Friday, September 11, 2015

In The News (57)



Threaten to Police families in Terai



जनकपुरमा आन्दोलनको कार्यक्रम : “चलु जनकपुर भरू जनकपुर”
जनकपुरका पाँच राजनीतिक दलका जिल्ला अध्यक्षहरुले भदौ २५ गते हुने ‘चलु जनकपुर भरू जनकपुर’ कार्यक्रममा व्यापक सहभागिताका लागि जनतालाई संयुक्त रुपमा आह्वान गरेका छन् ।तपलोपका तर्फबाट परमेश्वर साह, संघीय समाजवादी फोरमका तर्फबाट शेषनारायण यादव, नेकपा-माओवादीका तर्फबाट श्याम यादव, सद्भावना पार्टीका तर्फबाट संजयकुमार सिंह र तराई मधेश सद्भावना पार्टीका तर्फबाट रुपनारायण मण्डलले संयुक्त आह्वान गरेकाहुन् ।उनीहरुले विज्ञप्ति जारी गर्दै ‘चलु जनकपुर भरू जनकपुर’ कार्यक्रममा व्यापक जनसहभागिता हुने भएपछि हतास भएर कार्यक्रम बिथोल्ने षडयन्त्रको रुपमा धनुषा प्रशासनले जनकपुर नगर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको बताएको छ ।यस्तो आदेशको भर्त्सना गर्दै घोषित कर्फ्यूको आआफ्नो स्थानबाट अवज्ञा गर्न धनुषास्थित संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, नेकपा-माओवादी तथा राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनको केन्द्रीय पदाधिकारीसहितको विस्तारित बैठकले आह्वान गरेको छ ।‘चलु जनकपुर भरू जनकपुर’ कार्यक्रममा सहभागी हुन पुलचोक, बेंगा शिवपुर, कुवारामपुर हनुमान मन्दिर र दूधमती बिसबिट्टीमा जम्मा हुन आह्वान गरिएको छ ।


प्रचण्डलाई दवाव दिन भारतीय राजदुत बोकेर बाबुराम लाजिम्पाटमा
अन्तिम अवस्थामा संविधान निर्माणको प्रक्रियालाई रोक्न एकीकृत नेकपा माओवादीका बरिष्ठ नेता डा.बाबुराम भट्टराई र भारतीय राजदुत रंजित रे ले दवाव अभियान सुरु गरेका छन् । नेता भट्टराई र भारतीय राजदुत रंजित रे अहिले केहीबेर अघि संविधान निर्माणको प्रक्रिया रोक्न दवाव दिन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाट पुगेका छन् । संविधान निर्माणको प्रक्रिया नरोक्ने पक्षमा देखिएका प्रचण्डलाई दवाव दिन भट्टराई र राजदुत रे लाजिम्पाट पुगेको स्रोतले बताएको छ । ..... उनीहरुले संविधान निर्माणको प्रक्रिया रोकि आन्दोलनरत पक्षसँग वार्ता गर्न दाहाललाई दवाव दिइरहेका छन् । प्रचण्ड निवास पुगेका भट्टराई र राजदुत रेले आन्दोलनरत पक्षसँग संवाद नगरी संविधान निर्माण गरे अनिष्ट हुने चेतावनी पनि दिएको स्रोतले बतायो । .... आज भारतीय राजदुत रंजित रेले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेट गरेका छन् । ओलीसँग पनि गणितिय जोडमा संविधान जारी भए अनिष्ट हुने राजदुत रेले चेतावनी दिएका छन् । विहीबार भारतीय राजदुत रंजित रेले प्रधानमन्त्री सुशील कोइरलासँग भेट गरेका थिए । कोइरालालाई पनि संविधान निर्माणको काम रोक्ने उनले आग्रह गरेका थिए । तर कोइरालाले रेको आग्रहलाई अस्वीकार गरेपछि भट्राईसँग मिलेर दवाव सुरु गरेका छन् ।


पूर्ण असहयोग आंदोलन की जरुरत मधेश में हो रहे अभी के आंदोलन में अबतक शहीद हुए तमाम वीर मधेशीयों को शत शत नमन करते हुए मै...

Posted by S Kumar Thakur on Thursday, September 10, 2015


बार्ता दिल्ली मा हुनु पर्छ ।२००७ को राजा राना बिपी सम्झौता, २०४६ मा चन्द्रशेखर ले केन्द्र भासन गर्दा, गिरिजा र प्रचन्द ब...

Posted by Mahesh Yadav Adhikari on Friday, September 11, 2015


जनकपुर-४ मा कर्फ्युको धाक देखाएर घरमै पसेर भारत झा लाई प्रहरी द्वारा कुटपिट, भदौ २५ |भिडियो साभार: दिपक मिश्रा जी

Posted by Madhesi Community on Friday, September 11, 2015


मधेसी सान्सद हरु तीन दलका नेता लाई दलालि, चाप्लुसी गर्दै आफुलाई जिताएको कार्यकार्ता को शब को समाचार हेर्दै केन्द्र मा रमाइरहेकाछन । त्यस को सम्पती लाई कब्जा गरौ ।

Posted by Mahesh Yadav Adhikari on Thursday, September 10, 2015


No comments: