Monday, July 27, 2015

बाबुराम भट्टराई को मधेसी को परिभाषा: २०४७ सालको भाषा

भन्नेले २०४७ सालको संविधान भन्छन --- मधेसी जनजाति विरोधी संविधान लाई। यो बाबुरामले बोलेको भाषा २०४७ सालको भाषा भयो।

​'मधेसमा प्रदेश नभए देश' भन्ने सवालमा भट्टराईको जवाफ : नेपालको नेतृत्व लिनुस्
जवाफमा राजनीतिक संवाद तथा सहमति समितिका सभापति डाक्टर बाबुराम भट्टराईले संविधानको मस्यौदामा भएको गल्ती कमजोरी सच्याउने बताए। उनले विभेदमा परेपछि अलग राज्य र आत्म निर्णयको विषय उठ्नुलाई आफूले सैद्धान्तिक रुपमा सहि ठहर्‍याएको बताए। ..... दलहरु सिमाङ्कन सहितको संघीयताको कसरमा जुटेको बताए। 'सिमाङ्कन सहितको संघीयता अब हुन्छ, मैले त्यो आभास पाएको छु,' भट्टराईले भने। ...... नागरिकताको विषयमा संवाद समितिमा आएपछि सच्चिने बताए। निर्वाचन क्षेत्र तय गर्दा जनसंख्या र भूगोललाई आधार मान्नुपर्ने नेपालको विशिष्टता भएको बताए। जनसंख्यालाई मात्र आधार मान्ने अवस्थामा विकट भौगोलिक परिस्थिति भएका ठाउँको प्रतिनिधित्व छुट्ने अवस्था तर्फ भट्टराईले सचेत गराए। ....... प्रदेशको भन्दा पनि अब मधेसीहरुले देशको नेतृत्व गर्ने हिसाबले सोच्न भट्टराईले ध्यानाकर्षण गराए। 'मधेसका बुद्धजीवीहरु र सभासद्हरुलाई नेपालको नेतृत्व गर्ने हिसाबले सोच्नुस् भन्छु, सबैभन्दा ठूलो समुदाय मधेसी हुँदैछ, आर्य खस त हुँदै हो तर जनसंख्याको बनोटले हेर्दाखेरि अब बसाई पनि मधेसतिर भइराखेको छ, अन्त्यमा गएर नेपालको सबैभन्दा ठूलो समुदाय मधेसी नै हुन्छ, त्यसैले मधेसीले नै नेपालको लिड लिनुपर्छ,' भट्टराईले भने। .......... मधेसीलाई आफू नेपाली भएको ठान्न समेत आग्रह गरे। नेपाली मूल भन्दाखेरि मधेसी पर्दैन कि भन्ने जुन परेको छ, त्यसलाई अन्त्य गरिनुपर्छ, मधेसी नै वास्तवमा नेपाली मूलको हुन्छ भन्ने ढंगले सोच्नुपर्छ, नेपालकै नेतृत्व गर्ने ढंगले तपाईँले सोच्नुपर्छ, हामी तपाईँको साथमा हुन्छौँ'
संविधान मा रहेको आत्म निर्णय को अधिकार लाई मान्छु भन्ने तर त्यस आत्म निर्णय को अधिकार लाई प्रयोग गर्न चाहने लाई अलगाववादी/बिखण्डनकारी भन्ने? त्यसै तथाकथित अलगाववादी/बिखण्डनकारी ले मधेसी ले समानता, समावेशिता, संघीयता पाए मधेस अलग देश को एजेंडा यथावत नरहने परिधि भित्र मधेस अलग देश का लागि अहिंसात्मक राजनीतिक काम गरेको विदित गराउन चाहन्छु।

सीमांकन त आउँछ तर कस्तो आउँछ? १६ बुँदे अंतरिम संविधान सँग बाझेर आयो। सीमांकन पनि त्यसरी नै अंतरिम संविधान सँग बाझेर आउने हो? नागरिकता को विषयमा सच्चिने भनेको के? मधेस को बुहारी आजीवन दोस्रो दर्जा को नागरिक भएर बस्ने? कम जनसंख्या भएका जिल्ला ले पनि एक सांसद पाएको अवस्था मा पनि मधेसमा जनसंख्या समानुपातिक सीट थियो। भुगोल त मधेस पनि भुगोल हो। पहाड़ बाट मधेस झर्ने मधेसी हो? यो त २०४७ सालको भाषा भयो। अहिले सम्म देशले मधेसी प्रधान मंत्री पाएको छैन भन्ने हरु गलत भन्दैछन्? गिरिजा मधेसी, कृष्ण प्रसाद मधेसी, प्रचण्ड सिरहा को मधेसी, माधव नेपाल गम्छा ओढ्ने मधेसी, मधेसी क्रांति माथि दमन गर्नुपर्ने मधेसी कंस सिटौला मधेसी, मधेसी लाई घृणा गर्ने झापा मधेस को केपी ओली मधेसी, ह्रितिक रोशन दंगा को मास्टर माइंड बामे मधेसी। बाबुराम ले अस्ति चुनाव नहारेका भए बाबुराम पनि मधेसी। वीर गोर्खाली मधेसी।
जनसंख्याको बनोटले हेर्दाखेरि अब बसाई पनि मधेसतिर भइराखेको छ, अन्त्यमा गएर नेपालको सबैभन्दा ठूलो समुदाय मधेसी नै हुन्छ
बाबुराम भट्टराई को मधेसी को परिभाषा २०४७ सालको भाषा भयो। जुन जोगी आए पनि कानै चिरेका? पहाड़ी जोगी हरु।


No comments: