Tuesday, September 01, 2015

संयम, अनुशासन, संगठन विस्तार

क्रांतिकारी ले संघीय गठबंधन को आफ्नो इच्छा लागेको पार्टी को सदस्यता लिने। भकाभक। गुलामी को जंजीर सबैले तोड्ने। गुलामी को जंजीर भनेको काँग्रेस एमाले को सदस्यता। वड़ा लेवल मा देशको प्रत्येक गाउँ मा दैनिक सभा गर्ने। दैनिक संगठन विस्तार गर्ने। दैनिक सदस्य संख्या विस्तार गर्ने। सदस्यता शुल्क शून्य। जीरो। आर्यभट्ट को जीरो। जुन जनता सँग वार्षिक बजेट ८२० अरब छ त्यस जनताले १००, २०० रुपया तिरेर पार्टी सदस्यता लिने -- त्यो एकात्मक व्यवस्थामा हो। संघीय नेपालमा एक मतको ५० रुपया बाट कुरा शुरू हुन्छ। जनता बाट मत पाएको आधारमा प्रत्येक पार्टीले पैसा पाऊँछ।  पार्टी चलाउने र चुनाव खर्च त्यसै बाट निकाल्नु पर्ने हुन्छ।

क्रांति को एउटा अति महत्वपुर्ण पक्ष नै संगठन विस्तार हो। यस बिनाको क्रांति सफल भए पनि मुतको न्यानो हो। संगठन विस्तारको यो प्रक्रियामा कसैको एक पैसा खर्च हुनुपर्दैन। पार्टी अध्यक्ष पार्टी, कानुन र संविधान माथि हुने, आफ्नै पार्टी को मैनिफेस्टो नमान्ने, त्यो सब एकात्मक व्यवस्थामा हो। अब त्यो हुँदैन।

मधेस बन्द भएको छ। चाँडै सारा देश बंद हुन्छ। काठमाण्डु उपत्यका ठप्प हुन्छ। यस क्रम मा स्थानीय क्रांति नेतृत्व ले स्थानीय सुरक्षाकर्मी नेतृत्व संग सकेसम्म संवाद गर्ने। सबै ठाउँ मा सबै परिस्थितिमा यो संभव हुँदैन होला शायद। तर सकेसम्म यो बाटो मा अगाडि बढ्ने। हाम्रो बंद को कार्यक्रम छ। सबै कुरा बंद रहन्छ, र हामी शांतिपूर्वक प्रदर्शन गर्छौं, कृपया मुठभेड़ नगरौं भनेर सुरक्षाकर्मी लाई अपील गर्ने। तिन लाई सकेसम्म वर्दी लगाएका आन्दोनलकारी को रुपमा हेर्ने। जागीर खाएका छन, पेट परिवार पालेका छन। मानव अधिकार भएको संविधान भएको देश हो। जुलुस निकाल्न पाऊँछ। मानव अधिकार हनन गर्ने आदेश गृह मंत्री ले जारी गर्न मिल्दैन। जारी गरे त्यो आदेश पालन गर्नु गैर कानुनी काम हो।

वार्ता सार्ता हुँदैन। के को वार्ता? को सँग वार्ता? यो चरी घैंटे गठबंधन सरकार ढल्छ। सुशील ले राष्ट्र लाई गर्नु पर्ने सम्बोधन हामीले लेखिसकेका छौं।

संयम, अनुशासन, संगठन विस्तार। सफल क्रांति का इनै आधार।

अरु त अरु नेपाल सेना खुदले यस आंदोलन को राजनीतिक निकास मात्र छ भनेर भनिसकेको छ, बारम्बार भनेको छ सुशील लाई। क्रांति को रीस एकात्मक व्यवस्था सँग हो। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल सेना लाई तटस्थ बस्ने मौका दिनुपर्छ क्रांतिले। सुरक्षाकर्मी ले पनि कुनै पनि गैर कानुनी आदेश पालना गर्नु हुँदैन। लोकतंत्र मा मानव अधिकार को उल्लंघन गैर कानुनी हो। लोकतंत्र भनेको तोड़फोड़ होइन। सही संविधान आयेमा १० वर्ष भित्र जो नेपाली मलेशिया कतार गएर महिनाको १०-१५ हजार कमाएका छन, तिनले त्यस्ता काम देश भित्रै पाउने गर्न सकिन्छ।

आंदोलनकारी प्रहरी भाइ भाइ भन्ने नारा हुनुपर्छ। चरी घैंटे हरुले सुरक्षाकर्मी लाई नै कम दुःख दिएको छैन।

संयम, अनुशासन, संगठन विस्तार। सफल क्रांति का इनै आधार।

संघीय गठबंधन का सदस्य पार्टी हरुले जम्मा ६ लाख सदस्य बटुल्न सक्नुपर्यो। क्रांति का दौरान नै। राम तेरी गंगा मैली, नेपालको राजनीति गन्दा भएको छ। सरसफाइ को समय आएको छ।

"सुशील कोइराला -- राजीनामा दे!" क्रांतिको नारा यो हो। चिया बिस्किट आंदोलन होइन यो। दही चिउरा मलाई खाने चरवाहा जातको मान्छे हो उपेन्द्र। घर मैं खान्छ। उसलाई चिया बिस्किट को लोभ छैन। नेपाल देश को स्थापना गरेकै गोपालवंशी हरुले हो। होइन भने कहाँ थियो नेपाल? जाउ इतिहास को पाना पल्टाउ।






No comments: