Saturday, September 05, 2015

In The News (20)



थ्रेस होल्ड पनि नरहने
३१ सभासदले गराए संशोधन प्रस्ताव दर्ता
प्रदेशको सीमांकन परिवर्तन गर्न कांग्रेसका मधेसी सभासद्को माग
फोरम लोकतान्त्रिकले संविधानसभाको प्रक्रिया बहिष्कार गर्ने
विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले तीन दलले पेलेर जान लागेको भन्दै प्रक्रियाबाट बाहिरिने भएको छ। .... ‘हाम्रा कुनै पनि मागको सुनुवाइ भएन। तीन दलले एकलौटी रूपमा पेलेर जान खोजे त्यसैले भोलिदेखि नै हामी संविधान सभासहित सम्पूर्ण प्रकिया बहिष्कार गरेर आन्दोलनमा जान्छौ,’ लोकतान्त्रिक फोरमका नेता राम जनम चौधरीले सेतोपाटीलाई बताए।
भारतकोभन्दा दश गुणा ठूलो संविधान बन्छः मन्त्री पण्डित
मधेसको अधिकांश मागहरु मुल रुपमा सम्बोधन भईसकेकोले अब नमिलेका कुराहरु विस्तारै पछि मिल्दै जाने विश्वास ब्यक्त गर्दै सीमांकनमा रहेका असन्तुष्टीहरु आयोग बनाएर संबोधन गर्नु पर्ने ..... मन्त्री पण्डितले भने–‘सीमांकनमा देखिएका असन्तुष्टी विज्ञहरुको आयोग बनाएर सम्बोधन गर्नुपर्छ।अहिले सात प्रदेशरहेको संविधान जारी गर्नु पर्छ। एक मधेस प्रदेश कुने पनि हालतमा हुँदैन। कुन जिल्ला कुन प्रदेशमा राख्ने भन्ने कुरा नमिले जनमत संग्रह गरेर गर्न सकिन्छ।’
२ नम्बर प्रदेशमा सिन्धुली, उदयपुर र मकवानपुर गाभ्न माग
शीर्ष नेताका कारण आन्दोलन चर्कियो: संयोजक यादव
सम्झौता गरेर संविधान बन्ने मार्ग एमाओवादीले प्रशस्त गरेको हो ः भट्टराई
तीन दलले ७५ बुँदे संयुक्त संशोधन प्रस्ताव दर्ता गराए
देउवाको बानी कस्तो छ ? पत्नी आरजुको खुलासा
६८) पछिल्लोपटक सबैभन्दा धेरै खुसी कहिले हुनुभयो ? ....... अस्ति प्रदेशहरूको सीमांकनमा दलहरूबीच सहमति भएको दिन निकै खुसी हुनुहुन्थ्यो । ‘सबै नेताहरू बसेर सहमति भयो, राम्रो भयो । कस्तो आनन्द लागेको छ, आज मज्जाले सुत्छु’ भन्दै हुनुहुन्थ्यो । ‘अब संविधान बन्ने भो, देशमा शान्ति हुन्छ’ भन्नुभएको थियो । तर, भोलिपल्टै हो कि क्या हो, कैलालीमा त्यस्तो दु:खद घटना भयो ।
राजधानीको नेपालटारमा माधव गुटको छुट्टै भेला, केपी गुटको आक्रोश
गत असारमा भएको पार्टीको नर्वौ महाधिवेशनमा केपी ओली र माधव नेपाल गुटले छुट्टा छुट्टै गुट बनाएर चुनाव लडेसँगै दुई गुटबीच हालसम्म पनि पानी बाराबारको स्थिति रहेको छ । .... ‘संविधान जारी गर्न अव समय लाग्दैन कतैबाट आकाशवाणी नआओस् ।’
शीर्ष बैठक बीचमै छाडेर हिँडे गच्छदार
उनले सीमांकन, नागरिकता, समानुपातिक प्रतिनिधित्वलगायतका विषयमा आफूहरुको माग सुनुवाई नभएको भन्दै असन्तुष्टि जनाएर बैठकबाट बाहिरिएको बताइएको छ । .... संविधानसभामा हालसम्म विभिन्न दलका ३१ सभासदले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।
तीन दलद्वारा संयुक्त रुपमा संशोधन प्रस्ताव दर्ता, गच्छदार प्रक्रियाबाट अलग हुने
१० वर्षका लागि जनजाति, मधेशी, थारु र मुस्लिम आयोग गठन गरिनेछ ...... बाग्लुङ जिल्लालाई टुक्राएको भन्दै विरोधका स्वरहरु उठेको भन्दै बाग्लुङ जिल्लालाई नटुक्राउने भएको छ । देशका विभिन्न भागमा सीमांकनका विषयलाई लिएर देखिएको विवाद सुल्झाउन संघीय आयोग गठनसमेत गरिने दलहरुबीच सहमति भएको ......

नेपाली कांग्रेसका सचेतक चिनकाजी श्रेष्ठले पार्टीका विभिन्न सभासद्हरुले छुट्टा छुटै बुझाएको संशोधन प्रस्ताव फिर्ता लिन सभासद्हरुलाई निर्देशन दिइने बताएका छन् । फिर्ता नलिए सभासद्लाई कारवाही गरिने उनले जानकारी दिए ।

No comments: