Saturday, September 12, 2015

In The News (60)


काँग्रेस- एमाले मे अब नही रहेंगेमधेश के लिए हि जिएँगे-मरेंगे। - कपिलवस्तु छोड़ने से पूर्व सदभावना पार्टी के अध्यक्ष श्री राजेन्द्र महतो को वचन देते यूवावर्ग
Posted by सदभावना पार्टी on Friday, September 11, 2015

तमरा अभियानका साथीहरु मधेस आन्दोलनमा आफ्नो क्षमता र संगठनको भरमा सकृय भई लागी परेका छन् ।
Posted by Jay Prakash Gupta on Friday, September 11, 2015

तपाई काठमाण्डौँ किन जानुभएन भन्ने जिज्ञासामा महतोले भने-‘जनकपुर र जलेश्वरमा मेरो पार्टीका जिल्ला नेतासहित ६ जनाले शुक्रवार ज्यान गुमाएपछि म उता जान लागेको हुँ ।’
Posted by Upendra Mahato on Friday, September 11, 2015


आन्दोलन जारी छ ....
Posted by Upendra Mahato on Friday, September 11, 2015

महिना दिनदेखि जारी मधेश आन्दोलनले खसवादी नेपाली अर्थतन्त्र धरासायी। वीरगञ्ज देखि जोगवनी सम्मको ६० किलोमिटर सडकमा मालबाहक...
Posted by Subhash Chandra Shah on Friday, September 11, 2015


मधेसी नेता वार्ताका लागि काठमाडौं आउन थाले
राजेन्द्र महतो भन्छन्- म वार्ता विरोधी होइन
अध्यक्ष यादव शुक्रबार साँझ नै बुद्ध एयरको विमानबाट काठमाण्डौँ आएका छन् । ...... शुक्रबार काठमाडाैं अाएका यादव शनिबार पार्टीको कार्यक्रममा सहभागी हुन भन्दै भोजपुरतिर लागेका छन् । ..... यस्तै तौलिहवाको कार्यक्रम सकेर भैरहवा पुगेका तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव शनिवार बिहान ९ बजेर २० मिनेटको बुद्ध एअरको विमानबाट काठमाण्डौँ आएका छन् । ..... सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो भने भैरहवाबाट जलेश्वरतिर लागेका छन् । ..... ‘वार्ताका लागि पहिलो ढोका खुल्यो, सरकार एक कदम पछि हटेकोमा धन्यवाद छ,’ तराई मधेस लोकतान्त्रिक पार्टीका सहमहामन्त्री जितेन्द्र सोनलले अनलाइनखबरसँग भने,’वार्ताका लागि अब सरकार अझै एक कदम पछाडि हट्नुपर्छ, शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीबाट भइरहेको दमन रोकिनुपर्छ ।’ ..... आन्दोलनरत दलका तर्फबाट वार्ताका लागि नेताहरु काठमाडौं आउने क्रमसँगै प्रमुख तीन दलका नेताहरुसमेत वार्ताको वातावरण बनाउन लागिपरेका छन् । ..... वार्ताका विषयमा मधेसी मोर्चामा कसैको पनि विमती नरहेको र मोर्चाभित्र सबैको एक मत रहेको सोनलले बताए । ..... स्रोतका अनुसार शुक्रबार कपिलवस्तुको तौलिहवामा कार्यक्रम जारी रहँदा मधेसी मोर्चाका सबै शीर्ष नेताको मोबाइलमा पालैपालो घण्टी बजेको थियो । त्यसरी आएको टेलिफोनपछि नेताहरु काठमाण्डौँ जाने मनस्थितिमा पुगेका थिए । उपेन्द्र यादव काठमाण्डौँ पुगेलगत्तै मोर्चाका अन्य घटकका अध्यक्षहरु माथि काठमाण्डौ आउन थप दबाव परेको स्रोतले बतायो । ...... ‘म वार्ता विरोधी होइन, सबै समस्या समाधान वार्ताबाटै हुनेछ, तर मधेसमै पहिलो चरणको वार्ता भए मधेसी जनताको भावनासँग जोडिने थियो’ अध्यक्ष महतोले अनलाइनखबरसँग भने, ‘काठमाण्डौमा सबै मधेसी दल वार्तामा बसे हाम्रो प्रतिनिधित्व पनि हुन सक्छ ।’ ...... तपाई काठमाण्डौँ किन जानुभएन भन्ने जिज्ञासामा महतोले भने-‘जनकपुर र जलेश्वरमा मेरो पार्टीका जिल्ला नेतासहित ६ जनाले शुक्रवार ज्यान गुमाएपछि म उता जान लागेको हुँ ।’
वार्ताको वातावरण बनाउन बाबुराम सक्रिय
भट्टराईले तमलोपाका सर्वेन्द्रनाथ शुक्ला, वनमन्त्री महेश आचार्य, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार, एमालेका सुरेन्द्र पाण्डे र विष्णु पौडेलसँग टेलिफोनमा कुराकानी गरेका छन् । त्यस्तै संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग पनि सम्वाद गर्ने भट्टराईको प्रयास रहेको उनको निजी सचिवालयले जनाएको छ ।


विश्लेषण : भारतीय राजदूतको दौडधूप र नेपालमा दिल्लीको चासो
सुर्खेत र बाग्लुङलाई सम्बोधन गर्ने, थारुलाई किन नगर्ने ?
विहीबार साँझ नवनियुक्त प्रधानसेनापति राजेन्द्र क्षेत्रीले आयोजना गरेको रात्रिभोजमा जम्मा भएका हजारभन्दा बढी गिनेचुनेका मानिसहरु आपसमा भेट हुनासाथ उस्तै प्रश्न सोध्दै थिए- ‘भोलि संविधानमा मतदान हुन्छ ?’ आम मानिसझैं अधिकांशको उत्तर ‘खोइ के होला’ भन्ने नै थियो । तर, पत्रकार देवप्रकाश त्रिपाठीले चार-पाँच जनाबीच भन्नुभयो- ‘अबको २४ घन्टामा छिमेकी मुलुकहरुले आ-आफ्नो धारणा प्रस्ट गर्नेछन् । त्यसपछि जारी प्रक्रियामा हलचल आउला र राजनीतिले नयाँमोड लेला ।’ ...... नभन्दै शुक्रबार बिहानैदेखि भारतीय राजदूत रञ्जित रायको दौडधुपका सुरु भयो र त्यसको प्रभाव देखा पर्न २४ घन्टा कुर्नै परेन । राजदूतले एमाले अध्यक्ष केपी ओलीदेखि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता बाबुराम भट्टराईसम्मलाई भेटेर आफ्नो मुलुकको धारणा ‘स्पष्ट’ पारेपछि संविधानसभा दुई दिनका लागि स्थगित भएको छ । र, सबैलाई थाहै छ : भारत मधेसी दलहरुलाई बीचैमा अलपत्र छोडेर नयाँ संविधान जारी होस् भन्ने चाहँदैन । ...... नेपालमा भारतीय चासो र सरोकार स्वाभाविक रुपमा अरु मुलुकभन्दा बढी छ । साथै, भारतप्रति हाम्रो अपेक्षा पनि अरु कुनै मुलुकको भन्दा बढी नै छ । अझ एउटै मूल, एउटै भाषा, धेरैजसो समान संस्कृति र त्यस्तै अभ्यास भएका कारण मधेसी नेताप्रति भारतीय लगाव बढी नै छ । ....... जारी संविधान निर्माणको प्रक्रियामा मधेसी दलहरुको सहभागिता होस् भन्ने नरेन्द्र मोदीको दोस्रो भ्रमणकै बेला स्पष्ट भइसकेको विषय हो । ...... कैलालीको क्षेत्र नम्बर ४ सम्मलाई हालेर नवलपरासीसम्म एउटा प्रदेश बनाउने र पूर्वका मोरङ र सुनसरीलाई २ नम्बर प्रदेशमा हाल्नेबाहेक अहिलेको आन्दोलन समाधानको विकल्प छैन । ........ नेपालको परिवर्तनमा ठूलो (कहिलेकाहीं मुख्य) भूमिका निर्वाह गर्दा पनि भारतले त्यसको उचित हिस्सेदारी पाएको छैन, बरु बदलामा नेपालमा भारतविरोधी भावना बढ्दै गएको छ । .......... मुख्य कुरा मुख्य दलहरुमा भारतलाई चिढ्याएर केही गर्न सकिन्न भन्ने छाप गहिरो गरी परेको छ । ...... ६ प्रदेशमा सहमति गरिसकेका दलहरु किन दुई साता पनि त्यसमा टिक्न सकेनन् ? सुर्खेतबाट सदरमुकाम सर्ने भयो भनेर सुरु भएको आन्दोलनलाई सम्बोधन गर्ने, बाग्लुङ टुक्र्याउनु हुँदैन भन्ने आवाजलाई स्वीकार गर्ने अनि कैलालीका थारुले उठाएको आवाजलाई ‘दक्षिणतिरबाट मान्छे आए’ भनेर उपेक्षा गर्न मिल्छ ? ....... गगन थापाले आफ्नो पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा नेताहरुले बोलेको कुरा यसरी सुनाए- ‘बैठकमा साथीहरुले आफ्नो तर्क र तथ्यका आधारमा होइन, मेरो कुरालाई गम्भीरतापूर्वक लिनुहोस् । मैले यत्तिकै भनिरहेको छैन, मसँग केही सूचना छन्, यो खास ठाउँको कुरा हो भन्नुभयो । अनि ड्यासमा बसेका नेताले जवाफ दिनुभयो- मसँग पनि सूचना छन्, मैले थाहा पाएको कुरा आधिकारिक हो ।’ ...... नेपालका दलहरुमा रहेको मनोविज्ञानको यो एउटा उदाहरण हो । .......

बाबुराम भट्टराईको भूमिकाका बारेमा धेरै भनिरहनै पर्दैन । उनको पछिल्ला दिनको सक्रियता, विमलेन्द्र निधि, अमरेशकुमार सिंह, उपेन्द्र यादव, राजेन्द्र महतोहरुकै निरन्तरता हो । र, त्यस्तो निरन्तरताको स्रोत पनि निःसन्देह एउटै छ ।

....... मधेस आन्दोलनमा पनि त्यस्तै भएको छ । तर, विस्तारै त्यसले जब काठमाडौंलाई छुनेछ, यहाँको तरकारी बजारदेखि पेट्रोल पम्पसम्म चिताइनसक्नुको लाइन सुरु हुनेछ, त्यसबेला अहिले मागेभन्दा धेरै दिनुपर्ने हुन सक्छ । ......

औपचारिक होइन, सार्थक वार्ता गर्ने होइन भने क्रमशः मधेसी दलहरुको हात माथि पर्दै जाने अवस्था देखिन्छ ।

कर्फ्यू अवज्ञा गर्दै जनकपुरमा बिहानैदेखि प्रदर्शन
सेनाका पूर्वसहायक रथी भन्छन्, ‘नेपालमा सैनिक शासन लागु हुन्छ, वातावरण बन्दैछ’
बिहानै देखि बाबुरामको दौडधुप शुरु
पहिला अनौपचारिक कुराकानी गरेर विश्वासको वातावरण बनिसकेपछि औपचारिक वार्तामा बस्ने गरी पहल गरेका छन । यसको लागि नेता भट्टराईले आज बिहान विभिन्न नेताहरुसँग टेलिफोन वार्ता गरेका छन ।


थारुको आन्दोलनलाई सम्बोधन गर : पशुपतिशम्शेर राणा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले तराईमा मधेसी र थारुले गरेको आन्दोलनलाई सम्बोधन गर्नुपर्ने बताएका छन्। ..... अब आउने संविधान समावेशी र समग्र नेपालीले अपनत्व गर्ने संविधान हुनुपर्ने बताए। उनले भने, ‘संविधान निर्माण प्रक्रिया केही समय रोकेर भएपनि तराईमा विभिन्न नाममा भएको आन्दोलन, मधेसी र थारुहरुले गरेको मागलाई सम्बोधन गरेर मात्र संविधान जारी गर्नुपर्छ।’


पुर्व भारतीय राजदुत जयन्त प्रसादले ‘मधेश आन्दोलन’ बारे यस्तो भने (भिडियो सहित)

विहारको शरणमा मधेशी नेता, नेपालविरुद्ध कडा कदम चाल्ने नीतिशको आश्वासन (तस्बिरसहित)
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका उपाध्यक्ष दानबहादुर चौधरीको नेतृत्वमा विहार पुगेको मधेस केन्द्रित दलका आधा दर्जन नेताहरूले विहारका मुख्यमन्त्री नीतिशकुमारलाई भेट गरी मधेसको आन्दोलनलाई सहयोग गर्न भनेका हुन् । ...... त्यस क्रममा

मुख्यमन्त्री नीतिशले आफ्नो सहयोग रहने भन्दै आवश्यक परे कडा कमद उठाउने संकेत दिएको

स्रोतको भनाइ छ । ...... बिहीबार विहारका मुख्यमन्त्री, मन्त्रीहरू र नेताहरूसँग भेट गरेका मधेश केन्द्रित दलका नेताहरूले नेपालको पछिल्लो राजनीतिक अवस्थाका विषयमासमेत जानकारी गराएको अनिलकुमार झा नेतृत्वको नेपाल सदभावना पार्टीका केन्द्रीय सदस्य शिव पटेलले बताउनुभएको छ ।

No comments: