Showing posts with label mirchaiya. Show all posts
Showing posts with label mirchaiya. Show all posts

Wednesday, August 19, 2015

सिरहामा आन्दोलनकारीले लखेटे प्रहरीलाई

मिर्चैया, सिरहामा आन्दोलनकारीले लखेटे प्रहरीलाई | भदौ १| Video



मिर्चैया, सिरहामा आन्दोलनकारीले लखेटे प्रहरीलाई | भदौ १|भिडियो: जयनाथ ठाकुर जी
Posted by Madhesi Community on Tuesday, August 18, 2015


Source





गोलबाजार





Tula Narayan Shah
शहिद निवास भारदहबाट प्रधानमन्त्रीलाई अपडेट !!
सम्मानिय प्रधानमन्त्रीज्यू ,
आज विहान हामी(म र दिपेन्द्र झा) भारदह पुग्दा चारै तिरबाट स्थानियहरुले घेरा हाले । १० बर्षे बच्चादेखी ८० बर्षे बृद्धसम्मको एउटै आवाज थियो । पुलिसले हामीमाथी गाली गर्दै विहारी भन्दै गोली हान्यो हजुर । हामी कसरी बाच्ने ?
घर घरमा पसेर कुटेको छ । जथाभावी गोली प्रहार गरेको छ । घरका भित्ताहरुमा जताततै गोलीको निसाना छन् । टोलमा रहेको बाँसहरुमा गोली छेरिएको दृश्यहरु जस्ताको तस्तै छ ।
हामी टोलभरीका युवा वृद्ध बृद्धाहरुको गुनासो सुन्दै राजेन्द्र कुमार राउत (राजीव राउत)को निवास पुग्यौँ । हिजो भारदहमा प्रहरीको गोली लागेर राजीवको मृत्यू भएको थियो । निवासभन्दा केही पर भारदह चौक र कंकालनी मन्दीरको बीचको सडकमा सुकेको रगतका टाटाहरु देखियो । स्थानिय युवाहरुले सुनाए, गोली लागीसकेपछि भाग्दा भाग्दै राजीव यहीँनिर ढलेका थिए । थर्ड एलायन्सका साथी शिवेन्द्र दासले फोटो खिच्नुभो ।
हामी राजीबको निवास पुग्यौँ । दरबाजाको दाहिने जस्ताको छाना भएको सिमेन्टले प्लास्टर गरिएको घर र देब्रेपटी गोठ छ । प्लास्टर भएको पर्खालमा शुभविबाह लेखिएको छ । तर घरमा अशुभ घटना घटेको छ । आँगनमा सबै आईमाईहरु रोएको आबाज सुनियो । गोठसँगै रहेको दलानमा हामी बस्यौँ । वरिपरि रोदनको बीच हामी स्तब्ध भएर धेरैबेरसम्म सोचमग्न रहयौँ । बरिपरि झुम्म रहेका पुरुष र बालकहरुको भीड हाम्रो स्तब्धतालाई चिर्न खोज्यो । आँगनमा रहेका राजीबका विधवा र दुई कलिला नानीहरु अचेत अवस्था सुतिराखेको छ । घरको माहौलल दिपेन्द्र झालाई भक्कानिएर रुनबाट रोक्न सकेन । उनी राजीबका ३ महिने छोरीलाई काखमा लिएर भावुक भए । शायद मुद्रा शान्ति पनि यसैलाई भन्छ । कोइ कसैसँग नबोलि हामी फेरी दलानमा आएर बस्यौँ । घरको माहौलले दिपेन्द्रको आँशुलाई थाम्न दिएनन् । हामी स्तब्धताकै बीच यो पोष्ट लेख्दै छु ।
स्थानियहरुको गुनासो छ, हामीलाई बिहारी भन्दै गाली मात्र गरेनन्, जथाभावी गोली प्रहार गरयो । आँगन आँगनमा पचासौँ राउण्ड अश्रु ग्यास फालियो । बारी र अगेनाहरुमा हरियो घास डढेको दृश्य भारदहको वडा नम्बर १ र २ मा दर्जनौ छन् ।
आन्दोलनको दिन गोली चलेपछी कफर्यू लगाएको थियो । कंकालनी मंदिरनिर बाटो थुनिएको थियो । तर विहानैदेखी गाई बस्तु चराउन गएका महिला, पुरुष सबैलाई आउन दिइएन् । राती गाऊँमा घरघरमा गएर प्रहरीले थर्काउँदै गाली गरेको थियो । महिलाहरुलाई दुब्र्यबहार गरियो । कफर्यूको बेला पर्वते अनुहार चालक भएका मोटर साइकललाई जान दिएको थियो । मधेसी अनुहारका मोटरसाइकल चालकहरुलाई जथाभावी गाली र कुटपिट गरेको थियो ।
प्रधानमन्त्रीज्यू, के भारदहका मधेसीहरु बिहारी हुन ? के प्रहरीले बल प्रयोग गर्दा गाली गर्नुपर्छ । के गृहमन्त्रीले आफनो प्रहरीलाई त्यस्तै निर्देशन दिएको हो ? सभासदजीहरुले सदभभित्र सामाजिक सदभावको रट लगाई रहँदा के प्रहरी प्रशासनको ब्यवहारबाट भारदहमा सदभाव बलियो हुँदैछ ? सम्मानिय अनुपराज शर्मासँग हाम्रो प्रश्न छ, के राष्ट्रिय मानवअधिकार आयोगको कार्यक्षेत्र भित्र भारदह घटनाको छानबीन पर्दैन् ? के काठमाण्डौका अधिकारबादीहरु भारदहको घटनाबारे बोल्नु पर्दैन ? भारदहबारे सरकार र अधिकारबादीको मौनता कहिलेसम्म ?