Sunday, July 26, 2015

बाबुराम ले नया पार्टी गठन गर्नु

बाबुराम ले नया पार्टी बनाउने कुरा निकै तीव्र भएर आएको छ। हल्ला हो कि त्यहाँ केही छ ---- समाचार मात्र पढेर अहिले भन्न गार्हो छ। तर बिभिन्न पार्टी हरुको एकीकरण को पक्षमा यस ब्लॉग मा बेलाबखत बोलेको मान्छे म। पार्टी एकीकरण को एउटा अर्को पक्ष छ। कहिले काहिं पार्टी फोडेर नै बढ़ी जनता माझ पुग्न सकिन्छ।

बाबुरामले खोजेको नया धार
लोकतंत्र र संघीयता: Atom र Molecule
लोकतंत्र, संघीयता र आर्थिक क्रान्ति
राष्ट्रियता, लोकतन्त्र, राजतन्त्र, आर्थिक विकास

इंदिरा गांधी ले कांग्रेस पार्टी फ़ोड़ेकै हो। वीपी सिंह ले कांग्रेस पार्टी छोड़दा केही महिना मै प्रधान मंत्री नै भए। लालु यादव ले नया पार्टी गठन गरेर बिहार माथि आफ्नो पकड़ कायम राखे। अब्राहम लिंकन ले पनि नया पार्टी नै शुरू गरेका हुन। रिपब्लिकन पार्टी को जन्म अब्राहम लिंकन सँगै भएको हो। मदन भंडारी पनि आफु ले सदस्यता लिएको कम्निस्ट पार्टी फोडेर नया पार्टी गठन गरेकै हुन। गठबंधन फुट्दा पनि फाइदा हुन्छ। जस्तै कि २०१४ भारतमा। नीतीश ले मोदी  छोड़े, मोदी जनताको मा गए, ३० साल को सबै भन्दा ठुलो जनमत बटुले।

पार्टी र गठबंधन महत्वपुर्ण कुरो होइन। मुख्य कुरा जनता हो। नेपाल कै सन्दर्भ मा सीके राउत ले कुनै मधेसी पार्टी ज्वाइन गर्नु दलदल मा फँस्नु सरह हुन्छ। तर नया पार्टी गठन गरेको खण्डमा रातारात मधेस को सबै भन्दा ठुलो पार्टी बन्न सकने हुन्छ। CK Raut has captured the imagination of the Madhesi people like no other current Madhesi leader.

त्यस्तै बाबुराम ले नया पार्टी गठन गर्नु राम्रो कदम हुन सक्छ। नाम मा कम्युनिष्ट अथवा माओवादी शब्द को प्रयोग नगर्ने बरु समाजवाद शब्द प्रयोग गर्ने। सिद्धांत मा स्पष्ट हुने -- अब बन्दुक उठाउने कुनै योजना छैन भनेर स्पष्ट भन्ने। अब एक पीढ़ी सम्म एक मात्र एजेंडा देशको आर्थिक क्रांति भनेर स्पष्ट भन्ने। संगठन मा नयापन ल्याउने।

संगठन = आतंरिक लोकतंत्र + पुर्ण पारदर्शिता + समावेशीता

यति गर्न सकेको खण्डमा पार्टी रातारात जंगल को आगो जस्तै फैलिएर जान्छ।

देश दुई पार्टी सिस्टम मा जान सक्छ।







No comments: