Sunday, September 13, 2015

In The News (66)

Breking News ... धनुषा के धनौजी कटैया लगायत खौजरी तक्के इलाका प्रहरी अा स्सत्र प्रहरी अप्पन-अप्पन हथियार छोडि मधेशी ज़िन्दावाद केर नारा लगावैत मधेशी के साथ दरह्ल अछि । पुलिस प्रशाशक सभक कहब अछि कि नेता सबके दवाब मे अबि हम पुलिस सब कुता के जिनिगी काटि रह्ल छि अाब हमरा सबके क्षमा कऽ मधेशी भाई मैथिल सबसँऽ अाग्रह अछि कि अाब हमरो सबके समिल कलिय ... धनुषाकऽ धनौजी कटैयाकऽ सस्त्र प्रहरी शैलेन्द्र के कहब अछि कि नेता सभकऽ कुकुर नै अाब हम मधेश के मधेशी अा मिथिलावाशी बन चाहैत छी । जय हो !

Madhesis resign from police. We are proud of you!
Posted by Subhash Chandra Shah on Saturday, September 12, 2015



आज एक शाम मधेश के नाम आओ करें शहीदों को प्रणाम क्रूरता के पराकाष्ठा को कर पार सीमाएं तोड़ चुकी यह सरकार
Posted by S Kumar Thakur on Saturday, September 12, 2015







जनकपुर अपडेट, बिहान सम्मको, भाद्र २६ |भिडियो साभार: ब्रम्हा ठाकुर जी/ अप्पन टि भी
Posted by Madhesi Community on Saturday, September 12, 2015




प्रा. डा. सुवेदी संघीयताको ‘विपक्ष’ मा
मधेसी, जनजाति र दलितलाई संघीयता होइन अधिकार चाहिएको उल्लेख गरेका छन् । ...... सिंहदरबारमा अधिकार र शक्ति केन्द्रित नगर्ने हो भने कसैले पनि तोडफोड गर्दै सिंहदरबारसित आन्दोलन गर्दैन ..... शक्ति र अधिकार सिंहदरबारमा केन्द्रित गर्ने र त्यसलाई दुरुपयोग गर्ने नेता भएको देशमा जनताले आन्दोलन गर्नु स्वाभाविक भएको बताउंदै उनले अधिकार माग्ने जनतालाई अधिकार दिने हो, संघीयता होइन भनेका छन् । ...... महात्मा गान्धीजस्तै जोगी भएर देश निर्माण र संविधान निर्माणमा योगदान दिनुपर्ने नेपालजस्तो अल्पविकसित देशमा ‘जोगी हुन म राजनीतिमा आएको होइन’ भन्ने लोभीपापी नै नेपालको राजनीतिक नेतृत्वमा छन् ।

सिद्धान्तविहीन र आदर्शविहीन राजनीति गर्नेको समूहको नेपालको राजनीतिमा बर्चस्व छ ।

....... कर्मचारीतन्त्रको राजनीतीकरणले प्रशासन संयन्त्र पंगु भएको छ । शिक्षा र खासगरी उच्चशिक्षा क्षेत्रमा भएको राजनीतिक हस्तक्षेपले शिक्षाको गुणस्तरमा तीव्र ह्रास आएको छ । .....

जसरी भए पनि एकथान संविधान जारी गर्नु जुन क्रम जारी छ, त्यसले नेपालमा झगडाको वीउ रोप्ने भएको छ । राजनीति, प्रशासनयन्त्र, न्यायपालिका, परराष्ट्र संयन्त्र र उच्चशिक्षा क्षेत्रलाई कुरूप पारिसकेपछि मुलुकलाई नै अधोगतितर्फ लैजान अहिलेको राजनीतिक नेतृत्व उद्यत भएको देखिन्छ ।

...... गलत राजनीतिक दर्शन बोकेर सुरु भएको माओवादी दल विसर्जनको संघारमा पुगेपछि अस्तित्व रक्षाको लागि जोसुकैसँग जस्तोसुकै सम्झौता गर्न तयार भएको छ । ....... एमाले एउटा सिद्धान्त र आदर्शविहीन नितान्त सत्ताकेन्द्रित र मौकापरस्त राजनीति गर्नेहरूको दलमा परिणत भएको छ । कांग्रेसमा न नेतृत्व छ, न भिजन छ । भोट दिने ठाउँ अरू नभएपछि जनताले बाध्य भएर वीपी कोइरालाको नाम भजाउने यही दललाई भोट दिएकोले मात्र यो दल जीवित छ । ..... महोत्तरीमा जिल्ला सरकारी वकिलको रूपमा सेवा गर्दा यो पंक्तिकारले अनुभव गरेको कुरा हो कि कुनै मधेसी नेपाली कुनै पहाडियाभन्दा कम राष्ट्रवादी छैन । तर त्यसले सम्मान र समान अधिकार खोजेको छ, जुन जायज छ । मधेसी, जनजाति र दलितलाई संघीयता चाहिएको छैन । उनीहरूको घरदैलोमा अधिकार पुर्‍याउने र सरकार मालिक होइन, जनताको सेवक हो भन्ने भावना दिने संविधान चाहिएको हो । .....

मुलुक आन्दोलित भएको समयमा, विग्रहले टाउको उठाएको समयमा जसरी भए पनि संविधान पारित गराउन खोज्नु मुलुकका लागि अफापसिद्ध हुने सम्भावना छ । संसार उदार र खुला हुँदै गएको परिस्थितिमा नेपालमा संकीर्ण राष्ट्रवाद हावी भएको छ । राजनीतिक संस्कार खुम्चिँदैछ ।

..... धनी हुनका लागि मानिस राजनीतिमा आउने संस्कार बन्द गरिनुपर्छ । धनी हुन इच्छा गर्नेले बन्दव्यापारमा लाग्नुपर्छ, राजनीति होइन । जोगी हुन चाहने र सक्नेले नेपालमा संविधान बनाउनुपर्छ ।
केपी, सीपीका परिवारमाथि लिम्बूहरूलाई दमन गरेको आरोप लागेको थियो
क्षेत्री÷बाहुनले लिम्बूको घरमा खाना खानु हुँदैन भन्ने रुढीवादी चलन थियो । दाहाल साइँला क्षेत्री भएको कारण माइजुले उहाँलाई खाना दिँदा कसैले नदेख्ने गरी घुमाउने कोठामा लुकाएर दिने गर्नुहन्थ्यो । ......

त्यसबेला लिम्बूहरूले तेह्रथुमको जलजले र आठराईमा पूर्वकै सबैभन्दा ठूलो विध्वंस र उत्पात मच्चाएका थिए । लिम्बूहरूलाई दमन गरेको आरोप लागेका के.पी. शर्मा ओलीको परिवार, आर.के. मैनालीको परिवार, सी.पी. मैनालीको परिवारलगायतका धेरै साहूमहाजनहरू यही विध्वंस सहन नसकी आठराईबाट विस्थापित भई झापा झरेका हुन् ।

क्रान्तिको नाममा धेरै ठाउँमा कांग्रेसले उत्पात मच्चायो
मेरी आमा पदमकुमारी लावती मावली बाजे मेजर कमानसिं थाङ्देन (बेलायती सेनामा क्याप्टेन भएर पछि नेपाली सेनामा मेजरको पद सम्हाल्नुभएको) ..... जेठी छोरी डा. गुराँस लावती, ज्वाइँ डा. अनेकमान गुरुङ तथा नातिनीहरु अभिलाषा गुरुङ र दिलासा गुरुङ हाल बेलायतमा रहेका छन् । छोरी ज्वाइँ दुवैजना बेलायतकै अस्पतालमा कार्यरत छन् । जेठा छोरा प्रा.डा. महेन्द्रसुन्दर लावती, बुहारी गीता लावती तथा नातिहरु सज्जन लावती र सुम्बोन लावती अमेरिकामा रहेका छन् । प्रा.डा. महेन्द्रसुन्दर लावती अमेरिकाको वेस्टर्न मिसिगन युनिभर्सिटीमा प्राध्यापक छन् । ...... सगुनसुन्दर लावती राप्रपा नेपालको केन्द्रीय प्रवक्ता तथा राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपालका सभापति छन् भने बुहारी बबिना मोक्तान लावती २०६४ सालको संविधानसभामा राप्रपा नेपालको तर्फबाट सभासद रहेकी थिइन् भने २०७० को संविधानसभामा पनि सभासद् छिन् । ..... मेरो जन्म विक्रमसम्वत् १९९६ साल साउन ७ गते शनिबारका दिन पाकिस्तानको बालुचिस्तान प्रान्तको क्वेटामा भएको हो । मेरो मावली बाजे मेजर कमानसिं थाङ्देन त्यतिखेर पाकिस्तानको क्वेटामा गोर्खा पल्टनमा हुनुहुन्थ्यो । तर त्यतिबेला भारत र पाकिस्तान छुट्टिएको थिएन, बेलायती राजअन्तर्गत एउटै थियो । मावली बाजे मेजर कमानसिं थाङ्देनको पुरानो घर ताप्लेजुङ जिल्लाको मैयाखोला थिङलाबु हो । पछि उहाँहरू तेह्रथुमको जलजले पाउँदिनमा बसाई सर्नुभयो । उहाँ पल्टनमा हुँदा मेरो बुबा महेन्द्रबहादुर लावती र आमा पदमकुमारी लावतीलाई पाकिस्तानको क्वेटामै लैजानुभएको रहेछ । बुबा आमा पाकिस्तानमै भएको बेला मेरो जन्म भयो । भारत–पाकिस्तान विभाजित नभएको त्यो समयमा ब्रिटिसको शासन थियो ।
पूर्वाञ्चलका प्रमुख ठाउँहरूमा पनि क्रान्तिको आगो सल्किएको थियो
राणा सरकारले पठाएका बडाहाकिमहरूलाई समेत त्राहिमाम तुल्याएका थिए । झापा, इलाम, पाँचथर, धनकुटा, मोरङ, सुनसरी, सप्तरीलगायतका पूर्वाञ्चलका प्रमुख ठाउँहरूमा पनि क्रान्तिको आगो सल्किएको थियो । ....... क्रान्तिका नाममा पूर्वाञ्चलका धेरै ठाउमाँ नेपाली कांग्रेसले उत्पात मच्चायो । कांगेसका नेता, कायकर्ताहरूले सरकारी कार्यालय देखि लिएर धनीमानीहरूका सम्पत्ति पनि लुटेर लगे । गाउँमा भेडाबाख्रा र कुखुरा पालेर बसेका किसानका पनि अन्न र पशुपक्षी लुट्ने काम भयो । जताततै लुटपाट मच्चिएपछि

पानी भर्न पँधेरामा गएका महिलाहरू पनि आपसमा झगडा हुँदा धारेहात लगाएर ‘तेरो घरमा कांग्रेस पसोस्’, भन्ने गर्थे ।

...... २०५२ सालमा माओवादीको विद्रोह सुरु भएपछि यो उखान विस्तारै लोप हुँदै गयो । किनभने २००७ सालमा नेपाली कांग्रेसले जति बितण्डा मच्चाएको थियोे, त्यसको हजारौं गुणा माओवादीले आतकं मच्चाउदाँ हजारौंको ज्यान गएको र लाखौं विस्थापित भएका थिए । नत्र भने विगतमा कांग्रेसप्रति जनस्तरमा व्यापक वितृष्णा कायम थियो । ..... राणा शासनविरुद्ध चर्केको आन्दालेन पूर्वमा भने लिम्बू र गैर लिम्बुबीचको युद्ध भनरे केहीले बुझेका थिए । .... लुटपाट जारी रहँदा लिम्बूनीहरूले भने– ‘अस्ति हामी राडीँ थियौं, अब रानी भयौं भन्दै खसुी साटासाट गर्दै लुटको सामानहरू लुछाचुँडी गरी ओसारेको दृश्य घण्टौंसम्म बसरे हेरियो । वास्तवमा राणा शासन ढलरे राजा फर्के भन्ने सुनेका कारण लिम्बू समाजमा यस्तो प्रतिक्रिया आएको हुन सक्छ ।
सके आइतवार राती नभए पर्सीसम्म संविधान ल्याउने तीन दलको गोप्य तयारी
प्रधानमन्त्री सुशील कोइरालाले शनिवार सवै सुरक्षा निकायका प्रमुखहरुलाई भेटेर आबश्यक सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका छन् । यसैलाई ख्याल गरेर देशभरको सुरक्षा निकायलाई सर्तक पारिएको छ । संविधानसभामा दर्ता भएका संशोधन प्रस्तावमाथिको छलफल सकिएको छ । अव प्रमुख दलका नेताहरुले बोल्ने र त्यसपछि ध्वनी मतका आधारमा दफाहरु पारित गर्ने जाने योजना बनेको छ ।
दंगाग्रस्त क्षेत्रबाट फर्किने तयारीमा सेना
दंगाग्रस्त क्षेत्र घोषणापछि स्थानीय प्रशासन ऐनअनुसार विभिन्न जिल्लामा परिचालित सेनाले फर्किने तयारी थालेको छ । ..... प्रजिअको आदेशमा परिचालित हुँदा विभिन्न कोणबाट प्रश्न उठेपछि सेनाले फर्किने तयारी गरेको हो । त्यसप्रति सेनाको परमाधिपतिसमेत रहेका राष्ट्रपति रामवरण यादवले असन्तुष्टि जनाएका थिए । ..... राष्ट्रपति यादवबाट बिहीबार प्रधानसेनापतिको दज्र्यानी चिह्न र पद तथा गोपनीयताको शपथ लिएसँगै क्षेत्रीले सेना फर्काउने तयारी थालेका हुन् । सीधै फिर्ता हुन आदेश दिँदा सरकारसँग असमझदारी बढ्ने भएकाले उनले मध्यमार्गी बाटो रोजेका छन् । .... सेना खटिएको जिल्लामा सम्बन्धित प्रजिअमार्फत नै फिर्ता हुने वातावरण मिलाउन निर्देशन दिइएको छ । .... आन्दोलनरत दल र समूहले सेनाको फिर्तीलाई पनि वार्ताको एक सर्त बनाइरहेका बेला राष्ट्रिय मानवअधिकार आयोगले समेत सेना फर्काउनुपर्ने बताएको छ । आयोगको भनाइले दंगाग्रस्त क्षेत्रमा परिचालित टोली ब्यारेक फिर्ता गर्न सैनिक नेतृत्वलाई सहज बनाइदिएको छ । ..... प्रधानसेनापतिसँगको शुक्रबारको भेटमा भारतीय राजदूत रणजित रायले पनि सेना परिचालनले तराई-मधेसको स्थिति जटिल बनाएको भन्दै फर्काउने वातावरण बनाउन आग्रह गरेका थिए । आन्दोलनरत मधेस केन्दि्रत दल भडकिनु एक कारण सेना परिचालन पनि रहेको राजदूत रायको भनाइ थियो । ......

अन्तरिम संविधानको धारा १४४ र १४५ को प्रावधानअनुसार नेपाली सेनाको परिचालन राष्ट्रिय सुरक्षा परिषद् र मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिको स्वीकृतिअनुरूप हुन्छ ।

..... 'यो संविधान लागू हुँदाका बखत कायम रहेका कानुनहरू खारेज या संशोधन नभएसम्म कायम रहनेछन्,' संविधानको धारा १६४ -२) मा लेखिएको छ, 'तर, यो संविधानसँग बाझिएको कानुन यो संविधान प्रारम्भ भएको ३ महिनापछि बाझिएको हदसम्म स्वतः अमान्य हुनेछ ।' ..... सेना परिचालनका लागि आधार बनाइएको स्थानीय प्रशासन ऐनका प्रावधान संविधानसँग बाझिएकाले अमान्य हुने र त्यसअनुरूप खटिनु अवैधानिक हुने प्रश्न उठेपछि सेनाले फर्किने तयारी थालेको हो ।


शासकों के साम्प्रदायिक, पृथकतावादी और नश्लवादी चिन्तन के कारण जारी है खूनी मंजरः उपेन्द्र यादव
हम चाहते हैं कि इस बन्दी से ऐसे संबिधान का जन्म हो जिससे फिर कभी भी मधेश बन्द न हो । हम किसी भी गुलामी की जंजीरो में न जकडे हो इसलिए हमने ऐसा किया है । मधेश में इतने लम्बे समय से बन्दी होने के बावजूद भी सरकारको कोई प्रभाव नही पड रहा है । बन्द करने के पक्ष में हमारे पास अब बस कुछ ही दिन हैं । उसके बाद हमे इसी बुद्ध भूमि पर अगले कदम के लिए विचार करना होगा । इन खसवादी शासकों को हम बहुत जल्द सोचने पर मजबूर कर देंगे ....... जिसे स्वायत्त मधेश प्रदेश कहके २०६३ के अन्तरिम संविधान में भी लिखा गया था । उसे सरकार को लागू करना चाहिए । यस सरकार की जिम्मेदारी है ..... मधेश में सेना और सशस्त्र परिचालन करके मधेशियों पर अन्धाधुन्ध गोलियां बरसायी जा रही है । आखिर क्यों ? क्योंकि हमारे भाईयों की सशस्त्र में बराबर की साझेदारी तथा सेना में साझेदारी ही नही है । साथ ही, देश का सेना सशस्त्र पुलिस, पुलिस नागरिक का रक्षक होता है पर यहां वही मधेशी नागरिकों का भक्षक बनकर बैठा है यह सरकार की विभेदकारी नीति नही तो क्या है ? क्या मधेशी जनता इस देश के नागरिक नही है ?


किन टाउकोमा ताकीताकी गोली हानिँदैछ ? मधेशी र थारुहरुको मानव अधिकार हुँदैन ?

कानुनमा सिधै गोली हान्ने अधिकार सुरक्षाकर्मीलाई छैन । पहिला चेतावनी दिने, हवाई फायर गर्ने, त्यत्ति गर्दा पनि भीड नियन्त्रण नभए घुँडामुनि गोली हान्ने कानुनमा व्यवस्था छ । किन टाउकोमा ताकीताकी गोली हानिँदैछ ? के राज्य अराजक भएको होइन र ?

..... आदिवासीलाई कहिले बाँदर (माकः) भन्ने, कहिले मधेशीलाई विहारी भन्ने ? ३० जना आदिवासी र मधेशी मारिँदा आँपसँग तुलना गर्ने ? के यो घृणायुक्त अभिव्यत्ति (Hate Speech) होइन ? ..... के अहिलेको सेना परिचालन मानव अधिकारको कसीभित्र जातीय संहारभित्र पर्दैन ? ..... कसैलाई प्रधानमन्त्रीको लहरमा फोटो टाँस्ने लहड पूरा गर्न एकथान संविधान लेखी हतारमा प्रधानमन्त्री बन्नको लागि मान्छे मारिनु हुन्न । ..... विज्ञप्तिमा कर्फ्युको बीचमा थारुहरुको घर जलाइनु कमजोर सुरक्षा व्यवस्था भन्ने लेखिएको रहेछ । कर्फ्यु लागेको २४ दिनपछि पनि मान्छे घरबाट बाहिर निक्लन सकेका छैनन् खासगरी थारुहरु । न्युज २४ ले थारु महिलाहरु दुर्व्यवहारमा परेको समाचार प्रसारण गरेको छ । कति असुरक्षित छन् थारुहरु ! वाह, मानव अधिकार आयोग ।
सिके राउत भन्छन्, ‘मधेसमा पहाडीको कब्जा रोकिन्छ त संविधानले ?’



तमुवान माग्दै पोखरामा धर्ना (फोटो फिचर)
आदिवासी जनजातिको पहिचान स्थापित हुने गरी संघिय प्रदेश निर्माण नभए संघर्षमा उत्रने चेतावनी दिए । .... तराईमा भैरहेको थारुहट आन्दोलन प्रति सबै आदिवासी जनजातिको समर्थन रहेको भन्दै उनले तमुवानको लागि पनि थारुहटले समर्थन जनाएको बताए । ..... लेखक खगेन्द्र संग्रौलाले अहिलेको सरकार ज्ञानेन्द्र सरकार भन्दा पनि निरंकुश बन्दै गएको बताए । पहिचानको लागि तराईमा लडेका थारुहरुमाथि गोली बर्साएर सरकारले निरंकुशता प्रदर्शन गरेको उनको आरोप छ । सबैको भाबना समेटिने संबिधान जारी नभए फेरि पनि च्यातिने उनले बताए ।
‘मधेसी र थारुको आन्दोलनलाई सम्बोधन गर्नुपर्छ’
राष्ट्रपतिले प्रधानमन्त्रीलाई भने दुई दिनले नपुगे चार दिन थप्नूस्
At the cusp of Asia, a people turn inwards
तराईको आन्दोलन र हिंसात्मक घटनाप्रति राष्ट्रसंघको चासो, वार्ताबाट समाधान खोज : मुन
कूटनीतिक मर्यादा ननाघ्न भारतीय राजदूतलाई चेतावनी
भारतीय राजदूत रणजीत रायले सङ्घीय प्रदेश निर्माणमा कैलालीलगायत जिल्लाको भूगोल टुक्र्याउने अभिव्यक्ति दिएको भन्दै अखण्ड सुदूरपश्चिम पक्षधरले विरोध गरेको छ ।


कांग्रेसका मधेसी नेताहरुले भने-दुई दिन अपुग छ, लम्बयाएर भएपनि वार्ता गर्नुस्
प्रधानमन्त्रीलाई भेट्न भौतिक पूर्वाधारमन्त्री निधिसँगै कांग्रेस संगठन विभाग प्रमुख आनन्द ढुंगाना र सभासद रामकृष्ण यादव बालुवाटार पुगेका थिए ।
हे निर्दययी प्रहरी हो ! के विगारेको थियो ,यी मानसिक सन्तुलन गुमाएका व्यक्तिले
२६ दिनको प्रदर्शनमा झण्डै ४० जनाको ज्यान गयो (सम्पुर्ण विवरण)
सिरहामा सरकारी कार्यालय र प्रहरी बिटमा आगजनी
मतदान प्रक्रियामा सहभागी हुन कांग्रेस सभासदलाई निर्देशन, मतदानमा सहभागी हुँदैनौं : तेजुलाल



मधेसको नेतृत्वले आक्रोशसँगै जिम्मेवारी बुझोस्
संविधानसभाले संविधान घोषणा गर्ने कुरा आखिरी चरणमा छ। ठूलो बलिदान र संघर्षपछि यो संविधानसभा प्राप्त भएको हो। यस सभाले संविधान घोषणाको यो दिन सिंगो नेपालको विजय र उल्लासको दिन हुनुपर्ने छ। तर हिजोसम्मको अवस्था देख्दा यस्तो थिएन। ..... प्रक्रियालाई दुई दिन लम्ब्याए। यो अवश्य स्वागतयोग्य कदम भयो, यद्यपि यो समय पर्याप्त नहोला। .... ‘संविधान लेखन प्रक्रिया अहिलेलाई स्थगित गरौं। आन्दोलनरत जमातलाई वार्तामा बोलाउ।’ त्यो भयो। ........ सत्तारुढ नेतृत्व अहिले संविधान लेख्न आतुर छ। यो आतुरी अनुचित पनि छैन। ...... ठीक २०० वर्ष अघि सुगौलीको सन्धी भएर नेपालको वर्तमान चौहद्धीको प्रारुप बनेको हो। बीपी कोइरालाले १९७१ ई.मा ‘तरुण’मा लेख्नुभएको थियो– ‘गोर्खालीको विजयी अभियानले नेपाली राज्यको चारकिल्ला बनायो। तस्वीरको फ्रेम बन्यो तर रंगबुट्टा भरिएन।’ पञ्चायती व्यवस्थाका अधिनायक राजा वीरेन्द्रसँग सहकार्य गरेर भए पनि ‘राष्ट्र’ बनाउनुपर्छ भन्ने जीवनको आखिरी चरणमा कोइरालाको ठहर हुन पुगेको थियो। पहिलो, बीपीको त्यस भावनालाई राजा वीरेन्द्रले चाहेर–नचाहेर कदर गर्न सकेनन। ....... एउटा व्यक्ति वा पुस्ता विशेषले मात्र पनि राष्ट्र बनाउन सक्दैन। यो लामो प्रक्रिया हो। भाषा, साहित्य, कला र संस्कृतिको साझा विकासक्रममा राष्ट्र बन्छ। कुनै पनि राष्ट्र सयकडौ वर्षमा मात्र स्वस्थ र सृजनशील बन्छ। यो एक सुदीर्घ ऐतिहासिक प्रक्रिया हो। १७–१८ औं शताब्दीमा इंग्ल्याण्डले राष्ट्रिय–राज्यको प्रारुप बनाइसकेको थियो। तर अझै त्यहाँ स्कटल्याण्डको आवधिक जनमतसंग्रह जारी छ ....... पाकिस्तानलाई आज आफ्नो ऐतिहासिक स्मृति खोज्न गाह्रो परेको छ। उसका अधिकांश समस्या यसैबाट उत्पन्न भएका छन्। बंगलादेशलाई अपेक्षाकृत सजिलो छ। बंगलादेशलाई भाषा र संस्कृतिले बाँधेको छ। ....... अहिले आएर त मानौं नेपाल राष्ट्रियताको प्रसव वेदना भोगिरहेको छ कि भन्ने झझल्को हुन्छ। नेपालको राष्ट्रियताको परिभाषाको अभिक्रममा भाषा, संस्कृति, भूगोल, जातियता एकसाथ हानथाप गर्दैछन्। ....... नेपाली कांग्रेस र एमालेको नेतृत्वले अहिले संविधानसभा–२ को मतादेशलाई जनादेश सम्झिने गल्ती गर्नु हुँदैन। संविधानसभा–१ मा नेकपा माओवादी र मधेसी पार्टीहरुले यस्तै गल्ती गरेका थिए। मतादेशकै कुरा गर्ने हो भने पनि

मधेसवादी दलले संविधानसभामा सीट मात्रै थोरै पाएका हुन्। उनीहरुको भोट त बरु बढेको छ।

........ मुलुकमा विद्यमान राजनीतिक शक्ति–सम्बन्धले संविधानलाई प्रभावित गर्छ–गर्छ भन्ने कुरो भने मधेसले बुझिदिनुपर्छ। तर तात्कालिक शक्ति–सम्बन्धको प्रतिविम्वले मात्र संविधानलाई दिगो बन्न दिदैन। त्यसका निमित्त ऐतिहासिक दृष्टि र वैचारिक निसङ्गता र स्पष्टता चाहिन्छ। अमेरिकाका ‘फाउन्डिङ्ग फादर्स’ त्यसका उदाहरण हुन्। भारतका डा. अम्वेदकर, नेहरू र राजेन्द्रप्रसाद पनि समग्र दृष्टि राख्थे। ...... मधेसी, जनजाति र पर्वते ...... उनीहरुको बोली–चाली, खान–पान, विहेवारी र पूजा–आजा समेतका पृथक परम्परा छन्। ........ भारत र पाकिस्तानमा थुप्रा विषयमा झगडा होला रे। तर दुवै मुलुकका गजलकार र गायकहरु, अभिनेता र संगीतज्ञहरु, महिला अधिकारकर्मीहरु वा भनौं खेलाडीहरु समेतले आफ्ना बीच न्यानो सम्बन्ध राखेको हुन्छ। ....... लामो समयदेखि सबैथरिका नेपालीहरु साह्रै मिलेर बसेका थिए भन्ने हाम्रो धारणा रहेको हो। तर त्यो मिलन कतिसम्म स्वाधीन र स्वाभाविक थियो, त्यो अलग कुरो हो। ...... पृथ्वीनारायण शाहको नेतृत्वमा नेपाललाई राष्ट्रिय राज्यको रुपमा संगठित गर्ने अभियान थाल्दा उनका मुख्य सहायक केही घर–थर थिए। प्रथम जनआन्दोलनसम्म यस घरथरका शाखा–प्रशाखाले नै नेपालमा प्रकारान्तरले राज गरे। ..... दलतन्त्रका नवरत्न तर्सिएका छन्। तर्सिने काम नै छैन। मधेसी र जनजातिको विद्रोह मुलतः प्रजातन्त्रको प्रस्फुरण हो। ........ नेपालका बुद्धिजीविहरु दुर्गानन्द झा, शिवचन्द्र मिश्र मात्र होइन, रामेश्वर सिंह र जयमंगल सिंहका बारे अन्जान छन्।

नेपाली जनआन्दोलनको इतिहासमा हनुमाननगर काण्डको सामान्य उल्लेखसम्म होला। त्यस घटनामा सप्तरीका मधेसी तन्नेरीहरुले जयप्रकाश नारायण र डा. राममनोहर लोहियालाई हनुमाननगरबाट छुटाएका थिए। त्यसले ००७ सालको क्रान्तिको पृष्ठभूमि बनायो।

........... ०१७ सालपछिको ऐतिहासिक संघर्षमा महेन्द्रनारायण निधि सत्याग्रहका प्रथम व्याख्याता एवम् प्रयोक्ता हुनुहुन्थ्यो। उनको नाम कांग्रेसको इतिहासमा पादटिप्पणीमा सीमित छ। सुन्दरीजलको जेलमा मरणान्त भएपछि रामनारायण मिश्र छोडिनुभएको हो। मिश्रबाहेक पनि देवानसिंह राई, योगन्द्रमान शेरचन, मिनबहादुर गुरुङ, प्रेमराज आङ्दम्वे र अरु पनि पछिसम्म सुन्दरीजल जेलमा थिए। वखानसिंह गुरुङका छोरा लालध्वज गुरुङ ०१८ सालका शहीद हुन्। बीपी–किसुनजीसँग मतभेद जताएर वखान सिंहको नेतृत्वमा अड्त्तिसे कांग्रेस गठन भएको थियो। त्यो पनि कांग्रेसको इतिहास हो। ०४७ सालपछि गणेशमान सिंहले आफ्नो खास शैलीमा जनपक्षीय चेतावनी दिनुभएको थियो। उहाँलाई ग्रीक पुरा–कथाको क्यासेन्ड्रा बनाइयो। हामी त्यसको परिणाम देख्दैछौ। .......... प्रजातान्त्रिक संस्कारमा हुर्किएका महन्थ ठाकुर, हृदयेश त्रिपाठी र उपेन्द्र यादवले नबुझेको कुरा केही छैन। उनीहरुले यो कुरा आफ्ना समर्थकलाई मात्र होइन, कांग्रेस र एमालेलाई पनि बुझाउन सक्ने प्राज्ञिक सामथ्र्य राख्दछन्। यसैले उनीहरुले विना शर्त वार्तामा जानुपर्छ। वार्तामा नै परस्परले बुझ्ने र बुझाउने मौका आउँछ। .........

राष्ट्रपति द गालले अल्जेरियालाई स्वाधीनता दिन चाहेका थिएनन्। उनले त्यस्तै मतादेश पाएका थिए। त्यो प्रसंग पछि उठ्यो। उनले इमानदारीपूर्वक भनेको थिए– ‘त्यस निर्णयमा मैले सिंगो राष्ट्रको हीतका लागि मतदातालाई धोखा दिए।’

........ ‘बरु झापा र कैलाली धोखा खाओस्, मुलुक भड्खालोमा नपरोस्। प्रचण्ड विचाराले त चितवनका मतदातालाई मात्र होइन, चितवन नै छोडेर सिरहा पुगेर आफ्नो समर्पण देखाइसकेका छन्। ....... राज्यमा कुनै प्रकार पहुँच पु¥याउन नसकी व्यवहारमा दोस्रो नम्बरका नेपाली भएका छन्। यो समस्या आज जटिल छ, भोलि भयंकर हुनेवाला छ
आँधी आउन लागेको दूरद्रष्टाले पहिल्यै देख्छ : बाबुराम
'तराई-मधेस, थारु र मगरात क्षेत्रका आवाज सुन्नुपर्छ'
कैलाली र कञ्चनपुरमा चार लाखभन्दा धेरै थारु छन्, खासगरी कैलालीको पूर्वी क्षेत्र थारुहरुको घना बस्ती र उनीहरुको भौगोलिक निरन्तरताको क्षेत्र हो । त्यसैले हामीले सीमांकन गर्दा थारुहरुको भाषिक, सांस्कृतिक र ऐतिहासिक क्षेत्रलाई नटुक्रयाउने गरी सीमांकन गर्नुपथ्र्यो । ....... जलवायू वैज्ञानिकहरुले समुद्री आँधीका विषयमा पूर्वानुमान गर्छन् । के आँधी आएपछि उनीहरुले ल्याएको हो भनेर भन्न मिल्छ ? ....... हामीले चाहने हो भने एक दुई घण्टा भित्र समस्या समाधान हुन सक्छ । मुख्य कुरा आन्दोलनकारी शक्तिलाई विश्वासमा लिएर वार्तामा बस्नु पर्‍यो । समाधान खोज्नुपर्‍यो । सच्चा हृदय र वैज्ञानिक सोंचका साथ बस्ने हो भने सम्भावना छ । तर सरकारमा रहेका दलका नेता र आन्दोलनकारी नेताबीच जुन दूरी बढेको छ त्यसले वार्ताको वातावरण बन्दैन कि भन्ने आशंका पनि छ । .......... आन्दोलनकारी शक्तिलाई विश्वासमा लिनुपर्छ । जस्तोः सीमा नमिलेका कुरा छन्, सक्ने जति अहिले गर्ने नसके संघीय आयोगलाई दिने गरी वा संशोधन गर्ने गरी समझदारी गर्न सकिन्छ । विभिन्न विकल्प हुन सक्छन् ।

No comments: