Friday, September 11, 2015

जुन क्रांति को घोषित लक्ष्य नै गलत छ

भिखमंगा शैली मा माग अगाडि सार्ने -- त्यो शैली प्रत्युत्पादक छ। संघीयता माथि मात्र होइन प्रेस स्वतंत्रता माथि पनि प्रहार छ मस्यौदा मा। पुरा मस्यौदा नै प्रतिक्रांति हो।

यो सरकार र यो संविधान सभा फाल्ने लक्ष्य राख्नु पर्छ। मधेस मात्र होइन पहाड़ पनि जागनु पर्छ।

जुन क्रांति को घोषित लक्ष्य नै गलत छ त्यसको आहुति को अपमान भए जस्तो प्रतीत हुन्छ।

लक्ष्य सच्याउने। क्रांति को लक्ष्य सही गर्ने।

एउटा भुमिगत गिरोह छ देश मा। एउटा गैंग छ जो पर्दा पछाडि छ। तिनका केही सदस्य सेना भित्र छन, केही काँग्रेस मा, केही एमाले मा छन। केही पुराना सत्ता सँग सम्बद्ध छन। जसले प्रचण्ड जस्ता को ethnic prejudice को नाड़ी छाम्न भ्याएका छन। ती केही मीडिया मा छन, केही तथाकथित मानव अधिकार वादी संस्था मा पनि छन। त्यस गिरोह ले लोकतंत्र चाहेको छैन। र अहिले सैनिक दमन मा ओर्लिएको छ।

जनता डराएको छैन। तर नेतृत्व को लक्ष्य भिखमंगा प्रवृति को भयो। लक्ष्य ठुलो बनाउने। त्यो गिरोह ले गरेको चुनावी धाँधली को बालुवा मा खड़ा यो संविधान सभा। फालेर लोकतंत्र जोगाउनु पर्छ।


No comments: