Saturday, November 07, 2015

आत्म निर्भरता भनेको उल्लु कुरा हो

Trade Not Aid -------- गरीब देश हरुले धनी देश हरुलाई भन्दै आएका छन, हामीलाई फॉरेन ऐड पर्दैन, बरु हाम्रा सामान आयात गरिदेउ। हुन पनि अहिले दुनिया भरि नै remittance ले चमत्कार गरेको समय छ। Remittance को अगाडि Foreign Aid भनेको सुर्य को अगाडि दीपक।

नेपाल लाई अगाडि बढ्नु छ भने सकेसम्म धेरै देश हरु सँग व्यापार गर्ने सोँच्नु पर्छ। भारत सँग व्यापार बंद गरेर चीन सँग बरु व्यापार गर्ने सोंच ले चीन लाई हँसाउँछ। यत्रो सानो देश छ। दुनिया हल्लाएको देश चीन। अमेरिका सँग व्यापारिक प्रतिस्प्रधा गर्ने देश चीन। नेपाल को व्यापारिक volume नै कति छ र! Plus, it has to make economic sense. उत्तर को बाटो विकट छ। त्यसै कारण चीन बाट आउने अधिकांश सामान कोलकाता र वीरगंज को बाटो नै आउँछ। समुन्द्र को बाटो सस्तो हो।

नेपाल बाट मान्छे काम गर्न विदेश जान्छन्। त्यसरी बाहिर जानु अगाडि नै शिक्षित भएर, सीप सिकेर गए बढ़ी कमाउँछ। अनि पछि देश मैं व्यवसाय गर्ने वातावरण बनेछ भने फर्केर पनि आउँछ। जब अमेरिका लाई २००८ को मंदी ले हिरकार्यो, थुप्रै चिनिया चीन फर्के, थुप्रै भारतीय भारत फर्के। चीन र भारत मैं बढ़ी कमाई हुने देखे।

मलेशिया कतार गएर महिना को १०-२० हजार कमाउने नेपाली ले नेपाल मा ८-१२ हजार कमाउने उपाय पाए नेपाल नै फर्किन्छ होला।

भारत सँग को व्यापार बंद गरेर त्यो व्यापार चीन लाई दिएर चीन लाई हँसाउने होइन कि भारत सँग व्यापार पनि बढाउने र चीन सँग को व्यापार पनि बढाउने। तरिका त्यो हो। चीन को पूँजी तानेर नेपालमा जलविद्युत विकास गर्ने अनि त्यो बिजली भारत लाई बेचने। भारत खुद तेल र ग्यास बाट बिजुली तर्फ जान चाहन्छ।










No comments: