Pages

Tuesday, August 18, 2015

जनकपुर तातियो

जनकपुर तातियो
सप्तरीको भारदहमा प्रहरीको दमनको शिकार भएका राजिव झा र राजिव राउतलाई गोली लागि हत्या भएपछि जनकपुर तनावग्रस्त भएको छ भने साँझ रामानन्द चौकमा प्रदर्शनकारी र प्रहरी वीच भएको छ । त्यस्तै रामानन्द चौकमा रहेको ना१ख ७४८७४ नम्बरको बस र प्रहरी विटमा समेत प्रदर्शनकारीहरुले आगजनी गरेका छन् । यता सद्भावना पार्टीका आधा दर्जन सभासदले दिएको राजिनामालाई समेत आन्दोलनकारी तथा बुद्धिजिवीले यसलाई साकारात्मक लिदैँ स्वागत गरे । अब आउने दिन निर्णायक आन्दोलन हुने निश्चित रहेको बताउदँै आन्दोलन झन् सशक्त हुने यूवाहरुको भनाई छ ।

Intellectual Property

English: Cover of Against Intellectual Propert...
English: Cover of Against Intellectual Property by Stephan Kinsella (Photo credit: Wikipedia)
चोर ढोका बाट संविधान मा Intellectual Property घुसाउने प्रयास हुन सक्छ।

Intellectual Property राम्रो र चाहिने कुरा हो। तर यसको घोर दुरुपयोग हुने गरेको छ। खुद सिलिकॉन वैली (Silicon Valley) आजित छ  यसबाट। सतर्क भएन भने थाहै नपाई ईस्ट इंडिया कंपनी भन्दा खतरनाक मल्टी नेशनल कंपनी देश भित्र छिर्न सक्छ।

उदहारण। धान को यो बिउ हाम्रो कंपनी को वैज्ञानिक ले पत्ता लगाएको। यी हेर कागज। भन्यो। कागज देखायो। अनि बसी बसी नेपाल का गरीब किसान सँग प्रत्येक वर्ष त्यो कंपनी ले टैक्स बटुले जस्तो पैसा बटुल्ने।

विश्व व्यापार का सन्धि हरु मा गरीब देश हरु र धनी देश हरु बीच यस बारे घम्सा घमसी पर्ने गर्छ। सबै इंटरनेट मा छ। अध्ययन गर्न गार्हो छैन। मित्र राष्ट्र का अनुभव हरु बारे संपर्क र छलफल गर्न सकिन्छ। अरु ले के गरे के गरेनन, कहाँ विवाद भयो, किन भयो, सब इंटरनेट मा हेर्न सकिन्छ।

अर्को उदाहरण। भारत ले नाइ सही गर्दिन भनेका थुप्रै यस्ता छन जहाँ सही गर्यो कि भारत मा बेचिने थुप्रै औषधि ह्वात्त महँगो भएर आम भारतीय जनता को पहुँच बाहिर जाने।

त्यसै ले पहिचान को झगड़ा गर्दा गर्दै थाहै नपाई सारा देश कुनै २१ औं शताब्दी को ईस्ट इंडिया कंपनी लाई सही गरेर नबुझाई दिने। त्यस्ता कंपनी घुस खुवाउन बड़ो सिपालु हुन्छन्। तिनको आफ्नो भन्ने सरकार हुँदैन। ती आफैमा सरकार हुन्छन्। बड़ो ताकतवर हुन्छन्। चनाखो रहनु पर्छ।

जनता को काम जनता द्वारा निर्वाचित ले पारदर्शी किसिमले गर्नु पर्ने प्रावधान यस मानेमा जरुरी छ। होइन भने पैसा पाए देश बेचने हरु को कमी छैन।

देश भित्र अनुसन्धान र मौलिक काम हरु भएर Intellectual Property हरु बटुलिँदै जानु सार्है राम्रो हो। त्यो बिना आधुनिक अर्थतंत्र को निर्माण संभव छैन।






विराट, चितवन, कैलाली

एउटा देश भित्र को मान्छे/नागरिक त्यो देश भित्र जहाँ सुकै जान पाऊँछ, बस्न पाऊँछ, काम गर्न पाऊँछ, घरजम गर्न पाऊँछ। त्यो आधुनिक राज्य को सिद्धान्त हो। Modern state. अझ युरोप मा त महादेश स्तर मा आर्थिक एकीकरण गरेर यस्तो गरेका छन एक देश को मान्छे अर्को सदस्य देशमा गएर काम गर्न पाउने। भारत ले पनि नेपाल लाई १९५० को सन्धि अनुसार नेपाल को मान्छे भारत काम गर्न जान पाउने गरेको छ।

त्यसैले पहाड़ का मान्छे तराई झर्नु साधारण कुरा हो। बसाईसराई को क्रम मा झापा, चितवन कंचनपुर जस्ता ठाउँ हरुमा पर्वते को संख्या निकै हुन पुगेको छ। ठीक छ। No problem. संघीय नेपाल को कल्पना लोकतंत्र कै परिधि भित्र हो। थरुहट घोषणा गर्ने अनि त्यहाँ एउटा थारु राजा बन्ने भनेको होइन। थरुहट प्रदेश को मुख्य मंत्री बन्न चुनाव जित्नुपर्ने हुन्छ। चुनाव जित्ने मान्छे कहिले थारु होला, कहिले थारु नहुन पनि सक्छ।

तराई मा यादव ठुलो संख्या मा छन। थारु त्यति धेरै छन। तर अहिले पर्वते पनि धेरै छन। त्यसैले एक मधेस को परिकल्पना मा केही मधेसी को पहिचान झल्किने र केही न्यूट्रल किसिम को नाम हरु राख्नु पर्ने हुन्छ। त्यस्तो तीन वटा नाम हुन सक्छ विराट, चितवन, कैलाली। पहिचान झल्किने नाम चाहिँ मिथिला, भोजपुरा, अवध र थरुहट।

चितवन लाई तमसलिंग मा लाने प्रयास अबैज्ञानिक हो। चितवन थारु हरुको काठमाण्डु हो जहाँ ७५ जिल्ला का मानिस आएर बसेका छन। बरु त्यस चितवन मा नवलपरासी को पुर्वी भाग मिसाउन सकिन्छ। अलिकति मकवानपुर पनि मिसाउन सकिन्छ। सिङ्गै मकवानपुर मिसाए पनि भो। बिराट प्रदेश मा उदयपुर पनि मिसाउन सकिन्छ। सुर्खेत थरुहट मा राखे भो। अहिले को कैलाली र कंचनपुर मिसाएर कैलाली प्रदेश। कैलाली प्रदेश मा नेपाली पनि थारु भाषा पनि सरकारी कामकाजको भाषा हुने।

संघीयता मा बजेट बाडफाड़: ३३-३३-३४: केन्द्र प्रदेश स्थानीय
१ देश, १६ प्रदेश, २०-३० विशेष क्षेत्र, १००० गाउँ/नगर = १२५ जातजाति




एमाले नवलपरासी कार्यालयमा तोडफोड
नेकपा एमाले नवलपरासीको जिल्ला पार्टी कार्यालयमा तोडफोड भएको छ। शुक्रबार बेलुकी बन्द आह्वानकर्ताहरुले एमाले पार्टी कार्यालया ढंगा प्रहार गरी दुई वटा झ्यालका सिसाहरु फुटाइदिएका छन्। थारु कल्याणकारिणी सभालगायतका विभिन्न समूहले लगाएको आह्वानमा बन्द भएको परासी बजारमा रहेको एमाले कार्यालयमा उनीहरुले ढुंगा प्रहार गरी झ्यालका सिसाहरु फुटाएका हुन्। एमाले जिल्ला पार्टी कार्यालयमा प्रहरी भएकाले उनीहरुले ठूलो आक्रमण गर्न नपाएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताए। बन्दकर्ताहरुले कार्यालयमा आगो लगाउने प्रयास गरेपनि प्रहरीले २ राउण्ड हवाई फायर गरेपछि उनीहरु भागेका थिए। एमाले जिल्ला अध्यक्ष रोशनबहादुर गाहाले कायरतापूर्ण तरिकाबाट एमाले पार्टी कार्यालयमा आक्रमण भएको बताए। सुरुमा अखण्ड नवलपरासीको नाममा परासीमा आन्दोलन सुरु भएको थियो। परासीका केही मान्छेहरुले थालेको आन्दोलन अराजकतातर्फ उन्मुख भएको छ।

राजमार्गमा समेत महिला र बालबाललिकाहरुलाई लौरो लिएर निस्केका छन्।

चार दलले प्रदेश बनाएको हो कि देश ? — राजेन्द्र महतो (अध्यक्ष, सद्भावना पार्टी)
चार पार्टीका चारवटा नेताले सबै मूल्य मान्यतालाई फोहोरमा फालेर विगतका आन्दोलनका सम्पूर्ण सहमति र सम्झौतालाई छोडेर नेपालको अन्तरिम संविधानको व्यवस्थालाई छाडेर संविधान निर्माणको प्रक्रियामा लागेका छन् । मधेशी जनताले स्वायत्त मधेश प्रदेश पाउने, अन्य प्रदेशहरू पनि हुने, थरूहट आन्दोलनमा थरूहट प्रदेश हुने, प्रदेशहरू स्वायत्त र अधिकार सम्पन्न हुने लगायतका सबै कुरा विगतका सहमति र सम्झौतामा उल्लेख थियो । त्यो अनुसार संविधानसभाबाट बन्ने संविधानमा यी सबै कुराहरू संस्थागत गरिन्छ भन्ने प्रतिबद्धता नेपाली जनताले अन्तरिम संविधानमा उल्लेख भएर संवैधानिक ग्यारेन्टी समेत पाएको थियो । तर, आज त्यो सबै कुरालाई यी चार दलका नेताले राति सम्झौता गरेर सबैलाई उल्ट्याइदिए । यो सीमांकन कुनैपनि हालतमाा उपयुक्त हुने किसिमको छैन । ....... मधेश भनेको मेचीदेखि महाकालीसम्म, झापादेखि कंचनपुरसम्म हो । मधेशका जिल्लाहरूलाई पहाडमा जसरी मिसाईएको छ यसबाट मधेशी जनताको वर्षौदेखिको संघीयताबाट शासन पाउने सपना थियो त्यो चकनाचुर गर्ने प्रयास गरिएको छ । ...... हामी प्रदेश बनाउन लागेका हौं, देश होइन । प्रदेश भनेको नेपाल देशभित्र नै बन्ने हो । एउटा सार्वभौम राष्ट्र र अखण्ड नेपाल भित्र विभिन्न प्रदेशहरू बन्ने हो । भारतीय सीमासँग जोडिएर प्रदेश बनाउनुपर्छ भन्नुको मतलब के हो ? यो त सिधा भारतसँग सबै प्रदेशको सम्पर्क रहनुपर्ने सीमा जोडिनुपर्ने सोच देख्दा त हामी छुट्टाछुट्टै प्रदेश बनाउन लागेका होइनौं छुट्टाछुट्टै देश नै बनाउन लागेका हौं कि भन्ने मानसिकताबाट ग्रसित भएर यो प्रदेश बनाएको जस्तो देखिन्छ । यो दर्भाग्यपूर्ण हो । यो विलकुल गलत भएको छ । एउटा मुलुकमा प्रदेश भएपछि त्यो एउटै देशको प्रदेशहरू हो । प्रदेश भनेको राष्ट्रिय एकतालाई जोगाएर शासन जनतालाई दिनुपर्छ । छुट्टै देश जनताले मागेको होइन तर यो प्रदेशको सीमांकन गर्दाखेरी यिनीहरूले देशकै सीमांकन गरेको जस्ता अनुभूति गराएको छ । .......

यो दोहोरो चरित्र हो । भारत बिना दाना पानी पच्दैन भन्ने मानसिकता पनि देखिएको हो । एकातिर खोक्रा राष्ट्रवादको नारा लगाउनेहरू भारत विरोधमा नै आधारित भएर राष्ट्रवादको परिभाषा पनि दिने गरेका छन् । तर, भारत बिना कुनै काम नै चल्दैन भन्ने खालले सीमांकन गरेको देखियो ।

यिनीहरूले प्रदेश बनाएर त्यसलाई देश जस्तै बनोस् भनेर चाहेको हो कि त्यो बुझ्न सकिएको छैन । ......

घनघोर आन्दोलनको तयारी जनताले गरिरहेको छ । मधेशमा यस्तो विद्रोह हुन्छ कि नेपालको इतिहासमा अहिलेसम्म भएको विद्रोह भन्दा छुट्टै र भिन्न प्रकारको सशक्त आन्दोलन हुनेछ अबका दिनमा ।

आन्दोलन र संगठन विस्तार सँगै लान दैनिक वड़ा सभा

आन्दोलन र संगठन विस्तार सँगै लान दैनिक वड़ा सभा गर्नु एउटा आईडिया हो। आफ्नो इच्छा लागेको संघीयता पक्षधर राजनीतिक दल को वडा समिति को दैनिक बैठक आयोजना गर्ने। उपस्थित सबै को नाम टिपने। सदस्यता लिएको त्यो। अनि दैनिक कॉकस (caucus) निर्वाचन गर्ने।

कॉकस (caucus) निर्वाचन भनेको जस्तो कि ११ जना भेला भयो। ११ जना को वड़ा समिति बन्यो। समिति को अध्यक्ष को हुने? बिना कापी कलम बिना कुनै खर्च निर्वाचन कसरी गर्ने? अध्यक्ष हुन चाहने अगाडि आउने। एक जना मात्र भयो भने निर्विरोध निर्वाचित भयो। दुई जना भयो भने खुल्लम खुला चुनाव हुन्छ। उम्मेदवार १ लाई मत दिने एक ठाउँ मा उभिन्छन्। उम्मेदवार २ लाई मत दिने अर्को ठाउँ मा उभिन्छन्। जसको भीड़ ठुलो भयो उ नेता चुनियो।

दैनिक यसरी भेला हुने आंदोलन भए सम्म। सधैं मान्छे हरु को संख्या बढाउने प्रयास गर्ने। ११ औं दिन ११० जना भेला भयो अनि तीन जना उम्मेदवार भयो भने के गर्ने। भीड़ तीन समुह मा बाँडिन्छ। सबै भन्दा सानो भीड़ ले समर्थन गरेको उम्मेदवार हार्यो। अनि त्यो सानो भीड़ का मान्छे आफ्नो इच्छा को अर्को दुई मध्ये एक छान्ने।

आन्दोलन मात्र गर्नु मुतको न्यानो हो। आन्दोलन गर्दै सँग सँगै संगठन विस्तार गर्न सके ठोस उपलब्धि हासिल हुन्छ।

यो गाउँ गाउँ मा गर्ने। संघीयता विरोधी पार्टी हरु मा विचलित भएर पुगेका दलित मधेसी जनजाति महिला लाई संघीयता पक्षधर पार्टी हरुको सदस्य बनाउने।

एउटै व्यक्ति पहिलो दिन ११ जना भेला हुँदा निर्विरोध नेता चुनिएर ११ औं दिन १११ जना भेला हुँदा पनि निर्विरोध निर्वाचित हुन सक्छ। तर आन्दोलन का दौरान दैनिक निर्वाचन गर्ने।













थारु समुदायको असन्तुष्टिलाई सम्बोधन गर्ने हिसाबले छलफल भइरहेको छ : गच्छदार
शनिबारसम्म समाधान निस्कने बताए। मध्यपश्चिम तथा कैलाली, कञ्चनपुरलगायत जिल्लामा भइरहेको आन्दोलन र सीमा निर्धारणपछि मधेसी, आदिवासी तथा थारु समुदायले देखाएको असन्तुष्टिलाई सम्बोधन गर्ने हिसाबले छलफल भएको उनको भनाइ छ।
भिडियो- अखण्ड पक्षधरले यसरी हाने थरुहट पक्षधरमाथि ढुंगा
सोमबार धनगढीमा आयोजित आमसभामा सहभागी हुन आएका थरुहट पक्षधरलाई अखण्ड पक्षधरले ढुंगा हानेको ..... अखण्ड पक्षधरले बाटोमा घेरी विभिन्न स्थानाबट आएका थारुहरुलाई अवरोध सिर्जना गरेको थियो।


चितवन थाकस आन्दोलनबाट पछि हट्यो, अब जागरण अभियान गर्ने
चितवनमा आन्दोलन गर्दै आएको थारु कल्याणकारिणी सभा (थाकस)ले विगत केही दिन चितवन बन्द गरेको कारणले समस्या भोग्दै आएका चितवनबासीबाट बन्दको विकल्प खोज्नुपर्ने चौतर्फी आवाज उठेपछि सभाले जारी आन्दोलनको स्वरुपमा केही हेरफेर गरेर आन्दोलन अगाडि बढाएको छ। ...... साउन ३२ गते बैठक बसी भदौ १ गतेदेखि स्वरुप परिवर्तन गरी ४ गतेसम्म गाउँ जागरण अभियान तथा सचेतनामूलक कार्यक्रम तथा विरोध जुलुस गर्ने जनाइएको छ। भदौ १ गतेका दिन पूर्वी चितवनको पदमपुर गाविस कार्यालयमा सचेतनामूलक कार्यक्रम गरी विरोध जुलुस निकालिएको छ। क्षेत्रीय सभापति कमानसिंह चौधरीको अध्यक्षतामा भएको गाउँ जागरण तथा सचेतना कार्यक्रममा थाकसका सल्लाहकारहरु टिकेन्द्र चौधरी, जयचन्द्र चौधरी, ललितकुमार चौधरी, चन्द्रकुमारी चौधरी, जोगन्द्र चौधरी र सञ्जय चौधरीले मन्तव्य व्यक्त गरेका थिए। ...... सचेतना कार्यक्रमपछि निस्केको जुलुसले पदमपुर चोकमा कोणसभा सम्पन्न गरेको थियो। कोणसभामा टिकेन्द्र चौधरी र जोगेन्द्र चौधरीले सम्बोधन गरेका थिए। भदौ २ गते माडीको बसन्तपुर बजार र ३ गते पश्चिम चितवनको पर्साढाप बजारमा जागरण अभियान तथा सचेतना कार्यक्रम गरेर भदौ ४ गते जिल्लाभरिबाट र्‍याली जुलुससहित नारायणगढमा पहिचानविरोधी सीमाङ्कनको विरोध सभा गर्ने जनाइएको छ।

थारु त पहिला राजा हो

थारु त पहिला राजा हो। त्यसै थारु लाई गोर्खाली शासक ले कमैया बनाएर छोड्यो। स्वाभिमान त्यति बेला लुट्यो। अब भुमि लुट्न खोज्दै छ। चितवन देखि कंचनपुर सम्म थरुहट हो। कंचनपुर मा गैर थारु लाई कमैया बनाउँछु भनेको छैन। समान नागरिक भएर बस भनेको।



वैजनाथ चौधरी थारुको नाममा कलंक हो : थाकस महामन्त्री
इतिहास बोकेका थारु समुदायलाई उपेक्षा गर्‍यो : अशोक राई
पहिचान पक्षधरका नेताहरुले कञ्चनपुरदेखि चितवनसम्मको जिल्लालाई थरुहट प्रदेश बनाउन जोड दिएका छन्। ..... संघीय समाजवादी फोरम नेपालका अशोक राइले हजारौं वर्षको इतिहास बोकेका थारु समुदायलाई उपेक्षा गरेर आउने संविधान स्वीकार्य नहुने बताए। उनले थरुहट माग्द आशंकाको घेरामा बस्नेहरुले विभिन्न भ्रमहरु फैलाएको आरोप लगाए। .... सामन्तीवादी राज्यले कहिल्यै पनि उत्पीडनमा परेका समुदायलाई माथि उठ्न नदिने बताउँदै

२ सय वर्ष अगाडी र २ वर्ष पछाडि रहेका समुदायलाई बराबर अधिकार पाउनको लागि अग्रअधिकार, विशेषअधिकार र स्वयत्त अधिकार खोसेरै लिनुपर्ने बताए।

महेन्द्र पथ आन्दोलनकारी ले बंद गरेका छन: भौतिक र राजनीतिक दुबै

महेन्द्र पथ आन्दोलनकारी ले बंद गरेका छन।  भौतिक र राजनीतिक दुबै। राजनीतिक महेन्द्र पथ त्यो ६ अंचल को नक्शा हो जसमा चढ़ेर काँग्रेस एमाले म्याओवादी र कमैया फोरम का नवराजा हरु देशमा राजतन्त्र फर्काउन चाहन्छन्।



६ प्रदेश : नखाऊँ दिनभरिको शिकार, खाऊँ कान्छाबाबुको अनुहार!
जनयुद्धमा सहादत प्राप्त गर्ने सहीदहरूको सूची हेर्ने हो भने दलित, आदिवासी र मधेशीहरूको संख्या ठूलो छ । .... केपी ओली नेतृत्वमा गठन हुने सरकारमा उपप्रधानमन्त्री पाउने लालसामा विजय गच्छदारले पनि, थारु समुदायको त्यत्रो सहादत भुसुक्कै बिर्से र उनीहरूकै पक्षमा हस्ताक्षेर गरे । .... सत्तरी प्रतिशत जनसङ्ख्या भएको आदिवासी जनजाति र मधेसी समुदायको गाउँ र टोलहरूको नेतृत्वमा किन उनीहरु नै आउन सकिरहेका छैनन् ? ....... गत निर्वाचनको आसपासमा मैले एकजना गरिब गाउँलेलाई सोधको थिएँ, ‘तपाईंहरू किन सधैंभरि यिनै भ्रष्ट, घुस्याहा, तस्कर नेताहरूको पछि लाग्नुहुन्छ ?’ उसको उत्तर मार्मिक थियो, ‘मेरो छोराछारीको नागरिकता, पासपोर्ट बनाउनुपर्‍यो भने तपाईंको आदर्शले बनाइदिँदैन ।

सरकारी कार्यालयका कर्मचारी हाम्रो अनुहार देख्नेबित्तिकै अर्कैतिर फर्किन्छ । अनि के गरौं ? बाँच्नकै लागि पनि यिनीहरूको पछि लाग्नैपर्छ ।’

........... ‘नागरिकता बनाउन, जग्गाको तिरो तिर्न, निवेदन लेख्न, ओखती गर्न अस्पताल जान, बैङ्कको ऋण खानसमेत राजनीतिक पार्टीको सहारा लिनुपर्छ । नत्र हाम्रो कुरा सुन्दैन, व्यवहार नै चल्दैन ।’ ..... ‘अनि तपाईंहरू जस्तो उत्पीडित आदिवासी जनजातिहरूको नेतृत्व गर्ने यत्रा नेताहरू पनि त हुनुहुन्छ ?’ उनले सजिलै उत्तर दिए, ‘बिचरा, उनीहरूको आफ्नै काम प¥यो भने त हाम्रै मालिककोमा आउँछन् । एउटा पुलिसले त चिन्दैन उनीहरूलाई, अनि के काम गराउन सक्छन् ?’ ...... एमालेकै नेताहरुलाई हेर्नुस्, मनमोहन अधिकारीको नाममा स्वास्थ्यको व्यापार गरिरहेका छन् । ......

गाउँ विकास समितिको सचिवमा आदिवासी र मधेशी समुदायको सहभागिता एक प्रतिशत पनि पुग्दो रहेनछ ।

...... प्रहरी नचिनेको, कर्मचारी आफ्नो जातको नभएको कारणले जनताले नपत्याउने स्थिति यथावत छ ? ...... योग्यता र क्षमता भएर पनि लक्षित समुदायलाई नेतृत्व तहसम्म पुग्न नदिने खालको छ । हातखुट्टा बाँधेर ‘तँ हिँडडुल गर्न स्वतन्त्र छस्’ भन्नुको के अर्थ ? ....... संघीय राज्य हाम्रो नजिकै आयो भने जिल्ला संरचना किन चाहियो ? बरु, दुई वटा गाउँ विकास समितिलाई जोडेर एउटा गाउँ विकास समिति बनाऊँ । जिल्लाका अधिकारहरू अझै नजिकै ल्याऊँ । फेरि मुख्य कुरा, हाम्रा गाउँ विकास समितिको विभाजन वैज्ञानिक पनि छैन । पञ्चायत कालमा जिल्लाको निर्वाचन जित्नको लागि शक्तिमा बसेकाहरूले आफ्नो अनुकूल गाउँ विकास सिमितिहरू विभाजन गरेका थिए । ........ कतिपय गाउँ विकास समितिहरूमा एक हजार पनि मतदाता छैनन् । कतिपय गाउँ विकास समितिमा १० हजारभन्दा पनि धेर जनसङ्ख्या छ । .......

एक हजार जनसङ्ख्या भएको गाउँ विकास समिति र १० हजार जनसङ्ख्या भएका गाउँ विकास समितिले बराबर बजेट पाउँछन् ।

....... तराई र पहाडको लागि जनसङ्ख्याको एउटा मापदण्ड तोकेर २ वा सोभन्दा बढी गाउँ विकास समितिहरूलाई गाभेर जिल्लामा केन्द्रित अधिकारलाई गाउँगाउँमा विकेन्द्रीकृत गर्न आवश्यक छ । .......

नागरिकता र पासपोर्ट बनाउन जिल्ला धाउनुपर्ने स्थितिको अन्त्य हुने हुनेछ ।

..... प्रशासनिक खर्चमा कटौति हुने छ । र, विकासको गति तेज हुने थियो । ..... संघीयतालाई देश विभाजनको रुपमा व्याख्या गरियो । जबकि यो मुद्दा अधिकारको न्यायोचित वितरणको लागि उठाइएको थियो । ..... संघीयतालाई धोकाधडीको रूपमा स्वीकार गरियो । ..... यसले अस्थिरता त ल्याउँछ नै, जिल्ला विकास समिति पनि यथावत राख्ने हो भने न गाउँ, न जिल्ला, न संघ, न केन्द्र कोही पनि टिक्न सक्दैनन् । ......

पहिचानसहितका १५/२० वटा राज्यहरू बनाएर जिल्ला विकास समिति हटाएको भए सबै खुसी हुने थिए ।

चिटिक्क परेका देश, चिटिक्क परेका राष्ट्रिय राज्यहरू हुने थिए । अधिकारसम्पन्न गाउँ विकास, नगरपालिका र सुविधासम्पन्न सिटीहरू हुने थिए । सबै थोक राम्रो हुन्थ्यो ।


शेरबहादुरलाई गंगा थारुको जवाफ- “कैलाली-कञ्चनपुरको एक इन्च पनि दिन्नौं” (सनसनीपूर्ण भाषण)

थरुहट तराई पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष तथा सभासद् गंगा थारु

.... फलाम तातेको बेला जस्तोसुकै आकार बनाउन सकिने बताए । त्यसैले थारुहरु तातेको बेला आन्दोलनको स्वरुप परिवर्तन गरी प्रतिकारमा उत्रिने चेतावनी दिइन् । ...... शेरबहादुर देउवालगायत ठूला नेताहरुको मगज बिग्रेको बताउँदै उनीहरुलाई उपचारको लागि भारत जान आग्रह गरिन् । उनले थारुलाई कैलालीको एउटा रौं पनि नदिने देउवाको अभिव्यक्तिको विरोध गर्दै आफूहरु कैलाली-कञ्चनपुरका एक इन्च जमिन नछोड्ने चेतावनी दिइन् । .... मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का सभासद योगेन्द्र थारुले संविधानको नाममा थारुको घाँटी रेट्ने दुष्प्रयास भएकाले

आफ्नो पहिचानको लागि रगतको खोला बगाउनसमेत तयार रहेको

बताए । ...... एनेकपा माओवादीका जिल्ला अध्यक्ष तथा पूर्वसभासद वीरभान चौधरीले

कचनपुरदेखि चितवनसम्म थरुहट प्रदेश

कायम गरिनुपर्ने बताए । .... अखण्ड पक्षधरले थरुहटको आमसभा बिथोल्न ढुंगामुढा प्रहार गरेका थिए ।

पार्टीकै नेताले धोका दिएका कारण कांग्रेस–एमालेसँग सम्झौता गर्न बाध्य भयौं : भट्टराई
पार्टीभित्रका नेताहरुले पार्टी छोडेर गएका कारण पार्टी कमजोर भएकाले सम्झौता गर्न बाध्य भएको ...... ‘अडान राख्ने हो भने, पार्टी कम्जोर छ, नराख्ने हो चित्त बुझेको छैन्, सहमति नगर्ने हो भने एकिकृत माओवादीको बलमा आउन लागको संविधान र उपलब्धी गुम्ने खतरा छ,’ उनले भने । संविधान आउनु भन्दा नआए हुन्थ्यो भन्नेहरुलाई परास्त गर्न अहिले जसरी पनि संविधान ल्याउनका लागि आफूहरुले प्रयत्न गरेको
थरुहट ल्याउन युवाहरु २४ घण्टा सडकमा ! (“भद्र आन्दोलनले नभए
गएको ६ दिनअघि लिम्बुवानको बन्दले समेत प्रभावित भएको उदयपुर शनिबारदेखि निरन्तर अनिश्चित बन्दको मारमा परेको छ । संविधानसभाबाट आउन लागेको नयाँ संविधानको चौतर्फी विरोध भएको बेला उदयपुर पनि विरोधले ठप्प रहेको छ ।गएको साउन ३० गते शनिबारदेखि उदयपुरमा अनिश्चितकालीन आमहडताल जारी छ । ..... दिनभरि बन्द भन्दै सडकमा बस्ने थारु युवाहरु रातभर थरुहट जोगाउन भन्दै सडकमै सुतेर बस्नाले रात्रीबस संचालनमा ल्याउन कठिनाइ भएको एक प्रहरीले बताए ।

सडकमै सुतेर ‘थरुहट नलिई छाड्दैनौं, पूर्वी थरुहट–कोचिला प्रदेश निर्माण गर, भद्र आन्दोलनले नभए हिंस्रक गर्छौं र अनिश्चितकालिन आमहडताल सफल पारौं’ लगायतका नाराहरु लगाएर थारुहरु आन्दोलनमा होमिएका छन् ।

........ बन्द खुलाउन प्रहरीले गरेका हरेक प्रयास असफल हुँदै गएको ..... थरु बसोबास रहेको क्षेत्रमा संघीयताको सिमांकन गर्दा तराईमा २ भन्दा बढी प्रदेश बनाए पनि सुनसरी, मोरङ, सप्तरी, सिरहा, झापा र उदयपुरको केही भूभाग मिलाएर थरुहट राज्य बनाउन समेत उदयपुरे थारुहरुको माग रहेको छ । ....... ‘पहिलो संविधानसभामा पहिचानका ५ र सामर्थ्यका ४ आधारमा १० देखि १५ प्रदेशको राज्य पुनःसंरचना गर्ने गुड्डी हाँक्ने नेपालका कम्युनिस्टहरु काँग्रेसको ८ प्रदेशको रोडम्यापमा चाउरिएर १६ बुँदे सम्झौता गरेकोमसी सुक्न नपाउँदै जातै नखुलेको नम्बरी (१ देखि ६ सम्मको) ६ प्रदेशमा ओर्लेका थिए । तर, सुनिन्छ, अब ५ प्रदेशमा झर्न आफ्ना हनुमानलाई सामाजिक सञ्जालमार्फत् प्रस्ताव गर्न लगाएर कथित जनदबाब सिर्जना गराउने कोकोहोलोमा लागेका छन् ।’ ......

‘यिनलाई लागेको होला, पाँच (विकास क्षेत्र) प्रदेशको महेन्द्रपथमा हिँडेर आर्यघाटमा खरानी भएको राजतन्त्रको मसान ब्युँताउन सकिन्छ भन्ने ।

मूर्ख नेताहरु हो, यो नभुल्नू कि युग २१औं शताब्दीको उत्तरार्द्ध चेतनामा पुगिसकेको छ । अधिकार र सुविधाको विकेन्द्रीकरणका लागि नेपाली जनताले गणतन्त्र र संघीयता चाहेका हुन् ।’
सप्तरीबासीले के अपराध गरेका थिए र गोली हान्ने?
सांसद लक्ष्मण लाल कर्णले देशका चार नेताले पूरै देशमा आगो लगाएको र यस्ता अदूरदर्शी नेताको ठेकेदारीले यस्तो घटना भएको आरोप लगाउँदै प्रश्न गरे- सप्तरीबासीले के अपराध गरेका थिए र गोली हान्न? ...... थारु समुदायलाई सभा गर्ने अधिकार पनि कांग्रेस र एमालेका कार्यकर्ताबाट रोक्न लगाएर तानाशाही व्यवस्था लादेको आरोप लगाउँदै उनले यी घटनाको गृहमन्त्रीबाट जवाफ नआए आगामी बैठक चल्न नदिने चेतावनी दिए। ...... सांसद गोपाल दहितले हिजो धनगढीमा शान्तिपूर्ण आन्दोलन गर्ने सहमति भए पनि थारु समुदायको प्रदर्शनमा दमन गरिएको, कैलालीमा कर्मचारीको मिलेमतोमा अखण्ड सुदूरपश्चिमको पक्षमा कार्यक्रम गर्न लगाएको, सुदूरपश्चिमविरुद्ध जाति विशेषलाई भड्काइएको र केही मधेसी सभासद्ले दिएको अभिव्यक्तिविरुद्ध गृहमन्त्रीले पनि सदनमा भड्काउने काम गरेको भन्दै आपत्ति जनाए। ....... सांसद तेजुलाल चौधरीले कञ्चनपुरदेखि झापासम्म सङ्घीयताका विषयमा आन्दोलन बढेको बताउँदै यसै क्रममा अधिकारका लागि आन्दोलनरत चौधरी समुदायलाई सरकारका तर्फबाट दबाउने काम गरेको आरोप लगाए। ...... सभामुख सुवास नेम्वाङले धेरै सांसदले सप्तरीको भारदहमा जुलुस प्रदर्शनका क्रममा एकजनाको मृत्यु र अन्य केही व्यक्ति घाइते भएको घटनाबारे कुरा उठाएकाले यसबारे सरकारतर्फबाट संसद्को अर्को बैठकमा जानकारी गराउन गृहमन्त्रीलाई निर्देशन दिए।

थ्रेसहोल्ड १% नै किन हुनुपर्छ?

थ्रेसहोल्ड ५% राख्ने हो भने देश दुई पार्टी सिस्टम मा जाने डर हुन्छ। त्यो पनि राम्रो हुँदैन। खोजेको राजनीतिक स्थिरता पाइन्छ stasis ----- देशको राजनीति मा नया नया आईडिया पस्न गार्हो भएर जान्छ।

थ्रेसहोल्ड १% नै किन हुनुपर्छ? १% परफेक्ट हुन्छ। थ्रेसहोल्ड हुँदै नहुनु राम्रो होइन। देशमा राजनीति होइन च्याउ खेती हुन्छ। तर थ्रेसहोल्ड बढ़ी भयो भने देशको राजनीति मा stasis आउँछ।

एउटा scenario हेरौं। कर्णाली प्रदेश मा मात्र केन्द्रित एउटा पार्टी खुल्यो। त्यो पार्टी को अध्यक्ष कर्णाली को मुख्य मंत्री बन्यो। १० वर्ष राज गर्यो। कर्णाली को कायापलट गर्दियो। देश को १% मत पाएको आधारमा। बाँकी १५ जना मुख्य मंत्री हरु सबै भन्दा leaps and bounds राम्रो। कैयौं गुणा राम्रो।

अनि १० वर्ष पछि देश मा प्रत्यक्ष निर्वाचित प्रधान मंत्री हुने भएको सिस्टम भएको ले त्यो व्यक्ति प्रधान मंत्री पद का लागि लड्यो। जित्न सक्छ। काम गरेर देखाएको छ। उसले कर्णाली मा गरेको काम सबै लाई थाहा छ। देश को प्रधान मंत्री भएर जे जे गर्छु भन्छ त्यों बड़ो आकर्षक छ। अनि अहिले सम्म देश मा १% मत ल्याइरहेको पार्टी को अध्यक्ष ले प्रत्यक्ष निर्वाचित प्रधान मंत्री को चुनाव मा देशमा ५५% मत ल्याएर देश को प्रधान मंत्री बन्न सक्छ। किन सक्दैन?

त्यो संभावना लाई थ्रेसहोल्ड ले घाँटी निमोठ्ने काम गर्नु हुँदैन।

कर्णाली ले पैसा पाउने कुरा
सही संविधान ले आर्थिक क्रांति गर्ने हो
प्रत्यक्ष निर्वाचित प्रधान मंत्री र १०% आर्थिक वृद्धि दर
संघीयता मा बजेट बाडफाड़: ३३-३३-३४: केन्द्र प्रदेश स्थानीय
१ देश, १६ प्रदेश, २०-३० विशेष क्षेत्र, १००० गाउँ/नगर = १२५ जातजाति



सुशील कोइराला को नाम इतिहास को पाना मा सुनको अक्षरले लेखिने छ

काँग्रेस पार्टी को रजिस्ट्रेशन समाप्त हुन लागेको छ

नेपाल को राजनीति बाट सदा सदा का लागि काँग्रेस पार्टी लाई पटाक्षेप गराउने काम जुन सुशील कोइराला ले गर्न लाग्नु भएको छ, यो सुशील जी को नेपालको जनता लाई गरिने सबै भन्दा ठुलो योगदान हुनेछ र वहाँ को नाम इतिहास को पाना मा सुनको अक्षरले लेखिने छ। वहाँ गिरिजा लाई उछिनेर बीपी को लेवल मा पुग्न पुग्न लाग्नु भएको छ।

भन्दै मा एमाले एमाओवादी का बाहुन दंग नपरे हुन्छ। तिनी हरु पनि अब ओरालो लाग्ने नै हुन। अब एक पीढ़ि मधेसी र जनजाति ले मिलेर शासन गर्छन। देश मा आर्थिक क्रांति गर्ने जिम्मेवारी मधेसी र जनजाति को काँधमा आएको छ।


सुशील छुपे रुस्तम जस्तो देखियो। नेपाली काँग्रेस को बहादुर शाह जफ्फर। कसिंगर हावा ले उड़ाई दियो भने जस्तो।

आवश्यक परे दल त्याग गरेर पनि एक हुनु आवश्यक : एआइपीपीकी महासचिव कार्लिङ
हालसम्म विश्वभर मै आदिवासी जनजातिको अवस्था नाजुक रहेको छ । उनीहरु अझै पनि विभिन्न अधिकारबाट वञ्चित हुनुपरेको अवस्था छ । चाहे त्यो विकसित मुलुकमा होस् या गरिब र पिछडिएको, उनीहरुको अवस्था उस्तै छ । पश्चिमी मुलुकमा पनि आदिवासी जनजातिहरुले अझै धेरै अधिकार पाउन सकेका छैनन् । तर उनीहरूको अवस्था तुलनात्मक रूपमा केही फरक भने अवश्य छ । तर पनि विश्वभर आदिवासीहरु पछाडि पारिएका छन् । उनीहरुका आफ्नै जीवनशैली र संस्कृति छन्, तर उनीहरुका भाषा, संस्कार र संस्कृति भने उपेक्षित छन् । ........ आदिवासी जनजातिहरु भूमिपुत्र हुन् । उनीहरुको उत्पति त्यही भयो जहाँ उनीहरु अहिले बसोबास गरिरहेका छन् । उनीहरु अरुजस्तो बसाइँसराइ गरेर आएका होइनन् । त्यसैले त्यो उनीहरुको प्रकृतिसँग मिल्ने आफ्नै जीवनशैली भाषा, भेष र संस्कृति छ । जब समाज विकासस“गै राज्यको उत्पति भयो, आदिवासीहरुका भाषा, भेष र संस्कृतिलाई उपेक्षा गरियो । नया“ राज्य संयन्त्रमा उनीहरुको सहभागिता गराइएन । यसरी विश्वभर उनीहरुलाई बहिष्करणमा पार्ने काम गरियो । ......... आदिवासी भएकै कारण महिला र पुरुष दुवैमाथि भेदभाव र उत्पीडन छ । तर महिला भएकै कारण आदिवासी महिलाहरु भmन् दोहोरो उत्पीडनमा छन् ।

आदिवासी भएकैले राज्य संयन्त्रको संरचनागत उत्पीडन त छँदैछ, त्यसमाथि झन पुरुषहरुबाट उत्पीडन पनि छ । गरिब महिला, एकल महिला, अपांग भएकाहरुले दोहोरो र तेहोरो उत्पीडन पनि भोगिरहनु परेको छ ।

....... पहाडका आदिवासी समस्या र उत्पीडनको रुप फरक छ । ...... अन्तरिम संविधानले सुरक्षित गरेको र संवैधानिक राजनीति संवाद र सहमति समितिले पनि निर्णय गरेको आदिवासी जनजातिका कतिपय अधिकार मस्यौदा समितिले हटाउने काम गरेको छ । यो बेइमानी हो । आदिवासीहरुको आर्थिक, सामाजिक र राजनीतिक अधिकारको संवैधानिक सुनिश्चितताकोे विकल्प छैन । ....... आदिवासी अगुवाहरु विभिन्न दलमा आबद्ध छन् । उनीहरुमध्ये केही अगुवा विभिन्न दलबाट सभासद भएका छन् । तर म

आदिवासीहरुको मुद्दामा दलभन्दा माथि उठेर एकताबद्ध हुन आदिवासी जनजातिका नेताहरुलाई आग्रह गर्छु । आवश्यक परे दल त्याग गरेर पनि एक हुनु आवश्यक छ ।

......... दलले बनाएको भन्दैमा सभासद पदमा बसिरहनु भन्दा आदिवासीको पक्षमा एकजुट हुनु अहिलेको आवश्यकता हो । ...... अन्तरिम संविधानले व्यवस्था गरेको धर्म निरपेक्षता उल्टाउने प्रयास राम्रो होइन । धर्म निरपक्षेता आदिवासीहरुका लागि त झन् आवश्यक छ । राज्यले सबै धर्मलाई समान व्यवहार गर्नैपर्छ । ......

एकलाई अधिकार दिँदा अर्कोको अधिकार खोसिँदैन ।


कर्णाली ले पैसा पाउने कुरा

स्वायत्त कर्णाली प्रदेश ले कति पैसा पाऊँछ?

मैले देश संघीयता मा गएर कर्णाली स्वायत्त प्रदेश बने कर्णाली ले १० अरब रुपया पाउने एउटा सिनेरियो (scenario) देखाएँ। तर कुरा त्यहाँ गएर टुंगिँदैन।

सही संविधान ले आर्थिक क्रांति गर्ने हो
प्रत्यक्ष निर्वाचित प्रधान मंत्री र १०% आर्थिक वृद्धि दर

काठमाण्डु सरकार ले कर्णाली प्रदेश लाई १० अरब रुपया दिने जुन राजनीतिक पथ हो त्यो बाटो ले नेपाल लाई प्रत्येक सात वर्ष मा GDP दोब्बर हुने बाटो मा राखिदिन्छ।

केंद्र सरकार को वार्षिक बजेट अहिले ८२० अरब छ। त्यो सात वर्ष मा १६४० अरब पुग्छ। अचम्म होइन? कर्णाली लाई १० अरब दिनु पनि छ, अनि आफ्नो पैसा ८२० बाट बढेर १६४० अरब पनि पुग्नु छ। तर यथार्थ त्यही हो। अनि केंद्र को १६४० हुँदा कर्णाली को फेरि २० अरब पुग्छ। सुशील ले भन्छ यसलाई विन विन।

यो कुरा राम शरण महत ले बुझ्दैन। भूत्रा को पीएचडी!



वामदेवले कड्किदै भने, ‘मैले जुलुश निकाल्दा प्रहरीले ढल्ने गरी हान्यो, कमल थापा गृहमन्त्री थिए’
वामदेवलाई अमरेशको चुनौतीः ‘तपाईँसँग अडियो भए मसँग दमनको भिडियो छ’
वामदेव गौतमले सीमांकनबारे भएका आन्दोलनमा अराजक भीडमाथी बल प्रयोग गर्नु सामान्य भएको टिप्पणी गरेका छन् । ..... कमल थापा गृहमन्त्री भएका बेला आफूमाथि प्रहरीले चार्ज गरेको घटना सुनाउँदै गौतमले कड्किदै भने, ‘एकपटक म निषेधाज्ञा सुरु हुने क्षेत्रमा नाराबाजी गर्दै थिएँ, ठिक त्यहिबेला मलाई प्रहरीले ढल्नेगरी हान्यो । शरीरभरी कत्ति निलडाम बसे कुरा गरी साध्य छैन तर, टाउकोमा दश टाँका लगाइयो । कमल थापा गृहमन्त्री थिए, मेरो पनी पिएसओ थियो ।’ ...... गौतमले भने, ‘पुर्व गृहमन्त्रीसँग आँखा जुधाउनु हुन्न भनेका भरमा कानुन मिचेको प्रहरीले हेरेर बस्न सक्दैन ।’ .......

गोली रबरको कि फलामको भन्नेबारे जवाफ दिँदै उनले भने, ‘प्रहरीसँग जुन गोली हुन्छ त्यही हान्ने हो

,तर छाती ताकेर हानेको हैन ।’ ...... शसस्त्र प्रहरीलाई पक्राउ अधिकार दिएको बारे सभाषद्हरुले उठाएको प्रश्नमा जवाफ दिँदै मन्त्रिपरिषद्को विद्येयक समितीले कानुन बनाएर राजपत्रमा प्रकाशित गरेको ...... सभाषद् अमरेश कुमार सिंहले भने, ‘गृहमन्त्री ज्यु,हामिले बोलेको तपाईसँग अडियो रेकर्ड होला तर हामिसँग प्रहरी दमनको भिडियो छ ।’ प्रहरी प्रशासनले यसैगरी दमन गर्दै गएमा जनताले विद्रोह गर्ने चेतावनी दिँदै सिंहले भने, ‘अधिकारको लागी लडेको हुँ,सक्नुहुन्छ भने जेल हाल्नुस् ।’ आजको बैठकमा बोल्ने अधिकांश सभासद्हरुले सिमांकनबारे भएको आन्दोलनमा प्रहरीले दमन गरको भन्दै आपत्ति जनाएका थिए ।
मेरी छोरी बिन्दास नाँचेर हिडोस्!
‘सिंगल मदर’ की २६ वर्षे छोरी एलेक्सासँग आजसम्म कसैले बाबुको परिचय खोजेन। स्कूल भर्ना गर्न आमाले हात डोर्‍याएर लगीन्। बाबुको परिचय दिन मानिनन्। नौ महिनासम्म पेटमा बोकेर जन्माएकी छोरीमाथि पहिलो हक आमाको लाग्छ, अनि मात्र बाबुको। बाबुको परिचय आमाको इच्छासँग जोडिएको विषय हो। ...... एलेक्सा ‘सिंगल मदर’ बनिछन् भने पनि त्यो उनको इच्छाको विषय हुनेछ। पुरूषले साथ नदिए नारीले जीवन गुजार्न सक्दिनन् भन्ने झुठलाई राज्यले कहिल्यै स्वीकारेन। ..... कुनै केटासँग उनलाई प्रेम गर्न डर लाग्दैन। कुनै केटासँग बारमा वसेर रूड वियर चियर्स गर्न कुनै आपत्ति हुँदैन। ..... कम्प्युटर सन १८२२ मा पहिलो पटक बनेको थियो। यो विषयमा ठूला र पहलमान पुरुषहरुभन्दा बलियो तर्क र बहस गर्न सक्छिन् एलेक्सा। भारतमा बनेका हिन्दु मन्दिरहरूबाट पहिलो शताब्दीमा भारत नाट्यमका रूपमा समाजले नाच्ने संस्कृतिलाई अंगाल्न थाल्यो। यो विषयामा एलेक्सा तुफान बहस गर्न सक्छिन्। .....

केटाहरुसँग अमेरीकन फुटबल खेल्न सक्छिन् । स्कुलमा हरेक वर्ष हुने सामूहिक रनिङमा सबै केटाहरुलाई उछिनेर हरेक वर्ष प्रथम भइन्।

..... मलाई मनभित्र भत्भती पोलिरहेको छ। यी छोरी नेपालमा जन्मेकी भए बाबु बिनाकी छोरीको परिचय खोज्दै एलेक्साको आधा जीवन बित्ने थियो र, आमाको सम्पूर्ण जीवन। अनि, यीनमा रहेका सारा क्षमता बाग्मतीमा बगेर जाने थिए।

धन्न एलेक्सा तिमी नेपालमा जन्मिएनौ!

..... हाय मेरो देश! आमाले नै जन्माएको सन्ताको परिचय आमाकै नामबाट हुनुपर्छ भनेर राज्यसँग भीख माग्नुपर्छ। ..... नेपालमा ‘सिंगल मदर’ हुनु अहिले पनि उग्र क्रान्ति हो। हामी त अहिले बल्ल आमाको नामबाट नागरिकता दिनुपर्छ भन्ने क्रान्तिसम्म आइपुगेका छौँ। ‘सिंगल मदर’ लाई एलेक्साको आमाको स्थानसम्म पुर्‍याउन नेपालमा भर्खरै जन्मेको पुस्ताले अर्को क्रान्ती गर्नुपर्ने छ।
युकेबाट आदोलनमा ऐक्यबद्धता र तत्कालै १ लाख १ हजार आर्थिक सहयोग पठाइयो
आवश्यक परे दल त्याग गरेर पनि एक हुनु आवश्यक : एआइपीपीकी महासचिव कार्लिङ
हालसम्म विश्वभर मै आदिवासी जनजातिको अवस्था नाजुक रहेको छ । उनीहरु अझै पनि विभिन्न अधिकारबाट वञ्चित हुनुपरेको अवस्था छ । चाहे त्यो विकसित मुलुकमा होस् या गरिब र पिछडिएको, उनीहरुको अवस्था उस्तै छ । पश्चिमी मुलुकमा पनि आदिवासी जनजातिहरुले अझै धेरै अधिकार पाउन सकेका छैनन् । तर उनीहरूको अवस्था तुलनात्मक रूपमा केही फरक भने अवश्य छ । तर पनि विश्वभर आदिवासीहरु पछाडि पारिएका छन् । उनीहरुका आफ्नै जीवनशैली र संस्कृति छन्, तर उनीहरुका भाषा, संस्कार र संस्कृति भने उपेक्षित छन् । ........ आदिवासी जनजातिहरु भूमिपुत्र हुन् । उनीहरुको उत्पति त्यही भयो जहाँ उनीहरु अहिले बसोबास गरिरहेका छन् । उनीहरु अरुजस्तो बसाइँसराइ गरेर आएका होइनन् । त्यसैले त्यो उनीहरुको प्रकृतिसँग मिल्ने आफ्नै जीवनशैली भाषा, भेष र संस्कृति छ । जब समाज विकासस“गै राज्यको उत्पति भयो, आदिवासीहरुका भाषा, भेष र संस्कृतिलाई उपेक्षा गरियो । नया“ राज्य संयन्त्रमा उनीहरुको सहभागिता गराइएन । यसरी विश्वभर उनीहरुलाई बहिष्करणमा पार्ने काम गरियो ।

बाबुराम भट्टराई लाई एक्सरे गर्दा

English: PM Bhattarai during a live talk show.
English: PM Bhattarai during a live talk show. (Photo credit: Wikipedia)
काँग्रेस एमाले माओवादी मा एउटा काम लाग्ने बाबुराम छ कि जस्तो मलाई झल्याकझुळुक लाग्ने गरेको तर कंस सिटौला ले यो जुन मस्यौदा/कोत पर्व गरेको छ, त्यसमा ख़ुशी ख़ुशी बाबुराम भट्टराई मुछिएको देख्दा मलाई शंका लाग्न थालेको छ।

आज एउटा अभिव्यक्ति आयो बाबुरामजी को। अस्ति राजेश हमाल को सिरहा मा दलित प्रसंग निस्कियो। जानी नजानी दुबै प्रयोग भैराखेका छन कि आफै नै जातीय पूर्वाग्रह (ethnic prejudice) ले ओतप्रोत छन। शायद दुबै।

आमा र बाबु र आमा वा बाबु --- यस विवाद मा थुप्रै कुरा अल्झिएको छ।

न आमा न बाबु को कुरा कसैले गरेकै छैन राजेशजी। भर्खर केही वर्ष अगाडि माधव नेपाल ले ४३ लाख मधेसी लाई मतदाता नामावली बाट फाल्ने काम गर्यो। म त त्यसलाई genocide भन्छु। चुनावी genocide ---- त्यसरी फालिएका मानिस को हुन? ती भारत बाट आएका खाली शीशी पुराना कागज थिए र फर्केर गए? हिटलर ले ६० लाख यहुदी मारयो। माधव ले ४३ लाख मधेसी लाई मताधिकारविहीन बनायो।

चाहे देश को सबै भन्दा ठुलो पद मा पुग्नुस् राम वरण जस्तो या देश को सबै भन्दा धनी मान्छे बन्नुस् विनोद चौधरी र उपेन्द्र महतो जस्तो। मधेसी लाई एक सेकंड मैं बेइज्जत गर्ने उपाय हो त्यो। ४३ लाख लाई अनागरिक बनाएर राख्नु को प्रयोजन त्यो हो। सबै मधेसी लाई तह लगाउन, उसको ठाउँ देखाइदिन गरिने कुरा हो त्यो।

नेपालमा तपाइँ लाई थाहै छ, जग्गा आफ्नो नाम मा हुन नागरिकता पत्र चाहिन्छ। नागरिकता पत्र बाट वंचित संग जग्गा छैन भन्ने कुरा त्यसै थाहा भो। जो सँग नागरिकता छैन उसँग पासपोर्ट हुने कुरा भएन। मलेसिया कतार जाने कुरा आउँदैन।

ती ४३ लाख मानिस तिनै हुन जसको घरमा गएर तपाईंले खाजा खानु भो। तिन लाई नागरिकता पत्र विहीन, भुमिहिन बनाएर भविष्य हरण गर्ने तिनको गाउँ को मान्छे कि काठमाण्डु को? तपाइँ ले सानो कदम मात्र चाल्नु भो। अब ठुलो कदम चाल्नोस। अब माधव नेपाल को मा गएर खाजा खानोस।

Upward social mobility को सबै बाटो बन्द गरेको काठमाण्डु को शासकले हो। तिनी हरुले नागरिकता पत्र, केही जग्गा, शिक्षा दीक्षा पाए छुआछुत सँग तिनले शायद आफैले लड़न सक्छन। छुआछुत अत्यंत गलत कुरा हो तर सतही कुरा हो। र त्यो नवलपरासी मा पनि छ, पहाड़मा पनि छ। काठमाण्डु मा छ। मैले न्यू यॉर्क को रिजवूड मा देखेको छु। एउटा बाहुन ले मलाई दलित भनठानेर होइन मलाई बाहुन नभएको कारण ले छोएको खानन भन्दियो। अझ त्यो भन्दा पहिला सोधेको बाहुन हो कि होइन भनेर। न्यू यॉर्क मा सबै भन्दा कम कमाइ को जागीर गरिरहेको बाहुन ले।

तपाइँ प्रयोग यस माने मा हुनु भो कि शासक वर्ग देखाउन चाहन्छ, मधेसी ले आफ्नै गाउँ को दलित लाई हैप्छ भने हामी ले मधेसी लाई हेपयौं, कुन गलती गर्यौं भन्न चाहन्छन्। एउटा गलती ले अर्को गलती लाई सही ठहरयाउँदैन मात्र होइन कि मधेसी मधेसी भित्र बिभेद बढ़ायेकै पहाड़ी शासक वर्ग ले हो। शोसित समुदाय भित्र आतंरिक विग्रह अझ बढ़ी हुन्छ। त्यो समाजशास्त्र ले देखाएको सिद्धांत हो। बामे ले मारेको १० जना र हिटलर ले मारेको ६० लाख एउटै कुरा होइन। एउटा हत्या हो अर्को जेनोसाइड हो।

बाबुराम भट्टराई ले आज भन्नु भो महिला अधिकार को कुरामा मधेसी ले साथ दिएनन्। त्यो कुन चाहिं समिति को बैठक पछि भन्नु भो। त्यहाँ पक्कै पनि पहाड़ी पार्टी अध्यक्ष लाई आफ्नो मालिक परवर दिगार मानने काँग्रेस एमाले माओवादी को मानसिक दासता बाट ग्रस्त मधेसी हुनुपर्छ। मधेसी दल का सभासद त त्यहाँ छैनन्। जो मधेसी लाई मानसिक दासता को ट्रेनिंग दिइन्छ त्यस्ता ले महिला अधिकार बारे प्रगतिशील सोंच नराख्नु अचम्म को कुरा होइन। गलत कुरा हो तर अचम्म को कुरा होइन।

तर ती दास मधेसी को कुरा पछि गरौं। पहिला मधेसी महिला को कुरा गरौं। आमा र बाबु र आमा वा बाबु --- यो विवाद पहाड़ी हरुको आतंरिक विवाद हो। यो मधेसी बारे गरिएको छलफल नै होइन। न आमा न बाबु सँग नागरिकता पत्र भएका बारे छलफल नै भएको छैन। यस्तो बेला खोइ कुन्नि कहाँ जान्छ तपाइँ को कम्युनिस्ट मेनिफेस्टो! मधेस को बुहारी लाई आजीवन दोस्रो दर्जा को नागरिक बनाउने कुरामा तपाइँ तीन दल सर्वसम्मत हुनुहुन्छ। चार दल किन नभनेको भन्दा त्यो बिजय गद्दार त्यो त कमैया हो, मान्छे नै होइन त्यो। तपाइँ हरुको कमैया।

मधेस को बुहारी लाई आजीवन दोस्रो दर्जा को नागरिक बनाउने कुरामा तपाइँ तीन दल सर्वसम्मत हुनुहुन्छ, हामी त्यस मुद्दामा देश तोड्न तैयार छौं। तपाइँ प्रगतिशील कि हामी? न आमा न बाबु सँग नागरिकता पत्र भएका ४३ लाख मधेसी मध्ये आधा त महिला नै होलान। हामी तिनलाई नागरिक बनाउन देश तोड्न तैयार छौं। तपाइँ प्रगतिशील कि हामी? मधेस को दलित र महिला को मुद्दा मा तपाइँ प्रगतिशील कि हामी? राजेश हमाल प्रगतिशील कि हामी? यो एक चोटि गए पछि फेरि कहिले फर्केर न आउने संविधान सभा हो डाक्टर साहेब। किन बिनाहक जनता लाई झुक्याइ रहनु भएको छ?

मोहन वैद्य ले तपाइँ हरुको पार्टी फ़ोड़ेको मधेसी जनजाति महिला को हकहित मा तपाइँ र प्रचंड बढ़ी प्रगतिशील भएर होइन। तपाइँ हरु अलग अलग बाटो लागेको वर्ग संघर्ष को मुद्दा मा हो। र त्यस विवाद मा म तपाइँ लाई सही भन्छु। म तपाइँ को पार्टी बाहिर को मान्छे। अहिले नै पुर्ण जनवाद का लागि सशस्त्र क्रांति गर्दिहालौं भन्ने वैद्य। तपाइँ चाहिँ एक पीढ़ि अब बहुदल भित्र बसेर आर्थिक क्रांति गरौं भन्ने मान्छे।

अहिले तपाइँ आफ्नो र प्रचंड को कमजोरी को दोष वैद्य लाई दिन खोज्नु हुन्छ। जब कि वैद्य हामीसँग सड़क मा छ। तपाइँ सिंह दरबार मा कंस सिटौला संग, केपी ओली सँग, बामे सँग मलाइ खाएर बसिराख्नु भएको छ।

कॉंग्रेस एमाले एमाओवादी एकता ले मधेसी र जनजाति लाई समानता प्राप्ति बाट रोक्न सक्दैन। भन्नु को अर्थ तपाइँ र प्रचंड ले हुटिट्याउन ले आकाश थामे जस्तो गरि राख्नु भएको छ। कॉंग्रेस एमाले एमाओवादी ले मिलेर खोस्न नसक्ने कुरा कॉंग्रेस एमाले ले मात्र खोस्न सक्ने त संभावना नै छैन। भने पछि तपाइँ दुई जनाले गर्दा केपी ओली को पलड़ा भारी भएकै छैन। कुन अंक गणित मा अल्झिनु भएको छ? क्रांति को अंक गणित एक पटक फेरि पढ्नुस्। क्रांति फेरि शुरू भैसक्यो।




दलित मानसिक दासता
फेडरेशन होइन कॉन्फ़ेडरेशन मा जाने कि?
अमरेश गोलघर होइन बामे हेग पुग्छ
सम्पन्न हुन चाहिने भनेको राजनीतिक शक्ति हो
हामी बाहुनवाद होइन माफियावाद, नवराजावाद र ब्रम्हलुटवाद का विरुद्ध लड्दै छौं
सद्भावना को सही निर्णय
जनता मर्दा मात्र दिमाग चल्ने नेता हरु
एमाले का कार्यकर्ता: दिउँसो ठेकेदार, राति माफिया
राजनीतिक प्यारलाइसिस मार्फ़त सत्ता मा कायम रहने सोंच
Hridayesh Tripathy
स्वायत्त कर्णाली प्रदेश ले कति पैसा पाऊँछ?
कर्णाली को आंदोलन लाई सम्बोधन गरेको खोइ?
धर्म निरपेक्षता मा शक्ति संतुलन गरे के हुन्छ?
Baburam Bhattarai
प्रस्तावित तीन नंबर प्रदेश धनी किन छ?
Kanak Dixit's Intense Anti Madhesi Prejudice/Racism Filled Rant

"मगर तुम्हें डर है कि आग भड़का रहा हूँ ?"
फेसबुकमा सामान्य टिप्पणी गर्नेलाई थुन्ने, बाटो माग्नेलाई गोली हान्ने, १३ बर्षको बच्चालाई दर्जनौ पुलिसले मर्नासन्न हुनेगरी कुटने, अनि थारुहरुको पिडामा मलहम लगाउन गएका नेताहरुलाई सामाजिक सदभाव भडकाएको आरोप लगाउने ?
मधेस खोज्ने भए युपी र विहार जाऊ भन्ने, जनताको स्वभाविक आक्रोशलाई आगोको सज्ञा दिएर दमलक लिएर जाने धम्की दिने, आफुहरु सुतेको सिंह हुँ भनेर दम्भपूर्ण अभिब्यक्ति दिन चाँही सदभावको ठेकेदार हुने ?
सम्पूर्ण मित्रहरुलाई गोरख पाण्डेयको यो कविता विनम्रतापूर्वक उपहार अर्पण गर्दछु । आजको दिन शुभ रहोस ।

"हज़ार साल पुराना है उनका गुस्सा
हज़ार साल पुरानी है उनकी नफ़रत
मैं तो सिर्फ़
उनके बिखरे हुए शब्दों को
लय और तुक के साथ लौटा रहा हूँ
मगर तुम्हें डर है कि
आग भड़का रहा हूँ ?"

दलित मानसिक दासता

Harriet Tubman
Harriet Tubman (Photo credit: Wikipedia)
अंतरिम संविधान, पहिलो संविधान सभा का सहमति, दोस्रो संविधान सभा का सहमति मा दलित ले पाइसकेको अधिकार खोस्ने काम गर्यो कसले? कंस सिटौला ले? कंस सिटौला कुन पार्टी को महामंत्री? नेपाली काँग्रेस को। अनि दलित हरु ले यसरी काँग्रेस पार्टी भित्र बसिरहनु मानसिक दासता होइन भने के हो?

दलित नेता हरु को मानसिक दासता नाङ्गो नपारि दलित उत्थान संभव छैन।
I freed a thousand slaves I could have freed a thousand more if only they knew they were slaves. 
Harriet Tubman






फेडरेशन होइन कॉन्फ़ेडरेशन मा जाने कि?

काठमाण्डु सरकार ले बेइमानी र फ़ासिस्ट तानाशाही बाहेक अर्को भाषा नबोलेकोले अब मधेसी र जनजाति ले मांगचांग को राजनीति समाप्त गरेर एउटा नया चैप्टर लेख्ने हो कि? यसको शुरुवात कर्णाली ले गर्दैछ। दोस्रो कदम मधेस हुने जस्तो देखिन लाग्यो।

कर्णाली, मधेस, थरुहट, लिम्बुवान, खम्बुवान, तमसालिंग, नेवा, तमुवान, मगरात सबै ले पहिलो कदम अलग देश घोषणा गरेर अनि दोस्रो कदम एउटा कॉन्फ़ेडरेशन (confederation) बनाउने तर्फ सोँच्न सकिन्छ।

खास त खोजेको फेडरेशन (federation) हो, पाइ पनि सकेको, संविधान, अंतरिम संविधानमा लेखि पनि सकेको। लागु गरदिनमम भन्ने लिंडे ढिपी बाहुन हरुको। अनि के गर्ने? कॉन्फ़ेडरेशन (confederation) मा जाने कि के गर्ने?

कॉन्फ़ेडरेशन (confederation) मा power devolution फेडरेशन (federation) मा भन्दा पनि अझ बढ़ी हुन्छ।

यस बारेमा मधेसी र जनजाति ले विश्व व्यापी रुपमा व्यापक छलफल गर्नु पर्ने भो। खोजेको समानता। त्यो न पाए पछि बस लाई स्वशासन बस स्टॉप मा लानुपर्ने देखियो।







अमरेश गोलघर होइन बामे हेग पुग्छ

आज नेपाली पुलिस के गोली से भारदह १ निबासी राजिव राउत का मृत्यु हुआ है । इलाका प्रहरी कार्यालय से तकरीबन १०० मीटर दूर रहे प्रदर्शनकारियों पर पुलिस नें अन्धाधुन गोली चलाया जिस में दर्जनों लोग घायल भी हुए । घायलों में सुरेन्द्र मण्डल, देवनारायण विश्वास का अवस्था गम्भीर है । विराटनगर के गोल्डेन हॉस्पिटल में उन घायलों का इलाज चल रहा है ।

मृतक राजीव राउत के परिवार नें लास बुझनें से इनकार कर दिया है ।

आन्दोलन का आयोजन में सहभागी किसी भी नेताओं नें अब तक किसी भी प्रकार के रिस्पोन्स नलेने से परिवारजन दुखित है । आन्दोलन आयोजकों से विनम्र आग्र है, कि शीघ्र ही परिवारजन से मिले औऱ आवश्यक जिम्मेदारी को निभाएं । (१ भादो २०७२, मंगलवार)


मधेशीमाथि गोली चलाउन नमानेका तीन प्रहरीलाई हिरासतमा राखी यातना
मंगलबार विहान सप्तरीको भारदहमा प्रर्दशनकारीहरुमाथि गोली चलाउन नमानेका तीन जना मधेशी प्रहरीलाई प्रहरीले हिरासतमा राखि यातना दिएको छ । मधेशी मुलका प्रदर्शनकारीहरुमाथि कमाण्डले गोली हान्न आदेश दिए पनि मधेशी मुलका तीनै जना प्रहरीले गोली हान्न मानेका थिएनन् । उनीहरुले अरु प्रहरीले गोली हान्दा बन्दुक माथी तिर उठाइ दिएका थिए । ...... मधेशी मुलका हवलदार गुलटेन मेहता अर्का हलवदार रोशन चौधरी र प्रहरी जवान बुद्धसेन मण्डलले मधेशी प्रदर्शनकारीमाथि गोली हान्न मानेका थिएनन् । उनीहरुलाई

डीएसपी नारायण चिमोरियाको नेतृत्वमा गएको टोलीले मरणासन्न हुने गरी कुटपिट गरेको छ ।

तिनै जना मधेशी प्रहरीलाई हाल भारदह प्रहरी चौकीमा हिरासतमा राखिएको छ । ...... उक्त प्रहरी चौकीमा कार्यरत प्रहरीले हुलाकी न्यूजलाई दिएको जानकारीअनुसार प्रहरीको कुटाइबाट घाइते भएका तिनै जना प्रहरीलाई उपचार गर्न दिइएको छैन । ती प्रहरीहरुलाई पत्रकार अथवा अन्य व्यक्तिहरुसँग पनि भेट गर्न दिइएको छैन ।

अन्य प्रहरी जवानले हुलाकी न्यूजलाई आग्रह गर्दै तत्काल मानवअधिकारकर्मीलाई प्रहरी कार्यालयमा पठाउन तथा ति प्रहरीहरुको अवस्था सार्वजनिक गराउनका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

....... कसरी भयो घटना भारदहमा मधेशी मोर्चाका कार्यकर्ताहरु विहानैदेखि शान्तिपूर्ण प्रर्दशनमा थिए । गाडि रोकाउन खोज्दा समान्य विवाद भएको थियो । त्यसपछि प्रहरी हबलदार गनेश श्रेष्ठले ट्राफिक बस्ने बक्स पल्टाउँदै भागेका थिए । ट्राफिक बक्सभन्दा केही मिटर पर रहेका प्रदर्शनकारीहरु मुख दर्शक बने । हबलदार श्रेष्ठ भाग्दै गर्दा अन्य प्रहरीहरु अगाडि बढे । प्रहरीले आश्रुग्याँस प्रहार गर्न थाले पछि आन्दोलनकारीहरु अगाडि बढ्न थाले । त्यसपछि गोली हान्न आदेश भयो । अन्य प्रहरीहरुले गोली हान्न खोज्दा ति तीन जना मधेशी प्रहरीहरुले बन्दुक माथी तिर तेर्साइ दिएका थिए । करिब ३ राउण्ड हवाई फायर भएको थियो । त्यसपछि ति प्रहरी जवानलाई तछाडमछाड गर्दै अन्य प्रहरीहरुले प्रर्दशनकारीमाथि १७ राउण्ड गोली प्रहार गरे । जसमा पहिलो गोली राजिव राउतको कोखामा लागेको थियो । र, उनी त्यही ढलेका थिए । बाँकी गोली अन्य ७ जनालाई लाग्यो । गोली लाग्नेहरु भारदह एकका ४२ वर्षीय सुरेन्द्र मण्डल, दिपनारायण विश्वस, गोपाल मण्डल, विजय ठाकुर, १४ वर्षीय बालक अपक कुमार साह, २० बर्षीय सत्यनारायण राउत रहेका छन् । प्रहरीले ३२ राउण्ड आश्रुग्याँस प्रहार गरेका थिए । प्रर्दशनकारीले प्रहरी चौकीमा आक्रमण गरे : डीएसपी डीएसपी नारायण चिमोरियाले पत्रकारहरुलाई बोलाएर घटना बारे आफै जानकारी दिन खोजे । दिउँसो दुई बजेको आसपासमा पत्रकारहरुलाई बोलाएर चिमोरियाले प्रर्दशनकारीहरुले प्रहरी कार्यालयमाथि आक्रमण गरेको आरोप लगाए । उनले प्रदर्शनकारीहरुले भारतीय बन्दुक प्रयोग गरी प्रहरीमाथि गोलीसमेत चलाएको आरोप लगाए ।

पत्रकारहरुले प्रदर्शनकारीले गोली चलाउँदा खोइ त प्रहरी घाइते भएको प्रश्नमा डीसएपी चुप लागे ।

नेपाल सरकारले यसको जवाफ दिनुपर्छ : अधिवक्ता झा
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय मधेशी मोर्चाले आह्वान गरेको बन्दको क्रममा प्रहरीको गोली लागी दुई जनाको मृत्यु भएको घटनाका बारेमा अविक्ता तथा तराई मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष दीपेन्द्र झाले नेपाल सरकारले यसको जवाफ दिनुपर्ने जनाएका छन् । उनले आफ्नो फेसबुक वालमा यसको हिसाव सशस्त्र प्रहरी र नेपाल प्रहरीले चुकाउनुपर्ने उल्लेख गरेका छन् । ..... प्रहरीको गोली लागी राजु भनिने राजीव राउत र सन्तोष झाको मृत्यु भएको छ । प्रहरी र स्थानीयबीच झडप हुँदा दर्जनौं घाइते भएका छन् । ..... झाले यो मुद्दा संसद, अदालत, संयुक्त राष्ट्र संघ लगायतका विश्वभरिमै जाने छ र नेपाल सरकारले हरेक ठाउँमा यसको जवाफ दिनुपर्ने जनाएका छन् । ‘म सरकारलाई सचेत गराउन चाहन्छु कि अब एउटा पनि गोली नचलोस् र एकजनाको पनि मृत्यु नहोस् ।’ उनले फेसबुक वालमा लेखेका छन्, ‘यो घटनामा गोली चलाउने पदाधिकारीलाई तुरुन्त निलम्बन गर । पीडितका परिवारलाई तत्काल राहत र क्षतिपुर्तिको साथै शहीद घोषणा गर । घाइतेहरुलाई औषधीउपचारको व्यवस्था गर र अन्यत्र यस्तो घटना नदोहोरिन प्रतिबद्धता गर ।गोली चलाउने र आदेश दिने माथि ज्यान मार्ने अपराधमा तत्काल मुदा चलाउ, सिमांकन पुनर्विचार गर नगर हामीलाई मतलब छैन, पहिला मान्छे मारेको हिसाव देउ ?’
“गृहमन्त्री वामदेव गौतमले आन्दोलनलाई शाही शैलीमा दमन गर्न खोजे”
पहिचानको आन्दोलनलाई दमन गर्नेको हालत पूर्व राजा ज्ञानेन्द्र शाहको जस्तै हुने आन्दोलनकारीहरूले चेतावनी दिएका छन् । स्वायत्ततावादी आन्दोलनमा सैन्य बल प्रयोग गरेर राज्यले हिंसा बढाएको उनीहरूले आरोप लगाएका छन् । ..... मङ्गलबारको जनप्रदर्शनका क्रममा सप्तरीमा सशस्त्रको प्रहरीको गोली लागेर भएको राजीव राउतको मृत्युको विरोधमा आयोजित कोणसभामा बोल्दै सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य भीम राईले आन्दोलनको बोलीलाई गोलीले दबाउन खोजेको आरोप लगाए । ...... ‘गृहमन्त्री वामदेव गौतमले आन्दोलनलाई शाही शैलीमा दमन गर्न खोजेका छन्,’ नेता राईले भने, ‘सुरक्षा दिनुपर्ने निकायले उल्टो बन्दूक चलाएर राज्यहीनता देखाएको छ ।’ ...... उनले गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने, मृतकलाई शहीद घोषणा गर्नुपर्ने र आश्रित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरे । ..... विरोध सभामा बोल्दै धरान नगर अध्यक्ष डिल्लीराम थापाले चार शीर्ष नेताको एकात्मक मानसिकताका कारण मुलुक प्रतिगमनतर्फ गएको विचार राखे । थापाले नामाङ्कन र सिमाङ्कनको टुङ्गो नलागेसम्म आन्दोलन जारी राख्ने बताए । ....... भानुचोकमा सम्पन्न सभामा सयौं नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । समाजवादी फोरमसहित संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले मङ्गलबारदेखि आह्वान गरेको अनिश्चितकालीन मधेश र थरूहट बन्दका क्रममा राउतसहित दुई जनाको मृत्यु भएको थियो । अन्य एकको पहिचान खुल्न सकेको छैन ।........ भारदह निवासी ३५ वर्षीय मृतक राउतको शव धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको नगर सचिव अमित थेवेले जानकारी दिए । उनले बुधबार परिवारलाई शव हस्तान्तरणअघि भानुचोकमा जनप्रदर्शन गर्ने कार्यक्रम रहेको जनाए ।
सप्तरीमा गोली चलाउने र आदेश दिनेलाई निलम्बन गरी मुद्दा चलाउन माग (१ को निधन, १ सिकिस्त, डेढ दर्जन घाइते)
संयुक्त मधेसी मोर्चाले आव्हान गरेको अनिश्चितकालीन मधेस बन्दको क्रममा मंगलवार बिहान सप्तरी भारदहमा सडक अवरुद्ध गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारीमाथि प्रहरीले गोली चलाउँदा भारदह –१ का ३५ वर्षीय राजीव राउतको मृत्यु भएको घटनाको थर्ड एलाइन्सले घोर भर्त्सना गरेको छ । ..... गोली लागेर घाइते भएका संतोष झाको समेत मृत्यु (निश्चित हुन बाँकी) भएको बताइएको छ ।...... प्रहरीले गोलीले भारदह–२ का सुरेन्द्र मण्डलको खुट्टामा, भारदह–२ का गोपाल मण्डल भरको पेटामा, भारदह –२ का देवनारायण विश्वासको टाउकोमा, भारदह–२ का विजय ठाकुर भरको खुट्टामा, भारदह–१ का दिपक साह भरको आँखामा, भारदह–१ का सत्य नारायण राउत भरको टाउकोमा गोली लागेर घाइते भएको घटनाप्रति एलाइन्सले ध्यानाकर्षण भएको जनाएको छ । ........ साथै संघीय समाजवादी पार्टीका जिल्ला अध्यक्ष दिनेश कुमार यादव सहित १५ जना भन्दा बढी घाइते भएका छन् । घाइते सबै जनाको बि.पि. कोइराला अस्पताल धरानमा उपचार भइरहेको छ । ........ प्रहरीले इलाका प्रहरी कार्यालयको छतबाट गोली हानेको अनुगमनको क्रममा देखिएको रक्षाराम हरिजनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रहरीले २ दर्जन राउन्ड हवाइ फायर गर्नुको साथै ३५ सेल अश्रुग्याँस प्रहार गरेको छ भने प्रदर्शनकारीले भारदहमा रहेका ट्राफिक प्रहरी बिट तोडफोड र आगजनीसमेत गरेका छन् । ..... विज्ञप्तिमा संसद, राष्ट्रिय मानवअधिकार आयोग, संयुक्त राष्ट्रसंघ कूटनीतिक नियोगहरु लगायतलाई ध्यानाकर्षण गर्न आह्वान गर्दै भनिएको छ,

‘यो घटनामा गोली चलाउने र आदेश दिने पदाधिकारीलाई तुरुन्त निलम्बन गरोस् ।’ .... ‘गोली चलाउने र आदेश दिने माथि ज्यान मार्ने अपराधमा तत्काल मुद्दा चलाउनसमेत माग गर्दछौं ।’

मधेशीमाथि गोली चलाउन नमानेका तीन प्रहरीलाई हिरासतमा राखी यातना
प्रर्दशनकारीले प्रहरी चौकीमा आक्रमण गरे : डीएसपी

मधेशी मुलका प्रदर्शनकारीहरुमाथि कमाण्डले गोली हान्न आदेश दिए पनि मधेशी मुलका तीनै जना प्रहरीले गोली हान्न मानेका थिएनन् । उनीहरुले अरु प्रहरीले गोली हान्दा बन्दुक माथी तिर उठाइ दिएका थिए ।

सप्तरीमा भएको प्रहरी ज्यादतीको विरोधमा जनकपुरमा प्रदर्शन
जनकपुरको रामानन्द चौकमा मंगलबार साँझ प्रदर्शनकारी र प्रहरी वीच भएको छ । त्यस्तै रामानन्द चौकमा राखिएको ना १ ख ७४८७४ नम्बरको बस र प्रहरी विटमा प्रदर्शनकारीले आगजनी गरेका छन् । ....... सद्भावना पार्टीका आधा दर्जन सभासदले दिएको राजीनामालाई प्रदर्शनकारी र बुद्धिजिवीले स्वागत गरेका छन् ।
कपिलवस्तुमा गोली लागि चार जना घाईते, एकको अवस्था गम्भिर
कपिलवस्तुको सदरमुकाम तौलिहवामा पनि गोली चलेको छ । तौलिहवास्थित जिल्ला प्रशासन कार्यालय अगाडि जम्मा भएका प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्याँस प्रहार गर्नुका साथै गोली चलाएको एक प्रत्यक्षदर्शीले हुलाकी न्यूजलाई जानकारी दिए । गोली प्रहारमा चार जना घाईते भएका छन् । एकको अवस्था गम्भिर छ । ....... २३ वर्षीय नइम धुनियालाई चार वटा गोली लागेको छ । ..... स्तै अन्य घाईते हुनेहरुमा ११ वर्षीय बालक रोशन रैदासको दाहिने हातमा, २३ वर्षीय धिरज पाण्डेको दाहिने तिघ्रामा र ६२ वर्षीय वृद्ध राम सेवक पासीको पेटमा गोली लागेको ...... एकजना प्रत्यक्षदर्शीले प्रहरीले ५ देखि ७ राउण्ड गोली चलाएको बताए । उनले करिब ३० देखि ४० राउण्ड अश्रुग्याँस प्रहार भएको जानकारी दिए ।
विदेशी राष्ट्रहरु बाट मधेश आन्दोलनलाई एक्यबद्दता
आज १५ अगष्ट २०१५ का दिन सप्तरीको भारदहमा शान्तिपूर्ण विरोधमा उत्रिएका संघीय समाजवादी फोरम नेपालका कार्यकर्ता राजीव राउत र राजीव झालाई गोलि हानी हत्या गरेको घटना प्रति नेपाली संघीय समाज युकेले लण्डनबाट गहिरो खेद ब्यक्त गरेको छ । आन्दोलनमा ऐक्यबद्धता जनाउदै संघीय समाज युकेले तत्कालै १ लाख १ हजार सहयोग गर्ने निर्णय गरेको छ । गृहमन्त्रीको राजीनामाको पनि माग गरेको छ । उक्त रकम मध्ये ५१ हजार रुपैया मृतक द्धय परिवारलाई र बाँकी घाइतेहरुको उपचारको लागि पठाइएको जानकारी समाजका अध्यक्ष धर्म बहादुर तामाङले बताउनु भएको छ । उक्त रकम पूर्व उपमहासचिव तथा सदस्य अजम्बर काङमाङ राईको हातबाट पठाउने प्रयास भईरहेको वरिष्ठ उपाध्यक्ष जंग सुनुवारले जनाउनु भएको छ ।
पुलिस में बगावत औऱ नेपाली पुलिस अधिकारी द्वारा मधेशी पुलिस का हत्या......

सप्तरी के भारदह इलाका प्रहरी कार्याल में नेपाली पुलिस की ज्यादती के बिरूद्ध बगावत में उतरे एक मधेशी पुलिस को कार्यालय के भीतर ही गोली मारकर हत्या कर देने की खबर आ रही है ।

बगावत में उतरे और भी तीन मधेशी पुलिस को कारागर में बन्द कर यातना देने की खबर है । वैसे नेपाली पुलिस अधिकारी द्वारा दोहरे झडप में मरने की झूठी रिपोर्ट गृहमंत्री को पेश गया है । सौ मीटर दूर ही रहे प्रदर्शणकारियों पर गोली चलाना संभवत: इसी घटना पर परदा डालने के मकसद से होने की आशंका है । इतना ही नहीं इस गम्भीर घटना पर परदा डालने के लिए कार्यालय के सभी सीसे पुलिस द्वारा स्वयं ही फोडकर आन्दोलनकारियों पर बेवजह झूठा आरोप लगा रही है, जबकि आन्दोलनकारी पुलिस कार्याल से करीब १०० मीठर दूर ही खडे होकर नारेबाजी कर रहे थे । इसपर परदा डालने के लिए अनेक षडयंत्र रची जानें का भी स्थानीय लोग आशंका जता रहें है ।


सिपाही बिद्रोह - २०७२, भारदह, सप्तरी
भारदह ने मधेश के इतिहास में एक और सुनहरा चैप्‍टर लिखवाया है। मधेशी हवलदार गुलटेन मेहता, हवलदार रोशन चौधरी और जवान बुद्धसेन मण्डल ने मधेशी प्रर्दशनकारियों के उपर गोली चलाने से इन्कार करते हुए अपनी बन्दुक आकाश की ओर कर लिया। यह दिखने में छोटा, पर बहुत ही महत्त्वपूर्ण ऐतिहासिक घटना है मधेश के इतिहास में - सिपाही विद्रोह का। उसके बदले में डीएसीपी नारायण चिमोरिया के नेतृत्व में गए टोली ने उन मधेशी सिपाहियों को हिरासत में लेकर यातना दे रहने की खबर आई है। साथ में एक विद्रोही मधेशी सिपाही को मारते-मारते पुलिस चौकी के भीतर ही हत्या कर देने के बात प्रकाश में आई है।

भारत और बंगलादेश आजाद होने के समय में भी कुछ ऐसा ही हुआ था। इससे साफ नजर आता है कि मधेश की आजादी अब दूर नहीं।

अगर नेपाल प्रहरी, सशस्त्र प्रहरी और सेना में मौजूध सारे मधेशी अपने हथियार सहित विद्रोह करके स्वतन्त्र मधेश की स्थापना में लग जाए, तो मधेश की आजादी बहुत ही निकट है। स्वराज आन्दोलन से जुडने के लिए: madhesh.com/join