Showing posts with label mahottari. Show all posts
Showing posts with label mahottari. Show all posts

Sunday, October 04, 2015

In The News (15)

नाकाबन्दी खुलेको भनिए पनि इन्धन आएन



भारतले नेपालमा के गुमायो ?
मनोविज्ञान भन्छ– कुनै कुराको वजन तपाईंले त्यसलाई कति धेरै समय दिमागका खेलाउनु हुन्छ त्यसमा निर्भर हुन्छ । हातमा लिएको पानीको गिलासले विस्तारै हात गलाउँदै लगेझैं कुराले पनि दिमागलाई गलाउँदै लैजान्छ । .... राजनीतिमा पनि यो फर्मुला लागु हुनसक्छ । तराई मधेसमा चलिरहेको आन्दोलन पनि कसैका लागि त्यस्तै वजन बढ्दै गएर भारी बनेको हुनसक्छ । .... नेपालको आन्तरिक राजनीतिमा क–कसको चासो छ त्यसको फेहरिस्त उतार्ने हो भने निकै लामो बन्ला । यी सबैका आ–आफ्ना स्वार्थ वा एजेन्डा भए पनि अन्तरिक्षबाट ग्रेट वाल देखिन्छ भनेजस्तो जताबाट हेर्दा पनि नेपालको राजनीतिमा टड्कारो रुपमा भारत देखिन्छ । .... ५० जना नागरिकले ज्यान गुमाउने गरी ५० दिनभन्दा बढी समयदेखि आन्दोलन चलिरहेको छ । .... भारतको अघोषित नाकाबन्दी र मधेसी दलको धर्नाका कारण यसबीच काठमाडौंका सामान्य जनले नसोचेको सास्ती भोग्नुपर्‍यो । .... विशेष दूतका कुरा नसुनी संविधान जारी गर्ने तीन दलका नेताहरुको निर्णयले राष्ट्रवादको माला पहिरियो । विशेष दूतको ‘प्रेसर’कै कारण मधेसी दलको आन्दोलनको तौल बाँडियो । जब, नाकाबन्दी प्रकरण सुरु भयो, ट्विटर र फेसबुकमा सबै एजेन्डा खुम्चिदै आएर एउटै एजेन्डा बन्यो– भारतको विरोध, ब्याक अफ इन्डिया ।.... नेपालको संविधानमा संशोधन होलान्,

संघीय सीमांकन आयोगलाई अधिकार थपिएला

र मधेस आन्दोलनले उपलब्धि प्राप्त गर्ला ।...... सुस्तादेखि कालपानीसम्मका घटनाले भारतीय अतिक्रमणका समाचार भनेका थिए । भूकम्पका बेला भारतीय टिभी च्यानलले प्रसारण गरेका समाचार हुन् वा ‘चाँदनी चोक टु चाइना’जस्ता हिन्दी फिल्मले बुद्धलाई आफ्नो भनि गरेका दाबी, नेपालीसँग भारतलाई मन नपराउने थुप्रै कारणहरु थिए । ..... नाकाबन्दीपछि यी सबै कारणहरु फिका भएका छन् । दिनभरि स्कुल पढेर साँझ बस र माइक्रोबसका छतमा भारत विरोधी नारा लगाउँदै घर फर्किएको दिन सम्झिएर विद्यार्थीको यो पुस्ताले भारतलाई आफ्ना कुरा नमान्दा ‘दादागिरी’ देखाउने छिमेकी मान्न सक्छ । ..... आइतबारसम्म आइपुग्दा केही हलमा हिन्दी फिल्म प्रदर्शनमै छैनन् .... यो सम्बन्धमा भावुकतावस नै सही, अर्को छिमेकी चीनले त्रिकोणको निर्माण गर्ने गरी प्रवेश पाएको छ । रक्सौल, रुपैडिया नाकाभन्दा बढी तातोपानी नाकाको चर्चा छ । केरुङदेखि मुस्ताङसम्मका चिनियाँ सीमाबारे चर्चा बढिरहेको छ । भारतका लागि यो पनि प्रिय कुरा होइन होला । .....

हिन्दी फिल्मका आलोचकहरुले आलोचनामा प्राय: एउटा कुरा सँधै भन्छन्– हिन्दी फिल्ममा मेलोड्रामा बढी हुन्छ, यसको टोन नै चर्को हुन्छ र राम्रै चलिरहेको कथा पनि कतै न कतै पुगेर फुस्किन्छ । ..... भारतको कुटनीति पनि करिब करिब हिन्दी फिल्म जस्तै भयो ।

यसमा मेलोड्रामा पनि छ, (विशेष दूत पठाउनेदेखि विदेश मन्त्रालयले दुई दिनमा तीन विज्ञप्ती निकाल्नु), यसको टोन लाउड पनि छ (नेपालका लागि पूर्व भारतीय राजदूत शिवशंकर मुखर्जीले टाइम्स अफ इन्डियामा नेपालमा भारतको ठूलो लगानी र ऋण भएकाले पनि नेपालले भारतको कुरा मान्नु पर्छ भन्ने आशयको लेख लेखे) र यो थाहै नपाई खुस्किन्छ ।
मधेसी मोर्चाद्वारा वार्ता टोली गठन, आन्दोलन भने निरन्तर
गच्छदार मोर्चासँग तीन दलीय वार्ता
सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्ण, तमलोपा महामन्त्री सर्वेन्द्रनाथ शुक्ल, समाजवादी फोरम उपाध्यक्ष लालबाबु राउत र तमसपा उपाध्यक्ष रामनरेश यादव रहेको वार्ता टोली ......

मोर्चाले तराईमा दुई प्रदेशको मुद्दालाई बटमलाइन बनाउने निधो गरेको छ

..... आन्दोलनका मृतकलाई १० लाख दिने भनिए पनि सहिद घोषणा नगरेको, कतिपय पीडितलाई अझै क्षतिपूर्ति नदिएको भन्दै मोर्चाले ध्यानाकर्षणसमेत गराएको ..... समानुपातिक समावेशी प्रतिनिधित्व तथा जनसंख्याको आधारमा निर्वाचन क्षेत्रका विषयमा मन्त्रिपरिषद्ले संविधान संशोधनको तयारीलाई मोर्चाले ‘सकारात्मक तर अविश्वसनीय’ ठहर गरेको .....

सीमांकन पुनरावलोकन नहुदासम्म आमहड्ताल र नाकाबन्दी जारी राख्ने निर्णय

..... चार घण्टा चलेको बैठकले विभिन्न मोर्चाहरुसग सहकार्य र कार्यगत एकता तीव्र पार्नेसमेत निर्णय गरेको छ । यसैगरी भैरहवा नाकामा आन्दोलन कमजोर भएको निष्कर्ष निकाल्दै मोर्चामा आबद्ध चारै दलका अध्यक्ष पुग्ने आन्तरिक निर्णय गरेका छन् । ..... सद्भावना अध्यक्ष महतोले नाकाबन्दी फिर्ता नहुने भन्दै ‘सरकारी आश्वासनमा नअल्मलिन’ अरु नेताहरुलाई आग्रह गरेका छन् ।

वीरगञ्जबाट टेलिफोनमा कुरा गर्दै

उनले मोर्चाको आन्दोलन अझै कस्दै लैजाने दाबी गरे । ........ अनिलकुमार झानेतृत्वको

संघीय मधेसी मोर्चा

ले सीमांकन नसच्चिदासम्म शान्तिपूर्ण संघर्ष जारी राख्ने ...... मोर्चाले मधेशमा आन्दोलनरत मोर्चा, दल, पक्षसग सहकार्य गर्न पाच सदस्यीय कार्यदल गठन गरेको छ । राष्ट्रसंघको ध्यानाकर्षण गराउन एकहप्ते हस्ताक्षर कार्यक्रमसमेत घोषणा गरिएको मोर्चा संयोजक अनिल झाले जानकारी दिए ।


भूमिगतकालमा पार्टीले मलाई मार्ने षडयन्त्र गरेको थियो : डा. बाबुराम भट्टराई
बाबुराम भट्टराईले माओवादीको

भूमिगतकालमा संविधानसभाको एजेण्डा पार्टीमा पारित गराउने प्रस्ताव गर्दा आफूलाई तत्कालीन पार्टी नेतृत्वले मार्ने सम्मको योजना बनाएको

र संघर्षकै कारण बाँच्न सफल भएको .......... पार्टी नेतृत्वले भूमिगतकालमा आफूलाई अनावश्यक लान्छाना लगाउँदै बन्दी बनाएको र बन्दी अवस्थामै सिध्याउने षडयन्त्र गरेको .....

नेपालमा नेकपा एमाओवादीको सान्दर्भिकता अब सकिएको बताउँदै उनले देश नयाँ युगमा प्रवेश गरेकाले नयाँ सोच सहित मुलुकलाई वैज्ञानिक नेतृत्व गर्न सक्ने नेता आवश्यक रहेको जनाए ।

...... ‘पार्टीमा हालीमुहाली गर्दै रहेका केही उच्च खराब नेतृत्वको कारण एमाओवादीलाई सुधार्न सकिँदैन र त्यसले परिणाममूखी राजनैतिक नेतृत्व पनि दिन सक्दैन भन्ने स्पष्ट ...... 'म भारतपरस्त व्यक्ति होइन । मलाई संविधान जारी हुँदै गर्दा ( मेरो एजेण्डाले अन्तिम रुप पाउँदै गर्दा ) भारत परस्त भनेर पार्टीका ठूला नेताले घोक हाले । म भारत परस्त हुँदै होइन । अरु उपाए थिएन उनीहरुसँग । अनि मेरो खोइरो खन्न थाले । हुँदाहुँदा त 'रअ'को कार्यकारी नै बाबुराम हो भन्ने सम्मका निकृष्ठ बचन पनि पोखे ।' ...... 'खराब मित्रहरु म सँग आउलान र मेरो नयाँ अभियान बिर्गालान भन्ने हेक्काकै कारण म एक्लै पार्टी छोडेको हुँ । एमाओवादीलाई अब यो भन्दा सुधार्न सक्दैसकिँदैन र नसुधरिने पार्टीमा बसेर जनतालाई देश र विषय वा चेतना साटने संघर्ष गर्ने अवस्था नै थिएन । त्यसैले बाहिर विभिन्न दलमा रहेका वा स्वतन्त्र रहेका साथीहरुसँग सल्लाह छलफल गरौं र निचोडमा पुगौला भन्ने चाहना र उद्देश्य मेरो हो
भद्र सहमति पालना नभए एमाले प्रतिपक्षमा : मन्त्री पण्डित
तीन दलीय टोली र गच्छदार मोर्चाबीचको वार्ता सकारात्मक
महाेत्तरीमा बन्द प्रभावितलाई राहत वितरण
मधसी मोर्चाले गरेको मधेस बन्दबाट प्रभावित अति विपन्न परिवारलाई जलेश्वरका युवाहरूले निशुल्क खाद्यान्न वितरण सुरु गरेका छन् । मधेस बन्दका कारण दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने मजदुर परिवारको रोजीरोटीमा समेत असर परेकोले उनीहरुको साँझबिहानको गर्जो टार्न सजिलो होस् भनेर स्थानिय युवाको सक्रियतामा आइतबारदेखि जलेश्वरमा राहत वितरण गर्न थालिएको हो । ..... राहत संकलन र वितरण प्रक्रियालाई प्रभाविकारी बनाउन जलेश्वर–४ का युवा शिवचन्द्र चौधरीको संयोजकत्वमा १३ सदसिय समिति गठन गरिएको छ । समितिमा यो समाचार संकलन गर्दासम्म विभिन्न दाताबाट ९ क्विन्टर ५० केजी चामल र ३२ हजार ३ सय ५० रुपैयाँ संकलन भएको थियो । ..... समितिले प्रति परिवार साढे २ केजी चामल, एक पाउ दाल र १ केजी आलु वितरण गरेको हो । साधन र श्रोतले भ्याएसम्म राहत संकलन तथा वितरण शिविरमा आएका हरेका परिवारलाई उपलब्य गराउने संयोजक चौधरीले जनाए ।

Nepalese communists are most conservative elements of Nepal.They work against basic fundamentals of Marxism-Leninism.Kambal odher ghiu piuchhan.

Posted by Hridayesh Tripathi on Saturday, October 3, 2015

केपी महोदयले बनेपामा भन्नु भयो : "आन्दोलनरत मधेसी मोर्चाले हुलाकी राजमार्गमा बिहीबार गरेको मानवसाङ्लो होइन, माखेसाङ्लो हो।"हैन, केपी जी लाई के भएको हो ? यही हो नयाँ पृथ्वी नारायण शाह ?

Posted by Jay Prakash Gupta on Saturday, October 3, 2015

ओली जी ! हुलाकी लोकमार्ग को मानव सांड्ग्लो लाई व्यंग्यात्मक रुप मा ली यथाभावी हलुको ढ़ंग ले टिप्पणी के एमाले र तपाई ल...

Posted by Vijay Kumar Singh on Saturday, October 3, 2015

Dear MEA and RAW agents, can u check ur IQ and English? China is NOT a Card for Nepal. Its our Neighbor. More respectful than India.

Posted by Dinesh Prasain on Sunday, October 4, 2015

What is amusing is that people don't understand that by giving Madhesi region equal rights, its not taking away rights...

Posted by Khushbu Dhoti Mishra on Sunday, October 4, 2015

Just got off the phone with my family. Janakpur has been banda for over 50 days now. Price of basic goods have hiked up....

Posted by Khushbu Dhoti Mishra on Sunday, October 4, 2015

तराई मधेश राष्ट्रीय अभियान र मधेस बचाऊँ आन्दोलनको संयुक्त आयोजनामा आज बिराटनगरको महाबीर चौकमा बिशाल बिरोध सभाको आयोजन ।

Posted by Jay Prakash Gupta on Sunday, October 4, 2015

हार्दिक श्रद्धांजलि ......आज आन्दोलनको ५० औं दिन पुरा भएकोमा शहिदहरू प्रती बिरगंजमा श्रद्धांजलि दिंदै सदभावना पार्टी का राष्ट्रीय अध्यक्ष श्री राजेन्द्र महतो

Posted by सदभावना पार्टी on Sunday, October 4, 2015

Retweeted Prateek Pradhan (@prateekpradhan):दुवैतिर छिमेकी, दुवैतिर बाटा । अब एउटाले जतिखेर पनि दङ्गयाउँछ भने अर्कोसंग बाटो माग्न पनि डराउनु ? अंग्रेजको शासनभन्दा चर्को भो बा ।

Posted by Dinesh Prasain on Sunday, October 4, 2015

It's Great..We all Madheshi have to do this type of campaign for inform the world about the situation of Madhesh, Nepal

Posted by C.k. Sah on Sunday, October 4, 2015

गुप्ताले भने "कुनैपनि सभ्य पर्वते दाजुभाई मधेसले भोग्ने विभेदमा कसरी खुशी हुनसक्छ ? मधेसीले अधिकार र सम्मान पाउँदा कुनै ...

Posted by Jay Prakash Gupta on Sunday, October 4, 2015

२) आरक्षणमा मधेसीजसरी मधेस सबै एउटै हो भनिन्छ, वास्तविकता त्यो होइन । सरकार मधेसको नाममा दिइने एकमुष्ट आरक्षण बन्द गर र...

Posted by Simón Dhungana on Sunday, October 4, 2015

वर्तमान सत्तामा रहेकाहरूले लालच नदेखाउने र जोखिम मोल्न सक्ने हो भने आन्दोलनरत मधेसी र थारू नेताहरूलाई सरकारको नेतृत्व गर...

Posted by Deepak K Khadka on Saturday, October 3, 2015

Wednesday, September 09, 2015

प्रदर्शनकारी को टाउको ताकी ताकी गोली हान्नु अन्तर्राष्ट्रिय कानुन को खिलाफ हो



प्रदर्शनकारी को टाउको ताकी ताकी गोली हान्नु अन्तर्राष्ट्रिय कानुन को खिलाफ हो



मधेशमा राजमार्ग कब्जा गर्न गाउँगाउँबाट जनता आउने



अल जजिरा Aljazeera च्यनल ले मदेश को घटनासुन्यो तर नेपाली बामपन्थी गुलाम मिडिया ले सुनेनाभिडियो क्लिप्स ।।
Posted by Bir Chaudhary Tharu on Tuesday, September 8, 2015







In The News (39)

संघीयता किन?
पूर्वाञ्चलका प्रमुख ठाउँहरूमा पनि क्रान्तिको आगो सल्किएको थियो
को हो साम्प्रदायिक?



आन्दोलनको समर्थनमा विद्यार्थीहरु सडकमै बसेर पढ्द



अध्यक्ष महतोको राजनीतिक सन्यास्
२३, २४ र २५ गते पूर्णरुपले पुर्व मेची देखी पश्चिम् महाकाली सम्म बन्द गर्नेछ ।
सिरहामा गच्छदारका केन्द्रीय सदस्यको घरअगाडि बम विस्फोट, नगरबासीको भागाभाग
फोरम लोकतान्त्रिले भने, उपेन्द्र, राजेन्द्र र महन्थ ठाकूर नेतृत्वको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बम विस्फोट गराएको आंशका गरेको छ ।


थारु विरोधी नेताहरु देउवा, रावल र भट्टको पर्चा बाँडियो
तीन नेताहरु अति कमजोर र डराएका छन् : प्रध्यापक हाछेथु
राज्य बहुजातीय तर शासन एकल जातीय भएकै कारण समस्या उब्जिएको बता। नेपालमा दूरदृष्टि र व्यवस्थापकीय क्षमता भएको कुनै नेता नरहेको बताउँदै उनले दलका नेताहरूलाई पदाधिकारीको संज्ञा दिए। उनले तीन नेताहरु अति कमजोर र डराएको बताए। बाहिरबाट आफूलाई जति शक्तिशाली ठाने पनि तीन नेताहरुको कमजोरी पहिल्याएर आफ्नो माग पूरा गराउनुपर्ने उनले जोड दिए।
मध्यस्थकर्ताको भूमिकामा प्रचण्ड र बाबुरामको दौडधूप
केपी ओली र महन्थ ठाकुरलाई भेटेर वार्ताका बस्न दबाव
कांग्रेस र एमालेले गर्ने हरेक निर्णयमा साथ दिँदै आएका एमाओवादी अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता डा. बाबुराम भट्टराईको भूमिका मंगलबारदेखि एकाएक बदलिएको छ । .... सत्तापक्षको सहयोगीजस्तै देखिँदै आएका प्रचण्ड र बाबुराम मंगलबारदेखि सत्तापक्ष र आन्दोलनकारीवीच मध्यस्थकर्ताको भूमिकामा उभिएका छन् । ...... थारु र मधेसीका मागलाई सम्बोधन नगरी जारी हुने संविधान टिक्न नसक्ने निश्कर्षमा पुगेका एमाओवादी नेताहरु मंगलबारदेखि सरकार र आन्दोलनकारी पक्षबीच वार्ता गराउन मध्यस्थकर्ताको भूमिकामा उभिएका छन् । यद्यपि उनीहरुको वार्ता गराउने लविङप्रति

सत्तारुढ दलहरुले खासै रुची देखाएका छैनन् ।

....... एमाओवादीका एक नेताले सत्तारुढ दलहरु थारु र मधेसीका जायज माग सम्बोधनका लागि त्यति संवेदनशील नदेखिएको प्रतिक्रिया दिएका छन् ।


सप्तरीमा १४ कार्यकर्ताले कांग्रेस छाडे
काँग्रेसका क्रियाशिल सदस्य एवं नेपाल प्राद्यापक संघका पूर्व केन्दि्रय उपाध्यक्ष अमरकान्त झासहितका १४ जना क्रियाशिल सदस्यहरुले काँग्रेस परित्याग गरेका हुन् । उनीहरुले जारी रहेको मधेसी मोर्चाको आन्दोलनमा ऐक्यबद्धतासमेत जनाएका छन् । .....

'वर्षौदेखि विभेदको शिकार हुँदै आएका मधेसी समुदायलाई गणतन्त्रमा पनि संविधान मार्फत विभेद कायमै राखिएको छ, हामीले पार्टीभित्र विभेद हटाउन धेरै प्रयास गर्यौं, तर सफल हुन नसकेर आज पार्टी नै परित्याग गर्नुपरेको छ'



वीरगञ्जमा आन्दोलनकारीले डिजेल ट्याङ्करमा आगो लगाए
खेताला मधेशी नेताहरूको कारणहरूले नै आज तराई(मधेश)मा नेपाली सत्ता अडकीएको छ : जयकृष्ण गोइत (निजी विचार)
पचास भन्दा बढी वीर मधेशी सपुतहरू जीवनको आहुति दिएर, सयौं जना घाईते भएर पनि तराई९मधेश०मा स्थापित नेपाली शहीदहरू दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ र राणा शासन विरूद्धको सशस्त्र क्रान्तिमा शहादत प्राप्त गर्ने कमाण्डर थीरबम मल्लका प्रतिमाहरूलाई तोडियो। ..... नेपालका राजा त्रिभूवन, राजा महेन्द्र, राजा वीरेन्द्रका तराईमा ठडिएका सालिकहरूलाई ढालिए।तत्कालीन निलम्बित राजा ज्ञानेन्द्र र तराईमा सेना परिचालित हुनसक्ने अभिव्यक्तिको साथै मातहतमा रहेका फौजलाई उच्च तयारीमा रहन निर्देशन दिईने नेपाली सेनाका सहायकरथी दिलीप शम्शेर राणाका पुतला जलाए। ...... राणा शासन विरूद्धको सशस्त्र क्रान्तिका कमाण्डर, नेपालका प्रथम निर्वाचित प्रधान मन्त्री तथा निरंकुश निर्दलीय पचायति शासन विरूद्ध आजीवन लडने विशेश्वर प्रसाद कोइराला, निरंकुश निर्दलीय पचायति व्यवस्था विरोधी जनआन्दोलनका नायक ९कमाण्डर० तथा पूर्व मन्त्री गणेश मान सिंह र राणा शासन तथा निर्दलीय पंचायति शासन विरोधी जनआन्दोलनका अगुवा नेता र नेपाल कम्युनिष्ट पार्टीका प्रथम महासचिव एवं नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीका प्रतिमालाई पनि चकनाचूर बनाइयो। ..... नेपालका तत्कालीन राष्ट्रप्रमुख तथा प्रधानमन्त्री र नेपाली काँग्रेसका सभापति गिरिजा प्रसाद कोइराला, नेकपा९एमाले०का महासचिव माधव कुमार नेपाल, नेकपा९माओवादी०का अध्यक्ष पुष्प कमल दहाल९प्रचण्ड० र गृहमन्त्री कृष्ण प्रसाद सिटौलाका पुतला जलाए। ...... नेपालका आदिकवि भानुभक्त आचार्य, महाकवि लक्ष्मी प्रसाद देवकोटा र युगकवि सिद्धिचरण श्रेष्ठ एवं समाजसेवी भरत बहादुर श्रेष्ठ आदिका प्रतिमा तोडफोड गर्यो। नेकपा९माओवादी०, नेकपा९एमाले०, नेपाली काँग्रेसको कार्यालय जलायो। तराईका प्रायः सरकारी कार्यालयहरूको नामपटमा नेपाल सरकार लेखेको ठाउँमा नेपाल पोतेर ुमधेश सरकारु लेखे। यसरी २०६३को माघे मधेश महाविद्रोहले नेपाल र नेपाली मुक्त अर्थात स्वतन्त्र तराई९मधेश०को सन्देश दिए। ......

नेपाली काँग्रेस, नेकपा९एमाले०, नेकपा९माओवादी०का खेताला मधेशी नेताहरू

...... पहाडी परस्त छद्म भेषि मधेशवादी दलहरूका नेता र नेपाली काँग्रेस, नेकपा९एमाले०, नेकपा९माओवादी०का खेताला मधेशी नेताहरूको कारणहरूले नै आज तराई९मधेश०मा नेपाली सत्ता अडकीएको छ ।
मधेश आन्दोलनलाइ बेवास्ता गरे संविधानसभा नै छाडने काँग्रेसका मधेशी सभासदहरुको चेतावनी
नेपाली काँग्रेसका मधेशी र थारु सभासदहरुले मधेशको आन्दोलनलाइ पार्टी नेतृत्वले बेवास्ता गरे संविधानसभा नै छाडने चेतावनी दिएका छन् । कांग्रेसका मधेसी र थारू सभासद्हरूले भने अझै पनि आफूहरूले उठाउँदै आएको माग नयाँ संविधानमा समावेश नहुने र तराईमा जारी आन्दोलनको बेवास्ता गरे संविधानसभा नै छोड्ने चेतावनी दिएका हुन्। सोमबार दिउँसो कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भएको मधेसी र थारू सभासद्हरूको भेलामा बोल्ने अधिकांश काँग्रेसका मधेशी र थारु सभासद्हरूले पार्टीले वास्तै नगर्ने हो भने राजीनामा दिनुपर्ने धारणा राखेका थिए। ’संविधानसभाको प्रक्रिया अविलम्ब रोकी आन्दोलनरत समूहसँग वार्ता थाल्नुपर्ने भेलाको ठहर हो,’ काँग्रेस केन्द्रिय सदस्य एंव पूर्व सभासद् अजयकुमार चौरासियाले भने, ’सबैलाई बाहिर राखेर संवधिान जारी गर्ने हो भने त्यसको कुनै अर्थ हुँदैन, हामी यही कुरा पार्टी नेतृत्वसमक्ष राख्छौं।’

’मधेस र थारू आन्दोलनलाई सम्बोधन नगर्ने हो भने हामी सबै सभासद्को घर जल्छ, हिंसा बढ्छ’

, सभासद् डिल्ली चौधरीले भने, ’नेताहरूले मिलाउनुपर्छ, मिल्छ भन्दै आउनुभएको थियो तर तीन दलको साझा संशोधन परेपछि अब त्यो सम्भावना सकियो। मंगलबार नेताहरूसँग विस्तृत छलफल गरेर के गर्ने भन्ने निष्कर्षमा पुग्छौं।’ संविधानसभाको सबैभन्दा ठूलो दल कांग्रेसभित्र नयाँ संविधानको विधेयकमा पार्टीका तीन शीर्ष नेताबाहेक सबैजसो असन्तुष्ट देखिएका छन्।
थारु र मधेसीले मागेका जिल्ला नदिए विष्फोटक बारुद बन्नसक्ने चेतवानी दिए बाबुराम भट्टराईले
परासीदेखि कैलालीसम्म थारु समुदाय र २ नम्बरमा सुनसरी मोरङमा राखेर थारु मधेस आन्दोलनलाई सम्बोधन गर्न आग्रह गरेका छन् । ...... ‘अहिले विशेषत–तराई-मधेसमा थारु र मधेसी समुदायको आन्दोलन जुन ढंगले सल्कदै गैरहेकोछ त्यसलाई वेलैमा सम्वोधन गरिएन र यो वा उ वहानामा हेप्ने वा चेप्ने काम गरियो भने त्यो भोलि देशको अखण्डताकैनिम्ति जोखिमपूर्ण हुनसक्छ ।’ ..... ‘सुनसरी÷मोरंगका केही भाग २ नं प्रदेशमा राखेर मधेसी समुदायलाई सन्तुष्ट गर्न सकिन्छ भने त्यो देशको दीर्घकालीन हितमा हुनेछ ।’ उनले भनेका छन्– ‘अझै पनि समय बाँकी छ । वलप्रयोग हैन संवाद र सहमतिको बाटो खोजौं । नत्र भोलि धेरै ढिलो हुनसक्छ ।’
आखिर के चाहन्छन् मधेसी नेता ?
एक मधेस प्रदेश सम्भव छैन, अन्यमा वार्ता गरौं
राजनीतिक तथा कुटनीतिक चासो सम्बोधन गर्न काठमाडौंं आइपुगेका उपेन्द्र यादव र महन्थ ठाकुर पनि देखिने भनेर नदेखिने गतिविधिमै व्यस्त छन् । यता संविधानसभाले संविधान जारी गर्ने प्रक्रिया अघि बढाइरहेको छ, उता मधेस दिनदिनै अशान्त बनिरहेको छ । ...... मधेसका सोझा, अशिक्षित, गरिब र पछौटे जनतालाई त्यहाँका धनी, कुलीन र टाठाबाठा बर्गका नेताहरुले आन्दोलनमा उतारेका छन् । यत्तिकै आन्दोलन उठ्न असम्भव देखेपछि एकजना मारिएमा ५० लाख रकम दिने जिहादी प्रकारको घोषणासहित उनीहरुले आन्दोलन गरिरहेका छन् । तर, मधेसको आन्दोलन सफल भएमा त्यसले के उपलब्धि हासिल गर्नेछ ? यसमा नेतादेखि बुद्धिजीवीहरु अस्पष्ट छन् । ...... पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म दक्षिणी छिमेकीसँग सीमा जोडिएको सम्पूर्ण भू-भागको एउटै प्रदेश हुनै सक्दैन । ........ कुल जनसंख्याको ४८ प्रतिशत जनसंख्यालाई एउटा प्रदेश चाहिने, अनि बाँकी ५२ का लागि अनेक प्रदेश बनाउने कुरा सम्भव छैन । त्यही भएर मधेस आन्दोलन, आठ बुँदे सहमति वा अरु जेसुकै कुराको दुहाइ दिएर गरिए पनि मधेस एउटै प्रदेश सम्भव छैन । ....... पछिल्ला पाँच/सात वर्षको आँकडाहरुलाई मात्रै हेर्ने हो भने पनि सरकारी सेवामा मधेसी, जनजाति, महिला, दलित लगायतको पहुँच द्रुत गतिमा विस्तार भइरहेको छ । के मधेसका दलहरुलाई यो कुरा चित्त बुझेको छैन ? के यो उपलब्धि होइन ? ....... चार दलले पहिला छ र पछि सात प्रदेशको प्रस्ताव अघि सार्दा दुई नम्बरमा राखेको प्रदेशमा मधेसका जिल्ला मात्रै राखेका छन् । त्यसलाई लिएर उपेन्द्र यादवले जायज प्रश्न उठाए, जानकारी मन्दिरको भेटीले मात्रै प्रदेश चल्छ ? हो, चल्दैन । त्यही भएर प्राकृतिक स्रोत, साधन र विविधता मिलाएर प्रदेश बनाउनुपर्छ भनिएको हो । ....... समथर भूभागलाई मात्रै एउटै प्रदेशमा राख्ने हो भने भोलि जलविद्यृत् आयोजना कहाँबाट सञ्चालन गर्नुहुन्छ ? सिंचाईका लागि बाँध कहाँ बाँध्नुहुन्छ ? खनिज पदार्थको खोजी कसरी गर्नुहुन्छ ? दुईचारजना टाठाबाठालाई मन्त्री, मुख्यमन्त्री हुन रहर लागेकै आधारमा प्रदेश निर्माण गर्न सकिँदैन । ......

कांग्रेस, एमाले र एमाओवादीलाई आफूले जे गर्‍यो, त्यो सम्पूर्ण राष्ट्रको निर्णय हो भन्ने परेको छ । ...... सबै क्षेत्रका जनताका संवेदनशीलतालाई सम्बोधन गर्न तीन दल असफल भइरहेका छन् ।

अन्त्यमा, निर्णय गर्दा विचार नपुर्‍याउने र पछि निर्णय परिवर्तन गर्ने तीन दलको कार्यशैलीले आन्दोलनमा बल पुर्‍याइरहेको छ । निष्कर्षमा भन्नुपर्दा,

एक मधेस प्रदेश बाहेकका मधेसका जायज मागहरु वार्ताको टेबुलबाट समाधान गरिनुपर्छ ।



एमाओवादी-मधेस ‘कनेक्सन’ र प्रचण्डमाथि यक्ष प्रश्न
'कहाँनेर गर्नुहुन्छ प्रचण्डजी थारु र मधेसीको सम्बोधन ?'
ग्रामीण क्षेत्रमा राजनीति र समाजबीचको सम्बन्धमा माओवादी जनयुद्धले आमूल परिवर्तन ल्याएकै हो । ...... एमालेले जतिसुकै वर्गको कुरा गरे पनि ग्रामीण समाजको शक्ति समीकरणमा माओवादी जनयुद्धले जोडदाड धक्का दिएको थियो । असङ्ख्य दलितहरू गाउँ जनसरकार प्रमुख भएका थिए । ......

गाउँ देहातका मधेसी समाजमा कुनैबेला एउटा लाठी बोकेको पुलिसले दसजना मधेसीलाई सामान्य कसुर बापत बाँधेर लान्थ्यो ।

माओवादी जनयुद्धले त्यस्ता निमुखा देहाती मधेसीहरूलाई बन्दुक बोक्न मात्र सिकाएन, दिनदहाडै प्रहरी चौकीमाथि आक्रमण पनि गर्न सिकायो । ........ मानिसको आकार र पशुको प्रकारले जीवन ज्युन बाध्य गाउँ देहातका दलित, मधेसीहरूमा माओवादी जनयुद्धले आत्मविश्वास जगाएकै हो । ......

नेपाली राजनीतिमा ०४६ साल यता मधेसको मुद्दा उठाउने सदभावना पार्टी मात्र थियो, जसलाई नेपाली कांग्रेस र एमालेले पालैपालो हाँसोको पात्र बनाउँथे ।

..... १६ बुँदे सहमतिमा एमाओवादी नेताले ल्वात्तै मधेसी मोर्चालाई छोडिदियो । विजय गच्छदारलाई सत्ताको लोभ देखाएर मधेसी शक्तिको रूपमा स्थापित गर्ने योजना ल्याइयो । ...... ०५२ सालमा थालिएको जनयुद्धले पहाडी जिल्लाहरूमा राम्रो प्रभाव विस्तार गर्न सफल भएपछि ०५८/२०५९ सालतिर माओवादीहरूलाई मधेसमा प्रभाव विस्तारको हतारो थियो । यसैक्रममा विभिन्न मोर्चाहरू निर्माणसँगै मधेसी मुक्ति मोर्चा पनि गठन भयो । ........ मधेसका राजनैतिक समस्याहरूलाई उठाइदिने राष्ट्रियस्तरको पार्टीमा माओवादी पहिलो र प्रभावशाली पार्टी बन्यो । मधेसको समस्या मूलतः आन्तरिक औपनिवेशीकरणको समस्या रहेको, मधेसीमाथि जात, क्षेत्र, समुदाय, रङ्ग र भाषाको आधारमा विभेद भएको कुरा माओवादी जनयुद्धका आधिकारिक दस्तावेजहरूमा उल्लेख भएकै कारण मधेसमा माओवादीहरूको तिब्र गतिमा विस्तार भयो । ...... अन्तरिम संविधानमा सङ्घीयता उल्लेख नभएपछि भएको मधेस विद्रोहपछि मधेस राजनीतिमा फोरमको उदय भयो । फोरमसँग भएको २२ बुँदे सहमति लागु गर्न तीन ठूला दलहरू अनिच्छुक देखिएपछि ०६४ सालमा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)को जन्म भयो । ......... ०६४ सालको मधेस आन्दोलनले तीनै ठूला दलहरूसँग सङ्घीयताको मात्रै पुनःग्यारेन्टी गराएन, राजनीतिमा समानुपातिक प्रतिनिधित्व र राज्यमा समावेशीकरण हुने पनि किरिया खुवायो । त्यतिबेला ८ बुँदे सहमति भएपछि मात्र ०६४ सालमा संविधानसभाको निर्वाचन सम्भव भएको थियो ....... संविधान निर्माणको राजनीतिमा माओवादी र मधेसी दलहरू एउटै कित्तामा अडिरहे । ...... पहिलो संविधानसभामा सबै मधेसी दलहरूको केवल ८६ सीट थियो । हालको सभामा त्यो सिट घटेर ५० को हाराहारीमा पुगेको छ । कुल ६०१ को संविधानसभामा सङ्ख्यात्मक हिसाबले मधेसीहरूको सीट न त हिजो निर्णायक थियो, न त आज छ ....... सङ्घीयताको सीमाङ्कनबिना नै संविधान जारी गर्ने कुरामा प्रचण्डजीले हस्ताक्षर गर्नुभयो ।........

आज फेरि एमाओवादीले थारू र मधेसीको माग पूरा गराउन प्रयास गर्ने सुनिँदैछ । अब त संविधान घोषणा हुन मात्र बाँकी छ, अब कहाँनिर के गर्नुहुन्छ प्रचण्डजी थारु र मधेसीको मागको सम्बोधन ?

....... ६ प्रदेशलाई सच्चाउने नाममा सात प्रदेशको खाका ल्याइयो । त्यसपछि पश्चिम तराईमा थारुहरू हिंस्रक भए । प्रचण्ड र बाबुरामजीले भन्नुभयो, हामी थारूहरूको माग पुरा हुनुपर्ने पक्षमा छौँ । थारूहरूको संघर्षमा हाम्रो सहानुभुति छ । ...... धेरैलाई लागेको थियो, संशोधन प्रस्तावमार्फत् ७ प्रदेशको खाका अब ८ प्रदेश हुनेछ । प्रचण्ड र बाबुरामले नै साथ दिएपछि अब विजय गच्छदारको नक्कली र पश्चिमा थारूहरूको सक्कली चाहना कसो पूरा नहोला ? ...... तर एमाओवादीसहित तीन दलले संयुक्त संशोधनका प्रस्तावहरू दर्ता गराए । मिलन विन्दुका व्यापारी भनेर चिनिएका

विजय गच्छेदारको क्रन्दन पनि कसैले सुनेनन् ।

अनिच्छापूर्वक नै सही उनी पनि बाहिरिन बाध्य भए । ........

नेपाली कांग्रेस र एमालेले गच्छदारको नक्कली बहिर्गमनपछि पनि संविधान जारी गरिछाड्ने हुँकार दिए । प्रचण्डजीले फेरि भन्नुभयो, यसरी बन्ने संविधानको स्वामित्व हामी ग्रहण गछौर्ँ । र, आज फेरि एमाओवादीले थारू र मधेसीको माग पूरा गराउन प्रयास गर्ने सुनिँदैछ । अब त संविधान घोषणा हुन मात्र बाँकी छ, अब कहाँनिर के गर्नुहुन्छ प्रचण्डजी थारु र मधेसीको मागको सम्बोधन ?



मधेस आन्दोलन किन गंगा स्नान बन्दैछ ?
पच्चीस दिनदेखि मधेस बन्द छ । भारदहदेखि सुरु भएको हिंसाको दौड कैलाली पुगेर फर्कियो, भैरहवा हुँदै वीरगञ्ज पुगेर त्यो रोकिएको छ ......

यसबीचमा काठमाडाैंमा टिकापुर नरसंहारमा जति आँशु बगाइयो, डा. गोविन्द केसीको जीवन रक्षाको लागि जति कामना गरियो वा वीरगञ्जमा स्वर्गीय गिरिजाप्रसाद कोइरालाको सालिक भत्काएकोबारे जति चर्चा भयो, मधेस आन्दोलनमा मारिएका सहिदहरूको नाम पनि त्यतिपटक उच्चारण गरिएन ।

..... भारदहदेखि गौरसम्म, वीरगञ्जदेखि भैरहवा र कैलालीसम्म मानवअधिकारको घोर उल्लङ्घन भइराख्यो तर द्वन्द्वका देशी, विदेशी व्यापारीहरू काठमाडौंमा रमाइरहे । ...... मगंलबारदेखि अचानक मधेस आन्दोलनप्रति सहानुभुतिको ओइरो लाग्न थालेको छ । यी हरफहरू लेखिरहँदा काठमाडौंको अनलाइन पोर्टलहरूमा विजय गच्छेदारले संविधानसभाको प्रक्रिया छोडेको समाचार आयो । मधेसबाट प्रतिनिधित्व गर्ने सय बढी काँग्रेसी सभासदहरू बालुवाटार पुगेर आन्दोलनरत पक्षसँग वार्ता गर्नुपर्ने माग गरे । एमाओवादी वृतभित्र मधेसी र थारूहरूको हितमा कसरी लविङ गर्ने भन्ने योजना बन्दैछ ।

प्रचण्ड निवासमा मधेस विखण्डनतिर जान लागेको त्रासयुक्त चर्चा हुँदैछ ।

....... मधेसका २० जिल्लाको ११६ निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेस एक्लैले ५१ निर्वाचन क्षेत्रमा जितेको छ । एमालेले ३७ सिट जितेको छ । सबै मधेसी दलले केवल १२ सिट जितेका हुन् । सामानुपातिकतर्फ कांग्रेसले मधेसमा साढे दस लाखको हाराहारीमा मत पाएको थियो भने त्यसभन्दा एकलाख घटी एमालेले पाएको थियो । दर्जनबढी सबै मधेसी दलहरूको मत जोड्दा पनि नेपाली कांग्रेस जति पुग्दो रहेनछ । त्यसैले राजनीतिलाई केवल निर्वाचनको परिणाम र सिट सङ्ख्याको रूपमा हेर्ने, बुझ्ने र विश्लेषण गर्नेहरूका लागि मधेसमा आन्दोलनको सम्भावना नै थिएन । तर भयो ठीक उल्टो । ......... दस वर्षअघि २०६३ सालमा लहानबाट आन्दोलन उठेको थियो, सारालाई चकित तुल्याएको थियो । त्यो आन्दोलनले पश्चिम तराईलाई हल्का मात्र छोएको थियो, कैलाली कञ्चनपुरसम्म त पुग्नै सकेको थिएन । यसपालि पश्चिमको कैलालीबाट आन्दोलन उठ्यो, जो धेरैलाई विश्वासै नलाग्ने गरी हिंसाको अपवाद उदाहरण बन्न पुग्यो ।

आज पुरै तराई मधेस आन्दोलित छ । ठप्प छ ।

आखिर यस्तो किन भयो ? ....... आमरूपमा निर्वाचनलाई नेताहरूको कारोबारको रूपमा बुझिन्छ । कसलाई भोट दिने र कसलाई नदिने सवालमा मधेसी समाजले सम्बन्धित उम्मेदवार नेताको सत्ता र शक्तिसँगको सम्बन्धको आधारमा नापजोख गरेर छान्ने गर्छन् । ..... संविधानसभाको पहिलो निर्वाचन फरक परिवेशमा भएको थियो । राज्यको न्युन उपस्थिति, आन्दोलनको खास उत्कर्षको बेला उमङ्गका साथ मधेसी समाजले मधेसी दलहरूको पक्षमा मतदान गरेका थिए । ........ तर तिनको उमङ्गमा सबै पक्षबाट प्रहार भयो । मधेसी दलहरू विभाजित भए, नेताहरू सत्तारोहणमा मस्त भए, राज्यले आफ्नो उपस्थिति पुनस्र्थापित गर्‍यो, प्रहरी र प्रशासनले खोजी–खोजी अगुवा मधेसी कार्यकर्ताहरूलाई सशस्त्र समुहको सदस्यको आरोपमा सुट गरे । अनेकौंलाई अपहरण र लुटपाटको मुद्दामा फँसाइयो । फलत: अधिकांश मधेसी दलका कार्यकर्ताहरू आफ्नो पुरानै घर कांग्रेस र एमाले फर्के । दलहरूको विभाजनको कारण छँदैथियो, नतिजा मधेसीदलहरूको ‘बुरा हाल’ भयो । ........ २००७ सालमा प्रजातन्त्रको स्थापना भएदेखि नै मधेसी समाजले नेपालको राष्ट्रियता र नेपाली पहिचानमाथि प्रश्न उठाउँदै आएको हो । मधेसीहरूले भन्दै आएको छ, हामी फरक हौं । हामी पृथक हौं । हाम्रो पहिचान पृथक छ । ..... पञ्चायतकालभरी नेपाली राज्यले मधेसी पहिचानलाई समाप्त गर्ने र भारतीयको रूपमा चित्रण गर्ने काममा लागिरह्यो । दौरा, सुरुवाल, टोपी, नेपाली भाषालाई शिक्षाको माध्यम र रोजगारको उपाय बनाइयो । राजनीतिमा असमान प्रकारले सीट वितरण गरियो । सेना र पुलिसको भर्नामा अघोषित प्रतिबन्ध लगाइयो । मधेसका जिल्लाहरूमा प्रहरी, प्रशासनको कार्यशैली औपनिवेशिक प्रकारको बनाइयो । आज पनि मधेसीको पृथक पहिचानको कुरा गर्नेलाई पृथकतावादीको आरोप लाग्नेगर्छ । .........

आम मधेसीले अहिलेको आन्दोलनलाई अधिकार प्राप्तिको आन्दोलन बुझेका छन् । निर्वाचन नेताका लागि हुने हो तर आन्दोलनले सबैलाई अधिकार दिलाउने बुझाई छ ।

....... १६ बुँदे सहमतिको ‘लिडटेकर’ चार पार्टीका शिर्षस्थ नेताहरू भएपनि त्यसको ‘डिलमेकर’ तीन पार्टीका दोस्रो तहका नेताहरू थिए, जसमा एउटा पनि मधेसी, थारूलाई समावेश गरिएन । यसले कांग्रेस र एमाओवादीभित्रको मधेसी नेताहरूलाई बिच्कायो । .........

सङ्घीयता मधेसी समाजको मुटु भएकोले कुनै पनि दलका मधेसी नेता सङ्घीयतालाई थाती राख्ने प्रस्तावबाट खुशी थिएनन् । संविधानको प्रारम्भिक मस्यौदामा भएको नागरिकतासम्बन्धी प्रावधानले ग्रामीण तहको मधेसीलाई झक्झकायो र आन्दोलित तुल्यायो । ६ प्रदेशको खाकाले मधेसी समाजमा जो कोहीलाई पनि खेलमा झेल भएको महशुस गरायो । सात प्रदेशले थारूहरूमाथि घोर अन्याय भएको पूर्वदेखि पश्चिमसम्म तरंग पैदा गर्‍यो । आन्दोलनको क्रममा प्रहरीको क्रुर दमन, छाति र टाउकोमा ताकी–ताकी गोली हान्ने कार्यले आम मधेसी समाजलाई क्रोधित तुल्यायो, जसले आन्दोलनलाई नयाँ उचाई दियो ।

.......

आजको मधेस आन्दोलन गंगा स्नान जस्तो भएको छ ।



थारूको माग सम्बोधन गर ः नागरिक अगुवा
तराई मधेसका नागरिक तथा पहाडका आदिबासी जनजाति, दलित समुदायको असन्तुष्टी रहेको संविधानले समस्या समाधान भन्दा बल्झाउँछ उहाँहरूको सामुहिक सुझाव थियो । ......

पूर्व सभामुख दमननाथ ढुंगानाले ..... तराईका आदिबासी थारू, मधेसी, पहाडका जनजाति, दलित, मुश्लिम, पछाडि परेका वर्ग कसैको अधिकार यो संविधानले सुनिश्चित् गर्न गइरहेको छैन उहाँले भन्नुभयो । .... नेताहरूको चरित्र ०६२०६३ सालको पूर्व राजा ज्ञानेन्द्रकै जस्तै देखिदैछ .... राज्य निरंकुश बन्दैगए अन्तर्राष्ट्रिय सहयोग गुहार्न सकिन्छ

....... पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले बहुसंख्यक जनता असन्तुष्ट रहेका बेला जारी हुने नयाँ संविधानको अर्थ नरहने बताउनुभयो । ..... आन्दोलन त पहाडकाले मात्रै गरे कि क्या हो, उनीहरुको माग त सुनियो । तर तराईका थारुहरुले आन्दोलनै गरेनन् कि ? ...... मान्छे नमर्दासम्म माग सुनुवाई नगर्ने नेताहरूको चरित्र नै समस्याको जड भएको ..... प्राध्यापक डा. कृष्ण हाछेथुले राज्य बहुजातीय तर शासन एकल जातीय भएकै कारण समस्या उब्जिएको बताउनुभयो । नेपालमा दूरदृष्टि र व्यवस्थापकीय क्षमता भएको कुनै नेता नरहेको बताउँदै उहाँले दलका नेताहरूलाई पदाधिकारीको संज्ञा दिनुभयो । .....

अहिलेको नेताको नेतृत्व क्षमता, चरित्र र वौद्धिकता नभएकै कारण समस्या समाधानमा कठिनाई भइरहेको

..... वास्तवमा अखण्डको नारा सबैभन्दा पहिले प्रचण्डले अखण्ड चितवनको कुरा उठाउँदा नै जरो गाडियो । जुन संघीयताको विपरित थियो । ..... फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य लक्ष्मण थारूले अवको निकास पहाड नजोडिएको तराईमा ३ प्रदेश ..... थारू अराउण्ड वल्र्डका अध्यक्ष तथा थारू अगुवा महावीर चौधरी


तराई–मधेसको आन्दोलन देशकै अखण्डताका निम्ति जोखिमपूर्ण हुनसक्छ : डा. भट्टराई
‘एउटै झिल्कोले डढेलो लगाउन सक्छ भन्ने प्रसिद्ध लोकोक्ति छ, सानो वा कमजोर भनेर हेपियो भने त्यसको परिणाम भयंकर हुनसक्छ भन्ने त्यसको आशय हो ।’


कृष्णनगरमा मधेसी महिलाद्वारा झाडुसहित प्रदर्शन
मधेसका माग पूरा नगर्ने सत्ता साझेदार दलका नेताहरुलाई मधेसका जनताले कसिंगर बढारेर फाले जस्तै पाखा लगाउने सांकेतिक सन्देशसहित झाडुसहित प्रदर्शन गरिएको सभासद अभिषेकप्रताप साहले जानकारी दिए ।


जनकपुरमा झडप, मधेसी मोर्चाका जिल्लास्तरीय नेतासहित १४ जना घाइते

Wednesday, August 19, 2015

कर्णाली र महोत्तरी: गरीब बनाइएका दुबै

कर्णाली र महोत्तरी। गरीब बनाइएको दुबै।

कर्णाली र मधेस। गरीब बनाइएको दुबै।

मधेस र कर्णाली दुबै सयकरौं वर्ष अघि समृद्ध साम्राज्य हरु थिए। अहिले यति सार्हो गरीबी छ। दुबै ठाउँ मा।

गोरखा राज्य को विस्तार का क्रम मा झुक्न नमानेका यी दुई ठाउँ आफै गरीब भएका होइनन्। यिन लाई गरीब बनाइएको हो। त्यस मानेमा कर्णाली र मधेस जुड़वा हुन --- twins.

काठमाण्डु का शासक वर्ग ले संघीयता नबुझेको होइन कि बुझ पचाएको। ज्ञानेन्द्र ले लोकतंत्र नबुझेको होला? होइन होला।

कर्णाली का जनता ले संघीयता र स्वायत्तता बुझेका छन।

कर्णाली ले, मधेस ले, थरुहट ले आ-आफ्नो इतिहास बाट सबक लिनु पर्छ। ५०० वर्ष अगाडि समृद्ध रहेका मधेस र कर्णाली आज २१ औं शताब्दी मा किन यति गरीब? यो गरीबी कृत्रिम हो। यो गरीबी काठमाण्डु को उपनिवेशीकरण का कारणले हो।

Human Development Index मा र जनसंख्या मा कर्णाली र महोत्तरी उस्तै उस्तै ठाउँ मा छन अहिले।

कर्णाली को भाषा लियो काठमाण्डु को गोर्खाली शासक ले किनभने उसँग आफ्नो लवज थिएन। मधेस को अन्न लियो काठमाण्डु को गोर्खाली शासक ले किनभने उसँग खेतीबारी छैन। खोसेर लियो, चोरी गर्यो।

लोकतंत्र र संघीयता ले संभव बनाउने आर्थिक क्रांति ले सबै लाई समेट्छ। गरीबी बाहेक केही नदेखेका, गरीबी बाहेक केही कल्पना नगरेका तीन दलका बाहुन ले संघीयता को मुद्दा मा खुट्टा घिसारेर आर्थिक क्रांति को संभावना लाई पर पर सार्दैछन्।




संविधान निर्माणको संकट
एमाले जतिसक्दो छिटो संविधान जारी गरेर सरकारको नेतृत्व लिन चाहन्छ । तर, कांग्रेसलाई सरकारको नेतृत्व छाडने हतार छैन । देशमा अहिले देखिएको विचलन कांग्रेसका लागि, खासगरेर प्रधानमन्त्री सुशील कोइरालाका लागि, प्रतिकूल देखिएको छैन । ...... देशका नेताहरु तारिख दिन खप्पीस अदालतका कारिन्दाजस्ता छन् । संविधान जारी हुने पछिल्लो तारिख भदौ १५ का लागि तोकिएको छ । देशको परिस्थितिले भने संविधान निर्माण तोकिएको तारिखको अनुकूल देखिदैन । ..... संघीय राज्य सीमांकनका विषयमा उठेको विवाद र विरोध देशभरि नै जारी छ । कहिल्यै स्व:स्फूर्त हिसाबले राज्यको सक्रिय विरोधमा नउत्रिएका सुदूर पहाडी क्षेत्रका जनता अभूतपूर्व हिसावले असन्तोष प्रकट गर्दैछन् ।

नेपालको सबभन्दा चीसो मानिएको कर्णाली क्षेत्रका जनता तातेका छन् ।

सुदूर पश्चिममा देशभित्रै ‘अखण्ड’ राज्यको खोजीगर्नेहरु सक्रिय छन् ।

भूमिपुत्रका रुपमा परिचित थारु समुदायका सीधासादा सदस्यहरुले यत्रो परिवर्तनपछि पनि आफू ठगिएको महसूस गरेका छन् ।

.......... सरकारले जनताको यो खिन्नता र असन्तुष्टीलाई शान्ति र व्यवस्थाको समस्याका रुपमा लिएको देखिन्छ । जनताको प्रदर्शनको जवाफमा सरकारले गोली चलाएकोछ, डाँडा–काँडामा कफर््यू लगाएकोछ र लोकतान्त्रिक गणतन्त्रको खिल्ली उडाएको छ । देश राजनीतिक हिसावले रुपान्तरित भइसके पनि शासन–प्रशासनको पुरानो शैलीमा कुनै परिवर्तन आएको छैन । संविधान निर्माणका क्रममा अहिले उठेका विवादले प्रत्यक्ष–अप्रत्यक्ष रुपले निर्वाचित संविधानसभाका सबै छ सय एक सदस्यहरुलाई मूक र वधीर सावित गरिदिएकोछ । .......... संविधानसभाले अर्बौ रुपैयाँ खर्च गरेर मञ्चन गरेको सुझाव संकलनको नाटक पनि तमाशा सावित भएकोछ । संघीय राज्यको सीमांकन त एउटा पक्ष मात्रै हो । ...... लोकतन्त्रको नाममा ठट्टा र ख्यालख्यालको राजनीतिमा लागेका नेताहरुले गम्भीर राष्ट्रिय मामिलामा पहिलोपटक ठूलो चुनौतिको सामना गरेका छन् । अहिलेको परिस्थितिमा ‘तोकिएको’ तारीखभित्र संविधान निर्माणको काम सकिएला भन्ने विश्वास स्वयं राजनीतिक दलका नेताहरुमा नै देखिदैन । .......

मीनेन्द्र रिजालको विचारमा दुई करोड असीलाख जनताको चित्त बुझाउन सकिदैन, बुझाउन खोज्दा संविधान बन्दैन । अहिलेको राजनीतिको चूरो कुरो यही हो ।

.....

जनताको चित्त बुझाउने प्रयत्नसम्म पनि भएको छैन । नेताहरुमा गोली चलाएर भए पनि शासन गर्नै पर्दछ भन्ने मानसिकता हावी छ ।

....... नेपालका राजनीतिक नेताहरु जनताप्रति भरोसा राख्दैनन् । शक्तिकेन्द्रको आराधना नगरेसम्म सत्ताको केन्द्रमा पुग्न नसकिने विश्वास निकै बलियो छ । ...... अहिलेको राजनीतिक वृत्तमा प्रधानमन्त्री कोइराला सबैभन्दा खारिएका खेलाडी हुन् । उनले स्वाभाविक हिसावले सत्ता छोडने कल्पना कसैले गरेको छ भने उसले कोइरालाको राजनीति बुझेको छैन । कांग्रेसको आसन्न महाधिवेशन स्थगित हुने निश्चित भएको अवस्थामा संविधान निर्माणको गति जति सुस्त हुँदै जान्छ, त्यति नै कोइरालाको सत्ताले निरन्तरता पाउँछ । ......... एकीकृत माओवादीको एउटा पक्ष एमालेको नेतृत्वमा सरकार गठन गर्ने वातावरणको निर्माण गर्न निकै हतारिएको देखिन्छ ।
झापा बन्दले जनजीवन प्रभावित
प्रहरीले झापाको विर्तामोबाट बन्दकर्तालाई नियन्त्रणमा लिएको हो । जबरजस्ती यातायात बन्द गराउँदै सवारी तोडफोडमा समेत संलग्न भएको आरोपमा शान्ति समिति झापाका संयोजक तथा सद्भावना पार्टीका जिल्ला अध्यक्ष गणेश, तराई मधेस लोकतान्त्रिक पार्टी झापाका जिल्ला अध्यक्ष त्रिनारायण राजवंशी, सुन्दरलाल गणेश, सुरेश यादव, गणेश ढुंगाना लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
चारदिन देखि विराटनगर पनि बन्द
आज पनि विराटनगरका बजार पसल खुल्न सकेका छैनन् । यहाँबाट संचालन हुने ठुला तथा साना सवारी साधन संचालनमा आउन सकेको छैनन् । ..... बन्दका कारण कुनैपनि विद्यालय खुल्न सकेका छैनन् । चोक चोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् । चारदिन यता मुलुककै मुख्य नाकाको रुपमा रहेको विराटनगर भन्सार कार्यालयमा राजश्व संकलन समेत ठप्प छ ।
भारदहमा कर्फ्यू खुले लगत्तै प्रहरी बिटमा अागजनी
केही समय अघि भएको सर्वदलीय छलफलले मंगलबार प्रहरीको गोली लागि मृत्यु भएका राजीव राउतको दिउँसो ४ बजे शान्तीपूर्ण शवयात्रा गरि दाहसंस्कार गर्ने निर्णय गरेको छ । प्रदर्शनकारीहरु उग्र भए पनि

प्रहरी आज ईलाका प्रहरी कार्यालयबाट बाहिर निस्केको छैन ।

...... यसैबीच भारदहमा अन्दोलमा थप बला पुर्‍याउन भन्दै नेकपा माओवादीका अध्यक्ष मातृका यादव भारदह आइपुगेका छन् । यस्तै मधेसी मोर्चा सम्बद्ध सबै मधेसवादी दलका जिल्ला नेताहरु भरदहमा आइपुगेका छन् ।
कर्णालीको आवाज
काठमाडौंका लागि कर्णाली दुर्गम हो भने कर्णालीका लागि पनि काठमाडौं दुर्गम छ। नेपालको कुल क्षेत्रफलमध्ये १५ प्रतिशत भूभागमा फैलेको सबभन्दा ठूलो अञ्चल हो कर्णाली ..... कर्णाली नेपालको ‘गाडधन’ वा वैभवको गुप्त भण्डार (हिडेन ट्रेजर) हो। यहाँको जनशक्ति, जलशक्ति, जडिबुटी, शिल्पकला, स्याउ तथा अन्य अर्गानिक खाद्यवस्तु नेपालमा अन्यत्र पाइँदैन। यार्चागुम्बा, उच्चकोटीका च्याउ लगायत विभिन्न जडिबुटीहरूले यो अञ्चल समृद्ध छ। विश्वकै सबभन्दा उच्च अक्षांश (हाइ अल्टिच्युड) मा फल्ने, कर्णालीमा खेती गरिने ‘मार्सी’ धान विश्वमा अन्यत्र कतै खेती हुँदैन। अनुमानित २२ हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन क्षमता यहीं छ। ...... ४ महान नदीहरूको शिर यही पवित्र क्षेत्रमा पर्छ। सिन्धु नदी (तिब्बती भाषामा ‘संगे खाबाब’), सतलज नदी अर्थात गंगा (तिब्बतीमा ‘लाङ्छेन खाबाब’), हाम्रो कर्णाली (तिब्बतीमा ‘म्याप्चा खाबाब’ वा भारतमा ‘घाघरा’) र ब्रह््मपुत्र (तिब्बतीमा यार्लुङ साङ्बो अर्थात ताम्छो खाम्बाब) कर्णालीका दिदीबैनी नदी मानिन्छन्। ..... वास्तवमा कर्णालीले समृद्ध भूगोलमाथि बसेका विपन्न नेपालीको प्रतिनिधित्व गरिरहेको छ। रारा ताल, से–फोक्सुन्डो ताल, पचाल झरना, बडीमालिका जस्ता अनगिन्ती पर्यटकीय स्थलले भरिपूर्ण

कर्णालीले सिंहदरबारको निगाह होइन, न्याय खोजिरहेको छ।

...... वि.सं. १८४६ अघिको विशाल खस राज्य .... ‘काठमाडौंका महिला ६० का पनि ३० का जस्ता, डोल्पाका महिला ३० का पनि ६० का जस्ता’ ..... गरिबी, कुपोषण, कामको अत्यधिक चाप, अशिक्षा र बालविवाह तथा चाँडो बच्चा पाउने प्रथा। ...... कर्णालीवासीलाई नेपाली कांंग्रेसको सन्देश छ, तपाईंहरूका हर साझा मुद्दा र साझा हकहितका विषयमा नेपाली कांंग्रेस बिनासर्त तपाईंंहरूसँगै छ। ...... संघीयता भएका भारतको उत्तरप्रदेशको जनसंख्या २० करोड छ भने मिजोरम राज्यको जनसंख्या मात्र ११ लाख छ। ...... देवपुरी हुम्लालाई हेर्दा शिवजीको जन्मभूमि हो भन्ने मान्न कर लाग्छ। ..... आजको कर्णाली मानवनिर्मित समस्यामा परेको छ। उत्तरतिरको सिमाना बन्द छ, दक्षिणको सिमानासम्म कर्णालीको पहुँच नहुनु थप कष्टकर अवस्थाको द्योतक हो।
सीमाङ्कनमा असन्तुष्टि र सम्बोधन
एनआरएन अध्यक्षमा रतन झाको उम्मेद्वारी

Wednesday, July 29, 2015

In The News: Balwa Bazar, Mahottari

सीमाङ्कनसहितको संविधान जारी हुन्छः देउवा
उनी दिल्लीका साथै उत्तराखण्डको पनि भ्रमण गर्नेछन्।


महोत्तरी दिनभर तनावग्रस्त, सात वटा गाडीमा तोडफोड र आगजनी
गाडी तोडफोड र ढुङ्गामुढा गर्नमा संलग्न रहेका महोत्तरी पडौलका सञ्जयकुमार यादव र बलवा २ का सत्यनारायण यादवलाई मंगलवार राति प्रहरीले पक्राउ गरिएपछि उनको रिहाईको माग गर्दै प्रर्दशन गरी प्रहरीमाथि ढुङ्गामुढा प्रहार गर्न थालेपछि बुधवार दोहोरो झडप शुरु भएको हो । ...... प्रहरीले भीडलाई नियन्त्रणमा लिन ६ सेल अश्रुग्यास,३ राउण्ड हवाई फायर र पटकपटक लाठीचार्ज गरेको थियो। प्रर्दशनकारीको भीड बढ्दै गएपछि थप मदतका लागि दंगा नियन्त्रण कार्यालय ढल्केवरबाट आईरहेका दंगा प्रहरीको बा.१ग.२१०३, बा.१ग.२०९३ नम्बरको दुईवटा वनटन गाडी र ईलाका प्रहरी कार्यालय बलवाको बा.१झ.६१९ नम्बरको जीपमा तोडफोड गरका छन्। जलेश्वर बर्दिबास सडकखण्डमा चल्ने २ वटा बसमा पनि तोडफोड र ३ वटा मोटरसाईकलमा आगजसमेत गरेका छन्। ..... झडपका कारण दिनभरि बलवा बजार बन्द भयो। बलवाको स्थिति तनावग्रस्त रहेको छ। जलेश्वर बर्दिवास सडक खण्डमा चल्ने यातायातसमेत ठप्प भएको थियो। इलाका प्रहरी कार्यालय बलवा अगाडि दुई जनालाई छाडिनुपर्ने माग राख्दै प्रहरी र स्थानीय प्रशासन विरुद्र आन्दोलनकारीहरूले नारा लगाइरहेका थिए। ...... यस अघि मंगलवार राति प्रहरी र स्थानीयबीच बलवाबजारमा झडप हुँदा ५ प्रहरीसहित २५ सर्वसाधारण घाइते भएका थिए। बलवा चौकी अघि सवा ९ बजेतिर भएको झडपमा प्रहरी हवल्दार अनिरुद्र गुप्ता घाइते भएको स्थानीयले बताए। .... बलवा ६ का ५५ वर्षीय रामसुन्दर यादवको अवस्था गम्भीर छ । टाउकोमा चोट लागेका यादवको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ। ......

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक सौरभ राणाका अनुसार सिके राउतको श्रव्यदृश्य सार्वजनिक स्थलमा प्रदर्शन गर्न लाग्दा तनाव भएको हो। सो दृश्य चौकी अगाडि नदेखाउन प्रहरीले आग्रह गर्दा ढुंगामुढा भएको थियो।

....... एक्कासि ढुंगामुढा गर्न थालेपछि आत्मरक्षाका लागि प्रहरीले चार एक राउण्ड गोली चलाइएको हो। केही सेल अश्रुग्यास पनि छाडिएको थियो। सामाजिक परिस्थिति भड्काउने खालको सिके राउतको भाषणको दृश्य सार्वजनिक स्थलमा देखाउन खोजिएको अनुमान प्रहरीको छ। ...... प्रहरीले सी.के.राउतको भिडियो बन्द गराएर प्रोजेक्टर र सीडि नियन्त्रणमा लिएपछि आक्रोशित भीडले ईलाका प्रहरी कार्यालय बलवामा ढुंगामुढा गरेका थिए। ..... पटकपटक स्थानीयवासी र प्रहरीबीचमा झडप भएपछि सो गाउँमा ब्यापक रुपमा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ। इलाका प्रहरी कार्यालय बलवाका इन्चार्ज सहायक प्रहरी नायब निरीक्षक एकराज सुवेदीले अनुमति बिना सिडी क्यासेट चलाइरहेकाले रोक्न जाँदा स्थानीयवासीले विरोध जनाएको र प्रहरीमाथि ढुङ्गामुढा गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिनका लागि लाठीचार्ज र हवाई फायर गर्नुपरेको बताए ।
सिके राउतको भाषणको भिडियो हेर्दा प्रहरी र स्थानीयवासीबीच झडप
२५ घाइते, एकजनाको अवस्था गम्भीर ...... झडपमा परी करिब २५ जना स्थानीयवासी घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको छ। मङ्गलबार राति बलुवा बजारको

विद्यालय प्रांगणमा डा सिके राउतको भाषणको भिडियो प्रदर्शन क्रममा

सो झडप भएको हो। भिडियो देखाइरहेको अवस्थामा प्रहरीले स्थानीयवासीलाई रोक्न खोज्दा स्थानीयवासीले प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए। ......... प्रहरीमाथि ढुङ्गामुढा गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले स्थानीयवासीमाथि लाठीचार्ज गर्नुका साथै एक राउन्ड हवाई फायर गरेको थियो । प्रहरीको लाठीचार्जबाट करिब २५ जना स्थानीयवासी घाइते भएका छन् भने बलुवा–६ का ६० वर्षीय रामसुन्दर यादवको अवस्था गम्भीर रहेको छ । टाउकोमा चोट लागेका यादवको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ । ........ सो गाउँको अवस्था तनावग्रस्त रहेको स्थानीयवासीले बताएका छन्। पटकपटक स्थानीयवासी र प्रहरीबीचमा झडप भएपछि आवश्यक सहयोगका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट थप सुरक्षाकर्मी बोलाइएको छ। ...... स्थानीयवासीले प्रहरीको एउटा भ्यानमा तोडफोड गरेका छन् भने ढुङ्गामुढा गर्नमा संलग्न रहेका महोत्तरी परौलथानका सञ्जयकुमार यादव र बलुवाका सत्यनारायण यादवलाई पक्राउ गरिएको स्थानीयवासी रामदेव यादवले जनाएका छन्। ...... इलाका प्रहरी कार्यालय बलुवाका इन्चार्ज सहायक प्रहरी नायब निरीक्षक योगकुमार सुवेदीले अनुमति बिना सिडी क्यासेट चलाइरहेकाले रोक्न जाँदा स्थानीयवासीले विरोध जनाएको र प्रहरीमाथि ढुङ्गामुढा गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिनका लागि लाठीचार्ज र हवाई फायर गर्नुपरेको जानकारी दिए।

Tuesday, July 28, 2015

महोत्तरीमा डा. सी. के. राउतको डिविडी हेरिरहेका मधेशी जनतामाथि प्रहरीले गोली चलायो

बामे हेग जाने बाटो यही हो। मानव अधिकार को हनन गर्ने अनि हेग जाने। Freedom of speech, right to peaceful assembly लाई अवहेलना गर्ने, अनि हेग जाने।



महोत्तरीमा डा. सी. के. राउतको डिविडी हेरिरहेका मधेशी जनतामाथि प्रहरीले गोली चलायो, ३ स्थानीय गिरफ्तार, प्रहरी दमनमा ६० वर्षका वृद्ध गम्भीर घाइते भएर अंचल अस्पतालमा भर्ना २०७२ साउन १२ गते मंगलबार, जलेश्वर। महोत्तरीको बलुवा बजारमा करीब ८ बजे बेलुका डा. सी. के. राउतको डिविडि हेरिरहका जनतामाथि नेपाल प्रहरीले एक्कासि आएर कुनै कुरै नगरी सीधै लाठी चार्ज गर्दै पर्दा तथा डिविडि समेत तोडफोड गरेको छ। ४-५ जना प्रहरीले घेरा हाली अंदानी ६० वर्षका नाथु यादवको कुटपीट गर्दा उहाँको टाउको फुटेर गम्भीर घाइते भई अंचल अस्पतालमा भर्ना समेत हुनु परेको छ भने संजय यादव लगायत थप २ जना स्थानीयलाई प्रहरीले पक्राऊ गरी जलेश्वर लगेको छ। प्रहरीको दमन पछि करीब पाँच सय जना स्थानीयले आएर प्रतिकार गर्ने क्रममा प्रहरीले १ राउन्ड हवाई फायर गर्नुका साथै अश्रुग्यांस समेत छोडनु परेको थियो। राती ११ बजे सम्मै पनि करीब १५०-२०० को संख्यामा उपस्थित जनता र प्रहरीबीच झडप र नाराबाजी जारी रहेको थियो। स्थानीय र प्रहरीबीच वार्ता समेत भइरहेको समाचार आएको छ।

त्यसैगरि मंगलबार नै बांकेको हिर्मिनियामा समेत नेपाल प्रहरीले स्वतन्त्र मधेश गठबन्धनको अन्तरक्रिया कार्यक्रम बिथोलेको छ। कार्यक्रममा उपस्थित करीब ५०० जनालाई तितरबितर पारे पछि सो कार्यक्रम अन्यत्रै लगेर गरिएको थियो।

पक्राऊ परेकाहरूलाई अविलम्ब रिहा गर्न मांग गर्दै गठबन्धन शान्तिपूर्ण कार्यक्रममा भएको प्रहरी दमनको घोर-भर्त्सना गर्दछ। साथै अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण भेला हुने स्वतन्त्रता तथा संगठित हुने अधिकारको नेपाल सरकारद्वारा बारम्बार हनन भइरहेको कुरा सम्पूर्ण मानवअधिकारवादी, नागरिक समाज, पत्रकार तथा कुटनितिज्ञहरूलाई ज्ञात गराउन चाहन्छौं र सोको रक्षाको लागि पहल गर्नुहुन अनुरोध पनि गर्दछौं।

तस्वीर: गिरफ्तार भएका संजय यादव
कैलाश महतो, सहसंयोजक
स्वतन्त्र मधेश गठबन्धन
फोन: +977-9847038322
इमेल: save.madhesh@gmail.com


















Wednesday, June 10, 2015

प्रतिनिधि सभामा ५०-५०

165 Seats And Anti-Madhesi Bias

मकवानपुर २, ललितपुर २, कास्की २, काठमाण्डु ७

सर्लाही ५, धनुषा ५, महोत्तरी ५, सिरहा ५, सप्तरी ५, पर्सा ५

यति हेरफेर गरे प्रतिनिधि सभामा कुरा मिल्छ।

मधेसी हम लेंगे सौ में पचास।