Wednesday, September 02, 2015

बोक्सी पनि उही, झाँखरी पनि उही: मानसिक दासता को पराकाष्टा

एकताबद्ध हुँदै दलित आन्दोलन
नेपालको दलित मुक्ति आन्दोलनको इतिहासमा सबैभन्दा एकताबद्ध आन्दोलनको रूपमा संयुक्त राजनीतिक दलित संघर्ष समितिको नेतृत्वमा संविधानमा दलित अधिकार सुनिश्चितताका लागि सञ्चालित २०७२ को आन्दोलनलाई लिनुपर्छ । ..... राजनीतिक रूपमा क्रियाशील प्राय: सबै दलित संगठन एवं भ्रातृ संगठनहरू, दलित सभासद समन्वय समिति, दलित नागरिक समाज र विभिन्न समुदायद्वारा सञ्चालित समुदायगत संगठनहरू यो आन्दोलनमा सहभागिता जनाइरहेका छन् । यो स्तरमा अहिलेसम्म कहिल्यै पनि दलित आन्दोलन एकताबद्ध भएको छैन । ...... तेस्रो चरणसम्म आइपुग्दा दलित मुक्ति आन्दोलन गर्व गर्नलायक नै बनेको छ । संविधानसभाभित्र रहेका सोह्रबुँदे सहयात्री शक्तिहरू र संविधानसभाभन्दा बाहिर रहेका शक्तिहरूसँग आबद्ध राजनीतिक दलित संगठन एकठाउँमा उभिनु खुसीको कुरा हो ।

देशव्यापी रूपमा दलितहरू सडकमा आएका छन् ।

...... संयुक्त आन्दोलन चलिरहँदा शासकहरूचाहिँ कानमा तेल हालेर बसेका छन् । उनीहरू पुरानो विष्ट प्रवृत्तिबाट उठ्नसकेका छैनन् । ......

निश्चित रूपमा दलित आन्दोलनमा उभार आएकै हो । यसको नेतृत्व एकीकृत नेकपा माओवादी, नेकपा एमाले, नेपाली कांग्रेस पार्टीमा विकास भएका दलित समुदायको उच्च नेतृत्वले गरेको छन् । उनीहरूलाई धन्यवाद दिनैपर्छ ।

बोक्सी पनि उही, झाँखरी पनि उही। अहिले को अवस्थामा दलित को अधिकार चीर हरण गरेकै काँग्रेस, एमाले एमाओवादी ले हो। मानसिक दासता को पराकाष्टा हो यो। दलित ले आफ्नै पार्टी खोल्न सक्नु पर्छ। यही रोग मधेसी र जनजाति मा पनि छ। शोसक नै काँग्रेस, एमाले एमाओवादी हो। त्यो गुलामी को जंजीर नतोड़े सम्म प्रगति हुँदैन।



वार्ताद्वारा समस्या समाधानमा कांग्रेस सभासदको जोड
मधेश र थरुहट लगायतका क्षेत्रमा प्रदेशको सिमांकनका विषयमा चर्किएको आन्दोलनलाई वार्ताबाट सम्बोधन गर्न नेपाली कांग्रेसका सभासदहरुले नेतृत्वलाई दवाब दिएका छन् । पार्टी संसदीय दलको बैठकमा बोल्ने अधिकांश सभासदले वार्ता र सम्वादबाट आन्दोलरत्पक्षलाई संविधानसभाबाट संविधान निर्माणको बाटोमा ल्याउन नेतृत्वलाई आग्रहसहितको दवाब दिएका हुन् । बिहान बसेको बैठकमा मधेसबाट प्रतिनिधित्व गर्ने अधिकांश सभासदले बोलेको र सबैले मधेश/थरुहटको आन्दोलनलाई लचिलो भएर वार्ताबाट समाधान गर्न जोड दिएको सभासद रामकृष्ण यादवले बताए । .......

'उनीहरुले उठाएका जायज मागको सम्बोधन गरिनुपर्छ,'

यादवले भने । .... कतिपय सभासदले

महाधिवेशन स्थगित गरेर पार्टी नेतृत्व सरकार र पार्टी दुवै मोर्चामा असफल साबित भएको

आरोप लगाएका थिए ।
कांग्रेसले सभामुखसँग माग्यो सहयोग
महाधिवेशन संकट
भदौभित्र नयाँ संविधान जारी गरी त्यसकै व्यवस्थामा टेकेर महाधिवेशन गर्न एमालेको सुझाव-..... एमाले नमाने तत्काल महाधिवेशन मिति तोक्ने कांग्रेस नेताहरूको भनाइ ..... अन्तरिम संविधान संशोधनको बाटोमा जाँदा कांग्रेसले संविधान जारी गर्ने समय लम्ब्याउने एमालेको आशंका छ। नयाँ संविधानको राजनीतिक दलसम्बन्धी प्रस्तावित व्यवस्थामा ५ वर्षभित्रमा महाधिवेशन हुन नसके ६ महिना बढाउन सकिने उल्लेख छ। ......

‘एमाले तयार भएन भने पार्टीलाई संवैधानिक संकटमा पुर्‍याउन दिँदैनौं। महाधिवेशनको तयारीमा जुट्छौं।’

...... ‘एउटा पार्टीको महाधिवेशनका लागि संविधान नै संशोधन गर्नु लज्जास्पद हुन्छ।’ ..... ‘एक वा दुई दिनका लागि महाधिवेशन सुरु गर्ने र हाल रहेकै कार्यसमितिलाई ६ या १ वर्षका लागि निर्वाचित भएको सहमतिको हस्ताक्षर निर्वाचन आयोगमा बुझाउने उपाय राम्रो हुन्छ।’ ..... ‘पार्टी नेतृत्व गम्भीर नभएका कारण महाधिवेशन हुन नसकेको हो,’ उनले भने, ‘अहिले आएर महाधिवेशन हुन नसक्ने बाध्यात्मक स्थिति निर्माण गर्नु नेतृत्वको असक्षमताको एउटा नमुना हो।’
आन्दोलनको भिडिओ खिच्न प्रहरीको सर्कुलर
आन्दोलनको नेतृत्व गर्ने मुख्य नेता र प्रदर्शनकारीको तस्विर र भिजुअल लिने ब्यवस्था मिलाउन भनिएको हो । ती सामाग्री र सुचना संग्रह गरेर त्यही अनुरुप सुरक्षा नीति बनाउन निर्देशन भएको प्रहरीले जनाएको छ ।


जनकपुरमा प्रदर्शन उग्र भएपछि स्थानीय प्रशासनद्वारा निषेधित क्षेत्र घोषणा
१९ औं दिन पनि जनकपुर बन्द
मध्यान्ह १२ बजेदेखि अर्को सूचना जारी नभएसम्म ती क्षेत्रलाई निषेधित घोषणा गरिएको छ । यही क्षेत्रमा जिल्ला प्रशासन, जिल्ला विकास समिति, मालपोत, जिल्ला प्रहरी, प्रमुख जिल्ला अधिकारीको आवास, कोष तथा लेखा नियन्त्रण, वन, पशु, कृषि, सिंचाईलगायतका सरकारी कार्यालयहरु छन् । ..... स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३(क) अनुसार निषेधित क्षेत्रमा सभा, सेमिनार, प्रदर्शन लगायतका गतिविधिमा रोक लगाइएको छ । यस क्षेत्रमा खटेका सुरक्षाकर्मीहरुलाई अन्तिम बलस्वरुप गोलीसम्म चलाउने अधिकार दिइएको छ । .... बन्द सफल बनाउन आन्दोलनकारीहरु बिहानैदेखि नगर क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । आक्रोशित आन्दोलनकारी बिहानैदेखि भानुचोक, मुरली चोक, पिराडी चोक, नयाँ बस पार्क सहितका चोकहरुमा प्रदर्शन गरिरहेका छन् .... आन्दोलनकारीहरुले आजदेखि बन्दलाई अझ सशक्त बनाउँदै मोटरसाइकल चलाउन पनि रोक लगाएको छ ।


कर्फ्यूकाे तेस्रो दिन वीरगन्ज शान्त

सेनाको स्कर्टिङमा २०० मालवाहक ट्रक राजधानी पठाइएको प्रशासनले बताएको छ । जसमा पेट्रोल, डिजेल तथा एलपिजी ग्याँस बोकेका ट्याङकर सहित खाद्यान्न सामग्री बोकेका ट्रक समेत छन् ।

...... प्रहरीले रातको समयमा मालवाहक गाडीहरूलाई स्कर्टिङ गर्दै गन्तव्य तर्फ पठाउँदै आएको विरोधमा वीरगन्ज भन्सारबाट कुनैपनि गाडी छिर्न नदिनेभन्दै प्रदर्शनकारी सडकमा उत्रिएपछि भिडन्त सुरु भएको थियो ।


गच्छदारको नयाँ मधेसी मोर्चा घोषणा हुँदै
विजय गच्छादरको छुट्टै मोर्चा घोषणा: १९ गतेसम्मको अल्टिमेटम
माग सम्बोधन नभए संविधान निर्माण प्रक्रियाबाट अलग हुने चेतावनी
गच्छदारले तीन दललाई मिलाएर संघीय लोकतान्त्रिक मोर्चाको गठन गरेका छन् । उक्त मोर्चामा शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस सदभावना पार्टी र राजकिशोर यादवको फोरम गणतान्त्रिक जोडिएको छ । ..... तीनै जना नेताले

संविधानको विधेयक संशोधनको अवधि भाद्र १९ गते भित्र ठूला तीन दलले आफूहरुको माग नसुने संविधानको सम्पूर्ण प्रक्रिया छाडेर बाहिरिने चेतावनी दिए । संविधानसभामा फोरम लोकतान्त्रिकका १४, रामसपाका ३ र फोरम गणतान्त्रिकका १ जना सभासद छन् ।

....... कांग्रेस, एमाले र एमाओवादीलाई कुनैपनि हालतमा ८ प्रदेशको संरचनामा ल्याउन बाध्य गराउने


वार्ताको वातावरण छैन: ठाकुर
वार्ताका लागि तराईका विभिन्न स्थानमा परिचालन गरिएका सुरक्षा निकाय र निषेधाज्ञा फिर्ता भई, आन्दोलनका क्रममा मारिएकालाई सहिद घोषणा र घाइतेको निःशुल्क उपचार तथा मृतक परिवारलाई राहत दिने प्रतिबद्धता सरकारका तर्फबाट आउनुपर्ने खाँचो औँल्याए । ..... “राज्यसँग विगतमा भएका सम्झौता र समझदारी पालना भएको छैन । फेरि अर्को सम्झौता के का लागि ? त्यसैले मधेसीसँग तत्कालीन सरकारले प्रमुखदलसहित गरेका सम्झौता पालना गर्ने प्रतिबद्धता आउनुपर्छ, तब मात्र सहमतिको वातावरण बन्छ,”


दलितहरू पनि सडकमा
दलितलाई अन्तरिम संविधानमा प्रदान गरिएको अधिकारबाट वञ्चित गरेर ‘वैधानिक हत्कडी’ मा राख्न खोजेको भन्दै सांकेतिक प्रदर्शन गरेको हो । .... अधिकार घटाउँदै दलितलाई दोस्रो दर्जाको नागरिक बनाउने योजनाविरुद्ध सडकमा ओर्लिनुपरेको बताए । आन्दोलनमा सबै पार्टीका दलित संघ/संगठन आबद्ध कार्यकर्ता सहभागी थिए । जुलसले बजार परिक्रमा गरेको थियो । ..... तराईमा ३ प्रदेश कायम गरिनुपर्ने र चितवनलाई प्रादेशिक राजधानी बनाउनुपर्ने लगायत माग राखेर थारू कल्याणकारिणी सभाले आहान गरेको ४ दिने आमहडतालको तेस्रो दिन मंगलबार चितवन माडीमा जनजीवन प्रभावित भएको छ ।


आङकाजी शेर्पा प्रहरी नियन्त्रणमा
संघीय समाजवादी फोरमका नेता आङकाजी शेर्पालाई महानगरिय प्रहरी अपराध महाशाखा, टेकुको टोलीले बौद्धबाट नियन्त्रणमा लिएको छ । .... अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले शेर्पालाई साइबर अपराध अन्तर्गत अनुसन्धान गर्नका लागि नियन्त्रणमा लिइएको जानकारी दिएका छन् । ..... ‘शेर्पाको अकाउन्टबाट हिंसा बढ्काउने खालका कुराहरू लेखिएको पाइएकोले उनलाई नियन्त्रणमा लिइएको हो,’ उनले भने, ‘थप अनुसन्धान भइरहेको छ ।’




यादव र ठाकुर वार्ताका लागि काठमाडौंमा
वीरगञ्जमा महतो र कलैयामा महेन्द्ररायले जारी आन्दोलनको संयोजन गरिरहेका छन्।

No comments: