Monday, September 14, 2015

ब्रिटेन भारत, पाकिस्तान बंगलादेश, मलेशिया सिंगापुर

ब्रिटेन भारत, पाकिस्तान बंगलादेश, मलेशिया सिंगापुर। मधेस अब अलग देश बन्छ। राम वरण ले सही नगर्नु पर्ने ठाउँ मा सही गर्छ अनि मधेस  अलग देश बन्छ अब। नेपाल खाल्डो थियो, खाल्डो बनाएर छाडिदिन्छौं हामी। मधेस देश बन्छ, अनि लिम्बुवान, किरात, शेर्पा प्रदेश, तमसलिंग, तमुवान, मगरात पनि अलग देश बनेको खण्डमा हामी एउटा महाभारत नामको Confederation बनाउने उच्च ऑफर गर्नेछौं।

कमसेकम हिंसा को बाटो अख्तियार गर्नु पर्छ। र यो जातीय राज्य बन्न लागेको होइन। यो २१ औं शताब्दी मा जन्मेको विश्व कै नंबर एक संविधान भएको देश बन्न लागेको हो। 

मलेशिया को प्रति व्यक्ति आय भन्दा सिंगापुर को प्रति व्यक्ति आय धेरै अगाडि छ। मधेस त्यसरी नै अगाडि हुनेछ। किनभने सबै नागरिक बीच समानता देख्ने राज्य ले कोही सानो कोही ठुलो देख्ने राज्य लाई सधैं उछिन्छ। हामी मधेस लाई र महाभारत Confederation लाई २० वर्ष भित्र मा विकसित देश बनाउँछौं। 

जनक का संतति ले आर्थिक क्रांति सुत्र को नंबर एक कुरा शिक्षा हो भन्ने बुझेसम्म हामी फड्को मार्छौं। 

ली कुऑन यु ले नचाहँदा नचाहँदै मरता क्या न करता को अवस्था मा मलेशिया बाट सिंगापुर लाई अलग गरेका हुन। तर एक चोटि अलग भए पछि फेरि पछाडि फर्केर हेरेनन। 

चेक रिपब्लिक र स्लोवाकिया दुबै मा युरो चल्छ, जब कि दुबै स्वतंत्र देश हुन। हामी भारतीय यूनियन सँग त्यसरी नै मौद्रिक एकीकरण गर्छौं। बोर्डर साबिक मधेस को हो। १८१६ र १८६० मा खाल्डो ले पाएको भूभाग फिर्ता हुन्छ। ब्रिटिश शासन समाप्त भयो। Did no one tell you? 

संस्थापक राष्ट्रपति सीके राउत हो। एक वर्ष सम्म अंतरिम सरकार चल्छ। २०१ सदस्य भएको अंतरिम संसद हुन्छ। १ सीट सीके राउत। १०० सीट सीके राउत को मधेस स्वराज पार्टी। १०० सीट खाल्डो को संविधान सभा छोडेर आउने मधेस भूभाग का सभासद First Come First Serve basis मा। 

संघीय देश। सात राज्य। कोचिला, मिथिला, भोजपुरा, चितवन, अवध, थरुहट, कैलाली। आत्म निर्णय को अधिकार सबै लाई। त्यो भनेको राज्य संसद ले बहुमत को आधारमा राज्य लाई जनमत संग्रह मा लान पाउने नै हो।

नेपाल खाल्डो ले मधेस देश घोषणा भए पछि राजदुत आदान प्रदान नगरेसम्म र द्वैध नागरिकता संधि नगरेसम्म १००% नाकाबंदी।

मधेस देश घोषणा भएको दिन मधेस मा स्थायी बसोबास गरेको प्रत्येक लाई ६ महिना भित्र नागरिकता पत्र। मधेस देश घोषणा भएको तीन दिन भित्र मधेस भूभाग भित्र का सुरक्षाकर्मी ले आ आफ्नो चौकी र ब्यारेक मा फिर्ता भइ आ आफ्नो हतियार बिसाउनु पर्ने। नेपाल फर्कने चाहने अथवा मधेस देश मा नै जागीर खाने भनेर मधेस देश का प्रतिनिधि सँग दर्ता गराउनु पर्ने।

Enough with the bullshit.

५८ खाल्डो सभा छोड़ेका हरुले अब मधेस सरकार को तलब भत्ता खाने। बाँकी ४२ सीट मा तिनै पार्टी का थप व्यक्ति र मधेस का अन्य क्षेत्र का गण्य मान्य व्यक्ति लाई समाविष्ट गरिनेछ। 



No comments: