Monday, November 09, 2015

Tragedy जहाँ छ

3 Idiots (TV series)
3 Idiots (TV series) (Photo credit: Wikipedia)
यो पुरै संविधान प्रकरण मा ट्रेजेडी कहाँ छ भन्दा खेरी नरेंद्र मोदी ले नेपाल सँग नया departure खोजेका थिए, नया ढंग ले सम्बन्ध विस्तार गर्ने सफल प्रयास गरेका थिए। प्रचंड र देउबा जस्ता पदमा नभएका मानिस लाई दिल्ली बोलाएर रेगन गोर्बाचेव को शिखर वार्ता स्टाइल मा आग्रह गरेको। (त्यत्रो सम्मान कुकुर लाई घ्यु नपचे जस्तो भयो) सबै लाई मिलाएर जनोस। नेपाल मैं आएर संसद र सारा देश लाई सम्बोधन गरेको। प्रत्यक्ष आग्रह गरेको। सबै लाई मिलाएर जनोस। त्यो ठुलो देश ले सानो देश लाई हेपेर बोलेको होइन कि ठुलो देश ले सानो देश लाई आफ्नो बराबर ठान्ने प्रयास थियो। आफ्नो समकक्ष राख्ने प्रयास थियो। आफ्नो पहिलो नेपाल भ्रमण पछि दिल्ली फर्के पछि RAW लाई मोदीले हप्काएको। नेपाल को आतंरिक मामिला मा ज्यादा दखलअंदाजी नगर भनेर। त्यो त आदर पनि गरेको माया पनि गरेको। विश्व भरि घुमें, नेपाल घुम्दा जस्तो आननद कतै लागेन भनेको। आज दुनिया को सबैभन्दा पॉपुलर पॉलिटिशियन। नंबर वन। गोविंदा को एउटा फिल्म छ कुल्ली नंबर वन। मोदी चाहिं नेता नंबर वन। सारा दुनिया ले मन पराएको। त्यो मान्छे को आज काठमाण्डु मा गाली गलौज?

मोदी ले शीत युद्ध को mindset त्यागेर नया किसिमले सम्बन्ध निर्माण गर्न खोजेको। ए, १९५० संधि असमान भए जस्तो लाग्यो तपाइँ हरु लाई? ठीक छ त्यस को ठाउँ मा नया सन्धि बनाऊँ भनेको। अरु पनि कुनै त्यस्ता संधि छन जसले तपाइँ हरु लाई अप्ठेरो पारेको छ भने भन्नोस, हामी पुनर्लेखन गरौं, मिलेर गरौं भनेको। कमिटी नै बनाएको। त्यो कमिटी का लागि आखिर नेपाल ले मान्छे नै भेजेन।

मोदी संसारको सबैभन्दा व्यस्त मान्छे। त्यो मैले भनेको होइन, ओबामा ले भनेको। भारतीय हरुले मोदी लाई वोट दिनुपर्यो। अनि मोदी पाए। नेपाल ले मोदी लाई वोट नै नदिएर मोदी पदमा बसेको फाइदा पाउन लागेका थिए। मोदी को इच्छा दिल खोलेर नेपाल लाई दिउँ भन्ने।

त्यो सबै अवरुद्ध पारे नेपालका 3 Idiots ले। नेपाली जनता ले आगामी २० वर्ष सम्म 3 Idiots सँग त्यस कुराको हिसाब मागिरहनु पर्छ। मोदीले नेपाल सँग नया शुरुवात का लागि पहल गर्दा तिमीले किन व्यवधान हालेको भन्दै तीन बाहुन लाई तीन सीट मा झार्नु पर्छ।

आखिर मधेस आंदोलन  को माग पुरा गरेर संविधान संसोधन हुन्छ, यो नाटक को अर्को कुनै अन्त्य संभव छैन। त्यहीँ पुग्नु छ भने 3 Idiots ले देश लाई आखिर १५ खरब को चुना किन लगाए? नेपाली जनता ले आगामी २० वर्ष सम्म 3 Idiots सँग त्यस कुराको हिसाब मागिरहनु पर्छ। तीन बाहुन लाई तीन सीट मा झार्नु पर्छ।


No comments: