Showing posts with label Intellectual property. Show all posts
Showing posts with label Intellectual property. Show all posts

Tuesday, August 18, 2015

Intellectual Property

English: Cover of Against Intellectual Propert...
English: Cover of Against Intellectual Property by Stephan Kinsella (Photo credit: Wikipedia)
चोर ढोका बाट संविधान मा Intellectual Property घुसाउने प्रयास हुन सक्छ।

Intellectual Property राम्रो र चाहिने कुरा हो। तर यसको घोर दुरुपयोग हुने गरेको छ। खुद सिलिकॉन वैली (Silicon Valley) आजित छ  यसबाट। सतर्क भएन भने थाहै नपाई ईस्ट इंडिया कंपनी भन्दा खतरनाक मल्टी नेशनल कंपनी देश भित्र छिर्न सक्छ।

उदहारण। धान को यो बिउ हाम्रो कंपनी को वैज्ञानिक ले पत्ता लगाएको। यी हेर कागज। भन्यो। कागज देखायो। अनि बसी बसी नेपाल का गरीब किसान सँग प्रत्येक वर्ष त्यो कंपनी ले टैक्स बटुले जस्तो पैसा बटुल्ने।

विश्व व्यापार का सन्धि हरु मा गरीब देश हरु र धनी देश हरु बीच यस बारे घम्सा घमसी पर्ने गर्छ। सबै इंटरनेट मा छ। अध्ययन गर्न गार्हो छैन। मित्र राष्ट्र का अनुभव हरु बारे संपर्क र छलफल गर्न सकिन्छ। अरु ले के गरे के गरेनन, कहाँ विवाद भयो, किन भयो, सब इंटरनेट मा हेर्न सकिन्छ।

अर्को उदाहरण। भारत ले नाइ सही गर्दिन भनेका थुप्रै यस्ता छन जहाँ सही गर्यो कि भारत मा बेचिने थुप्रै औषधि ह्वात्त महँगो भएर आम भारतीय जनता को पहुँच बाहिर जाने।

त्यसै ले पहिचान को झगड़ा गर्दा गर्दै थाहै नपाई सारा देश कुनै २१ औं शताब्दी को ईस्ट इंडिया कंपनी लाई सही गरेर नबुझाई दिने। त्यस्ता कंपनी घुस खुवाउन बड़ो सिपालु हुन्छन्। तिनको आफ्नो भन्ने सरकार हुँदैन। ती आफैमा सरकार हुन्छन्। बड़ो ताकतवर हुन्छन्। चनाखो रहनु पर्छ।

जनता को काम जनता द्वारा निर्वाचित ले पारदर्शी किसिमले गर्नु पर्ने प्रावधान यस मानेमा जरुरी छ। होइन भने पैसा पाए देश बेचने हरु को कमी छैन।

देश भित्र अनुसन्धान र मौलिक काम हरु भएर Intellectual Property हरु बटुलिँदै जानु सार्है राम्रो हो। त्यो बिना आधुनिक अर्थतंत्र को निर्माण संभव छैन।