Saturday, November 07, 2015

In The News (21)



प्रधानमन्त्रीसहित ३ दलका शीर्ष नेता वार्तामा बस्नुपर्छ: भट्टराई
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मधेस समस्या समाधानका लागि प्रधानमन्त्रीसहित ३ दलका शीर्ष नेता स्वयम् वार्तामा बस्नुपर्ने बताएका छन् ।

शनिबार जनकपुरको गोपाल धर्मशालामा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै

भट्टराईले ८५ दिन लामो मधेस आन्दोलनलाई केपी ओली नेतृत्वको सरकारले बेवास्ता गरेको आरोप पनि लगाए । .....

'मधेसी मोर्चासँगको वार्तालाई सरकारी पक्षले नाटक बनाएको छ ।

..... मधेसका माग संविधान संशोधनमार्फत मात्र सम्बोधन गर्न सकिने उनको भनाइ छ । भारतले सीमा नाकामा अवरोध गरेको भनी सरकार र केही पत्रपत्रिकाले हल्लाखल्ला मच्चाएको उल्लेख गर्दै भट्टराईले भने, 'आन्दोलनका क्रममा म पटकपटक मधेस आएको छु । भारतीय नाकामा मधेसी जनताले अवरोध गरेका हुन्,' उनले भने,

'मधेसी जनताको माग पूरा गरौं, त्यसपछि पनि सीमानाका खुला भएन भने भारतले नाकाबन्दी गरेको ठहर्छ ।'

....... मधेस आन्दोलनको ८५ औं दिन स्थानीय युवा तथा संघसंस्थाले कालो झन्डासहित विरोध प्रदर्शन गरेका छन् । जुलुुसमा आन्दोलनरत दलका नेता तथा कार्यकर्तासमेत सहभागी थिए । जुलुसमा संयुक्त युवा संघर्ष समिति, मधेस अधिकार संघर्ष समिति, मधेसी नागरिक समाज, मधेस क्रान्ति युवा समाज, स्टेसन एरिया युवा समाजसहित नगरका युवा संघ संगठनका अगुवा, महिला संघ संगठन प्रतिनिधि एवं सर्वसाधारणको पनि सहभागिता थियो ।
मोर्चाका शीर्ष नेता नेपालगन्जमा
करिव ३ महिनादेखि नाका केन्द्रित आन्दोलन गरिरहेका मधेसी मोर्चाका शीर्ष नेताहरु नेपालगन्ज आइपुगेका छन् । तराई मधेस लोकतान्त्रिक पार्टीका नेता तथा मोर्चाका संयोजक महन्थ ठाकुर, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु आज दिउँसो २ बजे हुन लागेको मोर्चाको सभालाई सम्बोधन गर्न नेपालगन्ज आइपुगेका हुन् ।
मधेसी मोर्चाले भोलिदेखि संसदमा भाग लिने
'संसद् बैठकमा मधेस आन्दोलनको सम्पूर्ण विषयवस्तु राखेपछि माग पूरा गराउन दबाब दिन रोस्टम घेराउ गर्ने मोर्चा आबद्ध दलहरूबीच सहमति भएको छ,' सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले भने । ..... 'हामी प्रधानमन्त्री चुनावमा भाग लिएर संसद्मा प्रवेश गरिसकेका छौं,' महासचिव सुमनले कान्तिपुरसित भने, 'हाम्रा मागका लागि संविधान संशोधन गराउन पनि संसद्मा जानैपर्ने हुँदा आइतबारदेखि नै संसद् सहभागी हुने निर्णय लिएका हौं ।' उनले संसद्मा समेत संघर्ष जारी राखिने बताए । ..... सरकारसँग वार्ता गर्न गठित मोर्चाको वार्ता टोलीका सदस्यसमेत रहेका तमसपाका वरिष्ठ नेता रामनरेश रायले पनि सडकसँगै संसद्मा पनि संघर्ष गर्ने मोर्चाले नीति लिएको बताए । रायले आन्दोलनको कार्यक्रम भने नफेरिएको जनाए । ...... स्रोतका अनुसार मधेसवादी दलका सभासदहरू संसद्मा आफ्ना कुरा राख्ने र संसद् अवरुद्ध गर्ने तयारीमा छन् । ......

मोर्चामा आबद्ध संघीय समाजवादी फोरम नेपाल, तराई-मधेस लोकतान्त्रिक पार्टी, सद्भावना र तराई-मधेस सद्भावना पार्टीका ३५ सभासद छन् ।

..... तराईका जिल्लामा पहाडसँग नजोडिएका दुई प्रदेश हुनुपर्ने, जनसंख्याका हिसाबले निर्वाचन क्षेत्र तोकिनुपर्ने, प्रत्येक निकायमा समावेशी समानुपातिक प्रतिनिधित्वलगायत माग मोर्चाले राख्दै आएको छ । साउन ३१ बाट सुरु मोर्चाको आन्दोलन शनिबार ८४ दिन पुगेको छ ।
दशगजामा बसेर संविधान संशोधन हुन्न, संसदमा आउनूस् : सिटौंला
सिटौलाले भारतको

नाकाबन्दी कारण मुलुकको आर्थिक अवस्था धरासयी बन्दै गएको

बताए । छिमेकी देशको आन्तरिक विवादलाई लिएर भारतले यसरी नेपाली जनतालाई कष्ट दिने कार्य गर्न नहुने उनको तर्क थियो । ...... सिटौलाले भारतले नाकावन्दी गरेर असल छिमेकीपनमा चिसो पानी खन्याएको आरोप लगाए । ‘नाकावन्दी खोल्नका लागि कांग्रेसले आफ्नै ढंगले पहल गर्नेछ’, उनले भने,‘सरकारले गरेको पहलमा साथ पनि दिने छौ ।’ .... ‘संविधान जारी गरेर नेपाली जनताले केही पनि गल्ती गरेका छैनन, तर

छिमेकी मुलुकवाट नेपाली जनतालाई माथि किन दु:ख दिएको हो । वुझ्न सकिएको छैन’, उनले भने ।

..... सिटौलाले

दशगजाको धर्ना छाडेर संसदमा आउन

मधेसी दलका नेताहरुलाई उनले आग्रह गरे । वर्तमान सरकारलाई कांग्रेसले गुण र दोषको आधारमा समर्थन र विरोध गने उनले बताए ।
जोगबनी नाकामा थप कडाइ, आलु र प्याज मात्र भित्रिँदै
इन्धन होइन पटका भित्रियो
जोगवनीदेखि फारविसगञ्जसम्म करिव १६ किलोमिटर सडकमा मालबाहक ट्रक, इन्धनका ट्यांकर, तेस्रो मुलुकका सामान बोकेका कन्टेनर रोकिएका छन् । ....

भारतको अघोषित नाकाबन्दीपछि गएको बुधबारसम्ममा जोगबनी नाकाबाट १ सय ६० ट्यांकर पेट्रोल, ५ सय २९ ट्यांकर डिजल र १ सय ९७ बुलेट ग्यास भित्रिएको विराटनगर भन्सारको तथ्यांक छ ।

अहिले जोगवनी नाकामा ९० ट्यांकर पेट्रोलिमय पदार्थ रोकिएको ..... अघोषित नाकाबन्दी गरेर जनजीवन कष्टकर भइरहेको बेला भारतले छोटी नाकाबाट पटका भने उल्लेख्य मात्रामा भित्रिन दिएको छ । .... यसैबीच रंगेलीको बौका–चोप्राहा नाकाबाट रंगेली तर्फ ल्याउँदै गरेको खोर्सानी बम ४ सय ५० प्याकेट, चकलेट बम १० प्याकेट, रकेट बम ५ प्याकेट, झिरझिरे ठुलोसानो गरेर १ स ५९ प्याकेट सशस्त्र प्रहरी बल विओपी रंगेलीले शनिबार पक्राउ गरेको छ । ....

नाकाबाट अन्य सामान नभित्रिरहेको अवस्थामा ठूलो मात्रामा विष्फोटक पदार्थ भित्रिन सुरु भएको सुराकी पाएपछि सीमा क्षेत्रमा शनिबार सुरक्षा कडाई गर्दा उक्त परिमाणको पटका फेला परेको हो ।





सीमावर्ती सहरमा समेत ग्यास छैन
सहरभरि साइकल, हात र काँधमा खाली सिलिन्डर लिएर यताउति ग्यास खोज्दै हिँडेका मात्र भेटिन्छन् ।

‘हाम्रो मुलुक त खत्तम भइसक्यो,’ देवकोटा चोकमा भेटिएका रामाशिष मलाहाले भने, ‘कतै ग्यास पाइदैन ।’

निराश सर्वसाधारण भुस एवं माटाको चुलो, हिटर, विद्युतीय स्टोभ र कुकरमा खाना पकाउन थालेका छन् ।

ग्यास अभावले गर्दा केही दिनदेखि जाउलो एवं खोले मात्र पकाएर खाइरहेको यहाँस्थित मालअड्डा चोककी बिनु राईले बताइन् ।



होटलहरू बन्दको संघारमा

पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको अभाव कायमै रहे दुई साताभित्र मुलुकका सबै होटल बन्द हुने स्थितिमा पुगेका छन् ।

..... गत वर्षको दाँजोमा यस वर्ष पर्यटक आगमन करिब ६० प्रतिशत घटेको छ । पर्यटक आउने मुख्य सिजन अक्टोबर देखि डिसेम्बरसम्म हो । यतिखेर होटलका ८० प्रतिशत बढी कोठा खाली रहेको व्यवसायी बताउँछन् । ..... इन्धन अभाव र पर्यटक आगमनमा आएको कमीले ठमेलका कतिपय होटलले कर्मचारीलाई तलबी बिदा दिइसकेका छन् । ‘काठमाडौंमा सबैभन्दा बढी पर्यटक गतिविधि हुने

ठमेलका अधिकांश होटल जेनतेन चलेका छन्

, केहीले दसैंपछि नै कर्मचारीहरूलाई तलब दिई तिहारपछि मात्रै आउन भनेका छन्’ ..... अहिले भारतबाट आउनुपर्ने पर्यटक अति कम छन् ।

‘पोखरा र मुक्तिनाथमा यतिबेला भारतीय पर्यटकको आवागमन बढी हुन्थ्यो तर नाकाबन्दीको असरले त्यो क्षेत्रमा शून्यप्राय: छ’

..... गत वर्षको दाँजोमा काठमाडौंमा ६० प्रतिशत, पोखरा र चितवनमा ७० प्रतिशत पर्यटक कमी छ । टानले आर्थिक रूपमा धेरै खर्च गर्ने र समूहमा घुम्न आउनेको संख्या यस वर्ष अत्यन्तै न्यून भएको भनेको छ । भूकम्पका कारण लाङटाङ र मनस्लु क्षेत्रमा टिहाउस सञ्चालन हुन सकेका छैनन् । ती क्षेत्रमा क्याम्पिङ मात्रै सम्भव छ । तर, क्याम्पिङका लागि चाहिने इन्धन नभएकाले व्यवसायीहरूले समूहमा घुम्ने पर्यटकलाई सजिलो क्षेत्रतर्फ घुमाउनुपरेको छ । ..... पर्यटन क्षेत्रले भोग्नुपरेको अवस्था लोकतन्त्रयताकै सबैभन्दा गम्भीर भएको नेपाल पर्वतरोहण संघले जनाएको छ । संघका अध्यक्ष आङछिरिङ शेर्पाका अनुसार माओवादी द्वन्द्वका बेला मुलुकभर पर्यटन आगमन करिब ३ लाखमा झरेको थियो । ..... पर्यटन क्षेत्रको अर्थतन्त्रमा करिब ४ प्रतिशत योगदान छ । नेपाल घुम्ने आउने पर्यटकले प्रतिदिन ४२ डलर हाराहारी खर्च गर्छन् । यिनको नेपाल बसाइ औसत १२ दिन हाराहारी हुन्छ ।


रंगीचंगी सपना र यथार्थ
ओेली राजनीतिका ठूला सत्यहरुलाई रोचक र विलक्षण शैलीमा किनारा लगाउन खप्पीस मानिन्छन् । उनका राजनीतिक तुकवन्दीहरु नेपाली समाजमा लोकप्रिय छन् डरलाग्दा पनि । खासगरेर, हालको मधेश आन्दोलनमा मारिएका आन्दोलनकारीहरुलाई लटरम्म फलेको गाछीबाट झरेका आापसँगको तुलना र आन्दोलनकै क्रममा प्रदर्शित मानव सांग्लोलाई माखेसांग्लोको रुपमा गरिएको व्याख्या मानिसको मनमा बिझ्ने गरी खतरनाक ढंगले चर्चित भएका छन् । ...... ओलीले भनेका छन, 'अब मुलुक आत्मनिर्भरतातिर अग्रसरहुनेछ ।'यो टिप्पणीका साथमा उनले आफ्नो स्वभाव अनुरुप रोचक शैलीमा प्रश्न गरेका छन्, 'आलु-प्याजका गाडी नेपाल पठाएर इन्धनका गाडी रोक्नु नाकावन्दी नभएर के हो त ?'उनको यो भनाईलाई किचलो नै खडागर्ने उद्देश्य राखेर उल्टाउने हो भनेे इन्धनका गाडीमात्र नेपाल पठाएर आलु-प्याजकोगाडी रोक्नु पनि नाकावन्दी नै हो भन्न सकिन्छ । प्रधानमन्त्री ओलीलाई थाहा छ कि छैन, बजारमा सुनको भाउ जस्तै आलु-प्याज, अन्नपात र दलहन-तेलहनकोे भाउ पल-प्रतिपल अकासिदै छ । विशिष्ट जनताको चिन्ता पेट्रोल, डिजेल र ग्याासको अभावमा केन्द्रीत रहेपनि सामान्य मानिस दुइ छाक चुल्हो वल्ने/नवल्नेमा नै चिन्तित र केन्द्रीत छन् । ......

नाकावन्दीले देश आत्मनिर्भरतातिर अग्रसरहुने प्रधानमन्त्री ओलीको कथनमासेक्स अपील छैन ।

...... सकारात्मक चिन्तन चाउचाउ जत्तिकै फैलिएको छ । वाढी, पहिरो, व्याधि, डाढेलो जे-जस्ता विपत्ति आइलागेपनि त्यसको पृष्ठमा रहेको सकारात्मक पक्ष अगाडि आइ हाल्छ । वैशाख १२ को भुईंचालोलाई पनि यसै रुपमा हेरिएको थियो । कोइराला नेतृत्वको सरकारले भुईंचालो पीडितको उद्धारका लागि कामगर्न नसकेको भन्दै ओलीले नै सरकार परिवर्तनको कुरा उठाएका थिए । अहिले नाकावन्दीलाई पनि आत्मनिर्भर वन्ने अवसरका रुपमा हेरेका छन् प्रधानमन्त्रीले । सकारात्मक चिन्तन नेपाल सरकार र नेपाली बौद्धिक समाजको राष्ट्रिय जीवनशैली बनिसकेको छ । ...... २०४५ सालको नाकावन्दीको समयमा अहिले उनको नेतृत्वमा रहेको पार्टी माले कांग्रेसको नेतृत्वमा भएको प्रजातन्त्र पुनर्स्थापनाको आन्दोलनमा होमिएको थियो । त्यतिवेला ओली नेतृत्वमा गठन भएको सरकारका उप-प्रधानमन्त्री कमल थापा आन्दोलन र नाकावन्दीका विरुद्ध संचारमन्त्रीका रुपमा सरकारले चलाएको जेहादमा सामेल थिए । तीन दशक नबित्दै गणतान्त्रिक नेपालका राजतन्त्रवादी हिन्दू नेताका रुपमा धूमकेतूझैं उदाएका थापा गणतान्त्रिक नेपाल सरकारका परराष्ट्रमन्त्री र तारणहार वनेका छन । ......

२०४५ को नाकावन्दी तत्कालीन राजतन्त्रका विरुद्ध केन्द्रीत थियो

..... मधेशका कुरा न पहिलेका सुशीलले सुने, न अहिलेका ओली सुन्न तयार छन् .....

सरकार र उसका समर्थकहरुको भीड मधेशका नेपालीलाई दशगजा पारी लखेटने हिसावको प्रचार र व्यवहारमा उत्रिएको छ

..... एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल वर्तमान सरकारका संयोजक बनेका छन् । तर, उनको संयोजनको प्रभावकारिता प्रमाणित हुने मौका चुकिसकेको छ ।

उनले मधेशका मांगहरुको संवेदनशीलता वुझेर संघीय सीमांकनमा अलिकति पनि मधेशका पक्षमा अडान लिन सकेको भए अहिलेको राजनीतिक स्थिति फरक हुनेथियो ।

..... ओलीले देशलाई माओवादी द्वन्द्वभन्दा पनि चर्को द्वन्द्वतिर लैजाने हो कि द्वन्द्वका घाउहरु पुर्ने हिसावले काम गर्ने हो ? .....

मधेशको अवस्था दिन-प्रतिदिन जटिल बन्दै गएको छ । काठमाडौबाट जे देखिन्छ, त्यो आंशिक रुपले पनि सत्य होइन ।

No comments: