Saturday, October 03, 2015

Now We Are Talking: चीन को नाका बंदी

यो चाहिँ चीन ले गरेको हुनुपर्छ।

भारतको नाका पछि अब चीनिया नाका बन्द गर्ने तयारी: आदिवासी जनजाती
आदिवासी–जनजातिका अगुवाहरुले चीनीयाँ नाकाहरु पनि बन्द गर्ने बताएका छन् । आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा आदिवासी–जनजातिका अगुवा तथा नेताहरुले अव चीनीयाँ नाकाहरु बन्दे गर्ने तयारी भइरहेको बताएका छन् । ...... कार्यक्रममा नेता आङ्गकाजी शेर्पाले तीन जना बाहुनलाई घुँडा टेकाउन चीनीयाँ नाकाहरु बन्द गर्न आवश्यक रहेको औंल्याए । शेर्पाले यी तीन पार्टीले आदिवासी–जनजातिको माग पनि सम्बोधन नरेकोले यिनीहरुलाई घुँडा टेकाउन लागि परेको बताए । ...... शेर्पााले मधेश–थरुहटमा मात्र होइन अहिले पहाड–हिमालमा पनि आदिवासी–जनजातिले आन्दोलन गरिरहेको बताउँदै आन्दोलन सशक्त पार्ने जनाए । उनले हिमाली क्षेत्रका शेर्पालगायतका सम्पूर्ण आदिवासी–जनजाति मिलेर चिनीयाँ नाका बन्द गर्ने जनाए । ....... त्यस्तै कार्यक्रममा सहभागी डा।ओम गरुङ्गले पनि मधेशमा जारी आन्दोलन आदिवासी–जनजातिको पनि रहेको बताए । उनले मधेश–थरुहटको आन्दोलनले आदिवासी–जनजातिलाई बल मिलेको तर्क गर्दै आन्दोलन सशक्त बनाउने प्रतिवद्धता व्यक्त गरे । ...... डा।गुरुङ्गले अव खुलेर आदिवासी जनजातिबीच सहकार्य हुने प्रतिवद्धता व्यक्त गरे । मधेशी–थारु–आदिवासी–जनजातिबीच संयुक्त आन्दोलन समिति बनाउने विषयमा भएको उक्त कार्यक्रममा एक दर्जनभन्दा अधिक आदिवासी–जनजाति नेताहरुको उपस्थिति रहेको छ ।
नाकाबन्दी नै नगरेको भारतले कसरी नाका खोलाउँछन् ? नाकाबन्दी खुलाउने समाचार अपुष्ट
आज साँझ नेपालमा अनलाइनहरुले भारत सरकारले नाकाबन्दी खोल्न माहतहतका निकाय लाई निर्देशन दिएको समाचार भाइरल भएको छ । टुडेखबर टिम यसको सत्यता पत्ता लगाउन विभिन्न श्रोत लाई सम्पर्क गरी सत्यता पत्ता लगाउन सक्रिय भए, समाचार औपचारिक रुपमा पुष्टि हुन सकेन । प्राप्त जानकारी अनुसार भारत सरकारले नाकाबन्दी नगरेको औपचारिक रुपमा नै जनाई सकेको अवस्थामा नाकाबन्दी खोलाउने कुरा आफैंमा विरोधाभास देखिन्छ ।

यस अघि धेरै पटक नेपालका लागि भारतीय राजदुत रन्जित रेले भारतले कुनै पनि औपचारिक र अनौपचारिक रुपमा नाकाबन्दी नगरेको पटक पटक भन्दा पनि अहिले आएर कसरी नाकाबन्दी खोलेको समाचार भाइरल भएको कुराले लैनचौर पनि चकित बनेको छ ।

..... त्यस्तै, अमेरिकामा नेपालका परराष्ट मन्त्री महेन्द्र पाण्डे र भारतीय विदेश मन्त्री सुष्मा स्वराज बिच भएको भेटवार्तामा पनि मन्त्री स्वराजले भारत सरकारले कुनै पनि नाकाबन्दी नगरेको स्पष्ट पारे पछि ,

अहिले नेपालको मिडियामा आएको समाचार जस्तै अमेरिकाबाट मोदि फर्के लगत्तै नेपालको अघोषित नाकाबन्दी खोलाउने कुरा कसरी आयो सबै जना अच्चमित बनेका छन् ।

त्यस्तै, नेपालका आपुर्ति मन्त्री शुनिल थापा सँगको भेटमा पनि भारतीयअ अधिकारीहरुले नेपाल भित्रको आन्तरिक समस्याले नाकाबन्दी भएकोले आन्तरिक समस्या समाधान गर्न सुझाएका थिए । ....... प्राप्त जानकारी अनुसार नेपालका चर्चित उद्योगपति एमालेका पुर्व सभासद् समेत रहनु भएका विनोद चौधरी आफ्नो पारिवारिक र व्यापारिक सम्बन्ध प्रयोग गरी एमाले अध्यक्ष ओलीको दुत बनेर दिल्लीमा विभिन्न शक्ती केन्द्रको प्रयोग गरी भारत सरकारका प्रमुख व्यक्तीहरुलाई भेटेर ओलीलाई प्रधानमन्त्री बनाउन सहयोग गर्नु पर्ने भन्दै सहयोगको याचना गर्दै आएका थिए । एकदमै विश्वनिय श्रोतका अनुसार उद्योगपति विनोद चौधरीले भारतीय प्रधानमन्त्री सँग भेट्ने नसक्ने भएका छन् । श्रोतका अनुसार भारतीय प्रधानमन्त्री सँग उद्योगपति चौधरीले आफ्नो सबै शक्ती र सम्पर्क प्रयोग गरे पनि पच्छिलो समय प्रचण्ड र प्रधानमन्त्री शुशिल कोइराला सँग फोनमा कुरा गर्न तयार नभएका भारतीय प्रधानमन्त्री मोदि नेपालको उद्योगपतिलाई यस्तो बेला भेट्नु कुनै आवश्यकता नरहेको बताए ।

भारतीय प्रधानमन्त्री मोदिले तत्कालै उद्योगपति चौधरीलाई भेट्न नसक्ने मोदिका सचिवालयले स्पष्ट रुपमा उनलाई भनि सकेका छन् ।

....... उनीहरुले सरकारमा रहेका गृहमन्त्री र मन्त्रीहरुले नै भारत सरकारको विरोध गर्नु दुर्भाग्यपुर्ण भएको कडा शब्दमा राजदुत उपाध्यायलाई सचेत गराएका थिए । भारतीय अधिकारीले भारतको तर्फबाट नेपालको सिमा नाका सम्म कुनै पनि अवरोध नहुने तर नेपालको नाकामा आन्दोलनकारीले रोके त्यसको जिम्मा नेपाल सरकारको भएको र त्यसलाई समाधान गर्न ध्यानकार्षण गराएका थिए । .... यता मधेशी मोर्चाका नेताहरुले नेपाल भारत सिमानामा नाकाबन्दी भारतले नभई हाम्रो नेतृत्वमा नेपालको सिमाना भित्री नाकाबन्द रहेको बताएका छन् । भारतले नाकाबन्दी खोल्न र बन्द गर्न भन्नुको कुनै अर्थ छैन् ।

नाकाबन्दी भारतले गरेको हो र खोल्न उसले निर्देशन दिन्छ ? , सद्भावना पार्टीका महासचिव मनिष सुमनले बताए ।

...... प्रधानमन्त्री शुशिल कोइरालाले अघोषित रुपमा राजिनामा दिएको अवस्थामा, दलहरु सत्ताको खेलमा लागि परेको छ । सो अवस्थामा दलहरु अहिले मधेशी मोर्चा सँग वार्ता भन्दा पनि सत्ता बाँडफाँडमा केन्द्रित भएको हुँदा मधेशी मोर्चाले अझै नाकाबन्दीलाई शसक्त गर्न र लाखौं जनता प्रमुख नाकामा उतार्ने तयारी गरेका छन् । त्यस अवस्थामा मुलुकमा अझै केहि दिन पेट्रोलियम पदार्थको हाहाकार हुने भएको छ ।

No comments: