सार्वभौमसत्ता जनतामा हुनु

जुन देशमा सार्वभौमसत्ता जनतामा हुँदैन त्यस देशसँग सार्वभौमिकता हुँदै हुँदैन। जनता भनेको रोड़ा ढुङ्गा गिट्टी बालुवा होइन, ईटा ढुङ्गा पहाड़ चट्टान होइन। जनता सँग मानव अधिकार हुन्छ, जनतासँग एक व्यक्ति एक मत हुन्छ। जनता सार्वभौमसत्ता सम्पन्न हुन्छ। र मानव अधिकार व्यक्ति व्यक्ति को हुन्छ। त्यो मानव अधिकार जति सुकै ठुलो बहुमतले खोस्न मिल्दैन। बल प्रयोग गरेर खोस्न मिल्दैन। देशमा शक्ति को एक मात्र स्रोत जनता हो।

कसै लाई पनि नागरिकता विहीन अवस्थामा राख्न पाइँदैन। नेपालमा राखिएको छ। नागरिकता विहीन अवस्थामा राख्नु मानव अधिकार को हनन हो। नेपालमा भएको छ। र त्यो जारी राख्ने प्रपंच संविधानमा भएको छ।

नेपालको जनसंख्या सन १९५० मा ८३ लाख भनेर नेपाल सरकार ले भन्ने गरेको छ। सन १९५८ सम्म मधेसी ले काठमाण्डु जान वीसा लिनुपर्ने देश। भने पछि सन १९५० को जनसंख्या मा मधेसी गनेको हो कि नगनेको हो? ८३ लाख जनसंख्या वार्षिक औसत ३% ले बढेको हो भने त्यो २३ वर्षमा दोब्बर हुन्छ। अर्थात १९७३ मा एक करोड़ ६६ लाख। सन १९९६ मा आएर तीन करोड़ ३३ लाख। सन २०१९ मा ६ करोड़ ६६ लाख।

तर नेपालमा सन १९५० मा ८३ लाख अहिले सन २०१५ मा २ करोड़ ८० लाख क्लेम गरिन्छ। मधेसी लाई सन १९५० मा पनि गनियेन। र त्यस पछि मधेसी को जनसंख्या वृद्धि लाई पनि आत्मसात गरिएन। त्यति मात्र होइन नेपाल पहाड़ बाट भारत गएका मानिसको संख्या भए भन्दा निकै कम देखाउने गरिएको छ। नेपालबाट कामको सिलसिलामा ८० लाख गएको भनिन्छ। त्यो तथ्यांक सत्य हुन सक्दैन। ८० लाख होइन दुई करोड़ गयेको होला।

हामी यस्तो भुलभुलैया किन गर्दैछौं? मधेसी भुमिपुत्र हो मधेसमा। नेपालका शासक वर्ग कहलिने खस १००% भारतीय हुन सबै। नेपाल भारत भुटान बांग्लादेश ले १० वर्ष भित्र आर्थिक एकीकरण गर्ने भनेर कागजमा सही गरेको अवस्था छ। नेपाल भारत को खुला सीमाना अद्वितीय मात्र होइन दुनिया का लागि उदहारण पनि हो। २२ औं शताब्दी सम्म मा दुनिया को प्रत्येक सीमाना नेपाल भारत को जस्तो खुला होस्। भारत पाकिस्तान विभाजन अगाडि बंगाल एक थियो। अहिले जस्तो बीचमा बॉर्डर थिएन। बंगाल भारतको मुटु थियो। हामी दक्षिण एशिया को integration तर्फ बढ्नुपर्ने। नेपालका अहिलेका शासक त्यस बाटोमा तगारो हालेर बसेका छन। उनी हरुको रोग आत्म घृणा को रोग हो। ब्रिटिश ले दिएको रोग हो। ब्रिटिश ले भारतीय लाई आफुले आफैलाई घृणा गर्न सिकायो। होइन भने हिंदी लाई संयुक्त राष्ट्र संघ को छैँठो भाषा बनाउन नेपाल सबभन्दा अगाडि हुनुपर्ने। तर नेपालका शासक वर्ग ले हिंदी लाई राजनीतिक घृणा गरेको अवस्था छ।

मधेसी को आंदोलन मधेसी को मात्र होइन। यो विश्व भरि छरिएर रहेका भारतीय को आंदोलन हो। दुनिया को जुन सुकै कुनामा रहेको भए पनि कुनै भारतीयले आफ्नो राजनीतिक अधिकार पाएको छैन भने, उसको मानव अधिकार हनन भएको छ भने त्यो भारत सरकार को चासोको विषय हो। त्यो माउ देश भारतको सरोकार को विषय हो। भारत ले अरुलाई हेप्न चाहेको छैन। तर भारतीय कहीं पनि हेपिएर बस्नु हुँदैन। आफ्नो राजनीतिक समानता को थिचोमिचो कहीं पनि सहनु जरुरी छैन।

आगामी ५०० वर्ष भारतको हो।



Comments

Popular posts from this blog

फोरम र राजपा बीच एकीकरण: किन र कसरी?

नेपालभित्र समानता को संभावना देखिएन, मधेस अलग देश बन्छ अब

फोरम, राजपा र स्वराजी को एकीकरण मैं छ मधेसको उद्धार