Tuesday, September 08, 2015

बीजेपी ले चुनाव जित्दा के हुन्छ के हुँदैन?

काँग्रेस एमाले ले भन्दै आएको छ, हामी ले चुनाव जितेको हो, हमीसँग मतादेश छ। चुनाव हारेका हरु किन भिनभिन गर्दैछन् ?

मतादेश को कुरा गर्ने हो भने काँग्रेस ले एक मधेस तीन प्रदेश भनेर वोट मागेको हो। झापा चितवन कंचनपुर सब समेटने गरी। तर बाहुनवादी सोंच मा के हुन्छ भन्दा खेरी जनताले वोट दिएको मैनिफेस्टो लाई होइन, सुशील बाहुन लाई राजा बनाउन लाई हो भन्ने सोंच हुन्छ। सुशील ले चुनाव जित्ने, गद्दीमा गएर बस्ने अनि आफूखुशी गर्ने। जे मन लाग्यो गर्ने। भांडमे जाए चुनाव मेनिफेस्टो।

हामी त्यस अलोकतांत्रिक व्यवहार र चरित्र र सोंच को विरुद्ध संघर्ष गर्दैछौं। यो लोकतंत्र का लागि पनि लड़ाई हो। किनभने लोकतंत्र बिना संघीयता संभव नै छैन। काँग्रेस भित्र आतंरिक लोकतंत्र कहिले रहेन। कोइराला परिवारले आफ्नो बिर्ता मानेर चलाएको पार्टी त्यो। जमीन्दारी प्रथा मा टिकेको पार्टी।

तर एक पटक चुनाव को कुरा गरौं। बीजेपी ले चुनाव जित्दा के हुन्छ के हुँदैन? बीजेपी ले त्यस्तो भारी बहुमत ल्यायो पिछला साल। भने पछि अब मोदी ले आएर नेहरू को संविधान बर्खास्त भयो भन्न पाऊँछ? भनेको छ? यो सुशील त अंतरिम संविधान नै बर्खास्त भो उसले चुनाव जितेर भने जस्तो गर्छ। मैले चुनाव जितें त्यसैले काँग्रेस ले पास गरेका कानुन सब स्वतः खारेज भनेर मोदीले भनेको छ? लैंड बिल खारेज। मसँग मतादेश छ भनेर भनेको छ?

अंतरिम संविधान नमान्ने, पहिलो संविधान सभा का समझौता नमान्ने, दोस्रो संविधान सभा का समझौता नमान्ने ---- त्यो त कानुन संविधान नमान्ने अराजक सोंच भो। सुशील anarchist हो? सुशील ले आफुलाई संविधान माथि भनठानेको? त्यो त राजा सोंच भएन? सुशील तीन टा मोबाइल को राजा हो, देश को राजा त होइन।

अंतरिम संविधान नमान्ने, पहिलो संविधान सभा का समझौता नमान्ने, दोस्रो संविधान सभा का समझौता नमान्ने भन्ने अहिले जुन लड़ाई चल्दैछ, त्यो त रूल ऑफ़ लॉ (rule of law) को लागि लड़ाई हो। त्यो त लोकतंत्र का लागि लड़ाई हो।

बरु के चाहिँ गर्न पाऊँछ भन्दा अंतरिम संविधान लाई दुई तिहाई ले संसोधन गर्न पाऊँछ। प्रयास गरेर हेर।

जब कि काँग्रेस एमाले ले चुनाव जितेको नै होइन। धाँधली भएको चुनाव। काँग्रेस एमाले लाई वोट दिने मधेस मा एक जना पनि देखिएन।




No comments: