Showing posts with label brikhesh chandra lal. Show all posts
Showing posts with label brikhesh chandra lal. Show all posts

Sunday, June 05, 2022

सीके राउत को चर्को आलोचना

अबको चुनाव सीके राउत का लागि अंतिम मौका हो राष्ट्रिय पार्टी बन्ने। सीके राउत व्यक्तिगत स्तर मा मलाई आज पनि त्यति नै पसन्द छन जति दुई महिना अगाडि थिए। बहुत पसन्द। यो आलोचना व्यक्तिगत होइन राजनीतिक हो। 

देश पहिला बहुदल मा जानुपर्थ्यो। त्यस पछि गणतंत्र मा। त्यस पछि बल्ल संघीयता मा। यदि बहुदल र गणतंत्र स्कीप गरेर एकै चोटि संघीयता मा जाने कुनै बाटो थियो भने मैले त्यही बाटो तय गर्थें। तर थिएन। 

जुन नेपाली र मधेसी जनता ले लगातार डेढ़ दशक सम्म आन्दोलन पछि आन्दोलन दियो त्यो उच्चतम राजनीतिक चेतना भएको जनता हो। बिजनेस मा भनिन्छ कस्टमर सधैँ सही हुन्छ। तपाईं को सामान अथवा सेवा ग्राहक ले किनेन भने ग्राहक गलत होइन। 

राजनीति भनेको मुद्दा को आधार मा हुन्छ। अब त जनमत ले एउटा चुनाव पनि लडिसक्यो। 

अबको चुनाव सीके राउत का लागि अंतिम मौका हो राष्ट्रिय पार्टी बन्ने। के सीके राउत को राजनीति को लक्ष्य देश लाई अर्को राष्ट्रिय पार्टी दिनु नै हो? देशमा राष्ट्रिय पार्टी हरु को कमी छ? 

स्वीकार गरे पनि नगरे पनि जसपा, राजपा, जपा र त्रिपा मधेस आन्दोलन का राजनीतिक पांग्रा हरु हुन। २०४६ का कांग्रेस र वाम मोर्चा। सन २००६ का सात पार्टी र माओवादी। 

जनमत ले एक्लै चुनाव लड्यो, गल्ती गर्यो म भन्दिन। फेरि एक्लै चुनाव लड़े गल्ती गर्नेछ त्यो पनि भन्दिन। 

बहुदल पाउन कांग्रेस र वाम मोर्चा एक हुनु परेको थियो। गणतंत्र सम्म पुग्न तत्कालीन सात पार्टी र माओवादी एक हुनु परेको थियो। कांग्रेस र वाम मोर्चा २०३६ मा नै एक भएको भए बहुदल  अझ चाडो आउने। तर शीत युद्ध को यथार्थ थियो। मुद्दा लाई हेरेर गरिएको यथार्थपरक गठबन्धन थियो। 

मुद्दा हेर्ने हो भने जसपा, राजपा, जपा र त्रिपा त्यसै गरी एक ठाउँ आउन करै लाग्छ। चुनावी नतिजा को अंकगणित त्यही भनिरहेको छ। सन १९८९ मा बीजेपी र विपक्षी दल हरु किन एक ठाउँ आउनुपरेको? अंकगणित। अहिले त चार वटै राष्ट्रिय पार्टी स्टेटस गुमाउने ठाउँ मा पुगेका छन। राष्ट्रिय पार्टी स्टेटस गुम्नु भनेको संविधान संसोधन को मुद्दा हराउनु हो। 

मधेस आन्दोलन लाई भ्रष्टाचार को विरोध गर्नु नपरेको छैन। मधेस आन्दोलन लाई किसान आन्दोलन चाहिएको हो। आर्थिक क्रांति चाहिएको हो। तर पहिला बहुदल, त्यस  पछि गणतंत्र, बल्ल संघीयता भने जस्तै अहिले प्रथम कदम संविधान संसोधन हो। जसपा, राजपा, जपा र त्रिपा लाई एक ठाउँ मा ल्याउने मुद्दा भनेको त्यो संविधान संसोधन। 

एक पार्टी बनेर चुनाव अगाडि नै एकता महाधिवेशन गर्न सकिन्छ। अथवा चुनावी मोर्चा बनाउन सकिन्छ। टीका लगाउ मलाई म अध्यक्ष बन्छु होइन कि महाधिवेशन गर्ने, चुनाव लड्ने। इच्छा लागेको जोसुकै। अझ तमलोपा पनि। केही ठाउँ चुनाव जित्न भ्याएको छ। 

जसपा, राजपा, जपा, त्रिपा र तमलोपा। 

एक पार्टी नबने पनि, चुनावी मोर्चा नबने पनि वार्तालाप त हुनुपर्ने। लोकतंत्र मा विचार अस्वीकार गर्न सकिन्छ तर व्यक्ति लाई अस्वीकार गर्न सकिँदैन। यी पाँच ध्रुव हरु को त उठबस पनि छैन। वार्ता गर्नुपर्छ। टीवी रेडियो मा वादविवाद गर्नुपर्छ। छलफल गर्नुपर्छ। आफु आफु मा गपसप पनि नगर्नु भनेको लोकतंत्र नमान्नु हो। मुद्दा पाँच वटा को एउटै तर बोलचाल पनि छैन। अनि त्यो मुद्दा गणतव्य सम्म कसरी पुग्छ त? 

कांग्रेस र वाम मोर्चा एक ठाउँ आए जस्तै, सात पार्टी र माओवादी एक ठाउँ आए जस्तै जसपा, राजपा, जपा, त्रिपा र तमलोपा मुद्दा का आधार मा एक ठाउँ आउन करै लाग्छ। होइन भने खैरियत छैन। जसपा कै पनि राष्ट्रिय पार्टी स्टेटस गुम्न सक्छ। 

एक पार्टी बन्ने निर्णय गरेमा भर्खर भएको चुनाव मा पाएको मतको आधारमा पदको भागबण्डा गर्ने नै होइन। एकीकरण पार्टी महाधिवेशन गर्ने र सबै समस्या को समाधान महाधिवेशन मार्फ़त खोज्ने हो। त्यति बेला सम्म कामचलाउ कमिटी हरु। 

पाँच एक ठाउँ, एक चुनाव चिन्ह सम्म पुग्छन भने १५ लाख भोट पाउने पार्टी बन्ने हो। केन्द्र मा नै निर्णायक हुन सक्छ। सीके राउत मधेस प्रदेश को मुख्य मंत्री बन्न सक्छन। 

पहिला घर झगड़ा मिलाउने अनि बल्ल संविधान संसोधन। नाम जनता पार्टी। चुनाव चिन्ह पंजा छाप। केन्द्रीय पदाधिकारी सबै निर्वाचित। केन्द्रीय समिति सबै निर्वाचित। पार्टी एकीकरण भनेको ईगो मैनेजमेंट हुन सक्दैन। 

ठीक छ मधेस प्रदेश मा भ्रष्टाचार भएको छ तर काठमाण्डु मा ३० वर्षे मेलम्ची ले सयकडौँ बंगला हरु बनाएको कुरा खोइ गरेको? देश भरि स्थानीय तहमा भ्रष्टाचार भयो। पहाड़ी पुर्वाग्रही अख्तियार ले मधेस प्रदेश लाई मात्र टारगेट गर्यो। ऑफिस पनि कहाँ भन्दा बर्दीबाँस। पुर्वाग्रह त्यही देखियो। जनमत त्यस ट्रैप मा परयो। त्यो आत्म घृणा (Self-Hate) हो। त्यसले मधेस सशक्त हुँदैन। बुढ़ा हरु लाई फाल्ने तरिका हो पार्टी एक गर्ने, एक महाधिवेशन परखिने र दोस्रो महाधिवेशन मा पार्टी अध्यक्ष का लागि लडेर देखाइदिने। जित्ने। बोस्टन मा जे काम गर्दै थिए अहिले त्यस्तै काम जनकपुर बसेरै गर्न सकिन्छ। गर्ने। हप्ता को दुई दिन। उदाहरण पनि बन्छ नया पीढ़ि का लागि। शिक्षित बन, देश मैं बसेर दुनिया भरि काम गर। 

राजनीति भनेको मुद्दा हो। मुद्दा ले यी पाँच पाण्डव लाई एक पार्टी बनाउन करै लाग्छ। 





Thursday, September 10, 2015

जनकपुर भाद्र २३

जनकपुर भाद्र २३ गते

Posted by Brikhesh Chandra Lal on Thursday, September 10, 2015

Tuesday, September 08, 2015

चलू जनकपुर भरू जनकपुर



जनकपुरमा निषेधाज्ञा बिरुध्द शान्तपूर्ण जुलुसमाथि लाठी चार्ज २२ भाद्र २०७२संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाकोप्रेस- विज्ञप्ति२०७२ भाद्र २२ गतेआज जनकपुरको भानुचौकमा भएको शान्तिपूर्ण प्रदर्शन तथा निषेधज्ञा तोड्ने प्रयासको क्रममा प्रदर्शन गर्ने जनताको अधिकार भएकोले शान्तिपूर्ण जुलुसलाई अगाडि बढन दिन आग्रह गरिरहेको अवस्थामा एक्कासी प्रहरीले बर्बरतापूर्वक लाठी र अश्रु गैस प्रहार गरी सद्भावना पार्टीको के.स. लालकिशोर साह, संघिय समाजवादी पार्टीका के.स. अमरेश नारायण झा, संयुक्त लोकतान्त्रि मधेशी मोरचा धनुषाका संयोजक तथा तमलोपा धनुषाका अध्यक्ष परमेश्वर साह, सद्भावना पार्टी धनुषाका अध्यक्ष संजय सिंह, तमसपा धनुषाका अध्यक्ष रुपनारायण मण्डल, तमलोपाका रामबिनोद चौधरी, रेणू झा, ब्रजकिशोर सिंह, बिन्दु ठाकुर, धिरेन्द्र मिश्र, संघिय समाजवादी पार्टीका रामकुमार कापडी, अशोक यादव सद्भावना पार्टीका रामचन्द्र चौधरी, मनोहरकुमार मुखिया, रामबाबु साह, राष्ट्रीय मुस्लिम संघर्ष गठबन्धन, धनुषाकी शबनम खातुन लगायतका नेताहरू सहित ३७ जनालाई घाइते बनाइएको छ । यस अमानुषिक कार्यले यो सरकार र यिनका मतियारहरू मधेशीहरूको शान्तिपूर्ण भाषा बुझ्न असमर्थ रहेको र बल प्रयोगमाथि नै विश्वास गरेको स्पष्ट हुन्छ । हामी यसको घोर भर्त्सना गर्दै कडा प्रतिकारका निमित्त हामीलाई बाध्य पाडिंदै गएको स्पष्ट गर्न चाहन्छौं ।शासकवर्गको मधेशलाई उपनिवेश बनाउने षडयन्त्र बिरुध्द हाम्रो आन्दोलन जारी रहने छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, धनुषा तथा नेकपा-मओवादी, धनुषा २०७२ भाद्र २३ देखि २५ गते सम्मको आन्दोलनको निम्नानुसारका कार्यक्रमहरूमा जिल्लाका सबै गाँउ र नगरबाट व्यापक सहभागिता तथा प्रतिकारका निमित्त संपूर्ण मधेशी समाज, राजनैतिक दलहरु, संघ, संस्था, वर्गीय संगठनहरु, युवा-विध्यार्थीहरु लगायत सबै संघर्ष समितिहरुसंग अपील गर्दछ ।धनुषाको आन्दोलनको कार्यक्रम :२०७२ भाद्र २३ गते बुधवार • २ बजे जनकचौकमा जम्मा हुने• ३ बजेदेखि ५ बजेसम्म सडकमा धर्ना दिने१. २०७२ भाद्र २४ गते बृहस्पतिवार • महिलाहरुको नेतृत्त्वमा झाढू-बुहारू जुलुस२. २०७२ भाद्र २५ गते शुक्रवार • चलू जनकपुर भरू जनकपुर (जिलाको हरेक घरबाट कम्तीमा एक जना गरी आउने)
Posted by Brikhesh Chandra Lal on Tuesday, September 8, 2015


जनकपुरमा निषेधाज्ञा बिरुध्द शान्तपूर्ण जुलुसमाथि लाठी चार्ज २२ भाद्र २०७२
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको प्रेस- विज्ञप्ति
२०७२ भाद्र २२ गते

आज जनकपुरको भानुचौकमा भएको शान्तिपूर्ण प्रदर्शन तथा निषेधज्ञा तोड्ने प्रयासको क्रममा प्रदर्शन गर्ने जनताको अधिकार भएकोले शान्तिपूर्ण जुलुसलाई अगाडि बढन दिन आग्रह गरिरहेको अवस्थामा एक्कासी प्रहरीले बर्बरतापूर्वक लाठी र अश्रु गैस प्रहार गरी सद्भावना पार्टीको के.स. लालकिशोर साह, संघिय समाजवादी पार्टीका के.स. अमरेश नारायण झा, संयुक्त लोकतान्त्रि मधेशी मोरचा धनुषाका संयोजक तथा तमलोपा धनुषाका अध्यक्ष परमेश्वर साह, सद्भावना पार्टी धनुषाका अध्यक्ष संजय सिंह, तमसपा धनुषाका अध्यक्ष रुपनारायण मण्डल, तमलोपाका रामबिनोद चौधरी, रेणू झा, ब्रजकिशोर सिंह, बिन्दु ठाकुर, धिरेन्द्र मिश्र, संघिय समाजवादी पार्टीका रामकुमार कापडी, अशोक यादव सद्भावना पार्टीका रामचन्द्र चौधरी, मनोहरकुमार मुखिया, रामबाबु साह, राष्ट्रीय मुस्लिम संघर्ष गठबन्धन, धनुषाकी शबनम खातुन लगायतका नेताहरू सहित ३७ जनालाई घाइते बनाइएको छ । यस अमानुषिक कार्यले यो सरकार र यिनका मतियारहरू मधेशीहरूको शान्तिपूर्ण भाषा बुझ्न असमर्थ रहेको र बल प्रयोगमाथि नै विश्वास गरेको स्पष्ट हुन्छ । हामी यसको घोर भर्त्सना गर्दै कडा प्रतिकारका निमित्त हामीलाई बाध्य पाडिंदै गएको स्पष्ट गर्न चाहन्छौं ।

शासकवर्गको मधेशलाई उपनिवेश बनाउने षडयन्त्र बिरुध्द हाम्रो आन्दोलन जारी रहने छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, धनुषा तथा नेकपा-मओवादी, धनुषा २०७२ भाद्र २३ देखि २५ गते सम्मको आन्दोलनको निम्नानुसारका कार्यक्रमहरूमा जिल्लाका सबै गाँउ र नगरबाट व्यापक सहभागिता तथा प्रतिकारका निमित्त संपूर्ण मधेशी समाज, राजनैतिक दलहरु, संघ, संस्था, वर्गीय संगठनहरु, युवा-विध्यार्थीहरु लगायत सबै संघर्ष समितिहरुसंग अपील गर्दछ ।

धनुषाको आन्दोलनको कार्यक्रम :
२०७२ भाद्र २३ गते बुधवार

• २ बजे जनकचौकमा जम्मा हुने
• ३ बजेदेखि ५ बजेसम्म सडकमा धर्ना दिने
१. २०७२ भाद्र २४ गते बृहस्पतिवार
• महिलाहरुको नेतृत्त्वमा झाढू-बुहारू जुलुस
२. २०७२ भाद्र २५ गते शुक्रवार
• चलू जनकपुर भरू जनकपुर (जिलाको हरेक घरबाट कम्तीमा एक जना गरी आउने)

Friday, August 21, 2015

जनकपुरका ६४ जना प्राध्यापकले जारी आनदोलनलाई समर्थन गरे

जनकपुरका ६४ जना प्राध्यापकले जारी आनदोलनलाई समर्थन गरे
जनताको न्यायोचित मांग सम्वोधन गर्नुको सट्टा राज्य दमनमा उत्रिरहेको र जनताले स्वीकारै नगर्ने संविधान लेखनको कुनै अर्थ नरहेको भन्दै जनकपुरका ६४ जना प्राध्यापकले जारी आनदोलनलाई समर्थन गरेका छन् । भोली बुद्धजीवी र पेशागतहरु आन्दोलनको समर्थनमा प्रदर्शन गर्ने भएका छन् ।