Saturday, July 25, 2015

सीके राउत को मधेसी जनता लाई प्रमुख योगदान: शायद संगठन



जुन पहिलो संविधान मस्यौदा आयो, त्यही नै देशको अर्को संविधान हो भने देश अहिले टुट्छ, क्रान्ति का माध्यमले टुट्छ, सेना र प्रहरी ज्ञानेन्द्र सँग पनि थियो। आगो मा घ्यु थप्ने मात्र हो सशस्त्रले। तर संविधान को मस्यौदा यो अन्तिम हुन नसक्ने कुरा सिस्टम मा नै डिज़ाइन गरिएको छ। व्हिप नलाग्ने संविधान सभा मा ४० दलित एक ठाउँ मा आएका छन भने अरु पनि आउलान, मधेसी एक ढिक्का होलान, जनजाति, पार्टी जे सुकै भए पनि महिला एक ढिक्का होलान। नागरिकता र संघीयता को कुरामा शायद अहिले को संविधान सभा नै काफी छ। होइन भने सर्वोच्च र शीतल निवास छ। दुबै लाई अंतरिम संविधान को रक्षा गर्नु पर्ने बाध्यता छ। राष्ट्रपति ले फिर्ता पठाउन पाउने छ। भने पछि सिस्टम मा रहेको चेक एंड बैलेंस ले फेल खाए मात्र अहिले मधेस अलग देश को मुद्दा मा क्रान्ति हुने संभावना रहन्छ। तर फेल खाने संभावना अलि कम नै छ। जुन कि राम्रो कुरा हो। भने पछि नया संविधान आए पछि सीके राउत को रोल के हुने? ५-१० वर्ष पर्खिने? एउटा मेसेंजर सन्देश वाहक भएर बस्ने? वाचडॉग रोल मा बस्ने? त्यो एउटा waste हुनेछ। सीके राउत को टैलेंट खेर जाने बाटो हो।

नागरिकता र संघीयता को मुद्दामा बेइमानी हुने संभावना रहेसम्म अहिले जस्तो अलग भएर बस्ने, गर्नु पर्यो भने मधेसी क्रांति ३ का लागि wait and watch mode मा बस्ने, तर मोटामोटी नागरिकता र संघीयता मा मधेसी लाई चित्त बुझ्ने संविधान आएछ भने नया राजनीतिक पार्टी गठन गरेर संगठन मा लाग्नु शायद सर्वश्रेष्ठ बाटो हो। सीके राउत को मधेसी जनता लाई प्रमुख योगदान मधेस अलग देश होइन शायद उच्च स्तरको संगठन हुन सक्छ। पारदर्शिता र उच्च स्तरको लोकतंत्र भएको संगठन। संगठन नै शक्ति हो।

क्रान्ति और संगठन
तराई बन्द नहीं संगठन िवस्तार किरए
डटे रहो
पुर्ण आन्तरिक लोकतन्त्रका सस्ता तरिका



राजनीतिक विश्लेषण र विचार आफ्नो ठाउँमा छ, राजनीतिक नारेबाजी, राजनीतिक कार्यक्रम, आम सभा, पत्रकार सँग संवाद आफ्नो ठाउँमा छ। तर अंततः ठोस संगठन ले नै हो दूरगामी प्रभाव पार्ने। मोटामोटी नागरिकता र संघीयता मा मधेसी लाई चित्त बुझ्ने संविधान आएछ भने नमजा मानने रणनीति हुन सक्दैन। त्यो त बंद घड़ी रणनीति भयो। दिनमा दुई पटक सही समय दिने, अरु बेला सही समय नदिने। त्यस्तो रणनीति ले एउटा bitterness ल्याउँछ र शोसक शासक लाई होइन आफ्नै मधेसी जनता लाई गाली गर्ने र धिक्कारने गलत र negative मनस्थिति को निर्माण मात्र गर्छ।

मोटामोटी नागरिकता र संघीयता मा मधेसी लाई चित्त बुझ्ने संविधान आएछ भने खुशियाली मनाउने रणनीति हुनुपर्छ। शायद मधेस स्वराज पार्टी नामको पार्टी दर्ता गराएर मधेसको अरविन्द केजरीवाल बन्ने लक्ष्य राखेको राम्रो। प्रदेश सरकार चलाउने लक्ष्य राख्न सक्नुपर्दछ। प्रदेश मा राम्रो गर्न सके देश नै चलाउने अवस्था आउन सक्छ। अनि जनताको मैंडेट को आधारमा मधेसी लाई न्याय हुने किसिमले state restructuring गर्ने।

पार्टी को आय व्यय को पैसा पैसा को हिसाबकिताब पार्टी को वेबसाइट मा राख्नु आम आदमी पार्टी को innovation रह्यो। अझ त्यसमा पार्टी को सबै आतंरिक चुनाव Open Caucus किसिमले गर्ने, पार्टी को तल देखि माथि को प्रत्येक पद आतंरिक चुनाव ले निर्धारण गर्ने, चुनाव मा टिकट बितरण आतंरिक चुनावले निर्धारण गर्ने, पार्टी का आतंरिक मीटिंग का minutes सबै पार्टी को वेबसाइट मा राख्ने ----- यस किसिमले मधेस स्वराज पार्टी अगाडि बढ़े सीके राउत को मधेसी जनता लाई प्रमुख योगदान यही संगठन हुन जान्छ। र यो एउटा ठोस योगदान हुनेछ।

आतंरिक लोकतंत्र, र पुर्ण पारदर्शिता --- अनि तेस्रो हो समावेशीता। पार्टी संगठन मा सबै तहमा एक तिहाई महिला ल्याउने कसरी? दलित, मुसलमान, गरीब लाई ल्याउने कसरी? त्यो आतंरिक आरक्षण को व्यवस्था हुनुपर्यो।

संघीयता मा पनि स्वराज संभव छ। स्वराज बिनाको संघीयता त संघीयता नै होइन।

संगठन = आतंरिक लोकतंत्र + पुर्ण पारदर्शिता + समावेशीता 
























No comments: