Showing posts with label Tula Narayan Shah. Show all posts
Showing posts with label Tula Narayan Shah. Show all posts

Wednesday, August 19, 2015

Tula Narayan Shah: शहिद निवास भारदहबाट प्रधानमन्त्रीलाई अपडेट

अगर आप मधेशी हे तो अवश्य देखे। जय मधेश अपना देश। डा. सी के राउत जिन्दाबाद।

Posted by Chaturanand Madhesi on Sunday, July 5, 2015


Tula Narayan Shah
शहिद निवास भारदहबाट प्रधानमन्त्रीलाई अपडेट

सम्मानिय प्रधानमन्त्रीज्यू ,

आज विहान हामी(म र दिपेन्द्र झा) भारदह पुग्दा चारै तिरबाट स्थानियहरुले घेरा हाले । १० बर्षे बच्चादेखी ८० बर्षे बृद्धसम्मको एउटै आवाज थियो ।

पुलिसले हामीमाथी गाली गर्दै विहारी भन्दै गोली हान्यो हजुर । हामी कसरी बाच्ने ?

घर घरमा पसेर कुटेको छ । जथाभावी गोली प्रहार गरेको छ । घरका भित्ताहरुमा जताततै गोलीको निसाना छन् । टोलमा रहेको बाँसहरुमा गोली छेरिएको दृश्यहरु जस्ताको तस्तै छ । हामी टोलभरीका युवा वृद्ध बृद्धाहरुको गुनासो सुन्दै राजेन्द्र कुमार राउत (राजीव राउत)को निवास पुग्यौँ । हिजो भारदहमा प्रहरीको गोली लागेर राजीवको मृत्यू भएको थियो । निवासभन्दा केही पर भारदह चौक र कंकालनी मन्दीरको बीचको सडकमा सुकेको रगतका टाटाहरु देखियो । स्थानिय युवाहरुले सुनाए, गोली लागीसकेपछि भाग्दा भाग्दै राजीव यहीँनिर ढलेका थिए । थर्ड एलायन्सका साथी शिवेन्द्र दासले फोटो खिच्नुभो ।

हामी राजीबको निवास पुग्यौँ । दरबाजाको दाहिने जस्ताको छाना भएको सिमेन्टले प्लास्टर गरिएको घर र देब्रेपटी गोठ छ । प्लास्टर भएको पर्खालमा शुभविबाह लेखिएको छ । तर घरमा अशुभ घटना घटेको छ ।

आँगनमा सबै आईमाईहरु रोएको आबाज सुनियो ।

गोठसँगै रहेको दलानमा हामी बस्यौँ । वरिपरि रोदनको बीच हामी स्तब्ध भएर धेरैबेरसम्म सोचमग्न रहयौँ । बरिपरि झुम्म रहेका पुरुष र बालकहरुको भीड हाम्रो स्तब्धतालाई चिर्न खोज्यो ।

आँगनमा रहेका राजीबका विधवा र दुई कलिला नानीहरु अचेत अवस्था सुतिराखेको छ ।

घरको माहौलल दिपेन्द्र झालाई भक्कानिएर रुनबाट रोक्न सकेन । उनी राजीबका ३ महिने छोरीलाई काखमा लिएर भावुक भए । शायद मुद्रा शान्ति पनि यसैलाई भन्छ । कोइ कसैसँग नबोलि हामी फेरी दलानमा आएर बस्यौँ । घरको माहौलले दिपेन्द्रको आँशुलाई थाम्न दिएनन् । हामी स्तब्धताकै बीच यो पोष्ट लेख्दै छु ।

स्थानियहरुको गुनासो छ, हामीलाई बिहारी भन्दै गाली मात्र गरेनन्, जथाभावी गोली प्रहार गरयो । आँगन आँगनमा पचासौँ राउण्ड अश्रु ग्यास फालियो । बारी र अगेनाहरुमा हरियो घास डढेको दृश्य भारदहको वडा नम्बर १ र २ मा दर्जनौ छन् ।

आन्दोलनको दिन गोली चलेपछी कफर्यू लगाएको थियो । कंकालनी मंदिरनिर बाटो थुनिएको थियो । तर विहानैदेखी गाई बस्तु चराउन गएका महिला, पुरुष सबैलाई आउन दिइएन् ।

राती गाऊँमा घरघरमा गएर प्रहरीले थर्काउँदै गाली गरेको थियो । महिलाहरुलाई दुब्र्यबहार गरियो । कफर्यूको बेला पर्वते अनुहार चालक भएका मोटर साइकललाई जान दिएको थियो । मधेसी अनुहारका मोटरसाइकल चालकहरुलाई जथाभावी गाली र कुटपिट गरेको थियो ।

प्रधानमन्त्रीज्यू, के भारदहका मधेसीहरु बिहारी हुन ? के प्रहरीले बल प्रयोग गर्दा गाली गर्नुपर्छ । के गृहमन्त्रीले आफनो प्रहरीलाई त्यस्तै निर्देशन दिएको हो ? सभासदजीहरुले सदभभित्र सामाजिक सदभावको रट लगाई रहँदा के प्रहरी प्रशासनको ब्यवहारबाट भारदहमा सदभाव बलियो हुँदैछ ? सम्मानिय अनुपराज शर्मासँग हाम्रो प्रश्न छ,

के राष्ट्रिय मानवअधिकार आयोगको कार्यक्षेत्र भित्र भारदह घटनाको छानबीन पर्दैन् ?

के काठमाण्डौका अधिकारबादीहरु भारदहको घटनाबारे बोल्नु पर्दैन ? भारदहबारे सरकार र अधिकारबादीको मौनता कहिलेसम्म ?