Sunday, November 08, 2015

In The News (26)

कमल थापाले वार्ताका लागि बोलाए, मोर्चाले मानेन
वीरगञ्जको घटना लिएर सरकारले माफी नमागेसम्म वार्तामा नबस्ने संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले जनाएको छ । .... जवाफमा मन्त्री थापाले वीरगञ्ज घटनाको बारेमा आफूले वक्तव्य जारी गर्ने आश्वासन दिए पनि तर राती अवरेसम्म उनले वीरगञ्ज घटनाको बारेमा केही बोलेका छैनन् । ..... वार्ता समितिका अर्का सदस्य लालबाबु राउतले वीरगञ्जमा भएको घटनाले वार्ताको औचित्य समाप्त भएको बताए । उनले मन्त्री थापाले काँग्रेससँग छलफल गरेर मात्र वार्तामा बस्ने भनेकामा काँग्रेससँग कुनै छलफल नै नगरी किन फेरि वार्ताका लागि बोलाएको आफूले नबुझेको बताए । उनले आफू वीरगञ्जमा रहेको बताउँदै वार्तामा नबस्ने बताए । ..... समितिका अर्का सदस्य रामनरेश राय यादवले सरकारले वीरगञ्ज घटनाको बारेमा कुनै धारणा नल्याएसम्म वार्तामा बस्नुको कुनै अर्थ नरहने बताए । वार्ता सरकारको तर्फबाट भंग भएको हो, अब त्यसलाई पुनः शुरुवात गर्नका लागि सरकारले घटनालाई लिएर माफी मागे मात्र वार्तामा बस्ने उनले बताए ।
मधेसकेन्द्रित दलका नेतालाई कडा सुरक्षा
मुलुकविरुद्द नाकाबन्दी गरिरहेका मधेसकेन्द्रित दलका नेताहरुलाई प्रहरीले कडा सुरक्षा दिन थालेको छ । आन्दोलनकारीबाटै नेताहरु निसानामा पर्न सक्ने सूचना र सामाजिक सद्भाव नभड्कियोस् भन्ने उद्देश्यका साथ प्रहरीले मधेसकेन्द्रित दलका नेतालाई कडा सुरक्षा दिन थालेको हो । ..... नाकाबन्दी आन्दोलन गरी जनतालाई सास्ती दिने तर आफू भने निर्वाध सवारीसाधनमा हिँड्न थालेको भन्दै आन्दोलनकारीले नै निसाना बनाउन थालेपछि प्रहरीले नेतादेखि उनीहरुको आवासलाई समेत सुरक्षा दिएको
बाबुराम र नितिशकुमारबीच टेलिफोन वार्ता, नाकाबन्दी खुलाउन पहल गर्ने नितिशकुमारको आस्वासन
भारतीय नाकाबन्दीका कारण मधेशको मुद्धा ओझेलमा: निधी
संविधान निर्माणका बेला आफ्नै पार्टीको नेतृत्व र पहलकदमीमा संविधान बनाउँदा सरकारमा रहेका कांग्रेस नेता विमलेन्द्र निधी अहिले त्यो संविधानको सफल कार्यान्वयनको पहिलो कार्यसूची संविधानका केही मूलभूत विषयमा संशोधन अत्यावश्यक भएको ठान्छन्। ....... मधेस र मधेसी जनताको अधिकारका लागि संविधानमा तत्काल संशोधन बिना अहिले देखिएको मधेस आन्दोलन र जनताले खेपिरहेको भारतीय नाकाबन्दीबाट मुलुकले निकास नपाउने उनको ठम्याइ छ। नेपालका हरेक राजनीतिक परिवर्तनका लागि भएका आन्दोलन नेपाली जनताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग र नैतिक समर्थनको अपेक्षा गर्नु सामान्य प्रचलन बन्दैआएको भन्दै अहिल मधेसको समस्या समाधानका लागि भारतले देखाएको समर्थन पनि त्यही रुपमा लिनुपर्ने उनको धारणा छ। ..... मैले व्यक्तिगतरुपमा पनि राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, समावेसीता, धर्मनिरपेक्षता, मिश्रित निर्वाचन प्रणाली, अहिंसा र शान्ति यी नौवटा सूत्रलाई मन्त्रको रुपमा अहिलेको राज्य परिवर्तनका लागि, संविधान निर्माणका लागि आधार हो भन्दैआएको छ। ...... एकातिर यो संविधानलाई हामीले गौरवपूर्ण घडीका रुपमा लिनुपर्दछ भने अर्कोतिर यो संविधानमा बाँकी रहेका कुरा, जुन मैले भनेँ मण्डप बन्न सकेन। सम्बोधन गरिनु पर्दछ। ........ कुनै पनि देशमा लोकतन्त्र छ कि छैन भन्ने कुराको मान्यता त्यहाँको इलोक्ट्रोरल सिष्टम जनसंख्याकै आधारमा छ कि छैन भन्नेमा निर्भर गर्र्छ। हाम्रो संविधानमा त्यो त्रुटिपूर्ण छ। यसलाई मैले नेपाली शब्दमा त्रुटि भन्दा पनि महात्रुटि वा महाभूल भन्छु। अंग्रेजीमा यो ब्लण्डर भएको हो। ..... त्यसबेलामा निर्वाचन क्षेत्र निर्धारण र समावेसी समानुपातिक विषय पनि संशोधन गरिदिएको भए यति धेरै विवाद हुने थिएन। एउटा महत्वपूर्ण विवाद बाँकी रहन्थ्यो जो अहिले पनि छ। त्यो हो सिमांकनको विषय। ......

यसरी विभेदपूर्ण तरीकाले अथवा एकाधिकार प्रवृत्तिले सिमांकन गरिन्छ भन्ने मैले सोचेको थिइनँ।

..... बैवाहिक नागरिकतालाई वंशज नागरिकता बनाऊ ..... विवाहको आधारमा निर्धारण हुने सम्बन्धलाई वंशज भन्नु पर्‍यो। त्यसलाई अंगीकृत भन्नु भनेको त्यसलाई अपमान गर्नु हो। ...... राज्यको सर्वोच्च तहमा अंगीकृतले नपाउने विषयमा सांसद हुन पाउने, मन्त्री हुन पाउने तर प्रधानमन्त्री हुँदा के नै बिगारिहाल्छ त? ..... राष्ट्रलाई धोका दिने त वंशज नागरिक पनि हुन सक्छ नि त। राष्ट्रको सुरक्षासम्बन्धि संवेदनशील विषयमा यदि कसैको नियत खराव छ भने, कोही बदनियत गर्न चाहन्छ भने, देशप्रेम छैन भने, वंशजको नागरिकले पनि धोका दिन सक्छ। ...... भारतमा सोनिया गान्धीलाई प्रधानमन्त्री बन्नबाट त्यहाँको संविधान र कानुनले रोक्दैन। ..... संविधान र लोकतान्त्रिक निर्वाचन प्रणालीद्वारा पनि हिटलर जन्मेको छ। त्यसकारण संविधान र कानुन मात्रै पर्याप्त कुरा होइन। संविधान र कानुनसँगसँगै हाम्रो पोलिटिकल कल्चर धेरै महत्वपूर्ण कुरा हो। ..... संविधान कार्यान्वयनको पहिलो कार्यसूची भनेको यो संविधानमा संशोधन गर्नु हो। प्रमुखरुपमा तीनवटा विषयमा। दुईवटा विषयमा हामीले संसद्मा दर्ता गराएका छौं। निर्वाचन क्षेत्र निर्धारण र समावेसी समानुपातिक प्रतिनिधित्वको विषय। तेस्रो विषय सिमांकनसम्बन्धि पनि अन्तत्वगत्वा संशोधन नै गराउनु पर्छ। .....

सरकार गिराउन हामी लाग्दैनौं। किनकि सरकार केही न केही दिनभित्र आफै ढल्छजस्तो लाग्छ मलाई।

..... दुईवटा कार्यक्रम बनाएका छौँ। एउटा महाधिवेशनका लागि अर्को संविधान संशोधन र कार्यान्वयनका लागि। ..... भारतले पनि आधिकारिकरुपमा नाकाबन्दी भनिरहेको छैन र नेपाल सरकारले पनि नाकाबन्दी भनिरहेको छैन। हामी सरकारमा भएको बेलामा पनि र अहिलेको सरकारले पनि नाकाबन्दी भनिरहेको छैन। .... भारत, चीन, अमेरिका, यूरोपियन युनियनको नैतिक सहयोग र समर्थन नेपालको राजनीतिक आन्दोलनको सबै चरणमा नेपाली जनताले खोजेको छ र त्यसलाई हामी स्वागत गरेका छौँ। हामीले अहिले त्यही रुपमा बुझ्नु पर्छ। ...... संघीयता र गणतन्त्र यी दुईटा यस्ता विषय हुन् जो कि हरेक पार्टीमै अलगअलग धारणा थियो। नेपाली कांग्रेसभित्रै केही वीपीवादीहरुले (हामी सबै वीपीवादीहरु छौँ तर थरीथरीका वीपीवादीहरु छौँ, कांग्रेसमा) ..... संवैधानिक राजतन्त्रको अवधारणा त्यागेकै कारण आज यो हविगत भयो भन्ने पनि छन् नि त। त्यस्तै संघीयता त हामीले मागेकै होइन। यो त मधेसको माग हो। नेपालजस्तो सानो देशका लागि संघीयताको जरुरतै छैन भन्ने पनि कांग्रेसभित्र थिए। एमाले त संघीयताको पक्षमा नै थिएन। एकचोटी झलनाथ खनालले लोकतान्त्रिक गणतन्त्रको व्यानरमा कार्यक्रम गर्दा कांग्रेसभित्र म गणतन्त्र पक्षधर भएको कारण निम्त्याउनु भयो। त्यतिबेला मैले उहाँलाई भनेको थिएँ कि तपाईंको व्यानरमा लोकतान्त्रिक गणतन्त्रमा अर्को पटक संघीय लोकतान्त्रिक गणतन्त्र बनाउनुहोस्। ....... एमाले र एमाओवादी कोही पनि संघीयतावादी हुँदैनन्। .... नेपाली कांग्रेसभित्रै पनि संघीयताबारेमा अनडिजायरएवल वा अनवान्टेड चाइल्ड भन्छन् नि, जन्मिसक्यो अब म यसको बाबु हुँ, म यसको आमा हुँ भन्नै पर्‍यो। त्यो एउटा कुरा हो। तर डिजायर गरी सन्तान जन्माउनु पर्छ, यो सन्तान मेरो हो भनी वनरसिप लिनु अर्को कुरा हो। ....... कतिपय नेपाली कांग्रेस, एमालेभित्र पनि मैले आधिकारिकरुपमा भन्ने गरेको छु कि अझै पनि संघीयतालाई स्विकार गरिसकेको अवस्था छैन। त्यो कारण हो जसको प्रभावका कारण सिमांकनमा पनि देखिन्छ। त्यतिमात्र होइन समावेसीताबारेमा पनि छ। कहिलेकाहीँ आदिवासी जनजाति को हो त भनेर भन्दा क्षेत्री ठकुरीले भन्न सक्छन्, हामी हौं आदिवासी। ....... मेरो विचारमा पश्चिममा अहिले देखिएको थरुहटको कैलाली कन्चनपुर अथवा मोरङ, सुनसरी झापाको कुरालाई पनि नेपाली कांग्रेसभित्र उदार भएर नै जानुपर्छ। .....

म कसैको नाउ लिन चाहन्नँ। उहाँहरुले पहिले पूर्वको समस्या समाधान होस् भन्ने र पूर्वकोलाई पश्चिमको टुंगो लागे हामी मानिहाल्छाँै नि भन्ने छ।

..... अहिलेसम्म जति मोडल पस्कियौं, ८ मोडल, ६ मोडल, ११ वा १४ मोडल जतिमा पनि हरेकमा मधेसमा दुई प्रदेश स्विकार गरिसकेको थियो। यसपटक मात्रै हो, स्विकार नगरिएको।
नाकाबन्दी झन् कडा
नेपालस्थित अधिकारीका अनुसार

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरूले भारतविरूद्ध बोल्न थालेपछि पेट्रोलियममा थप कडाइ भएको महसुस भएको छ।

गृहका एक अधिकारीका अनुसार भारतीय भन्सार अधिकारीले पेट्रोलियम पदार्थ रोक्ने भनेका छैनन् तर अनौपचारिक कुराकानीमा ‘नाकाबन्दीबारे प्रधानमन्त्री केपी ओलीलाई सोध्नुस्’ भन्ने गरेका छन्। .... पछिल्ला दिनमा प्रधानमन्त्री ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल तथा सरकारका मन्त्रीहरू भारतको चर्को आलोचनामा उत्रिने गरेका थिए।
‘छठपछि पनि अशान्ति मच्चाउनेलाई उनीहरुकै थाँतथलो पठाइदिन्छौं’ -सचिव भट्टराई
योगेश भट्टराईले छठसम्ममा पनि आन्दोलन र नाकाबन्दीको समस्या समाधान नभए सशक्त कदम चाल्ने बताए। .... छैठ पछि पनि अशान्ति मच्चाउने गैह्र नेपालीलाई जहाँबाट आएको, उतै पठाइदिने चेतावनी दिए । .... उनले सीमानामा भाला, तरबार बोकेर प्रदर्शन गर्नेहरु नेपाली हुँदै नभएको जिकिर गरे।‘यतिकुरा दावीका साथ भन्न सक्छु, ती नेपाली होइनन्,’ उनले भने, ‘साँच्चैका नेपालीहरुले बोल्न पाएका छैनन् ।’ .... उनले

वीरगञ्जको भारतीय वाणिज्य दुतको कार्यालयले आन्दोलनको ठेक्का लिएको समेत आरोप लगाए।‘हरेक उसको कामै त्यही भएको छ, आन्दोलनकारीलाई दिनको दुई सय रुपैया भत्ता, यौटा ढुंगा हानेवापत ५० रुपैया दिने गरिएको छ,’

उनले राज्यको पनि बटमलाइन भएको बताउँदै तराईमा दुई मधेस प्रदेश सम्भव नभएको बताए।‘मधेसी दलहरु रिसाउँछन् कि भनेर लुकाउने कुरा हुँदैन, दुईटा मधेस प्रदेश हुँदैन,’ उनले भने । ...... उनले तराइमा भइरहेको आन्दोलन नेपाललाई भारतमा गाभ्ने षड्यन्त्रअनुसार भएको बताए ...... उनले सात प्रदेशको सीमांकनमा हेरफेर नहुने बताए।अर्को ठाउँबाट झन् ठूलो विद्रोह हुने बताउँदै राजनीतिक निर्णयकै आधारमा सात प्रदेश हेरफेर नहुने बताए।सुनसरीलाई दुई नं. प्रदेशमा नराख्न कार्यक्रमका सहभागिले गरेको आग्रहलाई सम्बोधन गर्दै उनले सुनसरी वा सुनसरीको कुनै पनि गाविसलाई दुई नम्बर प्रदेशमा राख्ने गरी एमालेले निर्णय नगर्ने आश्वासन समेत दिए । ..... जनसंख्याको आधारमा मात्रै निर्वाचन क्षेत्र बनाउने कुरा सम्भव नभएको बताउँदै उनले देशको भूगोल र जनसंख्याको आधारमा सन्तुलित रुपमा निर्वाचन क्षेत्र बनाइने बताए। ....

उनले नेपालको इतिहासमा पहिलो पटक अन्तर्राष्ट्रिय फोरममा भारतसँग भनाभन भएको बताउँदै यस्तो भनाभन अब दर्जनौंपटक हुने ठोकुवा गरे।

‘हाम्रा प्रधानमन्त्री भारत भ्रमणमा जान्थे, मुन्टो हल्लाउँदै आउँथे, अब मुन्टो हल्लाएर काम छैन,’ उनले भने ।
भारतका सामु अन्तिमसम्म पनि झुक्दिनः प्रचण्ड
प्रचण्डले आफ्नो संविधान आफैंले बनाएर नेपालीले कुनै गल्ती नगरेको र

संविधानले कसैलाई विभेद पनि नगरेको स्पष्ट पारे।

.... मधेशलाई विभेद गर्‍यो भन्ने जुन भ्रम पार्न खोजिएको छ त्यो सत्य होईन । बरु पहिचानको आधारमा भन्ने हो भने मधेशलाई अन्य समुदायलाई भन्दा धेरै पहिचान प्राप्त भएको छ।’ ..... मधेशमा जारी आन्दोलन र मधेशी समुदायले उठाएका विषयहरुको समाधानको लागि संबिधान संशोधन सँगै वार्ता र छलफलको माध्यमबाट समस्या समाधानको पहल भईरहेको ..... संविधानसभा मार्फत जारी भएको नेपालको संविधान दक्षिण एशियामा मात्र होईन विश्वका सबै मुलुकको संविधानभन्दा प्रगतिशिल भएको उनले दावी गरे। जनताको प्रतिनिधि मार्फत नेपाली जनताको आत्मनिर्णयको अधिकार प्रयोग गरेर स्वतन्त्रतापूर्वक जारी गरेको संविधान लोकतान्त्रिक र वैधानिक विधीको दृष्टिले पनि सबैभन्दा उत्कृष्ट रहेको उनले दावी गरे । ..... एक अर्को प्रसंगमा प्रचण्डले बाबुराम भट्टराईले पार्टी त्यागेर आत्मघाती निर्णय गरेको बताए। ‘हामी सबैले उहाँलाई पूनर्विचार गर्नुस्, पार्टीमा फर्किनुहोस् भनेर धेरै पटक आग्रह गर्‍यौ मान्नु भएन। अन्तत उहाँको यो निर्णयले उहाँलाई नै घाटा पुर्‍याउने छ,’ उनले भने। ....

भट्टराईले दिएको दुःख अहिले सबै नेपालीहरुले झेल्नुपरेको भन्दै एमाओवादी अध्यक्ष प्रचण्डले आफूले भने भट्टराईले दिएको दुःख २५ वर्षदेखि झेल्दै आएको दोहोर्‍याए।

२०७२ कार्तिक २२ गते रंगदर्पण और जानकी एफ.एम के कलाकारों ने बिरोध जुलुस के साथ-साथ चलते हुए जनकपुर में शिवचौक, भानुचौक, मिल्स एरिया चौक, जानकी चौक और जनकचौक पर मधेश आन्दोलन पर जागरण नृत्य और गीत प्रस्तुत की ।

Posted by Brikhesh Chandra Lal on Sunday, November 8, 2015

सक्कु साथीभाइ, दिदी, र नातेदार हुकन देवारीक उपलक्षम सुख सम्ब्रिद्धी के मंगलमय शुभकामना करती । दहित परिवार

Posted by Mahabir Chaudhari on Sunday, November 8, 2015

एमालेमा बिद्रोह शुरु भैसक्यो । बाराका एमाले साहस दिखायो । अब पुरै मधेसका इमान्दार एमाले कार्यकर्ताहरुले बिद्रोह गर्नुपर्छ ।

Posted by Mahesh Yadav Adhikari on Sunday, November 8, 2015

जनकपुर आन्दोलन कार्यक्रम

Posted by Brikhesh Chandra Lal on Sunday, November 8, 2015

प्रतिपक्षमा रहँदा भारतसँग पटक–पटक सहयोग लिने गल्ती गरेका सत्तासीन पार्टीले मधेसी पार्टीलाई मात्र राष्ट्रियता विरोधी देखा...

Posted by Setopati on Friday, November 6, 2015

अभिव्यक्ति दिएर मात्र समाधान हुँदैन समाधानको बाटो पनि खोज हे नेपाली नेता हो ।

Posted by Milan K. Shahi on Saturday, November 7, 2015

यो गर्न हाम्रो नेताहरूको हैसियतले भ्याउदैन हजुर।

Posted by Bidur Adhikari on Sunday, November 8, 2015

निर्दयता र क्रुरताको सीमा हुँदोरहेनछ? रुवाण्डाका हुतु भन्दा के कम छन र नेपालमा?

Posted by Subodh Raj Pyakurel on Sunday, November 8, 2015

गम्भीरतापूर्वक एउटा सकसक। लालुप्रसाद यादव र राहुल गान्धीलाई तराई हुँदै नेपाल भ्रमण गर्न अाग्रह गरौँ?

Posted by Subodh Raj Pyakurel on Sunday, November 8, 2015

Also this comment from Dr. Bhagawan Koirala:Great piece, Nirabh and Geoff; I think this is also a view point that most ...

Posted by Kanak Mani Dixit on Saturday, November 7, 2015

काङ्रेस एमाले माओवादी का दलका अध्यक्षले आफ्ना मधेसी सान्सदहरुलाई के खुआएर राजधानिमा राखेकाछन कि मधेस आन्दोलनको बारेमा एक शब्द पनि बोल्न सकिराखेकाछैन ?

Posted by Mahesh Yadav Adhikari on Saturday, November 7, 2015


India in the Madhesi Movement
‘जनता मार्न पाईदैन – हत्यारा सरकार चाँहिदैन’ भन्दै काठमाडौंमा पनि आन्दोलन चर्किदै
आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले गर्‍यो मधेशी मोर्चाका मागको समर्थन

No comments: