Pages

Wednesday, August 19, 2015

पहिचान बिनाको संघीयता: पांग्रा बिनाको साईकल





कांग्रेस नेता कंडेलमाथि दुव्र्यवहार, एमाले सभासद बैजनाथ चौधरीको शव बनाई दाहसंस्कार
पूर्व गृहराज्यमन्त्री एवं नेपाली कांग्रेस नवलपरासीका सभापती देबेन्द्रराज कंडेलमाथि परासीमा दुव्र्यवहार भएको छ । मंगलबार अखण्ड नवलपरासी र लुम्बिनी प्रदेशको माग गर्दै कांग्रेस नवलपरासीद्वारा निकालिएको शान्तीपुर्ण साईकल ¥यालीका क्रममा परासीमा उनीमाथि दुव्र्यवहार भएको हो । ..... कांग्रेसले निकालेको र्याली अगाडि बढिरहँदा केही व्यक्तीले बिचमै रोकेर “तिमी मधेशी होईनौ, तिमीले आन्दोलन गर्नुपर्दैन” भन्दै उनीमाथि दुव्र्यवहार गरेका थिए । र्यालीमा सहभागी कांग्रेसका अन्य कार्यकर्तामाथि कुटपिट पनि गरिएको छ । ...... कुटपीटमा करीब एक दर्जन घाईते भएका छन् । ........ पुर्व गृहराज्यमन्त्री एवं नेपाली कांग्रेस नवलपरासीका सभापति देबेन्द्रराज कंडेलको अगुवाईमा अखण्ड नवलपरासीको मागसहित लुम्बिनी अंचलका जिल्लाहरुलाई समाबेश गरी लुम्बिनी प्रदेश कामय हुनुपर्ने माग राखि बृहत शान्ती ¥याली आयोजना गरिएको थियो । ...... थरुहट संघर्ष समिति र मधेशी मोर्चाको बन्द पनि नवलपरासीमा जारी छ । ..... यता, परासीमा विगत ९ दिनदेखि आन्दोलित बनेका अखण्ड नवलपरासीका मागकर्ताहरुले निर्वाचन क्षेत्र नं. ४ का सभासद तथा नेकपा एमालेका केन्द्रिय सदस्य बैजनाथ चौधरीको शव बनाएर बुद्धचोकमा दाहसंस्कार गरेका छन् भने अर्काेतिर मधेशी तथा थरुहटको संयुक्त मोर्चाले प्रधानमन्त्री शुसिल कोईरालको पनि शव बनाई दाहसंसकार गरेका छन् ।
प्रहरीले दमन गरेको अधिकारकर्मीहरुको ठहर
केही दिन अगाडि सुर्खेतमा तथा मंगलबार सप्तरी र कपिलवस्तुमा प्रहरीले दमन गर्दै गोली प्रहार गरी आमजनताको शान्तिपूर्ण आन्दोलन गर्न पाउनुपर्ने अधिकार हनन् गरेको धनुषाका मानवअधिकारकर्मीहरुले ठहर गरेका छन् । धनुषाका आधा दर्जन भन्दा बढी अधिकारकर्मीहरुले मंगलबार संयुक्त विज्ञप्ति जारी गरी आन्दोलनको क्रममा राज्यले बल प्रयोग गरेको प्रति आपत्ति जनाएका हुन् । .... प्रहरीको कुटाईबाट घाईते भएका जनकपुर–५ का १४ वर्षीय बालक दिनेश साह उपचारपछि घर फर्के पनि पूर्णरुपमा निको नभएको तथा स्वास्थ अवस्थामा सुधार नभएकोले उनको पूर्ण उपचारको लागि राज्यसँग अपिल गरेको ईन्सेक धनुषाका बिनोद महराले जनाएका छन् ।


जलेश्वरमा आन्दोलन उग्र हुदै
अनिश्चितकालका लागि भनिएको बन्दले जलेश्वर उग्र हुन थालेको छ । आज जलेश्वरको दुर्गाचौक,शंकरचौक लगायतको ठाउमा आन्दोलनकारीले टायर वाली बिरोध जनाएका छन भने यातायात,व्यापार पुर्णरुपमा बाधित रहेको छ।


सिरहाको मिर्चैयामा प्रहरी र प्रदर्शनकारीबीच झडप, मोटरसाइकलमा आगजनी
‘थरुहट स्वायत्त प्रदेश’ मागसहित गुरही पर्व पनि सडकमै
राजनीतिक दलहरुले आफूहरुको ऐतिहास पहिचान र अधिकार मेटाउने खालको ६ प्रदेशको प्रस्तावित संघीय संरचना ल्याएको भन्दै साउन २१ गतेदेखि आन्दोलनरत थारू समुदाय आज नागपञ्चमीका दिन सडकमै गुरही पर्व मनाउने तयारी रहेका छन्। .... कैलाली-कञ्चनपुरसहित थारू बाहूल्य जिल्लालाई थरुहट प्रदेश बनाइनु पर्ने प्रमुख माग राख्दै आन्दोलनमा होमिएको यो समुदाय माग पूरा नहुन्जेल सबै पर्वहरुलाई आन्दोलनको रुपमा स्थापित गरी सडकमा मनाउने मनस्थितिमा पुगका हुन्। ..... गुरही पर्व मूल आयोजक समिति कैलालीकी सदस्य रविना चौधरी राजनीतिक अधिकार नपाएसम्म सांस्कृतिक अधिकार पाउने नसकिने बताउँदै उनी परम्परागत भेषभुषामा सजिएर आज साँझ मनाउने जानकारी दिइन्। ..... समिति सदस्य चौधरीका अनुसार आज महिलाहरु लेहंगा र बुलाउजमा र पुरुषहरु सेतो धोती र सटमा सजिएर धनगढी बजार परिक्रमा गर्ने र धनगढीस्थित क्याम्पस चौकमा गुरही सेलाउने कार्यक्रम तय गरेका छन्। विगतका वर्षमा झैँ यस वर्ष पनि

‘हमार भाषा कला संस्कृति हमार पहिचान, यकर संरक्षण सम्बर्द्धन कैना हमार अभियान’

भन्ने मूल नाराका साथ मनाउने भएका छन्। ..... गुरही पर्व थारू समुदायको ऐतिहासिक तथा मौलिक पर्व हो। गाउँघरमा व्याप्त रहेको रोग व्याधि हटाउने र गाउँवस्तीलाई रोग मुक्त, सम्मुनत बनाउने यो गुरही पर्वको मुख्य विशेषता हो। ..... थारू कल्याणकारिणी सभा कैलाली सभापति समेत रहेका संघर्ष समिति संयोजक चौधरीका अनुसार गुरही पर्वमा गाउँका चेलीबेटीहरु गाउँ वस्तीको रोगव्याधीको प्रतिमा तथा पुतला (गुरही) गाउँको दक्षिणी दिशामा सेलाउने प्रचलन रहेको छ। संगै यूवाहरु सेलाएको ती पुतलाहरुलाई चुरकी (एक प्रकारको घाँस) र केराको डाँठलाई सोटा तथा कोर्रा बनाई लैजाने र सेलाएको पुतलालाई पिट्ने गरिन्छ। जसले गर्दा रोगव्याधि वस्तीमा पुनःनपस्ने जनविश्वास पनि कायमै रहको पाइन्छ। .... तर वर्तमान समयमा चाडपर्वहरुलाई केहि परिष्कृत गरेर लैजानु पर्ने पनि आवाज आजभोली उठिरहेको छ। गुरही आयोजक समितिकी सदस्य तथा स्थानीय सञ्चारकर्मी उन्नती चौधरी गुरही पर्वमा रोगी व्याधिलाई सेलाउने गरेको भएतापनि वर्तमान अवस्थामा थारू समुदायको मुख्य रोगव्याधि राजनीतिकर्मीहरुको संकुचित विचार रहेको बताइन्। ती राजनीतिकर्मीहरुको अदुर्दशी सोचका कारण थारू पहिचान र अस्तित्व संकटमा परेको बताउँदै उनी गुरहीमा नेताहरुको कुविचार रुपी पुतला सेलाउनु पर्ने र सोटाले पिट्नु पर्ने पनि उनको विचार छ।

निकम्मा सरकार - राजीनामा दे!



सुशील कोइराला रिसाएर हिँडेपछि विशेष समितिको बैठक निश्कर्षबिहिन
एमाओवादीका नेताहरुले जनताको असन्तुष्टिलाई सम्बोधन गर्न कांग्रेस एमालेले प्रस्ताव गरेको ७ प्रदेशको मोडलमा जाने प्रस्ताव गरेका थिए । त्यसमा विजयकुमार गच्छदार, कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले तत्कालै समर्थन जनाएका थिए । यसमा नेकपा एमाले पनि केही हदसम्म सकारात्मक नै रहेका थिए । तर, आफ्नै ७ प्रदेशको प्रस्ताव राखेपछि कोइराला एकाएक बम्केका थिए । ...... ‘७ प्रदेशमा मलाई झुक्काएर हस्ताक्षर गराएका हुन्,’ कोइरालाको भनाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले बताए । कोइरालाले ७ प्रदेशमा जान नसक्ने भन्दै उठेपछि आजको बैठक बिना निश्कर्ष सकियो ।
बाबुरामले भने– ‘सम्झौदा गर्नुपर्दा मन दुःखेको छ’
५ विकास क्षेत्रलाई नै ५ प्रदेश बनाउने भन्ने हल्लामात्रै
Fielding chief campaigner Modi in Bihar is BJP's mistake: Nitish
Questioning the Prime Minister’s motives for announcing a Rs 1.25 lakh crore development package for Bihar just before the polls, Kumar dismissed it as a mere “repackaging” of existing development projects. ...... “There is nothing in the package. It is repackaging, there is no budgetary support for it,” he said at an event called as HT Unplugged. Kumar added some projects were six years old while others, such as the building of a new airport for Patna, had never taken off....... “If there is jungle raj in Bihar, was it ‘mangal raj’ in Gujarat in 2002 (when the communal riots occurred)?”
दलित आन्दोलन तेस्रो चरणमा



जनकपुर पूर्ण रुपले बन्द, गृहमन्त्री गौतमको राजीनामा माग
नगर क्षेत्रमा मोटरसाइकल समेत गुडेको छैन । .... मोर्चाले बन्दको क्रममा मोटरसाइकल नगुडाउन सर्वसाधाणलाई आग्रह गरेको छ । ...... बन्दकर्ताले बुधबार बिहानैदेखि जनपुरका प्रमुख सरकारी कार्यालयहरु पनि बन्द गराएका छन् । मालपोत, नापी, आन्तरिक राजश्व, यातायात लगायतका प्रमुख कार्यालयहरु बन्द गराइएको छ । ...... आन्दोलनकारीहरुले सप्तरीको भारदहमा गोली चलाउने प्रहरीमाथि कारबाही र गृहमन्त्री वामदेव गौतमको राजीनामाको माग गरेका छन् ।

एउटा पार्टी का लागि संविधान संसोधन हुँदैन

काँग्रेस पार्टी को रेजिस्ट्रेशन समाप्त हुन लागेको छ। पाँच वर्ष मा एक चोटि सबै पार्टी ले महाधिवेशन गर्नै पर्ने बाध्यात्मक व्यवस्था छ। लोकतंत्र हो, पंचायत होइन, राजतन्त्र होइन। बीपी कोइराला ले शुरू गरेको पार्टी सुशील कोइराला ले समाप्त गर्दैछ। ट्वां देखि ट्वां सम्म। बहादुर शाह जफ्फर। बर्मा मा पनि नेपाली बस्छन् भन्ने सुनेको थिएँ।  

एउटा पार्टी का लागि संविधान संसोधन हुँदैन। कुनै परिवार को बिर्ता होइन यो देश, यो देशको संविधान।


एक बुँदे क्रांति

दिमाग नभएको सुशील-बामे सरकार सँग दिमागी कुरा केही नगर्ने। वार्ता नगर्ने। लामो लामो समझौता को भुमिका न बाँधने। माग त केही पनि छैन। चाहिने जति सबै संविधान मा अंकित छ। शहीद को रगत ले लेखेको।  रगत सुकेको पनि छैन।

एक मात्र माग। यो एउटा एक बुँदे क्रांति हो। सुशील-बामे सरकार को राजीनामा। बस। लामो कुरा केही गर्नु छैन। यो सरकार ढल्छ। यो संविधान सभा ढल्छ। संघीय गठबंधन को दुई तिहाई सहभागिता भएको नया अंतरिम सरकार गठन हुन्छ अब।


नया अंतरिम सरकार को खाँचो

नया अंतरिम सरकार को खाँचो। अंतरिम संविधान को रक्षा को लागि नया अंतरिम सरकार। संघीयता र समावेशीता को ईमानदारीपूर्वक कार्यान्वयन का लागि नया अंतरिम सरकार।

आंदोलन को सैद्धांतिक माग केही पनि छैन। सबै उपलब्धि संविधान र पुराना सम्झौता मा छन। गलती कार्यान्वयन मा भएको हो। अब कार्यान्वयन हामी आफैं गर्छौं।

संघीय गठबंधन 

१. सङ्घीय समाजवादी फोरम, नेपाल उपेन्द्र यादव अध्यक्ष
२. तराई मधेस लोकतान्त्रिक पार्टी महन्थ ठाकुर अध्यक्ष
३. सदभावना पार्टी लक्ष्मण लाल कर्ण सहअध्यक्ष
४. तराई मधेस सदभावना पार्टी, नेपाल महेन्द्र राय यादव अध्यक्ष
५. थरुहट तराई पार्टी, नेपाल भानुराम चौधरी अध्यक्ष
६. सङ्घीय लिम्बुवान पार्टी, नेपाल कुमार लिङ्देन “मिराक” अध्यक्ष
७. सामाजिक लोकतान्त्रिक पार्टी, नेपाल कुमार राई, अध्यक्षमण्डल सदस्य
८. आदिवासी जनजाति पार्टी, नेपाल तामाङ बुद्धराज स्याङ्तान अध्यक्ष

अंतरिम सरकार मा दुई तिहाई संघीय गठबंधन ले लिन्छ एक तिहाई काँग्रेस-एमाले-माओवादी लाई दिन्छ। दोस्रो संविधान सभा को बिगठन हुन्छ। ३०१ सदस्यीय तेस्रो संविधान सभा को चुनाव अंतरिम सरकारले गर्छ। यस अंतरिम सरकार मा कर्णाली लाई पनि समेट्नु पर्ने हुन्छ।


संविधान, कानुन, समझौता नमान्ने अवैध सरकार राजीनामा दे

संविधान, कानुन, समझौता नमान्ने अवैध सरकार राजीनामा दे। वार्ता का लागि ठाउँ रहेन। राजीनामा दे। राजीनामा दे।



Rajendra Shrestha

सङ्घीय गठबन्धनकोे अवधारणा–पत्र

१. प्रस्तावना

नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य बनाउने उद्देश्यले नेपाली जनताले विभिन्न कालखण्डमा गर्दै आएको जन आन्दोलन, जनक्रान्ति, मधेश जन विद्रोह, लिम्बुवान, किरात/खम्बुवान, ताम्सालीङ/तामाङ सालिङ, नेवाः, शेर्पा, तमुवान, मगरात, थरुहट लगायत आदिवासी जनजाति, खस, शिल्पी/दलित, मुस्लिम समुदायहरूले गरेका आन्दोलन एवम् सङ्घर्षको उद्देश्य, मर्म, भावना र जनादेशलाई आत्मसात गर्दै,

राष्ट्रिय स्वाधिनता, समानता, स्वतन्त्रता, शान्ति र अग्रगमनको पक्षमा इतिहासको विभिन्न कालखण्डमा जीवन उत्सर्ग गर्ने वीर सहिदहरूलाई स्मरण गर्दै,

१२ बुँदे समझदारी, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता तथा मधेसी, आदिवासी जनजाति लगायत अन्य आन्दोलनकारी पक्षहरूसँग विगतमा भएका विभिन्न सम्झौता र सहमतिहरूको कार्यान्वयनमा जोड दिँदै,

नेपाल बहुजातीय/बहुराष्ट्रिय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक भएको तथ्यलाई आत्मसात गरी देशमा विद्यमान् वर्गीय, जातीय, क्षेत्रीय र लिङ्गीय लगायत सबै प्रकारका विभेद, असमानता, शोषण, उत्पीडन र द्वन्द्वको अन्त्य गर्न राज्यको अग्रगामी पुनर्संरचना गर्ने सङ्कल्प गर्दै,

देशको सार्वभौम सत्ता, राष्ट्रिय स्वाधीनता, भूअखण्डता र राष्ट्रिय एकतालाई बलियो बनाउन नेपाल राज्यको संरचनामा सबै जाति/समुदायको स्वामित्वबोध होस् भन्नाका लागि पहिचान सहितको सङ्घीयता र राज्यको सबै अङ्गमा सामानुपातिक समावेशी प्रतिनिधित्व हुनु पर्छ भन्ने तथ्यलाई स्थापना गर्दै,

सङ्घमा साझा शासन र प्रदेशहरूमा स्वशासनको सैद्धान्तिक मान्यतामा आधारित सङ्घीय शासन, जनताको सार्वभौमिकता, जातीय/राष्ट्रिय पहिचानको मान्यता, वहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, समानुपातिक निर्वाचन प्रणाली, संवैधानिक तथा कानुनी राज्य, मौलिक एवम् मानव अधिकार, शक्ति पृथकीकरण, स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता, समावेशी लोकतन्त्र, धर्म निरपेक्षता, आत्मनिर्णयको अधिकार, लोक कल्याणकारी राज्य, समाजवाद उन्मुख राज्य व्यवस्था, स्वाधीन राष्ट्रिय अर्थतन्त्र, सामाजिक न्याय जस्ता मूल्य र मान्यताहरूलाई दृढतापूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै,

उत्पीडित आदिवासी जनजाति, मधेसी, खस, शिल्पी/दलित, मुस्लिम, महिला, अल्पसङ्ख्यक, सिमान्तकृत समुदाय तथा पिछडा वर्गको प्रतिनिधित्व गर्न सक्ने एउटा अग्रगामी क्रान्तिकारी गठबन्धनको आवश्यकता भएकाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र पहिचानमा आधारित सङ्घीय गठबन्धनमा रहेका हामी निम्न दलहरू यो “सङ्घीय गठबन्धन” निर्माण गर्न सहमत भएका छौं ।

२. गठबन्धनको उद्देश्य

यस गठबन्धनको मुख्य उद्देश्य यथास्थिति र प्रतिगमनको विरुद्ध सङ्घर्ष गर्दै पहिचान र स्वायत्तता सहितको सङ्घीय संविधान निर्माण गर्नु तथा २०६२/६३ सालको शान्तिपूर्ण जनक्रान्ति, सशस्त्र सङ्घर्ष, मधेश जन विद्रोह, लिम्बुवान, थरुहट लगायत आदिवासी जनजाति आन्दोलनबाट प्राप्त उलब्धिहरूलाई संस्थागत गर्नु हो । यस गठबन्धन निम्न वमोजिम उद्देश्यहरू प्राप्तिका लागि सङ्घर्षरत रहने छ ।

१. अन्तरिम संविधान– २०६३ को भावना तथा आदिवासी जनजाति, मधेसी लगायत विभिन्न पक्षहरूसँग भएको सम्झौता र सहमति अनुरुप सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण गरी जारी गराउने ।

२. राज्य पुनर्संरचना तथा राज्यशक्ति बाँडफाँट समिति र उच्च स्तरीय राज्य पुनर्संरचना सुझाव आयोगका प्रतिवेदनको आधारमा उत्पीडित राष्ट्रियताहरूको पहिचान र सामथ्र्यतालाई आधार मानी राज्यको पुनःसंरचना गर्ने । नेपाललाई बहुराष्ट्रिय राज्य घोषणा गर्ने । सङ्घ र प्रदेशको संरचना लोकतान्त्रिक, विभेदरहीत, समानुपातिक समावेशी हुने गरी निर्माण गर्ने ।

३. आत्मनिर्णयको अधिकार र स्वशासनयुक्त स्वायत प्रदेशहरू र विशेष संरचनाको स्थापना गर्ने । स्वायत प्रदेशभित्र एक जाति/समुदाय वा भाषाको बाहुल्यता रहेको क्षेत्रलाई स्वायत क्षेत्र, अल्पसङ्ख्यक, लोपोन्मुख र सिमान्तकृत रूपमा रहेका जाति/समुदायको संरक्षण गर्न संरक्षित क्षेत्र र स्वायत्त प्रदेश, स्वायत्त क्षेत्र र संरक्षित क्षेत्रबाट नसमेटिएकाहरूलाई समेट्न विशेष क्षेत्रको स्थापना गर्ने ।

४. केन्द्र र प्रदेशको बिचमा साधन, स्रोत र शक्तिको न्यायोचित बॉडफॉट गर्ने । सामान्यतः केन्द्रमा देशको सुरक्षा, मुद्रा, विदेश सम्बन्ध रहने । त्यस बाहेकका सम्पूर्ण अधिकार प्रदेश, स्थानीय निकाय र विशेष संरचनामा रहने । संविधानमा सूचीकृत नभएका अवशिष्ट अधिकारहरू प्रदेशमा रहने ।

५. मानव अधिकारको विश्वव्यापी घोषणा, अन्तर्राष्ट्रिय मानवीय कानुन र मानव अधिकार सम्बन्धी आधारभूत सिद्धान्त र मान्यताहरूका साथै सबै प्रकारका शोषण, दमन र विभेदबाट जनतालाई मुक्त गर्ने । शिक्षा, स्वास्थ्य, रोजगार, आवास, खाद्य संप्रभूता र सामाजिक सुरक्षाको दायित्व राज्यले नै बहन गर्नु पर्ने व्यवस्था गर्ने ।

६. समानुपातिक समावेशीकरणलाई मौलिक हकको रूपमा स्थापित गराई व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका, सुरक्षा निकाय, संवैधानिक अङ्ग, सार्वजनिक संस्थान, सेवा प्रतिस्ठान लगायत राज्यका सम्पूर्ण अङ्ग र तहमा जातीय/सामुदायिक जनसङ्ख्याको आधारमा समानुपातिक समावेशी गराउने । ती सबै समूहमा महिलाहरूका लागि तत्काल न्युनतम् ३३ प्रतिशत व्यवस्था गर्ने ।

७. देशमा विद्यमान नागरिकता समस्यालाई अन्तरिम संविधानमा व्यवस्था भए बमोजिम सर्वसुलभ हुने गरी समाधान गर्ने ।

८. राजकीय भेदभावका कारण पछाडी परेका सम्पूर्ण उत्पीडित समुदायलाई राज्यले सामुहिक प्रवेशको अवसरका साथै शिक्षा, स्वास्थ्य र रोजगारीमा सकारात्मक विभेदको नीति अङ्गिकार गर्ने । दलितहरूका लागि क्षतिपुर्तिको विशेष व्यवस्था गर्ने । छुवाछूत जस्ता अमानवीय परम्परा र कार्यलाई कानूनी र व्यवहारिक रुपमा अन्त्य गर्न छुवाछुट मुक्त राष्ट्रको घोषणा कार्यान्वयन गर्ने ।

९. समावेशी शासकीय स्वरूप अवलम्बन गर्ने । राज्यको विभिन्न तहकोे निर्वाचनमा जातीय/सामुदायिक जनसङ्ख्याको आधारमा प्रतिनिधित्व हुने गरी समानुपातिक निर्वाचन प्रणाली सुनिश्चित गर्ने ।

१०. सङ्घीय न्याय प्रणालीको सिद्धान्तको आधारमा स्पष्ट कार्यक्षेत्रको बाँडफाँट गरी केन्द्रमा सङ्घीय अदालत र सवैधानिक अदालतको व्यवस्था गर्ने । प्रदेशहरूमा अधिकार सम्पन्न उच्च अदालतको व्यवस्था गर्ने ।

११. भूमिको उत्पादकत्व बृद्धि गर्न वैज्ञानिक भूमिसुधार लागूू गर्नुका साथै त्यसको आधारमा जमिनको चक्लाबन्दी गरी कृषिको औद्योगीकरण, व्यवसायिकरण र आधुनिकीकरण गर्ने नीति लिने । समाजवाद उन्मुख मिश्रित अर्थतन्त्र लागू गर्ने ।

१२. सङ्घीय नेपालमा राज्यका सबै अङ्ग, तह र निकायका सरकारी काम काजमा बहुभाषिक नीति लागू गर्ने । सङ्घीय सरकारले प्रयोग गर्ने भाषाहरूलाई सङ्धीय संविधानमा र प्रादेशिक सरकारले प्रयोग गर्ने भाषा प्रादेशिक कानुनमा सूचिकृत गर्ने ।

१३. आदिवासी जनजाति, मधेशी, शिल्पी/दलित, मुस्लिम, अल्पसङ्ख्यक तथा सिमान्तकृत समुदाय, अपाङ्ग, सुकुम्बासी, श्रमजीवी, मजदुर, किसान तथा पिछडिएको क्षेत्रका जनताको नागरिक तथा राजनीतिक अधिकार र आर्थिक, सामाजिक एवम् सांस्कृतिक अधिकारलाई संविधानमा सुनिश्चित गर्ने । आदिवासी जनजातिको अधिकार सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय घोषणा पत्र–२००७ र आइ.एल.ओ. महासन्धि–१६९ लागू गर्ने ।

३) सङ्गठनात्मक संरचना

यस अवधारणा पत्रमा सहमति जनाई हस्ताक्षर गर्ने दलहरू यस गठबन्धनका सदस्य हुने छन् । गठबन्धनको कार्य समितिले समान उद्देश्य, नीति, कार्यक्रम बोकेका राजनीतिक दलसँग वार्ता अगाडी बढाई यस गठबन्धनमा सामेल गर्न सक्ने छ । गठबन्धनको नीतिगत निर्णय गर्न सदस्य दलहरूको अध्यक्ष सहितको तोकिएको ३ जना प्रतिनिधिहरू रहेको कार्य समिति हुने छ । उक्त समितिले आवश्यकता अनुसार उपसमितिहरू गठन गरी क्षेत्राधिकार तोक्न सक्ने छ । यो गठबन्धनलाई आवश्यकता अनुसार स्थानीय तहसम्म विस्तार गर्न सकिने छ ।

४) सचिवालय

गठबन्धनको दैनिक कार्य सञ्चालन गर्न एक सचिबालय हुने छ जसमा प्रत्येक सदस्य दलहरूबाट १/१ जना प्रतिनिधित्व रहने छ । सचिवालयले कार्य समितिले दिएका जिम्मेवारीहरू बहन गर्ने छ ।

५) घटक दलहरूको स्वायत्तता

गठबन्धनमा आबद्ध दलहरूले यसका निर्णय, नीति कार्यक्रम, सैद्धान्तिक मान्यता र उद्देश्य विपरीत हुने गरी आफनो गतिविधि गर्ने छैनन् । तर आफ्नो अलग कार्यक्रममा पार्टी नीति अनुरुप काम गर्न यसले वाधा गर्ने छैन ।

६) निर्णय प्रक्रिया

गठबन्धनको निर्णय प्रक्रिया सहमति र सहकार्यको मान्यता अनुरुप हुने छ ।

७) कार्यक्रम र सङ्घर्षको स्वरुप

गठबन्धनले घटक सदस्यहरूबिच सहकार्यको संस्कृति विकास गर्दै केन्द्र, प्रदेश र स्थानीय तहसम्म विभिन्न प्रकारका कार्यक्रम सञ्चालन गर्ने छ । गठबन्धनले आवश्यक ठानेमा साझा न्यूनतम कार्यक्रमका साथै यसको विधान, नियमावली, आचार संहिता तथा कार्यविधिहरू बनाउने छ । गठबन्धनको नीति, सिद्धान्त र मान्यता अनुरुप विभिन्न स्तरमा प्रचार प्रसार, जागरण, अन्तर्क्रिया, सभा, जुलुश, धर्ना, घेराउ, आम हड्ताल लगायतका संयुक्त सङ्घर्षका कार्यक्रमहरू सञ्चालन गर्ने छ ।

उपरोक्त उद्देश्यहरू पुरा गर्न गराउन हामी तपसील बमोजिमका हस्ताक्षरकारी राजनीतिक दलका प्रतिनिधिहरू एकतावद्ध भई अघि बढ्न प्रतिवद्ध छौं ।

क्र.स. राजनीतिक दल नाम थर पद हस्ताक्षर

१. सङ्घीय समाजवादी फोरम, नेपाल उपेन्द्र यादव अध्यक्ष
२. तराई मधेस लोकतान्त्रिक पार्टी महन्थ ठाकुर अध्यक्ष
३. सदभावना पार्टी लक्ष्मण लाल कर्ण सहअध्यक्ष
४. तराई मधेस सदभावना पार्टी, नेपाल महेन्द्र राय यादव अध्यक्ष
५. थरुहट तराई पार्टी, नेपाल भानुराम चौधरी अध्यक्ष
६. सङ्घीय लिम्बुवान पार्टी, नेपाल कुमार लिङ्देन “मिराक” अध्यक्ष
७. सामाजिक लोकतान्त्रिक पार्टी, नेपाल कुमार राई, अध्यक्षमण्डल सदस्य
८. आदिवासी जनजाति पार्टी, नेपाल तामाङ बुद्धराज स्याङ्तान अध्यक्ष
यो गठबंधन मा दलित लाई पनि ल्याउनु पर्यो।  

आंदोलन गृह मंत्री र प्रधान मंत्री, सरकार को राजीनामा सम्म पुग्न सक्छ

यो मधेसी जनजाति दलित आन्दोलन वार्ता को लक्ष्य गरेर हिँडेको होइन। आंदोलन गृह मंत्री र प्रधान मंत्री, सरकार को राजीनामा सम्म पुग्न सक्छ। नया अंतरिम सरकार सम्म पुग्न सक्छ। एक तिहाइ तीन दल लाई दिने गरी, दुई तिहाइ मधेसी जनजाति दलित ले लिने गरी, संविधान सभा भंग गर्ने गरी। देश तेस्रो संविधान सभा मा पुग्छ भने पुग्छ। दुई चार अरब बचाएर देश लाई दुई चार सय खरब को घाटा लगाउनु हुँदैन।


आन्दोलन लाई सम्बोधन गर्ने बेला अहिले हो

English: Janakpur, Nepal.
English: Janakpur, Nepal. (Photo credit: Wikipedia)
१५ दिन देश ठप्प भए पछि, १०-२० आंदोलनकारी र प्रहरी मरे पछि होइन। आन्दोलन लाई सम्बोधन गर्ने बेला अहिले हो। के को लागि पर्खेको? नया माग केही पनि छैन। पुराना सहमति कार्यान्वयन गर भन्न का लागि मान्छे मर्नुपर्ने? कर्णाली को पनि, थरुहट को पनि, मधेस को पनि।

बाबुरामले ‘राजा’ भनेपछि शेरबहादुर सनक्क
काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा र एमाओवादी वरिष्ठ नेता एवं संवाद समिति सभापति बाबुराम भट्टराईबीच शीर्ष नेताको बैठकमा झण्डै हानाहान भएको खुलासा भएको छ । ..... बैठकमा भट्टराईले कैलाली र कञ्चनपुरलाई थारुवानमा राख्नुपर्ने बताएपछि देउवा एक्कासि झोक्किएको एक नेताले बताए । ......

सिमांकनमा सबैभन्दा मर्का थारुलाई परेकाले कैलाली कञ्चनपुरलाई तराईकै जिल्लासँग राख्नुपर्ने भनाइ भट्टराईको थियो । भट्टराई बोल्दै गर्दा बसेको स्थानबाट उठेर पाखुरा सुर्कंदै देउवा भट्टराई नजिक पुगे । ‘१५ प्रतिशतको संख्यामा रहेका थारुलाई कैलाली र कञ्चनपुर त के रौं पनि दिन्न’, देउवाले भनेका थिए ।

........ जवाफमा भट्टराईले आफूलाई राजा महाराजा ठान्ने प्रवृत्तिबाट मुक्त हुन देउवालाई आग्रह गरेका थिए । ‘कैलाली र कञ्चनपुर थारुलाई दिन्न भन्ने तपाईं को हो ?’, बाबुरामले देउवालाई प्रशन गरे, ‘आफूलाई राजामहाराजा नठान्नुहोला ।’ ...... बाबुरामको जवाफपछि केही हच्किएका देउवालाई शीर्ष नेताले आफ्नो ठाउँमा गएर बस्न आग्रह गरेपछि परिस्थिति केही सामान्य बनेको थियो ।
तौलिहवा, कपिलवस्तुमा प्रहरीमाथि ढुंगा-मुढा गरी आक्रोश पोख्दै आन्दोलनकारी |


तौलिहवामा प्रहरी प्रदर्शनकारी बीच झडप
तौलिहवा, कपिलवस्तुमा प्रहरीमाथि ढुंगा-मुढा गरी आक्रोश पोख्दै आन्दोलनकारी |स्रोत:
Posted by Madhesi Community on Wednesday, August 19, 2015


जनकपुर को स्थिथि तानाब ग्रस्त



Plz shareजनकपुर को स्थिथि तानाब ग्रस्तजनकपुर को जनता हरु सबै बाटो मा ओर्लेर जै मधेश को जुलुस निकाल्दै
Posted by Condition of Janakpur Dham on Wednesday, August 19, 2015


सीमांकन र नामांकन किन गार्हो भएको?

वाक स्वतंत्रता पनि गार्हो हो। यसरी। देशका नागरिक लाई वाक स्वतंत्रता दिने भन्ने निर्णय गर्ने बाहुन सरकार ले र त्यो कार्यान्वयन गर्न बामे लाई अर्हयाउने। के हुन्छ? बामे ले लिस्ट बनाउन थाल्छ। जनता लाई बोल्ने छुट दिने भनेको छ। त्यों गहन जिम्मेवारी मेरो काँध मा आएको छ। बोल्न हुने कुरा को लिस्ट लामो होला। बरु बोल्न नहुने कुरा हरु के त्यहाँ बाट शुरू गरौं। अरु नेता हरु सँग पनि सरसल्लाह गर्ने कि? सहमति त खोजनै पर्यो। बिज्ञ हरु को पनि सल्लाह लिंदा राम्रै होला कि कसो? अनि लिस्ट बनाउन थाल्छ। सरकार सँग थप समय माग्छ। अझै दुई महिना भन्दै चार पाँच पटक समय माग्छ। सहमति बड़ो गार्हो। कहिले कसले नमान्ने, कहिले कसले नमान्ने। जनता सँग सुझाव माग्यो त्योभन्दा गार्हो।

त्यो हो तरिका? वाक स्वतंत्रता त सिद्धांत हो। कि छ कि छैन। धर्म निरपेक्षता त सिद्धांत हो। कि छ कि छैन। संघीयता पनि सिद्धांत हो। सीमांकन र नामांकन केही गार्हो छैन। बाहुन हरुले गार्हो भयो भनेको हामीलाई त बेइमानी गर्न मन लाग्यो भनेको मात्र हो। स्वांग गरेको।

सीमांकन र नामांकन किन गार्हो भएको? गार्हो भएको छैन। खुट्टा घिसारने काम मात्र भएको छ।

कमल थापा लाई गणतंत्र बारे लेख भनेर जिम्मेवारी दिएको भए उसले के लेखथ्यो होला? अहिले सीमांकन र नामांकन मा विवाद छ भन्ने हरु संघीयता का कमल थापा नै हुन।









In The News (22)

वारपारको लडाईंका लागि मधेशी मोर्चाको नयाँ रणनीति
‘आन्दोलनमा शहादत प्राप्त गर्नेलाई ५० लाखको अफर’
मोर्चाको नाममा संयुक्त बैक खाता खोल्ने र सबै पार्टीले आन्दोलनका लागि उक्त बैंक खातामा पैसा जम्मा गर्ने र विभिन्न क्षेत्रबाट आन्दोलनका लागि प्राप्त गर्ने सबै सहयोग त्यही खातामा संकलन गर्ने निर्णय गरेको छ । त्यही खाताबाट आन्दोलनको रकम परिचालन गरिने छ । त्यस्तै, आन्दोलनमा घाइते भएकाहरुको उपचारको लागि काठमाडौंमा डाक्टरहरुको समिति पनि गठन गरिने भएको छ । ...... आन्दोलनका क्रममा कसैले सहादत प्राप्त गरेमा मधेश–थरुहट प्रान्तीय सरकारले शहिद परिवारलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ भने शहिद परिवारका एक सदस्यलाई रोजगारी र निःशुल्क शिक्षाको व्यवस्था समेत गर्ने भएको छ । आजको बैठकमा संघीय समाजवादी फोरम, नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी तथा तराई मधेश सद्भावना पार्टीका चारै अध्यक्षहरु सहभागी थिए । यसको साथै अशोक राई, लक्ष्मणलाल कर्ण र हृदयेश त्रिपाठी पनि आजको बैठकमा उपस्थित थिए ।
आन्दोलनको नाममा दुई–तीन सय मार्ने योजनाको सूचना आयोःअनन्त
‘आन्दोलनमा बल प्रयोग गरेर भड्काउने काम गर्नु हुँदैन। दुई तीन सय मान्छे मार्ने योजना बन्दै गरेको जानकारी आएको छ। संविधान बन्न नदिने योजना छ। यसमा सचेत हुनुपर्छ। यसमा नेताहरु चुके संविधान बन्न नदिनेले फाईदा लिन्छन्।’ ...... अनन्त भने–‘कर्णाली स्वायत्त क्षेत्र हुन्छ। मगरात र थारुवानको क्लष्टर मिलाईन्छ। अखण्ड सुदुरपश्चिमसँग भएको सहमति पुरा भयो तर थारुहटसँग भएको सहमति पुरा भएन। त्यो पनि पुरा गर्नु पर्छ। जुन ठाँउमा सिद्धान्त हेरिएको छ त्यहाँ आन्दोलन छैन, जहाँ सिद्धान्त मिचिएको छ त्यहाँ आन्दोलन भएको छ। ..... नागरिकतामा कोही पनि विभेदमा नपर्ने गरी सहमति भएको छ। सीमांकनमा सम्झौता हुन्छ। ६ प्रदेशमा सिद्धान्त छ।
आत्मरक्षाका लागि गोली चलाउनु पर्‍यो : गृहमन्त्री
चुनाव लड्न पनि तयार छु ः शेष घले, एनआरएन अध्यक्ष
ओलीको कुरा नसुन्दा देशभरि आन्दोलन
‘संघीयता राजनीतिक मात्र होइन प्राविधिक विषय पनि हो । त्यसैले विज्ञहरू सम्मिलित संघीय आयोगले सीमांकनको टुंगो लगाउनुपर्दछ ।’– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धेरै पहिलेदेखि भन्दै आएको यो विकल्प सर्वस्वीकार्य भए पछि गत २५ जेठमा प्रमुख चार पार्टीबीच १६ बुँदे सहमति भएको थियो । प्रदेशको संख्या ८ हुने तर सीमांकन विज्ञहरूको आयोगले टुंगो लगाउने कुरा जायज थियो । त्यसैले १६ बुँदे सहमतिपछि सडकमा उतिसारो आक्रोश देखिएन । बरु अब संविधान बन्ने भयो भनेर जनता खुशी नै भए । तर जसै सीमांकन टुंग्याउनै पर्ने कांग्रेस र एमाओवादीको दबाबपछि २३ साउनको मध्यरात चार दलबीच सीमांकनसहित ६ प्रदेशमा सहमति भयो, भोलिपल्टै संविधानसभामा मधेसवादी र जनजाति सभासद्ले संवाद समितिको प्रतिवेदन जलाए । त्यो आगो बानेश्वरबाट सल्कँदै सल्कँदै पूर्वदेखि सुदूरपश्चिमसम्मका तराई र मध्य तथा सुदूरपश्चिमका पहाडी/हिमाली जिल्लामा पनि सल्किसकेको छ । सुर्खेतमा तीन जनाले ज्यान गुमाइसकेका छन् । ....... सडक हिंसात्मक बन्दैछ । जनता आक्रान्त बन्न थालेका छन् । ...... कोही ‘अखण्ड सुदूरपश्चिम’को पक्षमा छन् भने कोही कैलाली र कञ्चनपुरलाई समेटेर थरुहट प्रदेश बनाउनुपर्ने माग पनि उत्तिकै सशक्तरूपमा उठेको छ । पूर्वका झापा, मोरङ र सुनसरीको अलग्गै प्रदेश बनाउनुपर्ने, तिनलाई तराईकै अरू जिल्लामा जोड्नुपर्ने र प्रस्ताव गरिएजस्तै पूर्वका पहाडी जिल्लाहरूसँगै राख्नुपर्ने भन्ने विषयमा पनि जनमत उत्तिकै विभाजित छ । पूर्व वा पश्चिममा तराई र पहाडका जिल्लालाई मिलाएर प्रदेश निर्माण गर्नै नहुने अडानमा रहेकाहरू मध्यतराईका जिल्ला मात्र समेटिएको प्रदेशमा पहाडी भूभाग भएन भनेर असन्तुष्टि व्यक्त गर्दैछन् । मध्यतराईका सप्तरीदेखि पर्सासम्मका जिल्लासँग जोडिएका भित्रीमधेस र पहाड भएका जिल्लामा तराईसँग नमिसाइयोस् भन्ने आवाज उठिसकेको छ । ........ कर्णालीलाई अलग्गै राख्नुपर्ने माग र ‘अखण्ड मध्यपश्चिम’को माग पनि परस्परमा बाझिएका छन् । विभाजन गर्ने प्रस्ताव गरिएका बागलुङ, रुकुम र नवलपरासी जिल्लामा पनि असन्तुुष्टि देखापरेको छ । यस्तो अवस्थामा सबैको चित्त बुझाउनु असम्भव प्राय: देखिन्छ । .......

सीमांकनमा चरम असन्तुष्टि देखिएपछि कांग्रेस त्यही बहानामा पुन: संविधान निर्माण पछि धकेल्ने दाउमा देखिएको छ ।

...... सीमांकनदेखि अनेक नाममा सडकमा देखिएको विरोधले सिंगो जनताको अभिमत प्रकट गर्न नसक्ने ओलीको भनाइ छ । उनले भने, ‘संविधानको प्रारम्भिक मस्यौदामाथि लाखौं जनताले सकेसम्म कम प्रदेश र सीमांकनसहित संविधान जारी गर्न सुझाव दिएका थिए, त्यो जनमत हो । अहिले सडकमा निस्किएका केही सयले विरोध गरे भन्दैमा संविधान निर्माणलाई रोक्न सकिँदैन ।’ ....... अध्यक्ष ओलीले संविधानसभाको दोस्रो निर्वाचनका बेला बम बारुदले संविधानसभा रोक्न खोज्नेहरूदेखि जस्तो संविधान बनाए पनि अस्वीकार गर्नेहरूसम्मको मोर्चाबन्दी भएको भन्दै तिनको असन्तोष सम्बोधन गर्न थाल्ने हो भने संविधान जारी नै नहुने जिकिर गरे । ‘सडकमा संविधानसभा नै चाहिँदैन भन्ने माओवादीदेखि फेरि गुरिल्लाको धाक दिनेसम्म छन्,’ अध्यक्ष ओलीले भने, ‘तिनलाई हिजो पनि संविधानसभाबाट संविधान चाहिएको थिएन, आज पनि छैन अनि त्यही बहानामा संविधान निर्माण प्रक्रिया अघि नबढाउने कुरा हुन सक्दैन ।’
किन छट्पटिन थाले कोइराला ?
साउनभित्रै संविधान पाउने जनताको आशा पूरा नहुने अवस्था बन्दै गएपछि सोमबारको बैठकमा अध्यक्ष ओली प्रधानमन्त्री कोइरालाप्रति निक्कै आक्रामक रुपमा प्रस्तुत भए । बैठकमा सहभागी एक नेताका अनुसार बैठकमा अध्यक्ष ओलीले नेकपा एमाले सीमांकनसहितको संघीयताको पक्षमा सधैं रहेको स्पष्ट पार्दै तर आफ्नो सत्ता लम्ब्याउने स्वार्थ पूरा गर्ने नाममा एमालेलाई बाधक नबनाउन कोइरालालाई सचेत गराए । सीमांकनको टुंगो दलहरूले लगाउन नसकेकै कारण पहिलो संविधानसभा विघटन भएको र दोस्रो संविधानसभाको पहिलो एक वर्षको अवधि पनि सोही विवादको छलफलमै सिद्धिएको चर्चा गर्दर्ै अध्यक्ष ओलीले सोही कारण १६ बुँदे सहमतिमा सीमांकनको विवाद टुंग्याउन विज्ञहरू सम्मिलित आयोग गठन गर्ने कुरा स्पष्ट रुपमा लेखिएको बताएका थिए । प्रधानमन्त्री कोइरालाले एमालेलाई संघीयताको विरोधीजस्तो चित्रण गर्न खोजेकोप्रति पनि अध्यक्ष ओलीले गम्भीर आपत्ति जनाए । ....... कांग्रेसले आफ्नो सरकार लम्ब्याउन मात्र सीमांकनको कुरा गरिरहेको भन्दै प्रचण्डले साँच्चै कांग्रेस सीमांकनको लागि प्रतिबद्ध भए विकल्पहरू पेश गरेर गम्भीर छलफलमा बस्नुपर्ने बताए । उनले छलफलमा प्रधानमन्त्री सहभागी नहुनुले पनि उनीमाथि आशंका गर्ने अवस्था आएको बताए ।


एक मधेस एक स्वायत्त प्रदेशको मागसहित विहारका सांसदले लेखे मोदीलाई पत्र
भारतीय लोकसभाका सांसद पप्पु यादव (राजेश रञ्जन)ले मधेसको समस्या तथा मधेसमा आन्दोलन गर्दै आएका मातृका यादव नेतृ्त्वको संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समितिको बारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लिखित जानकारी गराएका छन्। नेपालमा मधेसी उत्पीडनको सम्बन्धमा आजै प्रधानमन्त्री मोदीलाई बुझाएको पत्रमा

पहाडी शासकद्वारा मधेस र मधेसी शोषित भएको

उल्लेख गर्दै त्यसको समाधानका लागि पहल गर्न प्रधानमन्त्री मोदीलाई आग्रह गरिएको छ। ..... सांसद यादवले मधेशमा आत्मनिर्णयको अधिकारसहित एक मधेस एक स्वायत्त प्रदेश हुनुपर्ने उल्लेख गर्दै नेपाल राज्यको हरेक निकायमा मधेशीको समानुपातिक समावेशी प्रतिनिधत्वको मागसमेत गरेका छन्। मधेस हरेक प्रकारले सम्पन्न र आत्मनिर्भर थियो तर आज त्यही पहाडी शासकद्वारा गरिएको बर्बर, उपेक्षा, उत्पीडन, विभेद र दमनका कारण मधेस बर्बाद भइरहेको पत्रमा भनिएको छ। ......

‘मधेसी विभेदमा पर्नुको एउटै कारण हो, मधेसीहरु भारतीयजस्तो देखिनु,’

सांसद पप्पु यादवले आफ्नो पत्रमा मधेसीको रहनसहन, भाषा, संस्कृति, अनुहार भारतीयजस्तो भएका कारण उनीहरु पहाडी शासकबाट शोषित भएको उल्लेख गरेका छन्। मधेसको समस्या मधेसको मात्र नभएर राष्ट्रको समस्या भएको उल्लेख गर्दै नेपालमा बन्न लागेको सविधानमा पनि मधेसीको अधिकार सुनिश्चित नहुने दाबी उनले सविधानमा मधेसीको अधिकार सुनिश्चित नभए देशमा द्वन्द्व कायम रहनेसमेत सचेत गराएका छन्। उनले मधेसी र पहाडीबीचको विभेद् समाप्त भए यसले भारतलाई पनि फाइदा हुने जिकिर गरेका छन्।
सप्तरीको भारदहमा के भयो - त्याहा पुगेका अधिकर्मी दिपेन्द्र झा भन्छन -

म्याचिकने विहारी

भन्दै मधेशी माथी गोली चलाइयो ।
सडकमा धर्नामा बसेका नेताहरुलाई एक्कासी पछाडी वाट आएर प्रहरीले अन्धाधुन्द कुटपिट गरेको देखिन्छ । ..... प्रहरीले आफनो चौकीको छत माथी गएर गाउले हरु माथी अन्धाधुन्द गोली चलाएको देखिन्छ । राजीव राउत एउटा समान्य किसानको छोरा थियो । उनको छाती मा सिधा गोली प्रहार गरिएको देखिन्छ । उनको दुई ओटा बच्चा छ । एउटा तीन महिनाको र एउटा २ बर्षको । ..... फलामको गोली चलाएको देखिन्छ । गाउमा जताजतै गोलीको छर्राहरु लागेको त्यतीकै देखिन्छ । एउटा गोली त दुई ओटा बास सम्मलाई छिरेर अघि वढेको देखिन्छ । गाउमा रहेको मिलहरुको मिटरमा गोली लागेको देखियो । याहा गाउलेहरु संग कुरा गर्दा प्रहरीहरुले उनीहरुलाई म्याचिकने विहारी भनेर गाली गर्दै कुटपिट गरेका रै छन । ......

प्रहरीले गाउलेहरुलाई म्याचिकने विहारी भन्दै कुटपिट गरेका थिए ।

.....

हिजो देखि नै केही सन्चार माध्यमहरुले प्रर्दशनकारीहरुले प्रहरी चौकी र प्रहरी माथी आक्रमण गरे पछि प्रतिरक्षामा फायर गरेको समाचारहरु प्रकाशित गरेको देखिन्छ । आज कान्तिपुरले समेत त्यही फोटोलाई प्राथमिकतामा राखेर छापेका छन । म यही वाट कान्तिपुर सहित सवै मिडियाहरुलाई चुनौती दिन चाहन्छू र याहा आएर त्यसको पुष्टि गरेर देखाउन च्यालेन्ज गर्न चाहन्छू ।

..... राजीव राउतको वुवा भन्छन -घर वाट निकालेर मलाई पनि निर्घात कुटपिट गरे ..... छोरालाई गोली लागे पछि हामी उनलाई लिएर घर आयौ । त्यतीकै प्रहरीहरु फेरी घर भित्र छिरेर हामीहरु पनि निर्धात कुटपिट गरे । घरवाट वाहिर निकालेर सडकमा लगे अनि त्याहा पनि म संगै अरु याहाका मानिसहरुलाई निर्धात कुटपिट गर्यो । मेरो छोरो घरवाट खेत तिर जानका लागी निस्केका थिए । तर वाटोमा प्रहरीले उनलाई गोली हानेर मार्यो । उनको छातीमा यसरी गोली लाग्यो कि उनी त्यही निर ढल्यो ।

सो जा नहीं तो गब्बर आ जाएगा

पंचायत कालमा शासक ले भन्थे, बहुदल बहुदल नभन इंडिया ले खान्छ देश। अहिले तीन दल ले भन्दैछन् ---- संघीयता र समावेशीता मा हामीले गरेको बेइमानी मान होइन भने राजा फर्केर आउँछ। पहिला भुत इंडिया थियो अहिले भुपु राजा छ भुत। कुनै पत्रकार ले गएर अन्तरवार्ता लिदिनु यस्तो बेला मा ज्ञानेन्द्र शाह को। "तपाइँ को गद्दी वापसी को कुनै इच्छा योजना?"

त्यसको संभावना कत्तिको छ? राजा फर्केर आउने संभावना कत्तिको छ?

झुठ बोल्दैछन्। आफ्नो जातीय एकाधिकार कायम राख्न सकेसम्म को झुठ बोल्दैछन्।

राजा फर्काउने बाटो प्रशस्त गरेको छ कसैले भने त्यो तीन दलका प्रतिक्रांतिकारी बाहुन ले गरेका छन।



मधेसबादी महेन्द्र
हाम्रो तराई मधेसमा जिन्दगी तुलनात्मक रुपले सहज रहेछ । पानीका श्रोतहरु आगनमै छ्न । हाटबजार , स्वास्थचौकी, प्रहरी, हुलाक नजिकै छ । कम्तीमा साईकल यात्राको पहुँचमा त पक्कै छन । सिचाइ र बाटोघाटो पनि धेरथोर उपलब्ध छ । महेन्द्र राजमार्ग र मोरङ सुनसरी सिचाइ आयोजना त्यही छ । औद्योगिक क्षेत्र त्यही छ्न । खाद्यान्न र लेखपढ पनि पहाडमा भन्दा बढी नै सहजसंग उपलब्ध छ्न । पर्यटक भएर हेर्दा पहाडका आबरणमा त्यहाँको सौर्न्दर्य जति मनमोहक देखिन्छ त्यो भन्दा सयौं गुणा दुख छ पहाडी जीवनमा । कहिलेकाही मलाई पहाड र दुख पर्यायबाची हुन जस्तो लागेर आउँछ । ........ यी सबै भौतिक र मानबिय बिकासका पायोनियर उनै मधेसबादी राजा महेन्द्र शाह हुन । तिनै मधेसबादी राजा महेन्द्र जसले बिकट मुगुको पहाडमा अबस्थित राराको सौन्दर्यमा कविता मात्रै लेखे अनि बिकास र पुर्बाधार जति मधेसमा खन्याए । एकमात्र राष्ट्रिय राजमार्ग मधेसलाई बिचै बिच चिरेर बनाए । त्यसलाई जोड्न प्रत्येक किलोमीटरमा आउने सानाठूला नदिमा सयौं पुल बनाए । तिनै पुल तर्दै पुर्ब – पश्चिम हुईकिने गाडी हेर्न कै लागि तेह्रथुम देखि खाजा सामल बोकेर दुईदिन यात्रा गरि झापा झरेको कहानी गर्न मेरा बुवाले अहिलेसम्म छाड्नु भएको छैन । ....... उनले आफ्नो शासनको पछिल्लो एक दशकमा मधेसमा जति पुर्बाधार र औद्योगिक बिकास गरे त्यसलाई आधार मान्ने हो भने उनी भन्दा ठूलो मधेसबादी नेता नेपालमा अर्को छैन । पहाडका सोझा र निमुखालाई राष्ट्रियताको टोपी र पंचायतको दौरा बाहेक सायदै उल्लेख गर्न सकिने खालको बिकास आयोजना सम्पन्न गरेर उनले दिएका छन । तर पनि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा उनी पहाडेहरुका मसिहा भएका छ्न र मधेसका सबैभन्दा ठुला घोषित शत्रु ! ........

के मधेसलाई चिरेर गएको महेन्द्र राजमार्ग पहाडे राष्ट्रबादको प्रतीक हो ? कि जनकपुर चुरोट कारखाना आन्तरिक उपनिबेशको प्रमाण हो ? कि औलो उन्मुलन गरिदिनु महेन्द्रीय राष्ट्रवाद थियो ? ........ उनले ०१७ साल पछिको दशक लामो आफ्नो स्थिर शासनकालमा जति बिकास आयोजनाहरु सम्पन्न गरे के त्यसको एक चौथाई संघीय लोकतान्त्रिक गणतन्त्रले सम्पन्न गरेको छ ?

उनले मध्य पहाडी लोकमार्गको हावा गफ मात्रै दिएका थिएनन् , पुर्ब-पश्चिम महेन्द्र राजमार्ग बनाएरै देखाई दिएका थिए । उनै महेन्द्रले स्थापना गरेको साझा यातायात डकारी सकेर जनता माथी निजि समितिका निजि गाडी धनीबाट लादिएको सिण्डिकेट टुलुटुलु हेरेर महेन्द्रलाई सराप्न संघीय लोकतान्त्रिक गणतन्त्र उर्फ नयाँ नेपाललाई लाज लाग्नु पर्ने हो । तर शरम पचेको नयाँ नेपाल आफ्नो आङ्को भैंसी देख्दैन । महेन्द्रले हाल्देका पुर्ब देखि पश्चिम सम्मैका पुलहरु धरापमा परिणत हुनै लागिसके तर त्यसको विकल्प उसंग छैन । .......... भोलि झापा स्थित कन्काई , बिरिङ र रतुवा खोलाको पुल भत्किने हो भने संघीय लोकतान्त्रिक गणतन्त्रसंग पुर्ब झापाको सम्पर्क कम्तिमा एक दशकका निम्ति बिच्छेद हुन्छ । .....

त्रिभुवन बिमानस्थलको अति बिशिस्ट कक्षमा बसेर इतिहास सरापी रहदा त्यस्तै अर्को अन्तरास्ट्रिय बिमानस्थल बनाउने इच्छाशक्ति र हैसियत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालसंग छैन भन्ने तथ्य यसका परिकल्पनाकारहरुले भुल्नु हुदैन ।

...... राणाकालिन दरबारहरुमा कार्यपालिका र न्यायपालिका थन्क्याएर र बिरेन्द्र शाहले अन्तरास्ट्रिय सम्मेलन केन्द्र रुपमा बिकास गरेको भबन भाडामा लिएर संबिधानसभा र ब्याबस्थापीका चलाई रहेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका स्टेकहोल्डरहरुले आफ्ना निजि घर बाहेक सार्बजनिक प्रयोगका लागि कहिँ कतै सगर्ब देखाउन मिल्ने चार खुट्टा टेकेएर उभिएको एउटा मात्रै नमुना भए प्रस्तुत गरून् । महेन्द्र राजमार्ग बराबरको कुनै एउटा लोकमार्ग निर्माण गरेर देखाउन । अन्तरास्ट्रिय बिमानस्थलको संख्या दुई बनाउएर देखाउन । राष्ट्रिय ध्वजाबाहकको पुरानो अन्तरास्ट्रिय प्रतिष्ठा पुनःस्थापन गरेर देखाउन । ........

सराप्नु, सराप्नु र फ़ेरि पनि सराप्नु नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको एकमात्र देख्न र महसुस गर्न सकिने उपलब्धि हो ।

....... इतिहास सराप्नु , शाहबंश सराप्नु , पंचायत सराप्नु , एक सम्प्रदाय विरुद्ध अर्कोलाई सराप्नु , एक धर्म विरुद्ध अर्को धर्मलाई सराप्नु अनि एक क्षेत्र विरुद्ध अर्को क्षेत्र हुँदै , महेन्द्र ज्ञानेन्द्र देखि पृथ्वीनारायण सम्मका सबैलाई सराप्नु र आफू चाहिँ सिन्को नभाच्नु यसको दशक लामो कार्यकालको एकमात्र उपलब्धि हो । ...... हामीलाई लंगडो घोडाको बदला अन्धो घोडा चाहिएको हैन । हामीलाई दगुर्ने घोडा चाहिएको हो । ..... संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई जनताले दिएको एक दशकको हनिमुन पिरियड सकिनै लागेको छ । कुनैपनी ब्यबस्थाले आफुलाई पुरानो भन्दा सक्षम प्रमाणित गरेर देखाउन पाउने आवश्यक मधुमासको समय त्यति नै हो । पंचायत र बहुदल, महेन्द्र , बिरेन्द्र र ज्ञानेन्द्र शाहाले पनि त्यति नै समय पाएका हुन । हैन भने नेपालीहरुको धर्यताको बाँध प्रत्येक दस/दस बर्षमा फुट्ने गरेको तथ्य प्रमाणिक इतिहास हो । जानेर अथवा नजानेरै ज्ञानेन्द्र शाहा राजतन्त्रका सबैभन्दा ठुला शत्रु भए झै संघीय लोकतान्त्रिक गणतन्त्रका छोटेराजाहरु पनि जानी जानी आफैले ल्याएको ब्याबस्थाको सबैभन्दा ठुलो शत्रु आफै हुने दिशामा अगाडी बडिरहदा राम राम भन्दै यो आलेख तयार परेको हुं । काधै चै हाल्न सक्दिन / सकिदैन ।
मधेसी मोर्चाको विवादास्पद निर्णय : आन्दोलनमा मरे ५० लाख दिन्छौं
मधेसी मोर्चाको बुधबार बसेको बैठकले गठवन्धनले आहृवान गरेको बन्दका क्रममा आन्दोलनका क्रममा कसैले ज्यान गुमाए प्रदेशिक सरकार बनेपछि पीडित परिवारलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ । साथै उसले मृतकको परिवारका एक सदस्यलाई रोजगारी र निःशल्क शिक्षा दिने मोर्चाले बताएको छ । ...... मोर्चाका शीर्ष नेताहरुद्धारा जारी विज्ञप्तिमा भनिएको छ-‘थरुहट/मधेश लगायत यस गठबन्धनमा आवद्ध रहेका घटकहरुको आव्हानमा आन्दोलनमा ज्यान गुमाउने शहिद परिवारहरुलाई आन्दोलनवाट बन्ने प्रादेशिक सरकारले शहिद परिवारलाई पचास लाख आर्थिक सहयोग उपलब्ध गराउनका साथै शहिद परिवारलाई निशुल्क शिक्षा र रोजगारीको जिम्मेवारी प्रायदेशिक सरकारले वहन गर्ने छ भन्ने प्रतिबद्धता सहितको निर्णय गरिएको छ ।’
सभासद भन्छन्-गृहमन्त्रीको जवाफ यथार्थ भन्दा बाहिर
सप्तरी घटना छानविन गर्न आयोग गठनको माग



मधेस तात्यो, अब के हुन्छ?
मधेसको विषयमा ध्रुवीकरण दिन प्रतिदिन बढिरहेको छ । .....

सप्तरीमा आन्दोलनमा एकजनाको मृत्यु र त्यही दिन सद्भावना पार्टीका सभासद्ले संविधानसभाबाट राजीनामा दिनुले मधेसमा आन्दोलनको माहोल तातिएको छ । ठाउँठाउँमा बिहानैदेखि नारा, जुलुस, प्रहरीसँग झडप, ढुंगामुढा, आगजानी भइरहेको छ । अर्थात् मधेसको आन्दोलन अनियन्त्रित हुने सम्भावना बढ्दै गएको छ ।

....... २ माघ ०६४ मा अन्तरिम संविधान जलाएपछि सुरु भएको मधेस आन्दोलनको झझल्को मधेसमा देखिएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनको घोषणा गरे पनि त्यहाँ हरेक खालका व्यक्तिहरू आन्दोलनमा सहभागी भएको पाइन्छ । ...... ‘यो वार्ताविहीन आन्दोलन हो, हामी यही अवस्थामा वार्ता गर्दैनौँ,’ रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘यसअघिको मधेस आन्दोलनमा भएको २२ बुँदे र आठबुँदे सम्झौताहरू कार्यान्वयन हुनुपर्छ । अनि मात्र अर्को वार्ता हुन्छ ।’ उनले मधेस आन्दोलनबाट आएका संघीयता नै खतरामा रहेकाले अब त्यसलाई सडकबाटै सुनिश्चित गर्ने बताए । ...... सम्बोधनमा मधेसी जनताले उठाएको माग पूरा गर्ने, देशलाई पुनर्संरचना गर्ने, गणतन्त्रलाई संस्थागत गर्नेलगायत कुरा थिए । त्यसपछि त आन्दोलन झन चर्कियो । प्रधानमन्त्री कोइरालाको पुत्ला जलाउने काम पनि सुरु भयो । ....... १ माघ ०६३ मा संघीयताबिनै अन्तरिम संविधान जारी भयो । ... २०६४ भदौ १३ गते औपचारिक वार्ता शान्ति मन्त्रालयमा भयो । जसमा २२ बुँदे सम्झौता भएको थियो । ...... त्यसबीचमा कांग्रेस, एमाले, राप्रपालगायत दलबाट अलग भएर महन्थ ठाकुरको नेतृत्वमा तराई मधेस लोकतान्त्रिक पार्टी पनि गठन भइसकेको थियो । त्यसपछि फोरम नेपाल, तमलोपा र सद्भावना पार्टीबीच संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा गठन भयो र सो मोर्चाले २०६४ फागुन १ गतेदेखि दोस्रो चरणका आन्दोलन सुरु गर्यो । १५ दिन नपुग्दै सरकारले मधेसी मोर्चाका नेतालाई वार्ताका लागि आह्वान गर्यो । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवका अनुसार सरकारले वार्ताका लागि पटकपटक आह्वान गरेका थिए । तर, २२ बुँदे सम्झौता कार्यान्वयन नभएसम्म वार्तामा नजाने अडान थियो । तर, मोर्चाकै नेता महन्थ ठाकुर र राजेन्द्र महतो बिहानैदेखि वार्ताका लागि बालुवाटारमा बसिरहेका थिए । उपेन्द्र यादव नआएसम्म वार्ता नहुने अडान उनीहरूले लिएपछि वीरगन्जमा भूमिगत बसेका उपेन्द्र यादवलाई नाइटभिजनबाट जबर्जस्ती बालुवाटार ल्याइएको थियो । त्यही दिन राति (फागुन १६ गते) आठबुँदे सम्झौता भयो । भनिन्छ, सो वार्ता गराउनमा भारतको सक्रिय भूमिका थियो । त्यो सम्झौताले नै देशमा संघीयता आएको छ । समावेशी, समानुपातिक पनि सोही सम्झौता आएको हो । ........ आत्मनिर्णयको अधिकारसहित स्वायत्त मधेस प्रदेश पाउने भएपछि नेताहरू पनि खुसी थिए । ...... २०६५ साल जेठ १५ गते अन्तरिम संविधानाकै चौथो संशोधन भयो । नेता सोनलका अनुसार राजनीतिक रूपमा संविधान संशोधन भएको त्यो पहिलो थियो । संविधानको प्रस्तावना र राज्यको परिभाषामा नै संघीय लोकतान्त्रिक गणतन्त्र देश हुने उल्लेख भए । सोही आन्दोलनका कारण अन्तरिम संविधानको धारा १३८ १ को (क) मा मधेसी जनजाति, आदिवासीलगायत अन्य पिछडिएका लागि सम्बोधन हुने गरे स्वायत्त प्रदेश राज्यको स्थापना हुने कुरा उल्लेख गरियो । .............

मधेस आन्दोलनका बेला भएको दुई चरणको सम्झौता कार्यान्वयन नभएको गुनासो गर्दै मधेसी तथा थारुहरू आन्दोलित भएका छन् ।

....... आठबुँदे सम्झौताअनुसार आफूहरूको माग पूरा गरे भने केही नचाहिने बताए । आठबुँदे सम्झौता नै आफूहरूको बटम लाइन हो, त्यसलाई नै कार्यान्वयन गरियो भने आफूहरूलाई पुग्ने ....... भारत सम्झौताका साक्षी भएकाले सम्झौता कार्यान्वयन गराउन पनि भूमिका खेल्नुपर्ने मधेसवादी दलका नेताको आग्रह छ ।


६ प्रदेश : कति सबल, कति सक्षम ? (तथ्यांक सहित)
नयाँ प्रदेशहरुको विश्लेषणात्मक अध्ययन
प्रदेश नं २ र प्रदेश ४ सडक सञ्जालको हिसाबले सबैभन्दा कमजोर प्रदेश देखिन्छन् । ...... कृषि क्षेत्र अन्र्तगत नेपालका कुल ग्रार्हस्थ उत्पादनमा सबैभन्दा धेरै योगदान गर्नेमा प्रदेश १ पर्दछ, जसले २३ प्रतिशत क्षेत्रगत योगदान दिन्छ
कर्फुयु लगाएर मृतकको शव धरान लगियो (सप्तरी गोलीकाण्डको फोटो फिचर)
गोली लागे लगत्तै मृत्यु भएका ३५ बर्षीय राउतको केही श्वास आएजस्तो भएको र बाँच्न सक्ने भन्दै प्रहरीकै अगुवाईमा शव बि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको हो ।
आन्दोलनको नाममा दुई तीन सयजना मार्ने योजना भएको सूचना आयोः पुन
नेताहरु मुख्यमन्त्री बन्ने धुनमा लाग्दा समस्या भयोः पण्डित
थारुवान, मगरात, कर्णालीमा संघीयताको सिद्धान्त विपरित सीमांकन भएकोले ति क्षेत्रमा आन्दोलन भएको उल्लेख गर्दै ति मागलाई संबोधन गरिने बताए । ..... आन्दोलनमा अत्याधिक बल प्रयोग गर्न नहुने तर्क गरे । नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले सीमानाको विषयमात्रै नभई प्रदेशको अधिकार, पहिचान सहितका धेरै विषयका कारण मधेसमा आन्दोलन भएको दावी गर्दै पहिलो संविधानसभाको समिति र आयोगले तयार पारेको प्रतिवेदन अनुसार सीमांकन हुनु पर्ने धारणा राखे ।
मान्छे मार्ने सूचना कहाँबाट पाए बर्षमानले?
मधेस बलिरहँदा रामचन्द्रले भने– उत्कृष्ट प्रदेश भनेकै २ नम्बर हो
रामचन्द्र झाले सीमांकनसहितको ६ प्रदेश बनाइनु ठीक भएको भन्दै प्रदेश नम्बर दुई सबै रुपमा उत्कृष्ट भएको बताएका हुन् । ‘प्रदेश नम्बर २ उन्नत भूमि हो, भौगोलिक रुपमा पनि ठीक छ यसलाई सबैको स्वीकार गर्नु गर्नुको विकल्प छैन’

Tula Narayan Shah: शहिद निवास भारदहबाट प्रधानमन्त्रीलाई अपडेट

अगर आप मधेशी हे तो अवश्य देखे। जय मधेश अपना देश। डा. सी के राउत जिन्दाबाद।

Posted by Chaturanand Madhesi on Sunday, July 5, 2015


Tula Narayan Shah
शहिद निवास भारदहबाट प्रधानमन्त्रीलाई अपडेट

सम्मानिय प्रधानमन्त्रीज्यू ,

आज विहान हामी(म र दिपेन्द्र झा) भारदह पुग्दा चारै तिरबाट स्थानियहरुले घेरा हाले । १० बर्षे बच्चादेखी ८० बर्षे बृद्धसम्मको एउटै आवाज थियो ।

पुलिसले हामीमाथी गाली गर्दै विहारी भन्दै गोली हान्यो हजुर । हामी कसरी बाच्ने ?

घर घरमा पसेर कुटेको छ । जथाभावी गोली प्रहार गरेको छ । घरका भित्ताहरुमा जताततै गोलीको निसाना छन् । टोलमा रहेको बाँसहरुमा गोली छेरिएको दृश्यहरु जस्ताको तस्तै छ । हामी टोलभरीका युवा वृद्ध बृद्धाहरुको गुनासो सुन्दै राजेन्द्र कुमार राउत (राजीव राउत)को निवास पुग्यौँ । हिजो भारदहमा प्रहरीको गोली लागेर राजीवको मृत्यू भएको थियो । निवासभन्दा केही पर भारदह चौक र कंकालनी मन्दीरको बीचको सडकमा सुकेको रगतका टाटाहरु देखियो । स्थानिय युवाहरुले सुनाए, गोली लागीसकेपछि भाग्दा भाग्दै राजीव यहीँनिर ढलेका थिए । थर्ड एलायन्सका साथी शिवेन्द्र दासले फोटो खिच्नुभो ।

हामी राजीबको निवास पुग्यौँ । दरबाजाको दाहिने जस्ताको छाना भएको सिमेन्टले प्लास्टर गरिएको घर र देब्रेपटी गोठ छ । प्लास्टर भएको पर्खालमा शुभविबाह लेखिएको छ । तर घरमा अशुभ घटना घटेको छ ।

आँगनमा सबै आईमाईहरु रोएको आबाज सुनियो ।

गोठसँगै रहेको दलानमा हामी बस्यौँ । वरिपरि रोदनको बीच हामी स्तब्ध भएर धेरैबेरसम्म सोचमग्न रहयौँ । बरिपरि झुम्म रहेका पुरुष र बालकहरुको भीड हाम्रो स्तब्धतालाई चिर्न खोज्यो ।

आँगनमा रहेका राजीबका विधवा र दुई कलिला नानीहरु अचेत अवस्था सुतिराखेको छ ।

घरको माहौलल दिपेन्द्र झालाई भक्कानिएर रुनबाट रोक्न सकेन । उनी राजीबका ३ महिने छोरीलाई काखमा लिएर भावुक भए । शायद मुद्रा शान्ति पनि यसैलाई भन्छ । कोइ कसैसँग नबोलि हामी फेरी दलानमा आएर बस्यौँ । घरको माहौलले दिपेन्द्रको आँशुलाई थाम्न दिएनन् । हामी स्तब्धताकै बीच यो पोष्ट लेख्दै छु ।

स्थानियहरुको गुनासो छ, हामीलाई बिहारी भन्दै गाली मात्र गरेनन्, जथाभावी गोली प्रहार गरयो । आँगन आँगनमा पचासौँ राउण्ड अश्रु ग्यास फालियो । बारी र अगेनाहरुमा हरियो घास डढेको दृश्य भारदहको वडा नम्बर १ र २ मा दर्जनौ छन् ।

आन्दोलनको दिन गोली चलेपछी कफर्यू लगाएको थियो । कंकालनी मंदिरनिर बाटो थुनिएको थियो । तर विहानैदेखी गाई बस्तु चराउन गएका महिला, पुरुष सबैलाई आउन दिइएन् ।

राती गाऊँमा घरघरमा गएर प्रहरीले थर्काउँदै गाली गरेको थियो । महिलाहरुलाई दुब्र्यबहार गरियो । कफर्यूको बेला पर्वते अनुहार चालक भएका मोटर साइकललाई जान दिएको थियो । मधेसी अनुहारका मोटरसाइकल चालकहरुलाई जथाभावी गाली र कुटपिट गरेको थियो ।

प्रधानमन्त्रीज्यू, के भारदहका मधेसीहरु बिहारी हुन ? के प्रहरीले बल प्रयोग गर्दा गाली गर्नुपर्छ । के गृहमन्त्रीले आफनो प्रहरीलाई त्यस्तै निर्देशन दिएको हो ? सभासदजीहरुले सदभभित्र सामाजिक सदभावको रट लगाई रहँदा के प्रहरी प्रशासनको ब्यवहारबाट भारदहमा सदभाव बलियो हुँदैछ ? सम्मानिय अनुपराज शर्मासँग हाम्रो प्रश्न छ,

के राष्ट्रिय मानवअधिकार आयोगको कार्यक्षेत्र भित्र भारदह घटनाको छानबीन पर्दैन् ?

के काठमाण्डौका अधिकारबादीहरु भारदहको घटनाबारे बोल्नु पर्दैन ? भारदहबारे सरकार र अधिकारबादीको मौनता कहिलेसम्म ?

अंगीकृत

अंगीकृत भनेको दोस्रो दर्जा को नागरिक भनेको नेपालमा।



अमरेश गोलघर होइन बामे हेग पुग्छ http://demrepubnepal.blogspot.com/2015/08/blog-post_417.html
१०० डिग्री फ्यारेनहाइट http://demrepubnepal.blogspot.com/2015/08/blog-post_455.html

कर्णाली र महोत्तरी: गरीब बनाइएका दुबै

कर्णाली र महोत्तरी। गरीब बनाइएको दुबै।

कर्णाली र मधेस। गरीब बनाइएको दुबै।

मधेस र कर्णाली दुबै सयकरौं वर्ष अघि समृद्ध साम्राज्य हरु थिए। अहिले यति सार्हो गरीबी छ। दुबै ठाउँ मा।

गोरखा राज्य को विस्तार का क्रम मा झुक्न नमानेका यी दुई ठाउँ आफै गरीब भएका होइनन्। यिन लाई गरीब बनाइएको हो। त्यस मानेमा कर्णाली र मधेस जुड़वा हुन --- twins.

काठमाण्डु का शासक वर्ग ले संघीयता नबुझेको होइन कि बुझ पचाएको। ज्ञानेन्द्र ले लोकतंत्र नबुझेको होला? होइन होला।

कर्णाली का जनता ले संघीयता र स्वायत्तता बुझेका छन।

कर्णाली ले, मधेस ले, थरुहट ले आ-आफ्नो इतिहास बाट सबक लिनु पर्छ। ५०० वर्ष अगाडि समृद्ध रहेका मधेस र कर्णाली आज २१ औं शताब्दी मा किन यति गरीब? यो गरीबी कृत्रिम हो। यो गरीबी काठमाण्डु को उपनिवेशीकरण का कारणले हो।

Human Development Index मा र जनसंख्या मा कर्णाली र महोत्तरी उस्तै उस्तै ठाउँ मा छन अहिले।

कर्णाली को भाषा लियो काठमाण्डु को गोर्खाली शासक ले किनभने उसँग आफ्नो लवज थिएन। मधेस को अन्न लियो काठमाण्डु को गोर्खाली शासक ले किनभने उसँग खेतीबारी छैन। खोसेर लियो, चोरी गर्यो।

लोकतंत्र र संघीयता ले संभव बनाउने आर्थिक क्रांति ले सबै लाई समेट्छ। गरीबी बाहेक केही नदेखेका, गरीबी बाहेक केही कल्पना नगरेका तीन दलका बाहुन ले संघीयता को मुद्दा मा खुट्टा घिसारेर आर्थिक क्रांति को संभावना लाई पर पर सार्दैछन्।




संविधान निर्माणको संकट
एमाले जतिसक्दो छिटो संविधान जारी गरेर सरकारको नेतृत्व लिन चाहन्छ । तर, कांग्रेसलाई सरकारको नेतृत्व छाडने हतार छैन । देशमा अहिले देखिएको विचलन कांग्रेसका लागि, खासगरेर प्रधानमन्त्री सुशील कोइरालाका लागि, प्रतिकूल देखिएको छैन । ...... देशका नेताहरु तारिख दिन खप्पीस अदालतका कारिन्दाजस्ता छन् । संविधान जारी हुने पछिल्लो तारिख भदौ १५ का लागि तोकिएको छ । देशको परिस्थितिले भने संविधान निर्माण तोकिएको तारिखको अनुकूल देखिदैन । ..... संघीय राज्य सीमांकनका विषयमा उठेको विवाद र विरोध देशभरि नै जारी छ । कहिल्यै स्व:स्फूर्त हिसाबले राज्यको सक्रिय विरोधमा नउत्रिएका सुदूर पहाडी क्षेत्रका जनता अभूतपूर्व हिसावले असन्तोष प्रकट गर्दैछन् ।

नेपालको सबभन्दा चीसो मानिएको कर्णाली क्षेत्रका जनता तातेका छन् ।

सुदूर पश्चिममा देशभित्रै ‘अखण्ड’ राज्यको खोजीगर्नेहरु सक्रिय छन् ।

भूमिपुत्रका रुपमा परिचित थारु समुदायका सीधासादा सदस्यहरुले यत्रो परिवर्तनपछि पनि आफू ठगिएको महसूस गरेका छन् ।

.......... सरकारले जनताको यो खिन्नता र असन्तुष्टीलाई शान्ति र व्यवस्थाको समस्याका रुपमा लिएको देखिन्छ । जनताको प्रदर्शनको जवाफमा सरकारले गोली चलाएकोछ, डाँडा–काँडामा कफर््यू लगाएकोछ र लोकतान्त्रिक गणतन्त्रको खिल्ली उडाएको छ । देश राजनीतिक हिसावले रुपान्तरित भइसके पनि शासन–प्रशासनको पुरानो शैलीमा कुनै परिवर्तन आएको छैन । संविधान निर्माणका क्रममा अहिले उठेका विवादले प्रत्यक्ष–अप्रत्यक्ष रुपले निर्वाचित संविधानसभाका सबै छ सय एक सदस्यहरुलाई मूक र वधीर सावित गरिदिएकोछ । .......... संविधानसभाले अर्बौ रुपैयाँ खर्च गरेर मञ्चन गरेको सुझाव संकलनको नाटक पनि तमाशा सावित भएकोछ । संघीय राज्यको सीमांकन त एउटा पक्ष मात्रै हो । ...... लोकतन्त्रको नाममा ठट्टा र ख्यालख्यालको राजनीतिमा लागेका नेताहरुले गम्भीर राष्ट्रिय मामिलामा पहिलोपटक ठूलो चुनौतिको सामना गरेका छन् । अहिलेको परिस्थितिमा ‘तोकिएको’ तारीखभित्र संविधान निर्माणको काम सकिएला भन्ने विश्वास स्वयं राजनीतिक दलका नेताहरुमा नै देखिदैन । .......

मीनेन्द्र रिजालको विचारमा दुई करोड असीलाख जनताको चित्त बुझाउन सकिदैन, बुझाउन खोज्दा संविधान बन्दैन । अहिलेको राजनीतिको चूरो कुरो यही हो ।

.....

जनताको चित्त बुझाउने प्रयत्नसम्म पनि भएको छैन । नेताहरुमा गोली चलाएर भए पनि शासन गर्नै पर्दछ भन्ने मानसिकता हावी छ ।

....... नेपालका राजनीतिक नेताहरु जनताप्रति भरोसा राख्दैनन् । शक्तिकेन्द्रको आराधना नगरेसम्म सत्ताको केन्द्रमा पुग्न नसकिने विश्वास निकै बलियो छ । ...... अहिलेको राजनीतिक वृत्तमा प्रधानमन्त्री कोइराला सबैभन्दा खारिएका खेलाडी हुन् । उनले स्वाभाविक हिसावले सत्ता छोडने कल्पना कसैले गरेको छ भने उसले कोइरालाको राजनीति बुझेको छैन । कांग्रेसको आसन्न महाधिवेशन स्थगित हुने निश्चित भएको अवस्थामा संविधान निर्माणको गति जति सुस्त हुँदै जान्छ, त्यति नै कोइरालाको सत्ताले निरन्तरता पाउँछ । ......... एकीकृत माओवादीको एउटा पक्ष एमालेको नेतृत्वमा सरकार गठन गर्ने वातावरणको निर्माण गर्न निकै हतारिएको देखिन्छ ।
झापा बन्दले जनजीवन प्रभावित
प्रहरीले झापाको विर्तामोबाट बन्दकर्तालाई नियन्त्रणमा लिएको हो । जबरजस्ती यातायात बन्द गराउँदै सवारी तोडफोडमा समेत संलग्न भएको आरोपमा शान्ति समिति झापाका संयोजक तथा सद्भावना पार्टीका जिल्ला अध्यक्ष गणेश, तराई मधेस लोकतान्त्रिक पार्टी झापाका जिल्ला अध्यक्ष त्रिनारायण राजवंशी, सुन्दरलाल गणेश, सुरेश यादव, गणेश ढुंगाना लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
चारदिन देखि विराटनगर पनि बन्द
आज पनि विराटनगरका बजार पसल खुल्न सकेका छैनन् । यहाँबाट संचालन हुने ठुला तथा साना सवारी साधन संचालनमा आउन सकेको छैनन् । ..... बन्दका कारण कुनैपनि विद्यालय खुल्न सकेका छैनन् । चोक चोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् । चारदिन यता मुलुककै मुख्य नाकाको रुपमा रहेको विराटनगर भन्सार कार्यालयमा राजश्व संकलन समेत ठप्प छ ।
भारदहमा कर्फ्यू खुले लगत्तै प्रहरी बिटमा अागजनी
केही समय अघि भएको सर्वदलीय छलफलले मंगलबार प्रहरीको गोली लागि मृत्यु भएका राजीव राउतको दिउँसो ४ बजे शान्तीपूर्ण शवयात्रा गरि दाहसंस्कार गर्ने निर्णय गरेको छ । प्रदर्शनकारीहरु उग्र भए पनि

प्रहरी आज ईलाका प्रहरी कार्यालयबाट बाहिर निस्केको छैन ।

...... यसैबीच भारदहमा अन्दोलमा थप बला पुर्‍याउन भन्दै नेकपा माओवादीका अध्यक्ष मातृका यादव भारदह आइपुगेका छन् । यस्तै मधेसी मोर्चा सम्बद्ध सबै मधेसवादी दलका जिल्ला नेताहरु भरदहमा आइपुगेका छन् ।
कर्णालीको आवाज
काठमाडौंका लागि कर्णाली दुर्गम हो भने कर्णालीका लागि पनि काठमाडौं दुर्गम छ। नेपालको कुल क्षेत्रफलमध्ये १५ प्रतिशत भूभागमा फैलेको सबभन्दा ठूलो अञ्चल हो कर्णाली ..... कर्णाली नेपालको ‘गाडधन’ वा वैभवको गुप्त भण्डार (हिडेन ट्रेजर) हो। यहाँको जनशक्ति, जलशक्ति, जडिबुटी, शिल्पकला, स्याउ तथा अन्य अर्गानिक खाद्यवस्तु नेपालमा अन्यत्र पाइँदैन। यार्चागुम्बा, उच्चकोटीका च्याउ लगायत विभिन्न जडिबुटीहरूले यो अञ्चल समृद्ध छ। विश्वकै सबभन्दा उच्च अक्षांश (हाइ अल्टिच्युड) मा फल्ने, कर्णालीमा खेती गरिने ‘मार्सी’ धान विश्वमा अन्यत्र कतै खेती हुँदैन। अनुमानित २२ हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन क्षमता यहीं छ। ...... ४ महान नदीहरूको शिर यही पवित्र क्षेत्रमा पर्छ। सिन्धु नदी (तिब्बती भाषामा ‘संगे खाबाब’), सतलज नदी अर्थात गंगा (तिब्बतीमा ‘लाङ्छेन खाबाब’), हाम्रो कर्णाली (तिब्बतीमा ‘म्याप्चा खाबाब’ वा भारतमा ‘घाघरा’) र ब्रह््मपुत्र (तिब्बतीमा यार्लुङ साङ्बो अर्थात ताम्छो खाम्बाब) कर्णालीका दिदीबैनी नदी मानिन्छन्। ..... वास्तवमा कर्णालीले समृद्ध भूगोलमाथि बसेका विपन्न नेपालीको प्रतिनिधित्व गरिरहेको छ। रारा ताल, से–फोक्सुन्डो ताल, पचाल झरना, बडीमालिका जस्ता अनगिन्ती पर्यटकीय स्थलले भरिपूर्ण

कर्णालीले सिंहदरबारको निगाह होइन, न्याय खोजिरहेको छ।

...... वि.सं. १८४६ अघिको विशाल खस राज्य .... ‘काठमाडौंका महिला ६० का पनि ३० का जस्ता, डोल्पाका महिला ३० का पनि ६० का जस्ता’ ..... गरिबी, कुपोषण, कामको अत्यधिक चाप, अशिक्षा र बालविवाह तथा चाँडो बच्चा पाउने प्रथा। ...... कर्णालीवासीलाई नेपाली कांंग्रेसको सन्देश छ, तपाईंहरूका हर साझा मुद्दा र साझा हकहितका विषयमा नेपाली कांंग्रेस बिनासर्त तपाईंंहरूसँगै छ। ...... संघीयता भएका भारतको उत्तरप्रदेशको जनसंख्या २० करोड छ भने मिजोरम राज्यको जनसंख्या मात्र ११ लाख छ। ...... देवपुरी हुम्लालाई हेर्दा शिवजीको जन्मभूमि हो भन्ने मान्न कर लाग्छ। ..... आजको कर्णाली मानवनिर्मित समस्यामा परेको छ। उत्तरतिरको सिमाना बन्द छ, दक्षिणको सिमानासम्म कर्णालीको पहुँच नहुनु थप कष्टकर अवस्थाको द्योतक हो।
सीमाङ्कनमा असन्तुष्टि र सम्बोधन
एनआरएन अध्यक्षमा रतन झाको उम्मेद्वारी

सिरहामा आन्दोलनकारीले लखेटे प्रहरीलाई

मिर्चैया, सिरहामा आन्दोलनकारीले लखेटे प्रहरीलाई | भदौ १| Video



मिर्चैया, सिरहामा आन्दोलनकारीले लखेटे प्रहरीलाई | भदौ १|भिडियो: जयनाथ ठाकुर जी
Posted by Madhesi Community on Tuesday, August 18, 2015


Source





गोलबाजार





Tula Narayan Shah
शहिद निवास भारदहबाट प्रधानमन्त्रीलाई अपडेट !!
सम्मानिय प्रधानमन्त्रीज्यू ,
आज विहान हामी(म र दिपेन्द्र झा) भारदह पुग्दा चारै तिरबाट स्थानियहरुले घेरा हाले । १० बर्षे बच्चादेखी ८० बर्षे बृद्धसम्मको एउटै आवाज थियो । पुलिसले हामीमाथी गाली गर्दै विहारी भन्दै गोली हान्यो हजुर । हामी कसरी बाच्ने ?
घर घरमा पसेर कुटेको छ । जथाभावी गोली प्रहार गरेको छ । घरका भित्ताहरुमा जताततै गोलीको निसाना छन् । टोलमा रहेको बाँसहरुमा गोली छेरिएको दृश्यहरु जस्ताको तस्तै छ ।
हामी टोलभरीका युवा वृद्ध बृद्धाहरुको गुनासो सुन्दै राजेन्द्र कुमार राउत (राजीव राउत)को निवास पुग्यौँ । हिजो भारदहमा प्रहरीको गोली लागेर राजीवको मृत्यू भएको थियो । निवासभन्दा केही पर भारदह चौक र कंकालनी मन्दीरको बीचको सडकमा सुकेको रगतका टाटाहरु देखियो । स्थानिय युवाहरुले सुनाए, गोली लागीसकेपछि भाग्दा भाग्दै राजीव यहीँनिर ढलेका थिए । थर्ड एलायन्सका साथी शिवेन्द्र दासले फोटो खिच्नुभो ।
हामी राजीबको निवास पुग्यौँ । दरबाजाको दाहिने जस्ताको छाना भएको सिमेन्टले प्लास्टर गरिएको घर र देब्रेपटी गोठ छ । प्लास्टर भएको पर्खालमा शुभविबाह लेखिएको छ । तर घरमा अशुभ घटना घटेको छ । आँगनमा सबै आईमाईहरु रोएको आबाज सुनियो । गोठसँगै रहेको दलानमा हामी बस्यौँ । वरिपरि रोदनको बीच हामी स्तब्ध भएर धेरैबेरसम्म सोचमग्न रहयौँ । बरिपरि झुम्म रहेका पुरुष र बालकहरुको भीड हाम्रो स्तब्धतालाई चिर्न खोज्यो । आँगनमा रहेका राजीबका विधवा र दुई कलिला नानीहरु अचेत अवस्था सुतिराखेको छ । घरको माहौलल दिपेन्द्र झालाई भक्कानिएर रुनबाट रोक्न सकेन । उनी राजीबका ३ महिने छोरीलाई काखमा लिएर भावुक भए । शायद मुद्रा शान्ति पनि यसैलाई भन्छ । कोइ कसैसँग नबोलि हामी फेरी दलानमा आएर बस्यौँ । घरको माहौलले दिपेन्द्रको आँशुलाई थाम्न दिएनन् । हामी स्तब्धताकै बीच यो पोष्ट लेख्दै छु ।
स्थानियहरुको गुनासो छ, हामीलाई बिहारी भन्दै गाली मात्र गरेनन्, जथाभावी गोली प्रहार गरयो । आँगन आँगनमा पचासौँ राउण्ड अश्रु ग्यास फालियो । बारी र अगेनाहरुमा हरियो घास डढेको दृश्य भारदहको वडा नम्बर १ र २ मा दर्जनौ छन् ।
आन्दोलनको दिन गोली चलेपछी कफर्यू लगाएको थियो । कंकालनी मंदिरनिर बाटो थुनिएको थियो । तर विहानैदेखी गाई बस्तु चराउन गएका महिला, पुरुष सबैलाई आउन दिइएन् । राती गाऊँमा घरघरमा गएर प्रहरीले थर्काउँदै गाली गरेको थियो । महिलाहरुलाई दुब्र्यबहार गरियो । कफर्यूको बेला पर्वते अनुहार चालक भएका मोटर साइकललाई जान दिएको थियो । मधेसी अनुहारका मोटरसाइकल चालकहरुलाई जथाभावी गाली र कुटपिट गरेको थियो ।
प्रधानमन्त्रीज्यू, के भारदहका मधेसीहरु बिहारी हुन ? के प्रहरीले बल प्रयोग गर्दा गाली गर्नुपर्छ । के गृहमन्त्रीले आफनो प्रहरीलाई त्यस्तै निर्देशन दिएको हो ? सभासदजीहरुले सदभभित्र सामाजिक सदभावको रट लगाई रहँदा के प्रहरी प्रशासनको ब्यवहारबाट भारदहमा सदभाव बलियो हुँदैछ ? सम्मानिय अनुपराज शर्मासँग हाम्रो प्रश्न छ, के राष्ट्रिय मानवअधिकार आयोगको कार्यक्षेत्र भित्र भारदह घटनाको छानबीन पर्दैन् ? के काठमाण्डौका अधिकारबादीहरु भारदहको घटनाबारे बोल्नु पर्दैन ? भारदहबारे सरकार र अधिकारबादीको मौनता कहिलेसम्म ?

One Thought


मधेसी को पहाड़ को अनुभव

यस बारे तीन दल का शीर्ष नेता हरु लाई के भन्नु छ?

Badrinath Jha
मसँग सातपुस्ते बन्सजको नेपाली नागरिकता छ । हामी नेपाली हुन अझै के गर्नु पर्‍यो ?

प्रसँग: मेरो परिवार बिगत १७ महिना देखी पोखरको एउटा टोलमा बस्दै आइरहेको छ | मेरो १२ बर्शे छोरोलाई स्कुलमा , छिमेकमा तिमी धोती,ईण्डियन, मधेशी, काले (जबकी कालो छैन) भन्दै जिस्काउने गर्दछन। उसलाई योकुराहरुको केही अर्थ लाग्दैनथ्यो पहिले। यी कुराहरु खाली कुरामा सिमित रहदासम्म धेरै मतलब गर्दैनथ्यो तर घरमा हामीलाई सुनौथ्यो। हामीले नयाँ स्थानको cultural shock हो बुझेर समझौने गर्दथ्यौ। पछी-पछी अती हुँदा उसले प्रतिवाद गर्दा बेला-बेलामा physical harassment सम्म हुनेगरेको रहेछ | उसँग यस्तो घटना उसले सिक्दै गरेको कराते क्लासमा पनि हुने गरेको रहेछ शिक्षक को उपस्थितिमा | आज एक बिहानै कराते क्लास बाट छटपटौदै दौेडेर घर आयो र मलाई भन्यो पप्पा "आज फेरी मलाई तिमी धोती, ईण्डियन भन्दै मैले प्रतिवाद गर्दा मलाई कु्टपिट गरे र म सहन नसकी भागेर घर आएको" | यसले उसको बाल मस्तिस्कमा के असर पारेको छ र उसले भविश्यमा कस्तो मनस्थिती लिएर अगाडि जाला ? उसले मलाई सोध्दै छ , पप्पा "के म नेपाली होइन र " (he is also holding Nepali passport for 4 years now) ? "अनि म नेपाली हुन अझै के गर्नु पर्‍यो" ? म निरिह के गर्ने ?


शेखर गोल्छा, Public Space, Private Space, नेपाली नागरिकता र मधेसी पहिचान

Tuesday, August 18, 2015

In The News (21)

टिकापुरमा बोलेकै हो, हिम्मत भए कारबाही गरेर देखाऊ
कैलालीको टिकापुरमा आयोजित सभा ऐतिहासिक रुपमा भब्य र सफल भएको थियो । हजारौं जनता सहभागी भएका थिए । तर त्यति ठूलो सभालाई नेपालका कुनै पनि मूलधारका मिडियाले कभरेज गरेनन् । नेपालका मिडिया पूर्णतः पूर्वाग्रही भए । तर हुँदै नभएको, बोल्दै नबोलेको कुरालाई बाहिर ल्याए । त्यहाँ हामीले गरेको अडियो टेप गृहमन्त्रीले संसदमा बुझाए । ...... विगतकै आन्दोलनबाट प्राप्त भइसकेको उपलब्धी चार दलले बनाएको संविधानको मस्यौदामा खोसिएको छ । मधेसी जनताको अधिकार खोसिएको छ । अन्तरिम संविधानले दिएको अधिकारसमेत नयाँ संविधानमा नहुने भयो । यो प्राप्त गर्न फेरि एक पटक आन्दोलन गर्नु पर्ने भयो । आफ्नो अधिकारका लागि आन्दोलन गर्न तयार हुनुहोस् भनेर हामीले जनतालाई भन्यौं । जनतालाई आन्दोलनका लागि आह्वान गर्ने कुरा बोलेकै हो । यदि अधिकार प्राप्तिका लागि गरेको आह्वान विखण्डनवादी हुन्छ भने, साम्प्रदायिक हुन्छ भने होस । हामीले बोलेकै हो, हिम्मत भए गृहमन्त्रीले कारवाही गरेर देखाउन् । ...... झापादेखि कञ्चनपुरसम्मको भूभाग मधेसको हो । तराइमा एउटा मधेस प्रदेश हुन्छ । त्यो झापादेखि पर्सासम्मको र अर्को नारायणीदेखि कञ्चनपुरसम्मको थरुहट हुन्छ । तराईमा हुने यी दुई प्रदेश मात्रै हुन् । उत्तरतर्फको चुरेसम्मको क्षेत्र सबै मधेसको हो । लिम्बुवान चाहिनेले झापा मोरङको पहाडी भाग लैजान्छन् । चुरे तलको भाग मधेस प्रदेशमा गाभिनु पर्छ । कैलाली कञ्चनपुरलाई अखण्डबाट झिकेर थरुहटमा मिसाउनु पर्छ । किनभने त्यस क्षेत्रका जनताले त्यही खोेजेका छन् । पचास वर्ष अघि पहाडबाट पश्चिम तराईमा झरेर थारुहरुलाई कम्लरी बनाउनेहरुकै फेरि पनि शासन हातमा गयो भने कसरी थारुको मुक्ति हुन्छ ? बाँके बर्दियाका जनताले रुकुम, रोल्पा गएर आफ्नो राज्य खोज्न सक्दैनन् । यो हुन सक्दैन । ....... हामीले खोजेजस्तो प्रदेश दिनु पर्छ । त्यस्तो भयो भने मधेसको दुईवटै प्रदेश सामथ्र्यवान हुन्छन् । हामीले प्रदेश मागिरहेका छौं । तर यी चार दलले देश माग्यो, विखण्डनकारी कुरा गर्यो भनेर हल्ला गरिरहेका छन् । सबै प्रदेशलाई भारतसँग जोडने गरी प्रदेश निर्माण गरिएको छ । वास्तवमा विखण्डनकारी काम त चार दलले गरिरहेका छन् । भारतसँग सीमा किन जोड्नु पर्यो ? के यो छुट्टै देश बनाएको हो र भारतसँग सीमा जोड्नु पर्ने ? संविधानको मस्यौदा प्रतिगमनकारी छ । नेपाली समाजलाई पचास वर्ष पछाडि धकल्ने मस्यौदा बनेको छ । प्रतिगमनको विरुद्ध राजा ज्ञानेन्द्रसँग लड्यौं । अहिले फेरि

यी चार दल चार वटा राजा भएर देखा पर्न खोज्दैछन् ।

........ मौद्रिक नीति, विदेश नीति, सुरक्षाबाहेक अधिकार प्रदेशलाई हुनुपर्छ । तर अहिलेको मस्यौदाले प्रदेशलाई जिल्ला विकास समितिलाई जति पनि अधिकार दिएको छैन । यस्तो संघीयता हामीले खोजेको होइन । सुरुमा हामीले सीमांकनसहितको संघीयता भन्यौ । अहिले सीमांकन त भयो तर गलत तरिकाले भयो । हामीले समावेसी समानुपातिक प्रतिनिधित्व खोजेका थियौं । अहिले समावेसी मात्रै बनाइयो । समानुपातिक छैन । तराईमा आधा जनसंख्या बस्छ । तर १६५ सिटमा ६५ सिट पनि तराईलाई छैन । एकात्मकवादी, खसवादी, केन्द्रीकृत राज्यप्रणालीबाट उत्पीडनमा परेका जनताको मुक्ति भएन । अधिकारसहितको संघीयता नभएसम्म हाम्रो आन्दोलन जारी हुन्छ । माग पुरा नभएसम्म तराईमा अनिश्चितकालीन आमहडताल चलिरहन्छ ।

मधेसी जनताले अधिकारका लागि रगत बगाएका छन् । रगत खेर जान दिनेछैनौं ।

बाँके बन्दले जनजीवन कष्टकर, दैनिक पाँच करोडको व्यापार घाटा
बन्दका कारण नेपालगन्जबाट बाहिर जाने र भित्रिने कुनै पनि यातायातका साधन सञ्चालनमा आउन सकेका छैनन्, जसका कारण ठाउँठाउँमा यात्रु बिचल्लीमा परेका छन् ।
राष्ट्र टुक्र्याउन पैसाको खोलो बगाउने को होला?
तर यीनीहरुको गतिविधिमा बहालवाला मन्त्री र विदेश बस्ने नेपालका एक धनीमानीको आडभरोसा रहेको पुष्टि भएको छ । ..... उनीहरुलाई २८ गते सुरक्षाकर्मीले टिकापुरबाट एस्कर्टिङ गरेर नेपालगञ्जको सिद्धार्थ भ्यू होटल ल्याइपुर्याए । २९ गते दिनभर अलग–अलग र सामुहिक भेटघाट सकेर साँझ ५ः३० बजे बुद्ध एअरको अन्तिम उडानबाट काठमाण्डु लागे । ६ः३० बजे काठमाण्डु टेकेर अमरेशकुमार सिंह विमानस्थलबाट सोझै मन्त्री निवास पुगे । त्यहा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालसँग उनको डेढ घण्टा गोप्यवार्ता चल्यो । अमेरिकाबाट आएर देउवासँग निकट सही दक्षिणी क्यम्पतिर ढल्किएका मीनेन्द्र अन्ततः सोही समूह परिवर्तनका कारण पटक–पटक सत्ताको चास्नी चाट्ने तहमा पुग्न सकेका हुन् । भोलिपल्ट ५ः३० बजे भाटभटेनीस्थित उपेन्द्र महतोको भव्य निवासमा छिरे । ....... सबैजसो नेपाली नेता र दललाई वर्सेनि कुस्त रकम बाँडन सक्ने महतोसँग मध्यराति १२ बजेसम्म अमरेशले के के विषयमा वार्ता गरे होलान ? व्यापारिक परामर्श भनौ भने अमरेशको त्यो लाइन होइन । उता, उनको जिल्ला सिरहामा भाई वीरेन्द्र महतोले संविधान निर्माणविरुद्ध राजमार्ग जाम गरिरहेको अवस्था छ । वीरेन्द्र उपेन्द्र यादवको फोरमका समानुपातिक सभासद् हुन् । उपेन्द्रको पार्टी पनि ४ दलले गरेको संविधान जारी गर्ने प्रयत्नको विरोधमा छ । ....... कांग्रेसबाट निर्वाचित भए पनि आफूलाई हाकाहाकी भारतको दलाल भन्न रुचाउने अमरेश र उपेन्द्र यादव दुवै बाँके र कैलालीको यात्रामा सँगै थिए । उपेन्द्र महतोले करोडौं लगानी गरेर बहिनी जुलीलाई एमाले सभासद् बनाएका थिए भने भाई वीरेन्द्रलाई उपेन्द्र यादवको जिम्मा लगाएका थिए । एकातिर पार्टीलाई र राष्ट्रिय हितविरुद्ध बोल्दै हिँड्ने अमरेशलाई प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति सुशील कोइरालाले कारवाही गर्न नसक्ने, टिकापुरमा दिएको विखण्डनकारी भाषणको कपी गृहमन्त्रीले संसदमा पेस गर्दा सरकारकै प्रवक्ताले चाहिँ राति बोलाएर खासखुस गर्ने र यस्ता मान्छेलाई आधा राष्ट्र किन्न पुग्ने पैसा कमाइसकेका व्यापारीले आधारातसम्म भेट्ने भएपछि साउन महिनाभित्र संविधान जारी गर्न कसले रोक्यो भन्ने स्पष्ट नै छ ।
गृहमन्त्रीलाई डिआइजीले भने, ‘तपाईंका कारण हाम्रो शिर निहुरिएको छ’
नेपाल प्रहरीका माथिल्लो तहका सबै अधिकृतहरुको सामु त्यसरी आफ्नै आलोचना सुन्नपर्ला भन्ने कुरा गृहमन्त्री बामदेव गौतमले सायदै सोचेका थिए होला । तर, गत शुक्रबार उनकै सामुन्ने प्रहरी अधिकृतले पचासौं जनाको बीचमा भने,

‘तपाईं कारण हाम्रो शिर निहुरिएको छ ।’

....... डिआइजी नवराज सिलवाल .... तालिममा सहभागी सात डिआईजी र १३ एसएसपीले गृहमन्त्री गौतमलाई सम्बोधन गर्दै भने, ‘अहिले नेपाल प्रहरीको अधिकार खोसेर सशस्त्रलाई दिने जुन काम भएको छ, त्यसबाट हाम्रो मनोबल खस्किएको छ । ताप्लेजुङको ओलाङचुङगोलामा नेपालको झन्डा फहराएर बसेको सिपाहीको पनि आज यहि कारणले शिर निहुरिएको छ । काम गर्ने जाँगर नै मरेको छ । ’
शीर्ष नेताले बामदेवलाई सिंहदरबार बोलाएर भने, ‘जथाभावी गोली हान्ने होइन’
बाबुराम भट्टराईले बैठकमा गृहमन्त्री बामदेव गौतमलाई बोलाएर जनतामाथि अनावयश्क बल प्रयोग नगर्न आग्रह गरिएको बताए । ‘गृहमन्त्रीलाई बैठकमै बोलाएर सिमांकनको विषयमा असन्तुष्टि जनाइरहेका जनतामाथि अनावश्यक बल प्रयोग नगर्न भनेका छौं’, भट्टराईले भने, ‘राजनीतिक समस्याको समाधान बलप्रयोगबाट होइन, राजनीतिक तरिकाबाटै गर्नुपर्छ ।’
जनताका माग के हुन् बुझ्नै सकिएन: पौडेल
जनताले के माग राखेर आन्दोलन गरेको भन्ने बुझ्न नसकिएको उनको भनाइ थियो । ...... ‘जनताको मागै थापा पाउन सकिएको छैन’, पौडेलले भने, ‘भारदह र कपिल्वस्तुको माग के हो बुझ्न सकिएन ।’
सन्तुष्टि समाधान गरेरै संविधान ल्याउने प्रमुख दलको निर्णय

प्रमुख राजनीतिक दल सिमांकनमा देखिएको विवाद मिलाएरै संविधान जारी गर्न सहमत भएका छन् ।

....... विजयकुमार गच्छदारले प्रमुख दल आठ प्रदेशको सहमतिबाट पछि हटेर ६ प्रदेशमा झरेकाले सिमांकनलाई लिएर देशव्यापी असन्तुष्टि बढेको बताए ।
‘अराजक’ बन्दै कर्णाली आन्दोलन
विशेष अधिकारसहितको कर्णली स्वायत्त प्रदेश माग गर्दै १० दिनदेखि जारी आन्दोलन

नेतृत्व अभावमा अराजक बन्दै गएको छ ।

आठौं दिनदेखि नेतृत्वविहीन बनेको छ । सात दिनसम्म राजनीतिक दलले पालैपालो अगुवाई गरेका थिए । ....... आन्दोलनको आठौँ दिन संविधानसभा बाहिर रहेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी आन्दोलनको अगुवाई गर्न दिइएको थियो । .... आठौँ दिनमै प्रदर्शनकारीले यहाँ सरकमारी कार्यालयका साइनबोर्ड फ्याँके, तोडफोड गरे । उनिहरुले शिक्षा र वन कार्यालयमा आगो लगाए । नवौँ दिनमा बागवानी, हुलाक र वनस्पति कार्यालयमा आगजनी भयो ।


चार सय गाडी गन्तव्यमा
सोमबार साँझदेखि मंगलबार बिहानसम्ममा सिरहा र सप्तरीस्थित राजमार्गमा अलपत्र १७५ यात्रुबाहक बस, मालबाहक ट्रक र निजी सवारी साधनलाई मोरङ र झापासम्म पु¥याइएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।


दशौं दिन पनि जुम्लामा आन्दोलन जारी, बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु आदेश
बिहान कर्फ्यु हटेको समय पारेर आन्दोलनकारीहरुले सदरमुकाम खलंगामा नारा जुलुस गरेका थिए । ..... आन्दोलनकारीहरुले गाउँ छाड्न दबाब दिन थालेपछि गाउँमा रहेका प्रहरी चोकीहरु खाली हुन थालेका छन् । सबै चौकीमा रहेका प्रहरहिरु अहिले सदरमुकाम आइसकेको प्रहरी उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिए ।
सदभावनाले संविधानसभाबाट राजीनामा दिए,मधेशभर उक्त कार्यको सराहना( विज्ञप्तीको पुर्ण पाठ सहित) भाका सार्दै शीर्ष नेता
सीमांकनविरुद्धको असंगठित आन्दोलन र तिनका मागबारे अस्पष्टताका कारण सम्बोधन गर्न अप्ठ्यारो भएको शीर्ष नेताहरू भनाइ छ । 'आन्दोलनबारे ध्यानाकर्षण भएको छ । तर आन्दोलनमा कसको के माग हो भन्ने स्पष्ट छैन,' कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने, 'कपिलवस्तु र भारदह (सप्तरी) को माग के हो ? कसले के भनेका हुन् बुझ्ने कोसिस भइरहेको छ ।' ...... सप्तरीदेखि पर्सासम्मको प्रस्तावित प्रदेशमा सुरु भएको आन्दोलनलाई सम्बोधन गर्नुपर्ने उल्लेख गर्दै संयोजक भट्टराईले सबै प्रदेशको सीमांकन एकै मापदण्डका आधारमा हुनुपर्ने बताए । 'सुदूरपश्चिममा सेती-महाकाली एउटै हँुदा चित्त बुझ्ने, त्यहाँ एउटा नीति लागू गर्ने अनि अर्को ठाउँमा त्यो किन लागू नहुने ?,' उनले भने, 'यस्तो हुन सक्दैन ।' ...... शीर्ष नेताहरूबीच आम निर्वाचनमा निश्चित मत प्राप्त गर्ने दलहरूले मात्र राष्ट्रिय दलको मान्यता र समानुपातिकतर्फ सिट प्राप्त गर्नेगरी थ्रेसहोल्ड राख्नेमा सैद्धान्तिक सहमति भए पनि त्यसको प्रतिशत निर्धारण भएको छैन । ..... नयाँ संविधान जारी भएपछि संवैधानिक निकायका पदाधिकारीले स्वतः निरन्तरता पाउने व्यवस्थामा दलहरूबीच सहमति भइसकेको छ । 'नेपाली आमा वा बाबुबाट जन्मेका सन्तानले वंशजको नागरिकता प्राप्त गर्नेगरी' मस्यौदा परिमार्जन गर्नेमा पनि सहमति जुटेको छ । ...... कांग्रेस उपसभापति रामचन्द्र पौडेलका अनुसार प्रस्तावित जिल्लासभाका सभापतिले राष्ट्रियसभा सदस्य चयनका हुने मतदानमा भाग लिन पाउने/नपाउने, जिल्ला सभाको अधिकार कति हुने भन्नेमा पनि विवाद बाँकी छ । प्रमुख जिल्ला अधिकारी र वन अधिकृतले प्रयोग गर्दै आएको अर्धन्यायिक अधिकारबारे पनि छलफल चलेको पौडेलले बताए । प्रस्तावित मस्यौदामा गाउँ र नगरपालिकाको समन्वयनकारी निकायका रूपमा जिल्लासभा प्रस्तावित छ ।

सीमांकन पुनरावलोकनसहित बाँकी विवाद समाधानमा भएको ढिलाइले भदौको दोस्रो साताभित्र नयाँ संविधान जारी हुने सम्भावना कम हुँदै गएको छ ।

......

संविधान विधेयक निर्माणपछि सभासदलाई विधेयक वितरण, संविधानसभामा विधेयक पेस, विधेयकमाथि सैद्धान्तिक छलफल, सभासदलाई संशोधन प्रस्ताव दर्ता गराउने मौका, दफाबार छलफल, मतदान जस्ता प्रक्रिया बाँकी रहन्छन् ।

कहाँ बस्छन् प्रदेश प्रमुख ?
शीर्ष बैठकपछि बाबुरामले भने- पुच्छर छिर्‍यो, हात्ती अड्क्यो
'लोकतान्त्रिक' र 'वामपन्थी'हरू कमल थापालाई उछिन्न आतुरता देखिए
सम्पत्तिको हकमा “वौद्धिक सम्पत्ति” थप्ने, स्वतन्त्रताको हकमा ” नेपालको कुनै पनि भागमा पेशा, व्यवसाय…..गर्ने स्वतन्त्रता” थप्ने केही सकारात्मक सहमति भएका छन् । ...... नागरिकताको मुद्दामा लैंगिक समानता कायम गर्ने विषयमा परम्परगत पितृसत्तात्मक चिन्तनमाथि लाख कोशिश गर्दा पनि विजय हासिल गर्न सकिएन । यस मामिलामा हाम्रा मधेसी मित्रहरु झन् कन्जरभेटिभ पाइयो ! ....... धर्म निरपेक्षता परित्याग गर्न कांग्रेस र एमाले नेताहरूले कमल थापालार्इ उमेत उछिनेको ...... गणतन्त्रको अभिन्न पिलर धर्मनिरपेक्षता परित्याग गर्न ‘लोकतान्त्रिक’ र ‘वामपन्थी’ कित्ताकै मित्रहरुले कमल थापाहरुलाई समेत उछिन्ने गरी आतुरता देखाएको पाउँदा क्रान्तिको रापताप सेलाउँदै गए पछि सबै क्षेत्रमा प्रतिगमन कसरी मुखरित हुँदो रहेछ निकै चिन्तित तुल्याएको छ ।’
आन्दोलन संविधान बनाउनकै लागि : उपेन्द्र यादव
यो नाममात्रैको संघीयता भएको, केन्द्र बलियो बनाउने गरी मस्यौदा आएको उनको दाबी छ। तमलोपा, सद्भावना र तमसपासहित आन्दोलनरत ...... विगतमा मधेस आन्दोलनपछि राज्यले मधेससँग गरेको सम्झौताअनुसार यो संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल बनेको हो। त्यो सहमतिमा राज्यले हस्ताक्षर गरेको थियो, अहिले कार्यान्वयन गर्ने बेला उसैले उल्लंघन गर्‍यो। स्वायत्त मधेस प्रदेश, समावेशिता, पहिचान यो मस्यौदाबाट उल्ट्याएर विश्वासघात गरियो। चार दलका केही नेताले बालुवाटारमा मध्यराति निर्णय गर्ने, त्यसलाई संविधान मानेर जनतालाई लाद्ने प्रवृत्तिविरुद्ध आन्दोलन गरेका हौं। ..... मस्यौदाले दलित, महिला, कर्णाली, अल्पसंख्यक, जनजाति, थारू सबैलाई विभेद गरेको छ। हिजो राज्य पुनर्संरचना गर्ने सहमति गरेका

नेताहरू अहिले मेरो घर यो प्रदेशमा, ससुराली र चुनाव क्षेत्र अर्को प्रदेशमा भन्न थालेका छन्।

उनीहरू मधेस, मगरातलाई खण्ड–खण्ड पारेर कमजोर पार्न लागेका छन्। कर्णालीलाई उपेक्षित गरेका छन्। जनताले पाएका अधिकारसमेत खोसेका छन्, यो प्रतिगमन हो। ......

यो मस्यौदाका आधारमा संविधान बने जातीय गृहयुद्धको विषवृक्ष रोपिन्छ। त्यो नरोपियोस् भनेर आन्दोलन गरेका हौं।

..... हामीले कुनै नयाँ माग थपेर निहुँ खोजेका छैनौं। सबै पुराना माग हुन्, विगतका सहमति कार्यान्वयन गर्नुस्, त्यसका आधारमा संविधान पुनर्लेखन गर्नुस्। उहाँहरूले त्यसलाई पालना गर्ने हिम्मत देखाउनुभएको छैन। उहाँहरू आफ्नै कुरामा प्रस्ट हुनुहुन्न। पहिचान र सामथ्र्यका ८ प्रदेश बनाउने निर्णय १६ बुँदेमा गर्नुभयो। अहिले आफ्नै निर्णय उल्टाएर ६ प्रदेश बनाउनुभयो। उहाँहरूमा गम्भीर विचलन छ। जनमत संकलनमा जनताले दिएका सुझावसमेत लत्याउनुभयो। ....... यो आन्दोलन संविधान नबनाउन होइन, बनाउनका लागि हो। संविधान नबनाउने खेल हुन दिइन्न। हाम्रो माग सहमतिका आधारमा राम्रो संविधान बनाउँ भन्ने मात्रै हो। नाममात्रका संविधान त अहिलेसम्म ६ वटा बनिसके, त्यसको के अर्थ भयो र? .......

हाम्रो नेपाली संघीयता कस्तो हुने भन्ने मापदण्ड बनिसकेको छ, उहाँहरूले त्यसलाई कार्यान्वयन हो भने त्योभन्दा थप हाम्रो केही माग छैन।

..... राज्य पुनर्संरचना आयोगले दिएको प्रतिवेदनको कार्यान्वयन सहमतिको बटमलाइन हुन सक्छ। विगतका सम्झौता त्यसका आधार हुन्। राज्यले हस्ताक्षर गरेको कुरा उसैले उल्टाएर गद्दारी गरेको हो।
'Acche din' for Bihar: PM Modi announces Rs 1.25 lakh crore package
Giving more than what he had promised to Bihar during the electioneering for 2014 Lok Sabha elections, Prime Minister Narendra Modi on Tuesday announced a financial package of Rs 1.25 lakh crore for "transforming the destiny of the state." ....... He said, the centre would also provide Rs. 40,000 crore to the state for the ongoing existing projects besides the financial package. "Thus, total financial assistance for Bihar would go upto Rs 1.65 lakh crore," Modi said amidst thunderous applause from a very responsive audience at local Ramna Maidan of this district headquarters town, about 60 km west from Bihar's capital Patna........... He also inaugurated the 83 km long Muzaffarpur-Sonbarsa national highway after its conversion into two-lane from the previous single lane road. ........ "While electioneering for Bihar during the 2014 Lok Sabha polls, I had promised you to give a package of Rs 50,000 crore. But after becoming the PM when I learnt the nitty-gritty of governance at the centre, I came to know that nothing concrete could be done for the state in Rs 50,000 crore. During my last visit, I could not talk about it since the Parliament was in session. Just four days ago, Parliament session concluded and I am here to fulfill my promise. From this land of 1857 revolt hero Kunwar Singh and Jayaprakash Narayan, I announce a package of Rs 1.25 lakh crore to change the destiny of Bihar," Modi said. ........ "The previous governments at Delhi and Patna had not necessary stamina to spent funds. I promise you I will implement this package fully. If we want to solve people's problems then the only way ahead is development," the PM said......... Bihar CM Nitish Kumar, though invited, preferred to skip the function.