Saturday, September 12, 2015

काँग्रेस एमाले अब मधेसमा प्रजा परिषद

तीन दलले मधेसी जनतालाई ‘उल्लु’ बनाउन खोजेको उपेन्द्रको आरोप
के के हुन् सीमान्तकृतको प्रतिनिधित्व घटाउने धारा ?
मुस्लिम बस्तीमा प्रवेश गरी प्रहरीद्धारा कुटपिट
ज्ञानेन्द्र शाह र ठूला तीन दलका नेतामा किन भिन्नता देखिन छाडेको छ ?
Tikapur Report – Update
मधेसमा भइरहेको आन्दोलन होइन, अराजकता होः खनाल
यो बेबकुफ बनाउने तरिका मात्र हो- उपेन्द्र यादव



ओलीको बोलीले मधेसमा एमाले सिद्धिदै

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली तथा बरिष्ठ नेता झलनाथ खनालका रुखो बोलीले तराई –मधेसमा एमाले सिद्धिने अवस्थामा पुगेको छ । नेताको यस्तो दुर्वाच्यले सोही पार्टीका मधेसी नेता तथा सभासद् हैरान भएका छन् ।

..... आन्दोलनको मागका विषयमा मधेसी जनतालाई सम्झाउन सकिएला तर, ओलीको बोलीले पारेको चोटले भडकिएकाहरु नजिक हुनै नचाहने गरेको मधेसी नेता बताउँछन् । अरुलाई बोल्न लगाम लगाउने तर, आफूहरु एउटा समुदायलाई होच्याउने खालका अभिव्यक्ति दिने गर्दा आफूहरु दोहोरो चेपुवामा परेको उनीहरुको गुनासो छ । ......

किन छुच्चो बोल्नु प¥यो ?’ सभासद् रामदयाल मण्डलले भने ‘ ओली र झलनाथका बोलीले हामी असुरक्षित भएका हौ ।’

.....

ओली पक्षकै मानिने केन्द्रीय सदस्य श्रीप्रसाद साहले पनि मण्डलकै जस्तो प्रतिक्रिया दिने गरेका छन् । ‘काठमाडौंमै बसिरहन त केही गर्दैन तर, मधेसमा चिनिएका नेता, कार्यकर्तालाई टिक्न गाह््रो भयो ।’ उनी भन्छन् ‘ अहिले मधेसको आन्दोलनको निशाना एमाले भएको छ । नेताहरु चेतेनन् भने मधेसमा एमाले सिद्धिन्छ ।’

...... बिचार पु¥याएर बोल्न नेतालाई सिकाइरहनु नपर्ने तर, पटक पटक स्म्झाउदा पनि नेताले सुधार नगरेको मधेसी सभासद्को गुनासो छ ।

‘हाम्रो घर आगो लगाउने प्रयास भएको छ ।

आफू काठमाडौंमा सुरक्षित भए पनि छोराछोरी गाउँमा डरले त्राहिमाम भएर बसेका छन् ।’ सभासद् मण्डल भन्छन् ‘ हामीलाई यो अवस्थामा पु¥याउने ओलीकै बोली बढी जिम्मेवार छ ।’ ....... एमालेका मधेसी सभासद् भन्छन् ‘ओलीलाई जस लिएंँ भन्ने होला तर, अपजस बाहेक एमालेले केही पाएको छैन ।’


No comments: