसँग दुई तिहाइभन्दा बढी सभासद छन् भन्ने दाबी छ । .... त्यही भएर कुलिन सम्भ्रान्त वर्गसँग सहकार्य गर्दै कुलिन बन्ने लोभमा गच्छदार केही दिन अघिसम्म आफ्नो कुलबन्धुलाई धोका दिने वा नदिने ठूलो दोधारमा थिए । ..... ८ प्रदेशबाट ६ मा झर्दा उनी झस्किए । ६ बाट ७ मा उक्लँदा ‘हर्टफेल्ट’ सकस उत्पन्न भयो । यद्यपि उनको मानका खातिर तीन ठूला दल ७ बाट ८ मा उक्लिएलान् र ‘थारू प्रदेश’ गर्लान् भन्ने आशामा रहेका उल्टै तिनले बज्रपात गरिदिए । कांग्रेस, एमाले र अन्तमा माओवादीले समेत सजातीय राजनीतिमा ओर्लिएको यो अवस्थामा ४ दशक लामो राजनीति गरेका झन्डै एक दशक जेल भोगेका गच्छदारलाई यो तत्त्वबोध भने ढिला गरी प्राप्त भयो । ..... आफ्नो राजनीतिक अस्तित्व नै धरापमा परेपछि नवसामन्तको मुखौटा फ्यालेर सडकमा ओर्लिएका त छन्, तर सडकले पत्याउँछन्/पत्याउन्नन्, थाहा छैन .......

आजका तीन पार्टीका शीर्षनेताहरू तिनका दायाँ—बायाँ उभिएका केही अगुवाहरूकै अगुवाइमा त्यो हैकम तोड्ने भनेर आन्दोलन र युद्ध भएका थिए । तर सत्तामा पुगेपछि पुरानै उत्पादन सम्बन्धलाई जगेर्ना गर्न अघि सरेको देखिन्छ ।

...... सम्भवत: आशाहरूमा बज्रपात गरिएको यो राजनीतिक बेइमानीको ठूलो किस्ता हो । भविष्यका आन्दोलनकारी–क्रान्तिकारीहरूले यही किस्तालाई राजनीतिक बेइमानीको अन्तिम किस्ताका रूपमा बुझेर अगाडि बढे राम्रो हुने थियो ।
‘विद्रोहको अवस्था आउन दिनुहुँदैन’
२ करोड ६४ लाख जनसंख्यामध्ये १ करोड ३५ लाख तराई मधेसका जिल्लामा बस्छन्, त्यसकारण तराई मधेसमा उठेका आवाज र आन्दोलनलाई सम्बोधन नगरी सिमांकन गरिए गृहयुद्ध हुने खतरा मैले देखें । ....... हजारौंले रगत बगाएर ६५ वर्षदेखिको नेपालीको यो चाहना पूरा हुने अन्तिम विन्दुमा पुगेको छ । ..... असोज पहिलो वा दोस्रो साता संविधान आउँछ । सहमतिका लागि केही दिन यताउता ठूलो कुरा होइन । ..... ८ वर्षयता संबिधान बन्न नसक्नुको मूल विषय संघीयता, सीमांकन र प्रदेश संख्याकै हो । यसलाई जेठ २५ गते मुख्य चार दलबीच भएको महत्वपूर्ण १६ बुँदे सम्झौताले प्रष्टसँग टुंग्याएको थियो । सबै मिलाएर ८ प्रदेश बनाउने भन्ने टुंगो लागेको थियो । तर एकाएक ६ प्रदेशको कुरा ल्याइयो । मेरो असहमति यहीँबाट सुरु भयो । ६ प्रदेशले समाधान दिन सक्दैन भनेर मैले नोट अफ डिसेन्ट लेखेको थिएँ, तैपनि प्रक्रिया अघि बढ्यो । मैले पहिल्यै यसमा ठूलो विरोध हुन्छ भनेर ध्यानाकर्षण गराएको थिएँ । पश्चिमबाट विरोध सुरु भइहाल्यो । त्यसपछि ७ प्रदेशको कुरा आयो । कुन आधार र मापदण्डमा यो कुरा आयो भनेर मैले मुख्य दलका नेताहरुसँग प्रश्न गरें । यसले पनि समाधान दिंदैन भनेर बुझाउने कोसिस गरें । थारु, मधेसी, आदिवासी, जनजातिको माग सम्बोधन भएन भनें । ८ प्रदेशमै जाऔं भनेर मैले खाकासमेत दिएको थिएँ तर मुख्यल दलले बेवास्ता गरे । यसैको परिणाम हो आन्दोलन । ....... मुलुकको महत्वपूर्ण क्षेत्रमा रहेका थारु, मधेसीको आन्दोलनलाई बेवास्ता गरेर अघि बढ्नु हुँदैन भनेर मैले पटकपटक सम्झाएको हुँ । असन्तुष्टि बढै जाँदा अवस्था नियन्त्रणभन्दा बाहिर गएर मुलुक गृहयुद्धको अवस्थामा पुग्न सक्छ भनेर ध्यानाकर्षण गराएको हुँ । ....

अदूरदर्शी र अविवेकी निर्णय गर्दै ६ लाई ७ प्रदेश वनाएर अझै समस्या बल्झाइयो । मुख्य दलका नेताको स्वार्थ यसमा हाबी भयो ।

...... ८ प्रदेश, ६ र फेरि ७ हुँदै आउनुमा ठूला दलका नेताको स्वार्थ छ । केपी ओली, कृष्णप्रसाद सिटौलाको झापासँग जोडिएको स्वार्थ अनि शेरबहादुर देउवाजस्ता नेताको कैलाली, कन्चनपुरतिर अखण्ड भन्ने सोचका कारण प्रदेश सीमांकनको कुरा फेरबदल हुँदै आएको हो । यसमा एमाओवादी अध्यक्ष प्रचण्डको पनि सहमति देखियो । तर फेरि पनि मैले यो समाधान हुँदै होइन भनिरहें । ...... ८ प्रदेश । मधेसमा ३ र हिमाल पहाडमा ५ प्रदेश गर्नुपर्छ । यसो गरे संविधानसभामा रहेका ९० प्रतिशत दलको समर्थन हुन्छ । मधेस आन्दोलनका केही मुद्दा, थारु, आदिवासी जनजातिका पूरा गर्न सकिने जनि माग समेटेर संशोधन प्रस्ताव तयार पार्नुपर्छ । त्यसलाई परिमार्जन गरेपछि मात्र संविधान जारी गर्नुपर्छ । अहिले देखिएको समस्याको अचूक समाधान भनेकै यही हो । ...... हो, म पनि संशोधन प्रस्ताव राख्न सक्थें । तर तीन ठूला पार्टी मेरो प्रस्तावमा सकारात्मक रहेको संकेत पाएको छुइन । उनीहरुसँग विश्वास र भरोसा गर्ने अवस्था रहेन । आज (मंगलबार) देखि संविधानसभामा संविधान विधेयकमा छलफल प्रक्रिया सुरु हुँदैछ । यो प्रक्रियामा हामी छैनौं । यसको अर्थ सिंगो तराई मधेस क्षेत्र, थारु, मुस्लिम, आदिवासी जनजातिको असहमति छ भन्ने ठूला दलले बुझ्नुपर्छ । ...... मधेसका जिम्मेवार नेताहरुले मलाई बारम्बार फोन गरेर सँगै संघर्ष गरौं भनिरहेका छन् । यसबाट पनि मोर्चाको महत्व प्रष्ट हुन्छ । हो, केही नेता अत्यन्तै पूर्वाग्रही छन् मप्रति । मेरो उपस्थिति मात्रैले पनि आफ्नो अस्तित्व लोप हुन्छ भन्ने बुझेका केही नेताहरु आत्तिएका छन् । ...... मोर्चामा अरु साना दलहरु पनि आउन चाहेका छन् । दल र मोर्चाभित्र छलफल गरेर केही दिनभित्रै उनीहरुलाई समेट्ने योजना छ । हामी छुट्टै आन्दोलन गर्छौं । अवस्था हेरेर मात्र अहिले आन्दोलनरत मोर्चासँग एकता गर्ने नगर्ने निधो हुनेछ । ......

शान्तिपूर्ण आन्दोलन भइरहँदा २५ दिनमा २९ जनाले ज्यान गुमाएका छन् ।

...... विभिन्न जिल्ला युद्धभूमिजस्तो बनेका छन् । तर यसलाई सत्तापक्षले आन्दोलनै ठानेको छैन । त्यसैले सशक्त आन्दोलनको आवश्यकता छ । ...... असन्तुष्टि बढै जाँदा आन्दोलनले निरन्तरता पाउँछ । अवस्था बिग्रँदै जान्छ । अलग्गै देश बनाउने आन्दोलन सल्कन सक्छ । ..... तीनतिर फर्केर बसेका दलहरुलाई सहमतिमा ल्याउन भूमिका खेलेको भनेर प्रशंसा गरे ।

काँगेस एमाले एमाओवादी पार्टी को सदस्यता

काँगेस एमाले एमाओवादी पार्टी को सदस्यता देश भरिका मधेसी र जनजाति का लागि गुलामी को जंजीर हो। त्यो कसैले आएर तोड़ि दिँदैन। आफैले लगाएको हो। आफैले तोड्ने हो।


ए सुशील, क्रांति को तिमीलाई आदेश छ

तिमी बसेको घर
तिमी जाने, कहिले काहीं सन्चो भा बेला जाने
कार्यालय
जनता को हो

तिम्रो तीनटा मोबाइल लिएर तु निस्किहाल
यो जनता को आदेश हो

तिम्रो यो नौटंकी
तिम्रो यो
सर्कस
केपी बामे नचाउने तिमी चटके
जाउ रत्न पार्क जाउ
केपी तिमीलाई त्यहाँ पर्खेर बसेको छ
२००६ अप्रिल देखि नै

ए सुशील, क्रांति को तिमीलाई आदेश छ



बामे, तिमी झस्केको
सुशील ले राष्ट्र लाई सम्बोधन गर्ने बेला आउन लाग्यो

समय आ गया है, सीके को मुक्त करो

क्रांति उस मोड़ पर पहुँच गयी है कि क्रांति को सीके राउत की जरुरत पड़ गयी है। क्रांति को अब चाहिए सीके राउत को उस पर किए गए गैर कानुनी हाउस अरेस्ट के घेरा को तोड़ दे। बामदेव गौतम के सिपाहियों को वहां से दफा करो और उनके जगह पर खुद आ जाओ। अभी पुरा मधेस बंद है। सीके अभी घर पर ही रहेंगे। लेकिन मुक्त हो के रहेंगे।

समय आ गया है, सीके को मुक्त करो।



मधेसी मोर्चा फुटेको हो भने घोषणा हुनुपर्यो

मधेसी मोर्चा फुटेको हो भने घोषणा हुनुपर्यो

महंथ ठाकुर ले एक्लै वक्तव्य निकालेर जनता लाई सड़क मा आउन आह्वान गर्ने, राजेंद्र महतो ले एक्लै तीन दिन मेची देखि महाकाली बंद को घोषणा गर्ने, उपेन्द्र यादव ले एक्लै बान कि मुन लाई पत्र लेख्ने।

यो के हो यस्तो?

मधेसी पार्टी फोडेर मंत्री बन्ने खेल भन्दा केही फरक होइन यो। जनता सड़क मा आए, अब त म एक्लै ठुलो पार्टी भएँ भन्ने दम्भ मा मधेसी नेता हरु नफँसने। त्यो दगाबाजी हुन्छ। यो क्रांति महंथ अथवा राजेंद्र अथवा उपेन्द्र लाई ठुलो नेता बनाउन का लागि भएको होइन।

यो अधिकार को क्रांति हो। यो मधेसी जनता को अधिकार को क्रांति हो।

आफ्नो एकता कायम राख्न नसक्नु मानसिक दासता हो। त्यसै मानसिक दासता लाई आधार बनाएर त हो पहाड़ी ले मधेसी माथि राज गरेको।

आफु आफुमा फेरि गफ हुन छोडेको हो कि के हो यी तीन जनाको?

पहिले मधेसी मोर्चा बन्यो। त्यो अझ ठुलो भएर संघीय गठबंधन बन्यो। त्यसलाई अझ ठुलो बनाएर मधेसी जनजाति क्रांति २०१५ संघर्ष समिति बनाउनु पर्छ। होइन भने क्रांति प्रति दगाबाजी हुनेछ।

आफु आफुमा फ़ोन मा गफ गर्ने, अनि काठमाण्डु मा बसेका आफ्ना प्रतिनिधि मार्फ़त वक्तव्य निकाल्ने। सामुहिक। संघीय गठबंधन को नाम मा। एक्ला एक्लै वक्तव्य निकाल्ने काम तत्काल रोक्ने। यार, यो तिम्रो पार्टी को आधार ठुलो बनाउने क्रांति थोड़े हो!

क्रांति उत्सर्ग मा पुर्याउने समय आउन लाग्यो। एकता लाई झन बलियो पार्ने। छिन्नभिन्न नपारने।

मधेसी नेता त्रय ले बदमाशी गरे मधेसी जनता ले वडा वडा बाट संगठन को काम शुरू गर्दै एउटा नया पार्टी खोल्नु पर्छ। मधेस स्वराज पार्टी।

भारत मा काँग्रेस पार्टी ले ब्रिटिश शासन मा चुनाव हरु लड्दै गरेको हो, प्रदेश सरकार हरु बनाउने गरेको हो। एकै पटक आजादी मा पुगेको होइन। सीके राउत ले १० वर्ष को रोडमैप दिन सक्नु पर्छ। अहिले (१) एक मधेस दो प्रदेश (२) आत्म निर्णय को अधिकार सहित को संघीयता (३) १० वर्ष भित्र राज्य (state) मा मधेसी को समानुपातिक सहभागिता (४) होइन भने अलग देश।

सीके राउत यस किसिमको कार्यतालिका मा आउनुपर्छ।

मधेसी क्रांति ले अब सीके लाई उसको गैर कानुनी हाउस अरेस्ट बाट मुक्त गर्ने बेला आइसके जस्तो लाग्यो।

सीके लाई मुक्त गर्ने र गाउँ गाउँ शहर शहर वड़ा वडा मा मधेस स्वराज पार्टी को कमिटी बनाउने। जंगल को आगो जस्तो संगठन विस्तार गर्ने।

मधेस स्वराज पार्टी ले स्थानीय स्तर मा, प्रदेश स्तर मा सरकार चलाएर देखाउन सक्नुपर्छ। Short Term मा।

अहिले सीके ले बाहिर आएर मधेस अलग देश को नारा दिनु हुँदैन। यो १० वर्षे रोडमैप मा आउनै पर्दछ। जनता सडक मा आएको संघीयता, समावेशीता र समानता को लागि हो। अहिले सीके ले बाहिर आएर मधेस अलग देश को नारा दिनु बंद घड़ी व्यवहार हुनेछ। बंद घडी ले दिन मा दुई पटक सही समय दिराखेको हुन्छ।

लोकतंत्र ले सेना लाई संसद को अधीन मा ल्याउँछ। मधेसी जनजाति एकता ले संसद लाई आफ्नो अधीन मा ल्याउँछ। अनि सेना लाई समावेशी बन भनेर order दिने हो, आदेश।

मधेसी क्रांति ले सीके राउत लाई मुक्त गर्ने बेला आयो। सीके राउत ले मधेस स्वराज पार्टी को घोषणा गर्ने बेला आयो।

एकता का मतलब दो और दो पाँच, पाँच और पाँच पन्द्रह।

सत्ता आफ्नो हात मा लिन नचाहने क्रांति मानसिक दासता हो। मालिक लाई झन ठुलो बलियो मालिक बनाउने तरिका र सोंच हो। शोसक सँग भिख माग्ने होइन, शोसक लाई सत्ता बाट फाल्ने हो। त्यो रोडमैप मा जानुपर्छ।

सीके राउत यस १० वर्षे रोडमैप मा आउनै पर्छ। क्रांति को सीके राउत की जरुरत पड़ गयी है।


































मधेसी जनजाति क्रांति २०१५ संघर्ष समिति को आवश्यकता
काठमाण्डु को 24/7 नाकाबंदी गरौं
यो टुटने होइन कब्ज़ा हुने देश हो
महोत्तरी का एमाओवादी ले २२ जिल्ला का ३ पार्टी लाई देखाएको बाटो
मधेसी को नेपाल सेनामा समूहगत प्रवेश किन हुन सक्दैन
देशमा राजतन्त्र फर्कने संभावना शुन्य छ
चलू जनकपुर भरू जनकपुर
सुशील ले गर्न सक्ने काम मात्र उसलाई गर्न लगाउ
प्रचण्ड समाधान होइन समस्या हो
काँग्रेस एमाले र एमाओवादी पार्टी छोड्ने हरुको बाढ़ी
संघीय गठबंधन का तीन खम्बा: संघीयता, समावेशीता र आर्थिक क्रांति
वीर जनता, भिखमंगा नेता
क्रांति को रोडमैप
बामे, तिमी झस्केको
पंचायत ढल्यो, राजा ढल्यो, अब ढलने पालो एकात्मक व्यवस्था को
१ मत को ५० रुपया
१ मत को ५० रुपया को अर्को पक्ष: जल बिद्युत
खोला र सुरक्षा बाहेक केही नदिने
कोशी, गण्डकी, कर्णाली, चुरिया र मधेसमा सिँचाई

In The News (39)

संघीयता किन?
पूर्वाञ्चलका प्रमुख ठाउँहरूमा पनि क्रान्तिको आगो सल्किएको थियो
को हो साम्प्रदायिक?



आन्दोलनको समर्थनमा विद्यार्थीहरु सडकमै बसेर पढ्द



अध्यक्ष महतोको राजनीतिक सन्यास्
२३, २४ र २५ गते पूर्णरुपले पुर्व मेची देखी पश्चिम् महाकाली सम्म बन्द गर्नेछ ।
सिरहामा गच्छदारका केन्द्रीय सदस्यको घरअगाडि बम विस्फोट, नगरबासीको भागाभाग
फोरम लोकतान्त्रिले भने, उपेन्द्र, राजेन्द्र र महन्थ ठाकूर नेतृत्वको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बम विस्फोट गराएको आंशका गरेको छ ।


थारु विरोधी नेताहरु देउवा, रावल र भट्टको पर्चा बाँडियो
तीन नेताहरु अति कमजोर र डराएका छन् : प्रध्यापक हाछेथु
राज्य बहुजातीय तर शासन एकल जातीय भएकै कारण समस्या उब्जिएको बता। नेपालमा दूरदृष्टि र व्यवस्थापकीय क्षमता भएको कुनै नेता नरहेको बताउँदै उनले दलका नेताहरूलाई पदाधिकारीको संज्ञा दिए। उनले तीन नेताहरु अति कमजोर र डराएको बताए। बाहिरबाट आफूलाई जति शक्तिशाली ठाने पनि तीन नेताहरुको कमजोरी पहिल्याएर आफ्नो माग पूरा गराउनुपर्ने उनले जोड दिए।
मध्यस्थकर्ताको भूमिकामा प्रचण्ड र बाबुरामको दौडधूप
केपी ओली र महन्थ ठाकुरलाई भेटेर वार्ताका बस्न दबाव
कांग्रेस र एमालेले गर्ने हरेक निर्णयमा साथ दिँदै आएका एमाओवादी अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता डा. बाबुराम भट्टराईको भूमिका मंगलबारदेखि एकाएक बदलिएको छ । .... सत्तापक्षको सहयोगीजस्तै देखिँदै आएका प्रचण्ड र बाबुराम मंगलबारदेखि सत्तापक्ष र आन्दोलनकारीवीच मध्यस्थकर्ताको भूमिकामा उभिएका छन् । ...... थारु र मधेसीका मागलाई सम्बोधन नगरी जारी हुने संविधान टिक्न नसक्ने निश्कर्षमा पुगेका एमाओवादी नेताहरु मंगलबारदेखि सरकार र आन्दोलनकारी पक्षबीच वार्ता गराउन मध्यस्थकर्ताको भूमिकामा उभिएका छन् । यद्यपि उनीहरुको वार्ता गराउने लविङप्रति

सत्तारुढ दलहरुले खासै रुची देखाएका छैनन् ।

....... एमाओवादीका एक नेताले सत्तारुढ दलहरु थारु र मधेसीका जायज माग सम्बोधनका लागि त्यति संवेदनशील नदेखिएको प्रतिक्रिया दिएका छन् ।


सप्तरीमा १४ कार्यकर्ताले कांग्रेस छाडे
काँग्रेसका क्रियाशिल सदस्य एवं नेपाल प्राद्यापक संघका पूर्व केन्दि्रय उपाध्यक्ष अमरकान्त झासहितका १४ जना क्रियाशिल सदस्यहरुले काँग्रेस परित्याग गरेका हुन् । उनीहरुले जारी रहेको मधेसी मोर्चाको आन्दोलनमा ऐक्यबद्धतासमेत जनाएका छन् । .....

'वर्षौदेखि विभेदको शिकार हुँदै आएका मधेसी समुदायलाई गणतन्त्रमा पनि संविधान मार्फत विभेद कायमै राखिएको छ, हामीले पार्टीभित्र विभेद हटाउन धेरै प्रयास गर्यौं, तर सफल हुन नसकेर आज पार्टी नै परित्याग गर्नुपरेको छ'



वीरगञ्जमा आन्दोलनकारीले डिजेल ट्याङ्करमा आगो लगाए
खेताला मधेशी नेताहरूको कारणहरूले नै आज तराई(मधेश)मा नेपाली सत्ता अडकीएको छ : जयकृष्ण गोइत (निजी विचार)
पचास भन्दा बढी वीर मधेशी सपुतहरू जीवनको आहुति दिएर, सयौं जना घाईते भएर पनि तराई९मधेश०मा स्थापित नेपाली शहीदहरू दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ र राणा शासन विरूद्धको सशस्त्र क्रान्तिमा शहादत प्राप्त गर्ने कमाण्डर थीरबम मल्लका प्रतिमाहरूलाई तोडियो। ..... नेपालका राजा त्रिभूवन, राजा महेन्द्र, राजा वीरेन्द्रका तराईमा ठडिएका सालिकहरूलाई ढालिए।तत्कालीन निलम्बित राजा ज्ञानेन्द्र र तराईमा सेना परिचालित हुनसक्ने अभिव्यक्तिको साथै मातहतमा रहेका फौजलाई उच्च तयारीमा रहन निर्देशन दिईने नेपाली सेनाका सहायकरथी दिलीप शम्शेर राणाका पुतला जलाए। ...... राणा शासन विरूद्धको सशस्त्र क्रान्तिका कमाण्डर, नेपालका प्रथम निर्वाचित प्रधान मन्त्री तथा निरंकुश निर्दलीय पचायति शासन विरूद्ध आजीवन लडने विशेश्वर प्रसाद कोइराला, निरंकुश निर्दलीय पचायति व्यवस्था विरोधी जनआन्दोलनका नायक ९कमाण्डर० तथा पूर्व मन्त्री गणेश मान सिंह र राणा शासन तथा निर्दलीय पंचायति शासन विरोधी जनआन्दोलनका अगुवा नेता र नेपाल कम्युनिष्ट पार्टीका प्रथम महासचिव एवं नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीका प्रतिमालाई पनि चकनाचूर बनाइयो। ..... नेपालका तत्कालीन राष्ट्रप्रमुख तथा प्रधानमन्त्री र नेपाली काँग्रेसका सभापति गिरिजा प्रसाद कोइराला, नेकपा९एमाले०का महासचिव माधव कुमार नेपाल, नेकपा९माओवादी०का अध्यक्ष पुष्प कमल दहाल९प्रचण्ड० र गृहमन्त्री कृष्ण प्रसाद सिटौलाका पुतला जलाए। ...... नेपालका आदिकवि भानुभक्त आचार्य, महाकवि लक्ष्मी प्रसाद देवकोटा र युगकवि सिद्धिचरण श्रेष्ठ एवं समाजसेवी भरत बहादुर श्रेष्ठ आदिका प्रतिमा तोडफोड गर्यो। नेकपा९माओवादी०, नेकपा९एमाले०, नेपाली काँग्रेसको कार्यालय जलायो। तराईका प्रायः सरकारी कार्यालयहरूको नामपटमा नेपाल सरकार लेखेको ठाउँमा नेपाल पोतेर ुमधेश सरकारु लेखे। यसरी २०६३को माघे मधेश महाविद्रोहले नेपाल र नेपाली मुक्त अर्थात स्वतन्त्र तराई९मधेश०को सन्देश दिए। ......

नेपाली काँग्रेस, नेकपा९एमाले०, नेकपा९माओवादी०का खेताला मधेशी नेताहरू

...... पहाडी परस्त छद्म भेषि मधेशवादी दलहरूका नेता र नेपाली काँग्रेस, नेकपा९एमाले०, नेकपा९माओवादी०का खेताला मधेशी नेताहरूको कारणहरूले नै आज तराई९मधेश०मा नेपाली सत्ता अडकीएको छ ।
मधेश आन्दोलनलाइ बेवास्ता गरे संविधानसभा नै छाडने काँग्रेसका मधेशी सभासदहरुको चेतावनी
नेपाली काँग्रेसका मधेशी र थारु सभासदहरुले मधेशको आन्दोलनलाइ पार्टी नेतृत्वले बेवास्ता गरे संविधानसभा नै छाडने चेतावनी दिएका छन् । कांग्रेसका मधेसी र थारू सभासद्हरूले भने अझै पनि आफूहरूले उठाउँदै आएको माग नयाँ संविधानमा समावेश नहुने र तराईमा जारी आन्दोलनको बेवास्ता गरे संविधानसभा नै छोड्ने चेतावनी दिएका हुन्। सोमबार दिउँसो कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भएको मधेसी र थारू सभासद्हरूको भेलामा बोल्ने अधिकांश काँग्रेसका मधेशी र थारु सभासद्हरूले पार्टीले वास्तै नगर्ने हो भने राजीनामा दिनुपर्ने धारणा राखेका थिए। ’संविधानसभाको प्रक्रिया अविलम्ब रोकी आन्दोलनरत समूहसँग वार्ता थाल्नुपर्ने भेलाको ठहर हो,’ काँग्रेस केन्द्रिय सदस्य एंव पूर्व सभासद् अजयकुमार चौरासियाले भने, ’सबैलाई बाहिर राखेर संवधिान जारी गर्ने हो भने त्यसको कुनै अर्थ हुँदैन, हामी यही कुरा पार्टी नेतृत्वसमक्ष राख्छौं।’

’मधेस र थारू आन्दोलनलाई सम्बोधन नगर्ने हो भने हामी सबै सभासद्को घर जल्छ, हिंसा बढ्छ’

, सभासद् डिल्ली चौधरीले भने, ’नेताहरूले मिलाउनुपर्छ, मिल्छ भन्दै आउनुभएको थियो तर तीन दलको साझा संशोधन परेपछि अब त्यो सम्भावना सकियो। मंगलबार नेताहरूसँग विस्तृत छलफल गरेर के गर्ने भन्ने निष्कर्षमा पुग्छौं।’ संविधानसभाको सबैभन्दा ठूलो दल कांग्रेसभित्र नयाँ संविधानको विधेयकमा पार्टीका तीन शीर्ष नेताबाहेक सबैजसो असन्तुष्ट देखिएका छन्।
थारु र मधेसीले मागेका जिल्ला नदिए विष्फोटक बारुद बन्नसक्ने चेतवानी दिए बाबुराम भट्टराईले
परासीदेखि कैलालीसम्म थारु समुदाय र २ नम्बरमा सुनसरी मोरङमा राखेर थारु मधेस आन्दोलनलाई सम्बोधन गर्न आग्रह गरेका छन् । ...... ‘अहिले विशेषत–तराई-मधेसमा थारु र मधेसी समुदायको आन्दोलन जुन ढंगले सल्कदै गैरहेकोछ त्यसलाई वेलैमा सम्वोधन गरिएन र यो वा उ वहानामा हेप्ने वा चेप्ने काम गरियो भने त्यो भोलि देशको अखण्डताकैनिम्ति जोखिमपूर्ण हुनसक्छ ।’ ..... ‘सुनसरी÷मोरंगका केही भाग २ नं प्रदेशमा राखेर मधेसी समुदायलाई सन्तुष्ट गर्न सकिन्छ भने त्यो देशको दीर्घकालीन हितमा हुनेछ ।’ उनले भनेका छन्– ‘अझै पनि समय बाँकी छ । वलप्रयोग हैन संवाद र सहमतिको बाटो खोजौं । नत्र भोलि धेरै ढिलो हुनसक्छ ।’
आखिर के चाहन्छन् मधेसी नेता ?
एक मधेस प्रदेश सम्भव छैन, अन्यमा वार्ता गरौं
राजनीतिक तथा कुटनीतिक चासो सम्बोधन गर्न काठमाडौंं आइपुगेका उपेन्द्र यादव र महन्थ ठाकुर पनि देखिने भनेर नदेखिने गतिविधिमै व्यस्त छन् । यता संविधानसभाले संविधान जारी गर्ने प्रक्रिया अघि बढाइरहेको छ, उता मधेस दिनदिनै अशान्त बनिरहेको छ । ...... मधेसका सोझा, अशिक्षित, गरिब र पछौटे जनतालाई त्यहाँका धनी, कुलीन र टाठाबाठा बर्गका नेताहरुले आन्दोलनमा उतारेका छन् । यत्तिकै आन्दोलन उठ्न असम्भव देखेपछि एकजना मारिएमा ५० लाख रकम दिने जिहादी प्रकारको घोषणासहित उनीहरुले आन्दोलन गरिरहेका छन् । तर, मधेसको आन्दोलन सफल भएमा त्यसले के उपलब्धि हासिल गर्नेछ ? यसमा नेतादेखि बुद्धिजीवीहरु अस्पष्ट छन् । ...... पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म दक्षिणी छिमेकीसँग सीमा जोडिएको सम्पूर्ण भू-भागको एउटै प्रदेश हुनै सक्दैन । ........ कुल जनसंख्याको ४८ प्रतिशत जनसंख्यालाई एउटा प्रदेश चाहिने, अनि बाँकी ५२ का लागि अनेक प्रदेश बनाउने कुरा सम्भव छैन । त्यही भएर मधेस आन्दोलन, आठ बुँदे सहमति वा अरु जेसुकै कुराको दुहाइ दिएर गरिए पनि मधेस एउटै प्रदेश सम्भव छैन । ....... पछिल्ला पाँच/सात वर्षको आँकडाहरुलाई मात्रै हेर्ने हो भने पनि सरकारी सेवामा मधेसी, जनजाति, महिला, दलित लगायतको पहुँच द्रुत गतिमा विस्तार भइरहेको छ । के मधेसका दलहरुलाई यो कुरा चित्त बुझेको छैन ? के यो उपलब्धि होइन ? ....... चार दलले पहिला छ र पछि सात प्रदेशको प्रस्ताव अघि सार्दा दुई नम्बरमा राखेको प्रदेशमा मधेसका जिल्ला मात्रै राखेका छन् । त्यसलाई लिएर उपेन्द्र यादवले जायज प्रश्न उठाए, जानकारी मन्दिरको भेटीले मात्रै प्रदेश चल्छ ? हो, चल्दैन । त्यही भएर प्राकृतिक स्रोत, साधन र विविधता मिलाएर प्रदेश बनाउनुपर्छ भनिएको हो । ....... समथर भूभागलाई मात्रै एउटै प्रदेशमा राख्ने हो भने भोलि जलविद्यृत् आयोजना कहाँबाट सञ्चालन गर्नुहुन्छ ? सिंचाईका लागि बाँध कहाँ बाँध्नुहुन्छ ? खनिज पदार्थको खोजी कसरी गर्नुहुन्छ ? दुईचारजना टाठाबाठालाई मन्त्री, मुख्यमन्त्री हुन रहर लागेकै आधारमा प्रदेश निर्माण गर्न सकिँदैन । ......

कांग्रेस, एमाले र एमाओवादीलाई आफूले जे गर्‍यो, त्यो सम्पूर्ण राष्ट्रको निर्णय हो भन्ने परेको छ । ...... सबै क्षेत्रका जनताका संवेदनशीलतालाई सम्बोधन गर्न तीन दल असफल भइरहेका छन् ।

अन्त्यमा, निर्णय गर्दा विचार नपुर्‍याउने र पछि निर्णय परिवर्तन गर्ने तीन दलको कार्यशैलीले आन्दोलनमा बल पुर्‍याइरहेको छ । निष्कर्षमा भन्नुपर्दा,

एक मधेस प्रदेश बाहेकका मधेसका जायज मागहरु वार्ताको टेबुलबाट समाधान गरिनुपर्छ ।



एमाओवादी-मधेस ‘कनेक्सन’ र प्रचण्डमाथि यक्ष प्रश्न
'कहाँनेर गर्नुहुन्छ प्रचण्डजी थारु र मधेसीको सम्बोधन ?'
ग्रामीण क्षेत्रमा राजनीति र समाजबीचको सम्बन्धमा माओवादी जनयुद्धले आमूल परिवर्तन ल्याएकै हो । ...... एमालेले जतिसुकै वर्गको कुरा गरे पनि ग्रामीण समाजको शक्ति समीकरणमा माओवादी जनयुद्धले जोडदाड धक्का दिएको थियो । असङ्ख्य दलितहरू गाउँ जनसरकार प्रमुख भएका थिए । ......

गाउँ देहातका मधेसी समाजमा कुनैबेला एउटा लाठी बोकेको पुलिसले दसजना मधेसीलाई सामान्य कसुर बापत बाँधेर लान्थ्यो ।

माओवादी जनयुद्धले त्यस्ता निमुखा देहाती मधेसीहरूलाई बन्दुक बोक्न मात्र सिकाएन, दिनदहाडै प्रहरी चौकीमाथि आक्रमण पनि गर्न सिकायो । ........ मानिसको आकार र पशुको प्रकारले जीवन ज्युन बाध्य गाउँ देहातका दलित, मधेसीहरूमा माओवादी जनयुद्धले आत्मविश्वास जगाएकै हो । ......

नेपाली राजनीतिमा ०४६ साल यता मधेसको मुद्दा उठाउने सदभावना पार्टी मात्र थियो, जसलाई नेपाली कांग्रेस र एमालेले पालैपालो हाँसोको पात्र बनाउँथे ।

..... १६ बुँदे सहमतिमा एमाओवादी नेताले ल्वात्तै मधेसी मोर्चालाई छोडिदियो । विजय गच्छदारलाई सत्ताको लोभ देखाएर मधेसी शक्तिको रूपमा स्थापित गर्ने योजना ल्याइयो । ...... ०५२ सालमा थालिएको जनयुद्धले पहाडी जिल्लाहरूमा राम्रो प्रभाव विस्तार गर्न सफल भएपछि ०५८/२०५९ सालतिर माओवादीहरूलाई मधेसमा प्रभाव विस्तारको हतारो थियो । यसैक्रममा विभिन्न मोर्चाहरू निर्माणसँगै मधेसी मुक्ति मोर्चा पनि गठन भयो । ........ मधेसका राजनैतिक समस्याहरूलाई उठाइदिने राष्ट्रियस्तरको पार्टीमा माओवादी पहिलो र प्रभावशाली पार्टी बन्यो । मधेसको समस्या मूलतः आन्तरिक औपनिवेशीकरणको समस्या रहेको, मधेसीमाथि जात, क्षेत्र, समुदाय, रङ्ग र भाषाको आधारमा विभेद भएको कुरा माओवादी जनयुद्धका आधिकारिक दस्तावेजहरूमा उल्लेख भएकै कारण मधेसमा माओवादीहरूको तिब्र गतिमा विस्तार भयो । ...... अन्तरिम संविधानमा सङ्घीयता उल्लेख नभएपछि भएको मधेस विद्रोहपछि मधेस राजनीतिमा फोरमको उदय भयो । फोरमसँग भएको २२ बुँदे सहमति लागु गर्न तीन ठूला दलहरू अनिच्छुक देखिएपछि ०६४ सालमा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)को जन्म भयो । ......... ०६४ सालको मधेस आन्दोलनले तीनै ठूला दलहरूसँग सङ्घीयताको मात्रै पुनःग्यारेन्टी गराएन, राजनीतिमा समानुपातिक प्रतिनिधित्व र राज्यमा समावेशीकरण हुने पनि किरिया खुवायो । त्यतिबेला ८ बुँदे सहमति भएपछि मात्र ०६४ सालमा संविधानसभाको निर्वाचन सम्भव भएको थियो ....... संविधान निर्माणको राजनीतिमा माओवादी र मधेसी दलहरू एउटै कित्तामा अडिरहे । ...... पहिलो संविधानसभामा सबै मधेसी दलहरूको केवल ८६ सीट थियो । हालको सभामा त्यो सिट घटेर ५० को हाराहारीमा पुगेको छ । कुल ६०१ को संविधानसभामा सङ्ख्यात्मक हिसाबले मधेसीहरूको सीट न त हिजो निर्णायक थियो, न त आज छ ....... सङ्घीयताको सीमाङ्कनबिना नै संविधान जारी गर्ने कुरामा प्रचण्डजीले हस्ताक्षर गर्नुभयो ।........

आज फेरि एमाओवादीले थारू र मधेसीको माग पूरा गराउन प्रयास गर्ने सुनिँदैछ । अब त संविधान घोषणा हुन मात्र बाँकी छ, अब कहाँनिर के गर्नुहुन्छ प्रचण्डजी थारु र मधेसीको मागको सम्बोधन ?

....... ६ प्रदेशलाई सच्चाउने नाममा सात प्रदेशको खाका ल्याइयो । त्यसपछि पश्चिम तराईमा थारुहरू हिंस्रक भए । प्रचण्ड र बाबुरामजीले भन्नुभयो, हामी थारूहरूको माग पुरा हुनुपर्ने पक्षमा छौँ । थारूहरूको संघर्षमा हाम्रो सहानुभुति छ । ...... धेरैलाई लागेको थियो, संशोधन प्रस्तावमार्फत् ७ प्रदेशको खाका अब ८ प्रदेश हुनेछ । प्रचण्ड र बाबुरामले नै साथ दिएपछि अब विजय गच्छदारको नक्कली र पश्चिमा थारूहरूको सक्कली चाहना कसो पूरा नहोला ? ...... तर एमाओवादीसहित तीन दलले संयुक्त संशोधनका प्रस्तावहरू दर्ता गराए । मिलन विन्दुका व्यापारी भनेर चिनिएका

विजय गच्छेदारको क्रन्दन पनि कसैले सुनेनन् ।

अनिच्छापूर्वक नै सही उनी पनि बाहिरिन बाध्य भए । ........

नेपाली कांग्रेस र एमालेले गच्छदारको नक्कली बहिर्गमनपछि पनि संविधान जारी गरिछाड्ने हुँकार दिए । प्रचण्डजीले फेरि भन्नुभयो, यसरी बन्ने संविधानको स्वामित्व हामी ग्रहण गछौर्ँ । र, आज फेरि एमाओवादीले थारू र मधेसीको माग पूरा गराउन प्रयास गर्ने सुनिँदैछ । अब त संविधान घोषणा हुन मात्र बाँकी छ, अब कहाँनिर के गर्नुहुन्छ प्रचण्डजी थारु र मधेसीको मागको सम्बोधन ?



मधेस आन्दोलन किन गंगा स्नान बन्दैछ ?
पच्चीस दिनदेखि मधेस बन्द छ । भारदहदेखि सुरु भएको हिंसाको दौड कैलाली पुगेर फर्कियो, भैरहवा हुँदै वीरगञ्ज पुगेर त्यो रोकिएको छ ......

यसबीचमा काठमाडाैंमा टिकापुर नरसंहारमा जति आँशु बगाइयो, डा. गोविन्द केसीको जीवन रक्षाको लागि जति कामना गरियो वा वीरगञ्जमा स्वर्गीय गिरिजाप्रसाद कोइरालाको सालिक भत्काएकोबारे जति चर्चा भयो, मधेस आन्दोलनमा मारिएका सहिदहरूको नाम पनि त्यतिपटक उच्चारण गरिएन ।

..... भारदहदेखि गौरसम्म, वीरगञ्जदेखि भैरहवा र कैलालीसम्म मानवअधिकारको घोर उल्लङ्घन भइराख्यो तर द्वन्द्वका देशी, विदेशी व्यापारीहरू काठमाडौंमा रमाइरहे । ...... मगंलबारदेखि अचानक मधेस आन्दोलनप्रति सहानुभुतिको ओइरो लाग्न थालेको छ । यी हरफहरू लेखिरहँदा काठमाडौंको अनलाइन पोर्टलहरूमा विजय गच्छेदारले संविधानसभाको प्रक्रिया छोडेको समाचार आयो । मधेसबाट प्रतिनिधित्व गर्ने सय बढी काँग्रेसी सभासदहरू बालुवाटार पुगेर आन्दोलनरत पक्षसँग वार्ता गर्नुपर्ने माग गरे । एमाओवादी वृतभित्र मधेसी र थारूहरूको हितमा कसरी लविङ गर्ने भन्ने योजना बन्दैछ ।

प्रचण्ड निवासमा मधेस विखण्डनतिर जान लागेको त्रासयुक्त चर्चा हुँदैछ ।

....... मधेसका २० जिल्लाको ११६ निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेस एक्लैले ५१ निर्वाचन क्षेत्रमा जितेको छ । एमालेले ३७ सिट जितेको छ । सबै मधेसी दलले केवल १२ सिट जितेका हुन् । सामानुपातिकतर्फ कांग्रेसले मधेसमा साढे दस लाखको हाराहारीमा मत पाएको थियो भने त्यसभन्दा एकलाख घटी एमालेले पाएको थियो । दर्जनबढी सबै मधेसी दलहरूको मत जोड्दा पनि नेपाली कांग्रेस जति पुग्दो रहेनछ । त्यसैले राजनीतिलाई केवल निर्वाचनको परिणाम र सिट सङ्ख्याको रूपमा हेर्ने, बुझ्ने र विश्लेषण गर्नेहरूका लागि मधेसमा आन्दोलनको सम्भावना नै थिएन । तर भयो ठीक उल्टो । ......... दस वर्षअघि २०६३ सालमा लहानबाट आन्दोलन उठेको थियो, सारालाई चकित तुल्याएको थियो । त्यो आन्दोलनले पश्चिम तराईलाई हल्का मात्र छोएको थियो, कैलाली कञ्चनपुरसम्म त पुग्नै सकेको थिएन । यसपालि पश्चिमको कैलालीबाट आन्दोलन उठ्यो, जो धेरैलाई विश्वासै नलाग्ने गरी हिंसाको अपवाद उदाहरण बन्न पुग्यो ।

आज पुरै तराई मधेस आन्दोलित छ । ठप्प छ ।

आखिर यस्तो किन भयो ? ....... आमरूपमा निर्वाचनलाई नेताहरूको कारोबारको रूपमा बुझिन्छ । कसलाई भोट दिने र कसलाई नदिने सवालमा मधेसी समाजले सम्बन्धित उम्मेदवार नेताको सत्ता र शक्तिसँगको सम्बन्धको आधारमा नापजोख गरेर छान्ने गर्छन् । ..... संविधानसभाको पहिलो निर्वाचन फरक परिवेशमा भएको थियो । राज्यको न्युन उपस्थिति, आन्दोलनको खास उत्कर्षको बेला उमङ्गका साथ मधेसी समाजले मधेसी दलहरूको पक्षमा मतदान गरेका थिए । ........ तर तिनको उमङ्गमा सबै पक्षबाट प्रहार भयो । मधेसी दलहरू विभाजित भए, नेताहरू सत्तारोहणमा मस्त भए, राज्यले आफ्नो उपस्थिति पुनस्र्थापित गर्‍यो, प्रहरी र प्रशासनले खोजी–खोजी अगुवा मधेसी कार्यकर्ताहरूलाई सशस्त्र समुहको सदस्यको आरोपमा सुट गरे । अनेकौंलाई अपहरण र लुटपाटको मुद्दामा फँसाइयो । फलत: अधिकांश मधेसी दलका कार्यकर्ताहरू आफ्नो पुरानै घर कांग्रेस र एमाले फर्के । दलहरूको विभाजनको कारण छँदैथियो, नतिजा मधेसीदलहरूको ‘बुरा हाल’ भयो । ........ २००७ सालमा प्रजातन्त्रको स्थापना भएदेखि नै मधेसी समाजले नेपालको राष्ट्रियता र नेपाली पहिचानमाथि प्रश्न उठाउँदै आएको हो । मधेसीहरूले भन्दै आएको छ, हामी फरक हौं । हामी पृथक हौं । हाम्रो पहिचान पृथक छ । ..... पञ्चायतकालभरी नेपाली राज्यले मधेसी पहिचानलाई समाप्त गर्ने र भारतीयको रूपमा चित्रण गर्ने काममा लागिरह्यो । दौरा, सुरुवाल, टोपी, नेपाली भाषालाई शिक्षाको माध्यम र रोजगारको उपाय बनाइयो । राजनीतिमा असमान प्रकारले सीट वितरण गरियो । सेना र पुलिसको भर्नामा अघोषित प्रतिबन्ध लगाइयो । मधेसका जिल्लाहरूमा प्रहरी, प्रशासनको कार्यशैली औपनिवेशिक प्रकारको बनाइयो । आज पनि मधेसीको पृथक पहिचानको कुरा गर्नेलाई पृथकतावादीको आरोप लाग्नेगर्छ । .........

आम मधेसीले अहिलेको आन्दोलनलाई अधिकार प्राप्तिको आन्दोलन बुझेका छन् । निर्वाचन नेताका लागि हुने हो तर आन्दोलनले सबैलाई अधिकार दिलाउने बुझाई छ ।

....... १६ बुँदे सहमतिको ‘लिडटेकर’ चार पार्टीका शिर्षस्थ नेताहरू भएपनि त्यसको ‘डिलमेकर’ तीन पार्टीका दोस्रो तहका नेताहरू थिए, जसमा एउटा पनि मधेसी, थारूलाई समावेश गरिएन । यसले कांग्रेस र एमाओवादीभित्रको मधेसी नेताहरूलाई बिच्कायो । .........

सङ्घीयता मधेसी समाजको मुटु भएकोले कुनै पनि दलका मधेसी नेता सङ्घीयतालाई थाती राख्ने प्रस्तावबाट खुशी थिएनन् । संविधानको प्रारम्भिक मस्यौदामा भएको नागरिकतासम्बन्धी प्रावधानले ग्रामीण तहको मधेसीलाई झक्झकायो र आन्दोलित तुल्यायो । ६ प्रदेशको खाकाले मधेसी समाजमा जो कोहीलाई पनि खेलमा झेल भएको महशुस गरायो । सात प्रदेशले थारूहरूमाथि घोर अन्याय भएको पूर्वदेखि पश्चिमसम्म तरंग पैदा गर्‍यो । आन्दोलनको क्रममा प्रहरीको क्रुर दमन, छाति र टाउकोमा ताकी–ताकी गोली हान्ने कार्यले आम मधेसी समाजलाई क्रोधित तुल्यायो, जसले आन्दोलनलाई नयाँ उचाई दियो ।

.......

आजको मधेस आन्दोलन गंगा स्नान जस्तो भएको छ ।



थारूको माग सम्बोधन गर ः नागरिक अगुवा
तराई मधेसका नागरिक तथा पहाडका आदिबासी जनजाति, दलित समुदायको असन्तुष्टी रहेको संविधानले समस्या समाधान भन्दा बल्झाउँछ उहाँहरूको सामुहिक सुझाव थियो । ......

पूर्व सभामुख दमननाथ ढुंगानाले ..... तराईका आदिबासी थारू, मधेसी, पहाडका जनजाति, दलित, मुश्लिम, पछाडि परेका वर्ग कसैको अधिकार यो संविधानले सुनिश्चित् गर्न गइरहेको छैन उहाँले भन्नुभयो । .... नेताहरूको चरित्र ०६२०६३ सालको पूर्व राजा ज्ञानेन्द्रकै जस्तै देखिदैछ .... राज्य निरंकुश बन्दैगए अन्तर्राष्ट्रिय सहयोग गुहार्न सकिन्छ

....... पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले बहुसंख्यक जनता असन्तुष्ट रहेका बेला जारी हुने नयाँ संविधानको अर्थ नरहने बताउनुभयो । ..... आन्दोलन त पहाडकाले मात्रै गरे कि क्या हो, उनीहरुको माग त सुनियो । तर तराईका थारुहरुले आन्दोलनै गरेनन् कि ? ...... मान्छे नमर्दासम्म माग सुनुवाई नगर्ने नेताहरूको चरित्र नै समस्याको जड भएको ..... प्राध्यापक डा. कृष्ण हाछेथुले राज्य बहुजातीय तर शासन एकल जातीय भएकै कारण समस्या उब्जिएको बताउनुभयो । नेपालमा दूरदृष्टि र व्यवस्थापकीय क्षमता भएको कुनै नेता नरहेको बताउँदै उहाँले दलका नेताहरूलाई पदाधिकारीको संज्ञा दिनुभयो । .....

अहिलेको नेताको नेतृत्व क्षमता, चरित्र र वौद्धिकता नभएकै कारण समस्या समाधानमा कठिनाई भइरहेको

..... वास्तवमा अखण्डको नारा सबैभन्दा पहिले प्रचण्डले अखण्ड चितवनको कुरा उठाउँदा नै जरो गाडियो । जुन संघीयताको विपरित थियो । ..... फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य लक्ष्मण थारूले अवको निकास पहाड नजोडिएको तराईमा ३ प्रदेश ..... थारू अराउण्ड वल्र्डका अध्यक्ष तथा थारू अगुवा महावीर चौधरी


तराई–मधेसको आन्दोलन देशकै अखण्डताका निम्ति जोखिमपूर्ण हुनसक्छ : डा. भट्टराई
‘एउटै झिल्कोले डढेलो लगाउन सक्छ भन्ने प्रसिद्ध लोकोक्ति छ, सानो वा कमजोर भनेर हेपियो भने त्यसको परिणाम भयंकर हुनसक्छ भन्ने त्यसको आशय हो ।’


कृष्णनगरमा मधेसी महिलाद्वारा झाडुसहित प्रदर्शन
मधेसका माग पूरा नगर्ने सत्ता साझेदार दलका नेताहरुलाई मधेसका जनताले कसिंगर बढारेर फाले जस्तै पाखा लगाउने सांकेतिक सन्देशसहित झाडुसहित प्रदर्शन गरिएको सभासद अभिषेकप्रताप साहले जानकारी दिए ।


जनकपुरमा झडप, मधेसी मोर्चाका जिल्लास्तरीय नेतासहित १४ जना घाइते

Tuesday, September 08, 2015

मधेसी जनजाति क्रांति २०१५ संघर्ष समिति को आवश्यकता

यो मधेसी क्रांति ३ होइन। यो मधेसी क्रांति ३ भएको भए देश दुई फ्याक् हुने। पाकिस्तान बंगलादेश हुने। तर यो मधेसी क्रांति ३ होइन। यो मधेसी जनजाति क्रांति २०१५ हो। यसलाई अब उत्सर्ग मा लानु पर्ने समय आउन लाग्यो।

उपेन्द्र यादव भन्दा बरु केपी ओली नै देशको प्रधान मंत्री भएको राम्रो भन्ने कुरा बोली ले नबोले पनि व्यवहार ले बोल्ने नेता का लागि यस क्रांति मा ठाउँ छैन। प्रचंड र विजय गद्दार को चरित्र चिन्न नसक्ने नेता का लागि यस क्रांति मा ठाउँ छैन। उपेन्द्र आफ्नो थर को बलमा संघीय गठबंधन को अध्यक्ष होइन। नेतृत्व को अंक गणित ले गर्दा उ अध्यक्ष हुने हो। संघीय गठबंधन को नेतृत्व को औपचारिक घोषणा नै हुनुपर्छ। त्यो स्पष्टता चाहिने हुन्छ।

जनता ले आहुति दिएको क्रांति मा नेता ले अनुशासन देखाउनै पर्छ।

यो संघीय गठबंधन ले शुरू गरेको क्रांति हो। नेतृत्व संघीय गठबंधन को हात मा छ। अहिले संघीय गठबंधन को सदस्यता ज्यूँ का त्यूँ राख्नु राम्रो हुन्छ। होइन भने कसलाई लिने कसलाई नलिने कुराले क्रांति मा confusion मात्र थपिन्छ। त्यस्तो घातक कुरा गर्नु हुँदैन। क्रांति ले गति लिनु भनेको बड़ो गार्हो काम हो। यस क्रांति लाई देशको अंतिम क्रांति बनाउनु पर्छ। आर्थिक क्रांति का आर्थिक मुद्दा बाहेक अरु सबै मुद्दा को छिनोफानो गर्ने मौका हो यो।

तर समेट्नु पर्ने अरु समुह पनि छन। बिभिन्न मधेसी जनजाति पार्टी र गठबंधन हरु अगाडि आएका छन। More the merrier. त्यस का लागि संघीय गठबंधन केंद्र मा रहने गरी एउटा बृहत्तर छाता संगठन बनाउनु जरुरी छ।

मधेसी जनजाति क्रांति २०१५ संघर्ष समिति को आवश्यकता देखियो। क्रांति ले अब सरकार ढाल्नु पर्छ। काँग्रेस पार्टी लाई ध्वस्त पार्नु पर्छ। संविधान जारी नै हुन नदिने। अनि काँग्रेस आफै ढल्यो। काठमाण्डु को १००% नाकाबंदी गरेर काठमाण्डु सम्म क्रांति पुर्याउनु पर्ने समय आयो।

संघीय गठबंधन लाई नेतृत्व को स्पष्टता चाहियो। संघीय गठबंधन लाई संगठनात्मक संरचना को स्पष्टता चाहियो। संघीय गठबंधन लाई राजनीतिक कार्यक्रम को स्पष्टता चाहियो।