Monday, September 14, 2015

यो धर्म निरपेक्षता हुँदै होइन

यो धर्म निरपेक्षता हुँदै होइन। धर्म निरपेक्षता मा राज्य ले धर्म मा एक पैसा खर्च गर्न नपाउने भन्ने हुन्छ। बाबा जी हरु लाई मंत्री हरुले पैसा बाँड्ने प्रावधान ले धर्म निरपेक्षता लाई गायब पारेको छ। अब बेबी किंग ल्याउन मात्र बाँकी छ। बहुदल लाई तीन बाहुन दलीय व्यवस्था त बनायेकै छन। अझ तीन बाहुन दल पार्टी अध्यक्ष व्यवस्था। मानव अधिकार भनौं भने प्रेस स्वतंत्रता र वाक स्वतंत्रता गायब। संघीयता र समावेशीता माथि प्रहार गर्ने ले लोकतंत्र, मानव अधिकार र गणतंत्र पनि छोड्दैन।
धर्मनिरपेक्षताको व्याख्या पारित

कांग्रेस, एमाले र एमाअोवादीका प्रमुख सचेतकले पेस गरेको धर्म निरपेक्षताको व्याख्या भने संविधानसभाले पारित गरेको छ । ‘धर्मनिरपेक्षता’ भन्नाले सनातनदेखि चलि आएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ भन्ने ब्याख्या संविधान सभाले पास गरेपछि यो ब्याख्या संविधान विधेयकको अंग बनेको हो ।

No comments: