Friday, November 06, 2015

In The News (20)

बद्धाइ छ, अर्थको ज्ञान नभयेका अर्थ मन्त्रीलाई।१० क्लाशे यी मन्त्रीले हेर्यौ के गर्दा रै छैन।

Posted by Ramgyan Yadav on Thursday, November 5, 2015
के पी ओली प्रधान मन्त्रि बन्न सक्नु नै सबै भन्दा ठुलो कुरो बनेको रहेछ क्यारे / आन्दोलित मधेसी दाजु भाईहरु केको लागि आन्दोलन गर्दैछन भन्ने कुरा वहाँ लाई थाहा नभएको त होइन / बिपक्षमा रहेको कांग्रेस ले त अझ संबिधान संशोधन को प्रस्ताब समेत संसदमा दर्ता गराएकै थियो / फेरी किन मधेसी मोर्चा संग तुरुन्त छलफल गरेर २/३ हाई बहुमत बाट संबिधान संशोधन गर्ने प्रक्रिया शुरु गरिन्न? त्यति गरिदियको भए सायद अहिलेको सबै समस्या एकै चोटी समाधान हुन्थियो कि? नेक काम मे देर क्यौं?
ट्रान्सपरेन्सीले प्रधानमन्त्रीलाई भन्यो-२५ जना भन्दा बढी मन्त्री नबनाउ
संविधानमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले २५ जना सम्म मन्त्री मात्र रहेको मन्त्रीपरिषद गठन गर्ने उल्लेख रहेको कुरा ट्रान्सपरेन्सीको विज्ञप्तिमा उल्लेख छ
चिनियाँ कार्ड असफल, नेपालमाथि दवाव बढाउने मनस्थितिमा भारत – टाइम्स अफ इण्डियाको रिपोर्ट
मधेशीका माग पुरा नगरी आन्दोलन सकिएमा भारत कमजोर हुने निष्कर्ष सहित मानव अधिकार उल्लङ्घन लगायतका मुद्धा अझै उचाल्ने संकेत यो रिपोर्टले गरेको छ ।
भावुक बन्दै प्रधानमन्त्री ओलीले भने, ‘दुःखमा घाँटी अँठ्याउने कस्तो मित्रता ?’
ओलीले छिमेकी मुलुकले आफूहरुको आँखा खोलिदिएको भन्दै अब मुलुक अघि बढ्ने दावी गरे । ..... नेपाली जनतामा अहिले असाधारण राष्ट्रवाद र देशप्रेम प्रकट भएको उल्लेख गर्दै उनले विकल्पहीन अवस्थामा विकल्प खोजेर मुलुकसामु देखिएको संकट समाधान गर्नुपर्ने अवस्था रहेको बताए ।......उनले नेपालमाथि भएको नाकाबन्दीका कारण खरबौंको क्षति भइसकेको बताए । ......जसजसले नयाँ संविधानका बारेमा प्रश्न उठाएका छन्, उनीहरुको संविधानभन्दा कुनै अर्थमा कँही पछाडि छ भने हामी बहस गर्न तयार रहेको चुनौती दिँदै प्रधानमन्त्री ओलीले भने, ‘तराईमा जुन समस्या छ, त्यसलाई सुल्झाउन संवाद गर्न तयार छौँ, शान्तिपूर्ण वार्ताको माध्यमबाट समाधान खोज्छाँै, संवाद जारी छ, वार्ताबाट समाधान खोज्ने हाम्रो नीति र प्रयास हो, हामी त्यसै बाटोबाटै अघि जान्छौँ ।’ ..... नेपाली जनताको जनजीवनको ढाँचामा परिवर्तन ल्याउने गरी निकट भविष्यमै विद्युतीय सवारीसाधन र विद्युतीय हिटरको प्रयोगलाई प्रोत्साहन गरिने बताउँदै उनले इन्धनको अभावले मानवीय सङ्कटको स्थिति बनिरहेकाले अरू विकास र सुधारको पक्षमा धेरै ध्यान दिन नपाएको र नसकिएको बताए । ..... ओलीले अत्यन्तै लोकतान्त्रिक संस्थाबाट, लोकतान्त्रिक प्रक्रिया पूरा गरेर, प्रत्येक दफा र धारामा छलफल गरेर दुई तिहाइले पास गरेर संविधान बनाएको संविधान नेपालीले नेपालीका लागि बनाएकोले कसैले आपत्ति जनाउन नहुने बताए ।
भारतले भुटान, सिक्किम र फिजीलाई कसरी कब्जा गर्यो ?
पछिल्लो समय भारतीय हस्तक्षेपले नेपाली स्वाधिनता र स्वतन्त्रताको विषयमा एकपटक सोच्नैपर्ने बाध्यता तुल्याएको छ । नेपाल यतिबेला राजनैतिक रुपमा अत्यन्तै जर्जर दिशाविहिन अवस्थामा गुम्रिएको छ । हालै भारतले गरेको अचानक अघोषित नाकाबन्दीले त झन् आर्थिकरुपमा तहस–नहस बनायो नै जनतामा थप भारतप्रति आशंका र त्रास बढाएको छ । ..... सामन्तहरु एक आपसको झगडाका कारण राणाहरु शासनमा आए त्यसपछि ब्रिटिससँग राणाहरुको दलालीकरण तथा आत्मसमर्पणवादी चिन्तन हावि भएर आयो । ..... सन् १९४७ मा भारत स्वतन्त्र भएपछि भारतले योजनाबद्ध ढंगबाट नेहरुले बनाएको विस्तारवादी नीतिको सिद्धान्तलाई अगाडि बढाए । त्यतिबेलादेखि नै भारतले छिमेकी साना स्वतन्त्र देशहरुलाई सताउन थाल्यो । सन् २०१५ सम्ममा आफ्नो देशका गाभ्ने योजना थियो । गोहा, सिक्किम, फिजी, भूटान र नेपाललाई आफ्नो देशमा गाभ्ने र त्यहाँ भएका प्राकृतिक श्रोत साधन दोहन गर्ने दिर्घकालिन योजनाका साथ अगाडि बढ्ने क्रममा

सिक्किम र गोहा घोषित रुपमा कब्जा गरी सकेको छ भने भूटान, फिजी र नेपालालई अघोषित रुपमा कब्जा गरि राखेको छ ।

....... भारतले आर्थिक, सांस्कृतिक, राजनैतिक, प्राकृतिक सबै क्षेत्रमा हस्तक्षेप गरी रहेको छ । गोहा, सिक्किमलाई कब्जा गर्ने तरिका र फिजीलाई कब्जा गर्ने तरिका फरक छ भने भुटान र नेपाललाई हस्तक्षेप गर्ने तरिका फरक फरक छ । भुटानीकरण, सिक्किमीकरण, फिजीकरण गर्ने विधि मध्ये नेपाललाई हस्तक्षेप गर्ने मोर्डन नवऔपनिवेशिकको मोडेल रहेको छ । ..... चिनसँग भुटानलाई कुनै सम्बन्ध राख्न भारतले दिँदैन । भारतले आफ्नो विस्तारवादी नीति अनुसार भुटानका सबै प्राकृतिक श्रोत साधन, राजनैतिक, आर्थिक, सांस्कृतिक मात्र होईन आफ्नो करिब ३५ हजार सेना नै तैथान गरिएको छ । त्यहाँ अर्ध–वाणिज्य, पारवाहन सन्धी, जलस्रोत सन्धी लगायतका करिब २ दर्जन असमान सन्धी सम्झौता गरेर भुटानको राजालाई सेरेमोनियल बनाएको छ । त्यहाँ ठूला-ठूला विकास निर्माणका सबै योजना भारतले संचालन गरेको छ । भुटानको राजालाई त १० प्रतिशत मात्रै सामान्य सामाजिक साना साना विकासका काममात्र दिईएको छ । भुटानको प्राकृतिक श्रोत साधन परराष्ट्र निती सबै भारतद्वारा नै संचालित भएको हुँदा भुटान विश्वको मानचित्रमा मात्र सिमित छ । भारतको पूर्ण हैकम रहेको छ । ....... त्यहाँको अर्काे उदाहरण भुटानबाट नेपालीभाषीहरुलाई लखेटी करिब १ लाख शरणार्थीहरुलाई भारतले भारतले शरण नदिएर नेपालले शरणार्थी समस्या झेल्नु परेको इतिहास नै छ । तसर्थ नेपाललाई पनि असमान सन्धी १ दर्जनभन्दा धेरै गोप्य र खुल्ला सन्धि गरेको छ । नेपाल र नेपालीहरुलाई संन्धिद्वारा बाधिसकेको छ । .......... भारतले विस्तारै व्यापारीहरुलाई सिक्किम प्रवेश गराउँदै लग्यो, मजदुर लग्यो, व्यापारु संन्धि गर्यो, नेताहरु पनि पठायो । थोरै जनसंख्या भएको ठाउँमा भारतले विभिन्न बहानामा प्रवेश गरायो । पार्टी खोलेर नक्कली आन्दोलन सुरु गर्यो । ४-५ वर्षसम्म सिक्किमीहरुलाई हैरानी बनाउँदै लग्याे । भारतले योजनाबद्ध ढंगबाट नागरिकताले विधेक सिक्किमीको संसदबाट पास गराउन सफल भयो । आप्रवासिलाई सिक्किमको नागरिकता दिनुपर्छ भन्ने कुरामा भारतले दबाब श्रृजना गर्यो । त्यो माग पुरा गरायो । ..... विस्तारवादी भारतको नंग्राहरु विस्तारै गड्न लाग्यो । एकपछि अर्काे मागहरु तेर्साउँदै आन्दोलन भारतको आप्रवासीहरुले माग राख्न थाले । भारतमार्फत मागहरु पुरा हुँदै गयो । सिक्किममा ३२ जनाकाे संसद थियो । जसमध्ये ३१ जना भारतका मान्छे थिए भने १ जना स्वतन्त्र सिक्किमका पक्षमा १ जना मात्र थिए । जवर्जस्ती जनमत संग्रहका भागलाई संसदबाट नै अनुमोदन गरेर त्यहाँको भारतको दलाल लेन्डाप दोर्जेलाई एउटा प्रान्तको मुख्य मन्त्री घोषणा गर्ने काम भयो । त्यहाँका आदिवासीहरु स्वतन्त्रताको पक्षमा थिए । अान्दोलनलाई पूरै दवाउने काम भयो । सिक्किममा भएका ३ सय सेनानीहरुलाई निसस्त्रीकरण गरेर भारतीय सेनाले कत्लेआम गरेका थिए । ....... भारतबाट विभिन्न बहानामा ५ हजारसम्म शसस्त्र सेना भित्र्याइएको थियो त्यही सेनाबाट स्वतन्त्र सिक्किमलाई दमन गरेर भारतले गरेकाे थियो ।

त्यती बेलादेखि नै चीन स्वतन्त्र सिक्किमको पक्षमा उभिदै आएको छ ।

विस्तारवादी भारतले नागरिकताद्वारा त्यहाँको देशका जनता भन्दा दोब्बर गराई संसद नै कब्जा गराउने र अन्तिममा सेनाद्वारा हस्तक्षेप गर्ने यो भारतको दोस्रो मोडेल थियो । त्यसैगरि नेपालमा भारतले रातारात घुुसपैठ गराई अंगिकृत नागरिकता र केही वंसजको नागरिकता दिलाउन सफल भएको छ । ............ व्रिटिसले भारतबाट मजदुरहरु लगेर उखु लगाउँन, मजदुर, फ्याक्ट्री मजदुरहरु फिजि लगियो । भारत स्वतन्त्रपछि भारतबाट फिजीमा काम गर्ने मजदुरहरुलाई नागरिकता लगायतका विषयहरु राख्दै आन्दोलन शुरु गरे । योजनाबद्ध ढंगबाट थर फेरेर फिजीयाली नागरिकता पाउनको लागि षड्यन्त्रपूर्वक नागरिकता धमाधम पाउन थाले । विस्तारै संसद् हुँदै मन्त्रिपरिषद् नै भारतका जनताहरु नै जाने काम भयो । त्यहाँ महेन्द्र चौधरी प्रधानमन्त्री नै भएपछि भारतले कठपुतली सरकार र सत्ता कब्जा भएको छ । घोषित रुपमा भारत नभएपनि अघोषित रुपमा भारतले नै सत्ता चलाएको छ । ....... नेपालमा राणाहरुलाई व्रिटिसले कठपुतली बनाई दलाल बनायो । त्यतिबेला नै गार्खा भर्ति गरेर नेपालीहरुको बहादुरतालाई उपयोग गर्यो । हालसम्म पनि गर्दै आएको छ । विरेन्द्रको वंश नास गर्नमा पनि भारतकै हात छ भन्ने छ । मुख्यतया राजा विरेन्द्र राष्ट्रवादी भएकै कारण राजा विरेन्द्रको वंश नास गरिएको छ । ...... राजा विरेन्द्रको पालामा नागरिकताको विधेयक भारतले योजनाबद्ध ढंगबाट घुसपैठ गराई संसदबाट नै नागरिकताको विधेयक पास गराएर राष्ट्रिय सभामा लगिएको थियो । राष्ट्रिय सभामा विरेन्द्रले मनोनित गर्नेहरुको बहुमत हुने भएको हुँदा त्यहाँ आउँदा विधेयक रोकियो र राजा विरेन्द्रसम्म जादाँ त्यो विधेयक खारेज हुन पुग्यो । त्यस विषयमा भारत रिसाएको थियो । जब माओवादी आन्दोलन अगाडि बढेपछि भारतले तत्कालिन नेपाली काँग्रेसका सभापति गिरिजा प्रसाद काेइरालालाई दबाउन चहान्थ्यो । तर विरेन्द्रले यो माओवादी समस्या राष्ट्रको आन्तरिक समस्या हो । यसलाई नियन्त्रण गर्न पुलिस लगाउनु पर्छ, पुलिसले नसके अरु बाटो खोज्नुपर्छ भनेका थिए । सेना परिचालन गर्न चहादैनथ्ये । यि सबै कारणले भारतको आफ्नो स्वार्थ पुर्ती नभई सकेपछि राजा ज्ञानेन्द्रलाई उपयोग गरी विरेन्द्रको वंशनास भएको छ । ...... माओवादी आन्दोलनलाई दमन गर्नका लागि पनि भारतले कुनै कसर बाँकी राखेन् । नेपालको माओवादीहरुलाई १२ बुँदे सम्झौता गरी माओवादी आन्दोलनलाई तहसनहस गर्न भारतकै एउटा हात रहेको छ । हुन त मुख्य कुरा त नेतृत्वले आत्मसर्मपण गरेर भएको थियो । प्रचण्ड–बाबुराम मण्डलीहरुले गद्दार गरेका कारणले नै मुख्य हो । ........ नेपालका सीमा स्तम्भलाई दैनिक एकएक माईल टाढा सार्ने भारतीय गोप्य नीतिले नेपाली स्वतन्त्रतामाथि भुटानीकरण र फिजीकरणको नीतिभन्दा पनि अलग नीतिबाट अगाडी सरेको छ । ...... भारतको विकल्पको रुपमा चीनसँग मित्रता बढाउनुलाई भारतले झन् गम्भीर रुपमा हेरेको छ । भारतीय नीति सन् २०३० सम्ममा नेपाललाई कब्जा गर्ने रणनीति छ अबको १५ वर्षसम्म नेपाली राजनीतिले रोड चेन्ज नगरेर यत्तिकै चल्यो भने नेपाल र नेपालीको भविष्य भारतीय चंगुलमा फस्ने निश्चित प्रायः छ । हामी झुक्न नजान्ने नेपालीहरु भारतसँग रणनीति चालमा बच्ने कि लड्ने अब निर्णय गर्नुपर्ने बेला आएको छ । ......

मधेसीहरु आन्दोलनमा व्यस्त भैरहँदा देशमा एकतिर भारतको झण्डा जलेको छ भने अर्काेतिर चीनको । त्यसैले अब नेपाललाई भारतले जुन हिसाबले हस्तक्षेप गरिरहेको छ यसबाट सचेतताका साथ अगाडि बढ्न सकिएन भने निश्चित रुपमा नेपाल ईतिहासमा सिमित रहन सक्छ यसको लागी नेपालले पनि रणनीति बनाउनुपर्ने जरुरत छ । अनलाइनडबली बाट ।

चीनमा बनेको गोलीले भारतीयको मृत्यु भएको भन्दै २० लाख क्षतिपूर्ति माग
‘इन्धनको पैसा जलविद्युतमा लगानी गरौं, भारत नेपालका अगाडि आफै झुक्छ’
सरकारले रु दुई खर्ब १० अर्ब लगानी गर्ने हो भने मुलुकभित्र तत्काल एक हजार ३०० मेगावाट विद्युत् उत्पादन गर्न सकिने भएकाले त्यसतर्फ लाग्न सरोकारवालाले सुझाएका छन् । .... मुलुकमा जारी ऊर्जा सङ्कटलाई समाधान गर्न ठूला र जलाशययुक्त आयोजनालाई अगाडि बढाउनुपर्नेमा जोड दिँदै उनीहरुले आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने अचूक अस्त्र नै जलविद्युत् भएको कुरामा जोड दिए । ..... वार्षिक रु २५ अर्बको खाना पकाउने ग्यास आयात गरिने भएकाले त्यसलाई विस्थापन गर्ने उपाय पनि जल ऊर्जा नै भएको बताउनुभयो । ..... मुलुकमा व्यावसायिक इन्धनको आयात बढेको उल्लेख गर्दै उहाँहरुले

जलस्रोतको धनी देश भनेर प्रचारप्रसार गरिए पनि विद्युत् उत्पादनमा नै डिजलको प्रयोग हुनुभन्दा बढी बिडम्वना अरु केही हुन नसक्ने

बताए । ..... डिजलबाट मात्रै हाल ६९ मेगावाट विद्युत् उत्पादन गरिएको जानकारी दिँदै उहाँले रु ३० अर्बभन्दा बढी मूल्यको डिजल विद्युत् उत्पादनमा खर्च हुनु बिडम्वना भएको उल्लेख गर्नुभयो । ..... नकर्मीले विद्युतीय सवारीको प्रयोग, खाना पकाउन विद्युत्को प्रयोग गर्न सकिए तत्काल दुई हजार मेगावाट विद्युत् अत्यावश्यक हुने बताउनुभयो । .... नेपाल बायो इनर्जी सोसाइटीका विज्ञ रवीन्द्रप्रसाद ढकालले खेर गएका पाखा तथा पखेरामा सजीवन खेतीमात्रै गर्ने हो भने आगामी २० वर्षभित्र नेपाल तेल निर्यात राष्ट्र बन्न सक्ने भएकाले आजैबाट त्यसतर्फ लाग्नुपर्ने बताउनुभयो । ..... मुलुकभित्र १९ लाख हेक्टर जमिन खाली रहेकाले सो जमिनमा मात्रै सजीवन खेती गर्ने हो भने ३८ लाख टन बायो इन्धन उत्पादन हुन सक्ने र मागअनुसारको इन्धन परिपूर्ति गर्न सकिने उहाँको भनाइ थियो । ..... उहाँले सुर्ती उद्योगबाट पनि बायो इन्धन उत्पादन हुने धारणा राख्नुभयो । .... उपप्रधानमन्त्री एवम् ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले भारतले जारी राखेको अघोषित नाकाबन्दीले जनजीवन प्रभावित भएको भन्दै त्यसको दीर्घकालीन समाधान जलविद्युत् नै भएकाले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सोचका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । .... व्यवस्थापिका–संसद् मातहतको विकास समितिका सभापति रवीन्द्र अधिकारीले

नीति तथा कार्यक्रम बनाउने र त्यसलाई कार्यान्वयन नगर्ने प्रवृत्ति कायम रहेसम्म मुलुक समस्यामा फसिरहने

विचार व्यक्त गर्नु भयो ।
नेपालको विषयमा बोल्यो चीन, आयो भारतलाई बिझ्ने प्रतिक्रिया
मधेसी मोर्चाका आयातित माग पूरा नगर्ने ओलीको कडा प्रतिक्रिया

ओलीले भने–आफ्नो खेतमा धान रोपौँ कि मकै छिमेकलाई के चासो ?

.... उनले संघीयताको विषयमा कस्तो खालको सिमाना बनाउनुपर्छ भन्ने नेपालीलाई थाहा भएको भन्दै आयातित मागलाई ‘सरी’ भन्ने चेतावनी दिए । ‘नेपालको भोगलिक अखण्डता, राष्ट्रिय विकास दीर्घकालिन असर पर्ने, जनताको सेवा , सुविधा र सुरक्षा, सामाजिक सदभाव विग्रर्ने खालका आयतित मागहरुलाई ‘सरी’ भन्नुपर्छ,’ उनले भने, ‘भारतले नाकाबन्दी गरेर सरकार र नेपाली जनताको आँखा खोलिदिएको दिएको छ ।’ ..... ओलीले आफ्नो खेतमा धान लगाए पनि मकै लगाए पनि छिमेकीलाई केही भन्ने अधिकार नभएको टिप्पाणी गरे । ‘छिमेकीले किन मकै रोपिस, धान किन रोपिनस् भन्न मिल्दैन,’ उनले भने, ‘हाम्रो चुल्होमा हामीले भात पकाउँ कि रोटी अरुले चिन्ता लिनुपर्दैन ।

नेपालले कसैका विरुद्ध केही सोचेको छैन, सोच्नेवाला पनि छैन ।’

..... प्रधानमन्त्री ओलीले एक वर्षभित्र लोडसेडिङको अन्त्य गर्ने, राजधानीमा फेरि ट्रली बससेवा सन्चालन गर्ने, विद्युतीय उत्पादन र सौर्य ऊर्जाको विकास गरी पेट्रोल र ग्यासको निर्भरता घटाउने पनि दाबी गरे । भारतले जेनेभा बैठकमा पोहोर–परारका कुरा उठाएर राष्ट्रसंघसमेतको संलग्नतामा शान्ति प्रक्रियाले प्रगति हासिल गरेको कुरालाई उसले भुलेकोमा आश्चर्य व्यक्त गरे । ......

ओलीले सम्वादको माध्यमबाट मधेसी जनताको माग सम्बोधन गर्ने पनि जानकारी दिए । उनले वार्ता टोलीका संयोजक परराष्ट्रमन्त्री जेनेभा गएकाले केही दिन बार्ता रोकिएको भन्दै ओलीले शान्तिपूर्ण ढंगले वार्ताबाट समाधान खोज्ने सरकारको नीति भएको बताए ।

..... महासंघको टोलीले भारतीय नाकाबन्दीका कारण दैनिक जनजीवन चौपट भैरहेकाले कूटनीतिक माध्यमबाट छिटो समाधान खोज्न र

मधेस आन्दोलनलाई पनि संवादको माध्यमबाट चाँडो निश्कर्षमा पुर्याउन

ध्यानाकर्षण गराउँदै ओलीसँग भेट गरेको हो ।

*"भारतको भुटान" जस्तै "चाईनाको नेपाल" देख्न नपरोस.... *चाईनको आढ़मा नेपालले भारतलाई केहि छिन यी खा ! भनेर लोक्पा खुवा...

Posted by Tsewang Sherpalama on Friday, November 6, 2015

मान्नुस न मान्नुस, राणाकाल देखि पंचायत कालमा बहुतै रणनीतिक हिसाबले दलाली संस्कारको विजारोपन भयो | त्यसकाल तिर राम्रै फस्...

Posted by Er Satya Narayan Shah on Friday, November 6, 2015

भारतमा जन्मेकी ६० वर्षिय मेरी आमा र उहाँजस्ताले जीवनको ४५ वर्ष नेपालमा बिताउँदा, नेपालका पहाड हिमाल तराईका फाट, डाँडाकाँ...

Posted by Satish Chaurasiya on Friday, November 6, 2015

डा. वीरेन्द्र यादव, केन्द्रीय नेता, स्वतंत्र मधेश गठबन्धन की अन्तर्वार्ता, CFM 101.4 MHz, सप्‍तरी से, अभी ८:०० बजे से ९:...

Posted by Dr. CK Raut on Friday, November 6, 2015

भावुक बनेका प्रधानमन्त्री अोलीले भने- दैनिक १८ घन्टा काम गरिरहेको छु, प्रधानमन्त्री मुख मात्रै चलाएर बसिरहेको छ भन्ने नसोच्नुस् । छिमेकीले हाम्रो हैसियत बताइदिए । अब हामीले आफैं खुट्टा टेकेर हिँड्नुछ ।

Posted by OnlineKhabar on Friday, November 6, 2015

मधेस आन्दाेलनकाे समर्थनमा काठमाडाैमा विशाल जुलुस प्रदर्शन

Posted by Ang Kaji Sherpa on Tuesday, November 3, 2015

Yesterday, two campaigners Dibyesh Giri and Kanchan Kharel visited leader Mahanta Thakur to discuss about Madhesh issue....

Posted by Hami Nepali on Thursday, November 5, 2015

No comments: