Thursday, September 17, 2015

In The News (92)

किचलो निम्त्याउने संघीय खाका
नेपालको इतिहासमा साउन–भदौ महिनामा लामा र सशक्त आन्दोलनहरू भएको पाइँदैन, किनभने यसबेला धेरै जनता खेतीपातीमा व्यस्त हुन्छन्। तर यसपालि तराई–मधेसमा आन्दोलनहरू सुरु भएको तीन हप्ता नाघिसक्यो। मगरात, लिम्बुवान, किरात आदि प्रदेशको मागसहित पहाडमा पनि आन्दोलनहरू बढ्दैछन्। केही ठूला दलको असफल बनाउने प्रयासका बाबजुद पनि आन्दोलनहरू सशक्त भएका छन्। प्रतिकूल वातावरणलाई चिर्दै सशक्त भएका यी आन्दोलनहरूले सीमान्तकृत समुदायहरू संविधानको मस्यौदा र प्रस्ताव गरिएका संघीय खाकाप्रति कति असन्तुष्ट र आक्रोशित छन् भनेर प्रस्ट पार्छ। ........... केही अखण्ड भनिने आन्दोलनहरूको उद्देश्य कतिपय परिवेशमा बिभिन्न सीमान्तकृत समुदायहरूलाई बिभिन्न प्रदेशमा खण्डित बनाउनेछ। त्यसपछि प्राय: सबै प्रदेशहरूमा खस–आर्यको बहुमत वा बाहुल्य कायम हुनेछ र उनीहरूको ऐतिहासिक बर्चस्वले निरन्तरता पाउनेछ। अथवा सात प्रदेशको संघीय खाकाले एकल जातीय राज्यलाई गणतान्त्रिक लोकतन्त्रको मुकुन्डोमा निरन्तरता दिनेछ र सीमान्तकृत समुदायहरूलाई राजनीतिक रूपमा कमजोर राखिरहनेछ। ..... ‘अखण्ड’वालाहरूको आन्दोलन प्रत्यक्ष रूपमा सीमान्तकृत समुदायहरूको आन्दोलनजस्तो खतरनाक हुने सम्भावना हुँदैन। ती आन्दोलनमा हिंसाका घटना हुनसक्छन्, तर ती हिंसात्मक आन्दोलनमा परिवर्तन हुने सम्भावना रहँदैन। पृथकतावादी आन्दोलनमा रूपान्तरित हुने सम्भावना त झन् न्युन रहन्छ, किनभने सहगोत्रीले राज गरेको देशमा सहगोत्रीले नै पृथकतावादी आन्दोलन प्राय: छेड्दैनन्। ......

सीमान्तकृत समुदायहरूको आन्दोलन किन साउन–भदौजस्तो प्रतिकूल वातावरणमा पनि उदायो?

..... एकै भूगोलमा रहेका मगरहरूलाई तीन प्रदेशमा विभाजित गरेपछि उनीहरू राजनीतिक रूपमा तीनै प्रदेशमा कमजोर हुनेछन् र आफ्नो समुदाय, भाषा, संस्कृति आदिको रक्षा, जर्गेना र बढुवा गर्ने स्थितिमा रहने छैनन्। एकै क्षेत्रमा रहेका थारूहरूलाई दुई प्रदेशमा विभाजित गर्नुको साथै अन्य समुदायहरू थोपरेर थारूहरूको शक्ति कमजोर बनाइएको थारूहरूले नबुझ्ने कुरै भएन। त्यस्तै राई, लिम्बु र अन्य समुदायलाई मिसाएपछि ती दुवै समुदायको जनसंख्या जोड्दा पनि अल्पमतमा पर्छन् भने खस–आर्य लगभग दोब्बरले ठूला हुन्छन्। ...... थारूहरू र मधेसीको आन्दोलन पहिचानसहितको अखण्ड थरुहट र मधेसका लागि हो, मगर र लिम्बुहरूको माग अखण्ड मगरात र लिम्बुवानको लागि हो। .....

मधेसी आन्दोलन अरूभन्दा सशक्त भएको लामो राजनीतिक जागरण र आन्दोलनको अनुभव र इतिहासले गर्दा पनि हो।

..... ती सबै प्रदेशहरूमा खस–आर्यको जनसंख्या थातथलोवाला जातिको जति नै रहन्छ। त्यसैले खस–आर्यको हक–अधिकार कुण्ठित हुने सम्भावना रहँदैन। अझ केन्द्रमा पनि खस–आर्यको बाहुल्य र प्रभाव बढिरहने भएकोले उनीहरूको समान हक–अधिकार केन्द्रबाट पनि थप सुरक्षित हुन्छ। नेपालमा यस्तो दोहोरो सुरक्षा अन्य कुनै पनि समुदायले पाउँदैन।
The Final Fight
Nepal has become a Hindu State through the backdoor
adds that secularism means protection of Sanatana Dharma ..... This amounts to declaring Nepal a Hindu State by stealth ..... it will specifically obligate the state to protect Sanatana Dharma. This seems to be a declaration of a Hindu State by stealth. After all, the term Hindu is merely a Western invention for the group of faiths that were once collectively known as Sanatana Dharma. ...... Nepali Congress is the oldest and largest party in the constituent assembly ... It had advocated for constitutional monarchy for so long in the past that a sizable section of its supporters continue to be closet monarchists, reluctant republicans and openly religious. ...... Scion of the Koirala clan and an up-and-coming politico, Shekhar Koirala recognised that the Hindutva constituency within his own Nepali Congress party was quite strong. ...... Hindu priests and the Brahmin petty bourgeoisie form the main support base of Communist Party of Nepal (United Marxist Leninist), despite its name. Leaders of this party openly admit Hindutva proclivities and profess to be protectors of Nepali culture, which unambiguously implies a Hindu way of life. The UML wanted to do away with the secularism declaration and not mention anything about religion in the Constitution. The silence would have automatically meant the negation of secularism and retention of Sanatana Dharma traditions. ....... Once a revolutionary party, the United Communist Party of Nepal-Maoist is a pale shadow of its former self. It has no position on any issue of national importance except a vague commitment that a statute be promulgated at all costs......... The drafters of the Constitution-all of who happen to be Brahmin men - perhaps realised that the retention of secularism will alienate a very strong and vocal constituency of Hindu castes while its elimination may end up antagonising indigenous Janjatis of the hills and Muslims of the southern plains. ...... The redefinition of terms in the new Constitution isn't restricted to secularism...... According to the provisions that have been adopted, gender equality has come to mean lesser citizenship rights for women........ Nationality and citizenship have become synonymous. This strengthens community rights of sections which already enjoy a monopoly over all organs of the state.......

Militant Hindus bombed four churches in the eastern part of Nepal soon after the adoption of the secularism clause.

It is quite likely that laws proscribing proselytisation shall be retained in the name of protecting Sanatana Dharma........ Madheshis have been campaigning for inclusion and meaningful federalism for over one month now.

Over three dozen protestors have died in one of the most brutal crackdowns in the history of the Nepal Police. The Nepal Army patrols the street, ostensibly to assist the local administration, but with the effect of terrorising Madheshis.

The high-caste Hindus rush through the charade of writing a constitution regardless........ After secularism, inclusion, citizenship and federalism, it may now be the turn of democracy and republicanism to be redefined to suit the convenience of the Permanent Establishment of Nepal (PEON). ...... "Where words lose their meaning, people lose their lives." The death count in the southern plains show that words are losing their meaning in Nepal rather fast.


संविधानविरुद्ध मोहन वैद्य र उपेन्द्र यादवको मोर्चाबन्दी

संघीय गठबन्धन, ३३ दलीय मोर्चा, राष्ट्रिय दलित मुक्ति आन्दोलन र समृद्ध मधेस नागरिक अभियान

ले कार्यगत एकता गर्दै आन्दोलनको घोषणा गरेका छन् । ..... संघीय समाजवादी फोरम नेपालको कार्यालयमा बसेको बैठकले कालो झण्डासहित विरोध प्रदर्शन र आम हडतालसमेत गर्ने तथा असोज ४ गते देशव्यापी संविधान जलाउने निर्णय गरेको छ ।


गच्छदारको प्रश्नमा ओलीले भने- प्रश्नबाचक चिन्ह हटाउनुस्
मधेस आन्दोलनका उचित माग सम्वोधन हुने



सदभावनाका क्षेत्रीय अध्यक्ष माथि सांघातिक आक्रमण
कपिलवस्तु क्षेत्र नम्बर ४ का सदभावना पार्टी अध्यक्ष सुवासचन्द्र चौधरी माथि सांघातिक आक्रमण भएको छ ।

कपिलवस्तु थुन्हिया ८ सडवामा चौधरीकै घरमा आक्रमण भएको हो ।

...... गएराती ११ बजे ५ वटा मोटरसाइकल चढेर आएका युवाहरुले घरेलु हतियारसहित आक्रमण गरेका थिए । आक्रमणबाट चौधरीको हातमा चोट लागेको छ । ...... आक्रमणमा संलग्नमध्ये कपिलवस्तु थन्हिया ८ सडवा निवासी ३० वर्षीय सन्तु विकलाई स्थानीयले धारिलो हतियारसहित नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् । आक्रमणकारीले प्रयोग गरेको लु ७ प ७८५९, लु १६ प ७७८६ र लु १९ प ९१९७ नम्बरको

मोटरसाइकल पनि गाउँलेले नियन्त्रणमा लिएका छन् ।

....... प्रहरी नियनत्रणमा रहेका सन्तु विकका अनुसार शिवराज नगरपालिका ३ का २२ वर्षीय सागर पन्थ, २६ वर्षीय सतिश पाण्डे, २८ वर्षीय विनोद वि.क बढई, २२ वर्षीय विष्णु नेपालीलगातयले चौधरी माथि आक्रमण गरेका थिए ।
एमाले अध्यक्ष ओली अचानक राष्ट्रपति भेट्न शितल निवास पुगे
गच्छदार लाच पचाउँदै तिन दलको बैठकमा सहभागी
तिन दलको योजनामा नै मधेश आन्दोलन तुहाउन गच्छदार संविधान सभाको प्रक्रिया बहिष्कार गरेका थिए । तर जारी मधेश आन्दोलनमा उपेन्द्र यादवको मोर्चाले गच्छदारलाई भाउ नदिए पछि निराश भएर पुनः गच्छदार तीन दलका नेताहरुको शरणमा पुगेका थिए । ..... तीन दल सँग भएको जेन्टल मेन अग्रिमेन्ट अनुसार अब सरी गच्छदारको फेस सभिङ्ग गरेर पुनः प्रक्रियामा र्फकाउने बारे बालुवाटारमा गम्भीर छलफल भई रहेको छ । ..... आजै, एमाले पार्टी कार्यालयमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गच्छदार सँग लगभग कुरा मिली सकेको संकेत गरेका थिए
प्रधानमन्त्रीको कुर्सी पाउन ओलीको दूतले के—के सम्झौता गर्दै छन् दिल्लीमा ?
सधैं भारतको विरोध गर्ने नेपालका कम्युनिष्टहरुले दिल्ली पुगे पछि एउटा भक्तले भगवानको शरणमा पुगे जस्तै लम्पसार परेर आर्शिवाद पाउने गरेको कुरा आम नेपालीलाई थाहा छ । नेपालका कम्युनिष्टहरुले भारतलाई गाली नगर्ने हो भन्ने उनीहरु क्रान्तीकारी हुनै सक्दैन भने धारणा समेत उनीहरुमा रहेका छन् । तीन दल एकलौटी रुपमा मधेशी थारु र जनजाति, दलितलाई पाखा लगाएर संविधान ल्याउन लागे पछि सबै भन्दा नजिकको मित्र राष्ट्र भारत सरकार खुल्ला सिमानाकाको सुरक्षा कारणले असन्तुष्ट बन्नु स्वभाविक हो । भारतका प्रधानमन्त्री नेपाल भ्रमणको क्रममा संविधान सभा भित्र सम्बोधन गर्दा खुलस्त रुपमा भनेका थिए, सबै वर्ग समुदाय, जातजातिलाई समेटेर संविधान बनाउनुस त्यसमा भारत सरकारको पुर्ण समर्थन रहने छन् । तर

दलहरुले भारत सरकारलाई पनि नटेरेको भन्दै झनै दिल्ली दरवार निकै रिसाएको

खबर श्रोतले टुडे खबरलाई दिएका छन् । ......... दिल्ली बाट प्राप्त भएको सुचना अनुसार, संविधान घोषणा हुने लगभग पक्का पक्की भएपछि प्रधानमन्त्रीको पालो कुरेर बसेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको दुत बनेर दिल्ली पुगेका ओलीका विश्वाशिलो पात्रले

दिल्लीमा हप्की मात्र खाएनन्, केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन प्रभुलाई दाम पनि चढाउन तयार भएको

ठोस खबर प्राप्त भएको छ । दिल्ली भ्रमणमा रहनु भएका एमालेका सचिव प्रदिप ज्ञवाली र एमाले पार्टीको विदेश विभाग सदस्य युवराज बाँस्कोटाले भारत सरकार सँग ओलीलाई प्रधानमन्त्री बनाएको खण्डमा उपहार स्वरुप धेरै कुरा प्रदान गर्ने प्रतिबद्धता र सम्झौता गर्न तयार भएको श्रोतले बताए । ....... राष्ट्रिय गौरवका कतिपय कुराहरु पनि ओली प्रधानमन्त्री बने पछि भारत सरकारलाई बुझाउन तयार हुने उनका दुतले भारत सरकारलाई आश्वस्त पार्ने प्रयास गरेका छन् । ...... सधैं मधेशी नेताहरुलाई भारत परस्त भएको आरोप लगाउने ठुला दलका नेताहरु गोप्यरुपमा आफैं भारत परस्त रहेको घटनाक्रमले र्छलङ्ग हुदैं गएको छ । ..... १. बिवादित लिपुलेक, केरुङ्ग र ठोरी नेपालको बाटो हुँदै भारतलाई चीन सँग व्यापार गर्न तीन प्रमुख बाटो खोल्ने सहमती जनाएका छन् । २. निजगढ एयरपोर्ट निर्माणको ठेक्का भारतलाई दिने सहमती जनाएका छन् । ३. प्रत्यार्पण संधि गर्ने प्रतिबद्धता जनाएका छन् । ४. नेपालमा भारतीय स्काई मार्शल राख्न दिने अनुमति दिन सहमती जनाएका छन् । ५. म्याद सकेका जलविद्युत आयोजनाको नवीकरण गरि भारतीय कंपनीलाई लाईसेंस दिने सहमती जनाएका छन् । ६. विराटनगरमा रहेको भारतीय दुतावासको क्याम्प अफिसलाई दोस्रो महावाणिज्य दूतावास खोल्न दिने अनुमति दिने सहमती गरेका छन् । ७. नेपालको बाटो प्रयोग गरि भारतमा हुन सक्ने आंतकी गतिविधीलाई नियन्त्रण गर्नका लागि त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा भारत सरकारलाई अत्याधुनिक मेसिन लगाउने अनुमति दिने सहमती जनाएका छन् ।

No comments: