Thursday, September 10, 2015

In The News (50)

कांग्रेस,कांग्रेस नहुँदाको संकट
शेखर कोइराला .. शेखर अहिले विगत कालदेखिको कोइराला कांग्रेसको गुटगत हठ, अहं र अराजकताको नेतृत्व गर्न खोजिरहेका देखिन्छन् । उनी विगतमा छ प्रदेशबाट सात प्रदेशको विभाजनमा लचिलो हुने वर्तमान नेका नेतृत्व तराइमधेसको रक्तपातपूर्ण आन्दोलनमा किन संवेदना हीन देखिन्छ भन्दै नेतृत्व प्रति मधेस विरोधी भएको अत्यन्त गम्भीर मनोगत आक्षेप लागाउँदै छन् । शेखर कोइरालाको उक्त आक्षेप जातीय दुर्भाव फैलाउने खालको रहेको स्पष्ट हुन्छ । छप्रदेशबाट सात प्रदेश बन्नुका पछाडि जातीय संकीर्ण भावना नभएको उनी आफैँले बुझी बुझी फतुर आरोप लगाइरहेका छन् । जब कि कैलाली र टिकापुरमा भएको आन्दोलन सिदासादा आदिवासी थारु जनताका काँधमा बोकाएको बन्दुक हो,नियोजित नरसंहार हो,नेपाली जनताको एकातामा धाँजा पार्ने सुनियोजित खेल हो । सिके राउत,वैद्य माओवादी,विप्लव माओवादी,राजावादी र राष्ट्रिय पार्टीका केही विखण्डनवादी र अराजकतावादी तत्वको सुविचारित निर्मम हत्या हिंसा प्रकरणलाई अझ प्रोत्साहित गरेर शेखर कोइराला के गर्न खोजिरहेका छन् ? ......

२०१५ सालमा दुई तिहाइ संसद् सदस्य जितेको नेकाले २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रको खुल्ला अपहरण गर्दा किन कोही सडकमा उत्रिएनन् ?

...... १२५ जाति भएको मुलुकमा अमुक जातिलाई अमुक भूगोल किटानीका साथ प्रदेश बाँडफाँड गर्नु सम्भव होला ? यो कुरा कोइरालाले राम्रै बुझेका छन् तर बुझ पचाइरहेको देखिन्छ ।
यसरी हुन्छ मालपोत काठमाडौमा खुलेआम घुसखोरी
मालपोत कार्यालय कलंकी घुसखोरीको अखडा ..... बाबुराज महर्जनले जग्गा किनेको राजस्व ७२ हजार तिर्नुपर्नेमा मालपोत कार्यालय परीसरमा रहेको नेपाल बैंक लिमिटेडले ७४ हजार रुपैयाँ लिएर २ हजार फिर्ता नदिएपछि महर्जन परीवारद्धारा पत्रकारलाई खवर । लेखापढी व्यवसायी महिलाद्धारा काम छिटो गर्नका लागि २ हजार लिएको भन्दै उनीहरुलाई बाहिर लगेर विषयबस्तु साम्य पार्ने प्रयास ।..... मालपोत कार्यालयमा फाईलपिच्छे पाँचसय रुपैया घुस लिने गरेका छन् । तर उनीहरुको लागि घुसको प्रवन्ध भने लेखापढी व्यवसायीले मिलाउने गरेका छन् । सेवाग्राहीका फाईल बोकेर जाने लेखन्दासहरुले मालपोत कार्यालयका कर्मचारी र सेवाग्राही विच घुसको कुरा मिलाउँछन् । ‘कर्मचारीहरुसंग हामी सिँधै गयौँ भने तपाईँको फाईल मिलेन भनेर उठेर हिँडने रहेछन्’ आफन्तको जग्गा पास गर्न पुगेका पत्रकार गोपाल मरासिनीले भने ‘लेखन्दासहरु गएर पैसा दिएभने चारदिनको काम उत्तिखेरै बन्ने रहेछ ।’ ....... मरासिनीले मालपोत कार्यालय परीसरमा रहेको हरेक फाँटमा घुसविना फाईल नै अगाडी नबढ्ने बताए । मालपोत कार्यालयभित्र हुने कुनै कारोबारको लागि जति रकम दिएपनि फिर्ता नहुने उनले बताए । ‘मालपोतका कर्मचारीले त खुलम्खुला घुस खान्छन्’ मरासिनीले भने ‘कार्यालय परीसरमा रहेको नेपाल बैंकले सम्म जति रकम दिएपनि फिर्ता गर्दैन ।’


कोशीब्यारेजदेखि कमलाबलानसम्मको महेन्द्र राजमार्गमा सेना परिचालन गरिने
टीकापुर घटना माओवादीका पुर्व लडाकु संलग्नः मानव अधिकार आयोग
विराटनगरमा अर्को मोर्चा गठन, मातृकादेखि टाइगर्स पार्टी एउटै मोर्चामा
मोर्चा संयोजक पूर्व डिआईजी भक्ति माझी ..... तराईमा भूमिगत सशस्त्र संघर्षमार्फत राजनीतिमा आएको जनतान्त्रिक तराई मधेस मुक्ति टाइगर्ससमेत सहभागी रहेको यो मोर्चाको नेतृत्व फोरम लोकतान्त्रिकले लिएको छ। ..... ‘संघीय समाजवादी मोर्चा’ .... यो मोर्चाले मोरङमा भइरहेको आन्दोलनलाई थप सशक्त पार्ने घोषणा पनि गरेको छ। जनतान्त्रिक तराई मुक्ति मोर्चा टाइगर्सको तर्फबाट पत्रकार सम्मेलनमा सहभागी बन्न मोहम्मद इश्लाम आएका थिए । .... मोरङमा मात्र गठन भएको मोर्चाको संयोजक फोरम लोकतान्त्रिक मोरङका अध्यक्ष भक्तिनाथ माझी हुन्। पूर्वडिआईजी माझीले रिटायर्ड जीवनलाई राजनीतिमा प्रवेश गर्दै फोरम लोकतान्त्रिकमा पुगेका हुन्। ..... संविधानसभाको दोस्रो निर्वाचनमा उनी मोरङ क्षेत्र नं. ७ बाट उठेका थिए । उनी नेपाली कांग्रेसका नेता महेश आचार्यसँग पराजित भएका थिए । मोर्चामा मधेसी जनअधिकार फोरम गणतान्त्रिक, राष्ट्रिय मधेस समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी, मातृका समूहको नेकपा (माओवादी), थरुहट तराई पार्टी, जनतान्त्रिक तराई मधेस मुक्ति टाइगर्स, थारु कल्याणकारिणी सभा, कोचिला संघर्ष समिति, राष्ट्रिय जनता दल र मधेसी जनता दल (समाजवादी) रहेका छन्। ...... ‘हामी आन्दोलनमै थियौं, आन्दोलनमै छौं र हामीले गर्ने बन्द हडताल नै हो,’ पूर्व डिआईजी माझीले भने, ‘आन्दोलनलाई थप सशक्त बनाउन मोर्चाबन्दी गरेका हौं ।’ माझीले बन्द यथावत् हुने र अन्य कार्यक्रम पछि सार्वजनिक हुँदै जाने बताए। ...... संयोजक माझीले टाइगर्स समूहसँग मोर्चाबन्दी गरिएको बताए । ‘पूर्व भूमिगत हो, अहिले पार्टी हो,’ माझीले भने । टाइगर्सले धेरै पहिले सरकारसँग वार्ता गरेको थियो । टाइगर्स समूह वार्तापछि गत संविधानसभाको दोस्रो चुनावमा सहभागी बनेको थियो।
वार्ताको वातावरण नबनेको मधेशी मोर्चाको निष्कर्ष
'गच्छदारसँग आन्दोलनको मैदानमा सहकार्य हुन्छ' ..... भैरहवामा बिहीबार बसेको मोर्चाको बैठकले आन्दोलनको वातावरण बनाउन पुरानै शर्तहरु दोहोर्‍याएको छ। ..... संविधान निर्माण प्रक्रिया केहीदिन रोक्नु पर्ने, सेना परिचालन फिर्ता गरिनुपर्ने, विगतका सहमति कार्यान्वयन गर्नुपर्ने शर्त दोहोर्‍याएको उनले जानकरी दिए। ..... उनले विजय कुमार गच्छदारलगायत आन्दोलनमा रहेका सबैसँग सहकार्य गर्न मोर्चा तयार रहेको बताए। ..... उनले भने, 'हामी सबैसँग सहकार्य गर्छौँ, उहाँहरुसँग पनि सहकार्य गर्न मोर्चा तयार छ। अब आन्दोलनको मैदानमा नै उहाँहरुसँग सहकार्य हुन्छ।'

No comments: