Saturday, September 05, 2015

एकात्मक व्यवस्था ले अरु त अरु खुद काठमाण्डु लाई ठगेको छ



स्वायत्त काठमाण्डु प्रदेश

स्वायत्त काठमाण्डु प्रदेश किन चाहियो? संघीयता मा यो भक्तपुर चक्रपथ प्रदेश सरकार आफै ले बनाउँछ। भक्तपुर मात्र किन, उपत्यका चक्रपथ बनाउँछ। मेट्रो रेल बनाउँछ। प्रदेश सरकार त्यति ताकतवर हुन्छ। तर कंस सिटौला को संघीयता मा भने होइन। उसको संघीयता मा प्रदेश सरकार अहिले को जिल्ला विकास समिति जस्तो छ, दाँत नङ्ग्रा केही नभएको।

संघीयता मा केंद्र को ८२० अरब मध्ये काठमाण्डु प्रदेश ले ५० अरब पाऊँछ।

एकात्मक व्यवस्था ले अरु त अरु खुद काठमाण्डु लाई ठगेको छ। उदाहरण:

चौध वर्षमा पनि पूरा भएन भक्तपुर चक्रपथ
५२ दशमलव ७ किलोमिटर ट्रयाक ..... ‘ठूलो लगानीबिना चक्रपथ निर्माण पूरा गर्न सम्भव छैन,’ स्थानीय विकास अधिकारी (एलडीओ) पशुपतिबाबु पुरीले भने, ‘जिविसको स्रोतले मात्र पूरा गर्न नसकिने देखेर केन्द्रीय बजेटका लागि मन्त्रालयमा पठाइएको छ, मन्त्रालयले समयमा पारित नगर्दा चक्रपथ अलपत्र भएको हो ।’ .....

०५७ को जिविस बैठकबाट चक्रपथको सीमांकन गरिएको थियो । ०५८ मा चक्रपथ निर्माण थालनी गरेको हो ।

...... भक्तपुर चक्रपथले अनन्तलिंगेश्वर, सूर्यविनायक, महामञ्जुश्री–नगरकोट, चाँगुनारायण नगरपालिका र मध्यपुर थिमी नगरपालिकालाई छोएको छ भने भक्तपुर नगरपालिकालाई घेरेको छ ..... सुरुमा ५० करोडको लागत अनुमान गरिए पनि चक्रपथले पूर्णता पाउन १ अर्ब लाग्ने अनुमान गरिएको र केन्द्रीय बजेट नपरेसम्म निर्माण सम्पन्न गर्न नसकिने कार्यालयले जनाएको छ ।

No comments: