Thursday, November 05, 2015

The Endgame: Scenarios

अहिलेको अवस्था कहाँ गएर टुङ्गिन्छ त?

  • अहिले केही समय Resolution भन्दा पनि Dysfunction कै संभावना बढ़ी छ। झनै ध्रुवीकरण बढ्ने। बाजार अभाव झन झन बढ्ने। निकट भविष्यमा यस्तै हुने देखिन्छ। 
  • प्रहरी, सेना, चीन ले ओली सरकार लाई मदत गर्न सक्ने अवस्था छैन। र ओली ले आफुलाई एउटा यस्तो कुना मा पुर्याएका छन जहाँ बाट सम्मानजनक अवतरण को संभावना अत्यंत न्युन छ। मधेसी को माग पुरा गरेर संविधान संसोधन गर्ने बाटो ओली ले लगभग बंद गरेका छन। 
  • यस्तो अवस्थामा middle ground खोज्ने प्रयास मा लागेका बाबुराम भट्टराई को अवस्था कमजोर नै रहन्छ। किनभने अहिले को वातावरण मा दुई मध्ये एक ध्रुव समात्नु नै सजिलो हुन्छ। मध्यस्थता गर्ने प्रयास गार्हो हुन्छ। दुबै पक्षले खासै रुचाउँदैनन्। 
  • दुई पक्ष मध्ये एक हार्नु पर्ने हुन्छ। त्यो हारने पक्ष मधेस आंदोलन हुने संभावना छैन। जनता हार्दैन, जहिले पनि अन्त्य मा शासक नै हार्छ। उही हो, देशलाई कम क्षति गरेर हार्छ शासक कि बढ़ी क्षति गरेर। हिसाब त्यति को मात्र हो। 
  • तेल र ग्यास को अभाव खप्न नसकेर काठमाण्डु का जनता १-२ लाखले सिंह दरबार र बालुवाटार घेरे पनि समाधान निस्कने हुन्छ। त्यो संभावना पनि छ। त्यो स्वतःस्फूर्त हुन सक्छ। 
  • दुबै पक्ष जित्ने एक मात्र बाटो हो देश टुक्रिने। यो political paralysis जति लम्बिन्छ देश टुक्रिने संभावना त्यति नै बढेर जान्छ। There is a very real possibility the country could split into two. नया साल २०१६ ले मधेस नया देश दिन सक्छ। 



यदि कुरा बढ्दै गएर मधेस देश सम्म पुगेछ भने मोदी सरकार ले सक्रिय रोल खेल्नुपर्ने हुन्छ। मधेस को सीमाना त्यही हो जुन अस्ति अनिल झा ले कमल थापा लाई पेश गरे। भारतीय सेना त्यहाँ सम्म स्पीड मा पुग्नु पर्ने हुन्छ। मधेस अलग देशको घोषणा गर्ने वीरगंज मा, भारत ले तुरुन्त मान्यता दिने, अनि भारतीय सेना मधेस को उत्तरी सीमाना सम्म पुग्ने। That would be the least bloody way to do it. मधेस अलग देश को पहिलो कदम भारत सँग आर्थिक एकीकरण हुनुपर्छ। मुद्रा एउटै हुन्छ। अंतरिम सरकार बन्छ, अंतरिम संविधान को घोषणा हुन्छ, एक वर्ष भित्र संविधान सभा को चुनाव हुन्छ। नेपाल सँग द्वैध नागरिकता को संधि हुन्छ। नेपाल ले राजदुत आदान प्रदान गरे पछि उत्तरी सीमाना को नाकाबंदी हट्छ। 

No comments: