Monday, November 09, 2015

वीरगंज पछि अब सप्तरी

सरकारले वार्ता आह्वान गर्ने भनेकै पुलिस लगाएर आंदोलनकारी धरपकड़ मारधाड़ गर्न का लागि भन्ने स्पष्ट भैसक्यो। वार्ता को कुनै गुंजायश मैले देखिराखेको छैन। काठमाण्डु का जनता सड़क मा नउर्ले सम्म ओली ले कान सुननेवाला छैन। वार्ता बाटो छ जस्तो मलाई लाग्दैन। देशले मागेको क्रांति हो। काठमाण्डु का जनता तैयार छन। यो सरकार र यो संविधान ढल्छ। क्रांतिलाई उठान गरौं। मधेसी, जनजाति, बाबुराम सब एक ठाउँ मा आउनुपर्ने भो। 




सरकार मुठभेडतिर, कांग्रेसबिना संवादमा बस्दैनौं:त्रिपाठी
सरकारले वार्तालाई निष्कर्षमा भन्दा रणनीतिमा परिणत गर्न खोजेकाले अब सरकारसँग वार्तामा बस्नुको औचित्य नरहेको मोर्चाको ठहर छ। .... नेपाली कांग्रेस तराई समस्या समाधान गर्नुपर्ने पक्ष लिएर पछिल्लो समय लचिलो बनेको छ । ‘कांग्रेसलाई वार्ताबाट पछि धकेलिएको छ,’ त्रिपाठीले भने, ‘यसको मतलब सरकार वार्तालाई रणनीतिमात्र बनाउँदै छ भन्ने हाम्रो बुझाइ हो ।’ ..... भारतले लगाएको अघोषित नाकाबन्दी अझै कडा पारिएको छ । पूर्वको काँकडभिट्टा नाकाबाट आइतबार पेट्रोलियमका ट्याङ्कर भित्रिए पनि जोगबनी नाकामा पेट्रोलियम जाँचपास ठप्प छ । सोमबार साँझसम्ममा अन्य सामान बोकेका ४५ वटा सवारी भित्रिए पनि पेट्रोलियमका सवारी नआएको विराटनगर भन्सार कार्यालयले जनाएको छ।
काठमाडौ र दिल्लीका शासकहरूको दोहोरीको मारमा नेपाली जनता - भट्टराई
'दिल्लीको कुन माग पूरा नभएर सीमामा नाकाबन्दी भइरहेको हो ? सरकारले जनतालाई जानकारी दिन श्वेतपत्र जारी गर्नुपर्यो ।' तीन महिनादेखिको मधेश आन्दोलन र डेढ महिनादेखि जारी नाकाबन्दीबाट पछि परेको अर्थतन्त्रलाई उठाउन दशकौं लाग्ने उनको भनाई छ । ..... विश्व महाशक्तिको होडमा रहेका भारत र चीनबीच स्वाधिन र आत्मनिर्भर मुलुक बनाउनु गम्भीर रहेको बताए । भट्टराईले २ सय वर्षदेखि नेपाली बजारमाथी भारतीय एकाधिकारवादी पूँजीले कब्जा जमाईरहेको उल्लेख गरेका छन् । ...... यसैगरी पूर्व प्रधानमन्त्री भट्टराईले संघीयता बिरोधी चित्रबहादुर केसी देखि गणतन्त्र बिरोधी कमल थापा सहितलाई साथ लिएको सरकारले संविधान कार्यान्वयन हुन नसक्ने बताए । उनले प्रश्न गरे- '६ जना उपप्रधानमन्त्री ६ तिर फर्किएको सरकारले यो संविधान कसरी कार्यान्वयन गर्न सक्छ ?' उनले जारी मधेश आन्दोलनमा संचार क्षेत्रको भूमिकाका बारेमा समेत असन्तुष्टी व्यक्त गरेका छन् । .....

आम संचारले सत्य कुरा सम्प्रेषण गर्न नसकेको भन्दै उनले 'आफूमात्र नेपाली भएको' मानसिकताले दुष्प्रचार गरेर पहाड र मधेशबीचको फाटो झनै चर्काउने काम भइरहेको आरोप लगाए ।

वर्तमान अवस्थामा देशले दु:ख पाउने र हालसम्मका उपलब्धी गुम्ने खतराका कारण नयाँ शक्ति आवश्यक रहेको भट्टराईले दाबी गरेका छन् । .... भट्टराईले भविष्यमा आफू कम्युनिष्ट राजनीतिमा सक्रिय हुनसक्ने सम्भावना कायमै रहेको बताएका छन् । सन्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै उनले भने- 'नयाँ शक्तिमा अहिले भट्टराई खेमा मात्र रहे पनि अन्य थुप्रै शक्तिहरूसँग कुरा भइरहेको छ र ती चाँडै व्यवहारमा देखिने छन् ।

No comments: