Friday, August 28, 2015

सुशील लाई वास्तवमा थाहा छैन

सुशील लाई वास्तवमा थाहा छैन के गर्ने भन्ने कुरा। ल माग पुरा गर्ने भन्यो।  के हो त्यो भनेको? कसरी पुरा गर्ने? के पुरा गर्ने? कहाँ लगेर पुरा गर्ने। सुशील लाई थाहा छैन। त्यसैले उसले राजीनामा दिनु सबैभन्दा उपयुक्त बाटो हो। ताकि क्रांतिकारी सीमांकन र नामांकन को बाटो खुलोस।



गोलचक्करमा मधेश आन्दोलन
जब मधेशी मोर्चाको घोषणाले मधेशमा आन्दोलनको रुप लियो अनि त्यसपछि अन्य संगठन र मोर्चाहरु पनि हामफाले । अनिल झा अध्यक्ष रहेको नेपाल सद्भावना पार्टी र मातृका यादव संयोजक रहेको राष्ट्रि मधेश आन्दोलन समितिबीच संघीय लोकतान्त्रिक मोर्चा गठन भयो । र, आन्दोलनको घोषणा गर्यो । जुन मधेशी मोर्चाकै आन्दोलनमा विलिन हुन गयो । ..... भदौ ९ गते गच्छदारले पनि एउटा मोर्चा गठन गरेर मधेशमा आन्दालन गर्ने घोषणा गरेका छन् । मोर्चामा शरतसिह भण्डारी, राजकिशोर यादव पनि रहेका छन् । .... हिजो ( भदौ १० गते) मात्रै एमाओवादीका मधेशी नेताहरुले मधेशमा आन्दोलन गर्ने घोषणा गरेका छन् । ..... भदौ १ देखि अनिश्चितकालका लागि मधेश बन्दको घोषणा गर्यो । मधेश बन्दको पहिलो दिनमै सप्तरीको भारदहमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर राजिव राउतको मृत्यु भयो । बन्दको पहिलो दिन नै एकजनाले सहादत प्राप्त गरेपछि मधेशको आन्दोलन चर्कियो । मधेशबाट यस्तो प्रेसर बढ्यो कि राजिव राउतको मृत्यू भएकै दिन अबेर साँझ सद्भावना पार्टीले आफ्ना पार्टीका सभासद्हरुले सविधानसभाबाट सामूहिक राजिनामा दिने घोषणा गरे । ........ यसले मधेशमा एउटा तरगं नै ल्यायो ।
बन्दले अर्थतन्त्र तहसनहस बनाउँदै
देउवाले झोक्किदै भने, ‘मलाई गाली गर्दा लाज लाग्दैन ?’
म प्रधानमन्त्री हुँदा थारु कमैयालाई १०/१० कठ्ठा जमिन उपलब्ध गराएको थिएँ । थारुको चाडमा म आफै जाने गरेको थिएँ । ...... बर्दियाँदेखि नवलपरासीसम्मको क्षेत्रलाई थरुहट प्रदेश नभने पनि त्यसले थारुहरुलाई सम्बोधन गरेको छ । ...... परम्परगत रुपमा मिलेर बसेको ठाँउमा घृणाको फैलाउने ? ..... छापिने सवै पत्रकारिता होइनन् । कुन मिडिया हो कुन मिडिया होइन त्यो अव छुट्टटाउनुपर्ने बेला आएको छ । मोवाइल र कम्युटरमा आउने सवै सूचना समाचार होइनन् ।
वार्तामा बस्नका लागि मधेशी मोर्चाले अघि सारे यी शर्तहरु
पहिलो शर्त भनेको मधेशमा सेना परिचालन सम्बन्धि गरेको निर्णय तत्काल फिर्ता लिनुपर्ने र दोस्रो मधेश र थरुहटमा प्रहरी प्रशासनद्वारा गरिएको दमन तत्काल बन्द गर्नुपर्ने शर्त अघि सारेको छ । ........ कैलालीको घटना र त्यसपछि नेपाल सेना र प्रहरीको आडमा स्थानीय जनताको साथ गरिएको दुव्यवहार र दमनको बारेमा जाँच गर्न न्यायिक जाँचबुझ आयोग गर्नु पर्ने, कैलालीबाट विस्थापित भएका स्थानीयहरु सकुशल फर्किनुको साथै पुर्नवासको व्यवस्था गर्नुपर्ने, कैलालीबाट प्रशासनद्वारा बेपत्ता पारिएका स्थानीय व्यक्तिको अवस्था तत्काल सार्वजनिक गर्नुपर्ने शर्त अघि सारेका छन् । ...... सप्तरी, रौतहट, नवलपरासी र कैलालीमा प्रहरीद्वारा मारिएका र आन्दोलनमा घाइते भएका परिवारलाई तत्काल राहत दिनुपर्ने, चार दलद्वारा ल्याएको सविधानको मस्यौदा फिर्ता लिनुपर्ने, संविधानको मस्यौदामा रहेको संघीय संरचना, सीमांकन, नागरिकता, प्रादेशिक अधिकार, समानुपातिक समावेशी अधिकार, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र जस्ता महत्वपूर्ण मुद्दा जनताको भावना अनुसार पुनर्लेखन हुनुपर्ने


समृद्ध कर्णालीका लागि चाहियो स्वायत्त प्रदेश
अव कर्णालीका जनतालाई परीक्षणमा पठाउने बेला भएको छ, तिमी आफ्नो विकास आफै गर भनेर । यो संविधानले त्यसको सुनिश्चता गरिदिनुपर्छ । ...... गणतन्त्रान्त्रिक मुलुकले अहिले पनि कर्णालीका जनतालाई ‘आम मानिस’ ठान्दैनन् । .... कर्णालीले अहिलेसम्म कुनै पनि राम्रो सुविधा पाएका छैन ....... कर्णाली भौगोलिक हिसावले ठुलो छ । त्यहाँको भाषा, सस्कृति फरक–फरक छन् । तर, एउटा जिल्लामा एक संसदीय सिट छ, यसले त्यहाँको कुनै पनि जिल्लाको बस्तुगत प्रतिनीधित्व हुन सकेको छैन । त्यहाँबाट जनताले चुनेर पठाएका प्रतिनीधि सवै गाँउमा जान पाउँदैनन भौगोलिक विकटताका कारण । कर्णालीका हरेक जिल्लामा २ वटा निर्वाचन क्षेत्र अनिवार्य थियो । तर, अहिलेसम्म हरेक जिल्लामा एउटा मात्र निर्वाचन क्षेत्र छ । यो प्रश्न किन उठेको हो भने जनसख्याँको आधारमा निर्वाचन क्षेत्र तोक्दा भौगोलिक विकटता र क्षेत्र विकासको मुल धारमा आउन कठिन हुन्छ । कर्णाली सवैभन्दा ठुलो अंचल, त्यहि कर्णालीमा छ, नेपालको सवैभन्दा ठुलो डोल्पा । एक जना सभासद्ले पाउने विकास बजेटले कसरी त्यहाँको विकास सम्भव छ ? यसकारण भौगोलिक हिसावले त्यहाँको विकासमा चासो दिनुपर्छ । झापा, मोरङ, काठमाडौं जस्ता जिल्लाले पाउने बजेट सिंगो कर्णालीले नपाउने अबस्था छ । यसको अन्त्य आजको आबश्यकता हो, कर्णालीका जनताको माग हो । ......

कर्णालीको स्रोत–साधन प्रयोग गरेर जाने हो भने त्यसले सिंगो देशलाई पाल्न सक्छ ।

...... कर्णालीका जनताको काठमाडौ, सुर्खेत वा नेपालगंज झर्दैमा ंबाटोमै उसको आधा जिन्दगी जान्छ । ..... कर्णालीको विकासको नक्सा सिंहदरवारमा कोरिन्छ । तर, नक्सा कहिलेकाही कर्णाली पुग्छ तर बजेट पुग्दैन । पुगेको बजेट पनि काम नभएर फ्रिज हुन्छ । बजेट कार्यन्वयन गराउने निकायमा कर्णालीका मान्छे छैनन् । ति मधेशका छन्, ति पहाडी भुभागका छन् । बल्ल बल्ल कर्णालीमा सरकारी कर्मचारी कार्यलय जान्छन्, अधिकतम सुविधा लिन्छन् । उनीहरुलाई कर्णालीका विकासमा खासै चासो हुँदैन । हुन्छ त आफ्नो सेवा सुविधाकै । त्यो भन्दा डरलाग्दोपक्ष के छ भने धेरै कर्मचारी त कर्णाली जानै मान्दैनन् । कुनै विकल्प नहुँदा मात्र उनीहरु कर्णाली जाने हुन । कर्णालीको नाममा हुने धेरै सरकारी नियुत्ती पनि बाहिरकै मानिस हुन्छन् । त्यसमा पनि कर्णालीलाई प्राथामिकता नदिने अबस्था छ । यस्तो संयन्त्रमा कर्णालीमा कहिले हुन्छ विकास ? ....... कर्णालीको ठुलो समस्या राजनीतिमा धेरै कार्यकर्ता छन् । नेता बहुतै कम छन् । ठुलो नेता हुनै दिइदैन । आज सम्म देशले चिन्ने को नेता आए कर्णालीबाट ? कर्णालीले किन नेता जन्माउन सकेन ? ...... कर्णालीमा आदिवासी–जनजाति छन् । .... एक किलोलाई दशौ लाख मुल्यपर्ने महगा जडिबुटीको त्यहाँका जनताले उपयोग गर्न पाएका छैनन् । ......

कर्णालीलाई किन स्वायत्त प्रदेशको अधिकार नदिने ?

..... एकपटक हामी आफैलाई विकास गर्ने अवसर दिउँ । त्यस्तो स्वायत्त प्रदेश बनाईदिउ । हामी केही गरेर देखाउँछौँ .... कर्णालीका बासिन्दा त राउटे समुदाय भन्दा पनि पछाडि पर्न थाले । .....

यो निर्णायक अवस्थामा कर्णालीलाई स्वायत्त प्रदेशको अधिकारसहित अगाडि जाने बाटो खोलिदिनुस् ।

..... अधिकार विनाको संघीयता कर्णालीका लागि के अर्थ राख्छ ? ......

कर्णालीका पाँच जिल्ला समेटेर स्वायत्त प्रदेश बनाउन चाहिएको छ ।



मोदीले ऋषिमन भनेपनि हामी बुद्धमनले अघि बढौः खनाल
हाम्रो देश ऋषिमुनी र बुद्धको देश हो। नरेन्द्र मोदीले ऋषिमन भने पनि हामी संकटको घडिमा बुद्धमनले अघि बढ्न सकेमात्रै शान्तिको बाटोमा लक्ष्य हासिल गर्न सक्छौं। संविधान निर्माणको काम सम्पन्न गर्न बुद्धमन आवश्यक छ। ...... संघीयता आफैमा क्रान्ति होइन। त्यो शासन प्रणाली हो। हामीले यो प्रणाली व्यापक अध्ययन र विश्लेषणका साथ गरेका होइनौ। यसको प्रयोग व्यापक हिम्मतका साथ अघि बड्नुपर्छ। त्यो सफल हुन्छ नै भन्ने हुँदैन। तर लोकतान्त्रिक गणतन्त्र नेपाल हाम्रो ठूलो उपलब्धी हो। ...... थारु, दलित, जनजातिका भावना पनि सम्बोधन गर्नुपर्छ। जनजातिको आयोग दिदा केही विग्रदैन। मुस्लीम थारुका बारेमा पनि बहस गर्नुपर्छ।
बाबुसाहेब र मुखिया शैलीमा सीमांकन कोर्नेहरू टीकापुर घटनाका कारकः चौधरी
बाबुसाहेव र मुखिया जमिन्दारले कोरेको सीमांकनले थारूहरूसहित तराई आन्दोलित भएको छ। टीकापुरमा सुरक्षास्थिति कमजोर छ। म सभासदको घरमा कर्फ्युको बेला आगो लाग्छ भने सर्वसाधारणको घरमा के होला?

No comments: