Friday, September 11, 2015

पहाड़ी मीडिया र मधेसी क्रांति

१० वर्ष मा धरातलीय यथार्थ धेरै फरक भइसकेको छ। अहिले गाउँ गाउँ मा धेरै व्यक्ति सँग मोबाइल फ़ोन छ। पुलिस द्वारा गरिने हत्या को समाचार को एक एक डिटेल मोबाइल फ़ोन टू मोबाइल फ़ोन गर्दै मधेस भरि केही घंटा भित्र ऑफ़सेआफ फैलिन्छ। अख़बार को जरुरत छैन। FM रेडियो पनि वासी समाचार जस्तो। मधेसी जनता आफै मीडिया हो आजका मितिमा।

पहाड़ी मीडिया ले भने बड़ो नाटकीय ढंगले मधेस लाई ब्लैकआउट गर्ने कुचेष्टा गर्छ। त्यसले जनता लाई गुमराह गर्दैन। बरु आफुले थाहा पाएको यथार्थ र पहाड़ी मीडिया ले लुकाएको यथार्थ बीच को ठुलो खाडल ठम्याउन सहयोग गर्छ अनि जनता झन झन आक्रोशित हुन्छ। १० वर्ष अगाडि को बालक आज २० वर्ष को लक्का जवान छ। उसँग पंचायती व्यवस्था को याददाश्त छैन।

पहाड़ी मीडिया ले एउटा हारने लड़ाई छेरेको छ। उसले मधेस लाई देखा अनदेखा गर्ने प्रयास एक किसिमले हास्यास्पद छ। तर छैन पनि। त्यही विभेद ले हो मान्छे मरेको। त्यसै पहाड़ी मीडिया ले पाउनुपर्ने तर अहिले नपाएको पुर्ण प्रेस स्वतंत्रता यिनै मधेसी शहीदले दिलाउने हुन।

पहाड़ी मीडिया भित्र रहेको मधेस विरोधी पूर्वाग्रह निजी क्षेत्र को पूर्वाग्रह हो। जहाँ आरक्षण लागु हुँदैन। तर Anti Discrimination Law भने लागु हुन्छ जुन कि बनिसकेको छैन। पहाड़ी मानव अधिकार संगठन पनि त्यस्तै पुर्वाग्रही छन। अरु त अरु कृष्ण पहाड़ी ले वाक स्वतंत्रता नबुझेको सत्य उदांगियो सीके राउत प्रकरण मा। The aptly named Krishna Pahadi.

मधेसी ले समानता लिन्छ। त्यस का लागि काठमाण्डु को १००% नाकाबंदी हुन्छ। समानता को संभावना नभए हामी छुट्टियौं। दक्षिण एशिया को आर्थिक एकीकरण सम्म का लागि टाटा बाई बाई। त्यो डाइवोर्स शांतिपूर्वक बनाउन सकिन्छ।


No comments: