Wednesday, September 09, 2015

केपी ओली ले ओगटेको ठाउँ पहिला ज्ञानेन्द्र को हो

पहिला पहिला संविधान मा नै लेखिएको हुन्थ्यो, राजा कानुन र संविधान भन्दा माथि छ भनेर। राजतन्त्र मा। अहिले कतै लेखिएको छैन, केपी ओली, बामदेव गौतम, सुशील कोइराला संविधान र कानुन भन्दा माथि भनेर। तर तिनको व्यवहार कदम कदम मा हामी कानुन र संविधान भन्दा माथि भन्ने छ। अर्थात पहिला ज्ञानेंद्र ले ओगटेको राजनीतिक स्पेस मा अहिले यी बाजे हरु गएर बसिदिएका छन। हामी त संघीयता लाई एक छिन थाती राखेर पहिला गणतंत्र का लागि पो लड्ने कि? यी नवराजा हरु लाई तह लगाउने कि? अनि एउटा छ प्रचंड कस्तुरी। आफ्नो दायाँ बायाँ यी नवराजा हरु लिएर हिंड्छ। यी नवराजा हरुको वरिपरि फनफनती घुम्छ, भन्ने बेलामा यो संविधान चाडो जारी गरौं होइन भने राजा फर्किन्छ भनेर सोझा साझा जनता लाई ठग्न खोज्छ। अरे बाबा, राजा आउने न आउने त्यस्तै हो, नवराजा त तिम्रै वरिपरि छन।

केपी ओली ले ओगटेको ठाउँ पहिला ज्ञानेन्द्र को हो। एउटा उदारहण। संविधान सभा भित्र एमाले को मात्र होइन कुनै पानी पार्टी को कानुन नियम लाग्दैन। तर नवराजा केपी ओली ले लगाइदियो।

प्रस्तावित ७ प्रदेशबाट ३ जनाका दरले मात्र दफावार छलफलमा सहभागी हुन एमालेको निर्देशन


No comments: