Wednesday, November 11, 2015

In The News (32)

जनकपुर में आज दीपावली के अवसर पर (२५ कार्तिक) मधेशीयों ने अमर शहीदों के याद में शिवचौक पर आकाशदीप जलाया । मुल्क को अन्धकार में ढकेलनेबाला खस अहंकारवाद बिरुध्द हुक्कालोली भांजा गया ।

Posted by Brikhesh Chandra Lal on Wednesday, November 11, 2015

Some of the recommendations that the Nepal accepted in the UPR6.1. Consolidate the constitution building and...

Posted by Dipendra Jha on Tuesday, November 10, 2015

आज दियाबाती के दिन सायं ६.३० बजे शिव चौक पर शहीदों की स्मृति मे दीप दान कार्यक्रम ( आकाश दीप ) और सामूहिक हुक्का-लोली कार्यक्रम मे सामूहिक सहभागिता के लिए विनम्र अनुरोध।

Posted by Vijay Kumar Singh on Tuesday, November 10, 2015

HAPPY DIPAWALI 2072!!!May the Auspicious Colours & Sparkles of this Dipawali bring all the Happiness, Peace &...

Posted by Prabin Bhattarai on Tuesday, November 10, 2015

More than 1,00,000 Muslim gather to support Madhesi Morcha Movement for Madhesi Right in Rautahat Gour. मुस्लिम समुदाय द्वारा मधेश आन्दोलनप्रति एकबद्धता जनाउदै रौतहटको गौरमा निकालिएको बिशाल रैली | एकलाख भन्दा पनि बढी मानिसको सहभागिता |

Posted by Muhammad Imran Alam on Sunday, November 8, 2015

Today, presented paper on way out of current crisis.

Posted by Dinesh Tripathi on Tuesday, November 10, 2015

अन्तरराष्ट्रिय सीमामा निरन्तरको धर्ना आन्दोलन संधियार देशको सरकारी चाहनाविपरीत र बलियो समर्थनबिना संभव हुँदैन। जसले पनि बुझ्ने कुरा हो यो।

Posted by Nilamber C. Acharya on Tuesday, November 10, 2015

इन्धन आयात अध्ययन गर्न सरकारी टोली बंगलादेश जाँदै ।http://bit.ly/1kLmbs7

Posted by eKantipur on Tuesday, November 10, 2015

जाबो चारजना मदीसे ले मैहु भन्नेदलका नेताहरुलाई थर्काए , मैले भए रास्ट्रघातीहरुलाई अस्तीनै जेलहाली सक्ने थीए आफु सातसमुद्र पारी छु खै के खै के..............।

Posted by Birat Adhikari on Tuesday, November 10, 2015


एसडी मुनी भन्छन्, ‘भारतले नेपालको संविधान स्वागत नगर्नु ठूलो गल्ती’
दिल्लीमा नेपाल नाकाबन्दी बहस
मुनिले भने—‘मधेसलाई हेरिने बिभेदकारी दृष्टिकोण यो २/४ महिना यताको मात्रै होइन, बर्षौंदेखि थोपरिंदै आएको समस्या हो । आज देशको प्रधानमन्त्री भइसकेको बरिष्ठ नेताले मधेसी समुदायको मानवसांग्लोलाई माखेसाङ्लो भनेर खिल्ली उडाउनु त्यही ‘माइन्डसेट’को नतिजा हो ।’ ...... ‘नेपालमा राजनीतिक संवादहीनताका कारण संकट उब्जिएको र त्यसले संविधानको दस्तावेजमा समस्या थपेर लगेको’ ...... उनले नेपालको राजनीतिक समस्यामा परामर्शका लागि विदेश सचिवको तहमा मध्यस्थकर्ता पठाउनु दिल्लीको गल्ती भएको बताउँदै बिभिन्न राजनीतिक दलका नेपाल सरोकारका जानकार वा एसडी मुनिजस्ता बिज्ञलाई नेपालमा पठाउन सकेको भए समस्या सुल्झाउनमा सहयोग पुग्ने उनको राय थियो । ..... नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल झाले ३ महिनादेखि आफ्ना अधिकार र सुरक्षाको माग राखेर मधेशमा लडिरहेका जनताको आवाजलाई राज्यले सुन्न नचाहेको प्रतिक्रिया दिए । ‘हामी एकीकृत नेपालभित्र समृद्ध मधेस चाहन्छौं,’ झाले भने, ‘तर टि–ब्रेकको समय लिएर वार्ता गर्ने भन्दै आउने सरकारी नियत र शैलिका माझ कुराकानी गरिरहनुको अर्थ रहन्न ।’ ...... राजदूत उपाध्यायले संविधान संसोधन वा उच्चस्तरीय वार्ताको परिणामबारे जिज्ञासु बन्दै हेरिरहने अवस्था दिल्लीमा रहेको सुनाए । ..... भारतको सत्ता गठबन्धनले नाकाबन्दीबारे केही प्रतिक्रिया दिन नचाहिरहेको सन्दर्भमा भारतीय संसदमा नेपाल मामलामा सरोकार राख्ने सांसदहरुले आवाज उठाएका छन् । विदेश मन्त्री सुषमा स्वराजको ध्यानाकर्षण रहने गरी सांसद डीपी त्रिपाठी, सिताराम येचुरी, शत्रुघ्न सिन्हा, केसी त्यागीसहितले आवाज उठाएपछि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानव अधिकार समितिले आगामी साताभित्रमा एक दिने नेपाल संकटबारे बैठक राख्ने भएको छ ।
पाैडेल भन्छन्- कांग्रेसले सरकार, मधेसी दल र छिमेकीबीच मध्यस्थता गर्छ
‘संविधान लिएर कांग्रेस मधेस झर्ने’
पाैडेलले प्रमुख ठूला तीन दल मिलेर सरकार बनाउँदा मुलुक ‘सरकार भर्सेज मधेस’को स्थितिमा पुग्ने भएकोले आफूहरु समस्या समाधानको लागि मध्यस्थ गर्न प्रतिपक्षमा बसेको बताए । ..... पौडेलले

कांग्रेसको ओरिजिन नै मधेस भएकोले

मधेसको जनताको विश्वास लिएर समाधान गर्ने नीति पार्टीको रहेको बताए । उनले कांग्रेसले वार्ता टोलीमा बसेरभन्दा बाहिरै बसेर जिम्मेवारी लिने पनि स्पष्ट पारे । ...... मधेसमा अहिले संविधानका विषयमा भ्रम रहेकाले कांग्रेस संविधान बोकेर मधेस झर्ने पनि उनले बताए । ‘भ्रम चिर्दै मधेस र अरु भूभागबीच बढेको ग्याप कम गर्न हामी लाग्छौं,’ उनले भने ...... बिहीबार कांग्रेसले मधेसी मोर्चाका नेताहरुसाग वार्ता गर्ने
पुनर्सिमाङ्कनले मधेस समस्या सम्बोधन: गच्छदार
देउसी टोलीसँग सरकारी निवास पुल्चोकमा बुधबार कुरा गर्दै

मधेसमा मेचीदेखि महाकालीसम्म दुई प्रदेश हुनु पर्ने

आफ्नो धारणा सुनाए । उनले तीन ठूला दललाई मिलाएर सीमांकन गर्ने बताए । ..... गच्छदारले तिहारपछि ठोस बटमलाइनमा वार्ता सुरु हुने पनि जानकारी दिए ।
सरकार गिराउन मेहनत गर्नुपर्दन: सिटौला
' कांग्रेसबिना संविधान कार्यान्वयन असम्भव'
कार्यक्रममा सहभागी कार्यकर्ताले आफूहरु जिल्ला ,नगर र गाउँमा बसेर कार्यकर्ता थाम्ने तर केन्द्रमा बसेर नेताहरुले कांग्रेस बिगार्ने काम गरेको गुनासो गरेका छन् ।
तत्काल सीमांकन परिवर्तन हुँदैन : सिटौला
मधेसी मोर्चाले उठाउँदै आएको झापा, मोरङ र सुनसरी अहिले जहाँ छ त्यही रहने उनले बताए । .... सिटौलाले भने, ‘तत्काल सीमांकन परिवर्तन हुँदैन । ७ प्रदेश जस्ताको त्यस्तै रहन्छ । झापा, मोरङ र सुनसरी जहाँ छ त्यही रहन्छ ।’ उनले अहिलेको प्रदेश सिंमाकन उत्कृष्ठ रहेको दाबी गरे । ‘औसतमा अहिले गरिएको सीमांकन राम्रो छ । भोली चलेन भने जुटन–टुटन हुनसक्छ,’ उनले भने, ‘यो त संसार भरी देखिँदै नै आएको छ ।’......

झण्डै तीन महिना यता मधेसमा आन्दोलित मधेसी मोर्चाको मागबारे पनि सिटौलाले अनभिज्ञता प्रकट गरे । ‘मधेसी मोर्चाको के माग हो हामीलाई अझै थाहा छैन्,’ उनले भने

..... भारतले संविधानमा कुनै दवाव नदिएको सिटौलाले बताए । .... भारतको पत्रिकामा छापिएकै आधारमा कुनै विषयलाई भारत सरकारको आधिकारिक धारणा मान्न नसकिने सिटौलाले तर्क गरे । ‘भारतको पत्रिकामा छापीएको समाचार भार सरकारको आधिकारिक धारणा हुन सक्दैन् । नेपालको पत्रिकामा छापीएको समाचार नेपाल सरकारको धारणा हुँदैन्,’ सिटौलाले भने, ‘संविधानमा यसो गर उसो गर भन्ने कुरा भारतले भनेको छैन् ।’
नेपालको पारवाहन अधिकार हनन भएको राष्ट्रसंघको ठहर
नाका अवरोध हटाउन आग्रह



रित्तिँदै गएका विकल्प
विगत अढाई महिनादेखि प्रत्येक दिन कति मालवाहक ट्रक र कुन संख्यामा पेट्रोलियम पदार्थ बोकेका ट्रक, ग्यास ‘बुलेट’ नेपाल भित्रिए भनेर गिन्ती गर्नु सहरवासीका निम्ति दिनचर्या हुनथालेको छ। ..... मधेसका बहुसांख्यिक किसानको प्रमुख बाली धानमा आवश्यक मल, जल र गोडमेल बेगर नै पाकेको थियो। अब तिनले बाली भित्र्याउन त परै जाओस्, खेतमै धान उम्रेको हेर्नुपर्ने स्थिति छ। हिउँदेबालीका निम्ति खनजोत अकल्पनीय हुँदै गएको छ। विद्यार्थीहरू पढाइबाट र बिरामी अस्पतालबाट बञ्चित छन्। उद्योगधन्दा र व्यापार बन्द हुँदा मजदुरहरूको रोजीरोटी बिलाउँदै गएका छन्। ..... नेतृत्व आफूले उठाएको कुनै कदमले भारत रिसाउँछ कि भन्ने हीन मनोदशाबाट ब्यग्र छ। यही कारणले सरकार छिमेकीले लागाएको नाकाबन्दीलाई नाकाबन्दी हो भन्नसमेत आनाकानी गर्दैछ। यथासमयमा नै छिमेकी राष्ट्रले अन्तर्राष्ट्रिय कानुनहरूको उल्लंघन गरेर नाकाबन्दी गर्‍यो भनेर विश्व समुदायसमक्ष प्रस्तुत हुनसकेको भए देशको अर्थतन्त्र धरापमा पर्ने थिएन। ...... हाम्रो राजनीतिक वृत्त चीनसँग हात थाप्दा भारत सरकार अझ बढी रुष्ट हुने हो कि भन्ने त्रासमा रह्यो। ..... पश्चिमी मुलुकसँगको हाम्रो बढ्दो सम्पर्कले ऊ निसासिने गर्छ। चीनसँगको सम्बन्धका विषयमा त भारत अति बढी नै सशंकित र संवेदनशील हुने गर्छ। नेपाल–चीन मैत्री सम्बन्धको चासो लिँदा दिल्लीले बिर्सने भनेको १,४१५ किलोमिटर अर्थात् नेपालले चर्चेको भौगोलिक खण्डमा उसलाई जेजति सुरक्षा मिलेको छ, त्यो भारत/चीन बीचको सीमा क्षेत्रमा छैन। ......

चीनको विगत दुई हजार वर्ष लामो इतिहासमा उसले अन्य मुलुकको भूभागमा कव्जा जमाएको उदारहण भेटिँदैन।

अर्काको भूभागमा गिद्धे दृष्टि नभएको मात्र होइन, चीनले अन्य मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गरेको उदाहरण पनि विरलै पाइन्छ। ....... पचासको दशकमा राजाको निजीदेखि क्याविनेट सचिवसम्म हामीकहाँ भारतीय हुने गर्थे ........ तीन वर्ष अघिमात्रै हो, हाम्रै प्रधानमन्त्रीले खुलेआम देश सञ्चालनको चाबी उनीहरूको हातमा भएको अभिव्यक्ति दिएका। हामी मात्र होइन, दक्षिण एसियाली मुलुकहरू भारतीय हस्तक्षेपबाट आजित र आक्रान्त छन्। विडम्बना के हो भने छिमेकी राष्ट्रहरू आफ्नो प्रभाव क्षेत्रबाट बाहिरिन वा टाढिन खोजेकोमा कपाल जतिसुकै दुखाए पनि त्यो माहोल कसले निर्माण गरेको हो भन्नेतर्फ दिल्ली सचेत भएको पाइँदैन। ......

छैठौं चरणको मधेसी मोर्चा र सरकार बीचको वार्तामा ‘राजनीतिक विषयले प्रवेश पाएको’ प्रकाशित विज्ञप्तिले जनसाधारणमा आशा पलाएको थियो। तर कात्तिक १६ मा रक्सौल–वीरगन्जस्थित मितेरी पुलमा भएको घटनाले त्यो भावमा तुषारोपात छरेको छ।

...... नेपालीहरूले अभाव थेगेर विगत दुई महिनादेखि अति कष्टप्रद जीवनयापन गरिरहेका छन्।
मधेसमा जे सुनियो, जे बुझियो
मौसमी राष्ट्रवादको नजरमा मधेस आन्दोलनमा विखण्डन देखिन्थ्यो। ..... त्यत्रो दमन र हत्याहरूमाझ आन्दोलन टिकिरहनुको रहस्य के हो? ..... बर्दिबास पूर्व आन्दोलन छ, पश्चिम सुनसान छ ...... राज्य राति बन्दुकको आडमा वाहन चलाउँछ। मिर्चैयामा बाटो छेकियो। छेक्ने टोली आक्रोशको चुलीमा थियो। ‘सप्पै पहाडे उस्तै हुन्, फर्क।’ कमाण्डर कड्किए। निवेदन परास्त भयो, चोरबाटो समात्यौँ। ...... मस्यौदा संविधानले पहाड र तराई–मधेस दुवैमा असन्तुष्टि जन्मायो। ..... बागलुङ, सुर्खेत र कर्णालीका माग विना वार्ता, आलटाल र दमन पुरा गरिए। थारू र मधेसीका माग उपेक्षा, आलटाल र दमनमा परे।

पहाडमा निषेधाज्ञा तोड्दा आन्दोलनकारीलाई केवल पानीका फोहराले तर्साइयो, तराई–मधेसमा छाती र टाउका ताकीताकी गोली दागियो।

....... टीकापुर घटना राज्यद्वारा थारू समुदायमाथि इतिहासभरि गरिएको बहिष्करण र वञ्चनाबाट सञ्चित आक्रोशको प्रतिक्रिया थियो। घटनाअघि थारू समुदाय प्रहरीबल र अखण्डमार्गी बन्धुको घेराउ, खेदो र उपहासको सिकार बनेको थियो। ....... सत्तावृत्त र मिडियामा परिणामको चर्चा भयो, त्यसको कारण खोतलिएन।

थारूजनलाई राक्षसका रूपमा चित्रण गरियो र मृत प्रहरीमाथि आँसुको वर्षा भयो।

तथ्यको पुच्छर समातियो, शिरको पर्बाह गरिएन। घटनापछि कफ्र्युमा थारू समुदायका घर तोडफोड भए, पसल लुटिए, आगो लगाइए, महिला दुव्र्यवहारमा परे। कफ्र्युमाझ त्यो वितण्डाको कर्ता को थियो? त्यसलाई संरक्षण दिने को थियो? सत्तावृत्त र मिडिया मौनप्राय: रहे। मानौँ थारू समुदाय राक्षस हो, जसलाई सत्ता र यसका आफन्तहरूले जे गरे पनि हुन्छ। ......... टीकापुर घटनामा हाडी बालकको ज्यान गयो। र सत्तावृत्त र मिडियामा बालकको जीवनहरणप्रति करुणाको वर्षा भयो। रूपन्देहीमा प्रहरीका हातबाट मधेसी बालकको जीवनहरण भयो। तर सत्तावृत्त र मिडियासँग ती बालकका नाममा चुहाउन एकथोपो आँसु पनि भएन। मारिने दुबै बालक, दुबै नेपाली, दुबै अबोध, तर उद्भव, वर्ण र भूगोलका दृष्टिले तिनका जीवनको मूल्यमा कत्रो घटीबढी ! एउटाको मूल्य असीमित, अर्काको मूल्य शून्य। महोत्तरीमा आन्दोलनकारीद्वारा एक असईको ज्यान गयो। त्यसै दिन प्रहरीका हातबाट पाँच आन्दोलनकारी मारिएका थिए। सत्तावृत्त र मिडियामा प्रहरीप्रति करुणाको वर्षा भयो, मृत पाँच आन्दोलनकारी बेखबर रहे। हेर्ने आँखा उनै हुन्, घटनाको प्रकृति उस्तै। तर परिणामप्रतिको यो प्रतिक्रिया कति विभेदकारी !.........

संविधान बनाउनेहरूको आँकलन हुँदो हो- भूकम्पले लोकमानस क्षतविक्षत भएको छ। यस्तोमा जस्तो संविधान बनाए पनि त्यो स्वीकृत हुनेछ। तर थारू, मधेसी र लिम्बु समुदाय विरोधमा उठे।

....... रक्तपातबीच सुझाव सङ्कलन गरियो, रक्तपातबीच संविधान जारी गरियो। मधेस झनै अशान्त भयो, दमनचक्र झनै तीव्र। र दिल्लीले मधेसमा सिधै हात हाल्यो। माथिको ‘मोदी जिन्दावाद’ अब तल सर्‍यो। ...... आन्दोलनमाथि राज्यको दमन अति भएपछि सायद हतास मधेसी मोर्चाले दिल्लीछेउ गुनासो गर्‍यो- रोटी–बेटीको नाताका हामी मारिँदा हजुर रमिता हेरेर बस्ने? दिल्ली संवेदित भयो र आन्दोलनप्रति समर्थनको हात अघि बढायो। मधेसीहरू गहभरि आँसु लिएर भन्छन्- त्यसपछि मान्छे मारिएन। पीडित

मधेसीहरूका दृष्टिमा राज्य जीवन–भक्षक ठहरियो, मोदी जीवनरक्षक मानिए।

....... मधेसमा दुइटा नाम घरिघरि सुनिए- केपी र पुष्पकमल। केपीका तीन उद्गार नामी रहेछन्– माखेसाङ्लो, कुहेर झर्ने आँप र समतल विहार– उत्तर प्रदेशतिरको इसारा। ....... पुष्पकमलका दुई कुरा नामी रहेछन्- ‘मधेससँग मेरो लभ पर्‍यो, प्राण छउन्जेल छुट्दैन’, ‘मधेस मुक्त नहुन्जेल म लड्न–मर्न तयार छु।’ मोर्चालाई लत्याउँदै सोह्रबुँदेमा झुक्दा पुष्पले यी दुबै भनाइ बिर्से। ...... मधेस विद्रोहमा ५४ जना आन्दोलनकारीले सहादत प्राप्त गरेका थिए। घाउमा खाटा बसिसकेका छैनन्। अहिले ५० जनको ज्यान गइसक्यो। र मधेस पीडाले छट्पटाइरहेको छ। ........

‘अभी नहीं तो कभी नहीं भन्दै मधेस आन्दोलनमा छ। उद्योगी र व्यापारी, सरकारी जागिरे र अन्य पेसाकर्मी, मारवाडीगण र जनसाधारण सबै लामबद्ध। पहाडी बन्धुहरू ‘हामी मधेसी, हाम्रो मधेस, हाम्रा माग पुरा गर’को नारासाथ ऐक्यबद्ध। आन्दोलनलाई जीवन्त र संयमित बनाउन क्लब र युवा समूहहरूको ठूलो हात छ। अड्डा-अदालत जाम, बन्दव्यापार ठप्प, होटलहरू बन्द, जीवन अभावग्रस्त, सहरहरू उजाड। तैपनि आन्दोलन अडिग छ।

...... नाकाबन्दीको सक्कली उपचार आन्दोलनले अघि सारेका हकदाबीहरूको यथोचित सम्बोधन हो। माग सम्बोधन भएर जब आन्दोलनकारी घर फर्कन्छन्, ‘नेपालीलाई पीडा दिने अभिप्राय: नभएको’ भन्ने मोदीवाणीको परीक्षा हुनेछ। ....... आन्दोलनकारी भन्छन्- हाम्रा माग ठोस छन्। राज्यका कर्ताहरू, हिमवत् भेगका अत्यधिक बुद्धिजीवीहरू र मूलधारे मिडियाका थुप्रै सूचना सुराकी भन्छन्- मधेसका माग बुझिएनन्।


वार्ताका निम्ति दलीय टोली
एकातिर भारतको नाकाबन्दी, अर्कोतिर मधेसी दलहरूको धर्ना एवम् बन्दले गर्दा पुरै देशको आर्थिक जीवन ठप्पप्राय: हुँदै छ। ..... संसद् अवरुद्ध पार्ने र राष्ट्रको जीवन आधारका रूपमा रहेको वीरगन्ज नाकामा धर्ना कस्ने काम छाड्नुपर्छ। ...... वार्ता सकारात्मक दिशामा गइरहेकै बखत त्यहाँ बल प्रयोगको असामान्य घटना कसरी भयो/गरियो?

कतै त्यो वार्तालाई ‘सेबोटेज’ गर्ने प्रयत्न त थिएन?

उक्त घटनापश्चात् अवरुद्ध भएको वार्ता अझै सुरु हुन सकेको छैन। वार्ता प्रक्रियालाई प्रभावित पार्ने त्यस्तै घटना फेरि नहोस् भनेर चनाखो रहन पनि वीरगन्ज प्रकरणको राजनीतिक मनसायबारे आन्तरिक खोजबिन जरुरी छ। ....... मधेस आन्दोलनलाई सम्बोधन गर्न एउटा बिन्दुमा पुगेर संविधान संशोधन गर्नुपर्ने निश्चितप्राय: छ। अहिले मधेसी दलहरूले समानुपातिक–समावेशी प्रतिनिधित्व, निर्वाचन क्षेत्र निर्धारण, सीमांकनसँग जोडिएका प्रावधान परिमार्जन गर्नुपर्ने मुख्य माग राखेका छन्।
संविधान नबनाएको भए हामीलाई जेल हाल्थे : महरा
तिहारपछि मधेसी दलसँग सहमति हुने दावी, ओलीले कतिसम्म खुट्टा टेक्छन् हेर्न बाँकी छ,एमाले–एमाओवादी एकता गलत प्रचार

कांग्रेस र एमाले मिलेर पुरानो संविधान ब्युत्याएर द्वन्द्वकालका मुद्दा लगाएर आफूहरुलाई जेल हाल्ने तयारी गरेकाले हदैसम्म लचिलो भएर संविधान जारी गरेको भन्दै उनले भने, ‘संविधान नबनेको भए अहिले हामी जेल जाने थियौं ।’

...... तराईमा जारी आन्दोलनका मुख्य माग सम्वोधनको तयारी भइरहेको बताउँदै उनले केही दिनमा तराईको आन्दोलन सकिने पनि बताए । ‘आन्दोलनकारीहरुका दुइटा मुख्य माग पूरा भइसकेका छन्, सीमांकनको कुरा पनि अब समाधान हुन्छ । तिहार लगत्तै औपचारिक वार्तामा बसेर सबै समस्या समाधान गरिन्छ,’ उनले भने ।

तराईको समस्या समाधानका एमाले कठोर बन्दा संक्रमणकाल लम्बिएको पनि महराले आरोप लगाए ।

No comments: