Wednesday, September 09, 2015

पुर्व पश्चिम राजमार्ग पर हजार गाछी

पुर्व पश्चिम राजमार्ग पर हजार गाछी गिरा कर काठमाण्डु का १००% नाकाबंदी करो। शोसक सत्ताधारियों का कान खोल्ने का और कोइ तरिका है क्या?

जलेश्वरमा प्रहरीको गोलीबाट ३ आन्दोलनकारीको मृत्यु



भारदहमा प्रहरीको गोली लागी १ को मृत्यु, दिउँसो २ बजेदेखि कर्फ्यु
प्रहरी र प्रदर्शनकारीबीच झडप जारी
रुख ढालेर सडक अवरोध, झुम्कामा रोकिए ५ सय गाडी
यसैगरी कार्यालयले कोशी व्यारेजदेखि बलान खोलासम्म राजमार्गको पाँच सय मिटर दायाँबायाँ निषेधित क्षेत्र तोकिएको छ ।

मधेसी मोर्चा सम्बद्ध प्रदर्शनकारीहरु राजमार्ग केन्द्रित भएपछि मंगलबार राति प्रहरी स्कर्टिङमा समेत सवारीसाधन सञ्चालन हुन सकेन ।

...... सप्तरी अन्तर्गत पूर्व–पश्चिम राजमार्ग खण्डको विभिन्न स्थानमा रुख ढालेर अवरोध गरेपछि प्रहरी स्कर्टिङमा पनि सवारीसाधन सञ्चालन हुन नसकको हो । ..... २६ दिनदेखि बजार पसल बन्द गराए पनि मागबारे सुनवाई नभएको भन्दै सप्तरीमा प्रदर्शनकारीहरुले आन्दोलनलाई राजमार्ग केन्द्रित बनएका छन् । भारदहमा एक दर्जन रुखहरु ढालेर राजमार्ग अवरुद्ध बनाइएका छन् । मोटो मोटो रुखहरु बाटोमा ढालेपछि राति बाटो सुचारु गर्न सम्भव नभएको हो । .... यस्तै भारदह, कञ्चनपुर, कदमाहा तथा रुपनीमा

राजमार्गमै पाल टाँगेर प्रदर्शनकारी बसेका छन् । उनीहरुले प्रदर्शनस्थलमै खाना पकाउने, खाने व्यवस्था मिलाएका छन् ।

...... पूर्वबाट प्रहरी स्कर्टिङमा आएका ५ सय भन्दा बढी मालबाहक ट्रक तथा यात्रुबाहक बसलाई सुनसरीको झुम्कामै रोकिएको छ । यस्तै पश्चिमबाट प्रहरीले ल्याएको सवारीसाधन सिरहाको मिर्चैयामा रोकिएको छ । 'सवारीसाधन जसरी पनि सञ्चालनमा ल्याउनु भन्ने माथिको आदेशको छ' ....... यता मानव अधिकारका विभिन्न पक्षलाई ध्यानमा राखि जारि

आन्दोललाई काठमाडौं बस्नेहरुले अनदेखा गरेकाले राजधानीमा सबैखाले आपूर्ती ठप्प गर्नेगरि आन्दोलन थालिएको

फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्र साहले बताए । जसरीपनि राजमार्ग सुचारु हुन नदिने योजना रहेको उनले बताए । ..... 'प्रशासनले जसरी पनि गाडी सञ्चालनमा ल्याउने र प्रदर्शनकारीहरु जसरी पनि सञ्चालन गर्न नदिने भनि अडानबीच बुधबार सप्तरीमा ठूलो झडप हुने सम्भावना छ'


विराटनगरमा फेरि झडप, सभासद सहित २० घाइते
नेपाली कांग्रेसका थारु/मधेसी सभासदले संविधानसभामा 'फ्लोर क्रस' गर्ने
नेपाली कांग्रेसका थारु/मधेसी सभासदले संविधान सभामा 'फ्लोर क्रस' गर्ने भएका छन् । संविधानसभा भवनमा बुधबार मध्यान्ह बसेको थारु/मधेसी सभासदको बैठकले यस्तो निर्णय गरेको हो । ..... कांग्रेसका ५४ जना थारु/मधेसी सभासद मध्ये २२ जना उक्त निर्णयमा सहमत भइसकेका छन् । बाँकी सभासदलाई पनि मनाउने काम भइरहेको नेपाली कांग्रेसका सभासद सुरेन्द्र चौधरीले जानकारी दिए । ....

यसैबीच थारु/मधेसी सभासदको बैठक बसिरहेको बेला पार्टी सभासद सुशील कोइरालाले फोन गरेर बैठक नबस्न निर्देशन दिएको स्रोतले बताएको छ ।



तीन दलको बैठक संविधानसभामा बस्दै
संयुक्त राष्ट्रसंघलाई ‘हस्तक्षेप’ गर्न फोरमको आग्रह
फोरमका सह अध्यक्ष राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेको पत्रमा सरकारसमक्ष पुराना सहमति कार्यान्वयन गर्न, मारिएकालाई सहिद घोषणा गर्न माग गरिएको भन्दै तर सत्तारुढ पार्टीहरुले यी मागको सुनुवाई नगरी देशलाई गृहयुद्धतर्फ धकेल्न खोजेको दावी गरिएको छ ।
जनकपुरमा सरकारी कर्मचारीपनि सडकमा
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालेको अगुवाईमा बुधवार २५औ दिनपनि जनकपुर बाजार बन्द छ । लामो बन्दीले कारण यहाँको जनजीवन अस्तव्यस्त बनेको छ । ..... मधेस अधिकार आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै बुधवार पेशाकर्मीहरुको संयुक्त संजालले शान्तिपूर्ण जुलुस प्रदर्शन गरेको थियो । रामानन्द चौकबाट सुरु भएको जुलुस नगर परिक्रमा गरी जनकचौकमा कोणसभामा परिणत भएको थियो । जुलुसमा सरकारी कार्यालयका कर्मचारीहरुको सहभागिता उल्लेख्य थियो । .....

चौक चौकमा टायर बालिएको थियो



श्रीपेच बिनाका राजाहरुले जारी गरेको संविधान मान्दैनौ: थारु नेता लेखी
थारु आन्दोलनका अगुवा राजकुमार लेखीले श्रीपेच बिनाका राजा बनेका प्रधानमन्त्री सुशील कोइराला, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओली ..... आदिवासी जनजाति महासंघका केन्द्रीय सदस्य समेत रहेका लेखीले बुधबार रौतहटको चन्द्रनिगाहपुरमा थारु कल्याणकारीणी सभाले आयोजना गरेको पत्रकार सम्मेलनमा भने, ‘आन्दोलन रोक्न सेना परिचालन गर्ने बाहनामा देश अब सैनिकीकरण हुँदैछ ।’ ......

थारु, आदिवासी, जनजाति, मधेसी, दलितलगायत ७० प्रतिशत जनतालाई किनारा लगाएर र संविधानसभालाई आफ्नै पेवा जस्तै ठानेर जारी गरेको संविधान १ घन्टा पनि नटिक्ने उनले दाबी गरे ।

...... लेखीले कोइराला, ओली र दाहालले संविधानसभालाई आफ्नो निर्णय लादेर आदिवासी, जनजाति, मधेसी, थारु, दलितसहितलाई अधिकारबाट बञ्चित गराएको बताए । ..... सम्मेलनमा निकै नै अक्रोसित बनेका लेखीले टिकापुर घट्ना कांग्रेसका शेरबहादुर देउवा र एमालेका भीम रावलको इशारामा भएको आरोप लगाए । .... ‘आन्दोलन रहर नभई बाध्यता हो ।’ ..... चिया र बिस्कुट खान र कोइरालको मुख हेर्न किन वालुवाटर जानु ?


संविधान, आन्दोलन र सहमति
नेताहरू चाहे ती अहिले सिंहदरबारमा रहेका हुन् वा सडकमा, सबैको ध्येय सरकार र सत्ता भएकोले नै देश अहिले समस्याको भुमरीमा नराम्रोसँग फँसेको हो । ..... लोकतान्त्रिक बहुमतले राजतन्त्रात्मक व्यवस्थामा जस्तो राजाको हुकुममा मर्दलाई जनाना र जनानालाई मर्द बनाउन सक्दैन । बहुमत लोकतन्त्रको शक्ति पक्कै हो । तर त्यसले अल्पमत र विधिका संरचनात्मक व्यवस्थाहरूलाई वाद गरेर एकोहोरो ढंगले समाजलाई डोर्‍याउन सक्दैन । ..... लोकतान्त्रिक मान्यतामा बाँधिएको भनिने नेपाली कांग्रेस र साम्यवादी आचारमा ढालिएको दाबी गर्ने एमाले परस्पर विरोधी र प्रतिस्पर्धी पार्टी हुन् । संविधानसभाको पहिलो निर्वाचनमा सबभन्दा ठूलो पार्टीका रूपमा देखिएको एकीकृत माओवादी पार्टीलाई किनारामा राख्ने स्वार्थका आधारमा मात्र ती एउटै गठबन्धनमा जोडिएका हुन् । ..... लोभ–लालच, घृणा–अहंकार, प्रतिशोध र अस्वस्थ आन्तरिक प्रतिस्पर्धाका कारण आफ्नो सम्पूर्ण साख गुमाएको एकीकृत माओवादी पार्टी ......

चातुर्यलाई नै शक्तिको आधार मान्ने पार्टीका उपाध्यक्ष

को आँखा सत्ताबाट हटेको छैन । उनी अझै सत्तामाथि छड्के आँखा लगाएर च्याँखे दाउ थाप्दैछन् । पार्टीको त अंगभंग नै भइसकेको छ । ....

नेताहरू आफैं बसेको रुखको हाँगा काट्ने कालिदासजस्ता देखिएका छन् ।

....... त्यसरी बहुमतको कदर गर्दा देशमाथि उनीहरूको सार्वभौम अधिकार अविच्छिन्न रहन्छ कि रहँदैन ? .... तीन दल बीचको सम्झौताले संविधानको रूप लिएपछि तीन दल बाहिर रहेका नागरिकको सुरक्षा कसले गर्छ ? .... संविधानले सम्पूर्ण नागरिकबाट पाउनुपर्ने अपनत्वको भाव कहाँबाट आउँछ ? यस्तो खण्डित दस्तावेजले जनताका आकांक्षाहरूको पोषण कसरी गर्न सक्छ ? ....

प्रत्यक्ष चुनाव पद्धतिमा समानुपातिक चुनावको पुच्छर गाँसिदिने बित्तिकै समाज समावेशी हुँदैन ।

...... नेपालका दलका नेताहरूमा सत्ता स्वार्थबाहेक अन्य कुनै स्वार्थ देखिएको छैन ... पद्धति निर्माणमा चासो पनि देखिँदैन ... सबैलाई मिलाएर हिँडाउने स्वभाव त कसैमा पनि देखिएन । कांग्रेसदेखि माओवादीसम्मका नेताहरूलाई जनताले भारततिर झुकेको भनेर चिन्ने गरेका छन् । ......

सबैभन्दा खटकिने विषय, संविधान निर्माणमा नेताहरूले भारतीय संविधानसभाले कसरी सबैलाई स्वीकार्य संविधान बनाएको थियो भन्ने अध्ययन नै गरेका छैनन् ।

...... त्यतिबेला भारतका पहिला प्रधानमन्त्री जवाहरलाल नेहरूको नेतृत्वमा अन्तरिम सरकार निर्माणको तयारी भैरहेको थियो । महात्मा गान्धी डा. भीमराव अम्बेडकरलाई सरकारमा सामेल गर्न चाहन्थे । नेहरू त्यसका विरुद्ध थिए । एक त अम्बेडकर कंग्रेसका सदस्य थिएनन्, दोस्रो उनी गान्धी र कंग्रेसका कटु आलोचक थिए । उनी गान्धीलाई भारतीय राजनीतिका सबभन्दा बेइमान राजनीतिज्ञ भन्थे । ........ उनको आग्रहपछि अम्बेडकर अन्तरिम सरकारका कानुनमन्त्री बने र भारतीय संविधानसभाका अध्यक्ष भए । भारतको संविधान उनैको देन मानिन्छ । ...... भारतीय समाज हाम्रो समाजभन्दा भाषा, संस्कृति र आकारमा कैयौं गुणा ठूलो र सोचेभन्दा बढी नै जटिल समाज हो । त्यस्तो समाजमा समेत एकताको सूत्र भेटिन सक्छ भन्ने हामीकहाँ नभेटिने त कुरै आउँदैन । तर

हाम्रा राजनीतिक नेताहरूले लोकतन्त्रलाई पनि एकाधिकारवादी राजतन्त्रको आँखाले नै हेरे ।

....... नेपाली राजनीतिको आजको परिवेशलाई हेर्दा गान्धीसँग जोडिएको होस् वा माक्र्ससँग, आदर्शवादको चुरो कतै भेटिँदैन । लडेर, लडाएर, झगडा गरेर, षडयन्त्र गरेर– जसरी भए पनि सत्ताको शीर्षस्थानमा पुग्नु नै राजनीतिक नेतृत्वको एकमात्र अम्मल भएको छ । ..... नेताहरू चाहे ती अहिले सिंहदरबारमा रहेका हुन् वा सडकमा, सबैको ध्येय सरकार र सत्ता .... संघीय राज्यको सीमांकनसँगै देशभर सुरु भएका दुर्घटनाका सिलसिलाहरू अहिलेसम्म जारी रहेका छन् । मानिसको ज्यानको कुनै मूल्य छैन । देश बन्द छ । ...... आन्दोलनमा सक्रिय जनताका विरुद्ध राज्य प्रतिशोधको शैलीमा उत्रिएको छ । तैपनि संविधानसभाका सदस्य र नेताहरू संविधान बनेपछि सबै कुरा शान्त हुने र देश यथास्थितिमा फर्किने हल्ला गर्न व्यस्त छन् । त्यो कुन यथास्थिति हो ? .... यता राजनीति प्रक्रियामा अलमलिएको छ, उता भुइँचालोपछिको पुनर्निर्माण ओझेलमा परेको छ । भुइँचालो पीडित जनता असहाय भावमा यस पटकको दसैं खुला आकाशमुनि मनाउने तयारीमा लागेका छन् । ........ राहत वितरणको तीन महिना बितेको छैन, राहतमा भएका भ्रष्टाचारका दुर्गन्धहरू फैलिन थालिसकेका छन् । भ्रष्ट र स्वार्थीहरूको घेरामा परेको सरकार अकर्मण्य सावित भैसकेको छ । माथेमा आयोगको सिफारिसदेखि डा.गोविन्द केसीको अनशनसम्म सरकार कतै पनि भरपर्दो सावित हुनसकेको छैन ।
दाहालको सुत्र– अहिले सहमति, पछि कार्यान्वयन
सुशीललाई भने– कम्तिमा गच्छदार हामीसँग हुनुपर्छ
आन्दोलनकारीसँग तत्काल वार्ता गर्ने र उनीहरुलाई एउटा सहमतिमा ल्याएर संविधान जारी गर्ने बेला अर्को आन्दोलन नहुने वातावरण बनाउने
धोखाधडीको अन्तिम किस्ता
२०३६ सालको विद्यार्थी आन्दोलनको राप र तापमा परेर हतारमा जनमत संग्रहको घोषणा गर्न पुगेका तत्कालीन राजा वीरेन्द्रलाई दरबारिया शक्तिलाई धोका दिएको बात लगाइएको हल्ला ब्यापक फैलिएको थियो । ...... जनमतमा पञ्चायतलाई जिताएर दरबारको राजनीतिक बर्चस्व पुन: कायम गरी बिग्रेको ‘कोर्स करेक्सन’ गर्न आफूलाई मन नपर्दा—नपर्दै पनि सूर्यबहादुर थापालाई उनले अघि सारे । राज्यको भरमग्दुर दुरुपयोग तथा राष्ट्रिय लुटमार्फत पञ्चायतलाई जिताए पनि थापालाई त्यस उपलब्धिको जश दिइएन । ...... घोर अपमान गर्दै अविश्वासमार्फत हटाइएका थापाले ‘भूमिगत गिरोहले आफूलाई हटाएको’ भन्नेसम्मको ‘स्टेटमेन्ट’ जारी गरेर जेल चलान हुनबाट आफूलाई बचाए । बहुदलको पुन:स्थापनापछि कांग्रेसमा संगठनात्मक पकड भएका गिरिजाप्रसाद कोइरालाले तत्कालीन अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराउन भूमिका निर्वाह गरेको कुरा कांग्रेस इतिहासमा दर्ज भएकै कुरा हो । ...... सर्वोच्च नेता गणेशमान सिंह पार्टीबाट अलग हुनुको मूल कारण खानदानी बर्चस्व कायमको झगडा रहेको कुरा कतै लुकेन । कांग्रेस राजनीतिमा गिरिजाप्रसाद कोइरालालाई समेत माथ दिनेहरू निस्किए । तर यी सिद्धान्तहीन व्यक्तिगत धोखाधडीका कुरा थिए । ...... तर

खुंखार पूर्व–कांग्रेसी, नव–सम्भ्रान्त तथा पद र प्रतिष्ठाका लागि जुनसुकै बेला परिवर्तन हुन सिपालु भनेर चिनिएका गच्छदार राजनीतिक धोखाधडीका मामिलामा आफैं कीर्तिमानी ठानिन्छन् ।

...... जीवनको उत्तरार्धमा रहेका गिरिजाप्रसाद कोइराला (जसले गच्छदारको राजनीतिक क्यारिएर बनाउन ठूलो भूमिका खेलेका थिए) लाई माथ दिँदै पहिलो मधेस आन्दोलनको बेलामा उपेन्द्र यादवको मधेसी जनअधिकार फोरममा उनी हामफालेका थिए । ...... फोरम गठनको वर्षदिन नपुग्दै प्रचण्ड हटाउ गठबन्धन अभियानमा लागेर यादवलाई तीनचित खुवाउँदै उनले आफ्नै नेतृत्वमा फोरम–लोकतान्त्रिक खडा गरे । दोस्रो संविधानसभापछि मधेसी मोर्चाको संयोजकको भूमिकामा थिए । ......

एमाओवादी–मधेसी सम्मिलित ३० दलीय मोर्चाबाट प्रचण्ड र गच्छदार रातारात अलग्गिएर कांग्रेस एमालेको सरकारी क्याम्पमा जोडिन पुगे ।

...... सबै हिसाबले कुलिन वर्गको नेतृत्वमा रहेका तीन राष्ट्रिय पार्टीसँग दुई तिहाइभन्दा बढी सभासद छन् भन्ने दाबी छ । .... त्यही भएर कुलिन सम्भ्रान्त वर्गसँग सहकार्य गर्दै कुलिन बन्ने लोभमा गच्छदार केही दिन अघिसम्म आफ्नो कुलबन्धुलाई धोका दिने वा नदिने ठूलो दोधारमा थिए । ..... ८ प्रदेशबाट ६ मा झर्दा उनी झस्किए । ६ बाट ७ मा उक्लँदा ‘हर्टफेल्ट’ सकस उत्पन्न भयो । यद्यपि उनको मानका खातिर तीन ठूला दल ७ बाट ८ मा उक्लिएलान् र ‘थारू प्रदेश’ गर्लान् भन्ने आशामा रहेका उल्टै तिनले बज्रपात गरिदिए । कांग्रेस, एमाले र अन्तमा माओवादीले समेत सजातीय राजनीतिमा ओर्लिएको यो अवस्थामा ४ दशक लामो राजनीति गरेका झन्डै एक दशक जेल भोगेका गच्छदारलाई यो तत्त्वबोध भने ढिला गरी प्राप्त भयो । ..... आफ्नो राजनीतिक अस्तित्व नै धरापमा परेपछि नवसामन्तको मुखौटा फ्यालेर सडकमा ओर्लिएका त छन्, तर सडकले पत्याउँछन्/पत्याउन्नन्, थाहा छैन .......

आजका तीन पार्टीका शीर्षनेताहरू तिनका दायाँ—बायाँ उभिएका केही अगुवाहरूकै अगुवाइमा त्यो हैकम तोड्ने भनेर आन्दोलन र युद्ध भएका थिए । तर सत्तामा पुगेपछि पुरानै उत्पादन सम्बन्धलाई जगेर्ना गर्न अघि सरेको देखिन्छ ।

...... सम्भवत: आशाहरूमा बज्रपात गरिएको यो राजनीतिक बेइमानीको ठूलो किस्ता हो । भविष्यका आन्दोलनकारी–क्रान्तिकारीहरूले यही किस्तालाई राजनीतिक बेइमानीको अन्तिम किस्ताका रूपमा बुझेर अगाडि बढे राम्रो हुने थियो ।
‘विद्रोहको अवस्था आउन दिनुहुँदैन’
२ करोड ६४ लाख जनसंख्यामध्ये १ करोड ३५ लाख तराई मधेसका जिल्लामा बस्छन्, त्यसकारण तराई मधेसमा उठेका आवाज र आन्दोलनलाई सम्बोधन नगरी सिमांकन गरिए गृहयुद्ध हुने खतरा मैले देखें । ....... हजारौंले रगत बगाएर ६५ वर्षदेखिको नेपालीको यो चाहना पूरा हुने अन्तिम विन्दुमा पुगेको छ । ..... असोज पहिलो वा दोस्रो साता संविधान आउँछ । सहमतिका लागि केही दिन यताउता ठूलो कुरा होइन । ..... ८ वर्षयता संबिधान बन्न नसक्नुको मूल विषय संघीयता, सीमांकन र प्रदेश संख्याकै हो । यसलाई जेठ २५ गते मुख्य चार दलबीच भएको महत्वपूर्ण १६ बुँदे सम्झौताले प्रष्टसँग टुंग्याएको थियो । सबै मिलाएर ८ प्रदेश बनाउने भन्ने टुंगो लागेको थियो । तर एकाएक ६ प्रदेशको कुरा ल्याइयो । मेरो असहमति यहीँबाट सुरु भयो । ६ प्रदेशले समाधान दिन सक्दैन भनेर मैले नोट अफ डिसेन्ट लेखेको थिएँ, तैपनि प्रक्रिया अघि बढ्यो । मैले पहिल्यै यसमा ठूलो विरोध हुन्छ भनेर ध्यानाकर्षण गराएको थिएँ । पश्चिमबाट विरोध सुरु भइहाल्यो । त्यसपछि ७ प्रदेशको कुरा आयो । कुन आधार र मापदण्डमा यो कुरा आयो भनेर मैले मुख्य दलका नेताहरुसँग प्रश्न गरें । यसले पनि समाधान दिंदैन भनेर बुझाउने कोसिस गरें । थारु, मधेसी, आदिवासी, जनजातिको माग सम्बोधन भएन भनें । ८ प्रदेशमै जाऔं भनेर मैले खाकासमेत दिएको थिएँ तर मुख्यल दलले बेवास्ता गरे । यसैको परिणाम हो आन्दोलन । ....... मुलुकको महत्वपूर्ण क्षेत्रमा रहेका थारु, मधेसीको आन्दोलनलाई बेवास्ता गरेर अघि बढ्नु हुँदैन भनेर मैले पटकपटक सम्झाएको हुँ । असन्तुष्टि बढै जाँदा अवस्था नियन्त्रणभन्दा बाहिर गएर मुलुक गृहयुद्धको अवस्थामा पुग्न सक्छ भनेर ध्यानाकर्षण गराएको हुँ । ....

अदूरदर्शी र अविवेकी निर्णय गर्दै ६ लाई ७ प्रदेश वनाएर अझै समस्या बल्झाइयो । मुख्य दलका नेताको स्वार्थ यसमा हाबी भयो ।

...... ८ प्रदेश, ६ र फेरि ७ हुँदै आउनुमा ठूला दलका नेताको स्वार्थ छ । केपी ओली, कृष्णप्रसाद सिटौलाको झापासँग जोडिएको स्वार्थ अनि शेरबहादुर देउवाजस्ता नेताको कैलाली, कन्चनपुरतिर अखण्ड भन्ने सोचका कारण प्रदेश सीमांकनको कुरा फेरबदल हुँदै आएको हो । यसमा एमाओवादी अध्यक्ष प्रचण्डको पनि सहमति देखियो । तर फेरि पनि मैले यो समाधान हुँदै होइन भनिरहें । ...... ८ प्रदेश । मधेसमा ३ र हिमाल पहाडमा ५ प्रदेश गर्नुपर्छ । यसो गरे संविधानसभामा रहेका ९० प्रतिशत दलको समर्थन हुन्छ । मधेस आन्दोलनका केही मुद्दा, थारु, आदिवासी जनजातिका पूरा गर्न सकिने जनि माग समेटेर संशोधन प्रस्ताव तयार पार्नुपर्छ । त्यसलाई परिमार्जन गरेपछि मात्र संविधान जारी गर्नुपर्छ । अहिले देखिएको समस्याको अचूक समाधान भनेकै यही हो । ...... हो, म पनि संशोधन प्रस्ताव राख्न सक्थें । तर तीन ठूला पार्टी मेरो प्रस्तावमा सकारात्मक रहेको संकेत पाएको छुइन । उनीहरुसँग विश्वास र भरोसा गर्ने अवस्था रहेन । आज (मंगलबार) देखि संविधानसभामा संविधान विधेयकमा छलफल प्रक्रिया सुरु हुँदैछ । यो प्रक्रियामा हामी छैनौं । यसको अर्थ सिंगो तराई मधेस क्षेत्र, थारु, मुस्लिम, आदिवासी जनजातिको असहमति छ भन्ने ठूला दलले बुझ्नुपर्छ । ...... मधेसका जिम्मेवार नेताहरुले मलाई बारम्बार फोन गरेर सँगै संघर्ष गरौं भनिरहेका छन् । यसबाट पनि मोर्चाको महत्व प्रष्ट हुन्छ । हो, केही नेता अत्यन्तै पूर्वाग्रही छन् मप्रति । मेरो उपस्थिति मात्रैले पनि आफ्नो अस्तित्व लोप हुन्छ भन्ने बुझेका केही नेताहरु आत्तिएका छन् । ...... मोर्चामा अरु साना दलहरु पनि आउन चाहेका छन् । दल र मोर्चाभित्र छलफल गरेर केही दिनभित्रै उनीहरुलाई समेट्ने योजना छ । हामी छुट्टै आन्दोलन गर्छौं । अवस्था हेरेर मात्र अहिले आन्दोलनरत मोर्चासँग एकता गर्ने नगर्ने निधो हुनेछ । ......

शान्तिपूर्ण आन्दोलन भइरहँदा २५ दिनमा २९ जनाले ज्यान गुमाएका छन् ।

...... विभिन्न जिल्ला युद्धभूमिजस्तो बनेका छन् । तर यसलाई सत्तापक्षले आन्दोलनै ठानेको छैन । त्यसैले सशक्त आन्दोलनको आवश्यकता छ । ...... असन्तुष्टि बढै जाँदा आन्दोलनले निरन्तरता पाउँछ । अवस्था बिग्रँदै जान्छ । अलग्गै देश बनाउने आन्दोलन सल्कन सक्छ । ..... तीनतिर फर्केर बसेका दलहरुलाई सहमतिमा ल्याउन भूमिका खेलेको भनेर प्रशंसा गरे ।

No comments: