Wednesday, September 02, 2015

In The News (5)

चीनको शक्ति प्रदर्शन
बेइजिङमा रहेको थिआन मन स्क्वायर विश्वकै सबैभन्दा ठूलो चोक हो । यसको पूर्वतिर विश्वकै सबैभन्दा ठूलो संग्रहालय चिनियाँ राष्ट्रिय संग्रहालय रहेको छ भने दक्षिणतिर नयाँ चीनका संस्थापक नेता माओत्सेतुुङको शव राखिएको भवन छ । पश्चिमतिर विश्वकै सबैभन्दा ठूलो संसद भवन चीनको जनबृहत सभाभवन रहेको छ र उत्तरतिर विश्वकै सबैभन्दा ठूलो राजदरबार फोर्बिडन सिटी छ । .... परेड अवलोकन गर्न ४९ वटा मुलुकले आफ्ना प्रतिनिधि पठाउने निश्चित गरेका छन् । तीमध्ये ३० जना राष्ट्रनायक र सरकार प्रमुख छन् भने १९ जना उच्च सरकारी प्रतिनिधि रहेका छन् । त्यसैगरी अन्तर्राष्ट्रिय र क्षेत्रीय संगठनका १० जना प्रमुखहरू समावेश छन्, जसमा संयुक्त राष्ट्रसंघका महासचिव वान की मुन पनि छन् । यस बाहेक चीनमा रहेका कूटनीतिक नियोगका प्रमुख र सैनिक सहचरीलाई पनि परेड अवलोकन गर्न निमन्त्रणा गरिएको छ । परेडमा सत्र विभिन्न देशका एक हजार सैनिकसहित १२ हजार सैनिकले मार्चपास गर्दैछन् । ..... दोस्रो विश्वयुद्धमा सैनिकहरू मात्र तीन करोड पचास लाखको मृत्यु भएको थियो । चीनले जापानसँग सन् १९३१ देखि १९४५ सम्म चौध वर्ष युद्ध गर्नुपरेको थियो । सो युद्धमा मात्र एक करोड पचास लाख चिनियाँले ज्यान गुमाएका थिए भने दस करोड चिनियाँहरू आन्तरिक शरणार्थी बनेका थिए ।

सन् १९३७ मा जापानले चीनको नानचिङमा गरेको मानव नरसंहारलाई विश्वकै सबैभन्दा क्रूर हत्याकाण्ड मानिन्छ ।

दोस्रो विश्वयुद्धताका चीनले भोगेको पीडालाई पश्चिमा जगतले अनुभूत गर्न नसकेको गुनासो चीनले गर्दै आएको छ । ...... सैनिक परेडको उद्देश्य शान्ति र विजय रहेको चीनले घोषणा गरे पनि पश्चिमाहरूले यसलाई चीनको आन्तरिक राष्ट्रभक्तिलाई अझै सशक्त बनाउने र पार्टी तथा सैनिक शक्तिबाट आन्तरिक विद्रोहलाई थर्काउने उद्देश्य रहेको बताएका छन् । .... बेइजिङमा मात्र ८ लाख ५० हजार नागरिक सुरक्षाकर्मीलाई खटाइएको छ । .... यो अवधिमा बेइजिङका १० हजारभन्दा बढी कोइला कारखानाहरूलाई बन्द गरेर बेइजिङको आकाश सफा बनाउने प्रयास गरिएको छ । .... यो सैनिक परेडबाट विशेषगरी जापान, भारत र अमेरिकाले आशंका व्यक्त गरेका छन् । जापान विरुद्धको युद्धकै स्मरण दिवस भएकाले यो दिवसले जापानको टाउको दुख्नु स्वाभाविक हो । तर गत मे ९ तारिख रूसमा आयोजित उस्तै सैनिक परेडमा सक्रियतापूर्वक भाग लिएको भारतले भने बेइजिङ परेडमा झारा टार्ने उपस्थिति जनाउने भएको छ ।


सरकार गम्भीर देखिएन : यादव
मधेसमा विद्रोह भइरहेको छ । अब हिमाल र पहाडतिर पनि सल्किइसकेको छ । ....

यसरी गोलीको सस्तो प्रयोग राजा महेन्द्र, ज्ञानेन्द्र र वीरेन्द्रको पालामा पनि भएको थिएन । अन्तर्राष्ट्रिय कानुनअनुसार भन्ने हो भने यहाँ मानवताविरुद्धको अपराध भएको छ । विदेशी राष्ट्रहरूले गम्भीरतापूर्वक लिनुपर्छ । राज्य जातीय संहारको बाटोमा उभिएको छ । यो नेपालको मात्रै चासोको विषय रहेन ।

...... हामीले कूटनीतिक चासो सम्बन्धमा विदेशी कूटनीतिज्ञ अन्तर्राष्ट्रिय मानव अधिकरसँग भेट गर्ने विचार गरेका छौं । .... सरकार विगतका सहमतिको कार्यान्वयन गर्न चाहन्न । ऊ विगतका सम्झौता उल्टाउन चाहन्छ । अहिले आन्दोलनमा मारिनेहरू आफ्ना नागरिकहरू हुन् भन्ने अनुभूतिसम्म उहाँहरूलाई छैन । वार्ता वार्ता भनेर उहाँहरू नौटंकी गरिरहनुभएको छ । ...... पहिलो, जनता मार्ने काम बन्द गर्नुपर्‍यो । दोस्रो, विगतमा भएका ८ बुँदे र २२ बुँदे सम्झौता कार्यान्वयन गर्नुपर्‍यो । नरसंहार र वार्ता एकैपटक हुन सक्दैन । तेस्रो, संविधानका अन्तर्वस्तुमा सहमति गर्न सभाको कारबाही रोक्नुपर्‍यो । चौथो, आन्दोलनमा मारिएकालाई क्षतिपूर्ति र सहिद घोषणा, घाइतेको उपचार र क्षतिपूर्ति हुनुपर्‍यो । ...... टीकापुरमा मैले बोल्दै नबोलेको कुरालाई बोल्यो भनेर काल्पनिक प्रचार गरियो । त्यसलाई सत्य भनी ठड्याउने काम गरियो । छिमेकीसँग सम्बन्धको कुरा पनि त्यस्तै अर्को प्रचार छ ।

राजनाथ सिंहले नेपालमा लाखौं मधेसी नागरिकताविहीन छन् भनी बोलेको

कुरालाई एउटा मिडियाले बंग्याएर के लेखेको थियो, सारा प्रचार भयो । ......

बलपूर्वक संविधान लाद्ने पक्षमा उहाँहरू हुनुहुन्छ ।

..... अहिलेसम्म आन्दोलन हुँदा कहीं मधेसी र गैरमधेसीबीच झगडा भएको छ ? बरु सुरक्षाकर्मीले आक्रमण गर्दा पो प्रतिकार भएको छ । यो विभेद र शोषणविरुद्ध लडाइँ हो । अर्को जातविरुद्धको लडाइँ होइन । यो मधेस आन्दोलनमा पहाडी समुदायको समेत सहयोग छ । कांग्रेस र एमालेले साम्प्रदायिक दंगामा रूपान्तरण गर्न खोजेका थिए, असफल भए ।


सेनाको स्कर्टिङमा ग्यास ल्याइने
केही दिनयता काठमाडौं उपत्यका, पोखरा, चितवन, हेटौंडालगायत ठाउँमा अभाव .... ग्यास आयात हुने मुख्य नाका वीरगन्जमा समस्या देखिएको छ । ती नाकाबाट ग्यास आयात गर्न सकिएको छैन । ..... ‘आन्दोलनकारीले ग्यास बुलेटमा सुत्ले बम फाल्ने डरले सुरक्षाका कारण स्कर्टिङ गरेर आयात गर्न गाह्रो भयो । सोमबार ग्यास ल्याउन सकेनौं,’ निगमका प्रवक्ता दीपक बरालले भने, ‘स्कर्टिङको प्रबन्ध हुने बित्तिकै ग्यास आउँछ ।’ उनका अनुसार १३ गते ११ बुलेट ग्यास आएको थियो । १२ गते ग्यास ल्याउन सकिएन । ११ गते ४ बुलेट मात्रै आएको थियो । ..... निगमका अनुसार भन्सार नाकामा १ सय ६५ बुलेट थन्किएको छ । एक बुलेटमा १८ टन (एक टनमा ७२ ग्यास सिलिन्डर) हुन्छ । यसअनुसार २ लाख १३ हजार ८ सय ४० सिलिन्डर भन्सार नाकामै रोकिएको छ । ती बुलेटहरू ४ दिनयता थन्किएको निगमले जनाएको छ ।


‘वार्ताका लागि आएको होइन’
- महन्थ ठाकुर, अध्यक्ष तमलोपा

वार्ता गर्ने सरकारी मनसाय देखिदैन ।

सरकार सत्ताको आकाशमुनि ओत लागिरहेको छ । यसले यथार्थको धरातल टेक्नै बाँकी छ । जनताबाट जनतालाई मार्न लगाउने काम भइरहेको छ । कुनै यस्तो जिल्ला छैन, जहा यस्तो घटना नभएको होओस् । ...... आन्दोलन गाउसम्म पुगिसक्यो, खेती गरिरहेका किसानकहा हामी पुग्दा खेतबाटै जय मधेस भनेर स्वतस्फूर्त कराएको सुनियो । आजै वीरगन्जबाट आउदा युवाहरुको संख्या बढी देखियो । वीरगन्जमा त बालबालिका समेत हास्दै रमाउदै आउछन् । महिलाको उपस्थिति उस्तै छ । ..... अहिले त युद्धमय परिस्थिति छ । सरकार विगतमा भएका सम्झैताको कुरा उठाउदैन, वार्ताका लागि वार्ता भन्छ । मुद्दामा प्रवेश गर्दैन । मुद्दाको कुरा गरौं, तब न वार्ता हुन्छ । त्यत्रा साथीहरु पक्राउ परेका छन् । अस्पतालभित्रै लाठीचार्ज भएको छ । अस्पताल कम्पाउन्डभित्रै गोली चलेको छ । शान्त वातावारणमा वार्ता हुन्छ, यहा त मृतकका परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचार हुनुपर्छ । ..... अरु राज्यको सीमांकन र नामांकन बाकी होला, मधेसको त पहिल्यै सम्झौतामा उल्लेख छ । मधेसको भूभागमा स्वायत्त मधेस राज्य हुने भनेर पहिल्यै सरकारले प्रतिबद्धता जनाइसकेको छ । अरु क्षेत्रमा समेत स्वायत्तता दिने भनिसकेको छ । अरु संघको नाम नहोला, हाम्रो त स्वायत्त मधेस प्रदेश नाम भइसकेको छ । मधेस भनिसक्दा स्वत: एउटा भूमिको विम्ब आउछ । पूर्व मेचीदेखि महाकालीसम्मको समथर भूमि । अझ भित्री मधेस पनि मधेस नै हो । भूमिले नै सीमांकन र नामांकन भइसक्नुपर्ने हो । पहाड र मधेसमा छठ, होलीजस्ताको छुट्टी नै अलग अलग दिइन्छ, पहिलेदेखि नै यो व्यवहारमा अभ्यास भइसकेको कुरा हो । .....

सत्तापक्षकै कुनै सभासद् आफ्नो क्षेत्रमा जान सक्ने अवस्था छैन, किन ?

...... सरकारले पहिल्यै १० लाख तोकेकै हो ..... यताबाट सीडिओ एकैछिन पर्ख म एक गाडी गोली पठाइदिन्छु भन्छन् । जति मार्न सक्छौ मार भनेको होइन ? ...... यस्तै स्टन्ट सद्भावनाको निर्णय पनि हो । राजीनामा विधिवत् भइसकेको छैन । अहिलेसम्म प्रक्रिया पुरा भएको पनि छैन । दोस्रो, मोर्चाको कुनै त्यस्तो निर्णय भएको छैन । मोर्चाले त सदनदेखि सडकदेखि सदनसम्मै लड्ने भनेको छ । यो गर्नुछैन, राजीनामा दिइसक्नुभएछ साथीहरुले । ...... सिनेमामा हामी बेलाबखत यस्ता स्टन्ट देख्न पाउछौं ........ विगतका सहमति कार्यान्वयन । अरु कुनै नया कुरा छैन । .....

प्रधानमन्त्रीसग कुरा गर्न बस्यो भने हामीलाई राष्ट्रियता र लोकतन्त्रको परिभाषा सिकाउन थाल्नुहुन्छ । ठोस कुरै गर्नुहुन्न, सधैं एउटै कुरो भनिरहनुहुन्छ, लोकतन्त्र ।

...... राज्यपुनसंरचना समिति र विज्ञहरुको आयोगले दिएको सुझावलाई बेवास्ता गरिएको छ । हाम्रो सम्झौतामा स्वायत्त मधेस किटेर लेखिएको छ । अहिले मनपरी गर्न पाइन्छ ? ...... नेपालमा विपक्षलाई अराष्ट्रिय, विखडनवादी आजदेखि भनिएको होइन । पन्चायतकालमा उहाहरुले नै पाउनुभएको हो यो नाम । अब सत्तामा गएपछि गंगास्नान भयो भने मेरो भन्नु केही छैन । ........ हामीलाई कहिले पो राष्ट्रिय नेता भनियो ? म कांग्रेसमा हुदै पनि मधेसैको नेता भनियो । मधेसको नेता भएकाले महेन्द्रनारायण निधिजीलाई त्यसै भनियो । जति गरे पनि हामी मधेसी नेता नै रहेछौं, देशका होइन रहेछौं । जीवनभरि यो देखियो, भोगियो ।


मुस्लिम पनि आन्दोलनमा
थरुहट र मधेसीले आन्दोलन गरिरहेको लामो समयपछि उनीहरुले पनि सडकमा उत्रिएका हुन् ।

लोकतान्त्रिक मुस्लिम मञ्च

नाम दिएर प्रदर्शनमा उत्रिएका उनीहरुले संवैधानिक मुस्लिम आयोगको सुनिश्चित्ता, संविधानमा मुस्लिमको पहिचान, कैलाली र कञ्चनपुरलाई बाँके, बर्दियासँग जोडेर नेपालगञ्जलाई प्रदेशिक राजधानी कायम गर्नुपर्ने मुख्य माग राखेका छन् ।

No comments: