Showing posts with label nepali kranti 2015. Show all posts
Showing posts with label nepali kranti 2015. Show all posts

Wednesday, September 16, 2015

लोकतंत्र, मानव अधिकार, गणतंत्र, संघीयता, समावेशीता

पाँच पाण्डव: लोकतंत्र, मानव अधिकार, गणतंत्र, संघीयता, समावेशीता

लोकतंत्र 

लोकतंत्र भनेको एक व्यक्ति एक मत हो। नागरिकता देश मा एक किसिम को मात्र हुन्छ। (नागरिकता बारे हुनु पर्ने) कोही अनागरिक हुँदैन। सबै नागरिक बराबर हुन। शक्ति को एक मात्र स्रोत जनता हो। र त्यो मताधिकार ले मात्र निर्धारण गर्दैन। राजनीतिक पार्टी ले वोट पाए अनुसार समानुपातिक सरकार बाट पैसा पाउने, पार्टी चलाउन, चुनाव लडन अरु  कुनै स्रोत बाट पैसा लिन नपाउने। (१ मत को ५० रुपया)

मानव अधिकार 

The Universal Declaration of Human Rights

गणतंत्र 

नवराजावाद मुर्दाबाद। पार्टी अध्यक्ष दादागिरी - समाप्त गर। तानाशाही -- नहीं चलेगी, नहीं चलेगी, नहीं चलेगी। तीनबाहुनदलीय व्यवस्था समाप्त गर, सच्चा गणतंत्र स्थापित गर।

संघीयता 

१ देश, १६ प्रदेश, २०-३० विशेष क्षेत्र, १००० गाउँ/नगर = १२५ जातजाति
संघीयता मा बजेट बाडफाड़: ३३-३३-३४: केन्द्र प्रदेश स्थानीय
Federalism, Centripetal Force, Centrifugal Force
प्रत्यक्ष निर्वाचित प्रधान मंत्री र १०% आर्थिक वृद्धि दर
नंबर एक कुरा शिक्षा हो

समावेशीता

५१% खुला प्रतिस्प्रधा, ४९% आरक्षण।
दलितले आरक्षण मात्र होइन Reparation (क्षतिपूर्ति) पनि पाउनै पर्छ



पाँच पाण्डव: लोकतंत्र, मानव अधिकार, गणतंत्र, संघीयता, समावेशीता



यो प्रतिक्रांति विरुद्ध को क्रांति हो। पाँच पाण्डव: लोकतंत्र, मानव अधिकार, गणतंत्र, संघीयता, समावेशीता। २००६ अप्रिल क्रांति का उपलब्धि लोकतंत्र, मानव अधिकार, गणतंत्र। मधेसी क्रांति का उपलब्धि संघीयता, समावेशीता। ती सबै माथि आक्रमण भएको अवस्था छ। राणा शासन १०४ वर्ष चल्यो। अर्को १०४ वर्ष का लागि खस/बाहुन शासन लाद्ने प्रपंच भइराखेको छ।

त्यसका विरुद्ध एउटा निर्णायक सड़क आंदोलन को आवश्यकता देखियो।

क्रांति कृष्ण हो।

यो मधेसी क्रांति ३ जस्तो लाग्यो शुरू मा। त्यस पछि मधेसी थारु क्रांति जस्तो लाग्यो। त्यस पछि मधेसी जनजाति क्रांति २०१५ जस्तो लाग्यो। तर यो त्यसभन्दा पनि व्यापक छ। यस क्रांति ले विगत शताब्दी का दुई प्रमुख आइडियोलॉजी कैपिटलिज्म र कम्युनिज्म को फ्यूज़न गर्ने छ। यो अहिंसात्मक तर आक्रामक क्रांति हो। यसले आमुल परिवर्तन खोजेको छ। यसले एउटा नया शुरुवात खोजेको छ। यसले नया दिशा खोजेको छ।

यो २०१५ मॉनसून क्रांति भनौं भने सितम्बर आइसक्यो। यो नेपाली क्रांति  २०१५ हो। यो सीमांकन बारे मात्र होइन। यो क्रांति लोकतंत्र, मानव अधिकार, गणतंत्र, संघीयता, समावेशीता का लागि हो। पाँच पाण्डव माथि प्रहार भएको छ।

यो प्रतिक्रांति विरुद्ध को क्रांति हो।